[Show all top banners]

huippa

More by huippa
What people are reading
Subscribers
:: Subscribe
Back to: Politics Refresh page to view new replies
 साम्राज्यवादको सामना गर्न प्रजग- कोरियासँग शक्तिशाली जुच्छे विचारधारा छ
[VIEWED 4436 TIMES]
SAVE! for ease of future access.
Posted on 08-08-18 9:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रजग कोरियाबारे चासो राख्ने साथीहरूलाई जुच्छे विचारधाराबारे जानकारी हुनुपर्दछ । प्रजग कोरियालाई जुच्छे विचारधाराको घर पनि चिनिन्छ । प्रजग कोरियाका राष्ट्रपति किम इल सङले यो विचारधाराको प्रतिपादन गर्नुभएको हो । उहाँले प्रजग कोरियाको सामाजिक तथा राजनीतिक जीवनका हरेक पक्षमा जुच्छे विचारधारा खोपिदिनुभएको छ । प्रजग कोरियालाई बुझ्न जुच्छे विचारधारा बुझ्न आवश्यक छ ।
एकै वाक्यमा भन्नुपर्दा जुच्छे विचारधारा भनेको मानिस नै सबै कुराको मालिक र निर्णयकर्ता हो । जनता नै आफ्नो भाग्य र भविष्यको निर्माता हो । मानिसले अरुको भरमा होइन, आफ्नै खुट्टामा उभिएर आफ्नो भाग्य निर्माण गर्नुपर्दछ । त्यसकारण जुच्छे विचारधारा मानिसकेन्द्रित विचारधारा हो ।
प्रजग कोरियाको क्रान्तिकारी निर्माणको आधार भनेको जुच्छे विचारधारा हो । त्यही विचारधारामा आधारित रहेर कोरियाली जनता आफ्नो देशको क्रान्तिकारी निर्माणमा होमिएका हुन् ।
इतिहासको लामो यात्रामा प्रजग कोरियाली जनताले जापानी उपनिवेशवाद र संरा अमेरिका साम्राज्यवादविरुद्ध लामो सङ्घर्ष गरे । आज पनि प्रजग कोरियाली जनताले साम्राज्यवादविरोधी झण्डा फहराइरहेका छन् । यी सबै सङ्घर्षको आधार भनेको जुच्छे विचारधारा नै हो । जुच्छे विचारधाराजस्तो शक्तिशाली विचारधाराकै कारण साम्राज्यवादविरोधी सङ्घर्ष अपराजयी छ ।
प्रजग कोरियाले आजसम्म सङ्घर्षमा अघि बढ्न सक्नु र सफलता प्राप्त गर्न सक्नुका केही कारणहरू छन् ।
पहिलो, शक्तिशाली नेतृत्व । प्रजग कोरियामा आज बुद्धिमानी नेता किम जङ उनको नेतृत्व छ । उनको बलियो नेतृत्वका कारण प्रजग कोरियाले आज विश्व मञ्चमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सम्भव भएको हो ।
दोस्रो, शक्तिशाली विचारधारा । प्रजग कोरियाले हासिल गरेको सफलताको अर्को आधार भनेको शक्तिशाली जुच्छे विचारधारा हो । प्रजग कोरियाको सामाजिक र राजनीतिक बन्दोबस्त जुच्छे विचारधारामा आधारित भएकैले यो अपराजयी छ ।
तेस्रो, प्रजग कोरियामा कोरियाली जनता, कोरियाली मजदुर पार्टी र कोरियाली जनसेनाबीचको एकमनको एकता छ ।
चौथौ, प्रजग कोरियामा जनतामा आधारित कार्यक्रमहरू छन् । प्रजग कोरियामा बन्ने हरेक सरकारी कार्यक्रम जनताकै हितमा बन्ने गरेको छ ।
प्रजग कोरियाको सामाजिक बन्दोबस्तबारे केही चर्चा गरौं । प्रजग कोरियामा सबै तहको शिक्षा निःशुल्क छ । सबैले कक्षा १२ सम्म अनिवार्य रुपमा पढ्नैपर्छ । त्योभन्दा माथिको शिक्षा पनि पूर्णतः निःशुल्क बन्दोबस्त गरिएको छ । राज्यले नै त्यसको बन्दोबस्त गर्दछ ।
स्वास्थ्य सेवा पनि निःशुल्क छ । प्रजग कोरियामा सबै जनताको आफ्नै घर हुन्छ । कसैको घर नभए उसलाई घर बनाइदिने जिम्मा राज्यको हो । जनताको दैनिक जीवनमा आवश्यक वस्तु सबै सुपथ मूल्यमा राज्यले नै उपलब्ध गराउने बन्दोबस्त छ । त्यहाँको सामाजिक सुरक्षा व्यवस्था माथिल्लो स्तरको छ । धनी र गरीबबीच प्रजग कोरियामा कुनै भेद छैन । सामाजिक, आर्थिक र राजनीतिक गतिविधिमा सबै नागरिक समान रुपमा सहभागी हुन पाउँछन् । प्रजग कोरियामा आतङ्कवाद, सङ्गठित अपराध, वेश्यावृत्ति र तस्करीजस्ता समस्या छैनन् । हाम्रो देशलाई सुन्दर र सफा देश बनाउन हामी मिहिनेत गरिरहेका छौं ।
आफ्नो देशप्रति प्रजग कोरियाली जनता गौरव गर्छन् । देशको सार्वभौमिकता रक्षाको लागि प्रजग कोरियाली जनता ज्यान दिन पनि तयार छन् । साम्राज्यवादी शक्तिले प्रजग कोरियालाई ध्वस्त बनाउन अनेकन हमला र हस्तक्षेप ग¥यो । तर जनता–पार्टी–सेनाबीचको एकमनको एकता साम्राज्यवादको प्रतिरोध गर्ने शक्तिको स्रोत हो ।
प्रजग कोरिया राजनीतिक र सैनिक शक्ति हो । अब प्रजग कोरियालाई आर्थिक शक्तिको रुपमा विकास गर्न खोजिरहेको छ । अब हामी आर्थिक विकासमा जोड दिइरहेका छौं । संयुक्त राष्ट्र सङ्घ र संरा अमेरिकाले प्रजग कोरियामाथिको नाकाबन्दी अझ कडा बनाएका छन् । तर हामी नाकाबन्दीको सामना गर्दै आर्थिक विकासमा अघि बढ्न खोजिरहेका छौं । कुनै पनि साम्राज्यवादी नाकाबन्दीको प्रजग कोरियाले सामना गर्नेछ । हामीसँग भएको विचारधाराले हामीलाई शक्तिशाली बनाएको छ । जुच्छे विचारधाराले हामीलाई आफ्नो खुट्टामा उभिन सिकाएको छ ।
प्रजग कोरियाबारे पश्चिमा सञ्चारमाध्यमले झूटा प्रचार गरिरहेका छन् । सचेत जनता झूटा प्रचारको पछि लाग्ने छैन ।
अहिलेको परिस्थिति प्रजग कोरियाको अनुकूल छ । संरा अमेरिकी नीतिका कारण अघिल्लो वर्ष परिस्थिति प्रतिकूल थियो । विदेशी मित्रहरू प्रजग कोरियाको भ्रमण गर्न तयार थिएनन् । तर आज त्यस्तो परिस्थिति छैन ।
यो वर्ष अन्तरकोरियाली शिखर सम्मेलन पनि सम्पन्न भयो । प्रजग कोरियाका सर्वोच्च नेता किम जङ उनले तीनपटक चीनको भ्रमण गर्नुभयो । दोस्रो विश्वयुद्धपछि चीन गृहयुद्धमा थियो । कम्युनिष्ट पार्टी र कोमिङताङबीच लडाई भएको थियो । त्यत्तिबेला चीनमा कम्युनिष्टहरूको पक्षमा कोरियाली सपुतहरू लडेका थिए । पछि सन् १९५०–५३ सम्म भएको कोरियाली युद्धमा कोरियाली जनताको पक्षमा चिनियाँ सपुतहरू लडेका थिए । चीन र प्रजग कोरियाबीचको सम्बन्ध अहिले पनि प्रगाढ छ ।
जून १२ मा सिङ्गापुरमा प्रजग कोरिया र संरा अमेरिकाबीच ऐतिहासिक शिखर सम्मेलन भयो । हामी संरा अमेरिकासँग होशियारीपूर्वक सम्बन्ध अघि बढाइरहेका छौं । जापान प्रजग कोरियाको विकास भएको मन पराउँदैन । भौगोलिक रुपमा जापान ५०० किमिमात्र टाढा छ । तर प्रजग कोरियाली जनता जापानलाई मन पराउँदैनन् किनभने जापानले प्रजग कोरियामाथि ४० वर्षभन्दा लामो समय उपनिवेश शासन ग¥यो । त्यत्तिबेला जापानले कोरियाली जनतामाथि गरेको अत्याचारको जापानले अहिलेसम्म स्वीकारेको छैन ।
प्रजग कोरियाले संसारका विभिन्न देशसँग आर्थिक सम्बन्ध विकास गर्ने प्रयास गरिरहेको छ । संसारभरका जनताले प्रजग कोरियाली जनताप्रति ऐक्यबद्धता व्यक्त गरिरहेका छन् ।
भक्तपुर म पहिलो पटक आएको हुँ । समय अभावका कारण मैले छोटो समयमात्र घुम्न पाएँ । तर यो छोटो भ्रमणमै मैले भक्तपुरको सौन्दर्य महसुस गरें ।
यो अवसरको लागि नेमकिपा र पार्टी अध्यक्ष नारायणमान बिजुक्छेंप्रति आभार व्यक्त गर्दछु ।
(२०७५ साउन २२ गते कोरिया पुनःएकीकरण सहयोग समितिको आयोजनामा ‘साम्राज्यवादविरोधी सङ्घर्षमा प्रजग कोरिया’ विषयक विचार गोष्ठीमा व्यक्त विचारको सार–सङ्क्षेप ।)
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
#MAGA#FAFO is delicious
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
EAD HELP NEEDED URGENTLY!
Need Help of IT consultancies
NEPAL TPS IS GONE
A legit Non-Profit organization "United For TPS Nepal "
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters