आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!
लहरे- लहरो तान्दा पहरो गर्जिन्छ भन्या जस्तो यो महिना लहरेको पन्ध्रवटा भाग्यलाई शनीले दुई भाग लगाईदिँदा दुई वटा साढेसातको दशाको योग छ। लहरेको पछि लाग्ने ग्रह दशाहरुको तँछाड-मछाडले लहरेको कछाड समेत फुस्काऊने दुर्लभ योग देखिन आएको छ। 'ल' दशाको कारणले लहरेको लर्के जोबनमा यो महिना कुनै घाम नलाग्ने संकेत देखिएको छ। लभ गर्न खोज्दा लोप्पा खाने तथा लेट हुन पुग्दा जागिर नै चेट हुन जाने हुँदा लहरेलाई लाभको कुनै लोभ नराखे हुन्छ भनेर लहरेको हस्तरेखा भन्दछ। बिशेष गरि 'ल' र लडकिहरुसंग लहरे सतर्क हुन पर्ने देखिन्छ। लज्जावती सम्झेर लभ गर्न जाँदा लडकि ललिला पावर बन्न पुग्ने,लारा दत्ता जस्तो लाग्ने लडकि लेडिक्रफ्ट बन्न पुगि लात खाने तथा यहाँसम्म कि शौचगर्न जाँदा पटक पटक झुक्किन पुगि 'लेडिज'लेखिएको भित्र छिर्दा लहरेले खुद्रामा हैन थोकमा लतक खाने संभावना छ। प्रणयतर्फ भने लहरेको यो महिना 'ल्याईते' योग रहेको छ तर पनि मंगल टाढा परेकोले 'ल्याईते' हुनको लागि पहिला 'ब्याइते' हुन पर्ने र यो महिना 'ब्याईते'को योग नपरेकोले ल्याईतेको राम्रो योग समेत लहरेलाई काइते हुन पुगेकोले मनमनै मायामा घाईते हुने योग छ।
(नोट:जाबो एक रुपियाँ भेटिले यो भन्दा बढि राशी नभनिने जानकारि गराउँदछु।)
बुहुनिको बेलाँ पारो रन्का त काँ थेँ र मइँले अब 'साम्भा' रेछ भन्या त..... मरिजाम १६ पटक हेर्दा सम्म 'शोभा' नै भन्ठानेर मरेँ! पछि १६ पटक हेरेसि कुरो बुझ्या थेँ त्याँसि त त्यो नानी बौधमा देखिनै छाडि क्यार्नु!
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
TPS for Venezuela is terminated, only 60 days extension for transition period
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat lies revealed
#MAGA#FAFO is delicious
Trump admin revokes 18 months TPS extension for Venezuelans
What is the purpose of an F1 student visa in the U.S.?
Measles vax deaths vs measles death in USA
Good News for Nepalese TPS Holders!!!
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Don’t Just Read—Join the Conversation
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.