ashu
Replies to this thread:

More by ashu
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Nepali typing in 1 hour

[Please view other pages to see the rest of the postings. Total posts: 262]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 NEXT PAGE
[VIEWED 124986 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 14 pages, View Last 20 replies.
Posted on 11-20-04 9:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yes, thanks to writer Kedar Sharma's encouragement, I too learnt to type in Nepali
this past week-end in about an hour.

Yes, that's true -- in about an hour.
Was amazed by the experience.
Did not know that Nepali typing in Unicode was/is so easy.

I would recommend this to you all, if you don't know this nice little secret
already.

As they say, a good thing like this is to be shared widely.

oohi
ashu

 
Posted on 03-25-05 8:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई त पण्डित नै बनाइदिनु भयो। तर म रोमनाइज्ड उति जान्दिन। यसरी नै जानेको कुरा भन्ने ठाउँ नै त साझा चौतारी हो नि।
धन्यवाद।
केदार
 
Posted on 03-25-05 9:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले Kathmanduite जी ले जसरी नै हामी सबैले आफुले जानेका कुरा भन्ने ठाउँ नै त चोतारी हो नि, जानेका कुरा भनिदिनु भएकोमा धन्यवाद भन्न खोजेको, कुरा छुटेछ। अन लाइन लेख्ने उति अभ्यास पनि छैन। छुटपुट कुराका लागि माफी पाऊँ।
 
Posted on 03-25-05 9:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मित्र हरू,

नेपाली यूनिकोड चलाउन केही समस्याहरू भए, कृपया info@mpp.org.np मा आफ्ना समस्या अथवा सुझावहरू पठाइदिनुहोला। हामी सके सम्म चाँडो उत्तर पठाउने छौं। नेपालमा भएका मित्रहरूले ५५२१३९३ मा फोन गर्नुभए हुन्छ।

भवदीय,
अमर
 
Posted on 03-25-05 10:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रहस्यमय कुरा सुन्दा निकै रमाईलो लाग्यो । मलाई पनि नेपाली ट।ईप गर्न अ।यो । धन्यबाद धेरै धेरै धन्यबाद । अब देखि म पनि नेपाली मै लेख्ने गर्दछु । मलाई हाम्रो नेपाली भ।ष। मा नै लेख्न पाएको हुनाले धेरै खुशि लागेको छ । म जस्ता धेरैले पहिले नेपाली भ।ष। मा ट।ईप गर्न धेरै गार्हो हुन्छ भन्ने हरु को लागि त यो झन अति नै रमाईलो कुरा भयो । यो युनिकोड को यस कार्यक्रम देखेर नेपाली
हरु को है।सला बढने मा म बिश्बस्त छु ।
 
Posted on 03-25-05 11:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो। युनिकोडले गर्दा नेपाली टाइप धेरै नै सजिलो भएको छ। यसो हेर्दा त यो साझा डट कम लाई पनि नेपालीकरण गरिएमा राम्रो हुन्छ जस्तो लाग्छ। कसो साथी हो? प्रयास गर्ने हो कि?
 
Posted on 03-25-05 11:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wow!!

All these positive sentiments about Nepali unicode makes me feel good too.
Welcome, Kedar-ji, to Sajha.com

To me, the sentiment expressed in this whole thread is similar to:

Introducing two fabulously wonderful people to one another, and then happily
watching them fall in love with one another!! :-)

oohi
ashu
 
Posted on 03-26-05 12:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केदार जी र अमर जी,
यहाँ नियमित रुपमा पाल्नु भएमा हामी आभारी हुने छौँ। अब नजानेको कुरा त्यतिबेला त्यतिबेला निस्किन्छ के।
एकै मुस्ट सोध्न पनि गाह्रो हुने रैछ।

आशु,
यो तलको हरफले के भन्छ रे?

... नेपालीले नेपालीलाई नेपालीमा लेखौँ....

 
Posted on 03-26-05 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वागतका लागि धन्यवाद। हामी अवश्य आउनेछौँ।

हाम्रो उद्देश्यः
नेपालीमा कम्प्युटर, कम्प्युटरमा नेपाली
 
Posted on 03-26-05 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै धरै धन्यब।द, एक अर्काको सहयोगले नै यो देश को केही बिकास हुन सक्दछ । त्यो नबुझ्ने प्रशस्त नेपाली होलान तर हामीले त्यो उनीहरुलाई बुझ।उनु प्र्छ ।?????.. फेरि अ।त्म। देखि धन्यब।द ???.
 
Posted on 03-26-05 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो!
नेपाली लेखन िसकेने बािन बसदेे छ
 
Posted on 03-27-05 7:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथी नेपाळी लेखन त जाने।तर कुरा के भने कमपयुतर नया लेखेर कसरी शेभ गरन सकिनछ?
जसरी microft word मा लेखीनछ ?
नेपाळी आसुध भयकोमा वमा चाहनछु्

 
Posted on 03-27-05 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिमाली केटो जी,
तपाईले कम्पुटरमा युनिकोड install गर्नुभएपछि Word, Notepad वा अरु कुनै Editor मा नेपाली टाइप गर्न सक्नुहुन्छ। तपाईले जुन window मा नेपाली टाइप गर्न चाहनुहुन्छ त्यहाँ माउस क्लिक गरेर Alt+Shift क्लिक गर्नुस, अनि टाइप गर्न थाल्नुस। अनि save गर्न फाइलको नाम दिंदाचाहिं फेरी Alt+Shift गर्नु होला र फाइलको नाम अंग्रेजीमा टाइप गर्नुस। अनि त भइहाल्यो नि। धन्यबाद।
 
Posted on 03-28-05 2:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथीहरु

म जव माईक्रोसफ्ट वर्डमा टाईप गर्छु तव मैले टाईप गरेको ठाँउ भन्दा अलिक पर (right side ma) लेखिन्छ । अनि करेकशन गर्दा पनि क्रसरको ठाँउ भन्दा अर्कै ठाँउमा पो लेखिन्छ । फेरी अक्षरहरु पनि पातलो र छुट्टा छुटै देखिन्छ । जस्तै ओके लेखें भने "ओ के" हुन्छ । अनि "के" को ठाँउमा क्रसर राखेर करेकशन गर्दा "ओ" पो करेक्ट हुन्छ । के भर यस्तो भको होला ? अनलाईन टाईप गर्दा, वर्ड प्याडमा र ईमेलमा चाहीं प्रोवोलम हुन्न ।

Thank you in advance

उहि तपाईहरुको
ओके


 
Posted on 03-28-05 6:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ok जी,
माईक्रोसफ्ट वर्डको कुन version हो, तपाईको?

XP मा त्यो समस्या हुँदेन् तर windows 2000 वा windows 98 मा मलाई पनि तेही समस्याले सताएको थियो। सफ्टवेर अपडेट गन्रुपर्ला है।
 
Posted on 03-28-05 7:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो समसया पनी लगभग आेके जी को जसतैे हो microsoft or word pad मा नेपाळी नैै लेखीनन!सायद down load गरेको मीलेन की? सहयोग को आश गरेको छ,!
 
Posted on 03-28-05 7:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कम्प्युटर चलाउने नेपाली भाषा


विनयकुमार कसजु

- सूचना प्रविधिको उपयोग नगरी कुनै पनि क्षेत्र अघि बढ्न नसक्ने स्थिति नेपालमा पनि आइसकेको छ । तर, सूचना प्रविधि सञ्चालन गर्न चाहिने नेपाली भाषाको विकास नहुँदा एकातिर सूचना र ज्ञानको खाडल बढिरहेको छ भने अर्कोतिर अंग्रेजीमा सञ्चार गर्न नसक्ने झन्डै नब्बे प्रतिशत जनताको विकास अवरुद्ध हुने अवस्था आउँदैछ ।
कठिन ठानिएका कतिपय भाषामा कम्प्युटर चल्न सक्छ भने नेपालीमा किन चल्न सक्तैन ? यदि नेपालले सूचना प्रविधिबाट लाभ लिने हो भने कम्प्युटरमा नेपाली भाषामा टाइप गरेरमात्रै अब काम चल्दैन भन्ने स्पष्ट भइसकेको छ ।

कम्प्युटरको पर्दामा नेपाली अक्षर देखिनु र कम्प्युटरले नेपाली भाषामा दिएको आदेश -कमान्ड) अनुसार काम गर्नु धेरै फरक विषय हो । अहिलेसम्म नेपाली भाषाले दिएको आदेश कम्प्युटरले बुझ्ने प्रविधि हाम्रोमा चलिसकेको छैन । 'अब नेपाली भाषामा कम्प्युटर चल्ने' शीर्षकका समाचार मिडियामा आउन थालेको चाहिँ पाँच/छ वर्षै भइसक्यो । उच्चस्तरीय सूचना प्रविधि आयोगअन्तर्गतको एउटा कार्यदल नेपाली भाषालाई कम्प्युटरअनुकूल बनाउने प्रयासमा लागेको खबर आउन थालेको पनि धेरै वर्ष भइसकेको छ । मदन पुरस्कार पुस्तकालयसमेत संलग्न कार्यदलले नेपाली युनिकोड तयार पारेर वेबसाइटमा राख्न मिल्ने नेपाली फन्ट तयार पारेको छ । र, अहिले केही वेबसाइटले यसलाई अपनाउन थालेका छन् । तर, नेपाली भाषामै कमान्ड दिएर कम्प्युटरले काम गर्ने अवस्था प्रचलनमा आइसकेको छैन । जबसम्म यो सहज हुँदैन तबसम्म नब्बे प्रतिशत नेपालीका लागि कम्प्युटर भनेको आकाशको फलजस्तै हुनु स्वाभाविक छ ।

नेपाली भाषामा कम्प्युटर चलाउने प्रविधि विकास नहुनुको पछाडि विभिन्न कारण हुनसक्छन् । एउटा प्रमुख कारण बजारको अभाव हो । नेपाली प्राविधिकले विश्वस्तरकै सफ्टवेयर स्वदेशमा बनाएर विदेश निर्यात गरिरहेका छन् । तर, साइबर कानुनको अभाव र अपर्याप्तता, कपीराइट कानुनको अपर्याप्तता तथा नेपालीमा बनेका सफ्टवेयर बेच्ने बजारको अभावले नेपाली भाषी सफ्टवेयरको उत्पादन हुनसकेको छैन । नेपाली भाषाको हिज्जे जाँच्ने एउटा सफ्टवेयर बन्यो भने किन्ने कति होलान् ? एउटा बिकेपछि त्यसको कपी गरेर उपयोग गर्ने कति हुन्छन् ? बजारको ग्यारन्टी नभएसम्म उत्पादक अगाडि आउने सम्भावना देखिँदैन । यस्तोमा सित्तैमा बाँड्ने सफ्टवेयर विकास गर्ने सम्भावना मात्रै बाँकी रहन्छ । यसका लागि दाताको मुख ताक्नुपर्ने हुन्छ ।

अर्को सम्भावना के छ भने नेपाली भाषाको मूल र स्वभाव हिन्दी, गुजराती आदि भारतीय भाषासँग मिल्छ । अधिकांश नेपाली बिनामिहिनेत हिन्दी बुझ्न र लेख्न सक्छन् । हिन्दी बोल्ने जनसंख्या ठूलो छ र बजार पनि । अतः हिन्दीमा कम्प्युटर चलाउन गरिएका प्रयास र नेपालीमा गरिने प्रयासबीच समन्वय भएमा सजिलो हुनसक्छ । हिन्दी भाषामा नपाइने तर नेपालीमा प्रचलित केही अक्षर जस्तै आधा र -र्?) जस्ता केही चिह्न वा नेपालीका लिपिगत विशेषतालाई थप्नुपर्ने हुन्छ । हिन्दी र नेपाली भाषाबाट कम्प्युटर चलाउने काममा एकरूपता आयो भने नेपाली प्रयोगकर्ताको पहुँच हिन्दीभाषी वेबसाइटमा भएका विशाल सामग्रीसमक्ष सहज रूपमा हुन्छ । यसरी हामीले दोहोरो लाभ पाउन सक्छौं ।

नेपालीमा कम्प्युटर, इमेल, इन्टरनेट चलाउन सकिए तापनि उपयोगी र सान्दर्भिक विषयवस्तु/सामग्रीको निक्कै अभाव छ । वेबसाइटमा उपलब्ध अधिकांश सामग्री अंग्रेजीमा छन् । यो अभाव पूरा गर्न धरै विद्वान् तथा विद्यार्थी तथा स्वयंसेवी संस्था र व्यक्तिको खाँचो हुन्छ । दैनिक जीवनका उपयोगी

विषयवस्तु, सरकारी, शैक्षिक, स्वास्थ्य तथा जीवनोपयोगी सबै विषयका सामग्रीले वेबसाइट खचाखच भर्नुपर्छ । धेरै कुराको अनुवाद गर्नुपर्ने हुन्छ र दक्ष अुनवादकको खाँचो पर्छ । वेबसाइटमा निःशुल्क उपयोग गर्नसकिने सामग्री राख्नुपर्छ ।

भारतीय उपमहाद्वीपका देशमध्ये नेपालमा मात्र अंग्रेजी शासन भएन र अंग्रेजी भाषा सरकारी कामकाजको भाषा बनेन । यो गौरवको कुरा हो । तर, यो क्षेत्रका अन्य मुलुकको तुलनामा नेपालमा अंग्रेजी भाषाको जग कमजोर हुनुको प्रमुख कारण पनि यही हो । अहिले आएर अंग्रेजी भाषाले अन्तर्राष्ट्रिय रूप लिइसकेको छ र सूचना र ज्ञानको लागि अंग्रेजी भाषा जान्नु अपरिहार्य भइसकेको छ । वेबसाइटमा उपलब्ध सामग्रीमध्ये अधिकांश अंग्रेजीमा भएकाले त्यहाँ पाइने असंख्य ज्ञान र सूचनामा पहुँच हुन त्यो भाषा जान्नै पर्छ । जति प्रयास गरे पनि नेपाली भाषाका सामग्रीले वेबसाइट भर्न सम्भव छैन । अतः हाम्रो शिक्षा नीति र पाठयक्रममा पनि यसैअनुसार सुधार गर्नु अवश्यक छ ।

नेपाली भाषाको लेख्य परम्परालाई कम्प्युटरमा मात्र होइन, चलनचल्ती र दैनिक व्यवहारमा पनि सरल र सहज बनाउनु आवश्यक छ । यसको लागि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको 'नेपाली बृहत् शब्दकोश' मा संस्कृतबाट आएका तत्सम शब्दबाहेक अन्यबाट आएका आगन्तुक शब्दको लेखन सम्बन्धमा थालिएका सरल नियम पालन गर्नु उपयुक्त देखिन्छ । हालै प्रकाशित 'प्रयोगात्मक नेपाली शब्दकोश' ले केही बाटो देखाएको छ । तर, त्यसमा पनि व्यापक सुधार हुनुपर्ने देखिन्छ । पदयोग र पदवियोगको धेरै पहिलेदेखि चलेको किचलो र भ्रमलाई हटाउन हिन्दी भाषाले जस्तै केही नयाँ र व्यापक निर्णय लिनु उपयुक्त देखिन्छ । नेपाली भाषालाई अझै सरल र व्यावहारिक बनाउन थप केही कदम चाल्नु आवश्यक छ । जस्तै ः शिरविन्दु र चन्द्रविन्दु दुवैका लागि एउटै चिह्न वा शिरविन्दुमात्र प्रयोग गर्दा फरक पर्दैन । केही अपवादलाई कायम गर्न सकिन्छ ।

देवनागरी लिपिको हलन्त -आधा) ङ, ञ, ण, न, र म जोडेर बन्ने शब्द, जस्तै सङ्कलन, सञ्चार, काण्ड, बन्दा जस्ता शब्द लेख्दा आधा अक्षरको सट्टा शिरबिन्दु प्रयोग गर्नाले सजिलो र कम्प्युटरको की-बोर्डलाई पनि धेरै हलुका हुन्छ ।

संसारका सबै प्रमुख देशले अंकको लेखाइमा रोमनलाई नै मान्यता दिइसकेका छन् । भारत, चीन, जापान तथा अरब देशमा पनि उनीहरूको भाषा र लिपि आफ्नै भए तापनि अंक लेख्दा अन्तर्राष्ट्रिय प्रचलनअनुसार नै लेख्छन् । नेपाली भाषामा अहिले पनि केही अंकका लागि धेरै चिह्न प्रचलित छन् । जस्तै नौ धेरै तरिकाले लेखिन्छ । नेपाली गाडी विदेशमा लैजाँदा तिनको नम्बर प्लेटले काम

दिँदैन । त्यस्तै नेपाली अंकमा लेखिएका मालसामानको बिल-भर्पाइ, परीक्षाफल आदि अनेकौं कुरा विदेशमा देखाउँदा समस्या पर्छ । यसैले नेपालमा पनि जतिसकेको चाँडो अन्तर्राष्ट्रिय प्रचलन अनुसारको अंकचिह्न व्यवहारमा ल्याउनु आवश्यक छ । अरू भाषाबाट शब्द र चिह्न लिँदा बेइजत हुँदैन बरु धनी

भइन्छ । यसो गर्नु भाषाको गतिशीलताको परिचायक पनि हो । अंग्रेजीले जति शब्द अरू भाषाबाट लिएको छ त्यति अरू कुन भाषाले लिएको होला ? यसैले त आज अंग्रेजी गतिशील र धनी भाषा बनेको छ ।

अंग्रेजी भाषा प्रयोग गर्न नसक्ने अधिकांश नेपालीलाई नेपालीमा कम्प्युटर चलाउनसक्ने बनाएर सूचना प्रविधिको उपयोग गर्ने नेपालीको संख्या बढाउन सरकारी र गैरसरकारी क्षेत्रबाट गरिनुपर्ने नीतिगत, प्राविधिक तथा व्यावसायिक प्रयास नेपालमा धेरै ढिला भइसकेको छ । अझै पनि हामी पछि पर्?यौं भने समयलाई भेट्टाउन धेरै गाह्रो पर्नेछ ।



 
Posted on 03-28-05 9:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यहाँ केहि शब्द कोरेर म जस्ता सिकारुहरुलाई नेपाली टाइप गर्न सिकाइदिनु भएकोमा सबैलाई धन्यबाद दिन चाहन्छु ।
हवस् त धन्यबाद ।
उहि,
निर्माण

 
Posted on 03-30-05 1:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन मेरो समस्याको उत्तर दिने कोही हुनुहुन्न यहाँ ?

समस्या यस प्रकार छ:
म जव माईक्रोसफ्ट वर्डमा टाईप गर्छु तव मैले टाईप गरेको ठाँउ भन्दा अलिक पर (right side ma) लेखिन्छ । अनि करेकशन गर्दा पनि क्रसरको ठाँउ भन्दा अर्कै ठाँउमा पो लेखिन्छ । फेरी अक्षरहरु पनि पातलो र छुट्टा छुटै देखिन्छ । जस्तै ओके लेखें भने "ओ के" हुन्छ । अनि "के" को ठाँउमा क्रसर राखेर करेकशन गर्दा "ओ" पो करेक्ट हुन्छ । के भर यस्तो भको होला ? अनलाईन टाईप गर्दा, वर्ड प्याडमा र ईमेलमा चाहीं प्रोवोलम हुन्न ।

मेरो विण्डो चाहीं XP Professional र अफिस चाहीं MS 2000 हो ।

उहि अभागी
ओके

 
Posted on 04-02-05 12:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Tuladhar bags Microsoft award

KOL Report

KATHMANDU, Apr 2 - Alen Bailochan Tuladhar, executive officer of Unlimited NuMedia has bagged Microsoft Corporation?s Most Valuable Professional Award (MVP) for 2005.
This year is the 11th year of the Microsoft MVP Program, which has recognized more than 2,600 Microsoft experts in the technical community across 81 countries and 32 languages.

Tuladhar is among the 173 first-time MVPs named by the US-based software giant since October. He is the first Nepali to receive the award.

The award has been conferred to Tuladhar for his work on localizing the Microsoft Windows, MS Office and Spell Checker for the Nepali language, a press release issued here Friday said.

?He developed first Nepali Open Type Font in 2000, starting the use and promotion of local language in IT,? the release says.

The MVP Program, says Microsoft?s website, recognizes outstanding members of the technical community for their community participation and willingness to help others. The program, it says, celebrates the most active community members from around the world who provide invaluable online and offline expertise that makes a difference in technical communities featuring Microsoft products.

Tuladhar, who been active in promoting the Nepali language in the IT sector here for the last 15 years, developed Typshala, the first Nepali typing tutor software, in 1997 and distributed a Nepali spellchecker software for the word processor MS Word (6.0 version) in 1998. (dds/yv)



 
Posted on 04-02-05 5:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

SABAILAI YO DUKHI KO NAMASKAR
ANEKAN PRAYAS HARU GARDA PANI NEPALI TYPE GARNA SAKIYANA.YO GARNA KO LAGI K K GARNU PARCHHA EK PATAK BISTRIT MA SIKAIDINIHUNE MAHANU BHAB HARUMA AAVARI HUNE THIYE.COMPUTER KO BISESH GYAN NAHUDA GARHO PAREKO KURO SAHARSHA SWIKARDAI,SIKAUNA ICHCHHUK MAHANUBHAB HARU LAI BISTRIT RUP MA SIKAIDINU HUNA BINAMRA ANURODH GARDACHHU.CHHITTAI NEPALI MA TYPE GARNA JANNE AASH MA-
TAPAI HARUKAI SHUVACHINTAK
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters