|
|
|
पोखरा: मेरो सुन्दर यात्रामा - अन्तिम भाग जीवन यस्तै हो, क्षणभरमा कोही जानी नजानी रंगिन सपनाहरु भरिदिन्छ र अनायसै सपना जस्तै बिलाएर जान्छ, पुन: कहिल्यै नझुल्किने गरी। होटल फर्किएपछि एकैछिन महेन्द्रपुलबाट तल भास्सिएकी सेतीलाई हेर्न गएथ्यौं। कसरी भास्सिएकी छिन सेती? तेती गहिराइमा। हेर्न पनि कहाली लागेर आउने। २-४ थप तस्बिरहरु खिचिए। यि यात्राहरुमा निक्कै समय यिनै तस्बिरहरु खिच्नमा पनि बित्छन। जीवन कहिलेई बर्तमान सम्पूर्णत: जिउन सक्दैन र भबिस्य तिर फर्कन्छ। किन तत्काल भन्दा तस्बिरमा उतारिएको अवास्तबिक भुत बढी रसिलो बन्ने होला? त्यो रात खाना खानु अगाडि साथीहरुले २-४ बोतल सान्मिगेल र २-४ क्वाटर ब्याक पाइपर सकाए। दर्पण र म चिसो पेय पदार्थमा अल्मल्लिरह्यौं। खाना खानेबेला सम्ममा धेरैहरु लर्बराइसकेका थिए। बोली पनि र खुट्टा पनि। नसाले बातावरण पनि नसिलो बनाइदिदै गयो। होटलका सेविकाहरु जिस्काइए - कामुक पारामा। उनिहरु शायद विवस छन, जीवन गोरेटोलाई यिनै पिडादायक सांझहरुसंग साटिरहन। हाम्रो समुह पनि उहिहरुका लागि आप्ठ्यारा ग्राहक मध्यको एक भयो होला। तथापी हामी १-२ नशामा नभएकाहरु पनि भएकोले स्थिती अनियन्त्रित हुन पाएन। म घोत्लिन्छु, हाम्रा चेलीहरु कसरी पिल्सिरहेछन। देशमा र बिदेशमा पनि। आफ्नो अस्मिता, इच्छा र चाहनाहरुलाई बन्धी बनाएर। २ मुठ्ठी सासका लागि। आफ्नो मात्र पनि हैन, धेरै पारीवेसहरुमा, आफ्नो परिवारको लागि पनि। अझ बेचिएका र बिवसतावस कोठी पुगेका नारीहरुका पिडाहरु त संझदा पनि मन अमिलो भएर आउंछ। भोलिपल्ट बिहानै पुन: पि एन क्याम्पस पुगियो। पश्चिमाञ्चल क्यम्पसका बहिनिहरुको पनि खेल रहेछ। राइ, म र दर्पण केटाहरुको खेल हेर्न तिर लाग्यौं। अरुहरु सबै केटीहरुको तिर लागे। हिजो राती प्रेरित उपाध्याय र अरु २-३ जना पनि आइपुगेथे। प्रेरित एउटा हौवा character. उसको दिनचर्या नै केटीहरु जिस्क्याउनु हो भन्न मलाई कुनै अप्ठेरो पर्दैन। उनिहरु निर्देसित आँखाहरु लिएर केटीहरुका भिडभाडामा बिलाए। बहिनिहरुको खेल कस्तो रहेछ त भन्ने उत्सुकताले हामीलाई पनि त्यता डोर्यायो, एकैछिन। मिनभवन क्याम्पससंग परेको रहेछ। हिजो हाम्रो जस्तै नाजुक स्थितिमा थिए उहिहरु। म हिजोको हिरो जर्सी नम्बर ९ को खेल हेर्न बहुतै लालायित थिएं। तर बहिनिहरुको खेल ९ बजेनै सकियो र साथीहरुले अर्को एक डेड घण्टा कुर्ने कुनै जाँगर देखाएनन। अनी हामी इन्जिनियरिङ्ग अध्ययन संस्थान, पश्चिमाञ्चल क्यम्पस घुम्न भनेर भाई बहिनिहरुका पछि लाग्यौं। पोखरा उपत्याकाको उत्तर पश्चिम कुनामा हुनुपर्छ, बगरबाट २-३ KM हो कि, पहाडको फेदमा हल्का भिरालो। दुरुस्त दर्जनौं छात्रबासहरु, आकर्शक बस्तुकलामा सजिएका प्रशासनिक र सैक्षिक भवनहरु, भर्खर जवानी फक्रिरहेका तरुना तन्नेरी अनुहारहरु, यत्र तत्र रुखका छहारिहरु, सितल तापिरहेका विद्यार्थीहरु, रमाइला चिनजान र भलाकुसरिहरु, overseer पढिरहेका भाई बहिनिहरुका सद्भाव र सत्कारहरु; २ घण्टाको त्यो अती सुक्ष्म समय अती सुन्दर स्मृतिहरु उझेल्न सफल थियो। यधप्पी मन अझै कता कता हिजोको सफेद कुर्ता सलवारको खोजिमा छ। संका छ - मैले उन्लाई भेटेर पनि नचिनेको हुन सक्छु, कुनै अर्को पहिरनमा भेटिएकि भए। मैले कदाचित त्यस्तो सोचेको होइन, दिमागले। तथापी मन शायद त्यो उनको कुर्ता सलवारमा बढी आकर्शित थियो, र नै मुहार तुरुन्तै भुलिदिएं। जे होस्, जसरी होस, उनी मेरो सामु झुल्किनन त्यो दिन, र शायद जीवन पर्यन्त झुल्किने छैनन। वा झुल्किए पनि म उन्लाई चिन्ने छैन वा चिने पनि जुना भावनाको गहिराइमा त्यो दिन म थिएं, उप्रान्त पुगुंला - नपुगुंला। खाना पछि हामी महेन्द्रगुफा पुग्यौं। उपत्यकाको उत्तर पश्चिम भित्तो हुनुपर्छ। बशौं देखी बयान सुनिएको ढाँड। बाटोको दाँयाँ बायाँ सुन्दर बगैचा। प्रेमालापमा मग्न जोडीहरु। उत्तिस घारिहरु, स-साना खोल्सा खाल्सी, चिस्यानहरु। र दाँयाँतिर ह्वात्त मुख उखारेको अजंघको सर्प जस्तो। महेन्द्रगुफा। मानिषले आधुनिकता पोतिदिएको, प्राकृतिकता कम। कन्क्रिटका सिँडिहरु, बिजुली को उज्वालो। ढाँडको माथि भित्ताहरुबाट रसाएका पानीका थोपाहरु तुप्प तुप्प झरिरहेका र भिराला सिँडिहरुलाई चिप्लो बनाइदिएका। १०-१५ मिटरजती तल झरे पछि गुफा को प्रमुख भाग पुगिने। मानौं त्यो बढेमानको अजिंगरको मुखबाट ओरालो झरेर अब हामी पेटसम्म पुगेका छौं। अफसोस। अलिकता मात्रै अगाडि पुगे पछि बाटो भत्किएको रहेछ। अगाडि न-बढ्ने सल्लाह दिइयो। कस्तो नमज्जा। आफुलाई अलिक परैसम्म पुग्न मन थियो, धर्तिमुनीको त्यो मनमोहकतामा म अघाउन पाइन। झन्डै तेती त म मेरो गाउंको चितुवा ढाँडमा पनि छिरेको हुँला। कुनै बिजुली बेगर, कुनै फलामे बार बेगर, राँको बालेर। मन अलिकता अत्रिप्त नै लिएर फर्किएं म र लागेँ नाइकेहरुको पछि-पछि। फर्कंदा के आइ सिंह पुलबाट पुन सेतीलाई निहालेँ। उस्तै गरी बिकराल। सातो जाने गरी भास्सिएकी छिन्, महेन्द्र पुलमा जस्तै। पोखरा साच्चिकै प्राकृतिक छटाहरुकि धनी छिन। यिनी सेती नदी, त्यो महेन्द्र गुफा, त्यो चमेरे गुफा। तेहिँ तल शहर संगै जोडीएको फेवाताल र उसको आँगनमा उत्रिएको माछापुच्छ्रेको छायाँ। अलि तल पातले छांगो। पश्चिमतिरको त्यो सारांगकोट डाँडो र त्यहाँ बाट देखिने मनमोहक द्रिस्यहरु। पुर्वतिर थोरै पर बेगनास ताल। बिन्देवासिनी र ताल बाराहीका आशिर्वादहरु। र नै पोखरा पोखार बनेकि छिन्। हामी आज रातिको बसबाट फर्कने सुरमा छौं। मलाई कम्तिमा फेवामा डुंगा खियाउन र डेभिस फलमा पुगेर उनी डेभिस प्रती श्रद्धान्जली दर्साउने मन छ। अर्को ट्याक्सी लिएर हामी शहरको दक्षिण पश्चिम किनरातर्फ हुइकियौं। फेवाको किनारै किनार। सुन्दर, सफा, हरियो। Lake Side रमाइलो थियो। पर्यटकहरुको आकर्शण। दुई समुहमा बाडियौं हामी। अनुभविहरुले डुंगा मात्रै भाडामा लिए र बाटो लागे। म आला काँचाको समुहमा परें। हामीले डुंगा र माझिदाइ पनि संगै लियौं। यधप्पी, हाम्रा रहरहरुले हामीलाई पेलिरहे र माझिदाइ सिर्फ गुरु बने हाम्रा। दाबिलो कता जसरी राख्ने र कसरी पानी फाल्ने जस्ता बिधिहरु सिकाइरहे। कुनै बेला नाउ असन्तुलित हुन्थ्यो र पानीको सतह सम्म पुग्दथ्यो। मन झसंग पर्दै गर्दा म धिकार्थें - मेरो पौडी नजान्नुको वास्तविकतालाइ। किन सबै ऐरे गैरे ले सिकिरहदा म लम्फु हाडी र मसाने दहहरुमा दुबुल्की मार्न सकिन? शायद म अलिक सानो थिएं होला र अलिक ठुलाहरुले बस्तु धान चोर्न पुग्लान कि भनेर मलाई कुरुवा राखिराखे हुन, आफुहरु बाकटे हानिरहंदा। किन म कहिल्यै अगुवा बनिन, वा बन्न सकिन वा चाहिन? केटा केटीमा पछुवा बन्नुको पिडा आज फेवाको बिचमा भोगिरहेछु। तैपनी म किन अझै नाइके बन्ने प्रयास वा चाहना गर्न सक्दिन? यही भ्रमणमा पनि त माउतेहरुको रहरमा मैले आफ्ना रहरहरु बिर्सनु परिरहेछ। किन म आँफैँ माउते बन्न सक्दिन? शायद म मा त्यो खुबी वा त्यो भगवानले नै दिएर पठाउने सामर्थ्या छैन कि म समुहहरुमा नाइके बन्न सकुं, बक्ता बन्न सकुं। म सदैब पछुवा र स्रोता रहें र रहिरेछु। माझिदाइ थिए र एउटा आँट थियो। अरु छेउछाउका डुँगाहरुलाई हेर्छु। केटाकेटिहरु, बुढाबुढीहरु, सबै थरी मानिषहरु निस्फिक्री रमाइ रहेछन। म निर्भिक बन्दै गएं। किन डराउनु, आखिर दुर्घटनामै मर्न लेखेको भए त्यो जहाँ पनि पर्न सक्छ-गाडीमा, रेलमा, प्लेनमा, घरमा, आँगनमा। जहिंतहिं। मेरै मामा भर्यांगबाट लढेर ठहरै भएथे। मेरै फुपुकी सासु भात अड्केर बितिथिन। मेरो मिल्ने साथी तेही जडिबुटिको ओरालोमा साइकलबाट लडेर बितेथ्यो। म उड्न सक्दिन, त के म हवाइ जहाज नचड्ने। अनी सबै डरहरुलाई पाइताला मुनी घुसारेर म दाबिलो चलाइरहें। पहिले पहिले घुमाउन अलिक अप्ठेरो हुन्थ्यो। बिस्तारै जता चाह्यो उतै लान सक्ने भयौँ हामी। ताल बाराही पुगेर आशिर्वाद लियौं र पुन डुंगा खियाउने खेलमा फर्कियौं। कहिले पारी किनरा छुने रहर, कहिले युगल जोडीहरुको पिछा, कहिले साथीहरुको नाउमा ठोक्याउने खेल। आदी-इत्यादी। माझी दाई पोखरा फेवातालको लाउँ माया साचैको नलाउँ हो ख्याल ख्यालैको। मन त भरेको थिएन, पानी संग खेल्ने। तर समयले नेटो कट्नै लागिसक्यो। फेवा संगको २-३ घण्टाको सुमधुर पिरती पछि हामी ५०० रुपैयाँ माझिदाइ लाई बुझाएर बाटो लाग्यौं। माझिदाइ, हामी तपाईंको सद्भाव र अतिथी सत्कार प्रती सदैव ऋणी हुनेछौं। र पोखरा बिमानस्थल हुँदै हामी थोरै बेरलाई डेभिस फल र गुप्तेस्वर फुफा पुगथ्यौं। शहरको सुदुर दक्षिण किनरा होला त्यो। फेवाको पानी त्यो डेभिस फल हुंदै बहिर निस्केको हुनुपर्छ। सेतो छंग छंग छहरो। तल अनकन्टारतर्फ हुर्रिएको। अफसोस हामीलाई त्यो अतुलनिय प्राकृतिक छटा प्रती मितेरी गांस्न धेरै समय उपलब्ध भएन। पारी गुम्बा माथिको डाँडाबाट सुर्य ओझेल पेरिसकेथे। तेसैले हामी सिधा पोखरा बसपार्क तर्फ बताससियौं, मनमा अमिट याद र संझना बोकेर। अर्को एउटा मिनीबस हामीलाई बोकेरा सेती किनार तर्फ हुइकियो र मेरो सुन्दर पोखरा यात्रा सानो नोट बुकमा कैदी भयो। यो एउटा त्यस्तो यात्रा थियो, जहाँ म जीवनमा पहिलो र शायद अन्तिम पटका खेलाडीको रुपमा सम्मनित थिएं। अभुतपुर्व र अबिस्मराणिय अनुभुतीहरु जीवन पर्यन्त रही रहनेछन। अस्तु।
[ posted by
SurNaTal @
09:14 PM ] | Viewed: 2923 times
[
Feedback]
|
|
: |
पोखरा: मेरो सुन्दर यात्रामा - ५ --------------------------- भोलिपल्ट सखारै PN क्याम्पस तिर लागियो। १०:३० मा पहिलो खेल थियो, ताहाचल क्याम्पस संग। एक्छिन practice गरियो। हामी राम्ररी finguring गर्न पनि नजान्नेहारु राष्ट्रिय स्तरका खेलाडिले भरिएको ससक्त प्रतिद्वन्दी संग पौंठेजोरी खेलिरहेछौं। लाजमर्दो छ हाम्रो स्थिती। तर चित्त बुझाहुने एउटा बाटो छ। वा आँफै संग माफि माग्ने एउटा संकिर्ण सोचाइ छ; हामी इन्जिनियरिंगका विद्यार्थी, पढ्न जान्दछौं, खेल्न जान्दैनौं। उफ्; कसैले तपाईं भनोस नभनोस आँफै मपाइं। कुरै न हो - हामीलाई खेलिरहन फुर्सद हुँदैन। अरुहरुले पनि IOE को भनेपछि शाहनुभुती दिन्छन, सम्मान त कुन्नी के लाई दिने हो र। शायद तेसैले पनि मलाई कुनै फिक्री छैन, हाम्रो प्रस्तुती कस्तो होला भनेर। हामीहरु सबै underhand भल्थ्यौं। अरु कुनै पनि टोलिमा त्यस्तो खेलाडी देखिन्नथे जो underhand service गरुन्। केटीहरु पनि उफ्री उफ्री overhand rolling service गर्थे। second court बाटै पनि कस्सेर सट हान्ने केटीहरु देख्दा लाग्थ्यो हामी त उनिहरु संग पनि भिड्न सक्दैनौं। पहिलो खेल सुरु भयो। खेलको स्तरको कुनै कुरा गर्नु लज्जास्पद थियो, उनिहरुका धेरै त service पनि उठाउन सकेनौँ हामीले। मैले नै २-४ receive हरु बिगारें। कस्तो नमज्जा लाग्यो। चित्त बुझाउने प्रयास गरें - कहिलेइ practice छैन। फन फनि घुम्दै आउंछ भकुन्डो, कसरी उठोस् ठीक ठाउंमा? राइले पनि कुनै राम्रा प्रहार गर्न सकेन। अरु सबैको पनि ताल उस्तै थियो। दर्पण ले अलिकता इज्जत राख्यो। बस। तथापी TT को जस्तो गणना प्रणालिले सहयोग गर्यो र ११ नम्बर ल्याउन सफल भयौं। जित्ने त कुनै संभावना नै थिएन। अर्को बिजोग को स्थिती थियो एउटा मात्रै अतिरिक्त खेलाडी र एउटा मात्रै सहयोगी। सम्पूर्ण पर हाम्रा लुगा कुरेर बस्थ्यो र प्रेरित हाम्रो पक्षमा हुटिंग गर्थे, बस। २-४ तस्बिरहरु खिचिए र हाम्रो पोखरा भ्रमणको उदेश्य पुरा हुँदै गयो। पहिलो खेल सकेर महेन्द्र पुल पुगियो। होटेल कैलाशमा २ वटा कोठाहरु निर्धारण गरिए। हिजोको भन्दा राम्रो थियो यो होटल। उसरिनै खाटहरु जोडीए र आ-आफ्ना स्थान रोजिए। भोकले पेलिरहेथ्यो। खाना अधिक मिठो लाग्यो। भोक र भोजन दुबै मिलेपछी यस्तै हुन्छ। युद्ध जित्ने आशा छैन, तै पनि भाग्नु भएन। पुन: रणभुमि फर्कीइयो। २-४ अरु हरुका खेलहरु हेरियो। मन कहिल्यै नभर्ने थिए प्रदर्शनहरु। सबै भन्दा उत्क्रिस्ठ प्रदर्सन एक्जना तराइतिरको खेलाडिको थियो; जर्सी नम्बर ९; रारा क्याम्पस; बिरगन्ज। मैले हेरुन्जेल उस्का कुनै पनि सटहरु खेर गएनन। एउटा देब्रे सट त प्रतिद्वन्दीको छातीमा ढल्नेगरी लागेथ्यो। यती चुस्त, तेज र स्पस्ठ प्रहार गर्त्यो उ कि हेर्दा हेर्दै सबै भिड उस्को फ्यान बन्यो। र पोखराको यो खेलकुद महोत्सब यसर्थ पनि महत्वपूर्ण लाग्यो कि सबै कोर्टहरुमा दर्सकहरु खचाखच थिए। यसरी हाजारौं दर्सक हरुले भलिबल हेरेको मैले कहिल्यै देखेको थिन। ३ बजेतिर हाम्रो अर्को खेल सुरु भयो। प्रतिद्वन्दी इन्जिनियरिङ्ग अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस। आफ्नै भाई कलेज जस्तो; आफ्नै मान्छेहरु संग खेलिरहेझैं। अफसोस, खेलको स्थिति हामीले सोचे भन्दा बिल्कुल भिन्न रह्यो। उनिहरु त ताहाचल क्याम्पसका भन्दा कडा निस्किए। खचाखच भरिएका भाई बहिनिहरुले हामीलाई जिस्क्याइ रहे। संगै सहानुभुती पनि पस्किरहे। हामीले हाम्रा जर्सीहरुमा नाम पनि लेखेका थियौं। उनिहरुलाई सजिलो भएछ जिस्क्याउन। "'सुर न ताल' दाई पछाडि फर्केर सर्भिस गर्नुस्न", झटारो हान्दै थिन एउटी नारी स्वर। धेरै तेस्ता नारी स्वरहरुले हाम्रो समर्थन पनि गरिरहे - खेलभरी; शायद सहानुभुतीको समर्थन। र अर्को कुरा के पनि अनुभभ भयो कि उनिहरु हाम्लाई आदर-सत्कार गर्छन्, उनिहरुका दाइहरु जस्तै। इन्जिनियरिङ्ग पढ्दाको यो दाजु भाईको साईनो र संगै आउने आत्मियता साच्चै अतुलनिय थियो, जीवनभर। म भन्दा अगाडिकाहरुलाई म जहिले पनि दाई वा दिदीको रुपमा सम्मान गरिरहन्छु, र म पछीकाहरुले तेही सत्कार दिइरहेको पांउछु, सदैब। PN क्याम्पस बाट बहिर गेटमा आइपुग्दा धेरै उनै भाई बहिनीहरु हामी संगै थिए। मेरो ब्यक्तिगत चिनजानको कोही थिएन त्यो क्याम्पसमा। उसै २-४ सामान्य चिनजानहरु भए। उनिहरुको बस न-आउन्जेल हामी पनि तेहीं भुलिरह्यौं। रमाइला कुराकानी संगै। र यो दिनभरको PN क्याम्पस प्रांगणले एउटा पातलो आकृतिलाई नजिक्याइरह्यो। मनभरि। सबै रंगिचंगी पहिरनहरुको बिचमा यता उता गरिरहेको त्यो सेफद कुर्ता सलवार र गोरो गोलो अनुहारले दिनभर नै मेरा अंखा तानिरह्यो। म उन्कै पछि पछि त लागिन, तर जब जब उनी मेरो नजरको पारीधी भित्र हुन्थिन, अंखाहरु उन्को चेहरामा डुबुल्कि मारिरहन्थे। उनी भिन्न थिइन, पहिरनमा र नै मेरा नजरहरु अड्किएका हुनुपर्छ, उनिमा। तर जब नजर अड्किदै जान थाल्यो - तब त्यो साधा सेतो कुर्ता सलवारमा उनी खुलिरहेकी चन्द्रमा जस्तै उज्जेल्लिदै गइन। उनी तिनै भाई बहिनिहरुको भिड्मै थिइन। तर अरु धेरै जस्तो uniform मा थिए। उनी भिन्न। उनिहरु बस कुरिरहे। म नजर घुमाइरहें, उनी र उन्को ४ जनाको समुहतर्फ। हामी पनि उनिहरुको क्याम्पस घुम्न जान हिंडेका थियौं। उनी संग परिचय को कुनै मौका पर्ला कि भन्ने अर्को सुन्दर सपना पनि बुनिदै थियो। बिचैमा नाइकेहरुले भोलिमात्रै भाईबहिनीहरुको क्याम्पस जाने भनेर ट्याक्सी पक्डिए। सपना बुनिदा बुनिदै टुट्यो। उन्को हसिलो मुहार र त्यो सेफद कुर्ता सलवरको आकृतिलाई तेही छाडेर आफ्नो बाटो समाउन बिबस भए। ट्याक्सी हिड्दा धेरै केटा केटीहरुले हात हल्लाएर हामीलाई बिदा गरे। तर उन्का हातहरु उसै झुन्डिरहे। हाम्रो ट्याक्सी घुमेर उनीहरु छेउ हुँदै हुइकियो, उनी आफ्नै धुनमा लिन थिएन, हाम्रो प्रस्थानले उनमा कुनै अनुभुती छाडेन। म के नै गर्न सक्थेंर, सम्झनाको सानो फिलिङो ईतिहासतर्फ धकेल्न बाहेक। जीवन यस्तै हो, क्षणभरमा कोही जानी नजानी रंगिन सपनाहरु भरिदिन्छ र अनायसै सपना जस्तै बिलाएर जान्छ, पुन: कहिल्यै नझुल्किने गरी।
[ posted by
SurNaTal @
02:20 PM ] | Viewed: 2618 times
[
Feedback]
|
|
: |
टाउकोले बसको सिलिंग ठोकेपछि झल्यास्स भएं। बस दौडिरा हो कि भ्यागुतो जस्तो उफ्रिरा हो भन्नै गारो। ७:२५ भएछ। लेखनाथ न. पा.। बाटो भत्किएर लथालिंग रहेछ। यात्राको त्यो एटम अचाक्लि कठिन थियो। तर धेरैबेर त्यो टिकिरहेन र हाम्रो मिनिबस पोखरा बस पार्कमा रोकियो। ------------------------------------ भन्छन् कोहि जिन्दगि यो कर्कलाको पानि जस्तै हो कोहि भन्छन् जिन्दगी यो डुबि जाने घाम जस्तै हो म त भन्छु स्रिस्ठिकै अमुल्य उपहार मानिसको जुनि झै के छ र बराबर बाचुन्जेल गरौं रमाइलो हास्तै खेल्दै गरौं रमाइलो आएका थ्यौं खालि हात जान्छौं नि खाली बाचुन्जेल आउ न नाचौं रिस राग फालि दुइ वचन मिठो बोलिदेउ मिठो बोलि बोल्दैमा के नै हाम्रो जान्छ र मै हुं भन्ने मान्छेले पनि खै के लान्छ र बाचुन्जेल गरौं रमाइलो हास्तै खेल्दै गरौं रमाइलो। प्रिस्ठभुमिमा कुन्ति मोक्तानका यि सुमधुर भाकाहरु गुन्जिरहेछन्, रेडियो सगरमाथामा। कति गहकिला सब्दहरु! म यि पानाहरुमा अलमलिएको छु। हो म पनि नाच्न चाहन्छु, गाउन चाहन्छु, मादल घन्काएर वातावरण उमंगित बनाउन चाहन्छु; मेरो यो पोखरा यात्रामा। तर मेरा यि चाहनाहरु पुरा हुने संभवना क्षिण छ। म त्यस्तो माहोलमा आफुलाइ पाइरहेको छु जो नाचगान भन्दा अरु नै केहि रुचाउंछ। बसबाट ओर्लेकै थिएनौं हामी। बिभिन्न होटलका एजेन्टहरु यता र उता भन्दै तान्न आइपुगे - मेरो होटल र तेरो होटल। मलाइ यस्ता पलहरु बहुत तिता लाग्छन्। कस्को पछि लाग्ने? र मलाइ यस्तो पेशा सबै भन्दा घ्रिणित लाग्छ जहाँ कसैको सामुन्य नै उस्को वा उन्को बिरोध गर्नु परोस्। प्रतिद्वन्दिको घटिया पनको बनावटि बिरोध। बाँच्नु छ, तेसैले केहि गर्नु पर्छ। सायद तेसैले सबै मान्छे केहि न केहि गर्छन्; कोहि चोरि गर्छन्, कोहि दान; तथाकथित पाप वा धर्महरु। धेरै पटक मरेर जिउन बाध्य छ यो जिन्दगी। कति सपनाहरु मरिरहन्छन्। कति इच्छा - आकंक्षाहरु मरिरहन्छन्। कति रहर अनि चाहानाहरु मरिरहन्छन्। कति आशा र अभिलाशाहरु मरिरहन्छन्। कति लक्ष तथा उदेश्यहरु मरिरहन्छन्। कति भवनाहरु, मनहरु र मुटुहरु मरिरहन्छन्। तै पनि तन प्रतिको लालशा बांच्न खोजिरहन्छ। सयौं आत्मसम्मानहरु, इमानहरु, नैतिकताहरु, अपनत्वहरु र आत्मिय साथहरुको मृत्यु सहंदै पनि यो शरिर बाँच्न चाहन्छ। बिवस। खै के को लोभ हो यो; जहाँ सम्पुर्णत प्राक्रितिक अहं र गर्भहरुलाई सेलाएर एउटा मुढो जिन्दगीको मृत्युसंग सदैव डराइरहन्छु म, तिमि, उनि र संसार। तेसैले त ति होटलका एजेन्टहरु हाम्लाई पाखुरामा समाएर भनिरहेछन् - "मेरोमा आउनुस हजुर्। उस्को होटल भन्दा मेरो धेरै उत्क्रिठ छ।" र तेहिं अर्को पाखुरामा झुन्डिएको अर्को एजेन्ट भनिरहेछ, "तेस्को कुरा नपत्यानुस् सर। आउनुस् एकपटक कोठा त हेर्नुस्। आफै थाहा पाइहाल्नु हुन्छ नि।" हाम्रो टोलिका अगुवाहरुले प्रजातन्त्र प्रयोग गर्ने भए। सबैका होटलहरु अवलोकन गरिने भए। भाउ र तेस्मा आउने सुभिधाहरु तुलना गरिने भए र मात्रै निर्णय लिइने भयो। पछुवाहरु तेहिं उभिनु पर्ने भयो: पोखर प्रिथ्भि चोक। के गरौं के गरौं भै राथ्यो। आफुलाइ डाएरि लेख्नु पर्ने, सम्झें डाएरि हाल्न भुलेको छु। नजिकै को खुद्रा पसल पुगें र एउटा सानो कापि किनें; रु. ५। र एउटा कालो लेख्ने मोनामी डटपेन पनि; रु. ४। किन किन मलाइ सधै कालो मसि मन पर्यो; बिध्यालय महाबिध्यालयहरुमा। सायद म कालोपनमा घुल्न चाहन्छु, ताकि जिवन गोरेटोका अन्धकारहरु आत्मिय मित्र बन्न सकुन्। टोलिका माउतेहरु फर्किए। राम्रो ठहरिएको होटल छानिएछ। दरवार होटल, या नि Hotel Palace. कसरि कस्तो अवलोक गरियो, थाहा छैन। तुलनाको कस्तो जोड घटाउ भयो, त्यो पनि बुझ्या छैन। बुझ्नु जरुरि पनि थिएन। होटल प्रिथ्भि चोकैमा थियो। हिड्नु परेन, थाकेझैं भैराथ्यो, तेहि राम्रो भो। २ वटा कोठाहरु; ८ जना तोरि लाहुरेहरु। पछाडि भिरेका झोलाहरु फ्यालिए, एउटा कुना तिर, र खाटहरु जोडिए। थप सिरक र सिरानिहरु मगाइए। र सामुहिक ओछ्यान् तयार भयो। कस्को कुन स्थान हो भनेर छिनिफानो चाहि भएकै थिएन। आफुले आफ्नो पैसे थैलो सबै भन्दा छेउको सिरानि मुनि घुसारेर त्यो स्थान मेरो हो भन्ने सो-घोसणा गरें। हेरौँ कोहि बिरोधि आउने हुन् कि हैनन! होटल एउटा लामो कटेरो जस्तो आकारको थियो। दुइतले कटेरो। माथिल्लो तल्लामा पुर्व फर्किएको एउटा लामो वार्दलि थियो र तेसैमा लहरै जोडिएका थिए हाम्रा र अरुहरुका कोठाहरु। वार्दलिमा अरु कोठाकाहरु पनि हुलाम् हुल देखिए। परिचय हुदै गयो। तेहि अन्तर क्याम्पस भलिवल खेल्न आएकाहरु पनि रहेछन् तेहाँ। दांगको महेन्द्र बहुमुखि क्याम्पसका केटाहरु र महेन्द्र मोरंगका केटा-केटिहरु। उनिहरु सबैले आजै भिडिसके रे, १-१ गेम। तालिका हेरियो। हाम्रा भोलि बिहानै रहेछन्, २ वटै गेमहरु। हामि हास्यौं - टोलिका बाँकि सदस्यहरु न-आइपुग्दै हामि हारिसकेका हुने भयौं। जित्ने त कुनै अभिलाशा पनि थिएन, सामर्थ्य पनि। हामि जित्नलाई पोखरा गएका पनि हैनौं, खालि सहभागिता जनाउनलाई। Motivations अरु पनि थिए। सरकारि पैसामा प्रतियोगिता हेर्ने र सहर घुम्ने। तैपनि अलिक कम्जोर प्रतिद्वन्दि परे सम्मानजनक हार को आशा पनि थियो। अफसोस्, पहिलो खेल नै ससक्त ताहाचल क्याम्पस संग परेछ। उफ्। धोबि चुटाइ खाइने भो। दोस्रो खेल भने हाम्रै इन्जिनियरिङ अध्ययन संसथानको पस्चिमान्चल क्याम्पससंग परेछ। अलिकता आस लाग्दो। पहिलो त दाजु भाइ जस्तै लाग्ने, दोस्रो धेरै overseer हरु मात्रै पढ्ने र अरु साधारण क्याम्पसमा जस्तो खेलाडि किन्न नमिल्ने भएकोले उनिहरुको टोलि संग अलेलि पौंठेजोरि खेल्न सकिएला कि झैं। एउटा अनुमान् मात्र। पोखरा सोचे भन्दा न्यानो थियो, माघको दिनमा पनि। Hotel Palace संगको त्यो रात स्मरणिय थियो। बेलुकि आँखा जुधेका पुर्बेली अनुहारहरु र बिहान झिस्मिसेमै सुनिएका सुरिला स्वरहरु। "त्यो रातो माटो जौं अव घर नि लै लै घिर्लिङ को बाटो" "हा हा वारि जमुनापारि जमुना जमुनाको फेदैमा मनकामना" मलाइ रहर थियो - उनिहरुका यि सुमधुर भाकाहरुसंगौ आफ्नो स्वर पनि मिसाउने। तर म असमर्थ रहें। उसै त लोक भाका भनेपछि हुरुक्क हुने मान्छे, त्यसमाथि पश्चिम पुगेर सुनिएका गाउंघरतिरकै स्वर तथा भाकाहरु - म रोमान्चित थिएं। तथापि नौलो परिवेस र नौलो ठाउं, आफुलाइ त्यति सहज बनाउन सकिनं। मलाई सोधौं सोधौं पनि लागिरहेथ्यो - कोहि भोजपुरे स्वर पनि सामेल थियो कि ति भाकाहरुमा भनेर। कुनै मौकै परेन। वा मैले मौका कुरिरहनु नै अनुपर्युक्त थियो। सायद मेरा आफ्नै मर्यादाहरुले मेरो रोमान्चकताप्रति प्रहार गरिरहे। र म सिर्फ सुनिरहें। उठेर वार्दलिमा ओर्लन सकिनं। सोचेथेँ अर्को सांझ पक्कै कुनै उपर्युक्त वातवरण तयार होला, जहाँ यि जम्काभेटमा परेका पुर्बेलिहरुसंग सानोतिनो भलाकुसरि गर्न सकियोस् र २-४ लोक भाकाहरुमा रम्न सकियोस्। अफसोस् - माउतेहरुले तेहि बिहान होटेल छाडिदिए र म उनिहरुकै पछि लाग्न बिवस थिएं।
[ posted by
SurNaTal @
03:41 PM ] | Viewed: 2379 times
[
Feedback]
|
|
: |
पोखरा: मेरो सुन्दर यात्रामा - ३ ---------------------------- दायाँ बायाँ पसलहरु देखिए। मुग्लिङ् आइसकेछ। पाइन्टको खल्तिमा राखेको घडि निकालेँ। त्यो संधै पाइन्टमै हुन्थ्यो। किन चेन फेर्नलाइ खर्च गर्नु? समय हेर्न मिलि हाल्छ। ५ बजेको रहेछ। सांझको। यो बिचमा तेस्रो बर्षको दर्पण कार्की संग नजिकको घुलमेल भयो। उ अनुहारमा अलेली कालो देखिन्छ, तर दिलको बहुत सफेद; शान्त, सौभ्र, गम्भिर तर सरल पनि, र एकदम सहयोगी। अरु त प्राय नजिकैबाट चिनेकाहरु नै थिए। मेरो लंगडो घडीको सुइ घुमी नै रह्यो र हामीलाई पेटमा राखेर हाम्रो मिनिवस पनि उसरिनै दौडिरह्यो। नारायणी तरेर आँवु खैरेनी तिर हुंकिदै गर्दाको यो भु-बनावट तुलनात्मक हिसाबले नौलो छ। जम्मामा दुइपटक नापेको हुंला मुंग्लिङ पोखरा खन्ड। पहिलो रात्री बस थियो; कास्की नौडडा तिर लागेको, तरुनो र उत्साहित एउटा नयाँ overseer बोकेर। अर्को दिवा बस थियो, उत्साह जती उतै बेचेर फर्किरहेको बुढो Overseer लाई राजधानी धकेलिरहेको। गोर्खा तर्फ छुट्टिने दोवाटो नगिचै पुगेपछी बस रोकियो। चौकी जांच छरे। संकटकालको। वसवाट ओरालियो। बस हामीलाई छोडेर डेड दुई सय मिटर पर पुगेर रोकियो। अगाडिकाहरु हिंड्न थाले। म उनिहरुको पछि पछि लागें। जांच होला भन्यो - भएन। अव त होला भन्यो - भएन। आखिर बस सम्म पुगियो र चढियो। कसैले १ शब्द केही सोधेन। मैले कौतुहलता राखें "खै चेक?" अनि पो थाहा लाग्यो तेही पैदल यात्रा नै checking रहेछ। सैनिकहरुले ब्यक्तिको हिडाइवाट पत्ता लगाउंछन रे; कोही Military training लिएको सैनिक वा छापामार हो कि होइन भनेर। वाउ, रमाईलै भो। कोही भुस्तिग्रे ब्याराके आएर यो गर र उ गर यता फर्कि र उता फर्कि भन्दै लछार पछार नगरिकनै पनि सैनिक जाँच हुने रहेछ; त भैगो। र पुन: हुंइकियो हाम्रो मिनिबस - गाउँनै गाउँ तर्फ। मलाइ यस्तै यात्राहरु सबैभन्दा रमाइला लाग्छन्। दायाँ बायाँ हल्का भिरालाहरुमा सुन्दर गाउँहरु, खेत र मकैवारिहरु, हरिया चौरहरु र बिचै बिचै चिप्लिएको चिल्लो सडक। कति सुन्दर थियो तनहुको त्यो पाटो। बस दमौलितर्फ दौडिरहेथ्यो र हाम्रा साथिहरु बसमा चुट्किलाहरु दौड्याइरहेथे। धेरैजसो so called non-veg joke हरु। मलाइ गारो यसर्थ हुन्छ यि यात्राहरुमा कि अधिकांस केटाहरु जो संग मेरो सहयात्रा रह्यो - उ drinks गर्छ र अस्लिलता जोडिएका joke हरु भन्छ। यस अर्थमा म जहिले पनि एक्लै पर्छु। यहांनिर पनि केटाहरु अस्लिल जोकहरु सुरु गरिरहेछन्। सबैलाइ स्वतन्त्रता छ: आ-आफ्नो तवरको रमाइलो गर्न। मलाइ केहि आपत्ति हैन, कस्ले कस्तो जोकहरु भनिरहेछ संग। म प्रायस स्रोता हुं, सुनिदिन्छु। भैगो। तर आपत्ति यस मानेमा भै रहन्छ कि आफ्नो स्वतन्त्रताको प्रयोग सदैव नै अरुको स्वतन्त्रतामाथि दख्खल पुग्ने गरि उपयोग गर्छन्, यि मेरा सहयात्रिहरु। किन कहिल्यै यि तरुनाहरुको भिड यो ख्याल गर्दैन कि आफ्नो क्रियाकलापले अरुहरु कसरि पिल्सिरहेछन्। तेहि बसमा धेरै छोरिमान्छेहरु पनि यात्रा गरिरहेछन्; जहाँ यि मेरा उरन्ठेउले सहयात्रिहरु ठुलो ठुलो स्वरमा अस्लिल संवाद र चुट्किलाहरु गरिरहेछन्। कोहि दिदिबहिनिहरु दाजुभाइ संग होलान्, कोहि बा-आमा संग; उहिहरुलाइ कति उकुस्मुकुस बनिरहेको होला यो यात्रा, यो फोहोरि वातावरण। अफसोस, म मौन छु। किन केहि भन्न सकिरहेको छैन कसैलाई? सायद बहुमत उहिहरुकै थियो र मैले एक्लो ब्रिहस्पति बन्ने प्रयास गरिन। र मेरा यि निरिहपनहरु सदैव बिझाइ रहन्छन्, यस्ता यात्रहरुमा। तर यो र यस्तै एक्लोपनाहरुलाई, यो पटक भने जहां जहां आवस्यकता पर्थ्यो; दर्पणले कार्कीले हटाइदिन्थ्यो। उ drinks गर्दैन - म संगै; उ चुरोट पिउदैन - म संगै; उ अस्लिल जोकहरु गर्दैन - म संगै; उ तरुनिहरुलाई छेड्छाड् गर्दैन - म संगै। सायद अरुहरुको नजरमा हामि असामयिक थियौं। वा हामिले समय र उमेर बिचको तालमेल बिर्सेका थियौं। तर हाम्रा आफ्नै सिद्धान्तहरु थिए, जिवन र जगत प्रतिका। र कम्तिमा म (किनकि दर्पण को बारेमा त म केहि भन्न सक्दिन) खुसि थिएं र छु, मेरा आफ्नै तौर तरिकाहरुमा। अफसोस्, मैले उस्लाइ सधै साथ दिन सकिन। म मेरिजतिर लाग्थें - प्रत्यक सांझहरुमा र उ बिछ्यौनातर्फ मोडिन्थ्यो मेरिजका खालहरु छाडेर। "कता हराइ रहनु भएको सुर् न ताल् जि" दलबिरले आफ्नो मौलिकपन कायमै राख्यो। उ सुतिरहेकै मानेथें, कतिबेला ब्युझिएछ। य हो त म त हराएछु, स्म्रितिपटलमा। "हैन तेहि मोरो कठमान्डु घुमिरहन्छ नि, जता गएपनि।" सायद सत्य नै बोलेको हुंला। उस्ले पत्याएन र मैले आफैंले नसुनेको, नदेखेको र नसोचेको आक्रितितिर इंकित गर्यो, "हो कि झ्याल कुमारी तिर हराएको हो?"। के उत्तर दिने सोच्दैथें; उ पुन: तन्द्रा तिर फर्किसकेछ। कस्तो २८६ (Predecessor of Pentium Processors) जस्तो गिदि मेरो, जहिले पनि ढिला चल्ने? अनायस कुनै रोमान्चकताको बर्षा भएझैं। हैन को होलि त्यो झ्याल कुमारि? कोहि त पक्कै होलि, कहिं कतै। तर किन झ्याल कुमारिनै। के उस्को घरमा झ्याल नहुन सक्दैन? उफ्फ्। My stupidity। राति ७ बजिसकेको रहेछ। डुम्रे पुगेको हुनुपर्छ। मलाइ पहिलो पोखरा भ्रमणबाट फर्किँदाको दिवा बस यात्रा संझना भैरहेछ। पोखराबाट निस्किने बेलामा देखिएको सेतिको गल्छि, नागबेलि सडकको वारि पारि पोक्चा पोक्चि थुम्काहरु, हरिया झाडिहरु; कति रमाइलो द्रिश्य थियो, लेखनाथ नगरपालिका र डुम्रे बिचको। आज त संसार पुरै अंध्यारो छ। क्षितिजका पहाडहरु पनि देखिन छाडिसके। मलाइ त्यो मनमोहकता मिस् भइरहेछ। म सांघुरिएको छु, सानो टुक्रो संसारमा, यहि मिनिबस। कता कता आँखा लोलाएझै भएका रहेछन्। एक्कसि चर्को स्वर गुन्जिएको छ, बहिर। "धोकेवाजहरुलाइ मर्न पनि पर्दैन कि कसो। यिनिहरुले त नर्कमा पनि ठाउ नपाउलान्। ...." के भेछ कुन्नि? कस्ले कस्लाइ कसरि धोका दियो त? कराउने मान्छे अधबैसे अधबैसे सुनिन्छ। हाम्रो पनि बस रोकिएको छ। झ्याल खोलें। एउटा ३५-४० को मान्छे, एउटि ७०-७५ कि बुढि आमै, एउटि ३०-३२ कि अधबैंसे आइमाइ, एउटि २०-२२ कि युवति, २ जना स-साना बालिकाहरु। तुरुन्त दिमागमा एउटा चित्र तयार भयो। धार्दिङ तिरका किसानहरुको एउटा परिवार पोखरातिर कोहि आफन्तलाइ भेट्न निस्केको हुंदोहो। बुढा बाउ खसिसकेका हुंदा हुन। जेठि बहिनिलाइ कोहि ट्रक ड्राइभरले उडाएको हुंदो हो। माइलो भाइ पोखरा तिर हवल्दार हुंदोहो। कान्छो भाइ घरमा बस्तु भाउ गर्न बसेको होला। बुढि आमा, धर्म पत्नि, कान्छि बहिनि र २ वटि छोरिहरु संगै माइलो भाइलाइ पनि भेट्ने र सहर पनि घुम्ने अभिलाशामा निस्केको हुंदोहो, त्यो अधबैंसे मान्छे। अफसोस्, मुंग्लिङमा चडेको उनिहरुको त्यो सरल परिवारलाई पोखरा पुर्याउन दौडिएको बसले डुम्रेमै अलपत्र छाडिदिएछ। सायद उनिहरुको बसमा त्यो परिवार बाहेक अरु कोहि बांकि भएनन् होला त्यहा आइपुग्दा र सोझा देखेर ड्राइभरले बस यहा बाट अगाडि जांदैन भन्दै ओरालेर थकाल्नीको भट्टि पसलतिर मोडियो होला। हो यस्तै धोकाहरुबिच चिप्लन बाध्य छ यात्रा। बिस्वास नगरेपनि यात्रा चल्दैन। गरेपनि जहांतहिं आफ्ना स्वर्थका लागि सोच्नै नसकिने धोकाहरुले पिरोलिरहन्छ। म चाहन्छु कसैको बिस्वास नगरूँ, अबिस्वास पनि। तिमि जो हौ, तिमिलाइ पनि म बिस्वास नगर्न चाहन्छु। तर के यो संभभ होला? के आधा भन्दा भढि जिन्दगिको प्रस्तावित सहयात्रा बिस्वास बेगर संभव होला? जे होस्, म तिमि जो हौ, तिमिलाइ अविस्वास चाहिं पक्कै गर्न सक्दिन। विस्वासका बारेमा चाहिं उमेरले कुनै पाठ सिकाउदै जाला भन्ढानेको छु। .............................
[ posted by
SurNaTal @
01:59 AM ] | Viewed: 2773 times
[
Feedback]
|
|
: |
पोखरा: मेरो सुन्दर यात्रामा - २ ............................................... जिवन यात्रा हो। कुनै अतिसयोक्ति छैन। अतिसयोक्ति यस मानेमा छ कि चाहेको गोरेटो सधै भेटिदैन। चाहेको रफ्तार सधै मिल्दैन। चाहेको साथ सधै मिल्दैन। चाहेको जिवन सबैलाइ मिल्दैन। अझ यसो होला; चाहेको जिवन कसैलाइ मिल्दैन। त्यहि वास्तबिकताले पोलिरहेको छ। गएका सुनौला ३ दिनहरु अव म संग छैनन्। गएका ३ दिनहरुका चलायमानताहरु म संग अव बाकि छैनन्। पुन: त्यस्तै अवसरहरु आउलान् न-आउलान्, तर यो एउटा याद बनेर जिवन इतिहास कोरिएको छ। म मेरो तेहि यात्रा बिवरण उतार्ने जमर्को गरिरहेको छु। आफ्नो इतिहास लेखिरहेछु। अरुहरुका लागि। सायद हामी जे लेख्छौं, आफ्नो अनुभव् अरुको भन्दा श्रेयस्कर छ भनेर प्रमाणित गर्ने जमर्को हो। तेसैले म जे लेख्ने प्रयास् गरिरहेछु, सायद् भन्न खोजिरहेछु कि मेरो पोखरा भ्रमण अरुको भन्दा अलग थियो। सुन्दर थियो। रोमान्चक थियो। उल्लास र खुसिले भरिएको; एउटा उत्क्रिस्ठ यात्रा थियो। वास्तवमा यि हरफहरु पढिरहने जो कोहि पोखरा यात्रामा गएको छ। र त्यो जो कोहि को अनुभव मेरो भन्दा कम्सल कदाचित होओइन। तर पनि म किन चाहिरहेछु, यो लेखौं? थाहा छ मेरो अनुभव अरु कोहि तथकथित अनुभव भन्दा कुनै अर्थमा श्रेयस्कर छैन। तै पनि किन म सुर् न तालका सब्दहरु जोडेरा काहानिहरु बुनिरहेछु? किन म जिउनु को सट्टा समयको यो सानो टुक्रालाइ इतिहास लेख्नमा खर्चि रहेछु? यत्राको त्यो समय म मेरो अर्थको सुन्दरता जिए। सकियो। याद मनमा हुने हो, छदै छ। मलाइ किन अक्षरहरु संग यो मोह? के छ यि सब्दहरुमा जो सदैब घोचिरहन्छन। यो लेखौं। उ लेखौं। आफुमा जे छ त्यो देखाउन लाएक हैन भन्ने जान्दा जान्दै पनि किन मन आफ्नो हठ छाड्दैन र यो unicode खुलि रहन्छ? यि यावद प्रष्नहरुको तगारो तेर्सिरहेकै भए पनि म थामिन सक्दिन र आफ्ना वाइयत दिन चर्या हरु ओकलि रहन्छु। छेवै को अर्को सिटमा दल बिर राइ छ, मस्त निद्रामा। म आफ्नो मन मिटर घुमाइरहेछु, तेति पुराना नभैसकेका बिगतहरु तर्फ। करिब् २ महिना अगाडि होला, संगम बस्यालले सुनाएथ्यो - "दाई, बिदाको लगत्तै पछि पोखरामा अन्तर क्याम्पस भलिवल प्रतियोगिता छ। खेल्न जानु पर्छ है।" मलाइ थाहा छैन रगत कसरि बिकसित हुन्छ। मेरा बाबा एउटा कनिस्ठ सरकारि जागिरे थिए। खेलको नाममा तास को "साइटिङ वा फुट्टिकट" बाहेक केहि मन पर्थेन। मेरि आमा जिवन भरकि ग्रिहिणि, उनले खेल के हो कहिल्यै बुझ्ने मोउका पाइनन। मेरो रगत कसरि बिकसित भयो कुन्नि। खेलको नाम सुन्ना साथ कण कण उर्लेर आउँछ। भलिवल होस्, कि ब्याडमिन्टन्, वा फुटवल वा क्यारिम् बोर्ड वा डन्डि बियो वा कवर्दि वा जो कोहि खेल मेरो सम्मुख भएर गुज्रिये, तिनिहरुले मेरो रगत प्रदुसित गराइरहे। कोहि नचिनेको मान्छे उफ्रिरहेको होस् र एउटा खेलाडिको नपुग होस्; म लुत्त छिरिहाल्ने। म असिम असांस्क्रितिक् बिकास भएँ, खेलको मामलामा। अझ यो त जिवनमा पहिलो अवसर थियो, त्यो इस्तरको प्रतियोगितामा भाग लिन पाउने। सहर्स स्विकारे - "भै हाल्छ नि, तिमिले भनेपछि।" मलाइ थाहा छ, म कुनै उच्च क्षमताको खेलाडि हैन - खेल जुन सुकै होस्। सिक्यो, अलेलि आउँछ, तेसैमा फुर्कियो। बस। सायद लाटो देशको गाँडो तन्नेरि बनिरहें, सधै भरि। खेल्न उत्पाद इच्छा हुनु मात्रै खेलमा उत्क्रिस्ठ दक्षता हुनु हैन। उत्क्रिस्ठ खेलाडि हुन जन्मदै केहि लिएर आउनु पर्छ। मैले जति लिएर आएको छु, त्यो मेरै कलेज भित्रका प्रतियोगिताहरुको लागि मात्र ठिक हो। यो अन्तर क्याम्पस प्रतियोगिताको लागि हैन। अफसोस, हामीमा अलिकता फरियावाद जहापनि चलि हाल्छ। तेसैले म जत्तिकै; वा हुन सक्छ म भन्दा उच्च गुणस्तरका; कति अरु खेलाडिहरु छाडेर संगमले मेरो नाम लियो होला। तर म अझै यो मानेमा इस्पस्ट छैन कि कुन प्रक्रितिको फरियावादमा संगमले मलाई नातेदार ठानिरहेछ। म साधारण Voter बाहेक केहि हैन, उस्को खेमाको। के तेहि पर्याप्त थियो? जसरि सुकै होस्, कसैले मलाइ नातेदार संझेर गुण लगाउछ भने केलाई त्यो कस्तो नाता हो भनेर खोतल्ने जरुरि? म कुनै अलौकिक प्रणि हैन। मानविव स्वार्थलाई म किन अंगिकार नगरौं? हो तेसैले, अरु राम्रा खेलाडि छुटेका हुन् कि नहुन, म बोलाइएँ। तेहि महत्वपुर्ण हो। तेहि सम्पुर्ण हो। दिनहरु बित्दै थिए। निर्धारित मितिको एक साता जति अघि दल बिर राइले पुन: अन्तिम निधो गर्न खोज्यो - "पोखरा जाने हैन त?" दल बिर टोलिको प्रमुख खेलाडि। मेरुदन्ड भनौ न। पहिलो सर्टर, हाम्रो भलिबल टिमको। तर मेरो परिस्थिति अलिकता प्रतिकुल बन्दै थियो। सहरभरि बिरामिको ताति लागिरहेको थियो। बुबा, दिदि, भाउजु सबै बिरामि। भ्याइ नभ्याइ थियो हामी भचेका दाजु भाइलाई। तैपनि मेरो खेल र त्यो प्रायोजित यात्रा दुबै प्रतिको आकर्षणले घच्घच्याइ रह्यो र लोभि आकांक्षाहरुलाइ मिच्न सकिन। हुन्छ भनिदिएं। टोलि बन्यो - "दल बिर राइ, सुर् न ताल्, दर्पण कार्की, प्रेरित उपध्याय, संगम बस्याल्, लवण सिलवाल, सुमन राम घिमिरे, सम्पुर्ण क्षेत्रि र अरु १-२"। मेरो फोटो लगियो। मेरो नामको जर्सी बन्यो। र म त्यो अन्तिम बिन्दुमा पुगें - जहाँवाट मलाइ यो भ्रमण परित्याग गर्न अधिक असहज थियो। माघ २२-२५ को प्रतियोगिता कार्यक्रम हुनुपर्छ। प्रेरित उपध्यायको assessment पर्यो रे, २२ मा। हाम्रो खेलहरु २३ देखि मात्रै राख्न आग्रह गरियो। २२ को सांझतिर बाटो लाग्ने सहमति भयो। म तेहि मनस्थितिमा २१ गते बुबालाइ भेट्न तिन्कुने गएं। बुबालाइ कफले अझ च्यापेको रहेछ। होस्टेल फर्कने कुरा भएन त्यो दिन। मन अझै अन्योलमा पर्यो, "बुबालाइ कस्तो हुने हो, पोखरा जानेकि नजाने!" बिहान सम्ममा बुबालाइ अलिक् बिसेक् भयो। होस्टेलमा के पुगेको थियें - "काहा हराएको, हामि त दिउसै जान लागेको" भन्छ दल बिर। Assessment हुने भोलि आउछन् रे, अरु आजै। Assessment त मेरो नि थियो, तर हाप्ने बाहाना मिलिराछ। यस्तो मौका थोरै आउछ, उपयोग गर्नै पर्यो। त्यो उपयोग सदुपयोग हो कि दुरुपयोग त पछि नै थहा होला, अहिले जाँच छल्न पाए पुगि गो नि। सायद वर्तमान सबैभन्दा प्यारो हुने रहेछ। परिक्षा फारम पनि भर्नु थियो, यता उति गरेर ३१०० भेला पारें र गोर्कि भनिने गोबिन्द कार्किलाइ जिम्मा लगाएर १२ बजे क्यम्पस गेट पुगें। हो यहाँ बाट सुरु भयो मेरो प्रायोजित पोखरा यात्रा। खेलाडिको पदवि सहितको; सम्पन्न र संभ्रान्त यात्रा। हामी ८ जना, त्यो group मा। २ वटा Taxi हरु जावलाखेल हुदै चक्रपथ निस्किए र कलंकितिर हुइकिए। मलाइ अव पैसा कति पर्ला वा यो सस्तो त्यो महंगो संग सरोकार छैन। भ्रमणका नाइकेहरु पनि अरुनै छन्, आफु त ठ्याक्क Taxi आइपुगे पछि चडे पुग्यो। मलाइ चिसो चाहियो वा तातो भन्दे पुग्यो, त्यो तुरुन्त आइपुग्ने। उफ्। मोज् नै होला यो। सायद् अर्काको बाउको श्राध्य हो कि। २ बजेतिर एउटा मिनि बसले हामिलाई सर्लक्क निल्यो - कलंकिमा; र चिप्लन थाल्यो - त्यो पस्चिमतिरका ससाना थुम्काहरु तर्फ। मुग्लिङ सम्मको वाटो उहि हो - धेरै पटक नापिएको। यो ११० KM सडक अर्को एकपटक नापिउन्जेल हामी रमाइला कुराहरुसंगै हाँसिरह्यौं। नौबिसेका पुरि तरकारिहरु, मलेखुका माछाहरु, र गोर्खाबाट झारिएका रसिला सुन्तलाहरुले मुख ब्यस्त बनिरह्यो। यो सडकमा म सायद् २० भन्दा बढि पटक ओहोरदोहोर गरिसकें हुंला। दिवा बस, रात्रि बस, बिहानिमा, सांझमा; सबै संभावित समयहरु। ढल्किंदो मध्यान्नको यो समय त्यो ओरालो झर्न उत्क्रिठ थियो। दक्षिण पस्चिम मुख फर्काएका पहाडहरुम घामको न्यानो पोतिएको छ। थानकोट तलका घुम्तिहरु, बेंसिका फाँटहरु, त्रिसुलिका बगरहरु र किनारै किनार लमतन्न सडकहरु - द्रिश्य मनमोहक छ, आकर्षक छ। कति सुलुत्त चिप्लिएछ समय। दायाँ बायाँ पसलहरु देखिए। मुग्लिङ् आइसकेछ। पाइन्टको खल्तिमा राखेको घडि निकालेँ। त्यो संधै पाइन्टमै हुन्थ्यो। किन चेन फेर्नलाइ खर्च गर्नु? समय हेर्न मिलि हाल्छ। ५ बजेको रहेछ। सांझको।
[ posted by
SurNaTal @
11:48 PM ] | Viewed: 2969 times
[
Feedback]
|
|
: |
|