कोत्रे देखी करिब १५०० मोटारबाईकको स्कटिङका साथ पोखरा पुगेका पूर्बराजा ज्ञानेन्द्रलाइ पोखरामा स्वागतको लागि गरिएको मोटरसाइकल र्यालीको एक झलक:
![motor_cycle_rally_ex_king_gyanendra_pokhara_visit (2) motor_cycle_rally_ex_king_gyanendra_pokhara_visit (2)](http://xnepali.net/np/wp-content/uploads/2012/09/motor_cycle_rally_ex_king_gyanendra_pokhara_visit-2.jpg)
पोखराका सिडियो ज्ञानेन्द्रको सुरक्षाको जिम्मा लिन नसक्ने बताए पछि भ्रमण आयोजक समितिले नै सुरक्षाको सम्पूर्ण व्यवस्था गर्ने बताएको थियो।
![Welcome_rally_ex_king_gyanendra_pokhara_visit (6) Welcome_rally_ex_king_gyanendra_pokhara_visit (6)](http://xnepali.net/np/wp-content/uploads/2012/09/Welcome_rally_ex_king_gyanendra_pokhara_visit-6.jpg)
मोटरबाटोबाट पोखरा जाने क्रममा पोखरा नपुग्दै राजमार्ग वीच-बीचमा पनि बिभिन्न स्वागत अभीवादनका कार्यक्रम भएका थिए। निम्न फोटो धादिंगको कार्यक्रममा खिचीएको हो:
![ex_king_gyanendra_pokhara_visit (5) ex_king_gyanendra_pokhara_visit (5)](http://xnepali.net/np/wp-content/uploads/2012/09/ex_king_gyanendra_pokhara_visit-5.jpg)
![ex_king_gyanendra_pokhara_visit -dhading ex_king_gyanendra_pokhara_visit -dhading](http://xnepali.net/np/wp-content/uploads/2012/09/ex_king_gyanendra_pokhara_visit-dhading.jpg)
फोटो क्रेडिट – सुशिल थापा र शिवसेना धादिंग
पूर्व राजा ज्ञानेन्द्र पश्चिमाञ्चलका विभिन्न जिल्लाको भ्रमणमा निस्के पछि राप्रपा समेत सम्मिलित १० राजनीतिक दलले यसको बिरोध गरेका छन् । एकीकृत नेकपा माओवादी, कांग्रेस, एमाले, नेकपा माओवादी, राप्रपा, माले लगायत १० दलले ज्ञानेन्द्रको राजतन्त्र बिउताउने षडयन्त्रको शुरुवात भन्दै बिभिन्न बिरोध कार्यक्रम गर्ने भएका छन् ।
![gyanendra_greentin_local_pokhara_visit (5) gyanendra_greentin_local_pokhara_visit (5)](http://xnepali.net/np/wp-content/uploads/2012/09/gyanendra_greentin_local_pokhara_visit-5.jpg)
पूर्व राजा ज्ञानेन्द्र का गन्तव्यमा बिभिन्न धार्मिक र पर्यटकीय क्षेत्र भए पनि उनको मुख्य उद्देश्य शक्ति प्रदर्शन नै भएको बुझ्न गाह्रो छैन ।
औपचारिक रुपमा पुष्टि हुन नसके पनि अनौपचारिक रुपमा पूर्व राजा ज्ञानेन्द्रको गण्डकी – धौलागिरी भ्रमणको अनुमानित खर्च ५ करोड सम्म हुन सक्ने बताइन्छ ।
खर्चको हिसाब पारदर्शी नभए पनि बिस्वस्त सुत्रको अनुसार स्वागतमा आउने प्रतिव्यक्ति रु. १ हजार नगदको साथ खाजा, खाना र बसभाडा निशुल्क उपलब्ध गराइएको छ । मोटरसाइकलमा उपस्थित हुन सक्ने स्वयंसेबक लाइ प्रतिव्यक्ति रु २ हजार देखि ५ हजारसम्म नगद को साथ साथै निशुल्क खाना, खाजा र पेट्रोल पनि उपलब्ध गराइएको बताइन्छ । सबै स्वयंसेवकलाई प्रतिदिन २ हजार नगदका साथ निशुल्क खाना, खाजा र बस्ने ब्यबस्था पनि गरिएको बताइन्छ ।
![gyanendra_fewa_lake_pokhara_visit (3) gyanendra_fewa_lake_pokhara_visit (3)](http://xnepali.net/np/wp-content/uploads/2012/09/gyanendra_fewa_lake_pokhara_visit-3.jpg)
तेस्तै अर्को श्रोतका अनुसार पूर्वराजा बस्ने फिस्टेल लजको भाडा रु ५ लाख परेको छ ।
यी सबै तथ्य पूर्णरुपमा सत्य भएनभएको निश्चित नभए पनि स्वागत गर्ने मोटरसाइकल र जनताहरुको भिड देख्दा ज्ञानेन्द्रले राम्रै खर्च गरेकोमा दुइमत नहोला ।
![gyanendra_greeting_in_car_pokhara_visit (1) gyanendra_greeting_in_car_pokhara_visit (1)](http://xnepali.net/np/wp-content/uploads/2012/09/gyanendra_greeting_in_car_pokhara_visit-1.jpg)