ashu
Replies to this thread:

More by ashu
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Nepali typing in 1 hour

[Please view other pages to see the rest of the postings. Total posts: 262]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 NEXT PAGE
[VIEWED 125056 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 14 pages, View Last 20 replies.
Posted on 11-20-04 9:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yes, thanks to writer Kedar Sharma's encouragement, I too learnt to type in Nepali
this past week-end in about an hour.

Yes, that's true -- in about an hour.
Was amazed by the experience.
Did not know that Nepali typing in Unicode was/is so easy.

I would recommend this to you all, if you don't know this nice little secret
already.

As they say, a good thing like this is to be shared widely.

oohi
ashu

 
Posted on 05-07-05 8:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओकेजी,
मैले पनि सिके युनिकोड!
 
Posted on 05-07-05 8:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks ok,
don't know why i didn't download this great stuff all these months. was just plain lazy. it should take me a couple of hours to type with ease. yes, i can type on Ms word also now in nepali.
 
Posted on 05-08-05 9:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओके जी,
यो सन्देश म यहाँ र "मञ्जु मलाई माफ गर है" दुवैतिर राख्दैछु। धेरै राम्रो लागेपछि यस्तै हुँदो रहेछ। मैले त तपाईँलाई नेपाली भाषामा लेख्‍न खोज्ने व्यक्ति मात्र ठानेको थिएँ। त्यहाँको तपाईँको लेखन पढेपछि जानेँ, तपाईँ त खास्साको लेखक नै हुनुहुँदो रहेछ।

तपाईँको लेखनको म हार्दिक प्रशंसा गर्छु। ह्रस्व दीर्घ मिल्दैन भनेर पीर नमान्नु भए हुन्छ। मिले सुनमा सुगन्ध हो तर सुगन्ध नभए पनि सुन सुनै हो। भाषालाई शुद्ध बनाउने काम प्रुफ रिडरहरूले पनि गर्न सक्छन्। तर विचार र अनुभवलाई अक्षर बनाउने काम लेखकले मात्र गर्न सक्छन्।

तपाईँहरू सबैले अनुभव गर्नुभयो होला, ओके जी लगायतका नेपाली साथीहरूको कलम (लेखन) मा नेपाली युनिकोडले प्राण थपेको छ।

सबै मिलेर यो अभियानलाई अघि बढाऊँ। नेपालीले नेपालीलाई नेपालीमा लेखौँ। अनि सबैले युनिकोड चलाउन थाल्छन् र सबैको लेखन बलियो हुन्छ।
केदार
 
Posted on 05-17-05 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

How to put that thing on top of इ ?I just copied this from top "ई" ?
 
Posted on 05-25-05 2:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ई लेख्‍नलाई {/[ लाई shift गरेर थिच्ने।{/[लाई त्यत्तिकै दाबे इ मात्र हुन्छ।
 
Posted on 05-25-05 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले नेपाली युनिकोडका बारेमा एउटा नयाँ कुराकानी को श्रृङ्खला सुरु गर्न खोजेको, जानिँन। कसैले सिकाइदिनु हुन्थ्यो कि?
 
Posted on 05-25-05 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केदार जी,तपाइँको समस्?याको लागि यो धागोको top right hand corner मा start a new thread मा click गर्नुस्?, या homepage को कुराकानीमा add मा click गर्नुस्?। र मलाइ एउटा
कुरा सिकाइदिनुस्?। मेरो computer मा संयुक्?त अक्षर लेख्?दा ठीक हुन्?छ, तर साझामा
लेख्?दा बीचमा '?' चिन्?ह आउँछ। यसलाई कसरी सच्?याउने?
 
Posted on 05-25-05 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ कुराकानी शुरू गर्दा subject मा धागोको नाम राख्?नुस्? र submit new topic
भन्?ने button दबाउनुस्?।
 
Posted on 05-25-05 4:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

anybody know how to use this Unicode in MSN online ?
 
Posted on 05-25-05 8:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विश्वको नक्शा ॥:
नेपाली युनिकोड रोमनाइज्डमा टाइप गर्दा यस्तो आउन्न कि साथि ।
जाभा ॥:
अनि एम एस एन मा पनि मजाले चल्छ Alt+Shift थिचेर टाइप गर्दा , मेरो मा त ' T ' जस्तो लाइन आउछ अनि टाइप गर्छु म नेपालिमा , त्यहि ट्राई गर्ने कि ।
पण्डित
 
Posted on 05-26-05 3:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

??????? ?? ?????? ??? World map ? JAVA ??? ???? ???? ???????
 
Posted on 05-26-05 3:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

?? ??, ?????? ????? ????? ???? ??????? ??? ???? ????? ??? ???? ? ???? ????, ???? world map ? Java ??? ???? ??????? ?????? ????? ??????? ????? ????? ????
 
Posted on 05-26-05 3:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

??????? ??????? ??????? ???????
??????? ??????? ??????? ???????
 
Posted on 05-26-05 3:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टेस्टिङ
 
Posted on 05-26-05 3:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन केदार जी, के टाइप गर्नु भएको? म त '????' मात्र देख्?छु त। नयाँ धागो शुरू गरौं न त।
 
Posted on 05-26-05 4:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माफ पाउँ है मित्रहरू। कत्ति न युनिकोड जान्ने पल्टिँदा पल्टिँदै मेरै लेखाइले हावा खायो। World map जी, तपाईँको character incoding नमिलेको हुन सक्छ।view मा गएर character incoding मा WESTERN -ISO-8859-1 मा लगाएर हेर्नुस् न।
भए नभएको खबर पाऊँ है।
 
Posted on 05-26-05 4:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मेरो पनि 'टेस्?टिङ्?' !!!
 
Posted on 05-26-05 4:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

World map जी, तपाईँ on line नै हुनुहुन्छ जस्तो छ। मैले युनिकोडका बारेमा आफैँले लेखेको लेख राख्न खोजेको हूँ। यहीँ राख्न बेस कि नयाँ धागो थाल्नु राम्रो?
 
Posted on 05-26-05 4:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो केदारजी म अनलाइन नै छु। अर्कै thread शुरू गर्दा राम्रो होला।
 
Posted on 05-26-05 4:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कखरा चिन्ने कम्प्युटर


- केदार शर्मा
"अब भने कम्प्युटरले नेपाली भाषा बुझ्ने भयो।"
यो भनाइले उब्जाउने प्रश्न हो, के त्यसोभए अहिलेसम्म कम्प्युटरले नेपाली बुझेको थिएन त?
हो, नेपाली भाषामा कम्प्युटर-कर्म हुन थालेको १८/२० वर्ष भइसक्दा पनि कम्प्युटरले नेपाली भाषा बुझेको थिएन। अर्थात् नेपालीलाई कम्प्युटरले बुझ्ने भाषामा हालिएकै थिएन। अहिलेसम्म कम्प्युटरबाट वर्ड प्रोसेस गरिएका लाखौँ पाना कागज छापिए होलान् तर ती सबै नै सुगाले "गोपी कृष्ण कहू" भने जत्तिकै मात्र थिए। स्वीच थिच्दा आउने Start देखि बन्द गर्दाको Turn off सम्मका सबै कुरा नै अङ्‌ग्रेजीमा हुन्थे। अङ्‌ग्रेजी अक्षर नचिन्ने अर्थात् नेपाली मात्र जान्ने मान्छेले कम्प्युटर चलाउन जान्ने दिनको कल्पना पनि थिएन। तर अब दिन फेरिए। अब भने कम्प्युटरले नेपाली भाषा साँच्चै नै बुझ्ने भयो।
अब संसारका कुनै पनि कुनामा गएर, जुनसुकै कम्प्युटरमा, आफ्नु फन्ट नहालिकन इन्टरनेटमा नेपाली पत्रपत्रिका पढ्न सकिने भएको छ। फन्टको कुनै गडबडी बिना नै नेपालीमा ईमेल लेख्‍न पढ्न पाइने भएको छ। पढ्न लेख्‍न मात्र होइन, कम्प्युटरले अङ्‌ग्रेजीमा गर्नसक्ने सबै कुरा नेपालीमा पनि गर्न सकिने बाटो खुलेको छ। अब नेपाली भाषा पनि सूचना प्रविधिको विश्वव्यापी सञ्जालको सक्षम सदस्यका रुपमा उभिएको छ।
कम्युटरलाई नेपाली बुझाउन पनि गाह्रो छैन। कुनै हार्डवेयर थप्नु पर्दैन, सफटवेयर पनि किन्नु पर्दैन। यसका लागि चाहिने सफ्टवेयर 'नेपाली युनिकोड' (www.mpp.org.np मा) सित्तैमा पाइन्छ। विन्डोज २००० वा विन्डोज एक्सपी वा त्यसभन्दा माथिको अपरेटिङ सिस्टम भए पुग्छ। लिनक्समा पनि नेपाली चल्ने भइसकेको छ।
कम्प्युटरले नेपाली बुझ्न थालेको भर्खरैदेखि मात्र हो। करीब डेढ वर्ष अघि मदन पुरस्कारको पुस्तक सूचिलाई कम्युटरमा राखेर नेपाली युनिकोडलाई सार्वजनिक गरिएको थियो। सुरुमा त चलन चल्तीका विभिन्न फन्ट पिच्छेका अन्तरहरू सम्झिनैमा हैरान भएका कम्प्युटर प्रयोग कर्ताहरूलाई 'युनिकोड भनेको के हो के हो' भनेजस्तो भएको थियो। तर पनि उत्सुकता राखेर चलाउनेहरूलाई चाँडै नै नेपाली युनिकोड मनपर्न थाल्यो। यसको कारण हो युनिकोडको वैज्ञानिकता।
युनिकोड वैज्ञानिक त छँदैछ, धेरै हिसाबले परम्परागत नेपाली फन्टहरू चलाउनभन्दा यो सजिलो पनि छ। नेपाली युनिकोडका लागि परम्परागत फन्टहरू टाइप गरेजसरी 'ट्रेडिशनल की बोर्ड' को प्रयोग गर्न सकिन्छ या रोमनमा लेखेर (उदाहरणः nepal= नेपाल, ram= राम, himal= हिमाल, BIm= भीम, bim= बिम, cil= छिल, CIl= चील) पनि नेपाली अक्षर निकाल्न सकिन्छ । अर्थात् नेपाली युनिकोड चलाउनका लागि पहिले सिकेका कुरा बिर्सिने र नयाँ सिक्‍ने झन्झट छैन। यसका केही फन्टहरू विन्डोजका पछिल्ला संस्करणहरूमा रहेरै आएकाले यो झण्डै झण्डै विश्वव्यापी भइसकेको छ।
कम्प्युटरमा नेपाली भाषाका प्रयोगकर्ताहरूलाई सबभन्दा मनपर्ने कुरा हो, परम्परागत नेपाली फन्टहरूमा जस्तो युनिकोडमा Alt थिचेर अङ्कहरू थिच्ने झन्झट छैन । प्रीति मा 'द्व' लेख्‍नु पर्‍यो भने Alt+0292 हान्‍नु पर्छ, वा 'द्म' लेख्‍नु पर्‍यो भने Alt+0223 हान्‍नु पर्छ, वा ' घ्‍ ' लेख्‍नु पर्‍यो भने Alt+0163 हान्‍नु पर्छ । युनिकोडका प्रयोक्ताहरूले यस्तो केही पनि गर्नु पर्दैन। युनिकोडमा द+्(हलन्त)+म = 'द्म' हुन्छ, घ+्(हलन्त)+ = 'घ्‍' हुन्छ, द+्(हलन्त)+व = 'द्व' हुन्छ। परम्परागत फन्टहरूमा दीर्घ रु अर्थात् 'रू' निकाल्नका लागि Alt+0191हान्‍नु पर्ने झन्झट भएकाले 'हरू' लेख्‍नु पर्ने धेरै ठाउँमा 'हरु' लेख्‍ने चलन व्यापक भएको छ। कतिले "रु पनि ह्रस्व र दीर्घ हुन्छ र? एउटै त हो नि!" भनेको पनि सुनिन्छ। अब यो पनि सजिलो भएको छ। 'र' लेखेर 'ू' अर्थात् दीर्घ ऊकार हान्‍ने बित्तिकै 'रू' हुन्छ । यसरी नै चल्तीका परम्परागत फन्टहरूमा नभएका तर नेपालीमा चाहिने श्व, ष्ट्र, त्त्‍, त्र्य, ह्म, जस्ता अक्षरहरू पनि यसबाट सजिलै लेख्‍न सकिन्छ। द+्(हलन्त)+य= 'द्य' हुन्छ भन्ने कुरा टाइप गर्दा नै देखेपछि त मानिसहरूले "विद्‍या" लाई "विध्या", "उद्‍योग" लाई "उध्‍योग" भन्न पनि छाड्लान् कि ? यसले नेपाली बोल्दा हुने उच्चारण दोष घटाउन पनि मद्दत गर्ला कि ? आशा गर्ने ठाउँ धेरै थपिएका छन्।

एकछिन पुरानै कुरा गरौँ
नेपालीमा कम्प्युटरको प्रयोग लेख्‍न-छाप्न वा डेस्कटप पब्लिकेशनमा मात्र सीमित रहेको छ भने पनि हुन्छ, त्यो पनि निकै सीमित रुपमा। परम्परागत फन्टहरूमा लेख्‍न मिल्छ तर लेखिएका कुरालाई शब्दानुक्रम वा सङ्ख्यानुक्रममा मिलाउन मिल्दैन। नेपालीमा डेटाबेस बनाउने भन्ने कुरा त सम्भवै छैन। झण्डै डेढ दशक अघि मदन पुरस्कार पुस्तकालयले आफूसित भएका किताब र अन्य सामग्रीहरूको फेहरिस्त तयार गर्न निकै समय र पैसा खर्च गरे तापनि यही सीमाका कारण त्यो काम पूरा नभएको पुस्तकालयाध्यक्ष कमल दीक्षितको कथन छ।
एककिसिमले भन्ने हो भने 'ट्रू टाइप फन्ट' भनिने अहिलेसम्म चल्तीमा रहेका अक्षरहरूलाई हामीले नेपाली नै देखे-पढे पनि कम्प्युटरका लागि तिनीहरू फरक ढाँचाका अङ्‌ग्रेजी अक्षर मात्र हुन्। प्रीति, कान्तिपुर, हिमाली, जगहिमाली जस्ता चल्तीका फन्टहरूको उदाहरण दिएर भन्ने हो भने कम्प्युटरले 'ब' भनेको a , 'क' भनेको s , 'म' भनेको d, आकार भनेको f, 'न' भनेको g र 'ज' भनेको h मात्र बुझ्छ। त्यसैले कुनै शब्दहरूलाई वर्णानुक्रममा मिलाउन सक्दैन। प्रयासको परिणाम हास्यास्पद हुनजान्छ। केही नामहरूलाई वर्णानुक्रममा राख्‍ने प्रयास गरेर हेरौँ :
क्रमशः
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
рд╢реНрд░рд╛рджреНрдж
TPS Re-registration
рд╕реЗрдХреНрд╕реА рдХрд╡рд┐рддрд╛ - рдкрд╛рд░реНрдЯ реи
What are your first memories of when Nepal Television Began?
рдкрд╛рдк рди рд╕рд╛рдк рдШреЛрдкреНрдЯреЛ рдкрд╛рд░рд┐ рдерд╛рдк !!
рдкреБрд▓рд┐рд╕рдиреА рд╕рдВрдЧ - рдЖрдЬ рд╢рдирд┐рд╡рд╛рд░ - рдЕрдиреНрддрд┐рдо рднрд╛рдЧ
рдирд┐рдЧреБрд░реЛ рдерд╛рд╣рд╛ рдЫ ??
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
рдореЗрд░реЛ рдЕрдореНрд░рд┐рдХрд╛ рдпрд╛рддреНрд░рд╛ -реи
Do nepalese really need TPS?
рдХрддрд╛ рдЬрд╛рджреИ рдЫ рдиреЗрдкрд╛рд▓реА рд╕рдорд╛рдЬ ??
susta manasthiti lai ke bhanchan english ma?
рдХреГрд╖реНрдг рдиреИ рдЕрдиреНрддрд┐рдо рд╕рддреНрдп
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters