[Show all top banners]

Jawala
Replies to this thread:

More by Jawala
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Nepali24

Meetra
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 श्लील नग्नताका पक्षमा - सुधा त्रिपाठी (A Nice Article)
[VIEWED 2892 TIMES]
SAVE! for ease of future access.
Posted on 08-30-07 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्लील नग्नताका पक्षमा



सुधा त्रिपाठी


जीवनमा मलाई पहिलोपटक अर्धनग्न महिला देख्दा लज्जाबोध भएन । बरु उल्टै त्यस नग्नतामा आत्मसम्मानको गौरवबोध भयो । म यसलाई शालीन नग्नताको संज्ञा दिन्छु । बाफ रे, त्यो साहस ! त्यो पनि चौबीसै घन्टा सुरक्ष्ााकर्मी तैनाथ रहने सिंहदरबारको गेटमा । 'छोयौ भने यो पनि फालिदिन्छु' भन्दै बचेखुचेका कपडातर्फ संकेत । अनि जसले नाङ्गनि विवश पारेको छ, उसैले यो नाङ्गोपनविरुद्ध प्रहार गर्ने ? यो दृश्य देखेपछि मलाई हिजोको प्रजातन्त्र र आजको लोकतन्त्रको पूरा अर्थ प्रकट भएजस्तो लाग्यो ।
महेन्द्र भवनमा पढ्दा विद्यालयको पोसाकमा समेत सुरुवाल लगाउँथेँ म । पत्रपत्रिकामा ब्रा र पेन्टीमात्रै लगाएका केटीको तस्वीर राखेर गरिएको डान्सबारको विज्ञापन, कथाले मागेजति भन्दै अभिनेतृहरूले गरेको छाती-तिघ्राको प्रदर्शन, काठमाडौंका सडकमा प्रदर्शित अर्धनग्नता देख्दा सधैंभरि मेरा हातहरू आफ्ना कपडा तानतुन पार्न थालिहाल्थे । जहिले पनि महिला नै व्यापारी रहेका पसलमा मात्र आफ्ना भित्री कपडा खरिद गर्ने र सधैंभरि महिला स्त्रीरोग विशेषज्ञलाई मात्र आफ्नो शरीर परीक्ष्ाण गराउने मलाई यसपटक ब्रा र पेटीकोटमात्रै लगाएकी महिलाको फोटो देख्दा अत्यन्त हर्ष लाग्यो । वादी दिदीबहिनीहरू हो, तिमीहरूको यो सुकार्यलाई मेरो सलाम !

हो, वादी महिलाहरूले राज्यलाई यसरी नै हो चुनौती दिने । लुगै लगाएर पनि उनीहरू सावरण त कहाँ छन् र ? सामन्ती संस्कृतिले उनीहरूलाई सधैंभरि नङ्ग्याइरह्यो । अब उनीहरूको पालो हो सामन्तवादलाई नङ्ग्याउने । उनीहरू राजीखुसीले वेश्यावृत्तिमा लागेका होइनन् भन्ने कुराको बोध अब त सारा राष्ट्रवासीलाई सिंहदरबारका ढोकामा भएको त्यो अर्धनग्न प्रदर्शनले भयो नै होला । त्यो आक्रोश सित्तिमित्ती जन्मेकै होइन, जीवनलाई नारकीयता भोग्न बाध्य पार्ने विसंगतिलाई चिर्नका लागि, नागरिक अधिकारको सम्बर्द्धनका लागि हो ।

के लोकतन्त्रमा पनि नागरिकले आफूलाई अरुचिकर भएको जीवनशैली त्याग्ने चाहना व्यक्त गर्न नहुने ? कसैगरे पनि आफ्ना पीडाहरूको सुनुवाइ नभएपछि उनीहरूले त्यो प्रदर्शन गरेका हुन् । अझ त्यसमाथि धरपकड ! यस्तो क्रियाकलापले त राज्य र कानुन हुनेखाने र सत्ताशक्ति सम्पन्नहरूकै लागि हो भन्ने पुष्टि हुँदैन र ? त्यस्ता सत्ताशक्ति सम्पन्नहरूले देशको कानुनलाई तिनै वादी महिलालाई झैं वेश्या बनाएनन् र ? लाटो र अन्धो कानुन वेश्या भयो भन्दैमा पलपलमा जीवनको अर्थ खोजिरहेका ती वादी महिलाले अझै पनि त्यसको हुकुम किन मानिरहने ? हो, यसरी नै हो त्यसलाई चुनौती दिने ।

संविधानसभाका नाममा उनीहरूलाई कुण्ठित गर्न पाइन्न । यस्ता उत्पीडनको मर्म नबुझ्नेहरूको झुन्डले कुन नयाँ संविधानको निर्माण गर्ला र नयाँ नेपाल बन्ला भनेर आशावादी हुने ? यो आन्दोलन संविधानसभाको चुनाव र त्यसपछिको संविधान निर्माणका लागि मार्गदर्शन हो । जीवनको जरासँगै कलमी गरेर उमार्नुपर्छ, अबको संविधान भन्ने कुराको संकेत हो यो ।

भावी नेपाल कस्तो बन्छ भन्ने कुरा आज यी वादी महिलाका समस्यालाई राज्यले कसरी सम्बोधन गर्छ भन्ने कुराले छर्लङ्ग पारिदिन्छ । उनीहरूको समस्यालाई राज्यले यथोचित सम्बोधन गरेन भने अब हामीले व्यर्थै किन संविधानसभाका लागि टाउको दुखाइरहनुपर्‍यो ? के त्यस्तै हो भने त के नै पो गर्छ र त्यो संविधानसभाले ? यो सरकारको र सम्पूर्ण नेताहरूको परीक्षाको घडी हो । कुनै परीक्ष्ाामा उत्तीर्ण र कुनैमा अनुत्तीर्ण हुने गरेका नेताहरू यसपालीचाहिँ के हुँदारहेछन्, हेर्न पर्खिबसेका छौं ।

यो सामन्ती संरचनामा हामी आममहिलाहरू कुनै न कुनै ढङ्गले उत्पीडित रहेका छौं । हामीले आ-आफ्ना वर्गीय मुखुण्डा र तथाकथित आदर्शको खोल च्यातेर आन्दोलन गर्न सकेनौं, उनीहरूले गरेका छन् । पुरुष त पितृसत्ताका कारिन्दा भइहाले, कम्तीमा विधायिका-संसदका महिला सांसदले उनीहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउनुपर्ने थियो, त्यो पनि सकेनन् । आमनेपाली स्वाभिमानप्रेमी महिलाका तर्फबाट वादी महिलाहरूलाई धन्यवाद, उनीहरूको शालीन नग्नतालाई धन्यवाद । हिजो छाक जुटाउन नाङ्गनिेहरू आज नागरिक अधिकार प्राप्तिका लागि नाङ्गइिरहेछन् । यसमा उनीहरू दोषी छैनन् । नाङ्गनि बाध्य पार्नेहरू दोषी छन्, राज्य दोषी छ । उनीहरू नाङ्गो हुनु नपरोस् भनेर नाङ्गएिका हुन्, राज्यसत्ताका ठेकेदार पुरुषहरूको नाङ्गोपन आमजनताका अगाडि पस्किएका हुन् । साँच्चै उनीहरूले पूर्ण नग्न जुलुस गरे भने पनि मलाई विष्मात् लाग्ने छैन । समय र स्थान थाहा पाएँ भने म दर्शक बनेर उनीहरूको समर्थनमा ताली बजाउने थिएँ । आफ्नो शरीरसँग खेल्नेहरूको नामावली समय आएपछि सार्वजनिक गर्छाैं भन्छन् । समय आइसक्यो, अब किन पर्खनुपर्‍यो ? त्यति गर्दा पनि अझ तिनैले ठूला कुरा गरे भने डीएनए परीक्षण गराए हुन्छ । कम्तीमा पनि त्यस्ता व्यभिचारीलाई हामी हाम्रा नेता र समाजका प्रतिष्ठित व्यक्तिका रूपमा सम्मान गरिरहन त बाध्य हुने छैनौं ? वादी महिलाहरूसँगै यो आमनेपालीको समेत मुक्ति हुनेछ, किनभने यो मुक्ति सामाजिक मुक्तिकै एउटा अङ्ग हो ।
 
Posted on 08-30-07 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-30-07 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लेख कडा छ, घत्लाग्दो...
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
tesla stock OMG !!
Looking for girl
Who is hottest nepali female?
TPS for Nepal likely to extend next week
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Toilet paper or water?
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS To F-1 COS
Sajha Poll: Who is your favorite Nepali actress?
Mamta kafle bhatt is still missing
Problems of Nepalese students in US
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters