[Show all top banners]

Gautam B.
Replies to this thread:

More by Gautam B.
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 KAVITAKO DESH-II

[Please view other pages to see the rest of the postings. Total posts: 315]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 117934 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 02-28-06 1:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझामा टाँसिने नेपाली कविताहरु एकै ठाऊँमा पढ्न र प्रतिक्रयाहरु एकापसमा आदानप्रदान गर्न पाईयोस् भनेर यो कविताको देश खडा गरिएको थियो। यो देशले सबैबाट अत्यन्तै धेरै माया र सदभाव पायो, त्यै माया र सदभावका कारण यसको यात्रा अगाडि बढ्यो र बढिरहेछ। यहाँ सक्रिय सहभागिता जनाउनुहुने कवि-कवियत्रीहरु, सुझाव र प्रतिक्रियाले हामीलाई आफ्नो लेखनी सुधार्न प्रेरित गर्नुभएका सबै साथीहरु र कविताको देशका सम्पूर्ण पाठकहरुलाई धेरै धेरै धन्यवाद। हाम्रो यो भावनाको यात्रा निरन्तर चलिरहनेछ।

साझामा ३०० पोष्टिङको सीमा हटेजस्तो छ अब। त्यसैले कविताको देशको नया भाग शुरु नगरी पुरानैमा निरन्तरता दिने हो कि जस्तो पनि लागेको थियो, तर पोष्टिङ ज्यादै धेरै भयो भने अलिकति अलमल थपिदो रहेछ पढ्ने बेलामा, विशेष गरी नया पाठकका लागि। नया
भाग शुरु गरेर पुरानो तिर जाने साँघु राखेपछि पुरानोलाई पनि हुने नयालाई पनि हुने भनेर नया भाग शुरु गर्दैछु। सकृय सहभगिताका लागि फेरि पनि सबैलाई स्वागत र अनुरोध।

कविताको देशको अघिल्लो भागतिर जानको लागि साँघु यो हो;

- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=25557

आजको लागि यो कविता। नया हो, काँटछाँट बाँकीनै छ, अहिलेलाई राखिहालौँ।

"मैले नेपाल छोडेको छैन"

हरेक पल मनको आँखामा
पाखाको गोरटोसंगै हल्का हल्का तेर्सिएर
सञ्चो-विसञ्चो सोध्दै उकालो लागेको छु,
देवीथानको चौतारीबाट
शिखरहरुसंग आँखा जुधाएर
भञ्ज्याङहरुको नाम भनेको छु
नटुंगिने नागबेली बाटाका
हरेक मोड औँलाले गनेको छु,
आमा रोएको बेला
अत्तालिएर रोएको छु
आमा अलिकति हाँसेको बेला
खुशी बाँड्न मैले-
एकछिन बतासै रोकेको छु
डढेलो सल्केको छ मेरो समयमा-
आगो निलेको छु श्वाशमा
र आगै बाहिर फ्याँकेको छु;

हरेक पल यस्तै यात्रा गरेको छु
यस्तै यस्तै यात्रा गरेको छु
हेर नपत्याए-
पैतालाभरि नेपालकै धूलो बोकेको छु
नक्शाको देश छाडे हुँला एकैछिनलाई
तर हरबखत मुटुमा देश बोकेको छु।
 
Posted on 11-19-06 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Googling Rai Dilip will lead us to someone who knows both Nepali and English equally well, but not in your case.

So, I feel sad than having trouble knowing it.

I sincerely apoligize if I offend you. By the way, good going...
 
Posted on 11-19-06 5:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुनियाँले मिच्दा मिच्दा
झुम्री परेका स्तनहरु ढाकेर
छाति छोपुवाले ढाकेझै
हृदय को ग्लानी
उत्ताउनो सारीर ले
जीवनभार बोकि रहेकी ति महिला
बताउ वेश्या हो या विवसता
तिमी घुश खायर महल बनाउछौ र सम्पन्नता
देखाउछ

तै पनि तिमी ज्यु हजुर बन्न सक्छौ
उ शरिर बेचेर शरिर धान्छे र
लाला बाला पालेकी छे

तर उ समाजबाट बहिस्कृत ठहरिन्छे
तिमी शत्रु राष्ट्र को
मुलुक लाइ मारिरहेका छौ बारम्बार
उ पत्र आफै फगत आफुमा बाँच्न
आफैलाई विबश पारीरहेकी छे
तिमी र उ मा
फरक यती मात्र हो कि
तिम्रो कमाई वैभव
अरु केही होइन
निस्श्हायहरुको रगत र पसिना हो
काठई बिचरा उ त
तिमी हामीले नै सिर्जना गरेको
कुर विवशतको दुस्ट परिण त हो
 
Posted on 11-19-06 5:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

topic ....वेश्या र घुस्याहाँ
 
Posted on 11-19-06 6:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

you are forgiven RSVP. btw are you in france?
 
Posted on 11-19-06 10:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्पाई ब्रो अरु नि जावस!
 
Posted on 11-20-06 2:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो देउरालीजी, गोगोलजी, npl2usजी, raidilipजी र RSVPजी,
कविताको देशमा स्वागत छ मेरो तर्फबाट पनि। र आफ्ना भावनाहरुलाई कविताको रुप दिएर हामीलाई पनि पढ्ने मौका दिनुहुनेछ भन्ने आशा पनि गर्दछु।

मेरो देउरालीजी, तपाईँको विचार एकदम सहि हो। मेरो आशय पनि त्यहिनै हो, शब्द संयोजनमात्रै अलि फरक परेको हो।
गोगोलजीको नामले एकजना पुराना रसियन कवि निकोलाइ गोगोलको याद आयो। हुनत मैले गोगोलको कृति पढ्ने मौका पाएको छैन अहिलेसम्म तर उनको बारेमा यदाकदा पढेको छु। तपाईँको यो साझा उपनाम पनि कतै तिनै निकोलाई गोगोलबाटै प्रभावित त हैन?

*********************************************************************
कविताको देशको यात्रालाई निरन्तरता दिईरहनुभएकोमा बिर्खे जिम्माल र जासूस केटालाई धेरै धेरै धन्यबाद।
जासूस केटाको कविताको भाव एकदम राम्रो छ। देश र समाजलाई खोक्रो पारेर चुस्ने कथित सभ्यहरुभन्दा त बेश्यानै महान हो।
 
Posted on 11-20-06 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

semester सकिन आट्यो त्यसैले अलि ब्यस्त भएँ . Kabhita ko desh हेर्ने मौका नै पाएको थिइन । विर्खे माइला र Gautam B ले स्वागत गर्नु भयो खुशी लाग्यो । GautamB ले भन्नु भएको सोर्है आना ठीक हो, मेरो नाम् उनै बाट प्रभावित हो। हुन त मैले पनि निकोलाइ गोगोल् को कृतिहरु पढेको छैन। एस्पलि summer मा Jhumpa Lahiri को उपन्यास् पढेको थिए>> The Namesake भन्ने त्यहिँ Gogol भन्ने नाम् देखे, फेरि त्यहि बेला देखि Sajha को सदस्य भए। मनमा त्यहि नाम थियो, अनि राखेको।
कबिता लेख्न त मन् नलग्ने हो कि के हो लेखेको छैन अहिले सम्म, तर पढ्न त अति नै मन् लाग्छ।
बिर्खे माइल को नेपाल फर्कन्छु भन्ने कबिता ले त चसक्क मन् छोयो, अरु पनि पढ्ने पाइने आशा छ। धन्यबाद सबै कवि साथि हरुलाइ
 
Posted on 11-20-06 11:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद गोगोलजी! 'नेपाल एकदिन फर्कन्छु' मन पराईदिनुभएकोमा!
************************************

मैले धेरै पहिला एउटा कविता लेखेको थिएँ। त्यतिबेला कतै राख्ने ठाउँ पाएको थिइन र पछि साझामा आउन थालेपछि राख्ने मौका पनि पाईन। अहिले त्यति relevant नहोला तर पनि कविता भनेर लेखेको नयाँ कुनै छैन त्यहि भने नि राख्न मन लाग्यो।


सिंहदरवार-

अनामनगरको बलिस्टामा अडेस लागेर,
२००७ साल अघिको भोजनको
झुसिलो डकार छोड्दै,
नजर अगाडिको शहिदगेटलाई जिस्क्याउँदै,
मैला, थोत्रा र कुहिएका
वफादार घरपालुवाहरुलाई,
२००७ साल अघिकै चाँदिको थालिमा
मासु-भात टक्र्याउँदै,
कर्णधार पालुवाहरुलाई
पलाउनु भन्दा अघिनै टुक्र्याउँदै,
बर्षौँ हरियाली नदेखेका ‘गाई’ हरुलाई,
२०४६ साल पछि काटिएको
सेउलाको भारिको कथा कथेर,
पहेँला सुख्खा पराल पनि नपस्कने,
उत्तर-पश्चिमतिरको मुखियाको
मुख्य गोठालाहरुको,
बाघचाल खेल्ने
बाह्रमासे पाटि बनेको छ;
कयौँ फुटेका नाथ्रिहरुले सिंचिएको
सयौँ मक्किएका हाडहरुले ठडिएको
जर्जर! खण्डहर! पाखण्डी! सिंहदरवार!!

 
Posted on 11-20-06 11:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मालको कविता दामी छ।
कता कता भू पी शेरचनको घन्टाघर भन्ने कविता याद आयो।
 
Posted on 11-21-06 3:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह! वाह!! गजब गयो जिम्माल!

सिंहदरवार अझै फेरिईसकेको भने छैन है (केहि संकेतहरु भने देखिएका हुन्।) त्यसैले तपाईँको यो कविता अझै पनि उत्तिकै समसामयिक छ।
 
Posted on 11-27-06 12:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तुषाराहरु-

तुषाराहरु,
मेरा कल्पनाका ओसलाई
कण कण गर्दै,
चिस्याउँदै जान्छन्!
यथार्थहरु,
जुन मलिलो देखिँदै थिए
हिजो सम्म;
राट काट्न नपाउँदै
कठाङ्ग्रिने पत्र पत्र
सबै सेताम्य!!
चौर भरि, पात भरि
मनका कन्दरा कन्दरामा,
आँत आँतमा
खात का खात
तुषाराहरु,
यथार्थलाई
चिसो, ठि्र्रयाउने
ढिक्का बनाईदिन्छन्;
र त तुषाराहरु
आँत बाट, मन बाट
बर्षिन थाल्छन्!!

 
Posted on 11-27-06 12:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"घाम"

सुन्दर सपनाहरु बुन्दै-
मेरो धर्ती मस्त निदाएको बेला
अँध्यारो कालो रातमा
कुन्यू, रुख र ढिस्काहरुले छेलिँदै
चोरझैं लुक्दै-लुक्दै आएर,
भर्खर पलाउन थालेका
मेरो आँतका मुनाहरुलाई कुल्चेर
भूईमै मिलाउन खोज्ने
दिलको कालो
सेतो सेतो तूषारो
एक प्रहरको घाममै
गलेर, पग्लेर र बगेर
आफैं बिलिन भैसकेछ।
***************************

जिम्मालको 'तूषारो' पढेपछिको भावनालाई हतार-हतार कविता बनाइदिएको मात्रै है।
 
Posted on 11-27-06 1:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jimmal baa, Gotame dai

Kati saro fureko ho kabita !

本当に素晴らしいでしょう!またね!

Neutral
 
Posted on 11-27-06 1:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ゴタメ が 分かっても Jimmal baa 君 が 日本語 分からないよ!
 
Posted on 11-27-06 2:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उता अस्कलको धागो पढ्दा यी न्यूट्रल बूढा मेरा दाइ पर्नी जस्तो लाग्या थ्यो, अहिले मलाईनै पो दाइ भन्छन् बा!
जे भएपनि, कविता पढिदिएकोमा आरिगातो गोजाइमास!

न्यूट्रल दाइ कुन गाममा अहिले?
 
Posted on 11-27-06 3:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dada giri: ああ そですか。Thank you for your alert.
Gotame bhai: brsha ko umer le dai bhaneko haina ki kabita ko umer le po ta dai bhaneko !

Mero gaam? Japan ko Jumla tira ho, jado le marisakyo ho yata ta

Neutral
------------------------
 
Posted on 11-27-06 9:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद् न्यूट्रलदाई, यहा एकछिन बिश्राम लिनुभएकोमा!

दादा यो तपाईँले Jimmal ba भनेको मात्र बुझियो अरु कुन फन्ट हो त्यो केहि बुझिएन त?

गौतमजी, माने गुरु!
कविता टाँसेको २२ मिनट भित्रमा कविता पढेर, भावना निकालेर कविता पस्कनुभयो!!
 
Posted on 11-27-06 9:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तुसारो र घाम

रातभरि अँध्यारोमा, रातभरि चिसोमा
उकुसमुकुस हुँदै, सिउ-सिउ हुँदै
सहनको पराकाष्ठा पार गर्नै लागेको बेलामा,
आइपुगेको यो घाम,
(ल्याइएको यो घाम)
आज आकासमा ढिलढिलमिल उत्रँदै गरेको देख्दा पनि
अँझै डर लाग्छ,
'कतै यो ढिलमिलाउँदै आएको बाटो नै फर्कने त हैन?'

हाम्रो जीवन घामकै उर्जामा अडेको छ!
तैपनि, आकाशमा यसलाई दुई पल देखेपछि,
हामी बिर्सन्छौं तुसारो खपेको पीडाहरु
हामी बिर्सन्छौं घाम ल्याइपुर्याउन पोलिएका डामहरु,
र कल्पना गर्न थाल्छौं
'यस्तो गर्मी घामभन्दा तुसारै ठीक! कमसेकम डढेर त मरिंदैनथ्यो।'
अनि जन्म दिन्छौं, (पटक पटक दिई पनि सक्यौं)
बादल र कुहिरोलाई, तुसारे रातलाई
र, न्युमोनियाले ग्रस्त भैसकेपछि आफैंलाई धिक्कार्न थाल्छौं
"तुसारे रात भन्दा त उज्यालो घाम ठिक, कमसेकम न्युमोनियाले त मरिंदैनथ्यो"
अनि फेरि एकपटक महसुस गर्छौं,
"हाम्रो जीवन घामकै उर्जामा अडेको छ!"
र, पसिना फाली-फाली, रोई-कराई
फेरि त्यही घाम खोज्न निस्कन्छौं।
 
Posted on 11-29-06 12:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालबजी दुईवटै कवितालाई मिलाएर गजब गरिदिनुभयो!

एउटा गौतमजीले भनेको जस्तो भावपरक निबन्ध जस्तो गन्थन राख्दै छु, मनका खलबलहरु-

तिम्रो माया र मेरो बेहोशि-

तिम्रो माया
र मेरो बेहोशि,
संग संगै बढेछन्
र संग संगै ओइलाएछन्!
मेरो बेहोशिमा,
शायद् म थिइन
शायद तिम्रो माया थिएन;
बस,
तिमी थियौ सदैव!
कहिले धमिलो!
कहिले कन्चन!

तिम्रो मायामा,
तिमी थियौ,
म थिएँ,
र थियो मेरो बेहोशि पनि!
मेरो बेहोशिले,
प्रगाढ, स्वच्छ,
अनि पवीत्र तिम्रो माया;
कयौँ पटक
चोइटिए होलान्!!
सुन्दर, निर्मल
अनि कोमल तिम्रा आशा;
सयौँ पटक
पिल्सिए होलान्!!

त्यसैले त-
आज मेरो होशमा;
म छु,
ग्लानि छ, जलन छ,
चित्कार छ र शायद अलिकता हार छ!!
तिमी छौ,
प्रहार छ, तिरस्कार छ,
शंका छ र शायद अलिकता दोधार छ!!

 
Posted on 11-29-06 12:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो बस्ति जाने रेल-

टाढा टाढा बिरानो अनकन्टारमा कतै,
म-
मेरो बस्तिको पर्खाईमा
२४ घन्टे जड्याहा जस्तो,
यता उता डग्मगाउँदै
भौँतारिईरहेको हुन्छु।
बलौटे जमिनमा
मध्यान्हको तातो घामले सेकिएर,
आफ्नै छायाँको शीतल खोज्दै गरेको हुन्छु!
त्यतिबेला कुनै पल-
मेरो बस्ति जाने रेल,
छुक् छुक् गर्दै मेरो अगाडि रोकिँदा,
एक पल खुसिले आफैँलाई सम्हाल्न सक्दिन
र केहि बटुल्न थाल्छु;
शायद केहि सामानहरु!
शायद अरु खुसिहरु!
या शायद अरु व्यथाहरु!
अलमल! अलमल! धेरै अलमल!
कुबेलाको बिश्राममा म निदाउँछु!
बिउँझिदा;
मेरो बस्ति जाने रेल;
बेआवाज-
पर टाढा कतै बग्दै गरेको देख्छु!!

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
lost $3500 on penny stocks !!!
TPS Work Permit/How long your took?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters