:: Blog Home       :: ametya ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: VIEW ametya's BLOGS
:: काठमाडौं किस्सा - चावहिलतिर हानिदा उल्टै हानिएको म ....
:: मेरो सपना - क्षतविक्षत हालमा
:: आफ्नै सपना किन्नको खातिर के बेचु म ?
:: हात मिलाउने अवसर
:: वृद्दाश्रममा भेटिएका दुई वृद्द युवा
:: प्राचिन कान्तिपुरी नगरीका दुर्लभ फोटाहरु - इतिहासबाट
:: एमआरपी - २०६६ काण्ड हुनबाट बचेको बहुचर्चित विवाद
:: Direct To Home (DTH) Service अब नेपालमा पनि
:: धमिजा देखि एमआरपी प्रकरण , सुजाता - मुख्य स्रोत, एक संकीर्ण सोच
:: २०४८ - २०५८ सालको राजनीतिवृतमा कोइरालाको इतिहास र चर्चित लाउडा, धमिजा काण्ड
:: विवाद र चर्चाको बिच घेरिएको गिरिजा प्रसाद कोइरालाको संक्षिप्त जिवनी
:: GRE का प्रखर प्रवक्ता, आजको सन्दर्भमा
:: ...तन्त्रमा रुमलिएको म
:: ARCHIVES
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: December 2023
:: November 2023
:: October 2023
:: September 2023
:: August 2023
:: July 2023
:: June 2023
:: May 2023
:: April 2023
:: March 2023
:: February 2023
:: January 2023
:: December 2022
:: November 2022
:: October 2022
:: September 2022
:: August 2022
:: July 2022
:: June 2022
:: May 2022
:: April 2022
:: March 2022
:: February 2022
:: January 2022
:: powered by

Sajha.com

:: designed by
:

   
काठमाडौं किस्सा - चावहिलतिर हानिदा उल्टै हानिएको म .... [ametya's blog]
Blog Type:: Blog
Saturday, April 17, 2010 | [fix unicode]
 

 
साँझको ५ बजिसकेको छ । आज अनायसै पार्टीको प्रोगाम बनेको हुनाले अफिस छुट्न नपाउँदै मलाई पानीपोखरीबाट चावहिलतिर हानिनु छ । तर आज यो हानिनु शब्द अलिक दरै भाकामा उल्टो तालले मलाई लागुहोला भनेर मैले चिताएको थिइन । चावहिलतिर बेजोडसँग हानिदा उल्टै हनाइमा परे म गज्जब तालले ।

केटाहरु ४/५ जना जति थिए । चावहिलको शान्ति गोरेटोमा म आफ्नै तालले लम्किरहेको थिए । अनायसै एक केटोले तै हैनस् भन्दै यताउति हान्न थाल्यो । चिनेकै कोहि साथी जिस्किरहेको सोची के हुन लाग्यो भनी अवाक रहनु बाहेक मसँग अर्को विकल्प थिएन । त्यो केटो चाँहि उग्ररुप धारण गरी भटाभट मेरो टाउकोमा बर्साउन थाल्यो । जम्मा ३०-४० सेकेण्ड बिचको हाम्रो यो अप्रत्याशित जम्काभेट पुर्णतया आश्चर्यजनक थियो । 'म होइन "- म रोए, कराए तर ति मित्र पाएको माल कस्ले छोड्छ भनि मलाई मजाले दिइरहे । अन्तमा म उनले खोजेको व्यक्ति हैन रहेछु भन्ने पत्ता लागेछी ' तँ सँग के छ निकाल ' जस्ता शब्द सुनिए  । त्यतिखेरसम्म म पुरै सेन्सलेस भइसकेको थिए , आँखामा केहि चोट लागेको मैले शंका गरिसकेको थिए । मेरो चश्मा चकनाचुर भै फुटेको रहेछ ।
 

   [ posted by ametya @ 01:12 PM ] | Viewed: 1448 times [ Feedback]


:

   
मेरो सपना - क्षतविक्षत हालमा [ametya's blog]
Blog Type:: Poem
Saturday, April 17, 2010 | [fix unicode]
 

मेरो सपना - क्षतविक्षत हालमा

क्षितिज पारि गाँउमा
केहि चिज टिलपिलाउँदो छ
समाउन खोज्छु
झन पर भाग्दो छ।

छुन खोज्छु
तल माथि गर्दो छ
आँउदो अनि फेरि बिलाउँदो छ ।

मेरो सपना
खै किन हो
मै देखि तर्सिदो छ ।
बिहानी पर्यो ओझेलमा
रात निकै निस्सासिदो छ

पुरै कविताको लागि ...... मेरो सपना - क्षतविक्षत हालमा .......

   [ posted by ametya @ 01:06 PM ] | Viewed: 1827 times [ Feedback]


:

   
आफ्नै सपना किन्नको खातिर के बेचु म ? [ametya's blog]
Blog Type:: Poem
Saturday, April 17, 2010 | [fix unicode]
 

आफ्नै सपना किन्नको खातिर आखिर के बेचु म ???


हिड्दा हिड्दा बल्लतल्ल आइ त पुगियो
तर के अघी बढन सक्छु म ?
जिन्दगीको बाजारमा पुग्न त पुगियो
अब के केही बेच्न सक्छु म ?

नेता बन्न बोली, बिचार बेचे बौद्दिक
कोही बेच्छन पुराना, कोही आफ्नै मौलिक
हुलमुलको जगतमा केही चिज खोज्दै छु म
आफ्नै सपना किन्नको खातिर के बेचु म ?


पुरै कविताको लागि ....... आफ्नै सपना किन्नको खातिर आखिर के बेचु म ??? .............

   [ posted by ametya @ 01:04 PM ] | Viewed: 1804 times [ Feedback]


:

   
हात मिलाउने अवसर [ametya's blog]
Blog Type:: Blog
Saturday, April 17, 2010 | [fix unicode]
 

हात मिलाउने अवसर

कलाऋतिको धनी यस देशको लोगोमा नेपालीपन झल्कनुपर्थो न कि पाश्चात्य शैलीको हात मिलाई " सुझावयुक्त उनको भनाइमा यो संवाददाता एकछिन मननमा पर्‍यो, अनि सोच्यो, यि युवाहरुका प्रत्येक उत्तरमा केही निचोड भेटिन्छन् र पनि उनिहरुको उत्तर किन सुनिइदैन ?

के साच्चिकै हाम्रो लोगोमा हाम्रो नेपाली शैलि झल्किन्छ र ?? के नेपालको लोगो यस्तै हुनु पर्ने हो ???

पुरै लेखको लागि .......... हात मिलाउने अवसर .............

   [ posted by ametya @ 01:00 PM ] | Viewed: 1480 times [ Feedback]


:

   
वृद्दाश्रममा भेटिएका दुई वृद्द युवा [ametya's blog]
Blog Type:: Blog
Saturday, April 17, 2010 | [fix unicode]
 

वृद्दाश्रममा भेटिएका दुई वृद्द युवा

 तिमी पत्रकारहरु कती घटना खोज्छौ, एकपटक जीवन खोजेर त हेर"  मेरो मित्रले भनेको यो वाक्य मेरो दिमागमा लगभग चार महिना घुमिरह्यो , जबसम्म म काठमाडौंको वृद्दाश्रम पुगिन । दुई वृद्दा, उमेरले ६० बढी तर जोशले ३५ कम, तारा (तस्विरमा पटुकि बाधेकी) र माया (ओढ्ने ओढेकी) भेटेपछि लाग्यो यो संवाददाताले एक फरक जिन्दगी भेटेको छ, एक जीवन जसलाई हेरेर हजार जीवन जिउन अभिप्रेरित हुनेछन ।

   [ posted by ametya @ 12:58 PM ] | Viewed: 1393 times [ Feedback]


: