[Show all top banners]

Gautam B.
Replies to this thread:

More by Gautam B.
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 KAVITAKO DESH-II

[Please view other pages to see the rest of the postings. Total posts: 315]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 117947 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 02-28-06 1:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझामा टाँसिने नेपाली कविताहरु एकै ठाऊँमा पढ्न र प्रतिक्रयाहरु एकापसमा आदानप्रदान गर्न पाईयोस् भनेर यो कविताको देश खडा गरिएको थियो। यो देशले सबैबाट अत्यन्तै धेरै माया र सदभाव पायो, त्यै माया र सदभावका कारण यसको यात्रा अगाडि बढ्यो र बढिरहेछ। यहाँ सक्रिय सहभागिता जनाउनुहुने कवि-कवियत्रीहरु, सुझाव र प्रतिक्रियाले हामीलाई आफ्नो लेखनी सुधार्न प्रेरित गर्नुभएका सबै साथीहरु र कविताको देशका सम्पूर्ण पाठकहरुलाई धेरै धेरै धन्यवाद। हाम्रो यो भावनाको यात्रा निरन्तर चलिरहनेछ।

साझामा ३०० पोष्टिङको सीमा हटेजस्तो छ अब। त्यसैले कविताको देशको नया भाग शुरु नगरी पुरानैमा निरन्तरता दिने हो कि जस्तो पनि लागेको थियो, तर पोष्टिङ ज्यादै धेरै भयो भने अलिकति अलमल थपिदो रहेछ पढ्ने बेलामा, विशेष गरी नया पाठकका लागि। नया
भाग शुरु गरेर पुरानो तिर जाने साँघु राखेपछि पुरानोलाई पनि हुने नयालाई पनि हुने भनेर नया भाग शुरु गर्दैछु। सकृय सहभगिताका लागि फेरि पनि सबैलाई स्वागत र अनुरोध।

कविताको देशको अघिल्लो भागतिर जानको लागि साँघु यो हो;

- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=25557

आजको लागि यो कविता। नया हो, काँटछाँट बाँकीनै छ, अहिलेलाई राखिहालौँ।

"मैले नेपाल छोडेको छैन"

हरेक पल मनको आँखामा
पाखाको गोरटोसंगै हल्का हल्का तेर्सिएर
सञ्चो-विसञ्चो सोध्दै उकालो लागेको छु,
देवीथानको चौतारीबाट
शिखरहरुसंग आँखा जुधाएर
भञ्ज्याङहरुको नाम भनेको छु
नटुंगिने नागबेली बाटाका
हरेक मोड औँलाले गनेको छु,
आमा रोएको बेला
अत्तालिएर रोएको छु
आमा अलिकति हाँसेको बेला
खुशी बाँड्न मैले-
एकछिन बतासै रोकेको छु
डढेलो सल्केको छ मेरो समयमा-
आगो निलेको छु श्वाशमा
र आगै बाहिर फ्याँकेको छु;

हरेक पल यस्तै यात्रा गरेको छु
यस्तै यस्तै यात्रा गरेको छु
हेर नपत्याए-
पैतालाभरि नेपालकै धूलो बोकेको छु
नक्शाको देश छाडे हुँला एकैछिनलाई
तर हरबखत मुटुमा देश बोकेको छु।
 
Posted on 03-05-06 5:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बितेका याद्

धायीन्थ्यो अस्कल् बिहानि को मिर्मिरेमा,
एक् परि लाई देखिन्थ्यो अर्को बार्दलि को किनारमा।
घरमा जन्छु देक्छु उहि परि लाइ सपनिमा
लाग्छ उनि सधै मेरो मनको छहारिमा ।

उस् परिको नत मलाइ नाम्नै थाहा छ
नत मलाइ घरनै थहा छ
तै पनि मलाइ उन्को छाया मेरो नज्दिकै लागिरहेछ
उहि सम्झना र कल्पनाले अज मलाइ सरैनै सताईरहेछ।

पैलो बर्श बाट दोस्रो बर्स पनि लाग्छ
खलि उहि परि को सम्झनाले सताउछ
येसो हेर्दा हेर्दै परिछ्या पनि औन लगेछ
परिछया को सङ्सङै उहि याद्ले सतौछ।

सोचेको थ्ये उनिसङै केहि भन्छु भनेर
सोचेको थ्ये उनि सङ दुइचार् बात्चित् गर्छु भनेर
तर उनि हरायेर गयीन् ऐकै हवा को झोक्का भयेर
मलाइ खालि एक् झलक् को याद् दियेर ।

येस्लाइ कर्मको लेखा भनुम्कि बिधिको बिडम्बना
सधैइ औछ उनै को सम्झना
आज उनि होलिन् कतै एक् नौलो सन्सार्मा
उनि जता भये पनि उन्लाइ मेरो मङल्मये सुभ-कमन।
 
Posted on 03-05-06 5:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माहिला साहु, ट्राई गर्दै गरुम्ला, कबिता लम्बाउन। लेख्न थालेको ३ महिना त भयो, यो कला अझै सिक्दैछु। मैले के थाहापाएंभने कहिलेकाहि ४ लाईले ४ paragraph भन्दा बडि बोल्दो रहेछ
 
Posted on 03-05-06 5:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bikhe maila ..
bharkhar suru gareko kabita lekhne bhaneko
kosis gardai chu. tara ahile lai tettikai kehi euta duita sabdaharu yeta uta rakhera milauna kojheko. timile thik bhanyaou...tara ramro shirshak banaunai dherai garro lagcha. Pachi huda huda sajilo hudai jala.
 
Posted on 03-05-06 7:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सैनिक जीवन


सैनिक बस्ने शिविरलाई काढे तारले घेर्छ
त्यैसैले नै सैनिकको छुट्टै संसार हुन्छ
बहिरबाट हेर्दाखेरी अति राम्रो लाग्छ
तार भित्र पसेपछी ब्यथा अर्कै हुन्छ
टाढाबाट हेर्दा भने तिर्खा मेटाउछ
नजिकैमा आय पछी घाटी सुकाउछ
घरमा गयो खबर जसै छोरो भर्ती भाको
आमा रुन्छिन घुक्क घुक्क बाबु खुशी भाको
भर्ती भैइ जा दाखेरी रुदै हाँस्दै जान्छ
छ महिनाको तलिम मा भागऊ कि झै हुन्छ

केही महिना बितेपछी चिट्ठी घरमा जान्छ
तेही चिट्ठी को धाक जमाई बाउले रिन लाउछ
नौ महिनाको तालिम सकी पल्टनमा जान्छ
कसम खायपछी बल्ल पक्का लाहुरे हुन्छ

कहाँ थियो किन अयो किन भर्ती भयो
धन यौन बासनामा सबै विर्शी गयो
 
Posted on 03-05-06 9:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जासुसकेटा, तपाईँको निरन्तरता गजब छ!
अझै लेख्दै जानुहोस है!!

नेपाली कान्छा 'अस्कल' को याद गर्नुभयो। मैले पनि आइएस्सी अस्कल पढेको थिएँ २०५०-२०५१ तिर हो तपाईँ कुन ब्याचको रे?

नुईँटे जी, सर्वप्रथम त तपाईँको नेपालि नामलाई स्वागत छ! ठिक भन्नु भयो तपाईँले कहिले काहिँ ४ लाइनले ४ हरफको कुरा गर्छ! मलाइ तपाइँले लेखेको ४ हरफ देखे पछि पुरै पाना पढ्न मन लागेकोले मिल्ने भए लामो गरौँ भनेको हो। :)

एउटी केटी, अरु पनि लेख्दै जाऊ है?
 
Posted on 03-05-06 11:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा बोध राख्दै छु!

शास्वत सत्य-

मेरो निन्द्रा खुल्छ;
पर कतै चराहरु को चिरबिर सुन्छु,
सधैँ झैँ मान्छेहरुको अश्पस्ट कोलाहल
मेरो कानमा गुन्जिन्छ।
मोटरको आवाज,
अनि कतै कुनै मेशिन चलेको आवाज।
घरमा मान्छे हिँडेको ‘डुङ डुङ’ को आवाज!
मेरो झ्याल खुलै हुन्छ,
कतै केहि पाकेको गन्ध आउँछ।
कतै कसैले कसैलाई बोलाएको जस्तो सुन्छु
र नयाँ दिनको लागि म तयार हुन्छु।
यसरि प्रत्येक बिहान म बिउँझन्छु।
यो जीवन रहेछ!
फेरी एकदिन आउने छ, अबश्य!
यसरी नै
चराहरुको चिरबिर गुन्जिने छ,
मान्छेले कोलाहल गरिनैरहने छन्,
मोटर आफ्नै गतिमा दगुर्ने छ,
कल पुर्जा आफ्नै सुरमा चल्ने छन्,
तर म कहिले पनि ऊठ्ने छैन!
मेरो निन्द्रा कहिले पनि खुल्ने छैन!!

 
Posted on 03-05-06 11:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन होला यस्तो आजै मर्ने कुरा गरेको बिर्खेजी?! मलाई त मर्ने कल्पनाले मात्रै पनि डर लागेर आउछ।
---------
चराहरुको चिरबिर गुन्जिने
मान्छेले कोलाहल गरिनैरहने छन्,
मोटर आफ्नै गतिमा दगुर्ने छ,
कल पुर्जा आफ्नै सुरमा चल्ने छन्,
तर म कहिले पनि ऊठ्ने छैन!
मेरो निन्द्रा कहिले पनि खुल्ने छैन!! "
 
Posted on 03-06-06 12:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नि ज्यु, मर्ने तरिका धेरै छन्। your breath fading away is perhaps the most desirable of these modes of deaths. कि कसो? अब म चाहिं अर्कै मरन पेश गर्छु याहाको लागि।

"बिलापका दुई रुप"

म भन्छु:

मेरो हातमा ओल्म्पिक् को मसाल
मेरो हातमा?
ओल्म्पिक् को मसाल?
धुँवाले भरीएको यो फोक्सोले
म्याराथन् कसरी कुद्ने होला
खासै भनु भने
शायद् मलाई प्रकाशको डर छ
त्यसैलेत होला
म त्यो मसाललाई बुझाई
सधैभरिनै
आफ्नै अन्धकारमा डुबीबस्छु

मेरी आमा भन्छिन्:

देखेका सपना साकार पार्न
थकीत मुटुलाई खुशिले सिगार्न
दाहिने खुट्टा काटेर दिएं
बिछोडको कड्क बिश मैले पिएं
हे दैब कस्तो यो मेरो भुल
आमाको आँखामा ममताको धुल
मेरो सुनको सिक्का रैछ फुटे कौडि
कलेजोको टुक्रो खेल्छ मदिरामा पौडी
 
Posted on 03-06-06 12:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माष्टरनी नानी, मर्ने कुरा नै गरेको त हैन तर खै यहि कुरा साँचो हो जस्तो लाग्यो !

नुइँटे जी, साह्रै indirect जान्छ तपाईँको कविता! :)
 
Posted on 03-06-06 12:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

self-pity लाई नेपालीमा के भनिन्छ?
 
Posted on 03-06-06 12:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोझो कुरा गर्नै आउदैन हजुर, त्यसैले घुमाको
 
Posted on 03-06-06 8:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

birkhe maila ji sayed ma pani २०५०-२०५१ batch ko hunu parcha 93/94 bhane ko uhi haina...? maile pani ISC gareko Physic groupma hou....khusi lagyo, lagcha hami autaii batch ko..... ani aile tapai kata hooo?
 
Posted on 03-06-06 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नुईँटे जी, सिधा रुपान्तरण गर्दा (literally) त 'आत्म - दया' हुन जान्छ तर figuratively के हुन्छ मैले अहिले नै ठम्म्याउन सकिन

नेपाली कान्छा जी, म पनि फिजिकल ग्रुप मै थिएँ दिउँसो को क्लास हुन्थ्यो हाम्रो
'ए' सेक्सन :)
म अहिले टेउसासमा छु, अनि तपाईँ कहाँ हो नि?
 
Posted on 03-06-06 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माहिला,
pity को सहि रुपान्तर त दया हैनकि "टिठ" हुनुपर्ने हैन र? दया त kindness को रुपान्तर हुनुपर्ने जस्तो लाग्यो।
किन कि कुनै भवितब्य परेर अथवा कुनै गल्ति गरेर कसैले पाइरहेको दुख माथि जाग्ने आफ्नोपन वा मायाँको भावना pity वा टिठ हो र स्वच्छन्द रुपमा निक्लने त्यस्तो किसिमको भावना दया वा kindness हो।
 
Posted on 03-06-06 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

self-pity= आत्म-संयम हो कि जस्तो लाग्यो मलाई त
घुमाउरो नै जस्तो अलि अलि नुइटेकोकविताहरु बुझ्न समय लाग्छ जब बुझ्छु मुटु छुन्छ:)
बिर्खेजी!
टेउसास = ?
टेउसास होइन टेक्सास :D
 
Posted on 03-06-06 8:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Birkhe maila ji, ma pani texas ma nai ho dallas ma.. just moved from st cloud minnesota it has been 2 years in dallas...
 
Posted on 03-06-06 9:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साईँला खै मलाइ त्यति थाहा भएन। म त टिठ त दया एउटै भन्ठानिरहेको।

माष्टरनी नानी,
टेक्सस लाई नेपालीमा टेउसास भन्न खोजेको के :)

नेपाली कान्छा म तपाईँ बाट धेरै टाढा रहेनछु! इमेल मा कुरा गरौँला नि है?
 
Posted on 03-06-06 11:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुरेन्द्रजी, "उनी"संग चाँडैनै मिलन होस् तपाईँको। कविताले भावुक बनायो।
**********
एउटी केटीजी, कविताको देशमा स्वागत छ। यस्तै राम्रा कविताहरु फेरि फेरि पनि पढ्न पाइयोस्।
**********
नेपाली कान्छाले अस्कलको कुरा गरेर nostalgic बनाइदिनुभयो।
**********
जासूस केटाका हरेक कविताले नेपालको पिडालाई समेटेका छन्। "सैनिक जीवन" त भावना र शैली दुबै हिसाबले झन राम्रो लाग्यो। जासूस केटा आफैं पनि सेनामा हो? भन्न मिल्ने भए यस्सो सुटुक्क अरु कसैले पनि थाहा नपाउने गरी यै धागोमा भनम्न है!
**********
नुइटेजी, थोरै हरफहरुमा धेरै भावना पस्किन सक्नुहुन्छ तपाईँ। मलाई त के लाग्छ भने, कविता सकेसम्म छोटै हुनुपर्छ (अति अमूर्त, बुझ्दै नबुझिने भन्न खोजेको चाहिँ होइन), ब्याख्या गर्ने काम कविको होइन, कथाकार, निवन्धकार र उपन्यसकारहरुको हो। कवितामा भावना र शब्द (थोरै तर सटीक) चयनको संयोजन यस्तो हुनुपर्छ कि पाठकको मनमा सोझै आघात परोस् र आफैँ अर्थ खोज्न पाठक बाध्य बनोस्। खैर, सिकारु मुखबाट यस्तो कुरा ननिकाल्नु पर्ने हो मैले, तैपनि छलफलको लागि ओकल्ने आँट गरेको हुँ।
***********
यी जिम्माललाई अलिक आशावादी कविता पनि लेख्न थाल न बूढा भन्यो, पटक्कै टेर्दैनन् गाँठे!
***********
माष्टर्नी नानीसंग फेरि एकपटक नया कविताको माग जोडदार रुपमा दोहो-याउन चाहन्छु।
***********
टेउसासको प्रसंगमा केहि कुरा। टेउसासमात्रै किन अरु पनि प्रचलित छन यस्ता शब्द;
ट्याक्सी-ट्याउसी
रिल्याक्स-रिल्याउस
गाऊँले लवजमा पनि यसै गरी ऊच्चारण हुन्छन् होला। जिस्किँदा जिस्किँदै मलाई भने 'ट्याउसी' र 'रिल्याउस'मा बानी लागिसक्यो!
 
Posted on 03-06-06 11:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो self-pity लाई नेपालीमा भन्दा "आफैँ प्रति टिठ लाग्नु" नै हुन्छ होला। एकै शब्दमा भन्न पनि मिल्छ कि?
जान्ने गुरुहरुको आँखा परे केहि जानकारी झर्थ्यो कि।
 
Posted on 03-06-06 11:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"सप्ताह"

अब सप्ताह लाग्छ त्यहाँ
'वाचक', 'उपवाचक' र 'गणेश' बस्छन्
लोभी, पापी र पाखण्डीहरु,
जीवनभर पाप गर्नेहरु 'नियम' सुन्छन्
र उँघिरहन्छन्
अनि प्रत्येक झस्काईमा-
चिसो डकार झिक्छन्
अमिलो खकार निल्छन;
दान हुन्छ अलिकति तस्करी
अलिकति लूट
धेरै ढोंग र
धेरै नोट,
यसरी साटिन्छ पाखण्डी पंडित्याईँ
रगत लटपटिएको नोटसंग
दंग पर्छ-
ठूलो भुँडीको चिल्लो अनुहार
'वरत्र' 'परत्र' दुबै सुध्रियो अब!

कथा सुन्छन्-
ग्याष्ट्रिक र दमका रोगीहरु
र भित्रभित्रै रुन्छन्-
सप्रन नसकेको आफ्नो 'वरत्र' माथि
(छोड्देऊ 'परत्र' का कुरा!)
अनि त्यहि सालको माघमा खुस्कन्छन्;

अब सप्ताह लाग्छ त्यहाँ
हो, अब सप्ताह लाग्छ त्यहाँ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
कल्लाई मुर्ख भन्या ?
जाडो, बा र म……
Changing job after i-140 approval
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Trasiting through Istanbul, Turkey
lost $3500 on penny stocks !!!
Is this a progressive step?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters