|
|
|
स्थायी शान्तिका लागि समर्पण महिला र पुरुषबीचका समानता अनिल पाण्डे 26 November 2008 3339 views No Comment स्थायी शान्तिको स्रोत के हो भनेर गरिने प्रश्नको जबाफ समान अधिकार र समानुपातिक अवसरमा आधारित हुन्छ । पक्षपात र विभेद अशान्तिका कारक तत्व हुन् भने सहअस्तित्व शान्तिका आधार । एकले अर्कालाई होच्याउने र अभिमान देखाउने प्रवृत्तिका कारण विश्वमा अशान्ति कायम रहेको छ । मै खाउष मै लाउ सुख सयल वा मोज म गरुँ” भन्ने भावना समाजको प्रमुख शत्रु बनेको छ । उदाहरणका लागि महिला र पुरुषबीचको विभेदलाई नै लिन सकिन्छ । हाम्रो समाजमा आज पनि आधा आकाश ढाकेर बसेका महिलाप्रति उचित सम्मान छैन । उनीहरुको योगदानको कदर गिरंदैन । हाम्रो समाजका कतिपय उखान-तुक्का पनि महिलालाई होच्याउने र अपमान गर्ने किसिमका छन् । ुढिलै होस् छोरै होस् छोरी मरी ठूला घरमा परी छोरा पाए खसी छोरी पाए फसर्ी…। यस्ता सयौं अभिव्यक्ति छन् जसमा महिलाको भयानक अपमान भएको छ । तर महिाला नभएको भए पुरुष हुने थिएनन् भन्ने यथार्थलाई ख्यालै गरिन्न । विश्वका चर्चित व्यक्तित्व महात्मा गान्धी आमा नभएका भए जन्मिने थिएनन् । यत्ाि मात्र होइन मोहनदासलाई महात्मा गान्धी बनाउन पनि आमाकै योगदान रहेको छ । उनको जीवनी पढ्दा जानकारी पाइन्छ ुतिमीले जीवनमा कसैको उद्धार गर् यौ भने मात्र तिम्रो जीवन सफल भएको मानिने छ र भगवान पनि त्यसमै प्रसन्न हुन्छन्ु भनेर मोहनदासलाई उनकै आमाले सिकाएकी थिइन् । वास्तबमा मानवजीवन लिने कुरामा होइन अरुलाई प्रदान गर्ने कुरामा सफल हुने गर्दछ । लिनुभन्दा दिन जान्ने व्यक्ति नै सफल ठहरिन्छ । त्याग र समर्पणले मानवजातिको पहिचान उच्च बनाउँछ । दान िदंदा वा अरु कसैलाई सहयोग गर्दा प्राप्त हुने आत्मसन्तुष्टि अतुलनीय हुन्छ । यसलाई कुनै धन रुपियाँ-पैसामा नापतौल गर्न सकिन्न । यसले मनलाई मात्र प्रसन्न बनाउँने होइन शरीरलाई पनि उर्जा र स्वास्थ्य प्रदान गर्दछ । दिनका लागि ुमसँग धन छैन कसलाई के दिनसक्छु रु भनेर चिन्तित पनि हुनुपर्दैन । जोसँग धन छैन उसले ज्ञान दिनसक्छ । बुद्धि र सीप सिकाउँन सक्छ । मनलाई साँघुरो पारेर होइन छाती फराकिलो बनाएर बसेका व्यक्तिहरु नै महात्मा कहलिन्छन् । यसका लागि शान्ति शिक्षाको ज्ञान आर्जन आवश्यक छ । शान्ति शिक्षा चारित्रिक शिक्षा हो । व्यक्तिको चरित्रमा परिवर्तन आयो भने उसले केही सिकेछ भन्नुपर्छ । चारित्रिक विकासबिना यो शिक्षा पूरा हुँदैन । शान्ति शिक्षाले प्रभाव देखाउन थालेपछि मानव चरित्रमा परिवर्तन देखिन्छ । परिवर्तनको नाम नै विकास हो । के तपाईं अँध्यारामा अरुले नदेखे पनि भगवानले देख्छन् भन्नुहुन्छ भगवानमा विश्वास गर्नेहरु यसो भन्छन् पनि । किनभने भगवान सर्वव्यापक र सर्वद्रष्टा हुन्छन् भन्ने धर्मभिरुहरुको मान्यता रहन्छ । तर भगवानमा विश्वास गर्नेहरुसमेत नैतिक ुकानुनु को अवज्ञा गरिरहेका भेटिन्छन् । दुव्र्यसन अनैतिक यौनसम्बन्ध बलात्कार चोरीजस्ता आपराधिक कार्यमा प्रौढहरु नै संलग्न हुन्छन् । यस्ता कामहरु प्रायः अँध्यारोमा नै हुने गर्दछन् । सायद उनीहरुलाई अँध्यारोमा भगवानले देखिरहेका हुँदैनन् । भगवान बुद्धको विचारमा शान्ति प्राप्तिका लागि माध्यम पनि शान्ति नै हुनुपर्छ । ुशान्तिका लागि हतियार उठाउँछु भन्नु आडम्बर मात्र हो । यसले अन्ततोगत्वा अशान्ति नै सिर्जना गर्दछ । स्थायी शान्ति सम्भब हुँदैन । यदि तपाईं बालबालिका लागि शान्तिको पाठ पढाउँनुहुन्छ तर सजाय भने िहंसात्मक दिनुहुन्छ भने शान्ति शिक्षाप्रति नै उनीहरुको ध्यान बिगि्रने छ । उनीहरुले शान्ति शिक्षालाई गम्भीर रुपमा लिने छैनन् । सिकाइ तपाईंले भनेको कुराबाट कम र समाजमा देखिने व्यबहारबाट बढी हुनेगर्दछ । समाजमा अभिभावकले बालबालिकालाई पिटिरहेको झगडा चलिरहेको युद्ध चम्किरहेको र अश्लीलताले प्रश्रय पाइरहेको देखेका बालबालिकाले त्यही नै सिक्छन् । असामाजिक कार्य गर्ने व्यक्ति नै ुबहादुरु कहलिएको अबस्था छ भने त्यसको घातक प्रभाव बालकमा पर्दछ जुन शान्तिशिक्षाका लागि घातक हुनेगर्दछ । हामी िहंसा द्वन्द्व र असामाजिक कार्यमा समय लगाइरहेका छौं । परिणामस्वरुप हाम्रो नयाँ पुस्ता पनि विकृतिको बाटो समाइरहेको छ । उसलाई शान्तिका खेलभन्दा द्वन्द्व र लडाइँका कि्रडा मन पर्छन् । त्यसैले आजका कम्प्युटर गेमहरुमा ९० प्रतिशतभन्दा बढी काटमार र िहंसामा आधारित छन् । त्यही चलेको छ । अश्लीलता यति व्यापक बनेको छ कि कुन प्राकृतिक कि्रडा हो र कुन अप्राकृतिक सम्बन्ध भनेर नयाँ पुस्तालाई छुट्याउन नै मुस्किल पर्ने भएको छ । हाम्रा सन्ततीले पुरातन मान्यता पहिचान र विवेक विस्रने क्रम सुरु भैसकेको छ । राष्ट्रियता मौलिकता र विशेष पहिचान भन्ने बस्तुले नयाँ पुस्तालाई छुन छोडेको छ । यो अत्यन्त भयानक सन्दर्भ हो । यीआदि अवस्थालाई मूल्यांकन गर्दै सत्चरित्र निर्माणका लागि राज्यको नीतिनिर्माण तहबाटै सोचिनु आवश्यक हुनआउँछ । महात्मा गान्धीकी आमा एक चर्चित व्यक्तिकी आमा बनेकीले आज चर्चामा छिन् तर विश्वका सबै आमाहरु यत्तिकै सम्मानित छन् । उनीहरुले पनि हाफ्ना सन्ततीलाई महान बाटो देखाएका छन् । महिला जातिको अपमान यस संसारको आधा भागको अपमान हो । यस प्रवृत्तिले मुलुकमा स्थायी शान्ति ल्याउन िदंदैन । दीर्घकालिक शान्तिका लागि समानता र समावेशी सँस्कृतिप्रति चित्त लगाउनु आजको आवश्यकता बनेको छ ।
[ posted by
anilmelvin @
01:43 PM ] | Viewed: 2090 times
[
Feedback]
|
|
: |
r08 /fdÚ s} 7]Ssfdf 5f]8]sf] Pn– nx}nx}df nfUg] . of] ufnL xf] ls tfl/km, d}n] ;f]w]+– of] xf] tfl/km, xf]Og ufnL k9]sf] eP laP kf; x'Gy]+ o;kfln k9fO eof] ;lxb hgtfsf gfddf sf6df/df uof] dg hgtfsf gfddf eljio eof] cGwsf/ hgtfsf gfddf lxhf] ufpF3/sf o'jfnfO{ 9flnof] hgtfs} gfddf af]Nb} lyof] pm hgtfsf gfddf af6f] la/fP/ ef}+tfl/Psf] / nx}nx}df nfu]sf] c?nfO{ u/L vfg glbg], cfk"m u/L vfg ;Lk ghfGg] xg'dfg . s;}sf] v'§f, s;}sf] xft t s;}sf] 5}g sfg cfhsf] o'jf, kl/jt{g ug{vf]Hb}5 dfGotf / zfg x] eujfg . –clgn kf08] db/Nof08 g]kfn, Soflnkmf]lg{of, o'P;
[ posted by
anilmelvin @
11:19 PM ] | Viewed: 1592 times
[
Feedback]
|
|
: |
अनिल जी सायद तपाईले युनिकोड प्रयोग नगरी सिधै नेपाली फन्टको लेख राख्नु भय जस्तो छ । आज ठरकी दादालाई अली "डोज" नपुगेकोले निन्द्रा लागेको थीएन । लौ "फ्री" मा तपाईको रचना डिकोड गरि दिए । लेखेको कुरा अरुले पनि पढुन भनेर । ठरकी दादा ************************************** राजा र दलकै बाटोमा माओवादी -अनिल पाण्डे anilmelvin@hotmail.com California,U.S.A ठूला कुरा गर्ने, मीठा सपना देखाउने र सुन्दर र्स्वर्गमा विचरण गराउने अभ्यासमा कोहीभन्दा कोही पनि पछाडि देखिएनन् । राजा ज्ञानेन्द्रले जुन बेला तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरेर प्रत्यक्ष शासन चलाएका थिए, त्यसबेला सबैतिरबाट जनताले 'ठग नेतालाई ठीक्क भो,' भनेर काखी बजाए । 'यी राजा दाजुजस्ता होइनन्, यिनले केही गरेरै छोड्छन्, मुलुकको भद्रगोल समाप्त हुन्छ र देशले गति लिन्छ,...' जनतालाई यस्तै आश थियो । तर भएन । राजाले दलका नेतालाई बिर्साउने गरी एकाधिकार कायम गरे । यदि राजाले त्यस मौकाको सदुपयोग गर्नसकेका भए, उनलाई सबैले आँखामा राख्ने थिए । राजा बनेर व्यापार गर्नुपर्ने, ज्योतिषीको सल्लाहमा अफ्रीकातीर लाग्नुपर्ने र संसदीय दललाई हुत्याएर माओवादीनिकट पुर्याउनु पर्ने भएपछि उनको शासन टिक्नसक्ने सम्भाबना नै भएन । एकाधिकारवादी राजा हिजो जसरी टिक्न सकेनन्, भोलि माओवादी पनि टिक्न सक्नेछैन । किनभने माओवादीले नेपाली कांग्रेस, एमालेलगायतका दलसँग 'संविधानसभाका लागि हामीलाई ६० सिट छोडिदेओ नत्र...," भनेर अहिले जसरी घुर्की देखाइरहेको छ, त्यसले ऊ कहिल्यै लोकतान्त्रिक बन्न नसक्ने संकेत गरेको छ । उता नेका र एमाले संविधानसभालाई सरकार चलाउने आवधिक निर्वाचनसरह ठानेर मुठी कसेर बसेका छन् । माओवादीलाई सिट छोड्न मानिरहेका छैनन् । उनीहरुको त्यस हठले जनताका सामु उही नै नांगिने छ भन्ने भविष्यलाई पनि देख्न सकेन र माओवादीलाई 'अब म निर्वाचनको आचारसंहिता पनि मान्दिनँ, निर्वाचन नै हुनदिन्न,' भन्न वाध्य बनायो । परिणामस्वरुप आगामी मंसिर ६ गते मनाइने भनिएको महान राष्ट्रिय राजनीतिक चाड, संविधानसभाको निर्वाचन माओवादी र दलहरुकै कारण नहुने भएको छ । जनता फेरि अथाह अन्धकार र अनिश्चिततामा डुब्न वाध्य भएका छन् । एउटा राजा फालेपछि त राहतको अनुभव गर्न पाइएला भनेर बसेका जनता एकसाथ आठ राजाको माखेसाङ्लोमा फस्न पुगेका छन् । यस साङ्लोले छोपेपछि दुुइ दुना चार नभएर तीन र पाँच पनि हुन्छ भन्न जनता वाध्य भएका छन् । अन्यथा, काठमाडौंजस्तो राजधानी वर्षा मा समेत 'लोडसेडिङ' मा पिल्सिने थिएन । आज शहरिया नेपालीहरुको आधा दिन पेट्रोलियम पदार्थको लाइनमा बित्ने थिएन । संविधानसभाको निर्वाचन आगामी मंसिर ६ गते गर्ने कुरामा केही महिनाअधि मात्र माओवादी नेता प्रचण्डले नै हस्ताक्षर गरेका हुन् । संविधानसभाको पहिलो बैठकको साधारण बहुमतको निर्णयले राजतन्त्र हटाउने र गणतन्त्रको घोषणा गर्ने कुरामा पनि माओवादीको सहमति भएपछि नै अन्तरिम संविधानमा लिपिबद्ध गरिएको हो । संविधानसभाको निर्वाचन प्रक्रिया मिश्रति हुने सहमति पनि उसैले गरेको हो । तर अपर्झट माओवादीले आफ्ना हरेक पुर्बनिर्णयबीरुद्ध टुँडिखेलमा 'हामी चुनाबमा जाँदैनौं,' भनेर घोषणा गर्यो । लोकतन्त्रवादी कसैले पनि उसको यस घोषणालाई स्वागत गर्नसक्ने अबस्था रहेन । केबल प्रतिगमनकारीहरु भने लड्डु किनेर मुख मीठो पार्ने स्थितिमा पुगे । अन्ततः राजा ज्ञानेन्द्र करिव दुइ वर्ष शासन गरेपछि पतन भएझैं माओवादी ६ महिनामै समाप्त भएको छ । सात दलको मीठो गफबाट दिक्क बनेका जनताले माओवादीले मुलुकका लागि केही गर्ने हो कि भन्ने जुन आश राखेका थिए, त्यो समाप्त भएको छ । पराजित हुने डरले आफैले सहमति जनाएको सम्झौतापत्रलाई धोती लगाइदिने माओवादीले जनतासमक्ष गरेको प्रतिबद्धता पूरा गर्ला भनेर कसले विश्वास गर्ने - तर्राई जलिरहेको र गौतमबुद्धको घरघडेरीमा खरानीको थुप्रो लागिरहेका बेला माओवादी 'यो खरानी हामीलाई नै तर्सउनााका लागि हो,' भनेर विश्लेषण गर्छभने यसलाई जनताले 'गोलमेचमाथि' होइन मुनि राख्नुुपर्छ । यदि माथिकै गोलमेच सम्मेलन गर्ने होभने नेपालका हरेक राजनीतिक शक्तिले स्थान पाउनुपर्छ, त्यसमा राजा पनि पर्छन् र र्सूयबहादुर थापा पनि बोलाइन्छन् । पूर्ण इमान्दारीका साथ यदि मुलुकको भलाइ नै चाहेको होभने राष्ट्रवादलाई बिर्सन सकिन्न । राष्ट्रवाद भनेको मुलुकका तमाम शक्तिलाई उनीहरुको गक्षअनुसारको हैसियत दिनु हो र यही समावेशी लोकतन्त्र पनि हो ।
[ posted by
anilmelvin @
11:52 PM ] | Viewed: 1907 times
[
Feedback] (3 Comments)

01:24 PM ] | Viewed: 2358 times
[
Feedback] (1 Comment)
|
|
: |
Nepali baba on california. anil
[ posted by
anilmelvin @
01:22 PM ] | Viewed: 2121 times
[
Feedback]
|
|
: |
|