[Show all top banners]

Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -~चौतारी~-

[Please view other pages to see the rest of the postings. Total posts: 346]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Keywords associated with this thread

thuldai chautari sajha nepali recipe
[VIEWED 208731 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 10-21-09 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



चौतारी १६१






उडिजाने कालो बादल होssss
उडिजाने कालो बादल पानी पर्छ झमझम
नाचन मेरी मारुनि आँगनैमा छमछम

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! यसपालीको चौतारीमा नेपाली परिकारहरु पस्कौँ!

 

सबैले केहि न केहि सबैलाई खुँवाउँ, स्वाद बाँडौँ खुसि बाडौँ नाच्ने गाऊने गरौँ र जीवनमा फुर्ति भरौ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो

शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 161 editions.
Last edited: 21-Oct-09 11:07 AM
Last edited: 21-Oct-09 11:09 AM

 
Posted on 10-23-09 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न नि ! जिम्वाल बा त अजै नी लौरो टेकेर चौतराँ धाउन छोड्या रैन्चन ए ! हैन सन्चै त छौ? बसाइँ सर्यौ अरे भन्नी सुन्यो थेँ मैले त ! आचेल ती काक कता मोरे हँ ?


 
Posted on 10-23-09 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काका भनेको क्या ! कता गए ती ?
 
Posted on 10-23-09 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

महा सागर नि आएछ - कता को सागर पर्‍यो कुन्नी


पुरानै जस्तो लाग्छ


 


अनी क्रेजी लाई भोज खानु पर्‍यो रे


अस्ती को खाना बाँकी छ कि नाइ


 
Posted on 10-23-09 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए राता मकै!


हन मुन्द्रे जिम्दै रेछऊ त गाँठे! मुउलान भास्सिएर कइलेनि आएन कइलेनि आएन भनेर मया नै मारिसक्या थेम गाममा फर्केछौ खुसि लाओ बाबै। "उतै परान गयो जस्तो त कठै मुन्द्रे को" भन्ते काका, बिचरा आफैँ भाँस्सिए पछि त....काका हरा'को नि चाइन्जो गोडा दुएक बर्ख भओ। परारै ग्वाँचेले हजुरबालाई तीर्थ लाँदा बनारसमा झुलुक्क काका जस्तै कोल्लाई हो देख्या भन्तो। "ए काका तपाइँ एतई जिम्दै हुनुहुँदोरेछ नि!"  भनेर भन्या रे, बुडाले पुलुक्क ग्वाँचेलाई हेरेर हुलमा भागेर कता हराए कता रे! के पिर परेछ कुन्नि बुडालाई! घरमा खोज खबर केई छईन रे! जोगि अस्तो दारि पाल्या थे रे भन्तो ग्वाँचे बनासरमा देख्दा पनि! के भओ के भओ पुराना बुडाखाडालाई पर्भु!


 
Posted on 10-23-09 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>के भओ के भओ पुराना बुडाखाडालाई पर्भु!<<<


आफु लाइ चाही नया बुडापाका भन्न खोज्या जिम्माल ले हेख हेख हेख


 
Posted on 10-23-09 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

योमाSSSSSS सा: कठै, जिमालबाको कुरो सुनेर त मन नै चसक्क भो बै, साची के कस्तो छ कुन्नी, पैले पैलेका गामलेहरुलाई। एस्सो पुरानो चौतारी तिर गएछी त खै को को भेटिने, कस्तो अजोबि-गरिब नाम थिए। तर मैले एस्सो पढ्न चाँही पढ्या हो है, खुब रमाइलो गर्थे रेछन, पेट मिची मिची हाँसिया नि थ्यो ब्यारे

लौ सबै पुराना अवतारिहरुको सु-स्वास्थ्यको कामना गर्दै यो दियो बाल्छु ल। सबै आरामै होलान भन्ने मान्दै



 
Posted on 10-23-09 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी पनि जिम्दै छम जिम्माल बा ! खोज्न कोइ आएन । अफसोस ।



मेनका, उर्बशी, तिलोत्तमा, उर्मिला खोज्न आउली अनी जाम्ला भनेर बसेको, कोइ आएन जिम्माल बा, कोइ।


खाली कबिता सबिता बबिता मात्र जिस्काउन आउने।



तारेमाम मुन्द्रे काका।


 
Posted on 10-23-09 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो आथे ठुल्दाइ - रिया ठुल्दाइ लाई सोधिराथे


कहिले पनि चहिने ठाउँ मा नहुने के ठुल्दाइ


अनी के हुनु त


 
Posted on 10-23-09 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>मेनका, उर्बशी, तिलोत्तमा, उर्मिला खोज्न...... <<<


 


तेत्रो दुख गरेर नामै लीसकेपछी त कम से कम कट्रिना, दिपिका, लारा, प्रियंका भने नि लौ है भन्नु !  चिन्या मध्ये जम्मा एउटी तेइ उर्मिला रैछिन त्यो नि अब त बुढी भैसकी होलि 


पुरे ले दियो नै बाल्ने दिन आइसकेछ्न्त ! हा हा त्यो त यसपाली कै तिहार को दियो जस्तै छ है !


 


 
Posted on 10-23-09 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज व्यान ब्यानै ठुल्दाइ केश काट्न किन जानु भो भन्या त हिजो रिया ले सोध्या रैछें ठुल्दाइलाइ तेइ भएर पो रैछ ! है लहरे?
 
Posted on 10-23-09 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के कुरो अर्छ रिट्ठे बुडाखाडा नि नयाँ हुन्छन र कोइ? हाम्पनि पुरानै हउँ नि!


क्यार्नु ठूल्दाई उइलेई भ' त रम्भा तिलोत्तमा उर्वशी सबै आम्थे पछि लाउदै, तेतिबेला पल्लो गाम कि बाटुली, हाम्रै पारि पसलकि च्यान्टी, लाउरे कान्छो कि कान्छि छोरि फुलौरीहरु उर्वशी जस्ता लाग्थे। यो ज्यानले लबेदा सुर्वाल भिरेर गिद गाउँदा मेरि बास्सै... तरुनि त तेसई तेसई झुम्मिन आम्थे! अब त उमेर नि नेटो काटो जोबनले नि आज कि भोलि भन्दै छ क्यार्नु।


 
Posted on 10-23-09 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेतिबेलाको चौतारीको एउटा झलक....कति कुराहरु्/भाषाहरु त कतिलाई बुझ्न नि गाह्रो होला---

[Subscribe]
Posted on 01-10-06 8:30 PM     Reply | Notify Admin
Rate this Post:     0       ?     Like     Flag Fix Unicode
 
ए राता मकै! "उसै त कुन, कानाँ सुन!" भएन अब यी छिल्लेका केटाहुरलाई, नेपे दाजीले पनि सही लगाईदे'पछि।
यी बूढा पनि सेउसी कुरा सुन्न भने'सी उम्री बस्दा रचन गाँठे!

 


[Subscribe]
Posted on 01-10-06 8:33 PM     Reply | Notify Admin
Rate this Post:     0       ?     Like     Flag Fix Unicode
 
हैन यो आर्को को आयो फेरि अउरेजी भुक्दै? निहुँ खोजाहा रिकुटे हो भने येल्लाई नि 'रामधूलाई' गरेर ठेगान लाउनु पर्ला। ल जिम्माल बा र काका, यस्को बारेमा क्यार्नी हो, राय दिनुपरो।
 


[Subscribe]
Posted on 01-10-06 9:00 PM     Reply | Notify Admin
Rate this Post:     0       ?     Like     Flag Fix Unicode
 
हि'जाज जमाना पनि सारै खराप छ के रे। कोइ नौलु मुन्छे चौताराँ आम्दा पनि को आयो
को भनेर गाम्लेहरु बोल्न डराम्छन। यी नयाँ मुन्छे पनि देशा'ट चइनि छिरेका रिकुटे हुन् कि
गाम कै चइनि कुनै मुन्छे धामी मन्तर सिक्न खोजेर उछितो लाम्न नसकेर त्यसै बिच्किँदै
हिनेका मुन्छे पो हुन कि। घरी घरी डँङ्किनी डँङ्किनी भन्दै बर्बराइ झैँ नि मानिचु। यस्ता
कुरामा चैनि हाम्रै सिरे जवईँ सिपालु छन् के रे। कुन मुन्छे कहाँ बाट आयो, के कति गरह
दशाले समा'र यस्तो भयो बनेर थाह पाउन त सिरे जवईँलाई नै सोध्नु पर्ला।

उता हाम्रा पुन्टे दाजी त्यो के जाति चइनि शाहि-पिचास झार्नि मन्तर सिकेका रे। तिनका
गरहले थाम्न नसकेर हो कि कुन्नि त्यसै बिभिन्निँदै हिड्याथे अरे भन्नी सुन्याथेँ के रे।
हि'जाज चौतारा तिर नि झुल्किँदैनन। कतै ओडार सोडार तिर पसेर झुसिल्लिरा खाएरै बस्न
पर्ने गतिमा पो पुगेकि। नत्र धोबिनीले त्यत्रो घ्याम्पो भरी रउसी पार्दा कछाड उचाल्दै आउनु
पर्ने हो के रे, रउसि खान। अब धेर-थोर त हाम्रा नेपेदाजीलाई नै थाहा होला के रे, पुन्टे दाजि
चैनि के कता रुमल्लिनु भा'छ भनेर।

:-)
-भउते

 


[Subscribe]
Posted on 01-10-06 9:09 PM     Reply | Notify Admin
Rate this Post:     0       ?     Like     Flag Fix Unicode
 
एउटो बाल्खो आर कथा हालेको होला नि चौतारिया , त्यो बोर्लिङा सिकाका होलान नि । चाख मानेर सुनो न केटा हो, रिकुटे हो कि भनेर डरामच्न । तिमीहरु त चाकका मात्रै कुरा अर्चो , धेरै नअरो है, फेरी कोइ आएर तिमिहरुको चाक नै झर्ने अरि सिम्ठिनाले निलडाम पर्ने अरि सिम्ठेला ।
 


[Subscribe]
Posted on 01-10-06 9:39 PM     Reply | Notify Admin
Rate this Post:     0       ?     Like     Flag Fix Unicode
 
ear all, pls improve it. This is suppose to be the 1st Message in next Chautari VI. --- --- --- --- --- --- --- ----

चौतारी! चौतारी! चौतारी!

साँझोको बेला आरती लाऊँ कण्ठै खोली पैलो चरण!
श्रृखण्डी काठको मादलु मेरो जाऊ गुरु धमधम!!
... ... ...

घुम्दैफिर्दै आइपुगियो चौपारीमा! ल त दौँतरीहरु आउनुहोस्, बिसाउनुहोस्, नाच्नुहोस् हँसाउनुहोस्, हँस्नुहोस् अनि एकआपसमा पिरती गाँस्नुहोस्.
नमस्कार! यहाँहरुलाई स्वागत तथा अभिवावदन छ यो छापाको साझा चौपारीमा.चौपारीमा यहाँहरुको मनको गाँठो फुकाउन नबिर्सनु होला.

यहाँहरुका साथमा छन्.

सिरे(माडम् गुल्ट्याम Keep Rolling...)
भउते(जुन खोलिमा पानि छैन उही खोलिमा भोटी,
आफ्ना पोइलाई बासि मकै नाठे पोइलाई रोटी!)
मुन्द्रे(ए बाबा ठाकुरे!)
गोतामे(ए राता मकै!)
काका(हेर् सिरे केटा, मैले भनओ मान्!)
लाले(ए के भओ र, धर्मे स्यानाबा!)
चित्र!(मैना) र साथमा दादा, पुन्टे, नेपे अनि थप्रै थुप्रै दम्पतरीहुर!

चौतारीमा मै बसे होला कि
मै बसे होला कि
वरको हाँगो नुगेर छोला कि
सल्लै हो जोवन कल्लाई हो?


Chautariko Photo comes here.
 


[Subscribe]
Posted on 01-10-06 10:05 PM     Reply | Notify Admin
Rate this Post:     0       ?     Like     Flag Fix Unicode
 
हाम्रो बिर्खे जिम्माल खै? ऐले बेतका छडिले दादाका चाकाँ सुम्ला बसाम्छन, अनि बल्ल थाहा पाम्छन।
 


[Subscribe]
Posted on 01-10-06 10:48 PM     Reply | Notify Admin
Rate this Post:     0       ?     Like     Flag Fix Unicode
 
गल्तिले मिस्टेक भर हो.निम्न २ कुरा सुधारेको छु.

साँझको बेला, आरती लाऊँ, कण्ठै खोली पैलो चरण!
हो, कण्ठै खोली पैलो चरण!
श्रृखण्डी काठको, मादलु मेरो, बजाऊ गुरु धमधम!!
हो, बजाऊ गुरु धमधम!!
... ... ...



नाम नमे(छापाको चौतारो) नै छुटेको बरा. अनि नेपेसाँहिला. अनि बिर्खे(जिम्माल), गालबहरु थप हुने.

 

 

Last edited: 23-Oct-09 02:15 PM

 
Posted on 10-23-09 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्यालो चौतारी
तारेमाम ठुल्दाइ
जदौ सम्धी ज्यु
पुरे,लहरे,रिट्ठे लाई ह्यान्ड सेक।
क्रेजी लाई बनाना सेक।
उसिनेलाई आधी केक
गालब को बाटो सबै ले छेक।
के हुँदै छ,ठुल्दै धेरै हिन्नु भयो जस्तो छ सिन्सिने शहरमा,खुट्टाँ ठेली उठ्ने गरी।
लौ एसो चियो अर्न आको को रचन भनेर।
लहरे भोली तल्तिर झर न् त के छ पिलान भोलिको?
 
Posted on 10-23-09 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एह हन म त एउछिन झसङै भा नि एकै पल्ट् हुल बाधेर ई भुतहरु काटी आए भनेर।
भरे सउधी ले ल्यार टास्या पो रचन पुराना पन्ना हरु,आफु नि ति टासिन पुईछु।
 
Posted on 10-23-09 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सम्धीज्यू!


पुरानो टाँस्दा बिउरेछ!


 
Posted on 10-23-09 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन एक्छिन त मो नि तर्सें नि हौ, यी पुराना अवतारिहरुको पढ्दै थें, बिस्टे काजी जसो पो देख्छु त बै, अझ नपुगेर पुरे भनेको नि देख्छु, हन के भे छ यो भनेर ओल्तै-पल्ताइ हेरें तै पनि अझै जिमालको बाकसा भित्र पो देख्छु त हौ।

म त भरे घराँ गे'र अली एस्सो चढाम्ला भनेर सोचेको ऐले नै लाग्यो कि के हो भन्छु म
 
Posted on 10-23-09 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहहाहाहा....जमानाको...दादाको कवितामा भाउते(?) को उत्तर------

Dada_Giri [Subscribe]

Posted on 03-04-05 5:45 AM     Reply | Notify Admin

Rate this Post:     0       ?     Like     Flag Fix Unicode

 

तिमी मेरी बुढीलाई किन हेर्छौ?

बिहे गरेँ
सबैलाई बुढीको परिचय गराउन साझामा आएँ,
सबैको बधाइ खाएँ!
बुढी मेरै हो
बुढीले लगाऽको सिक्री नि मेरै हो
बधाइ दियौ त के भो?
ठिकै भो!
सिक्रि हेर्ने निहुमा
तिमी मेरी बुढिलाई किन हेर्छौ?
***
मेरी बुढीलाई नि गजल मन पर्ने
गजल फर्माइस गरेकै थिएँ
ऊ त्यो गजल सुनाउने दाइ!
हैन, मीठो गजल सुनायौ त के भो?
ठीकै भो!
एक रुपिञाको नोट दिएकै थिएँ
तर
तिमी मेरी बुढीलाई किन हेर्छौ?
***
सालीको फोटो देखाऊ! रे?
ऊ त्यो, कन्फ्युज्ड भाइ!
सालीको फोटो हेर्न मन भए मलाई भन न
डिजिटल क्यामेरा मेरै हो
फोटो अपलोड गर्ने म नै हो
सालीको फोटो हेर्ने मन भो त के भो?
ठीकै भो!
फोटो पठाइदिम्ला भनकै थिएँ!
साली राम्री छे भनेकै थिएँ
तर
तिमी मेरी बुढीलाई किन हेर्छौ?
***
भाउजुको SLC कुन स्कुलबाट? रे!
ऊ त्यो पुन्टुरे भाइ!
जुन स्कुलबाट भए नि के भो?
मैले बिहे गरेसी तिम्री भाउजु न हो?
स्कुलको नाम सोध्ने भए मलाई सोध न
बुढी मेरै हो
भाउजुको सर्टिफिकेट मैसित छ?
स्कुलको नाम सुन्न मन भो त के भो?
ठीकै भो?
तर
तिमी मेरी बुढीलाई किन हेर्छौ?
Thanks to the original writer of
माइल्दाइकोचिया पसल

 

SaruBhakta-II [Subscribe]

Posted on 03-08-05 9:43 PM     Reply | Notify Admin

Rate this Post:     0       ?     Like     Flag Fix Unicode

 

?दादा गिरी? जी, यहाँ छ तपाईलाई उत्तर: (यो केबल तपाईँको कविताको उत्तर हो। अन्यथा नलिनुहोला)

तिमी मेरी पुर्व-मायालु लाई हेर्न किन छेक्छौ ?

बगलामूखी नि धाएँ, धेरै कसम नि खाएँ
नगरकोट पुगिपुगि पिरती लाएँ,
सिक्रि त मैले पनि दिएको थिएँ
हेर त त्यो सिक्रि त मेरै परेछ
आखिर पहिलो प्रेमिका त मेरै हो
बिहेको नाटक गरेछौ त के भो
ठिकै भो
तिमी मेरी पुर्व-मायालु लाई हेर्न किन छेक्छौ ?
*******
गजल पनि गाएँ, म्वाईँ पनि खाएँ
उनकै ओछ्यानमा कति बिताएँ, बिताएँ
पछि उनको सोचाइ फरक भयो रे
धेरै सँग अनुभव सँगाल्ने रहर भएछ
पछि त, यहि पेषा अँगाल्ने लहर भएछ
तिमी पो उ सँग बिहे गरेछौ
१२१औँ श्रीमान तिमी पो परेछौ, के भो
ठिकै भो
तिमी मेरी पुर्व-मायालु लाई हेर्न किन छेक्छौ ?
*******
म पनि के कम, मन भो फेरि चाखौँ
सालीलाई पनि किन बाँकि राखौँ
आखिर उनको खान्दानीया पेषा नै रहेछ
सालीसँग नि एक रात त बिताइसके
फोटो माग्नु त एक बहाना मात्र थियो
फोटो दिन इन्कार गर्यौ त के भो
ठिकै भो
तिमी मेरी पुर्व-मायालु लाई हेर्न किन छेक्छौ ?
*******
स्कुल त हामीले सँगै पढेको
एस एल सि पनि सँगे बसेर गरेको
चढ्दो यौवनको पहिलो चरम आनन्द
म यत्तिकै बिर्सन कहाँ सक्छु र एस एल सि दिँदाका ति रातहरु
अहिले उनलाई ति दिन सम्झाउन चाहेँ त के भो
ठिकै भो
तिमी मेरी पुर्व-मायालु लाई हेर्न किन छेक्छौ ?
*******
उहि तपाईँको
?
सरुभक्त-द्वित्तीय?

 

 

Last edited: 23-Oct-09 02:42 PM

 
Posted on 10-23-09 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरी बास्सै जिम्मालेले बनाको चौपारिया पुराना बुढाहरु सबै अन्मरिये भन्या त पुरानै कपेर पेस्ट्या रछन बुढाले ! एकछिन भे नि रमाइलो भो पढेर ! अचकाली नै थिए नि उतिखेरका बुढाहरु पनि !


बिस्टे मार्साप लाइ नि जदौ टक्र्याए के रे  ! सबै बेसी राम्रै होला के रे !


पुरे काइला नि मजाले झुक्कियेछ एक फेर !


कस्तो उसिनेको आलु नुन खुर्सानी टिम्मुर संग खान मन लाग्यो !  ओहो


 
Posted on 10-23-09 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LAU BHATKIYOO... :(
 
Posted on 10-23-09 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भएन टाँस्न नमिल्ने रेछ सबै! भत्कियो!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
सालीको चाक
TPS for Nepal likely to extend next week
I hope all the fake Nepali refugee get deported
Venezuela TPS lawuit
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Embassy of Nepal might be able to help extend TPS for Nepal
TPS for Venezuela is terminated, only 60 days extension for transition period
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
ICE kidnapping people off the streets over op eds
Democrat lies revealed
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
Trump admin revokes 18 months TPS extension for Venezuelans
नेपालको TPS र USAID यसकारण बन्द हुन जरुरि छ
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
What is the purpose of an F1 student visa in the U.S.?
Why some Nepali people pull each other's legs???
TPS
#MAGA#FAFO is delicious
Good News for Nepalese TPS Holders!!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters