[Show all top banners]

SimpLe_KeTa
Replies to this thread:

More by SimpLe_KeTa
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 आज म मात्तिएर सबै भुल्न चाहान्छु
[VIEWED 20172 TIMES]
SAVE! for ease of future access.
Posted on 09-25-10 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज म मात्तिएर सबै भुल्न चाहान्छु
By: Simple_KeTa

[ यस्लाई सच्याउन, सुधार्न सहयोग गर्नुस पिलिज ]
[Edited x 1]

आज म मात्तिएर सबै भुल्न चाहान्छु
अनि बेहोसिएर केहि जिउन चाहान्छु
आज म मात्तिएर सबै भुल्न चाहान्छु

हिजका यादहरु र भोलिका आशहरुलाई
अनि कर्मका कथाहरु र भाग्यका ब्यथाहरुलाई
आज म मात्तिएर सबै भुल्न चाहान्छु
अनि सबै भुलेर थोरै पिउन चाहान्छु

आज म मात्तिएर सबै भुल्न चाहान्छु

रित्तिएका गिलास र सकिएका बोतलहरुलाई
अनि जिँउदो प्यास र बाँचेका साशहरुलाई
भोलि उठि घाम पानि झेल्नु पर्छ नै
त्यसैले आज म सबै भुल्न चाहान्छु
अनि म पिएर थोरै बहकिन चाहान्छु

आज म मात्तिएर सबै भुल्न चाहान्छु

-------------------------------------------
कृपया कमेण्टस दिनुहोला ।
हतारमा लेखेको छु धेरै गल्ति होलान, औँल्याई दिनुहोला ।
पढिदिनु भएकोमा धन्येबाद ।
Last edited: 27-Sep-10 03:07 PM

 
Posted on 09-25-10 6:23 PM     [Snapshot: 62]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Aeh Gajjab Chha......! Mattinu pardaina. 1/2 Beer khada hundaina....~!
 
Posted on 09-25-10 11:28 PM     [Snapshot: 164]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.
------------------------------------------------------------------
Sanju Baba लाई धन्येबाद छ है ।
          हिजो अलिक हसुरेको मुडमा खै के पो लेखेछु !? अैले फ्रेशमा लाज लाग्दै छ । धत्त, के पो लेखेछु !

Sanju Baba ले मिस्टेकले 1/2 लेख्नु भएछ । नत्र 12 बोतल त घाँटिमै सिद्धिन्छ, पेट सम्म पुग्नलाई त 24 चहिएला ।

------------------------------------------------------------------
धन्येबाद, बहुमुल्य कमेण्टसको लागि ।
.

 
Posted on 09-25-10 11:47 PM     [Snapshot: 180]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

nice one keep it up
 
Posted on 09-26-10 11:54 AM     [Snapshot: 262]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

amitraja जि लाई नमस्कार ।
धन्येबाद ।

-------------------------------------------
होईन हो गाँठे, मैले जे लेखेनि रक्सिकै बारेमा किन हुन्छ हो ?!
-------------------------------------------

 
Posted on 09-26-10 12:24 PM     [Snapshot: 270]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

जिन्दगी त युध्ह हो, मातिएर लडिदैन
जिन्दगी त लक्च्य हो, आतिएर पुगिदैन
हिजो बिर्सेंर के गर्नु, भोली फेरी आज हिजो हुन्छ
जिन्दगी त सम्झना, हो बिर्सेंर बचिदैन


सबै भुलेर पिउदा जिन्दगी पो रित्तिन्छ
बरु पिउन भुल्दा जिन्दगी बाचिन्छ
आज मात्तिएर के गर्नु, भोली फेरी मात्तिनै पर्ने हुन्छ
जिन्दगी त कथा हो, नभनीकन सीध्हिदैन

जिन्दगी त छाया हो, भागेर छुट्टी पाइदैन
जिन्दगी त उपहार हो, नजिती पाइदैन
रि-सेट र रि-वाइन्ड छैन जिन्दगी को
जिन्दगी त एकतर्फी  बाटो हो, फार्किन पाइदैन  
Last edited: 26-Sep-10 07:43 PM

 
Posted on 09-26-10 2:03 PM     [Snapshot: 302]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.
timi_mero_sathi
      जि लाई प्रणाम ।


  सार्है सरल, सुन्दर र सजिलो तरिकाले मातेको मान्छेको मस्तकलाई मिठो माया भरिएको भावनाले भाव बिभोर बनाई बक्सिनु भो ।

हो त नि, यहाँ ले भनि बक्सया झैं जिन्दगि त युद्ध हो अनि एकतर्फी  बाटो हो जहाँ बाट फर्किन पाईदैन । तर के गर्नु ?  कैलेकाँई येस्सो बेस्कन मात्तेर छिमेकिलाई जिस्काउन मन लाग्छ ।  जिस्काएझैं; छिमेकि नि सात वटा छ आफ्नो । पत्याउनु हुन्छ ? काठमाडौं जडयाहाको सहर रे, रक्सि नै नचल्ने कुनै घरै छैन रे !  अनि म नि येस्सो ...

हजुरले सत्य बचन ब्यक्त गर्नु भो, "आज मात्तिएर के गर्नु, भोली फेरी मात्तिनै पर्ने हुन्छ" । हो त नि, येस्सो सोच्छु, घर नजिकको ईनार मा रक्सि उम्रने भए...  ।

"जिन्दगी त कथा हो नभनीकन सीध्हिदैन," येस्सो... म नि हेप्पि मुडमा भा' बेला कथा नै सुनाउन खोज्या हो ? खोई... छिमेकि ले सुन्दैनन् !



धन्येबाद ।
भन्नेलाई फुलको माला, सुन्नेलाई सुनको माला ।
बाई ।

Last edited: 27-Sep-10 12:23 AM

 
Posted on 09-26-10 8:25 PM     [Snapshot: 371]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

la la badhai chha tesoo vayee, tarra feri jutta ko barsa aaula, tyo pani hos garnu hai, hijoo aja ka chimeki ko ke thegan

 
Posted on 09-26-10 10:12 PM     [Snapshot: 400]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

once again, simple keta and tms, you guys are awesome!
 
Posted on 09-27-10 12:28 AM     [Snapshot: 425]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्येबाद मित्र महोदय ।
     अैले हतारमा छु, फेरि पछि लेख्नेछु ।
टा-टा बाई-बाई


 
Posted on 09-27-10 10:17 AM     [Snapshot: 498]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले यहाँ भएको एउटा पोस्ट डिलिट गरेको छुकृपया नरिसाउनु होला ।

मुख्य कारणहरु:
  1. फेसबुकमा भएको अरुको गिति-कविता
  2. टाईप नभएको, फोटो भएको
  3. अशलिल अर्थ निस्कन सक्ने, दुई अर्थ निस्कने
----------------------------------------
  1. गिति-कविता शुन्दर छ । कवि-गितकार म भन्दा माझिएको हुनु हुन्छ ।
  2. आफ्नो ओरिजिनल नाम अथवा पेन नेममा त्यो लेख पोस्ट गर्नुस, म जस्तै अरु पाठकको तारिफ पाउनु हुनेमा म तपाईलाई बिस्वस्त पार्न चहान्छु ।
  3. खुलेर आउनुस । म पेशेवर गितकार, कवि अथवा संगितकार होईन । म जस्तो नाथेले एउटै पेन नेममा अडिएर साझामा ठस-ठसि कन्दै कविता(?) पोस्ट गर्दै आएको छु । तपाईको त्यो पोस्ट दर्हो छ, माझिएको छ, पेशेवर छ । मेरो नेवेदन छ, पिलिज नलुक्नुस ।
मेरो शुभकामना तपाईलाई ।


 
Posted on 09-27-10 12:27 PM     [Snapshot: 529]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

मातिने र मताउनेका माझ मेर दुई शब्दे शितन है!


                 


मुल्य नै मुल्यको यो जमाना


पाचँ पैसे भाव पस्कदै छुँ


पारखीका माझ


अक्षर शब्दका भै दिवाना


पस्कदै छुँ यो साझ


तिम्रो दुई मिनेटका वाह! वाह!


ले नै भाउ बढायो


यो बढ्ने बढाउने


ले मजाले ढाड सेकायो


यस्ता थोत्रे-खोत्रे भाव


किन कस्ले पढोस्


आखिर जे होस्


तिम्रो दुई मिनेटका वाह! वाह


ले ढाड सेकायो


लेख्नु कर्म सम्झि लेखें


भाग्य के लेख्नु


उनी अर्कै सँग पल्केको देखें


मर्का कहाँ पोखुं


भनि यो लेखें


पाचँ पैसे मोल भएछ


उनी तेई चाउरे लाहुरे


सँगै पोईल गै छ


गर्नु गराउनु अब के थियो


तै बासी भात भुटेर खानु थियो


तिम्रो दुई मिनेटका वाह! वाह


थेक्नै गाह्रो भो


हुन लागेको प्यार छुटि


अक्षर शब्दका रचनाकार भो


तिम्रो दुई मिनेटका वाह! वाह ले...


 
Posted on 09-27-10 2:42 PM     [Snapshot: 564]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

subrath

      सर ज्युको  कविताले ।  

"तिम्रो दुई मिनेटका वाह! वाह!" लाई मेरो प्रणाम । शब्द-शब्दमा दम छ ।

        गहिरो दर्शनले भरिएको आधुनिक कविताले  मेरो मन छोयो । सुब्राथजि यस्को मुल्य घटिमा पनि १० रुपैँया होला, कमसे कम एक कप चिया मा त बिक्छ बिक्छ । 

फोर्मुलामा केलकुलेट गरुम है त:

  1. शब्द बनावटि छैन
  2. पढ्न या सुन्न गार्हो छैन
  3. कवि भन्दा स्रोतालाई टार्गेट बढि छ
  4. साधारण पब्लिकलाई टार्गेट गरिएको छ
  5. Thriller/Suspense/Twist छ [Hit formula]

Intro

मुल्य नै मुल्यको यो जमाना (मा) 
पाचँ पैसे भाव पस्कदै छुँ
पारखीका माझ
अक्षर शब्दका भै दिवाना
पस्कदै छुँ यो साँझ

वाह !

Mid Section

लेख्नु कर्म सम्झि लेखें
भाग्य के लेख्नु
उनी अर्कै सँग पल्केको देखें
मर्का कहाँ पोखुं
भनि यो लेखें

गज्जब ! कहानिमा ट्विस्ट आयो । पढ्ने या सुन्नेले आशा गरेको भन्दा फरक आयो । 2nd verse मा कविता लेख्नु को अर्थ खोल्नु पर्छ । "मर्का कहाँ पोखुं भनि यो लेखें" कवि जि सफल हुनु भो ।

Catch

गर्नु गराउनु अब के थियो
तै बासी भात भुटेर खानु थियो
तिम्रो दुई मिनेटका वाह! वाह
थेक्नै गाह्रो भो
हुन लागेको प्यार छुटि
अक्षर शब्दका रचनाकार भो
तिम्रो दुई मिनेटका वाह!

वाह! कस्तो सुन्दर ! 
[यो कवितामा गितकारको गन्ध आउँछ]

धन्येबाद ।



 
Posted on 09-27-10 3:32 PM     [Snapshot: 580]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gr8 one.... keep going !!!

 
Posted on 09-27-10 7:52 PM     [Snapshot: 605]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Simple_Keta जि मेरो लेखाइको  धेरै प्रसन्सा गर्नु भयो भने फेरी म भुत्रुक्कै परुला, 
subrath ji को रचना पनि ज्यादै भाबपूर्ण छ   बेला बेला मा पस्कदै गर्नु होला  

तपाईं र subrath  को रचना  पढेपची मलाई तल का हरफ फुरेर आयो हुन त येस्लाई  माथिकै continue भनेपनी हुन्छ

आन्तिम लक्च्य थाहा भैसकेपछी
छेउको, बिचको के चर्चा भयो र
सबै ब्यथा सुरुमै जानेपछी
जिबन कथा, के कथा भयो र

जिबन त एक सस्पेन्स कहानि हो
पुरा गरे पछी मात्रै थाहा हुन्छ
जिबन त पिकासोको आब्स्त्र्याक्ट्  हो
बुझ्ने ले मात्र स्वाद थाहा पाएको छ


जिन्दगी भाब ले बनेको छ
जिन्दगी सद्भाब ले सजेको छ
पिर, दु:ख त तक्मा हो जिन्दगी को
खुशी र माया त लुकेको छ

 
Posted on 09-28-10 1:50 AM     [Snapshot: 653]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

timi_mero_sathi
           जि लाई नमस्ते ।



          कविता सुन्दर


एब्सट्रयाक्ट
पाब्लो पिकाशो
http://upload.wikimedia.org/wikipedia/en/7/74/PicassoGuernica.jpg
Guernica, 1937, Museo Reina Sofia

माथिको चित्रलाई मैले ब्याख्या गर्न सक्दिन अनि मैले के बुझेँ त्यो पनि भन्न सक्दिन ।

जब म हेर्छु यो चित्रलाई
मेरो:
आँखिभौं तन्किन्छ ।
अनुहार बदलिन्छ ।
कपाल ठाडो हुन्छ ।
आँखाको नानि सानो हुन्छ ।

मुटुको गति तेज हुन्छ ।
मेरो ब्लड प्रेशर हाई हुन्छ ।
मलाई रिँगटा लाग्छ ।
कानमा आवाज आउँछ ।

के येहि हो एब्सट्रयाक्ट ?

-----------------------------------------------------------------------------------

आशा गर्छु मैले भन्न खोजेको कुरो तिमि_मेरो_साथिजिले बुझ्नु हुनेछ ।



 
Posted on 09-28-10 2:33 AM     [Snapshot: 666]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के येहि हो एब्सट्रयाक्ट आर्ट ?

नर्क जस्तो तातो,
शैतान जस्तो कालो,
चुम्बन जस्तो मिठो,
कोजि क्याफेमा जाडो महिना ।

अनि उस्को नरम हात,
अनि मेरो जिँदगिको पशिना,
अनि मेरो सानो डाईमण्ड रिँग,
के येहि हो एब्सट्रयाक्ट आर्ट ?

-------------------------------------------------
timi_mero_sathi लाई समर्पित ।

Last edited: 28-Sep-10 02:59 AM

 
Posted on 09-29-10 11:51 AM     [Snapshot: 739]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

यताको भेलामा म पनि सम्मिलित हुनु पर्यो। हुन त घच्ची घच्ची पोखाईहरु छन यहाँ भावहरुका, तै पनि कोशिसको जमर्को मैले पनि गर्ने आँट गरेँ।


 


--------
अब फेरी बाटो मैले हिन्नु एक्लै पर्ने भो
उस्तै भएर पनि मैले अब हुनु बेग्लै पर्ने भो


नयाँ बाचा अब उस्ले राख्न पर्ने भो रे
पुराना बाचा पनि उस्का अब जिम्मा मेरै भो रे


भर त अब उस्लाई अरुकै हो रे, भन्छे तर "तिमी पराई होइन"
अभरमा अझै सम्झिने "तिमी बाहेक मेरो अरु फेरी कोइ छैन"


मन भरी आगो उसै त आफ्नो, आँधी बनेर उ आई
निभाउन आएकी रे उ आगो भन्थी, डढेलो लगाएर गै


बुझाई उस्ले, उस्को आकास उस्कै घाम् अनि किरणहरु उस्कै
बुझेँ चुपचाप, बादल बनेर मैले अब छेक्न भएन उस्लाई


अब फेरी बाटो मैले हिन्नु एक्लै पर्ने भो
उस्तै भएर पनि मैले अब हुनु बेग्लै पर्ने भो


 
Posted on 09-29-10 4:05 PM     [Snapshot: 778]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep जि,


खाँउ भने पिरतिलाई, धोका हुने डर
नखाँउ त पिरतिलाई, भोकै हुने डर

हिँडूम भने त्यो बाटोमा, उस्लाई भेट्ने डर
नहिँडूम त त्यो बाटोमा, त्यतै पर्छ घर

भाग्य मानु कर्मलाई, सास रोक्ने डर
दुर्भाग्य मानु धर्मलाई, पाप लाग्ने डर

आगो लगाई जलाम भने, गर्मि लाग्ने डर
नजलाम त Simple_KeTo*, बरफ हुने डर

*दिलको जाडो

-----------------------------------------------
Deep जि लाई समर्पित
Deep जि को मिठो भावना पढे पछि नलेखी बस्नै सकिन ।


फेरि लेख्नेनै छु...
बाई


PS: धन्येबाद Deep जि ।
Last edited: 29-Sep-10 04:17 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Best Consultancy for H1 sponsorship in USA.
Trump admin revokes 18 months TPS extension for Venezuelans
Who is hottest nepali female?
NEPAL TPS
Documents instead of Birth Certificate
Now, more than ever, is it a good idea to apply for advance parole?
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters