म मन मार्ने मान्छे,
मलाई मायाको मर्म के थाहा ।
मौंलाएको मन मेरो,
मारिएको मनको मर्म के थाहा ।
मैले यसरी नै,
मनलाई मसँग मिलाउन खोजे ।
माया गाँस्न खोजे ।
एउटा ममतामयी मनको आँशमा ।
माया पाउने विश्वासमा ।
तर,
आक्षेप म मा बज्रियो,
म मन मार्ने मान्छे,
मलाई मायाको मर्म के थाहा ।
मौंलाएको मन मेरो,
मारिएको मनको मर्म के थाहा ।
अवश्य पनि मलाई थाहा नहोला,
मनको माधुर्यता,
कति मनोरम छ भनेर ।
जहाँको मनोहर कहानी
कतिको मन-मोहक छ भनेर ।
तर, मेरो मन भित्र लुकेको अल्प सत्यमा
विशाल मनको माया छ ।
स्वच्छ मायालुको मन छ ।
जसमा लुकेको मेरो मर्म पाईन्छ ।
मौंलाएको प्रति माया पाईन्छ ।
त्यसैले,
म त मनबाट माया बाड्ने मान्छे ।
२०५९।०९।२० © 2008, P. Gurung