world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ++चौतारी - भेला विशेषांक++

[Please view other pages to see the rest of the postings. Total posts: 609]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 188063 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 12-18-07 6:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - भेला विशेषांक --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 91 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



जन्मदिनको हार्दिक शुभकामना!
 

जन्मदिनको संगीत


डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी
(पल्लाघरे अन्तरे, अन्तू)
 
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी
(जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)

डिसेम्बर १८: श्री हरि हर हाडा
(हरितालिके, ह्यारी पोट्टर )

डिसेम्बर २१: श्री भउत भाइ भण्डारी
(भौतेकाजी, भ्यागुते महाराज )
 
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
 
डिसेम्बर ३१श्री दान बहादुर दवाडी
(दाने, दानव, डाउनटाउन गाइ)
 

चौतारी भव्य भेला २००७ - नयाँ खर्क

शुभारम्भ:- डिसेम्बर २१, रातको ९ बजे
समापन:- डिसेम्बर २५, दिनको १२ बजे
प्रमुख अतिथि:- भउत भाइ भण्डारी


 
Posted on 12-27-07 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नाइ नाइ नाइ यो पर्बतेले मेरो हात नि चिनेको। अब त्यो दुइता आउँलाको लागि आउथी चै हजुरले किन्दिनुस् न

 
Posted on 12-27-07 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तेइ भन्या ठुलि हात त यती राम्रो भने पछी मान्छे को त के कूरा गराइ भयो र खै
तिम्लाई थाहै रहेनछ ठुलि, अस्ती त्यो वाल स्ट्रीट मा साँढे सँग गाला जोड्या भएर त्यस्तो रातो रातो फोको आको रे डाक्टर ले भन्या भन्थे खै म के जानु


 
Posted on 12-27-07 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Ritthe lolz त्यो साँढे सँग गाला जुधाकोत मैले बिर्सिराको। होला होला तेही भएर एलर्जी भाको होला। खित खित खित


 
Posted on 12-27-07 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा,
आफ्नै अनुभव ले बिक्रेता बनायो कि क्या हो? कती जानेको हो


 
Posted on 12-27-07 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो साँढेको कुरा बन्द नगरे सम्म ठुलि र रिट्ठे संग नबोल्ने, कट्टि!

क्यार्नु पर्वते, चाइन्जो यो भुँडि नभरी बाँच्न नसकिने रेछ, तेसइले कइले ओखती नि बेच्यो यो ज्यानले कइले चटक नि देखाओ एस्तै छ जिन्तखी! बरु क्यारिँदै छ? सपै बेसै होला के रे!


 
Posted on 12-27-07 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिर्खे दा मैले त्यो साँढेको कुरा बन्द गरेर भोटे तल्चा लगाइ दि सके। त्यो रित्थे त हो नि मलाई साँढेको कुरा सम्झाउने

 
Posted on 12-27-07 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुनु जिम्माल बा
निकम्मा अनी बेकम्मा जस्तै हो
नयाँ खर्क को रमाइलो हेरेर बसेको थिए
अब को बेला मा चाँही मलाई नबिर्सिनु होला है

साच्चै मलाई लागेको कुरा के
कसैले रियल नाम बोलाउने दुचेस्टा त गरेन नि?
भौते काजी र पुन्टे दा को साली को भेट भयो कि भएन?
चित्र बादुर किन त्यस्तो लजाको?
स्लिम त एक जना मात्रै(को हो भन्नै परेन)?
धोबिपक्षड मा कुन पार्टी ले जित्यो
पिउने ब्यवस्था चाँही भएन कि क्य हो? (हुन त मदन्बा ले के के भन्दै थियो)
अनी को रैच त बेस्ट कुक?
जवाफ त अौला नि

 
Posted on 12-27-07 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसैले रियल नाम बोलाउने दुचेस्टा त गरेन नि?

गरेनन् कसैले पनि रियल नाम बोलाएनन्, अझै पनि मलाई त २-३ जनाको रियल नाम थाहा छैन।


भौते काजी र पुन्टे दा को साली को भेट भयो कि भएन?

भौते काजी र पुन्टे दा को भेट हुदा साली अर्कैले उडाइसकेको अपुस्ट समाचार आएको थियो।


चित्र बादुर किन त्यस्तो लजाको?

चित्र बादुर लजालु छैन, त्यो त क्यामेरामा मात्र एक्टिङ गरेको।


स्लिम त एक जना मात्रै(को हो भन्नै परेन)?

हाम्पनी सिलिम छम गाँठे, तो फोटो खिच्दा लाएको भोटोले गर्दा मोटो देखिया यो।


धोबिपक्षड मा कुन पार्टी ले जित्यो

श्री बिर्ख बहादुर बोगटिको पार्टीले जित्यो नि भन्नै पर्दैन।


पिउने ब्यवस्था चाँही भएन कि क्य हो? (हुन त मदन्बा ले के के भन्दै थियो)

पिउने व्यवस्था भयो, तर सबै मदनवाले झ्याप पार्यो।


अनी को रैच त बेस्ट कुक?

हे हे हे श्री बिर्ख बहादुर बोगटी नि, पुन्टेन्द्र बिक्रमले आफू भन्दा मिठो बनाउला कि भनेर डाडु पन्यौ समाउन दिएनन्।


 
Posted on 12-27-07 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे! पर्वते जीले मलाइ कुन फोटूमा लजाएको देख्नुभएछ? 

पून्टेदाइको यौटा गाना थियो----
"न्यू योर्कको सडकमा प्याँला प्याँला ट्याउसी...."


 
Posted on 12-27-07 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


पर्बते ज्यु रिएल नाम त कसलेनी भनेन। हाम्लाई त रिएल नाम भन्दा नि साझाइको नाम प्यारो नि। अनी राउसिको त कुरै नगरनुस्। सबै मिलेर एक दिन मा ८-९ घम्पो सकाए अनी रौसी मात्र हो र त्यो के जाती सिगार नि तानेउ। सबै राउसिक खार झ्याप। म मात्रै न-झ्याप खित खित खित।


 
Posted on 12-27-07 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे दाई, ल तपाईंको उत्तर् त बहुत गजब लाग्यो र आँफै हाँस्दै बसें र सोचे कस्तो रमाइलो भएछ, चौतरी भेला म!


 
Posted on 12-27-07 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


व्हेर इज हरी तुदे? हरीईीईीईीईीईीईीईीईीईीईीईीईीईीईीईीईीइी

 
Posted on 12-27-07 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु हेर्नुस् सिगार तनिराको फोटो - ट्री देबिहरुको खित खित्


 
Posted on 12-27-07 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसैले रियल नाम बोलाउने दुचेस्टा त गरेन नि?

हामी त ३,४ दिन चौतारीको नाममै यति रमायौं कि आफ्नो रियल नेम समत झण्डै भुल्यौं। रिट्ठेको घरको दाइ, भाउजूले
समेत मलाइ 'चित्रे' नै भनेर बोलाउनुभयो। हुँदाहुँदा सधैं रियल नेमबाट बोलाउने गरिएको रिट्ठेलाइ समेत दाइले 'रिट्ठे'
भनेर बोलाउन थाल्नुभएछ!


भौते काजी र पुन्टे दा को साली को भेट भयो कि भएन?

अब त भौते काजीले जो भेट्छन्, उनै पून्टे दा को साली पनि हुन्छिन्!


चित्र बादुर किन त्यस्तो लजाको?

ए! बल्ल बुझें, पर्वते ज्यूले हातहरूको फोटूमै भन्नुभएको हो क्यारे! म लजाको कहाँ हो र!हुन पनि सबभन्दा बढी देखिने मैं हु त्यसमा, घाँटी र चिउँडोसम्म देखियाछु। हैन तर तपाइले कसरी चिन्नुभो नि मलाइ
यति सजिलै? 

स्लिम त एक जना मात्रै(को हो भन्नै परेन)?

सिलिम त हामी नि हम्, अलि अलि मसल्सले मात्र भिलेन खेल्यो।


धोबिपक्षड मा कुन पार्टी ले जित्यो

आफ्नो त सेन्टल पार्क छिर्नु भन्दा अघि मान्छे भेट्ने काम पर्यो, पछि हतार हतार जाँदा त धोबिपछाड कार्यक्रम
सकिसक्या रैछ। जसले जिते नि मलाइ त केही फरक परेन, तर जम्मै जना हिलो माटो लागेर चिन्नै गाह्रो भएछन्।


पिउने ब्यवस्था चाँही भएन कि क्य हो? (हुन त मदन्बा ले के के भन्दै थियो)

पिउने व्यवस्था त यस्तो तगडा भो कि पून्टेदाइको घरबाट फर्कंदा भरेङमा जुत्तामा टेक्न पुगेछु, मैले त कस्को खुट्टमा
टेकें भन्ठानेर खाली जुत्तालाइ पो 'सरी' भनेको। यस्सो हेर्दा त मान्छे छैन, जुत्ता मात्र रैछ!


अनी को रैच त बेस्ट कुक?

सब एक से एक कुक नि, आफू बाहेक। म चैं बेस्ट इटर!

ठूली, मलाइ नि सिगार तान्न सिकाइदेऊ न!


 
Posted on 12-27-07 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


याअाअाअहुउुउुउुउुउुउुउुउुउ आज म २:१५ मा घर जाने। भोली बिदा। भाउते दा सँग मजाले दि सि घुम्न जाने अनी आज राती चै म:म खाने रे।
चित्रे तिम्लाई किन सिगार खान सिक्नु परेको नि।

 
Posted on 12-27-07 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सुचना हाम्रो भाउते दा क्यापितल बिल्दिङ्को अगाडि बसेर केटीहरु जिस्काउदै चन रे।


 
Posted on 12-27-07 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह्होऽऽऽ! ठूली त क्या लक्की, २.१५ मै घर जाने!
म:म:को नाम लिने बित्तिकै मेरो मुखमा पानी आइसक्यो! मलाइ फेडेक्स गरेर पठाइदेऊ है!
ल भौतेकाजीलाइ मजाले दुम्सी गाम घुमाउनु।

सिगार खान सिक्यो भने मेरो फोटू नि यसरी नै चौतारीमा टाँसिएला कि भनेर सिक्न खोजेको मैले ठूली!


 
Posted on 12-27-07 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु हेर्नुस् यो आर्को फोटो म्यारिज खेल्दै गरेको। 


 
Posted on 12-27-07 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नेपे दाई खै त मेरो लागि गजल लेख्नु भाको। हिजो देखी हजुरको गजल सुन्न कुरेर बसिराको।तस्बिर ठुल्नानीको खित खित खित।

 
Posted on 12-27-07 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सबै चौतारीको साथीहर कता लगेचन कुन्नी म एक्लै पागल जस्तो बोलिराछु।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
From Trump “I will revoke TPS, and deport them back to their country.”
wanna be ruled by stupid or an Idiot ?
How to Retrieve a Copy of Domestic Violence Complaint???
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters