[Show all top banners]

Pathibhara
Replies to this thread:

More by Pathibhara
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
डीभी भर्न ‘साइत’ र ‘वास्तुशास्त्र’
[VIEWED 7377 TIMES]
SAVE! for ease of future access.
Posted on 11-24-07 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?

कामविशेषले न्युरोड जाँदा नेपाल कै सबैभन्दा डीभी पर्ने ठाउँ भनी आफूलाई प्रचार गर्ने एजेन्सी इस्पट नेपालका मान्छेहरु बाटोमा आफ्नो प्रचार सामाग्री बाँड्दै रहेछन्। त्यसमा रहेको विवरण पढ्दा एकातर्फ हाँसो उठ्यो भने अर्कोतर्फ नेपालीहरुलाई कति मूर्ख ठानेको भनी रिस पनि उठ्यो।

इस्पटको प्रचार सामाग्रीमा लेखिएका हाँसउठ्दा कुराहरु हेर्नुस्-

त्यसमा लेखिएको छ- डीभी भर्दा सामान्य इन्टरनेटले भरेर हुन्न, महँगो ब्रोडब्यान्ड इन्टरनेट नै चाहिन्छ। यो कुरालाई त तर्कको भरमा पुष्टि गर्न सकिन्छ भनौँ न। तर त्यसमा वास्तुशास्त्रको कुरा गरिएको देख्दा भने हाँसो उठ्यो। त्यसमा भनिएको छ त्यहाँका कम्प्युटर कक्ष, परामर्श कक्ष, फोटो स्टुडियो, इडिटिङ कक्ष, पैसा लिने कक्ष र बाहिरिने कक्ष सबै वास्तुशास्त्र अनुसार निर्माण गरिएको छ रे। अनि त्यसैले तपाईँलाई डीभी पर्न सक्छ रे। वास्तुशास्त्र अनुसार डीभी भर्ने ठाउँ त विश्व मै यही एउटा मात्र रहेछ कि के हो ?

त्यसैगरी आफूलाई शुभ तथा लक्षणको ठाउँ भन्दै त्यसमा राशी अनुसारको शुभ दिन पनि छुट्याइएको रहेछ। हे भगवान, डीभी खुल्छ अमेरिकाको कुनै ठाउँमा। अनि यहाँ भने राशी अनुसारको साइत जुराएर पनि कहीँ होला त ? त्यसमा पनि साइत निकाल्ने काम हचुवाको भरमा गरिएको प्रष्टै हुन्छ। किनभने त्यसमा लेखिएको छ- नेपालका ख्यातिप्राप्त ज्योतिषका अनुसार निम्न राशीलाई निम्न दिन शुभ हुन्छ। ज्योतिषीको नाम भने दिइएको छैन।

तर, तपाईँ हामीलाई यो कुरा सुन्दा जति नै अचम्म लागे पनि, हाँसो उठे पनि के गर्नु, त्यो एजेन्सीमा दिनहुँ डीभी भर्नेको भीड लागिरहेकै छ क्यारे। बरु त्यसैको सिको अरु एजेन्सीले पनि गर्न थालेका छन्। अघि भर्खर टीभीमा हेरेको थिएँ एउटा अर्को डीभी भर्ने एजेन्सी इजोनको विज्ञापन- नेपालकै पहिलो आईएसअ‍ो मान्यताप्राप्त एजेन्सी रे।

अब अर्को वर्ष साइत र वास्तुशास्त्र अनुसार डीभी भर्दा पनि परेन र अमेरिका जान पाइएन भनेर सडकमा टायर नबलोस्, यही कामना गरौँ, कि कसो ?
savar: merosansar

Posted on 11-24-07 5:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?

मंगलम भगवान बिष्णु मंगलम  गरुधोज !

मंगलम पुन्दरिकाक्क्ष मंगलय तनोहरि    !!

Posted on 11-25-07 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?

That is how business is run in computer illetrate country. Who does not want to be a winner?. 100 -200 is nothing if you win.

Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO

IN ORDER TO POST!

Within last 30 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
NOV 18th TPS DAY
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
EAD Filing
Tps decision coming or not nov 18
Work Permit
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters