[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 |||| |||| चौतारी ७८ |||| ||||

[Please view other pages to see the rest of the postings. Total posts: 946]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
[VIEWED 385797 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 48 pages, View Last 20 replies.
Posted on 09-30-07 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत


--चौतारी - भाग ७८ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 78 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग






चौतारी समाचार:

* जिम्माल बा तीर्थ यात्रामा: दक्षिणी गामहरूको तीर्थ यात्रा सफलतापूर्वक सम्पन्न गरेर जिम्माल बा चौतारी गाम् फिर्ती सवारी हुनभएको छ। प्रशान्तका भाइ निशान्त तथा कुमलवाका भाइ मदनवा पनि जिम्माल बा सँगै तीर्थ गएका थिए।

* राहुलदाइ डेरा सर्ने क्रममा: फिला दे फियाको हो हल्लापूर्ण शहरबाट छुटकारा पाई स्वच्छ हावा खाने हेतुले राहुलदाइ गुन्टा सुन्टा कसेर ठेला गाडा गुडाउँदै शहरबाहिर डेरा सर्नुभएको छ।

* ठूलीको तरकारी बेच्ने काम पूरा: दुम्सी गामको बजारमा गत १ महिनादेखि तरकारी बेच्ने काम सकेपछि अब ठूली चौतारीमा पहिलेजस्तै सक्रिय हुनको लागि कसरत गरिरहेकि छिन्।

*तितौरी चौतारी गामबाट बेपत्ता: सान्फ्रे गाममा बसोबास गर्ने चित्र बादुर मुखियाकी पनातिनी एवं जिम्माल बाकी नातिनी तितौरी हराएकी छिन्। देख्नुहुने महानुभावले खबर गर्नुहोला: 1800-CHAUTARI

* नयाँ खर्कमा म:म: पार्टी: चौतारीका बरिष्ठ पून्टेदाइको सभापतित्वमा, अन्तरे र रीठ्ठेको सहभागितामा हालै म:म: पार्टी एवं गाना बजाना गफगाफ सम्मलेन सम्पन्न भएको छ।

Last edited: 30-Sep-07 05:32 PM

 
Posted on 10-02-07 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नि रिसाकि हैन, कुम्ले ब्रो।

पहिले हाँसेकि अनि अहिले तिमीलाइ जिस्काकी मात्र हो।

just kidding...he he he
 
Posted on 10-02-07 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहेहे उफ्रि औषधि भनेऊ खुसि लाओ, तेसइले तिमीलाई-

ग्याँस्टिके जदौ! यो बिर्खै माईलाको!!

कुम्ले, रिट्ठे तथा सान्नानीलाई खितखिते जदौ!
 
Posted on 10-02-07 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haha ufri le ta gyastike jadau po pai? khuching..... :D baru khai hajmola chai yata deu.
 
Posted on 10-02-07 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अलिकति मिलेन जदौ भन्ने तरिका। यसो गरे कसो होला?
सोझो कुम्लेको बाङ्गो जदौ।
 
Posted on 10-02-07 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचरी उफ्रि नरिसाऊ ल? जिस्केको के! फेरि साँच्चै बुडाले कसैलाई काखा कसैलाई पाखा गरो भन्लाऊ नि तेस्तो हैन बाबै!

लोल ठुल्दाई!

ठुल्दाई लाई चिलिमे जदौ! यो बिर्खे माईलाको!
 
Posted on 10-02-07 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सान्नानी, "जसले खान्छ, साथी बनाउँछ"।

जिम्माल बा, "जसले खाछ, माथी उडाउँछ"।
 
Posted on 10-02-07 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइको कुरामा १००% सहमत छु म त। सोझो कुम्ले बाङो जदौ। हे हे हे।

किन रिसाउनु? जिम्माल बा, एक बारको जिन्नकिमा।
 
Posted on 10-02-07 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब प्रशान्ते ठुलो मान्छे भइसक्यो, नेपालतिर कता कता दौडिरा'छ रे, हामीले बोला'र चौतारीमा आउला त ?

तै पनि एउटो एसएमएस गरम्ला

डियर प्रशान्त
इन्डेन आइडल बनेकोमा धेरै धेरै बधाइ छ । तिम्रो सफलतामा हाउँरो चौतारी गाम पनि बेपत्ता खुशी भा'को छ । हाम्रो गाममा पनि तिम्रो डिमाण्ड धेरै भ'कोले सकेसम्म हाम्रो गाममा पनि आइदिन परो ।

तिम्रो डाइहार्ड फ्यानहरु - झिल्के, चना, ठुलि, भउते, चित्रे, कुम्ले, मास्टर्नि नानि, राहुलभाइ, दीप, उफ्री, रिठ्टे, बिर्खे जिम्माल, सान्नानी, दुर्गे, नेप्चि, नेप्चे, पुण्टे, हरि, आदि इत्यादि ।
 
Posted on 10-02-07 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि प्रशान्तेलाइ किन बोला'को भनेर मलाइ गाम्लेहरुले गोद्ने पो हुन कि ?
 
Posted on 10-02-07 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"ओहो, चौतारिमा 'भीमसेन बोका' जस्तो के गनाउन थाल्या हो?"

थरी थरीका बोका सुँघ्ने बानी लाग्या रे छ कसै कसैको फेरी --

भिमसेन बोका रे भने पछी युधिष्ठीर बोका पनि होला -- अर्जुन बोका पनि -- अनि दुर्योधन बोका पनि -- दुस्सासन बोका चैं अलि खतरै होला --
 
Posted on 10-02-07 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-02-07 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चनातरकारिलाई चने जदौ!

दिपलाई बाङ्गे जदौ! यो बिर्खे माईलाको!!
 
Posted on 10-02-07 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुशासन बोका खतरा भए पनि कृष्ण बोका बिचमा भिलेन खेल्न आउने होला फेरि!

 
Posted on 10-02-07 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-02-07 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा , भिमसेनबोका, यो चै गज्जबको वर्ड फेला पार्यो ।

यो भिमसेन बोका भन्ने देख्ने बित्तिकै भिमसेनथानको यामानको कालो बोका याद आयो, घण्टी तुङरुङ्ग झुण्डा'को, पल्लो टोलमा आयो भने यो टोलसम्मै गन्हाउने, गन्हाउन थाल्या आधिघण्टापछि मात्रै घण्टीको आवाज सुन्निने । हरे, त्यो बोका बाटोमा लडिरा'रैछ भने आफु त्यो बाटो हिन्नै नसक्नि, बाध्य भ'र रि रुट हान्न पर्नि, कस्तो खतरा भिमसेन बोका थ्यो बाबै ।

हरे ---
 
Posted on 10-02-07 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिप ब्रो, हजुर चाहिँ बोका बिशेसग्य हो कि के हो? म त बाङे बिशेसग्य भन्थान्या।

एउटा कुरो नि। नरिसाइ बक्सेला।

मेरो इसकुल मन्दिरै मन्दिरको बिचमा थियो के। अनि तेहा जहिले पनि भिमसेन बोकाहरु डुलिरहेका हुन्थे। तेसैले नाक अलि टाठो भयो के तेसको गन्धले।
 
Posted on 10-02-07 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए जिम्माल,

खै चिलिम तान्न जाने हैन राम मन्दीर तिर? बाङ्गे तान्दै छ रे अझै --
 
Posted on 10-02-07 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि यो दुशाशन् बोका चाहि कस्तो बोका पर्यो प्रभु?
प्रस्ट परिदिनु हुन्थ्यो कि? बिन्ति गरेको है हजुर।

चना ब्रोलाइ पनि थाहा रहेछ भिम्सेन बोकाको गन्ध। आफुलाइ त जहिले पनि टेन्सन हुन्थ्यो इसकुल जाँदा। म्याराथुनमा भाग नलिकनै फर्स्ट हुने म त।
 
Posted on 10-02-07 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.....हरे, त्यो बोका बाटोमा लडिरा'रैछ भने आफु त्यो बाटो हिन्नै नसक्नि, बाध्य भ'र रि रुट हान्न पर्नि......

लोल! अब एउटै बाटोमा दुइटा बोका त कसरि मिलेर हिँड्थे र बाबै!


लु दीप जाम जाम बाङ्गे संग चिलिम तानेर बाङ्गो बाङ्गो कुरा गरम् जे पर्ला पर्ला!
 
Posted on 10-02-07 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल बिर्खे .............. एउटै बाटोमा दुइटा बोका त कसरि मिलेर हिँड्थे र ........... बिर्खेलाइ चै आर्को भिमसेन बोकाले सताउनु सता' रैछ, बाटाँ हिन्न नि देनन है, कठै बरा .... लोल


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Nepal Likely to Get 60-Day TPS Notice
NEPAL TPS IS GONE
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS cancel bho bhane k garne?
मुद्दा हाल्छन होला र ?
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
A legit Non-Profit organization "United For TPS Nepal "
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters