|
|
|
बुद्ध त इतिहास भईसकेछ । आदर्श मात्र बाँकि रहेछ । व्यवहारमा भने होइन रहेछ । दर्शन मात्र हुन पुगेछ । यथार्थता देखि टाढा भागेछ । गह्रा गह्रामा जब हली दाइ लौरो लगाउछन् शान्ति गोरूलाई आलहरूमा अशान्तिको बिऊ छर्न । शरदको बिहानमा हस्याङ फस्याङ गर्दै भदगाउँले दाइ खर्पन बोकि कुम दुखाउछन् अशान्ति सब्जि बेच्न् । बसन्तको आगमन सँगै खैरा साहेबको पछि शेर्पा दाइ नयाँ किर्तीमानको लागि हिमाल चढ्छन् अशान्तिको बिगुल फुक्न । मलाई किन किन यस्तै लाग्छ । जहाँ तहि अशान्ति नै पाउँछु । दिनानुदिन, अशान्ति छरिएकै छ । अशान्ति बेचिएकै छ । नाबालक रूदा अशान्ति देख्छु । बृद्द खोक्दा भयभित हुन्छु । प्रत्येक असारको दबदबे हिलोमा यसरी अशान्तिको रोपाई गर्दा प्रत्येक असोजको खुला मौसममा अराजकताको फसल उब्जने पो हो कि, डर लाग्छ । प्रत्येक अशान्ति खर्पनको दुखाईले बजार भरीभराउ हुदा प्रत्येक घरको स्थिरतामा अस्थिरताको त्रास बढ्ने पो हो कि, डर लाग्छ । प्रत्येक किर्तीमानको लालचले उकालो लाग्दा तापले हिमाल पखालिएर अस्थिपञ्जर हुने पो हो कि, डर लाग्छ । किन किन यस्तै शंखा हुन्छ । प्रत्येक शान्तिमा अशान्तिले धावा बोलेझै लाग्छ । २०५०।०१।०५ © 2008, P. Gurung
[ posted by
mr.jomsom @
05:14 AM ] | Viewed: 2994 times
[
Feedback]
|
|
: |
स्वतन्त्रताको लहरमा हावाको बहाव सँगै जब एउटा चङ्गा उड्न थाल्छ । अनि एकटक हेरीरहन्छु म । खुशी, उमंगका साथ विशाल आकाशमा अगिपछि, दायाँबायाँ गर्दै एउटा मसिनो त्यान्द्रामा अडिई आधार एउटा लट्टाईको जीवन दाता एक मान्छे । यहि बलियो जगको सहारामा जब चङ्गा नाच्दै रमाउदै हुन्छ । अनि मलाई लाग्छ, ऊ हावालाई गिज्याई रहेको छ । आफ्नो कुशलता देखाउदै । शितलवमा झै चमक स्प्रिङमा झै लचक मत्स्यको चालमा मृगको हिडाई लिई तल माथि उफ्रिरहेको छ । आफ्नो अस्तित्व बनाइरहेको छ । हेर्दा लाग्छ, उ जीवनको भरपुर आनन्दमा छ । नविन सोचाईमा छ । उदार हृदय लिएर, स्वतन्त्रतामा रमाईरहेको छ । तर जब, महत्वकांक्षा उनीहरूमा बढ्छ । स्वतन्त्रताको सीमा नाघ्छ । अनि हनन् हुन पुग्छ एक आपसमा, स्वतन्त्रताको, सदाचारको, सदिच्छाको, सु-विचारको । चैतन्य स्फूरण हुन नपाउदा, सिर्जना हुन्छ भिमकाय परिस्थिती, अनि परिणाम, चेट… चेट… चेट… अव वातावरण भिन्न देख्छु । समयले नयाँ मोड लिन्छ । एकपल पूर्व, हावालाई जिस्काई नाच्ने । अहिले हावाको इच्छामा लडिरहेको छ । हावाको चाहनामा बगिरहेको छ । न त कुनै रोमाञ्चक चाल नै छ । न त कुनै नव-जाग्रतको आँश नै छ । मात्र आभास हुन्छ, पर्वत छोडेको ढुङ्गा झै । एकपल्टको वक्रदृष्टिले गर्दा, हृदयविदारक स्थिती जागृत हुन्छ । सारा जलमलाहटले रोसनी गुमाउंछ । आफ्नो जग गुम्न पुग्दा । आधारबाट छुट्न पुग्दा । अनि मलाइ सम्झना हुन्छ । मेरो आधार, मेरो घर । मेरो जग, घरको सुरुवात । फरक पनि देख्छु, घर र आधुनिक समाजको दोसाधमा । जहाँ, विषम परिस्थितिहरू मडारिन्छन् । अपार भुटोहरू देखा पर्छन् । सन्तुलित गर्न उखुम नै पर्छ । यसरी एउटा सच्चाई, सामुन्ने आई घुँडा टेक्छ । अनि, मेरो अन्तस्करणबाट आवाज आउँछ । चङ्गाको लट्टाई, मेरो घर । खुला हावा, अत्याधुनिक समाज । मसिनो धागो, सारभुत सन्तुलन । २०५९।०९।२५ © 2008, P. Gurung
[ posted by
mr.jomsom @
04:53 AM ] | Viewed: 3251 times
[
Feedback]
|
|
: |
आफ्नो मनलाई अलि तल झारे । मैले आफ्नो मनलाई अलि बायाँ सारे । फेरी अलि पछि धकेले । अनि बनेको एक एकाई आयतनलाई राम्ररी नियाले, त्यो अटल थियो । त्यो विश्वस्त थियो । अनि निश्चिन्त पनि थियो । मनलाई तीन तिर सार्दा पनि । मेरो मस्तिष्कले लगाएको, साम दाम दण्ड भेद देखि टाढा थियो । वरिपरीका सम्पूर्ण ढोका खोली, शुभ साईतको लक्षणमा, सु-स्वागतको लागि तत्पर थियो । एक आकार दिन । तरललाई ठोसमा बन्द गर्न । संयोगान्तको आशमा । दरिलो भविष्यको खोजमा । मन आखिर कमलो नै हुदो रहेछ । भावनामा बग्दो रहेछ । सदा टाढा हुन खोज्दो रहेछ । दिमागको चतुराई भन्दा टाढा, धेरै टाढा । स्वच्छ प्रक्रिति तिर खेल्दै, रमाउदै । सजिलै देख्न नसकेको त्यो । आज छर्लङ्ग हुने गरि उदाङ्गियो । झ्यालको पर्दा हटाउदा, देखिएको सुन्दर हिमाल झै, सुन्दर अनि पवित्र त्यो । निर्दोष अनुहार लिई, केहि मागिरहेको थियो । कसैलाई खोजिरहेको थियो । सायद हुन सक्छ, स्वतन्त्रता …… ? स्वछन्दता …… ? स्थायित्व …… ? सदाचार …… ? अनि अधिकार …… ? मेरो जीवन सजाउने । एउटा बनेको अल्प घनाकारमा उच्च घनत्व पाईदो रहेछ । विशाल अर्थ भेटिदो रहेछ । जुन कल्पना भन्दा बाहिरको भयो । म सोच्न बाध्य छु । यथार्थताहरू हिजो कसरी जालोमा अड्क्यो ? वास्तविकताहरू कसरी अन्धकारमा डुब्यो ? यी सारा यसरी देख्न सकिन्छ, अर्थहरू यसरी भेट्टाउन सकिन्छ, भन्ने पहिला नै थाहा भएको भए । म पहिले नै, एक एकाई आयातनको निर्माणमा अवश्य लाग्थे । अनि स्वच्छ मनलाई सान्त्वना दिन्थे । २०५९।०८।०८ © 2008, P. Gurung
[ posted by
mr.jomsom @
04:35 PM ] | Viewed: 3278 times
[
Feedback]
|
|
: |
कल्पनाको सागरमा डुब्न उपयुक्त छ यो । हेर्दैन दायाँ बायाँ गर्देन तल र माथि । आकाशबाट झरेन यो धर्तिबाट खनिएन । कुन मात्रा बढ्दैछ भिजेको रूमाल यो । परिचितहरू बिचको अपरिचित यो । समय बताउन मुन्टो बटार्छ । सफलताको पोको बाँध्न सक्दैन् यो । कलम समाउन सक्छ तर लेख्न खैं । हेर्छ त्यो अनुहार देख्छ यो । नडराएको भानमा डराउँछ यो । सम्झन्छ आफू हाँसे संसार हाँस्छ । तर बिर्सन्छ हाँस्नेको अदृश्य मुहार । मख्ख छ सम्झन्छ आफू छ ओतमा । तर त्यो ओत कहाँ छ सोच्दैन यो । चार खुट्टाको कुर्चिसँग गर्भ गर्छ यो । झुण्डिएको झोलालाई बिर्सन्छ यो । भमराको खोजि गर्छ फक्रन नसक्ने फूल यो । आवाज सुन्न लालायित भित्ताहरूको बिचमा छ यो । २०५७।०५।१५ © 2008, P. Gurung
[ posted by
mr.jomsom @
12:34 PM ] | Viewed: 3292 times
[
Feedback] (1 Comment)
|
|
: |
मलामी नपाएका लासहरू सडकका बिचोबिच भेटिन्छन् । सडकका किनारै किनार भेटिन्छन् । सहरका गल्लि गल्लिमा भेटिन्छन् । ठूला-ठूला घर देखि झुप्रा सम्ममा भेटिन्छन् । जिउँदै कुहिएर गन्हाएका लासहरू सहर देखि गाऊँ सम्म भेटिन्छन् । कोठा देखि सिँह दरबार सम्म भेटिन्छन् । मैदान देखि पहाड सम्म भेटिन्छन् । जन्मदा आमाको पिँडा बढाएकाहरू, हुर्कदा बाबाको पाऊ थकाएकाहरू, आमाको ममता पाएकाहरू बाबाको काँखमा खेलेकाहरू आज आमाको ममता अनि बाबाको काँख बिर्सन सक्ने भएका छन् । आमाको पिँडा अनि बाबाको कष्ट देख्न सक्ने भएकाछन् । वाह... वाह... आज आफ्नै आमाको छातिमा टेकेर बाबाको टाँउको थिचेर सगरमाथालाई झुक्न लगाउनेहरू बैरीलाई हाँस्न लगाउनेहरू दिनानु-दिन बढिरहेको छ । जसरी, असार – श्रावणको भारी बर्षातमा, बाटो नपाई मरेका मुसाहरू, विबेदले मारिएका कुकुरहरू, यत्र तत्र छरिएर, जहाँ तहि भेटिन्छन् । त्यसरी नै, मरेर लास सरह भएका छन् । मलामी नपाएर यत्र तत्र छरिएका छन् । लासको रास थुप्रिएका छन् । २०५९।०९।२० © 2008, P. Gurung
[ posted by
mr.jomsom @
05:35 AM ] | Viewed: 3190 times
[
Feedback]
|
|
: |
|