[Show all top banners]

Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 बस स्टप..

[Please view other pages to see the rest of the postings. Total posts: 41]
PAGE: <<  1 2 3  
[VIEWED 33484 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 01-07-08 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कपिक्याटजीको 'यस्तो पनि कथा हुन्छ' पढेपछि उहिले नै लेखेको तर पोस्ट गर्न लाज लागेको एउटा गन्थन, आssss...जे पर्ला पर्ला राख्दैछु!

------------------------------------------

" हाssssई! खै त यार, बस त आएन त?"

" मान्छे समात्दै कोच्दैहोला नि बसमा उता थापाथली तिरै.."

" आज नि मु- हाकिम झोक्किने भो यार मेरो त, तीन दिन भै सक्यो सधैँ ढिलो!"

" हाहाहाहाहा!  साँच्चि यार तेरो हाकिमको थुतुनो सम्झ्यो कि मलाई त कोक्याएर हाँसो उठ्छ! हाहाहाहाहाहा!"

" हाहाहाहाहहा.............के गर्नु यार जस्तो भएनि त्यसैको अन्डरमा बस्न परिरा छ!"

" बुढी चाहिँ पा'को हो बजियाले! तर त्यसकि बुढीको माया लागेर आउँछ, च्व... च्व.. च्व..कसरी रात काट्दी हो बिचरी?"

" जसरि काटे नि काटोस... एत्रा पिर हाम्लाई..कसैलाई आँखा नदेख्ने छँडुल्लीहरु, पैसो देखेसि उमेर सुमेर केहि नचाहिने!, हामि जस्ता ठिटा मर्या थ्यौँ र त्यस्तो फुटबल जस्तो बुढो संग जानु पर्ने यिनिहरुलाई?"

" पैसो कमा न मु- त्यस्ता तरुनि त रोजि रोजि"

" त्यो सन्तोषेले त्यसलाई आमा भन्छ कि के भन्छ होला?"

" यत्रो नि भन्दैन आमा तेल्ले, एक त सौतेनी आमा, अर्को त्यो भन्दा २ बर्ष मात्र जेठी"

तर त्यसले त सन्तोषेलाई छोरा जस्तै माया गर्छे रे भनेर भन्दै थ्यो हाकिम अस्ति कुन दिन हो पन्ते खरदार संग!

गरिहाल्छे नि माया त हाकिमलाई भन्दा नि धेरै, अचेल त क्याम्पस नि जाँदैन रे सन्तोशे, दिनभरि घर बस्छ रे आमा संगखितितितिति

हाहाहाहहाहाहा

हाहाहाहहाहाहाह खितितितिति

चुप् लाग् मुला हाकिमले सुन्यो भने जागिर चेट हुन्छ

के डराको? तेरो हाकिमले याँ त्रिपुरेश्वरको बस स्टपमा गर्या कुरा सुन्ला नि अब

ओइ!!! उता हेर् त!

कता्

उता पसल बाहिर के!

ओहो! एक्लै जस्ति छे

हो हो एक्लै छे

मेरो त मुखमा पानी आयो हाहाहाहहाहा....., आजकल जे पनि बिकासे हुन्छ खितितितिति

हाहाहाहहाहा चुप् लाग मु-  , तँ त्यो बाहेक के देख्थिस् र

बस नै कुरिरा जस्तो छ

यत्तिको पाए त बिहे गर्थेँ यार!

 

ओइ! के एकोहोरो घुरिरा् तेल्लाई?

म संग आँखा जुधा जस्तो लाग्यो, ....सोझि जस्ति छे यार

बाहिरबाट सबै सोझि देखिन्छन्

ऊ!...., देखिस्? फेरि हेर्या थि मलाई!

ल ल मोज गर्, गफ् दिन जा न हिम्मत छ भने!

ओइ! ओइ!.. त्यो चुरोट भित्र राख् त मुला, झन सोझि जस्ति छे भन्दै छु यहि बेलाँ चुरोट झिक्छ!

मुला अघि तान्न मन लाग्यो भन्या हैन?, अहिले हिरो बन्न चुरोट राख् भन्छ

फस्ट इम्प्रेसन राम्रो राख्नु पर्छ रे के

तँ इम्प्रेसन राम्रो बनाउँदै गर् आफू त तानिन्छ मजाले बस नआउन्जेल!

ल ल बस आयो! त्यो संगै उक्लनु पर्छ हिहिहि

ओहो बल्ल आयो बस! ल ल संगै टाँसिएर बस्लास्!

बस नि कोचाकोच रेछ

छिटो हिँड्, आज त हदै ढिलो भैसक्यो

पख/ न मुला, त्यो चढेकै छैन

खोइ त त्यो त चढिन त!

बस भिड भएर होला!

छिटो! छिटो! छाड्दे मुला केटि सेटि हिँड्, बस चलाउन लाग्यो!

ह्याsss! यसै ढिलो उसै ढिलो, अर्कोमा जाउँला त्यो संग

बहुलाइस् कि के हो?

बस् न यार, लाइफमा कुनै केटिले नि यस्तरी हेर्या थेन यार मलाई, बस् न अर्कोमा जाउँला

यसमा त अब जान खोजे नि पछि पछि दौडे मात्रै हो, ऊ टेकु पुग्न लागि सक्यो बस त

हिहिहिहि

के हो लभ नै पर्यो कि के हो?

हामितिर हेर्दै थि अघि, हाम्लाई नि भिडभाड मन पर्दैन भन्ने राम्रो इम्प्रेसन पर्यो तेल्लाई!

अर्को बस चाहिँ के खालि आउला र खै?

 

ओई! अगि भर्खर फुक्या हैनस एउटा चुरोट? फेरि किन निकाल्या?

एक त बस चढ्न दिँदैन अर्को मैले चुरोट खाँदा नि उस्को इज्जत जाला जस्तो गर्छ मु-

हिहिहिहि

ओई! हेर् त, त्यो बाइक तेरो मैया निरै रोकियो!, केटि नि बबाल मस्किरा छे त, क्या हो?

ह्या मुला, चिन्या मान्छे होला नि त्यो बाइकवाला

हेल्मेट खोल्यो बाइकवालाले! केटो त ह्यान्सी रेछ नि!

दाई, भाई कोहि हो कि?

के  को दाई भाई नि, ऊ हेर् त पछाडि बसि टाँसिएर

के भयो??? हेर तेरि मैया पछाडि बसि ढेपिएर, त्यसको ब्वाइफ्रेन्ड जस्तो छ!

हँ? हम्मम्

खितितितिति! तेरि सोझि मैया त गई ब्वाइफ्रेन्ड संग टाँसिएर….हाहाहहाहाहाहा……मुला बेकारमा बस छुटाइदिएर!

चुरोट झिक् झिक्!

खितितितितति हाहाहाहाहहा अब चुरोट चाहियो यल्लाई हाहाहाहा

चुरोट झिक् न मु- अनि म ट्याक्सि खोज्छु,….. मैले थाहा पाइसकेँ आज ढिलो भयो भने जागिर चेट!

हाहाहाहाहा

-- जस्तो दिन्दगी साला! त्यो सन्तोशेको लाईफ देखेर इर्ष्या लाग्छ

ट्याक्सीsss”

ट्याक्सीsss”

 

 

 

 

 

 

 


 
The postings in this thread span 3 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 01-07-08 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो कस्तो भन्या रिट्ठे पिट्ठे जस्तो भन्या
 
Posted on 01-07-08 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु जा, मेरो नाम पनि आएछ ।

 


 
Posted on 01-07-08 7:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Birkhe Maila malai pani ramro lagyo tapaiko lekh. Lekhdai janus padhney hami chadai chham ni.


 
Posted on 01-07-08 7:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Go Jimmal Baa Go !!!
 
Posted on 01-07-08 8:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिन्दखी बस स्टपै बस स्टपले भरेको र'च के रे यि बुढाको, अन्खेरुन् यो बुढेसकाल सम्मुन् आ'र, चईनि, "पाईएन एउटी नि सेउसी, जहिले नि अन्तेआँ 'ट्याउसी! ट्याउसी!'" भन्दै बर्बराउँदो।

आम्नि दशैंआँ एउटो, चईनि, भट्भटे हाल्दिम् सोंचेको के रे, फिरि बुढेसकाले मोतीबिन्दुले अर्दा टेंढो टेंढोऽऽऽऽ ला'र, सिऽऽऽऽऽऽऽऽऽऽधै आर्जेघाटाँ हुल्दिन बेर छैन। यि बुढा मत्तै ख्याँस्सिए त केई थे'न, पछाडि लेप्पासिएकी तरुणी नि संगै लउला परलोक भुन्ने पिर के!

धरम् संकट, परभो, धरम् संकट!


 
Posted on 01-08-08 5:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुलाई नि राम्लो लाग्यो दाई।।।
 
Posted on 01-08-08 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहो कपिक्याटजी, किन नआउनुनि तपाइँको नाम, माथि नै भन्या सबैभन्दा अगाडि!

हस वाहियातजी, लेख्ने हो पढ्ने पनि हो, धन्यवाद् मनपराइदिनुभएकोमा!

हस नेप्चि भाउजु  हस!

पुन्टे दाई, हाल्दिहालेउ नि बुढा तिमीले भटभटे, साइकिलको कुरा निकाल्दा त दाँत बाट पसिना निकाल्छौ!

धन्यवाद, somewhereondearth जी राम्रो लागेकोमा! तपाइँको लेखाइ मन पर्छ मलाई धेरै!


 
Posted on 01-08-08 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे बा,
पूण्टे बुढाले भन्या जस्तो, जिन्तखी एउटा बस स्टाप नै हो।कसै कसै को स्टाप त्यही फूल स्टाप हुने हुन्छ भने कसैको बिर्खे बा को  जस्तो गतिशील। बडा यथार्थ चित्रण गर्नु भएको छ। प्रस्तुती बेजोड छ। खै के भनुं, इर्ष्या लागो है, मुलाई नि।

 
Posted on 01-08-08 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ओहो बिर्खे, मेरा त धेरै कुरो छुटिसकेछन बाबै, बिर्खेका धमाका नै छुटेसी सिद्धेन जिन्नगी, लौ बिर्खे अब चै नछोडम् है यो धागो, तानम् है तानम्


 
Posted on 01-08-08 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाई, यथार्थ लागेकोमा धन्यवाद्!

 मलाई डर थियो शाब्दिक स्वतन्त्रता र युवाहरुको फ्रस्ट्रेसनको विनाआवरण चित्रणको प्रयास तपाइँ जस्ता बुज्रुकलाइ कतै अपाच्य त हुँदैन भन्ने, राम्रो मान्नुभयो धेरै नै खुसि लाग्यो!

हैन कलेजो के कुरा गर्या भन्या एस्तो, अब चाइनेजो जिन्तखी तेसै क्यार्न सिद्दिन्थ्यो र भन्या? ल तान्ने हो सकेसम्म तान्ने हो गाँठे जे पर्ला पर्ला! कि कसो?


 
Posted on 01-08-08 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हो नि बिर्खे बरु तान्ने चैनेजो कुन् धागाँ हो, यसाँ कि अर्काँ? कि ल्याउ नाइलन्का बालिया धागा


 
Posted on 01-08-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बा, एक एक शब्द डिटु छ त।
त्यो 'मैले एउटी केटी देखे' भन्न लाई दुई प्याराग्राफ लेख्ने हरु को अगाडि यो वास्तविकता रमाइलो लाग्यो (साहित्य कम गफ धेरै बुझ्ने लाई यस्तै मा रमाइलो लाग्दो रहेछ)


 
Posted on 01-08-08 7:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Very good Jimmal! Congratulations for such an wonderful story!

 
Posted on 01-08-08 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई यो वार्तालाप शैलीको कथा साह्रो मन पर्छ ।

 

अस्ति एउटा फिलिम हेरिया थ्यो “Before Sunset” (2004). त्यसको अग्रकथा चाही “Before Sunrise” (1995) हो ।

 

सिनिमामा साह्रै शोख राख्ने बिर्खेबाबुले ती सिनीमा हेरिसक्या हुँदा हुन् भन्चु ।

 

नत्र हेर्नु । वार्तालाप कला र रोमान्सको लागि त धिपिक्कै पो छ त । पुरै सिनिमा वार्तालापै वार्तालापमा सिद्धिन्छ ।

 

रोमान्स भन्ने कुरो हरेक मान्छेको लागि अलग्गै हुन पनि सक्छ । तर अनुभवीजन के भन्छन् भने humorunpredictability हो रोमान्सको प्राण । तीनै जिनिस छन् यी फिलिमका वार्तालापमा ।   

 

सम्वाद मात्र पढ्नको लागि यहाँ छ Script:

 

Movie “Before Sunrise” (1995):

http://www.geocities.com/joeyhuang2001/b4sunrise01.html

 

Movie “Before Sunset” (2004):

http://sunrisesunset.wikia.com/wiki/Before_Sunset_(2004)_script

 

 


 
Posted on 01-09-08 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद् पर्वते, राम्रो लागेकोमा!

 

गोतामेदाई र नेपेदाई, तपाइँहरुको आँखा कतिबेला पर्छ यसमा भनेर सोचिरहेको थिएँ।

गोतामेदाई, खै आजकल अलि धेरै नै व्यस्त हुनहुन्छ जस्तो छ त? तपाइँको चर्चा चलेको थियो एकपटक भेटघाटमा। मैले लेखेको यो कथालाई तपाइँ जस्तो कथाकारले राम्रो भनिदिनुभयो, खुसि लाग्यो। उता चौतारीबाट किन माया मार्या हो?

नेपेदाई,  धेरै धन्यवाद्!

 "मलाई यो वार्तालाप शैलीको कथा साह्रो मन पर्छ । अस्ति एउटा फिलिम............."

तपाइँको वाकपटुताको र ब्यालेन्स्ड बोलाईबाट त म कायलै भएको मान्छे हो।

त्यो सिनेमा मैले हेर्न पाएको छैन, र माथिको लिङ्क हेरेँ र हेर्न पर्ने सूचीमा राखेँ!


 
Posted on 01-09-08 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Birkhe kaam maa pani sajha, ghar maa pani sajha...jindagi nai sajha maa ghumdai cha jasto cha ni :P.... :P...nice story...reminds me of college days...tyo naya baneswore maa bus kurda...

 
Posted on 01-09-08 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा कसलाई मिल्यो कसलाई मिल्यो कथा भन्या त हाम्रै हर्केलाई मिलेछ!

 


 
Posted on 03-26-14 3:15 PM     [Snapshot: 4295]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-26-14 6:22 PM     [Snapshot: 4404]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ramaailo kathaa hamraa maaildaai ko.... .khai kata haraaye yini pani........

Raamey daai dherai pachi jhulkinu bho ta.....
 
Posted on 03-26-14 8:15 PM     [Snapshot: 4441]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thaane, jhulkina ta sandai jhulki raheko hunchu, dekha pareko matra aaja ho............. :)
 



PAGE: <<  1 2 3  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS for Nepal likely to extend next week
सालीको चाक
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Venezuela TPS lawuit
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Best Consultancy for H1 sponsorship in USA.
Trump admin revokes 18 months TPS extension for Venezuelans
What is the purpose of an F1 student visa in the U.S.?
#MAGA#FAFO is delicious
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Homeowner Charged renting to illegal migrants
Measles vax deaths vs measles death in USA
Why some Nepali people pull each other's legs???
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Travelling to Nepal with expiration less than 6 months
ICE kidnapping people off the streets over op eds
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters