[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 * चौतारी - ४१ *

[Please view other pages to see the rest of the postings. Total posts: 582]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 160636 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-09-07 8:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!


गालब कुमार स्वास्थानी भन्न लागेको, अनि पुर्व जापुन तिर गाम्ले हरु अड्डा तिर लागेका, माझ गामका गाम्लेहरु निद्राले भुष परेका र पस्चिम गामका मान्छेहरु निद्राको मुखमा पुगेकाले म अपरझट चौतारीको ढुगां मिलाउन आइपुगेको छु । धेरै छपनी भए चौतारीमात्र नभै गाम नै पैर्होमा पर्ने हुदा हस्यागं फस्यागं गर्दै ढुगांका टुक्रा टाक्री मिलार यसो बस्न हुने पारेको छ , यस पटक यहि फु्च्चे चौतारीमा बसेर स्वास्थानी सुन्नु पर्ला ।
लै सबै जना Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, र बाकी सबै गाम्लेहरु फुलमाला लिएर तयार हुनुहोला स्वास्थानी सुन्न ।

बल्झीएको जालमा स्तब्ध यो परिवेस
मेटाउन खोज्दा पनि , रहिदिन्छ शेष
जोड अनि घटाउमा, तर्सिन्छ पलपल
शून्यमा गै रोकिन्छ नि सधै अचल

 
Posted on 01-09-07 8:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जय होस् नमेको!

तर वर-पीपल र बस्ने ठाम खै त नमे?!
 
Posted on 01-09-07 8:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ त चौतारी
 
Posted on 01-09-07 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि हतार्मा मलाई चौतारी बाट निस्कसन
 
Posted on 01-09-07 8:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमे लाइ धनिया को पात नया चौतारी को लागी । तर बर र पिपल खै त ?? चौतारी नै देख्दिन नि म त।
:-s
 
Posted on 01-09-07 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो भाग्यमा तिमी लेखिएको छैन भने
सधैं मेरो मन धुक्न किन आउछ्एऔ त ?
म पनि तिम्रो भाग्यमा लेखिएको छैन भने
स्वस्थानीको ब्रत बसेपनि आखिर के पाउछेउ त ? ? ?
 
Posted on 01-09-07 8:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पैलाइ धन्यबाद ।
बर पिपल अलिक एक छिनमा आउछ । सुन्मिमा निस्कासन भको होइन, केही बेरमा त्यो पनि राख्छु ।
 
Posted on 01-09-07 8:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिङ्गै देशकै फोटु टाँस्या छ, अब त्यहि नै चौतारी भइहाल्यो नि यो पल्टलाई।

नमे!! तिमी कस्तो भने सुर्य जस्तो तेज भएको, सय हात्तीको बल भएको, हाँस्दा मोती जस्तै टल्किने दाँत भएको, यस्तो तिमीले आज फेरी अर्को राम्रो काम गर्यौ!! म अत्ति प्रसन्न भएँ। लौ भन के बर चाहिन्छ।

तिम्रा सन्तानले नि डाँडा काँडा ढाकुन्।

:-)
 
Posted on 01-09-07 9:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमेलाई धन्यबाद।

सानीबालाई चौतारीअटै निस्कासन अरेछ त फिरी। :P

हाम्रा राहु-केतुलाई नि देख्दिन त मुइले। अहिले फिरी राहु-ले नन्दी, भिरिङ्गी, महादेब सब्को लेकर नमेको मुन्टाहुवा। :D :) :p
 
Posted on 01-09-07 9:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ सबैको साझा चौतारी रे ! हामीलाई त छ्हरि दिनको कन्जुस्याइ गर्दा रहेछन चौतारीका मुखिया हरु । ठिकै छ मुखिया हरुले हेला गरे पनि चौतारी प्रतिको मेरो माया पीडित भएरै पनि अगध रह नेछ ।
सम्पूर्ण साथीहरुलाई नमस्कार !!!
 
Posted on 01-09-07 9:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो बिसे नगर्चीलाई ज्ञानेको पुर्खाले त बिर्स्यो, नमेले नि बिर्सेछ फिरी। :-) :p :p
 
Posted on 01-09-07 9:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नगर्चिको बाजाको धुन मन परेनहोला बिचरा मुखिया हरुलाई । के गर्ने आफुलाई चाकारीको भाका आउँदैन ।
तर नाम राखेर ठुलो मान्छे भैन्छ भनेर घुर्कएक अनि घुर्काएको चाँही हैन है पि लि च्च्च्च्!!!!
 
Posted on 01-09-07 9:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ भउते! के छ हालखबर?

भउतेले हिजो कता-कता ग'र मह खा'र आयो रे भन्ने ब्यापक हल्ला छ नि गाममा! के हो? कता पुगेर खाइयो? गाममै खा' भे नि भइहाल्थ्यो होला नि!
 
Posted on 01-09-07 9:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नगर्ची त बेखर््ची भाको ले बिर्से, अब भन नमे , मलाई कसरी बिर्सेको नि? मेरो भर्‍या चिलिम को कसम्, साह्रो रिस् उठ्यो, कबिता सुनै दिन्छु अनि त, गुर्‍र्‍र्‍र्‍र्‍र

तारेमाम है नयाँ चौतारी का दौतरी हरु लाई ।
 
Posted on 01-09-07 9:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गोताएँ ! जिउँदै छु भनुम अब। यो "Submit" थिच्दा सम्म सास फुस्केन भने उत्तर पाउने भयौ के रे।

हो नि। मेरो कुरो बुझ्ने त्यो निशे सोम त छ नि एउटो। टन्न मह काढेर राखेको रे'छ पाटले। अनि खान्छौ? भन्यो। लु दे न त एक ढेबुवा, अब चैनी ज्यान दह्रो बनाउनु परो। जुरेली नि ब्रत बसेकी छे। श्री स्वस्थानी माताको आशिष पर्यो भने यसपालीको जाडोलाई नयाँ सिरक थप्दिन भनेर भनेको। गाम कै लोकल महुरीको मह रे'छ, साह्रै तिख्खर के। खा'को अनमत्त बनायो गाँठे। :-) :p
 
Posted on 01-09-07 9:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जति फुर्सद नभएनि चौतारी गाम्लेहुरको दर्शन नगरि त के निन्द्रा लाग्थ्यो?

दिनको १५-१५ घण्टा खेताँ जोतिनु छ, तै माथि अब हरेक बिहान हात तान्दै कसरत गर्नु पर्ने भा'छ...जुरेली सालीलाई सुमसुम्याउन १० मिटर लामो हात चाईने भो!

लौ, सुत्न गईम म त! भोलि सखारै काँधाँ कोदालो भिरेर बाटो लाग्नु छ फेरि!

गुट नईट!
 
Posted on 01-09-07 9:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमे!! तिमी कस्तो भने सुर्य जस्तो तेज भएको, सय हात्तीको बल भएको, हाँस्दा मोती जस्तै टल्किने दाँत भएको, यस्ता तिम्रो; हजार मुख भएका ब्रम्हा, हजार जिब्रो भएकी सरस्वती ले त बयान गर्न सक्दैनन भने म एउटा जाबो मानबले के सकुँला?? लौ बरु सुन : तिमीले मनले चिताको पुगोस, सन्तानले संसार ढाकुन.... यही आशीर्बादले चित्त बुझाउदा होउ।
 
Posted on 01-09-07 10:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुगोस पुगोस मनले चिताएको सबैलाइ पुगोस । मेरो पनि यहि कामना छ ।
 
Posted on 01-09-07 10:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल धम्किको आन्दोलनले हामीलाई पनि सम्झेर चौतारीको भित्तोमा श्री स्वस्थानी परमेशवारीको फोटो नजिकै, शिव पार्वती को कैलाश पर्बत को अगाडि नाम तास्दिएकोमा धन्यवाद ! अनि चौतारी क नए समिको रुख र नजिकैको मन्दिर को निर्माद्को लागि पनि धन्यवाद !!!
 
Posted on 01-09-07 11:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते !

संझनामा तिम्रो साथ आशुभै बगिदिदा
एउटा रित्तो छायाँ मेरो 'म'लाइनै उपहास गर्छ
कल्पना भित्र उपहार खोज्ने मेरो यि हातले
मेरै अघि ठोक्किएर मैलाइ नै प्रहार गर्छ।

:) :) कहिले काहिको बरालिएको मन
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
Venezuela TPS lawuit
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
What is the purpose of an F1 student visa in the U.S.?
#MAGA#FAFO is delicious
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Homeowner Charged renting to illegal migrants
Measles vax deaths vs measles death in USA
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Travelling to Nepal with expiration less than 6 months
ICE kidnapping people off the streets over op eds
Don’t Just Read—Join the Conversation
Nepal TPS decision
FDA admits Covid mRNA ‘Vaccines’ CAUSE CANCER
MLS AND LIVE SOCCER MATCH FREE SITE THAHA CHA?
USCIS to Check Social Media Posts of Green Card Applicants Legally Residing in US
Nepal TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
नपरी भोगिदैन नमरि नर्क हो वा स्वर्ग पुगीदैन
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters