[Show all top banners]

harigautam1
Replies to this thread:

More by harigautam1
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 गोइत, उपेन्द्र यादव र ज्वालासिंहको भण्डाफोर
[VIEWED 6338 TIMES]
SAVE! for ease of future access.
Posted on 07-14-07 4:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तर्राई जनतान्त्रिक मुक्ति मोर्चा (विस्फोट सिंह) समूहका अध्यक्ष विस्फोट सिंहले मधेसमा आन्दोलनरत नेताहरूको भण्डाफोर गरेका छन् । उनले मोर्चाका गोइत र ज्वालासिंह समूह तथा मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव भ्रष्ट र धोकेबाज भएको आरोप लगाएका छन् ।
नयाँ पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले गोइत, ज्वालासिंह र यादवसँग सहकार्य गरेर गम्भीर गल्ती गरेको भन्दै उनीहरूको 'पोल' पनि खोलेका छन् ।

पार्टी किन फुटाउनुभयो ?
हामीले त पहाडियाको गुलामी गर् यौं तर हाम्रा बालबच्चाले पनि पहाडियाको गुलामी गर्नुपर् यो भने त हामीलाई नयाँ पुस्ताले धिक्कार्नेछन् । हामी यही कुरा सोचेर ज्यानको बाजी लगाएर संघर्षमा होमिएका थियौं । तर पछिल्लो समयमा आएर हाम्रा नेता भनाउँदाहरुले सबै बरबाद पारे । उनीहरु सबै व्यक्तिगत स्वार्थमा लागे । त्यसैले हामीले पार्टी फुटाउनुपर् यो ।
आफैंमा फुटेर कसरी लड्न सकिन्छ र - एउटै पार्टी ठाउँ भएर कसरी अधिकार पाइन्छ । आज गोइत, ज्वाला र विस्फोट एक ठाउँमा भएको भए कति शक्तिशाली हुन्थ्यो ।

नेताहरुमा कस्तो व्यक्तिगत स्वार्थ देख्नुभयो ?
जयकृष्ण गोइतको व्यक्तिगत स्वार्थलाई हेर्ने हो भने उनी तराई मुक्तिको एजेन्ट बनेका छन् । मधेसी आन्दोलनको नाममा एजेन्टको काम गर्न थाले । उनी पूरै पैसामुखी बने । उनलाई पैसा भए पुग्छ । पैसाका लागि काम गर्दै छन् उनी । तराई मुक्ति कसरी गराउने भन्ने कुनै चिन्ता छैन । उनको व्यक्तिगत स्वार्थ बखान गरी साध्य छैन । एउटा छोरालाई रुसमा पढ्न पठाएका छन् । अर्को छोरालाई पटनामा पढाउँदै छन् । पटनामा उनले ºल्याट किनेका छन् । यस्तो व्यक्तिगत स्वार्थमा लागेको नेताले राजनीतिलाई सफल बनाउनै सक्दैन । होलीमा रंग खेले जसरी उनले सहिदको रगतसँग खेलबाड गरेका छन् । सहिद सुरज महतो देवनारायण यादव उग्रनारायण यादवको रगतको होली खेलिएको छ । जयकृष्ण गोइतले २०६१ देखि अहिलेसम्म दुई करोड ७५ लाख रुपैयाँ हिनामिना गरेका छन् । एउटा केन्द्रीय अध्यक्ष भएर यसरी भ्रष्टाचारमा लिप्त हुने हो भने अरुले पनि त्यस्तै गर्छन् ।
हामीले ज्वाला र गोइतबीच एकता हुनुपर् यो र पार्टीमा सुधार हुनुपर्  यो अन्यथा हामी विद्रोह गर्छौं भनेर पहिले पनि विज्ञप्ति निकालेका थियौं । हामीले बैठकमा गोइतजीलाई एकता गर्न मिल्न दबाब दियौं तर उनले मानेनन् । उनले एकता नगर्ने एउटै कारण व्यक्तिगत स्वार्थ हो ।

के गोइत र ज्वाला सिंह पैसाकै लागि फुटेका हुन् ?
ज्वाला सिंहको पनि व्यक्तिगत स्वार्थ छ । सिराहा मिर्चैयाका राजेश्वर साहको तीन करोड पर्ने जमिन ज्वाला सिंहको नाममा छ । त्यो जमिन राजेश्वर साहलाई फर्काइदिउँ' भनेर गोइतजीले ज्वालाजीलाई भनेपछि दुवैबीच विवाद बढेको हो । पार्टीको आडमा जमिन बेइमानी भयो भनी रिपोर्ट परेपछि गोइतजीले जमिन फर्काउने निर्देशन दिए तर ज्वाला सिंहले मानेनन् । उनले आधा जमिन बेचेर पार्टीलाई बुझाउने प्रस्ताव ल्याए तर गोइतजीले जमिन पूरै फर्काउन निर्देशन दिए ।
बैठकमा हामी सबैले ज्वाला सिंह तत्कालीन पूर्वाञ्चल इन्चार्ज लाई जमिन फर्काउन भन्यौं । एउटा मधेसीको जमिन तराईका सुपुत्रहरुले बेइमानी गर्नु भएन भन्यौं । तर जति भने पनि नमानेपछि उनलाई पूर्वाञ्चल इन्चार्जबाट हटाउने चेतावनी दिइयो । त्यसपछि उनले एक साताभित्र जमिन फिर्ता गर्ने बचन दिए पनि त्यसो गरेनन् । केही नलागेपछि एक सातापछि गोइतजीले उनीमाथि कारबाही गरे । पूर्वाञ्चल इन्चार्जबाट उनलाई हटाइयो । जमिन फिर्ता गरेर आऊ पुनः पुरानै पदमा जिम्मेवारी दिइनेछ भनियो । त्यसपछि उनी पार्टीको सम्पर्कमा आएनन् । एक्कासि गोइतजीलाई सर्वमान्य नेता घोषणा गरेर उनले बेग्लै पार्टी गठन गरे ।

गोइत र ज्वाला िसंहबीच तुलना गर्दा कसलाई मधेसी मुक्तिका लागि प्रतिबद्ध देख्नुहुन्छ ?
गोइतजीभन्दा ज्वाला सिंह धेरै बदमास मानिस हुन् । ज्वालाले मुक्तिको कुरा गर्छन् तर मधेसीलाई अपहरण गर्छन् मधेसीसँग फिरौती लिन्छन् र मधेसीलाई नै मार्छन् । तर ज्वाला सिंहले मधेसी जनताउपर गरेको शोषण दमनभन्दा गोइतजी र उनका कार्यकर्ताले गरेको अत्याचार पनि कम छैन । गोइतजीले मधेसी जनताको मुक्ति गर्छन् भन्ने विश्वास हामीलाई केही दिनअघिसम्म पनि थियो । तर अहिले आएर हामीले थाहा पायौं कि उनले मधेसी जनतासँग विश्वासघात गरे । गोइतजीले तराई र तराईका जनतालाई मुक्त गराउने भन्छन् तर व्यक्तिगत स्वार्थमा डुबेका नेताबाट कसरी सम्भव हुन्छ मुक्ति । एक त दुई सय ३२ वर्षदेखि नै तराई र तराईका जनतामाथि अन्याय भइरहेको थियो । त्यसको विरोधमा हामी बलिदानी भावना लिएर सशस्त्र संघर्षमा लाग्यौं । तर गोइतजीले आफ्नै पार्टी कार्यकर्ता र मधेसीमाथि अन्याय र अत्याचार गर्न थाले । त्यसैले हामीले पार्टीबाट विद्रोह गर् यौं । हामीलाई लाग्यो अब गोइतजीको नेतृत्वबाट मुक्ति सम्भव छैन ।

जनतान्त्रिकका तीनवटै समूहले माओवादीमाथि बढी आक्रमण गर्छन् किन ?
माओवादीमाथि आक्रमण गर्ने एउटै उद्देश्य र कारण छ त्यो हो मातृका यादवले हामीविरुद्ध गरेको युद्ध घोषणा । मातृका यादवले सिराहा र सप्तरीमा आएर युद्ध घोषणा गरेपछि हामीले आफ्नो राष्ट्रियता गुमाउनु भएन । तिमी मधेसीको बच्चा हो भने मधेसीका लागि लड । आफ्नो अधिकारका लागि लड । पहाडियालाई के थाहा छ तराईमा को जनतान्त्रिकमा लागेका छन् भनेर वा मधेसी दलालहरुले चिनाइदिन्छन् । माओवादीले हाम्रा सुरज महतो बलराम यादव र उग्रनारायण यादवको हत्या गरिदिए । त्यसैले हामी माओवादीसँग युद्ध गर्दै छौं र युद्ध जारी छ ।

तपाईंले अलग पार्टी त गठन गर्नुभयो तर तपाईंको पार्टीमा विद्वान् पढेलेखेका र नीति बनाउने व्यक्तिहरु छन् ?
छन् हामीसँग विद्वान् र नीति बनाउन सक्षम व्यक्तिहरु पनि छन् । कुनै पनि देशमा वा संगठनमा राजनीतिक व्यक्तिहरु नभएसम्म देश चल्दैन संगठन चल्दैन । नेता नभई देश चल्दैन र सेना नभई पनि देश चल्दैन । सेना पनि जरुरी छ । हाम्रो पार्टीमा पनि बुद्धिजीवीहरु छन् । एमएड पास गरेको व्यक्ति हाम्रो जिल्लामा इन्चार्ज छ ।

तपाईंहरु तीन टुक्रामा विभाजित हुनुभयो र एकले अर्काको आलोचना गर्नुहुन्छ । यो विभाजित शक्तिले सेना र प्रहरीसँग लड्न सक्छ ?
आफैंमा फुटेर कसरी लड्न सकिन्छ र एउटै पार्टी १० ठाउँ भएर कसरी अधिकार पाइन्छ । आज गोइत ज्वाला र विस्फोट एक ठाउँमा भएको भए कति शक्तिशाली हुन्थ्यो । छिट्टै तराई र तराईका जनताले मुक्ति पाउँथे । तर गोइतजीले नीति त्यागेर व्यक्तिगत स्वार्थमा डुब्दा यो स्थिति भयो ।

अब एकता र मेलमिलापको सम्भावना छ कि छैन ?
गोइतजीले गलतनीति त्याग्नुपर्छ । व्यक्तिगत स्वार्थ त्याग्नुपर्छ । आफ्नो बिग्रेको छवि सुधार्नुपर्छ । अनि हामी उहाँसँग मेलमिलापका लागि वार्ता गर्न तयार छौं । तर उनले केन्द्रीय अध्यक्षको कुसर्ी छोड्नुपर्छ र अहिलेसम्मको गल्ती-कमजोरीका लागि तराईमा जनतासँग माफी माग्नुपर्छ । ज्वाला सिंहले पहिले राजेश्वर साहको जमिन फिर्ता गर्नुपर्छ । अब मात्र ऊसँग हाम्रो वार्ता हुनसक्छ ।

गोइत समूह र ज्वाला समूहमध्ये सैन्य शक्तिका आधारमा कुन बलियो छ हामी ?
रहँदासम्म ज्वालाभन्दा गोइत समूह धेरै शक्तिशाली थियो तर हामी फुटेपछि अब ज्वाला सिंह शक्तिशाली भएका छन् । भारतीय बदमास र गुन्डाहरु प्रयोग गर्ने भएकाले ज्वाला सिंह शक्तिशाली देखिन्छन् । तर भाडामा गुन्डा परिचालन गर्दैमा हुँदैन । ज्वाला सिंहको कार्यकर्ता सहिद भएका हेर्दा भारतीय गुन्डाको अनुहार देखिएको छ ।

गौर घटनामा २८ जना वाइसिएल कार्यकर्ता मार्ने घटनामा तपाईंहरु तत्कालीन गोइत समूह को संलग्नता छ कि छैन ?
हाम्रो संलग्नता थिएन र ज्वाला सिंहका कार्यकर्ताको संलग्नता छ छैन भन्नेबारे हामीलाई आधिकारिक कुरा थाहा भएन ।

उपेन्द्र यादवलाई कसरी मूल्यांकन गर्नुभएको छ ?
उपेन्द्र यादव मधेसी फोरमका अध्यक्ष हुन् । लाहानमा आन्दोलन चर्कंदा गोइतजीका कार्यकर्ताले धेरै सहयोग गरेका थिए । लाहानमा मारिएका मिरा महतो गोइत समूहकै विद्यार्थी फाँटका कार्यकर्ता हुन् । फोरम पहाडिया शत्रुविरुद्ध लड्दै छ भनेर हामीले सहयोग गरेका हौं ।
तर हामीले जति सहयोग गरे पनि उपेन्द्र यादव बिक्री भएका छन् । मधेसी युवाले आन्दोलनमा रगत बगाए सहिद भए घाइते भए त्यही बेला उपेन्द्र यादव बिकेका छन् । पाँच दिन मात्र आन्दोलन लम्ब्याइदिएको भए गिरिजाले तेस्रो पटक सम्बोधन गर्नुपथ्र्यो । मधेसीका सबै साजाल सम्बोधन हुन्थ्यो । सबै समस्या समाधान हुन्थ्यो तर उपेन्द्र बिकेर सबै बरबाद भयो ।

उपेन्द्र यादवबाट मधेसी समुदायले आशा राख्न सक्छन् कि सक्दैनन् ?
उपेन्द्र यादवसँग के शक्ति थियो र उसलाई कसले चिनेको थियो र उसलाई मधेसी जनताले हाइटमा ल्यायो तर ऊ बिक्यो । अब कुनै विश्वास छैन ऊमाथि । मधेसी जनताको विश्वास हट्यो उपेन्द्र यादवबाट । ऊबाट कुनै आशा राख्नु व्यर्थ छ । तराई र तराईका जनताको नाममा राजनीति गरेर उसले ठगी गरेको छ ।

तपाईंहरु आठ जना सैनिक कमान्डरले विद्रोह गर्नुभयो तर त्यसबाट केही कमान्डर पुनः गोइतमा फर्किए भन्ने सुनिन्छ के हो वास्तविकता ?
जसोकुमार यादव विक्रान्त सिंह गलत तत्व निस्किए नि पुनः गोइत समूहमै फर्किए । पहिले चार लाख रकम हिनामिना गरेको आरोपमा उनीमाथि कारबाही भएको थियो । हामीले विद्रोह गरेपछि उनी हामीतिर आए । त्यसपछि गोइतजीले लोभ देखाएर उनलाई बोलाए । विक्रान्त उतै गए । गोइतजीले चार लाख असुल गरेर पुनः कारबाही गरेर निकालिदिए । अब विक्रान्त यता न उता भएका छन् । गोइतजीलाई त खालि पैसा चाहिएको छ । चार लाख रकम ठग्न उनले कारबाही फुकुवा गरे र पैसा तानेर पुनः कारबाही गरिदिए ।
गोइत समूहका अमिताभ जिल्ला सेक्रेटरी नथुनी सिराहा-सप्तरी जिल्ला इन्चार्ज मोहमद एरिया इन्चार्ज यी तीनजना तराई जनताका नाममा ब्रह्मलुट गर्ने मानिस हुन् । हामी जनतालाई आग्रह गर्न चाहन्छौं । यिनीहरु मधेसको हत्या गर्न संलग्न छन् । यी मधेसीकै हत्यारा हुन् । यिनीहरुलाई गोइतजीले अविलम्ब कारबाही नगरे हामीले कारबाही गर्नेछौं । कुनै हालतमा यिनलाई हामी छाड्दैनौं । जहाँ भेटे पनि कारबाही गर्छौं ।

पार्टीमा दलितहरुको प्रतिनिधित्व र उनीहरुप्रति गरिने व्यवहार कस्तो छ ?
हाम्रो पार्टीमा सबै जातका मधेसीहरु छन् । हामी अहिले दुईवटा जात मात्र मान्दछौं । पहाडिया र मधेसी । मधेसी सबै एकै हुन् भन्ने हाम्रो मान्यता छ । छुवाछुत गरिँदैन ।

NAYA PATRIKA NATIONAL DAILY

 
Posted on 07-14-07 5:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-14-07 5:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-14-07 7:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sab Thug haru hun. They are earning crores of money so who won't join that bussiness.
 
Posted on 07-14-07 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

they are racist Basterds. All they do is hate US.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
What is the purpose of an F1 student visa in the U.S.?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters