[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 * चौतारी - ४१ *

[Please view other pages to see the rest of the postings. Total posts: 582]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 160660 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-09-07 8:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!


गालब कुमार स्वास्थानी भन्न लागेको, अनि पुर्व जापुन तिर गाम्ले हरु अड्डा तिर लागेका, माझ गामका गाम्लेहरु निद्राले भुष परेका र पस्चिम गामका मान्छेहरु निद्राको मुखमा पुगेकाले म अपरझट चौतारीको ढुगां मिलाउन आइपुगेको छु । धेरै छपनी भए चौतारीमात्र नभै गाम नै पैर्होमा पर्ने हुदा हस्यागं फस्यागं गर्दै ढुगांका टुक्रा टाक्री मिलार यसो बस्न हुने पारेको छ , यस पटक यहि फु्च्चे चौतारीमा बसेर स्वास्थानी सुन्नु पर्ला ।
लै सबै जना Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, र बाकी सबै गाम्लेहरु फुलमाला लिएर तयार हुनुहोला स्वास्थानी सुन्न ।

बल्झीएको जालमा स्तब्ध यो परिवेस
मेटाउन खोज्दा पनि , रहिदिन्छ शेष
जोड अनि घटाउमा, तर्सिन्छ पलपल
शून्यमा गै रोकिन्छ नि सधै अचल

 
Posted on 01-09-07 11:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए, नयाँ चौतारी पनि बनी सकेच, म त साह्रै busy भएर आउन नै पाइन, भोली अलि फुर्सद हुन्छ कि अनि रमाइलो गरम्ला ।
श्वासतनी पनि कहाँ पुग्यो कुन्नी,
ल मिस्स् कविता राम्रो छ ।
अजलाई जदौ
मेरी नमु, कति राम्रो चौतारी बनाएकी तनी तिमीले ।
 
Posted on 01-10-07 12:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरी नमु, कति राम्रो चौतारी बनाएकी त नी तिमीले ।

:D:D:D:D:D:D:D:D:D:D:D:D:D:D:D:D:D:D:D:D:D:D:D:D:D:D:D:D:D:D:D:D (32)
 
Posted on 01-10-07 2:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते
सबै लाई मेरो साधर प्रणाम

को भन्दा आफ्नै घर को भाते पो परेछ नि
काम गर्छस भन्दा त मुन्टो बटार्छ नि

खोइ कसरि फकाउने हो कुन्नि
दाम दिन दाम पनि छैन
काम दिन पनि म सङ्ग काम पनि छैन

खालि सरापि रहन्छ
खालि डुक्री रहन्छ

समय को भेल सङ्गै
कुरा को छाल सङ्गै
मुख को रयाल सङ्गै
अनि मुरलि को धुन सङ्गै

सधै नै
कहिले को सङ्ग त कहिले को सङ्ग
 
Posted on 01-10-07 4:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमे!! तिमी कस्तो भने सुर्य जस्तो तेज भएको, सय हात्तीको बल भएको, हाँस्दा मोती जस्तै टल्किने दाँत भएको, यस्ता तिम्रो; हजार मुख भएका ब्रम्हा, हजार जिब्रो भएकी सरस्वतीले त बयान गर्न सक्दैनन भने म एउटा जाबो मानबले के सकुँला?? लौ बरु सुन : तिमीले मनले चिताको पुगोस, सन्तानले संसार ढाकुन.... यही आशीर्बादले चित्त बुझाउदा होउ।
 
Posted on 01-10-07 7:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धनियाको पात सप्पैलाइ यो फु्च्चे चौतारीमा आउने भएको ले र मन पराइदिनु भएको ले ।
मिस र चिन्डेको कबिता राम्रा लाग्यो ।
मिस त नबोलि जानु भयो, यो चौतारी तेती सार्हो चित्त बुझेनछ क्यार ?
 
Posted on 01-10-07 7:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमे!! तिमी कस्तो भने सुर्य जस्तो तेज भएको, सय हात्तीको बल भएको, हाँस्दा मोती जस्तै टल्किने दाँत भएको, यस्ता तिम्रो; हजार मुख भएका ब्रम्हा, हजार जिब्रो भएकी सरस्वतीले त बयान गर्न सक्दैनन भने म एउटा जाबो मानबले के सकुँला?? लौ बरु सुन : तिमीले मनले च ताको पुगोस, सन्तानले संसार ढाकुन.... यही आशीर्बादले चित्त बुझाउदा होउ।

नमस्ते गाम्ले साथीहरु
 
Posted on 01-10-07 7:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्वासतनी सुन्न तयार छम्, ल कुमार गालब

 
Posted on 01-10-07 7:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमे!! तिमी कस्तो भने सुर्य जस्तो तेज भएको, सय हात्तीको बल भएको, हाँस्दा मोती जस्तै टल्किने दाँत भएको, यस्ता तिम्रो; हजार मुख भएका ब्रम्हा, हजार जिब्रो भएकी सरस्वतीले त बयान गर्न सक्दैनन भने म एउटा जाबो मानबले के सकुँला?? लौ बरु सुन : तिमीले मनले च ताको पुगोस, सन्तानले संसार ढाकुन.... यही आशीर्बादले चित्त बुझाउदा होउ।

नमस्ते गाम्ले साथीहरु !!
©हरी
 
Posted on 01-10-07 7:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथीहरु !!

हे (गालब) कुमार जी, छैठौं अध्याय को समाप्तीमा महादेब, भउते र पुन्टे गैरीको पसलमा लोकल चढाएर बसेको सम्मको कहानी सुनाउनु भयो। तहाँ उप्रान्त के के भयो, यो सबै सुन्ने इच्छा छ। सबै गाम्ले हरु एकाग्रका साथ दत्तचित्त भई सुन्नका लागी तयार छन। क्रिपा गरेर यथासीघ्र हामी गाम्लेहरुको कान पबित्र पारिदिनुहवस !!

:-)
 
Posted on 01-10-07 8:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-10-07 8:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमेलाइ नयाँ चौतारीको लागि धन्यवाद। श्री स्वस्थानीमाताले तिम्रा ईच्छा पुर्याउन्।

ग्वाँचे, ठूली, राते, यामे, हरी र सबै गाम्लेहरूलाइ मेरो नमस्ते!

आज पनि स्वस्थानी चैं पछि राति मात्र सुन्न पाइएला जस्तो छ। :(

लौ त रमाइलो गर्दै गरम्। रातमा चियाउँछु फेरी म। अहिलेलाइ भाग्नु पर्यो।

ठूली, के छ? ;)
 
Posted on 01-10-07 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी स्वस्थानी व्रतकथा - ७
वाचक - गालब

यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्।

कुमारजी आज्ञा गर्नुहुन्छ - हे अगस्त्यमूनि! तिमीले यस अघि धोबिनीको पेटीकोट च्यात्तिएको सम्बन्धमा जिज्ञासा राखेको हुँदा आज त्यस सम्बन्धी कथा सुनाउँछु। ध्यान दिएर सुन।

यो घटना उस बेलाको हो जब तिम्रो चौतारी बनेको पनि थिएन। विभिन्न गाउँबाट यहाँ बसाइँ सर्ने क्रम तीब्र भई भर्खर वस्ती बस्न आँटेको थियो। सुरुमा यो गाउँमा बसाइँ सरेर आउने मध्येमा भउते र पुन्टे नामका दुईजना थिए। यी दुईको ग्रह पनि कस्तो भनेदेखि कुकुर र बिरालो जस्तो। बाटोमा भेट्ने बित्तिकै झगडा गर्ने, एक अर्ककाको कुरा काट्ने। अँझ भउतेले पुन्टेको साली उडाउँने जाली बुन्न थालेपछि त बाटोको नालीमाथि पनि, खेतको आलीमाथि पनि, कहिले गाली फाली-फाली, कहिले हात हाली-हाली, यी दुईको शीत युद्ध सुरु भएको थियो।

यस्तैमा धोबिनीले ब्रह्माको कठोर तपस्या गर्न लागिन्। ब्रह्मा प्रसन्न भएर वर माग भन्दा, "मेरा यी तीन वटा ईच्छा पुगोस् - पहिलो, भोलि बिहान मेरो पुन्टेले जे भन्छन्, सारा जिन्दगीभर त्यही पुकारिरहुन् । दोस्रो, भोलि मेरो वस्त्रको जस्तो अवस्था हुन्छ, जिन्दगीभर त्यस्तै रहिरहोस्। तेस्रो, भोलि विहान उठ्ने बित्तिकै मैले चिताएको कुरा पुगिहालोस्।" ब्रह्माले "तथास्तु" भनी वरदान दिएपछि धोविनी पनि अति प्रसन्न भई फर्किन्। भोलिपल्ट सारा कपडा सफा राखी, विहान-विहानै पुन्टेलाई "मेरी धोविनी कत्ति राम्री! आई लव यू" भन्न लगाउने अनि नोकर-चाकरले भरिएको सिंह दरवार जत्रो बंगला चिताउने योजना बनाइन्। र, यसरी ती लोभिनी स्वभावकी धोविनी जिन्दगीभर सिंहदरबार जत्रो महलमा सुकिला कपडामा सजिएर पुन्टेबाट सधैं प्रसंशित हुन पाउने कल्पना गरी मख्ख भइन्।

यता सोही दिन शीत युद्द चलिरहेको पुन्टे र भउतेको बिचमा खोपी खेल्दा पैसाको कुरामा बिबाद चली युद्ध शुरु हुन लाग्यो। सामान्य झगडा साँझ परेपछि महायुद्दमा परिणत भयो। चौतारीको पेटीमा पनि दौंतरीको घरमा पनि; मुखियाको छानामा, दुखियाको आँगनमा पनि युद्ध चलिरह्यो। यसरी मध्यरातसम्म लड्दा पनि डेग नचलेपछि पुन्टे आजित भएर भउतेलाई श्राप दिंदा भए "मेरो धोविनीको तपस्याको प्रभावले तँ अहिल्यै साँढे बनिगएस्!" यस्तो श्रापले भउते साँढेमा परिणत भए। कस्ता साँढे भनेदेखि एक हातको जुरो भएको, जुरेलीका नङ्ग्राभन्दा पनि तिखा एक‍-एक हातका सिंङ् भएको, बाघको जस्तो मसल(muscle) भएको, हात्तीका जस्ता बलिया खुट्टा भएको। आफ्नो सामुन्ने अजंगको साँढे देखेर पुन्टेलाई डर लाग्यो र भाग्न लागे। रातभरि पुन्टे अघि अघि, साँढे रुपी भउते पछाडि पछाडि। एवं रितले लखेटा-लखेट गर्दै पुन्टेको खेतमा दौंडिंदा साँढेले सिंगौरी खेलेर पुन्टेको खेत पनि भत्काइदियो, पानी लगाउने कुलो पनि भत्काइदियो, धोविनीको पसल पनि भत्काइदियो।

पुन्टे पनि बिहान झिसमिसेमा घरमा लुकुँ भनी दौडिंदै फर्किंदा ढोका बन्द देखेर आँगनमै के गरूँ कसो गरूँ बनिरहे। साँढे पनि आयो र पुन्टेलाई हेर्दै "हुक्काँ! हुक्काँ" गरी नाकको पुरा ठुला-ठुला बनाई, लामो-लामो सास फेरी, आँखा पिर्लिक्क पारी च्यालेन्ज दिन थाल्यो। पुन्टेलाई पनि झल्याँस्स स्पेन नामको मुलुकमा गोरूलाई जिस्क्याएर खेल्ने गरेको "बुलफाइट" खेलको सम्झना आयो। यस साँढेरुपी भउतेको सेखी यहीं झारिदिन्छु भनी रातो रङ्गको टालो खोज्दा आँगनछेउको कपडा झुन्ड्याउने तारमा रातो पेटिकोट देखे र त्यही पेटिकोट लिई साँढेसँग बुलफाइट खेल्दा भए।

यता धोविनी पनि बिहान बिहानै के भएछ भनेर उठेर आँगनमा आएर हेर्दा पुन्टेले आफ्नो पेटिकोट लिएर साँढेलाई तर्काउन लागेको देखेर "लौ! त्यस पेटीकोटमा साँढेको सिङ्को माटो लाग्यो भने ब्रह्माको वरको प्रभावले जिन्दगीभर माटो लागेको पेटीकोट लगाउन पर्ला" भनी हत्तपत्त पुन्टेको हातबाट पेटीकोट खोस्न लागिन्। पुन्टे र धोविनीले पेटीकोट तानातान गर्दा त्यस साँढेले पेटीकोटमा आफ्ना दुई सिङ् रोपिदियो र पेटीकोट च्यातिन गयो। यो देखेर धोविनी पनि "हे पुन्टे! अब मैले जिन्दगीभर यो च्यातिएको पेटीकोट लगाउन पर्ने भयो" भन्दै बिलौना गर्न लागिन्। अरु कुरा सहन सक्ने तर धोविनीको आँखाको आँसु सहन नसक्ने पुन्टे पनि भावविभोर भएर साँढेसँग प्रतिशोध लिने प्रण गर्न लागे "मेरी धोविनीको यही च्यात्तिएको पेटीकोटको कसम, हेर भउते! तँलाई छोड्दिन।" यस्तो सुनेर धोविनी झन अतालिंदै "हे मालिक! अब त झन अनर्थ हुन लाग्यो। अब जिन्दगीभर तपाईंले 'मेरी धोविनीको च्यात्तिएको पेटीकोटको कसम' भन्न पर्ने भयो" भन्दै बिलाप गर्न लागिन् । हे अगस्त्यमूनि! यही कारणले कालन्तरमा 'धोविनीको च्यात्तिएको पेटीकोटको कसम' पुन्टेको थेगो बन्न पुगेको हो। धोविनको विलाप सुनेर पुन्टे पनि "यो भउतलाई साँढे बन्ने श्राप दिएर ठुलो गल्ती गरेंछु" भन्दै प्रायश्चिय गर्न लागे। पुन्टेको यस्तो अवस्था देखी धोविनीले बाँकी रहेको "चिताएको कुरा पुग्ने" वर प्रयोग गरी "भउते अहिले नै पहिलेको जस्तै हवोस्" भन्न लागिन्। तत्काल भउते मान्छेमा परिणत भए र जिन्दगीभर पुन्टेको यो अवगुण नबिर्सने चेतावनी दिंदै शरीरभरि लागेको माटो पखाल्न चौतारी छेउको धारातिर लाग्दा भए।

इति श्रीस्कन्धपुराणे केदारखण्य --- सम्बादे सप्तमोध्याय॥७॥

उपनयतु मंगल -- ततो जयमुदिरयेत्।
 
Posted on 01-10-07 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारमा रातो पेटिकोट देखे र त्यही पेटिकोट लिई साँढेसँग बुलफाइट खेल्दा भए
---------------------------------
हा हा हा हा यस्तो भेर पो बिचर पुन्टे दाइ सधै तेइ पेटीकोट को कसम खादा रैछन।
दामी लाग्यो यो ७ औ अध्याय पनि , बेजोड छ ।
 
Posted on 01-10-07 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे स्वास्थानि सिरोमणी
हे बाचन सिरोमणी, गालब कुमार ज्यु,
हजुरलाइ जे उपमा दिँदा पनि कमै होला जस्तो लाग्छ ।

तेस्ता कुकुर बिराला जस्ता पुन्टे र भउते साथै स्वथानी ब्रत बसि मनोकांछ्या पुरा गर्ने धोबिनिले त बयान गर्न नसकेको हजुरको बखान म छुद्र मनुस्यले के गर्न सकम्ला र..................

कति राम्रो खरर स्वस्थानी बुन्न सक्या ?

कलियुगको चौतारी स्वस्थानी ।

यो चौतारी ४१ लाइ स्वस्थानी बिशेशाङ्क बनाउन पर्यो । नमेले पुनर्लेखन गर्न सक्चन कि ?
 
Posted on 01-10-07 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

OMG कस्तो सकेको यो गालबले हाहाहाहाहाहाहाहाहाहाहाहाहा मर्ने भैयो हाँस्दा हाँस्दा
 
Posted on 01-10-07 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-10-07 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुइले के भन्ने अब, सब ले भनि सक्ए पछि हेरियो । कथा वा क्या बेजोडको छ । बल्ल थाहा भयो पुण्टेदाको राम कहाँनी, धोबिनी को जवानी ।
 
Posted on 01-10-07 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँsssच! दामि चौतारि बनाइदिएन नि हौ नम्स ले! लु थ्याङ्क्स हाने ल!

खित् खित् खित् गाल्स ब्रो! स्वस्थानि खोक्स चाहिँ हरिप दिने हो ल ब्रो ले!:)
आबो, कसरि पुन्ट्स सुड्डा र भाउते को भरे गएर हर्रामि मिलन भयो त्यो पनि खोक्स दिउँ न ल गाल्स ब्रो!

याम्स, सान्स, राहुल सुड्डा, अनि सबैलाई नमस्ते ठोकेँ ल!
 
Posted on 01-10-07 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

याम्स, सान्स, राहुल सुड्डा, अनि सबैलाई नमस्ते ठोकेँ ल!

lau nishanta risayechhan masanga malai ta dekhda ni dekhena :(
 
Posted on 01-10-07 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टे दाइको धोबिनिको च्यात्या पेटिकोटको कसम, मर्ने भैयो हाँसेर !

सबैलाई नमस्ते ठोकेँ ल!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
Venezuela TPS lawuit
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
What is the purpose of an F1 student visa in the U.S.?
#MAGA#FAFO is delicious
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Homeowner Charged renting to illegal migrants
Measles vax deaths vs measles death in USA
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Travelling to Nepal with expiration less than 6 months
ICE kidnapping people off the streets over op eds
Don’t Just Read—Join the Conversation
Nepal TPS decision
FDA admits Covid mRNA ‘Vaccines’ CAUSE CANCER
MLS AND LIVE SOCCER MATCH FREE SITE THAHA CHA?
USCIS to Check Social Media Posts of Green Card Applicants Legally Residing in US
Nepal TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
नपरी भोगिदैन नमरि नर्क हो वा स्वर्ग पुगीदैन
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters