[Show all top banners]

focus.nepal

More by focus.nepal
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 माओत्सेतुङले परकिल्पना गरेको नयाँ जनवादी
[VIEWED 2432 TIMES]
SAVE! for ease of future access.
Posted on 06-18-06 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माओत्सेतुङले परकिल्पना गरेको नयाँ जनवादी गणतन्त्रले आजको दुनियाँको आवश्यकतालाई पूर्ति गर्न सक्दैन - प्रचण्ड
Filed under: Interview

तपाईं कति आशावादी हुनुहुन्छ ? गिरिजाप्रसाद कोइरालाको इमानदारीमा शङ्का लाग्छ ?

गिरजिाप्रसाद कोइरालाको इमानदारीमा भन्दा पनि उहाँले कसरी राजनीति सञ्चालन गर्नुहुनेछ भन्ने कुरा मुख्य हो । उहाँसँगको पहिलो भेटमा, तीन वर्षअगाडि, मैले उहाँलाई भनेको थिएँ, तपाईं गणतन्त्रमा आउनुपर्‍यो, हामी बहुदलमा आउँछाँै । त्यसो भए देश नयाँ बन्छ, नयाँ नेपाल बनाउनुपर्‍यो । उहाँले तुरुन्तै जवाफ दिनुभएको थियो, अहिले काङ्ग्रेस गणतन्त्रमा जान सक्दैन । तीन वर्षअगाडि उहाँ जहाँ हुनुहुन्थ्यो, अहिले पनि त्यहीँ हुनुहुन्छ । हिजो मात्र उहाँले ‘सेरेमोनियल किङ् ’ भन्नुभयो । तर, नेपालमा सेरेमोनियल भन्ने हुँदैन । उहाँ कति ‘रििजड’ मान्छे हुनुहँुदोरहेछ भन्ने कुरा त यसले पुष्टि गरेको छ । एउटा सेनाको स् िथतिलेे पनि सेरेमोनियल किङ् हँुदैन र अर्को राजाको चरत्रिले पनि सेरेमोनियल हुन दिँदैन ।
व्यक्तिगत हिसाबले हेर्दा वार्ता सफल हुन्छ जस् तो लाग्छ ?

सात पार्टीका प्रमुख नेताहरू वार्ता सफल पार्ने पक्षमा भएजस्तो मलाई लाग्दैन । अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरू पनि वार्तालाई सफल बनाएर नेपाल र नेपालीलाई अग्रगामी निकास दिने पक्षमा छन् जस् तो मलाई लाग्दैन । मैले तपाईंसँग सीधै भन्नुपर्दा वार्ता सफल हुने लक्षण देखेको छैन । तर, फेर िनेपाली जनता वार्ता सफल होस् भन्ने चाहन्छन् र हाम्रो पार्टी पनि वार्ता सफल होस् भन्ने चाहन्छ । जनता र हाम्रो पार्टीको पहल कत्तिको अघि बढाउन सकिन्छ । दबाब बढाउन सकियो भने वार्ता सफल हुन्छ । <
त्यसो भए, संविधानसभाको निर्वाचन नहुन पनि सक्छ ?

अँ, नहुन पनि सक्छ । हामी अन्तरमि संविधान निर्माण गराँै भन्दैछाँै । तर, अहिले सरकारमा बसेका पार्टीहरू संसद् विघटन गर्ने कुराले नै आत्तिनुभएको छ ।
यहाँहरूले भन्नुभएको गणतन्त्र कस्तो हो ?

नेपालमा अन्यत्र प्रचलित संसदीय गणतन्त्रजस्  तो पनि हुनु हँुदैन । त्यसले समस्याको हल गर्दैन । निरङ्कुशतन्त्र झन् हुने कुरै भएन । अलि मौलिक खालको गणतन्त्र चाहिन्छ हामीलाई ।
तपाईंहरूले जनवादी गणतन्त्रकै कल्पना गर्नुभएको छ, होइन ? target=new href="http://focus.blogsome.com/2006/06/18/p77/">Readmore....सबैलेख यहाँ न अटेकोले पुरा लेख पढनु को लागि यहाँ क्लिक गर्नुहोस।

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters