[Show all top banners]

Gautam B.
Replies to this thread:

More by Gautam B.
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 KAVITAKO DESH-II

[Please view other pages to see the rest of the postings. Total posts: 315]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 117919 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 02-28-06 1:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझामा टाँसिने नेपाली कविताहरु एकै ठाऊँमा पढ्न र प्रतिक्रयाहरु एकापसमा आदानप्रदान गर्न पाईयोस् भनेर यो कविताको देश खडा गरिएको थियो। यो देशले सबैबाट अत्यन्तै धेरै माया र सदभाव पायो, त्यै माया र सदभावका कारण यसको यात्रा अगाडि बढ्यो र बढिरहेछ। यहाँ सक्रिय सहभागिता जनाउनुहुने कवि-कवियत्रीहरु, सुझाव र प्रतिक्रियाले हामीलाई आफ्नो लेखनी सुधार्न प्रेरित गर्नुभएका सबै साथीहरु र कविताको देशका सम्पूर्ण पाठकहरुलाई धेरै धेरै धन्यवाद। हाम्रो यो भावनाको यात्रा निरन्तर चलिरहनेछ।

साझामा ३०० पोष्टिङको सीमा हटेजस्तो छ अब। त्यसैले कविताको देशको नया भाग शुरु नगरी पुरानैमा निरन्तरता दिने हो कि जस्तो पनि लागेको थियो, तर पोष्टिङ ज्यादै धेरै भयो भने अलिकति अलमल थपिदो रहेछ पढ्ने बेलामा, विशेष गरी नया पाठकका लागि। नया
भाग शुरु गरेर पुरानो तिर जाने साँघु राखेपछि पुरानोलाई पनि हुने नयालाई पनि हुने भनेर नया भाग शुरु गर्दैछु। सकृय सहभगिताका लागि फेरि पनि सबैलाई स्वागत र अनुरोध।

कविताको देशको अघिल्लो भागतिर जानको लागि साँघु यो हो;

- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=25557

आजको लागि यो कविता। नया हो, काँटछाँट बाँकीनै छ, अहिलेलाई राखिहालौँ।

"मैले नेपाल छोडेको छैन"

हरेक पल मनको आँखामा
पाखाको गोरटोसंगै हल्का हल्का तेर्सिएर
सञ्चो-विसञ्चो सोध्दै उकालो लागेको छु,
देवीथानको चौतारीबाट
शिखरहरुसंग आँखा जुधाएर
भञ्ज्याङहरुको नाम भनेको छु
नटुंगिने नागबेली बाटाका
हरेक मोड औँलाले गनेको छु,
आमा रोएको बेला
अत्तालिएर रोएको छु
आमा अलिकति हाँसेको बेला
खुशी बाँड्न मैले-
एकछिन बतासै रोकेको छु
डढेलो सल्केको छ मेरो समयमा-
आगो निलेको छु श्वाशमा
र आगै बाहिर फ्याँकेको छु;

हरेक पल यस्तै यात्रा गरेको छु
यस्तै यस्तै यात्रा गरेको छु
हेर नपत्याए-
पैतालाभरि नेपालकै धूलो बोकेको छु
नक्शाको देश छाडे हुँला एकैछिनलाई
तर हरबखत मुटुमा देश बोकेको छु।
 
Posted on 11-29-06 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ゴタメ が = गोतामे गा
मैले यति मात्र बुझें दादाले लेख्नुभाको। म खान्जी चैं बुझ्दिनँ।:)
 
Posted on 11-29-06 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे जी, गौतम जी, यो राहुल भाई नि यो धागोमा प्रबेश गरें है । कबिता मेरो पनि रुचिको बिषय हो । सबिताको कबिता कोर्दा यहाँ त गाली खाइंदैन होला ।
 
Posted on 11-29-06 8:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुटुदेखिनै स्वागतम 'राहुलभाइ' दाइ! तपाईँका सुन्दर कविताहरु पढेको छु अरु धागोमा मैले।

भावनाको यो यात्रा 'कविताको देश', नरोकिई अगाडि गैरहेछ। तपाईँको नया कविता यो धागोमा
पढ्ने आशा राख्दछु। कविता कोरेर गाली खाईने धागोचैं यो होईन, ढुक्क हुनुस्।
 
Posted on 11-29-06 8:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद गौतम जी, मैले एउटा कबिता निश्कर्ष छुट्टै धागो मा उन्न पुगेछु, रिसानी माफ है, तर पढेर टिप्पणी गर्णु होला । अस्तु!!!!
 
Posted on 12-01-06 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बन्दै गरेको टुक्रो, पूरा भैसकेको छैन, तैपनि राख्दैछु। लेखेन भने त्यत्तिकै बिर्सिइएर जाँदो रहेछ। बिस्तारै पुरा गरम्ला।

"समयसंग"


मेरो इतिहासको
सडक, चोक र गल्लीहरुमा
गजधम्म
बाटो छेकेर उभिएका छन्
युग-युगका खलनायकहरु
के यो भिड अझै बढ्ने हो?!
खै, नायकहरु कहाँ छन्?
 
Posted on 12-01-06 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजोका खलनायक हरु नै आज नायक भएको बेला
आजका शासकहरु लाइ नालायक कसरी भनुं मैले
ताक परे तिवारी, न परे गोतामेका सबै हुन चेला
अब भन्नुस, क कस्लाइ मात्र सहनायक गनुं मैले ।
 
Posted on 12-02-06 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलभाई दाईको मुक्तक/कविता गजब गयो!:)
मैले दोहोर्याएँ है।

हिजोका खलनायक हरु नै
आज नायक भएको बेला
आजका शासकहरु लाइ
नालायक कसरी भनुं मैले
ताक परे तिवारी,
न परे गोतामेका सबै हुन चेला
अब भन्नुस,
क कस्लाइ मात्र सहनायक गनुं मैले ।
 
Posted on 12-02-06 11:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

B irkhe ji, maile ta Gautam ji ko Kabita lai nirantarta matra diyeko hun, dhnayabaad Gutam ji lai dinu parlaa kaso/
 
Posted on 12-05-06 12:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आधिरातमा मनको खुलदुलि केलाउँदा-

मन रोएको बेला-

मन रोएको बेला-
मुटुका ओसिला जङ्गली झारहरु
यत्त तत्र जेलिँदै ,
कुहिएको र जमेको जलमा
फगत तैरिँदै,
आफ्नो अस्तित्व नियाल्छन्
र पाउँछन्-
चिसो हावाले मुटु छेड्दा,
पानीको सतहमा
अलिकता घस्रिएको,
अलिकता तैरिएको,
अलिकता गहिरिएको,
एक्लो, तर जालोले घेरिएको,
बहाव खोज्दै जाँदा
भुमरिमा कतै जेलिएको,
एउटा निरर्थक, निस्पट्ट
कालो ‘लेउ’;
जसले भोलि आउने
बिहानीको रंग,
अझै कालो छ भन्छ!!

 
Posted on 12-05-06 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म चाहन्छु तिम्रा सबै रीस देउ मलाई,
सुनौलो प्रभात होइन राजनीश देउ मलाई
अफन्त सम्झी अरु केही दिन सक्दैनौ भने,
एक पेग्, स्नेह्को बिष देउ मलाई ।
 
Posted on 12-16-06 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा छोटो टुक्रा राख्नुप-यो आज।

"यो शहरको डिसेम्बर"

नाङ्गै उभिएपनि-
लुके-लुकेझैं छन् यी रुखहरु
कसैको आदेशविनै-
झुके-झुकेझैं छन् यी रुखहरु,
रात चोईटिएर बनेको दिन
कुप्रिएको छ
चिसो आकाशको भारमुनि,
भित्र भित्तामा-
खण्डहरझैं
परित्यक्तझैं
झुण्डिरहेछ डिसेम्बर
एक्लै-एक्लै।
 
Posted on 12-16-06 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

***झुण्डिरहेछ डिसेम्बर
एक्लै-एक्लै। ****

Beautiful!
((clap-clap )) gare hai maile eklai . :D
 
Posted on 12-16-06 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या बात!
:)
 
Posted on 12-16-06 7:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुरज साउद निहारिका

लुम्बिनीको आँगनबाट

हे ! कृष्ण
नपढाऊ गीता
अब कुनै अर्जुनलाई
किनकि,
अब कुनै महाभारत लड्नु छैन
टुक्रा-टुक्रा फुटेर
चिरा-चिरा दर्केर
धेरै लडियो कुर्सिको लडाईँ
तमाम चढियो लासको सगरमाथा
खबरदार कृष्ण
नथमाऊ अब फ्याँकिएका गाण्डिवहरू
'गीता' छुवाएर अब कुनै बुद्ध मार्न पाइँदैन
'गीता' छुवाएर अब कुनै शान्ति मार्न पाइँदैन
आफन्तहरूको चिहान कुनै 'हस्तिनापुर' चाहिँदैन
हामीलाई मात्र नेपाल सहितको बुद्ध भए पुग्छ
हामीलाई मात्र बुद्ध सहितको नेपाल भए पुग्छ
जुम्लाको अनिकालसँग पोखरा दुख्नुपर्छ
सैपालको महामारीमा जुगल अनि डोल्पाको
भोकमरीमा काठमाडौं दुख्नु पर्छ
ए ! शकुनी
न उक्साऊ अब कुनै दुर्योधनलाई
स्वाभीमान बिनाको कुनै रामराज्य चाहिँदैन
स्वतन्त्रता विनाको कुनै साम्राज्य चाहिँदैन
हामीलाई , मात्र
ओत लाग्न सगरमाथाको छाना
लाज छोप्न एकसरो नेपाली नाना भए पुग्छ

बिन्ती छ, पितामहहरू
नबजाउनुस् युद्धघोषका सङ्खहरू
बरू, सक्छौ भने
हाँसो र खुसीका सारङ्कीहरू
एकता र भातृत्वका मुरलीहरू बजाऊ
सक्छौ भने
न्याय र समानताका कोदालीहरू देऊ
हामी युगका डल्ला फोरेर
सद्भावना र सञ्जिवी उमार्र्छौँ
मेलमिलाप-सहिष्णुता जोगाउँछौँ

आऊ, कृष्णहरू, पितामहहरू
शकुनीहरू-अर्जुनहरू-दुर्योधनहरू
लुम्बिनीको आँगनबाट
शान्तिको एकजोडी परेवा उडाऔँ ।

http://nepalikavita.com/
 
Posted on 12-17-06 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु र जिम्माललाई धन्यबाद तालीको लागि। खासमा, मलाई चित्त बुझेको कविता भने होइन यो। अचेल कहिलेकाँही मुश्किलले एक-दुई झिल्का फुर्छन्, तर गतिलो कविताको रुप दिन भने सकेको हैन। नलेखी बस्दा तिनै झिल्काहरु पनि बिर्सिइएर जालान् भनेर यता टाँस्न हतार गरेको।
जिम्मालको नया कविता जाओस्, तिरुको पनि एउटा शानदार कविता जाओस्!

राहुला दाइ, यो धागोमा विश्रामको लागि धन्यवाद।
 
Posted on 12-17-06 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल धेरै पछि आज मैले पनि मनको गन्थन टक्र्याए है। कस्तो छ प्रतिकृया पाए आभारी हुने थिए



दिल दुखाइ गयौ कि?मन् रुवाइ गयौ?
चुप चाप पाइला मोडी मुटु चूडाई गयौ

मुटु भरि अंकुराएको भावना त्यो चोखो
आखाँ भरि सजिएको संसार त्यो ठुलो
समेटिए मनमा किन हजारौ ति खुशि?
कोर्न थाल्दा मन भित्र मनै चूडाइ गयौ

फुल्न खोज्दा कोपिलाको हांगा चूडेसरि
सप्तरंगी इन्द्रेणीमा बादल झरे सरि
देखेथे कल्पनामा सपना किन मिठो?
रंगाउन खोज्दा पानाहरु पानै चूडाइ गयौ

दिल दुखाइ गयौ कि?मन् रुवाइ गयौ?
चुप चाप पाइला मोडी मुटु चूडाई गयौ
 
Posted on 12-17-06 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It's BeeeeeeeAuuuuuuTIful ! :)
((clap-clap ))
 
Posted on 12-17-06 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल एक से एक कबिता गएको रहेछ यहाँ।

जिम्माल बा हैन आजकाल राती राती किन तपाइँको मन रुन्छ भन्या। मन रोको प्रस्ट हुन्छ कबिताबाट। कुरो के पर्यो कुन्नी?

अलिकता घस्रिएको,
अलिकता तैरिएको,
अलिकता गहिरिएको,
एक्लो, तर जालोले घेरिएको,
बहाव खोज्दै जाँदा
भुमरिमा कतै जेलिएको....
वाह! वाह!!

गोताएँ दाईको कबिता क्या बात!! यसो हेर्दा डिसेम्बर महिनामा हजुरको पनि मनमा तुसारो पर्यो कि कसो? डिसेम्बरको पारिलो घामको पनि कबिता लेख्नु भए अझ सुनमा सुगन्ध हुन्थ्यो्।

राहुलदाई सार्है राम्रो कबिता राख्नुभयो। एकदम सहि कुरा!! धन्यवाद

मिसको कबिताको त के कुरा गराई भो र! कस्तो राम्ररी लेख्नुभएको! मलाई त कता कता गित जस्तो लाग्यो। एकछिन त मैले त्यत्तिकै गुनगुनाए पनि।

आज राम्रा राम्रा कबिता पढियो।

धन्यबाद स्रस्टाहारुलाई!!

:-)
 
Posted on 12-17-06 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमीले प्याला भरिदियौ
मैले नशा एक् सास पिएं
तिमीले गाला फेरि दियौ
फेरि मैले नयां आश जिएं
गाँस बास दुबैको हाल् उस्तै
कांडाले तन छोप्ने तास् सिएं
जस्ले यति मार् र हार् दियो
उसैलाई उपहार यो लाश दिएं
 
Posted on 12-17-06 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

t's BeeeeeeeAuuuuuuTIful ! :)
((clap-clap ))

माष्टरनी नानि गजप छ गित!:)

राहुलदाई वाह! क्या भाव छ!

यस्तै हो कुम्ले के गर्नु कहिलेकाहिँ मनमा चलेको उथलपुथललाई शब्दमा ओकलेको हो:)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters