bikash kc
More by bikash kc
What people are reading
Subscribers
Please log in to subscribe to bikash kc's postings.
:: Subscribe
|
राजाका ज्वाइँसँग माओवादी अध्यक्षको भेट भएको खुलासा
|
[VIEWED 2363
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
bikash kc
Please log in to subscribe to bikash kc's postings.
Posted on 05-23-08 4:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
| प्रचण्ड र राजाका ज्वाइँको गोप्य भेटघाट
|
:: समाचार |
| - अमेरिकादर्पण सम्वाददाता |
काठमाडौं, २३ मे/ नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र राजा ज्ञानेन्द्रका ज्वाईं कुमार राजबहादुर सिंहबीच भेटघाट भएको रहस्य आज सार्वजनिक भएको छ । उहाँहरुबीच हिजो रसुवामा भेटघाट भएको थियो । भेटघाटमा पछिल्लो राजनीतिक घटनाक्रमबारे दरबार र माओवादीको दृष्टिकोणबारे छलफल भएको बुझिएको छ ।
राजबहादुरले नै हेलिकोप्टरको व्यवस्था गरी प्रचण्डलाई रसुवा डाकेको स्रोतको भनाई छ । भेट भएको माओवादी नेता सीपी गजुरेलले रिपोटर्स क्लब नेपालको साक्षात्कारमा पुष्टि गर्नुभएको थियो । यद्यपि भेट पार्टीको औपचारिक नीति अनुरुप नभएको गजुरेलले बताउनुभयो ।
जेठ १५ मा बस्ने संविधानसभाको पहिलो बैठकबाट राजतन्त्र अन्त गरी गणतन्त्र घोषणा हुने निश्चित हुँदा राजाका ज्वाईं र संविधानसभा निर्वाचनबाट सबैभन्दा ठूलो दलका रुपमा स्थापित भएको माओवादीका अध्यक्षबीच भेट हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
यसअघि प्रचण्डले राजालाई शान्तिपूर्ण रुपमा नारायणहिटीबाट बर्हिगमनका लागि राजासंग भेट गर्न चाहेको बताउनुभएको थियो ।
| १०-जेठ-२०६५,शुक्रवार |
काठमाडौं। नेकपा माओवादीका वरिष्ठ नेता सीपी गजुरेलले गणतन्त्र नेपालमा आफ्नो दलले राष्ट्रपति र प्रधानमन्त्रीको दुवै जिम्मेवारी लिने बताउनुभएको छ। रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्नुहुँदै उहाँले जनताले आफूहरुलाई ठूलो दलका रुपमा स्थापित गरेकाले गणतन्त्र नेपाल सञ्चालनका लागि दुवै पदको हकदार आफूहरु मात्र भएको जिकिर गर्नुभयो। राष्ट्रपति कांग्रेसले छाड्ला त भन्ने प्रश्नमा उहाँको जवाफ थियो, 'आफू ठूलो दल हुँदा प्रधानमन्त्रीदेखि मुख्य मन्त्रालय नछाड्ने अनि जनताले मत दिइसकेको माओवादीलाई पद छाड्दिन भन्न मिल्दैन।' पद बाँडफाँडको समय नआइसके पनि नयाँ सरकार गठन भएपछि त्यसबारे छलफल हुने बताउनुभयो। तत्कालका लागि कार्यकारी अधिकारसहितको प्रधानमन्त्रीले राष्ट्रपतिको समेत जिम्मेवारी सम्हाल्ने उहाँको भनाइ थियो। नयाँ संविधान निर्माण प्रक्रियामा राष्ट्रपतिको काम कर्तव्यको टुंगो लगाइने बताउनुभयो। आफूहरु तत्काल संविधान संशोधनका पक्षमा नरहेको बताउनुभयो। दुई तिहाइले प्रधानमन्त्री हटाउने प्रावधान कायमै राखेर अघि बढ्नुपर्ने भन्दै अन्य दलले राखेको बहुमतीय प्रावधानलाई अस्वीकार गरिने उहाँको भनाइ थियो। प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले तत्काल राजीनामा दिई नयाँ सरकार गठनको ढोका खोल्नुपर्ने बताउनुभयो। उहाँले राजासँग औपचारिक वार्ता गर्ने वातावरण तयार हुँदै गएको बताउनुभयो। प्रचण्डले राजाका ज्वाइँ राजबहादुर सिंहलाई बिहीबार भेट्नुभएको हो भन्ने प्रश्नमा उहाँले भन्नुभयो, 'भेट भएको हो तर त्यो राजालाई नारायहिटीबाट बिदाइ गर्ने उद्देश्यबाट प्रेरित थियो।' राजाका ज्वाइँलाई भेटी उहाँमार्फत् नारायणहिटी छाड्न आग्रहसतिको पत्र पठाइएको खुलासा गर्नुभयो। पत्रमा के थियो भन्ने प्रश्नमा उहाँले केही बताउन चाहनुभएन। नेपाली कांग्रेसका उपसभापति गोपालमान श्रेष्ठले राष्ट्रपति र प्रधानमन्त्रीको जिम्मेवारी एउटै दलले पाउने अवस्था नरहेको बताउनुभयो। जनताले कुनै पनि दललाई स्पष्ट बहुमत नदिएको बताउँदै भन्नुभयो, 'राष्ट्रपति र प्रधानमन्त्री भिन्न दलले सम्हाल्नुपर्छ भन्ने जनताको म्यान्डेट छ।' माओवादीले आफूहरुले उठाएको सात बुँदे सर्त अस्वीकार गरे सरकार नछाड्ने बताउनुभयो। सर्त अस्वीकार गरिए दुईतिहाइ संविधानसभा सदस्यको मत हासिल गरेर सरकार बनाउन चुनौती दिनुभयो। कांग्रेसमा सत्तालिप्सा नभएको भन्दै डरत्रासको वातावरण अन्त गरे माओवादीलाई एकल सरकार बनाउन सहयोग गर्ने बताउनुभयो। तत्काल संविधान संशोधन गरी सरकार गठनमा बहुमतको व्यवस्था गरिनुपर्नेमा उहाँको जोड थियो। नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले आफ्नो दल पद बाँडफाँडमा नअलमलिने बताउनुभयो। सरकारमा सहभागी नहुने स्पष्ट पार्दै भन्नुभयो, 'हामी राष्ट्रपति, प्रधानमन्त्री या अन्य पदको बाँडफाँडमा अल्झदैनौं।' एमालेले सभामुखको दाबी नगरेको उहाँको भनाइ थियो। माओवादीले सरकारको नेतृत्व गर्न पाउनुपर्ने तर त्यसका लागि उसले युद्धकालीन संरचना अन्त गर्नुपर्ने सर्त अगाडि सार्नुभयो। तत्काल संविधान संशोधन गरी सरकार गठनका लागि बहुमतीय व्यवस्था लागू गर्नुपर्ने बताउनुभयो। राजतन्त्रलाई शान्तिपूर्ण रुपमा बिदाइ गरी राजालाई नारायणहिटी छाड्न लगाइने बताउनुभयो। राजालाई भत्ता दिने कुरा आएको छ नि भन्ने प्रश्नमा ज्ञवालीले भन्नुभयो, 'अब राजालाई भत्ता दिने पक्षमा एमाले छैन। नागरिकका रुपमा उनको जीउको सुरक्षा राज्यले गर्नुपर्छ।' राजतन्त्र ब्यूँतन्छ भन्ने कोरा कल्पना मात्र रहेको बताउनुभयो। राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले तत्काल राष्ट्राध्यक्षको व्याख्या गर्न नमिल्ने जिकिर गर्नुभयो। नयाँ संविधान बनाउँदा राष्ट्राध्यक्षको निर्णय लिइनुपर्ने बताउनुभयो। गणतन्त्र घोषणा गर्दा तपाईंहरु पक्षमा या विपक्षमा कता उभिनुहुन्छ भन्ने प्रश्नमा उहाँको भनाइ थियो, 'जसरी प्रचण्डजीले रसुवामा राजाका ज्वाइँलाई गोप्य रुपमा भेट्नुभयो त्यसरी नै हामी गोप्य मतदान गर्छौं।' सर्वसम्मतबाट संविधान बन्नुपर्ने भन्दै तत्काल प्रधानमन्त्री हटाउने प्रावधान फेर्नुभन्दा अन्य प्रावधान राख्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, 'सरकारको नीति तथा कार्यक्रम निश्चित अवधिभित्र बहुमतबाट पारित नभए सरकार स्वत बिघटन हुने प्रावधान राखिनुपर्छ।' राष्ट्रिय प्रजातन्त्र पार्टीका सहमहामन्त्री खेमराज पण्डितले आफ्नो दलले गणतन्त्रको पक्षमा मतदान गर्ने बताउनुभयो। जनताले गणतन्त्रको पक्षमा म्यान्डेट दिएको बताउँदै भन्नुभयो, 'राप्रपाले गणतन्त्रको ब्यालेटमा मतदान गर्छ।' राजाको कुनै अभ्यास नभएको भन्दै राजाको डर देखाएर जनता आकर्षित गर्ने कसरतको अन्त भएको बताउनुभयो। सहमति र सहकार्यको राजनीति विकास गर्दैै भविष्यका कठिनाइको सामना गर्नुपर्नेमा उहाँको जोड थियो। | |
|
| |
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 90 days
| Recommended Popular Threads |
Controvertial Threads |
| NRN card pros and cons? |
| 2020 : Why No Trump ! |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| NOV 18th TPS DAY |
| BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS |
| EAD Filing |
| legal Query for married nepali girl now have taken US citizenship |
| Tps decision coming or not nov 18 |
| Work Permit |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|