हुनत कविताको देशमा टाँसिसकेको कविता हो, तैपनि आफैंलाई मन परेको कविता भएकोले यता पनि टाँस्दै छु। "शहरकी बत्ती" हिजो गोधूलीमा हतार हतार आफूलाई पूछपाछ पारेर भाका गुज्रेको पाउडर लतपत गालाभरि पोतेर र हतार हतार विना ऐना ठूटे लिपस्टिकले ओठ रंगाएर ताराहरु चम्किनुभन्दा पहिल्यै सडक किनारमा आफूलाई उभ्याएकी थिई पिलपिल शहरकी बत्ती, आफ्नै गह्रौँ छायासंग बेखवर भएर त्यै छायाँमा जोडिदैँ टुट्दै गरेका जोडीका जोडी मायासंग बेखवर भएर पर्दाभित्रका छायाहरुलाई ताराहरुले जस्तै निर्विचार हेरेर र पुलमुनि रात बलात्कृत हुँदा एक थोपा आँशु समेत नझारेर रातभरि ठडिएपछि थाकेर बिहानीपख सडकमै निदाईछे टिलपिल शहरकी बत्ती।
[ posted by
Gautam B. @
09:39 AM ] | Viewed: 3097 times
[
Feedback] (3 Comments)
|