:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: December 2023
:: November 2023
:: October 2023
:: September 2023
:: August 2023
:: July 2023
:: June 2023
:: May 2023
:: April 2023
:: March 2023
:: February 2023
:: January 2023
:: December 2022
:: November 2022
:: October 2022
:: September 2022
:: August 2022
:: July 2022
:: June 2022
:: May 2022
:: April 2022
:: March 2022
:: February 2022
:: January 2022
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Poem
Saturday, March 15, 2008 | [fix unicode]
 

स्वतन्त्रताको लहरमा
हावाको बहाव सँगै
जब एउटा चङ्गा उड्न थाल्छ ।
अनि एकटक हेरीरहन्छु म ।

खुशी, उमंगका साथ
विशाल आकाशमा
अगिपछि, दायाँबायाँ गर्दै
एउटा मसिनो त्यान्द्रामा अडिई
आधार एउटा लट्टाईको
जीवन दाता एक मान्छे ।

यहि बलियो जगको सहारामा
जब चङ्गा नाच्दै रमाउदै हुन्छ ।
अनि मलाई लाग्छ,
ऊ हावालाई गिज्याई रहेको छ ।
आफ्नो कुशलता देखाउदै ।
शितलवमा झै चमक
स्प्रिङमा झै लचक
मत्स्यको चालमा
मृगको हिडाई लिई
तल माथि उफ्रिरहेको छ ।
आफ्नो अस्तित्व बनाइरहेको छ ।
हेर्दा लाग्छ,
उ जीवनको भरपुर आनन्दमा छ ।
नविन सोचाईमा छ ।
उदार हृदय लिएर,
स्वतन्त्रतामा रमाईरहेको छ ।

तर जब,
महत्वकांक्षा उनीहरूमा बढ्छ ।
स्वतन्त्रताको सीमा नाघ्छ ।
अनि हनन् हुन पुग्छ
एक आपसमा,
स्वतन्त्रताको,
सदाचारको,
सदिच्छाको,
सु-विचारको ।
चैतन्य स्फूरण हुन नपाउदा,
सिर्जना हुन्छ भिमकाय परिस्थिती,
अनि परिणाम,
चेट… चेट… चेट…

अव वातावरण भिन्न देख्छु ।
समयले नयाँ मोड लिन्छ ।
एकपल पूर्व, हावालाई जिस्काई नाच्ने ।
अहिले हावाको इच्छामा लडिरहेको छ ।
हावाको चाहनामा बगिरहेको छ ।
न त कुनै रोमाञ्चक चाल नै छ ।
न त कुनै नव-जाग्रतको आँश नै छ ।
मात्र आभास हुन्छ,
पर्वत छोडेको ढुङ्गा झै ।

एकपल्टको वक्रदृष्टिले गर्दा,
हृदयविदारक स्थिती जागृत हुन्छ ।
सारा जलमलाहटले रोसनी गुमाउंछ ।
आफ्नो जग गुम्न पुग्दा ।
आधारबाट छुट्न पुग्दा ।

अनि मलाइ सम्झना हुन्छ ।
मेरो आधार, मेरो घर ।
मेरो जग, घरको सुरुवात ।
फरक पनि देख्छु,
घर र आधुनिक समाजको दोसाधमा ।
जहाँ,
विषम परिस्थितिहरू मडारिन्छन् ।
अपार भुटोहरू देखा पर्छन् ।
सन्तुलित गर्न उखुम नै पर्छ ।

यसरी एउटा सच्चाई,
सामुन्ने आई घुँडा टेक्छ ।
अनि,
मेरो अन्तस्करणबाट आवाज आउँछ ।
चङ्गाको लट्टाई, मेरो घर ।
खुला हावा, अत्याधुनिक समाज ।
मसिनो धागो, सारभुत सन्तुलन ।

२०५९।०९।२५ © 2008, P. Gurung

   [ posted by mr.jomsom @ 04:53 AM ] | Viewed: 2930 times [ Feedback]


: