|
|
|
मलाई पृथ्वी नरायन शाहले
उपत्यका कैले हाने
याद नरहला
मलाई पचहत्तर जिल्लाको नाम
भन्न नआउला
मलाई नेपालमा गणतन्त्र कैले
आयो याद नहोला
तर पनि मलाई
नेपाली सपना देख्न मन लाग्छ
म राष्ट्रियताले ओत्प्रोत भएको नेपाली
पनि
होइन
तर पनि मलाई
नेपाली सपना देख्न
मन लाग्छ
किनकि मलाई लाज
लाग्छ
अब नेताहरुको अनुहार टेलिभिजनमा
हेर्दा मलाई लाज
लाग्छ
रिस होइन, घ्रिणा होइन
, लाज लाग्छ
त्यसैले मलाई नेपाली
सपना देख्न मन लाग्छ
नेपाललाई अब राजनीति
गर्ने ब्रिद्दहरु होइन
सपना देख्ने युवाहरु चाहिएको
छ
युबाहरुको मस्तिस्क चाहिएको छ
किनकि राजनीति ले अब
नेपाल चल्दैन
नेपालको राजनीति भात्किएको झलुङे
पुल जस्तो छ
नेपाललाई अब पक्की
पुल को खाचो
छ
हो राजनीति ले अब
नेपाल चल्दैन
नेपाल अब युवाहरुको
सपना ले चल्छ
सपना देख्नेहरुको कर्मले चल्छ
हो नेपाललाई अब राजनीति
गर्ने बिद्यार्थी होइन
नेपाललाई अब बैज्ञानीक
हरु चाहिएको छ
नेपाल लाई अब
स्वास्थ्य-मन्त्रीमा एउटा डाक्टर
चाहिएको छ
निर्माण तथा यातायातमा
ईन्जिनियर चाहिएको छ
अर्थ मन्त्रीमा अर्थसास्त्री चाहिएको
छ
भुमीसुधर तथा निर्माणमा
एउटा अर्किटेक्ट चाहिएको
छ
बिज्ञान तथा प्रबिधीमा
एउटा बैज्ञानीक चाहिएको
छ
हो नेपाललाई अब झरझर
झर्ने झरना मात्र
होइन
बिध्युत निकल्ने पानीको डयाम्
चाहिएको छ
बाटोमा गूड्ने माईक्रो र बस
मात्र होइन
पूर्व मेचीदेखी पस्चीम महाकालीसम्म
चल्ने इलेक्ट्रीक रेल चाहिएको छ
हो नेपाललाई अब एउटा
धाबकको खाचो छ
सपनाको पछी दौडने
नायकको खाचो छ
नेपाललाई अब बन्द
होइन
भोटे-ताल्चा खोल्ने साँचोको
खाचो छ
त्यहा थुनिएर रोइरहेको छ मेरो
नेपाली सपना:
सुख शान्ति र सम्पन्नता
हो त्यही हो मेरो
नेपाली सपना
[ posted by
SubashLohani @
03:11 AM ] | Viewed: 2347 times
[
Feedback]
|
|
: |
"The fragrance of flowers spreads only in the direction of the wind. But the goodness of a person spreads in all direction."
[ posted by
kuae @
04:19 AM ] | Viewed: 2017 times
[
Feedback]
|
|
: |
मेरो सपना - क्षतविक्षत हालमा
क्षितिज पारि गाँउमा केहि चिज टिलपिलाउँदो छ समाउन खोज्छु झन पर भाग्दो छ।
छुन खोज्छु तल माथि गर्दो छ आँउदो अनि फेरि बिलाउँदो छ ।
मेरो सपना खै किन हो मै देखि तर्सिदो छ । बिहानी पर्यो ओझेलमा रात निकै निस्सासिदो छ
पुरै कविताको लागि ...... मेरो सपना - क्षतविक्षत हालमा .......
[ posted by
ametya @
01:06 PM ] | Viewed: 2081 times
[
Feedback]
|
|
: |
[ posted by
ametya @
01:04 PM ] | Viewed: 2037 times
[
Feedback]
|
|
: |
भोक, भोग र सम्भोग शिव प्रकाश भोक नियम हो भोग नियत हो सम्भोग निदान हो र, सम्भोग वरदान पनि हो । भोका छन् सबै प्राणी तर मान्छे – सबैभदा भोको छ त्यसैले मान्छे – मासु पनि खान्छ आँशु पनि खान्छ मन पनि खान्छ माटो पनि खान्छ र, मान्छे – मान्छे पनि खान्छ त्यसैले मान्छे – माछो पनि हो बाच्छो पनि हो र, मान्छे माकुरो पनि हो । भोगको भोको मान्छे भोग्नका लागि ईश्वर पनि भाक्छ सबैभदा बढी भोक मान्छेलाई नै लाग्छ सबैभदा बढी भोग मान्छेले नै गर्छ सबैभदा बढी सम्भोग मान्छेले नै गर्छ । निश्चित याम र मौसम हुन्छ हरेक प्राणीको भोक, भोग र सम्भोगको तर मान्छे – हरेक समय भोको छ हरेक समय भोगी छ हरेक समय सम्भोगी छ ईश्वरको वरदानको सधैं लोभी छ । अनिश्चित विचार अस्वाभाविक व्यवहार सृष्टिको अनुपम् उपहार मान्छे – भोक, भोग र स्भोगका लागि सधैं भोको छ ईश्वरको त्यो वरदानको उसलाई सधैं धोको छ । जनवरी १५, २००८ बोस्टन, अमेरिका ।
[ posted by
sprakashp @
05:57 PM ] | Viewed: 3597 times
[
Feedback] (1 Comment)
|
|
: |
यो अमेरिका रात पर्यो कामको थकाईले जीवननै कता कता हराएको जस्तो लाग्यो यौटा सन्नाटा ममा निरन्तर छ अमेरिका! म हर पल जलिरहेको छु आशा र आस्थाको दलदलमा यौटा बिष बिस्तारे बोल्छ "म अमेरिकामा जसरि पनि बाँच्छु"
[ posted by
narayan31 @
10:21 PM ] | Viewed: 2358 times
[
Feedback]
|
|
: |
सहमति र सहबास ! शिव प्रकाश सहमति ! सहमतिका लागि सहमतिबाट सहमति शुरु हुन्छ र, सहमतिका लागि सहमति बन्छ सहमति पछि सहमति तोड्ने अर्को सहमति हुन्छ । सहमति ! एउटा निरन्तर क्रम हो र, सहमति एउटा निरन्तर भ्रम पनि हो ! सहमति ! सरकार बनाउन चाहिन्छ सरकार चलाउन चाहिन्छ सरकार बचाउन चाहिन्छ सरकार गिराउन पनि चाहिन्छ र सहमति, सहबासका लागि पनि चाहिन्छ । सहमति ! क्रान्तिका लागि हुन्छ शान्तिका लागि हुन्छ र सहमति, स्वार्थका लागि पनि हुन्छ । सहमति ! साधु-साधुबीच हुन्छ चोर-चोरबीच हुन्छ र सहमति, साधु र चोरबीच पनि हुन्छ । सहमति ! नेता-नेताबीच हुन्छ वेश्या-वेश्याबीच हुन्छ र सहमति, वेश्या र महात्माबीच पनि हुन्छ । सहमति ! महलहरुमा हुन्छ सिंहदरबारहरुमा हुन्छ दरबारहरुमा हुन्छ र सहमति, वेश्याबजारहरुमा पनि हुन्छ । चलेको छ - मान्छे, संसार र समय, सँस्कार र सहबास सम्पूर्ण सहमतिमा ! हरैंचा, मोरङ । हाल - बोस्टन, अमेरिका ।
[ posted by
sprakashp @
09:38 AM ] | Viewed: 3562 times
[
Feedback] (3 Comments)
|
|
: |
हल्कराले खबर ल्यायो मैले पठा'को माल तिमीले पायौ भनेर, मलाई चाँही पीर लाग्छ त्यो माल तिमीले खाएनौ कि खायौ भनेर । सपनिमा निदरिले बताएको थियो माल अरुलाई दीइ फर्की तिमी आयौ भनेर, मलाई पनि विश्वाश लागि आयो मालको लागि तिमीले निर्वस्त्र के-के लायौ भनेर । । बजारको हल्लाले हल्लाउदै थियो सबैको मनमा तिमी माल भै छायौ भनेर, मैले पनि तिमीसँग भोग्दा भनेकै हो हुने नहुने ठाउमा कुन मालको लागि धायौ भनेर । । । हल्कराले खबर ल्यायो मैले पठा'को माल तिमीले पायौ भनेर,
[ posted by
vivasg @
01:01 PM ] | Viewed: 3450 times
[
Feedback] (1 Comment)
|
|
: |
लाग्छ हरपल तिमीले- काँध कोट्याएर बोलाइरहेजस्तो पछाडिबाट सुटुक्क- आँखा छोपेर झुक्याएजस्तो जब लुकीलुकी चियाउँछ रंगीन शरद दोबाटोमा अलिक छेलिएर- तिमी मलाई कुरिरहेजस्तो र हरेक घुम्तीमा म मोडिँदा- तिमी मेरो छातीमा ठोक्किएजस्तो जब लुकीलुकी चियाउँछ रंगीन शरद हेर, मभित्र बगेको तिम्रो याद झन् झन् गाढा भईरहेको जब लुकीलुकी चियाउँछ रंगीन शरद ए मेरो देश! हेर, तिम्रो मिहिन स्पर्शले मात्तिएको म तिमीसंगको मेरो प्रेमकथा निष्फिक्री, वेपर्बाह यी घुम्ती-घुम्तीलाई सुनाइरहेको घुम्ती कुरेर बसेका यी बस्ती-बस्तीलाई सुनाइरहेको । -सेप्टेम्बर २००८ नागोया, जापान (Also posted in http://www.basantagautam.com )
[ posted by
Gautam B. @
11:35 PM ] | Viewed: 3042 times
[
Feedback] (2 Comments)
|
|
: |
THIS POEM IS DEDICATE TO ALL THE FRIENDS/ FANS N' FAMILY MEMBERS OF SAJHA.COM. WITH LOVE, SHREEJAN
[ posted by
TEAM8848 @
10:16 AM ] | Viewed: 2225 times
[
Feedback]
|
|
: |
गल्ती,गल्ती,गल्ती कति कति भए गल्ती, जानी नजानी गल्तीहरु, कति कति गल्तीहरु ।। जानेर गरेका गल्ती अनि नजानी गरेका गल्ती। गल्ती नै हुन् आखिर सब गल्ती मेरा जीवनका अनगिन्ति गल्ती ।। याद छन् काति, ती भन्दा बढी बिर्सिएको जति । याद भइकन बिर्साइएका झन् कति खल्ति भरिका मेरा गल्तीहरु ।। शब्दको गल्ती, अर्थको गल्ती; वाक्यको गल्ती,सोचको गल्ती; कर्मको गल्ती, धर्मको गल्ती; कर्तव्यको गल्ती,बाध्यताको गल्ती; विवशताको गल्ती,वेवाशताको गल्ती; चाहानाको गल्ती,वाहानाको गल्ती; गल्ती,गल्ती मेरा खल्ति भरका गल्ती ।। अर्थ विहीनका गल्तीहरु अनि अर्थ पूर्ण गल्तीहरु गल्ती लुकाइएका गल्तीहरु मेरा जीवन भरका गल्तीहरु, खल्ति भरका गल्तीहरु ।।
[ posted by
DhungelRicha @
08:45 AM ] | Viewed: 3054 times
[
Feedback]
|
|
: |
साना कुरामा अल्झिन थाले जीन्दगी होला व्यर्थ, विख्यात कर्महीन कर्मले,ल्याइदेला निष्काम अर्थ । म माथि सोचमा उक्लिन चाहन्छु, गृहको व्यर्थ झगडा हैन , म प्रकृतीको अर्थ खोज्न चाहन्छु, दिन काट्ने अखडा हैन। आँखा खोली हेर्दा स्त्रीको जुनि देख्छु, बन्द आँखाले गन्तव्य अर्कै, विश्वासका दृष्टिले संकल्प भेट्छु, मनुष्य जुनिले केवल तर्कै । म मानिष बनि जुनिमा लटपटिने छैन, यस्तो लाग्छ मनमा सदा, शरीरको वशमा यद्यपि,मनुष्यको भावमा डुब्छु यदा कदा । मेरो गन्तव्य टाढा छ, जहाँ दृष्टि पुग्दैन नर जातका , मेरो संकल्प दुर कतै, जहाँ असक्षमता हातका । म लोक यस्तो चाहन्छु, वरपर शन्तिको उत्कर्ष रहेको, हर्ष हैन, अश्रु हैन, खोज खोजमा ज्ञान बहेको। गन्तव्य यस्तो,चीर मन्त्र शब्दको झन्कार जस्तो, मनुष्यको रगंमा डुबेर, म आत्मा चाहन्छु परमात्मा जस्तो ।।
[ posted by
DhungelRicha @
07:50 AM ] | Viewed: 2975 times
[
Feedback] (1 Comment)
|
|
: |
बुद्ध त इतिहास भईसकेछ । आदर्श मात्र बाँकि रहेछ । व्यवहारमा भने होइन रहेछ । दर्शन मात्र हुन पुगेछ । यथार्थता देखि टाढा भागेछ । गह्रा गह्रामा जब हली दाइ लौरो लगाउछन् शान्ति गोरूलाई आलहरूमा अशान्तिको बिऊ छर्न । शरदको बिहानमा हस्याङ फस्याङ गर्दै भदगाउँले दाइ खर्पन बोकि कुम दुखाउछन् अशान्ति सब्जि बेच्न् । बसन्तको आगमन सँगै खैरा साहेबको पछि शेर्पा दाइ नयाँ किर्तीमानको लागि हिमाल चढ्छन् अशान्तिको बिगुल फुक्न । मलाई किन किन यस्तै लाग्छ । जहाँ तहि अशान्ति नै पाउँछु । दिनानुदिन, अशान्ति छरिएकै छ । अशान्ति बेचिएकै छ । नाबालक रूदा अशान्ति देख्छु । बृद्द खोक्दा भयभित हुन्छु । प्रत्येक असारको दबदबे हिलोमा यसरी अशान्तिको रोपाई गर्दा प्रत्येक असोजको खुला मौसममा अराजकताको फसल उब्जने पो हो कि, डर लाग्छ । प्रत्येक अशान्ति खर्पनको दुखाईले बजार भरीभराउ हुदा प्रत्येक घरको स्थिरतामा अस्थिरताको त्रास बढ्ने पो हो कि, डर लाग्छ । प्रत्येक किर्तीमानको लालचले उकालो लाग्दा तापले हिमाल पखालिएर अस्थिपञ्जर हुने पो हो कि, डर लाग्छ । किन किन यस्तै शंखा हुन्छ । प्रत्येक शान्तिमा अशान्तिले धावा बोलेझै लाग्छ । २०५०।०१।०५ © 2008, P. Gurung
[ posted by
mr.jomsom @
05:14 AM ] | Viewed: 2993 times
[
Feedback]
|
|
: |
AAja feri tehi kahani dohoriyo yo sansar-le malai badhna khojeko haase ma aaja vaney danga parera kina ho kasto ho aajako din ek janalai vaney I'm confused dude... Kasari pokhne maile yee dharana aafnai vasa aajkal padhna afthero cha kalako khoji hu ma chahinna kohee eeklai pani yestai thiyee majhma pani yeestai sachikai vanne ho vanee i'm still confused... Sadhai jhai mero kaam ra meraa thakaee summer is just chill, polne tee grill hya ma ta majak ra jokes ma living mah life kahile hune ho sabai jana grow up tehee kurama sara FREAKING sansar confused... Daruko jhyapp aaja pani hijo pani sayad bholi pani, But dekheko-nai chaina tomorrow lamo breathe chadee aba tee words nai gayab ma SICK hoina ma matra alone dude be right here around me chan lots of fools n' frens, so i'm even more confused... AAja ta majak matra, sabailai ragg ra favor both garchu sorry nabhana world, just be happy YO ma ko hu malai ke thaha, who the heck knows shit sabai knowledge vayee ta we'd all TOP huntheyu nee there's no confusion I think, matra aafno sochai ho ....& That Be So, I'm yet so F..king sonfused........... pftzzz........Eh HARDCORE !!!
[ posted by
arwoy_digna @
01:46 AM ] | Viewed: 1855 times
[
Feedback]
|
|
: |
DO YOU LOVE SOMEONE THIS MUCH ? ***** IMP : For all the Lovers of the world********* A girl and guy were speeding over 100 mph on the road on a motorcycle... Girl: Slow down. Im scared. Guy: No this is fun. Girl: No its not. Please, its too scary! Guy: Then tell me you love me. Girl: Fine, I love you. Slow down! Guy: Now give me a BIG hug. Girl hugs him Guy: Can you take my helmet off & put it on yourself? Its bugging me... In the paper the next day : A motorcycle had crashed into a building because of brake failure.Twopeople were on it, but only one had survived. The truth was that halfway down the road, the guy realized that his brakes broke, but he didn't want to let the girl know. Instead, he had her say she loved him & felt her hug him one last time, then had her wear his helmet so that she would live even though it meant that he would die. If there is anyone in life you love this much, please send this. Forward this to all your good friends on-line to show them that you care. Regards, Timaro_maya
[ posted by
timaro_maya @
02:50 AM ] | Viewed: 2468 times
[
Feedback]
|
|
: |
स्वतन्त्रताको लहरमा हावाको बहाव सँगै जब एउटा चङ्गा उड्न थाल्छ । अनि एकटक हेरीरहन्छु म । खुशी, उमंगका साथ विशाल आकाशमा अगिपछि, दायाँबायाँ गर्दै एउटा मसिनो त्यान्द्रामा अडिई आधार एउटा लट्टाईको जीवन दाता एक मान्छे । यहि बलियो जगको सहारामा जब चङ्गा नाच्दै रमाउदै हुन्छ । अनि मलाई लाग्छ, ऊ हावालाई गिज्याई रहेको छ । आफ्नो कुशलता देखाउदै । शितलवमा झै चमक स्प्रिङमा झै लचक मत्स्यको चालमा मृगको हिडाई लिई तल माथि उफ्रिरहेको छ । आफ्नो अस्तित्व बनाइरहेको छ । हेर्दा लाग्छ, उ जीवनको भरपुर आनन्दमा छ । नविन सोचाईमा छ । उदार हृदय लिएर, स्वतन्त्रतामा रमाईरहेको छ । तर जब, महत्वकांक्षा उनीहरूमा बढ्छ । स्वतन्त्रताको सीमा नाघ्छ । अनि हनन् हुन पुग्छ एक आपसमा, स्वतन्त्रताको, सदाचारको, सदिच्छाको, सु-विचारको । चैतन्य स्फूरण हुन नपाउदा, सिर्जना हुन्छ भिमकाय परिस्थिती, अनि परिणाम, चेट… चेट… चेट… अव वातावरण भिन्न देख्छु । समयले नयाँ मोड लिन्छ । एकपल पूर्व, हावालाई जिस्काई नाच्ने । अहिले हावाको इच्छामा लडिरहेको छ । हावाको चाहनामा बगिरहेको छ । न त कुनै रोमाञ्चक चाल नै छ । न त कुनै नव-जाग्रतको आँश नै छ । मात्र आभास हुन्छ, पर्वत छोडेको ढुङ्गा झै । एकपल्टको वक्रदृष्टिले गर्दा, हृदयविदारक स्थिती जागृत हुन्छ । सारा जलमलाहटले रोसनी गुमाउंछ । आफ्नो जग गुम्न पुग्दा । आधारबाट छुट्न पुग्दा । अनि मलाइ सम्झना हुन्छ । मेरो आधार, मेरो घर । मेरो जग, घरको सुरुवात । फरक पनि देख्छु, घर र आधुनिक समाजको दोसाधमा । जहाँ, विषम परिस्थितिहरू मडारिन्छन् । अपार भुटोहरू देखा पर्छन् । सन्तुलित गर्न उखुम नै पर्छ । यसरी एउटा सच्चाई, सामुन्ने आई घुँडा टेक्छ । अनि, मेरो अन्तस्करणबाट आवाज आउँछ । चङ्गाको लट्टाई, मेरो घर । खुला हावा, अत्याधुनिक समाज । मसिनो धागो, सारभुत सन्तुलन । २०५९।०९।२५ © 2008, P. Gurung
[ posted by
mr.jomsom @
04:53 AM ] | Viewed: 3250 times
[
Feedback]
|
|
: |
आफ्नो मनलाई अलि तल झारे । मैले आफ्नो मनलाई अलि बायाँ सारे । फेरी अलि पछि धकेले । अनि बनेको एक एकाई आयतनलाई राम्ररी नियाले, त्यो अटल थियो । त्यो विश्वस्त थियो । अनि निश्चिन्त पनि थियो । मनलाई तीन तिर सार्दा पनि । मेरो मस्तिष्कले लगाएको, साम दाम दण्ड भेद देखि टाढा थियो । वरिपरीका सम्पूर्ण ढोका खोली, शुभ साईतको लक्षणमा, सु-स्वागतको लागि तत्पर थियो । एक आकार दिन । तरललाई ठोसमा बन्द गर्न । संयोगान्तको आशमा । दरिलो भविष्यको खोजमा । मन आखिर कमलो नै हुदो रहेछ । भावनामा बग्दो रहेछ । सदा टाढा हुन खोज्दो रहेछ । दिमागको चतुराई भन्दा टाढा, धेरै टाढा । स्वच्छ प्रक्रिति तिर खेल्दै, रमाउदै । सजिलै देख्न नसकेको त्यो । आज छर्लङ्ग हुने गरि उदाङ्गियो । झ्यालको पर्दा हटाउदा, देखिएको सुन्दर हिमाल झै, सुन्दर अनि पवित्र त्यो । निर्दोष अनुहार लिई, केहि मागिरहेको थियो । कसैलाई खोजिरहेको थियो । सायद हुन सक्छ, स्वतन्त्रता …… ? स्वछन्दता …… ? स्थायित्व …… ? सदाचार …… ? अनि अधिकार …… ? मेरो जीवन सजाउने । एउटा बनेको अल्प घनाकारमा उच्च घनत्व पाईदो रहेछ । विशाल अर्थ भेटिदो रहेछ । जुन कल्पना भन्दा बाहिरको भयो । म सोच्न बाध्य छु । यथार्थताहरू हिजो कसरी जालोमा अड्क्यो ? वास्तविकताहरू कसरी अन्धकारमा डुब्यो ? यी सारा यसरी देख्न सकिन्छ, अर्थहरू यसरी भेट्टाउन सकिन्छ, भन्ने पहिला नै थाहा भएको भए । म पहिले नै, एक एकाई आयातनको निर्माणमा अवश्य लाग्थे । अनि स्वच्छ मनलाई सान्त्वना दिन्थे । २०५९।०८।०८ © 2008, P. Gurung
[ posted by
mr.jomsom @
04:35 PM ] | Viewed: 3277 times
[
Feedback]
|
|
: |
कल्पनाको सागरमा डुब्न उपयुक्त छ यो । हेर्दैन दायाँ बायाँ गर्देन तल र माथि । आकाशबाट झरेन यो धर्तिबाट खनिएन । कुन मात्रा बढ्दैछ भिजेको रूमाल यो । परिचितहरू बिचको अपरिचित यो । समय बताउन मुन्टो बटार्छ । सफलताको पोको बाँध्न सक्दैन् यो । कलम समाउन सक्छ तर लेख्न खैं । हेर्छ त्यो अनुहार देख्छ यो । नडराएको भानमा डराउँछ यो । सम्झन्छ आफू हाँसे संसार हाँस्छ । तर बिर्सन्छ हाँस्नेको अदृश्य मुहार । मख्ख छ सम्झन्छ आफू छ ओतमा । तर त्यो ओत कहाँ छ सोच्दैन यो । चार खुट्टाको कुर्चिसँग गर्भ गर्छ यो । झुण्डिएको झोलालाई बिर्सन्छ यो । भमराको खोजि गर्छ फक्रन नसक्ने फूल यो । आवाज सुन्न लालायित भित्ताहरूको बिचमा छ यो । २०५७।०५।१५ © 2008, P. Gurung
[ posted by
mr.jomsom @
12:34 PM ] | Viewed: 3291 times
[
Feedback] (1 Comment)
|
|
: |
मलामी नपाएका लासहरू सडकका बिचोबिच भेटिन्छन् । सडकका किनारै किनार भेटिन्छन् । सहरका गल्लि गल्लिमा भेटिन्छन् । ठूला-ठूला घर देखि झुप्रा सम्ममा भेटिन्छन् । जिउँदै कुहिएर गन्हाएका लासहरू सहर देखि गाऊँ सम्म भेटिन्छन् । कोठा देखि सिँह दरबार सम्म भेटिन्छन् । मैदान देखि पहाड सम्म भेटिन्छन् । जन्मदा आमाको पिँडा बढाएकाहरू, हुर्कदा बाबाको पाऊ थकाएकाहरू, आमाको ममता पाएकाहरू बाबाको काँखमा खेलेकाहरू आज आमाको ममता अनि बाबाको काँख बिर्सन सक्ने भएका छन् । आमाको पिँडा अनि बाबाको कष्ट देख्न सक्ने भएकाछन् । वाह... वाह... आज आफ्नै आमाको छातिमा टेकेर बाबाको टाँउको थिचेर सगरमाथालाई झुक्न लगाउनेहरू बैरीलाई हाँस्न लगाउनेहरू दिनानु-दिन बढिरहेको छ । जसरी, असार – श्रावणको भारी बर्षातमा, बाटो नपाई मरेका मुसाहरू, विबेदले मारिएका कुकुरहरू, यत्र तत्र छरिएर, जहाँ तहि भेटिन्छन् । त्यसरी नै, मरेर लास सरह भएका छन् । मलामी नपाएर यत्र तत्र छरिएका छन् । लासको रास थुप्रिएका छन् । २०५९।०९।२० © 2008, P. Gurung
[ posted by
mr.jomsom @
05:35 AM ] | Viewed: 3189 times
[
Feedback]
|
|
: |
म मन मार्ने मान्छे, मलाई मायाको मर्म के थाहा । मौंलाएको मन मेरो, मारिएको मनको मर्म के थाहा । मैले यसरी नै, मनलाई मसँग मिलाउन खोजे । माया गाँस्न खोजे । एउटा ममतामयी मनको आँशमा । माया पाउने विश्वासमा । तर, आक्षेप म मा बज्रियो, म मन मार्ने मान्छे, मलाई मायाको मर्म के थाहा । मौंलाएको मन मेरो, मारिएको मनको मर्म के थाहा । अवश्य पनि मलाई थाहा नहोला, मनको माधुर्यता, कति मनोरम छ भनेर । जहाँको मनोहर कहानी कतिको मन-मोहक छ भनेर । तर, मेरो मन भित्र लुकेको अल्प सत्यमा विशाल मनको माया छ । स्वच्छ मायालुको मन छ । जसमा लुकेको मेरो मर्म पाईन्छ । मौंलाएको प्रति माया पाईन्छ । त्यसैले, म त मनबाट माया बाड्ने मान्छे । २०५९।०९।२० © 2008, P. Gurung
[ posted by
mr.jomsom @
06:12 AM ] | Viewed: 3337 times
[
Feedback]
|
|
: |
|