|
|
|
अनिदो रात आँफै पल्टिदो रहेछ, यो मन दुखेर बल गर्छु निदाउन बलजफ्ती, प्याला पिएर ! जुन ताराहरु पनि टह टह हेरिरहने, मलाई ताकेर सङी सम्झी सम्बोधन गर्छु आफ्नै हात दिएर !! यता रित्तो, उता भित्तो, नभेटिने केही कतै छामेर रित्तो गिलास हेर्दैमा गयो, आँखाको परेला खिएर !!! काट्नु त पर्ने नै रहेछ रात, नसकी आँफै पनि मरेर बिहानिमै कतै भौतरिन त छदैछ, दु:खका यि हात सिएर !!!!
[ posted by
vivasg @
06:15 PM ] | Viewed: 3295 times
[
Feedback]
|
|
: |
आज पनि अखबारमा के-के पढियो, दु:खका कुरा सुनियो के-के तर, तानाशाहको त्यो ठुलो सालीक अझै ढल्या छ कि छैन, चौध हजार निर्दोश मारिए आफ्नै आँखा अगाडि, देखियो के-के नयाँ संबिधानको "मीठो" फल अझै फल्या छ कि छैन, उतिबेला पुलिसलाई ताकिएरै ढुङ्गा ठोकियो, छेकियो के-के जनता मार्ने रमितेहरुको मन पापले भतभत जल्या छ कि छैन, कारखानाको टायर पनि थुतेरै बालियो, अनि फालियो के-के शहिदले श्रापले पिरोलेर कसैको दाल गल्या छ कि छैन, हेलम्बुको स्याउ नबिकेर कुहिएको देखियो, तर खाइयो के-के निमुखाले सहन सक्ने रासनी भाउ आज चल्या छ कि छैन, रगत खोली बग्यो तर मेलम्चिको पानी बगेन, तिर्खाले पीइयो के-के आजकाल त सगरमाथामा नेपाली झन्डा पनि हल्ल्या छ कि छैन ! आज अखबारमा के-के पढियो, सुनियो के-के तानाशाहको त्यो ठुलो सालीक अझै ढल्या छ कि छैन !!! बोस्टन, १६ डिसेम्बर ०८
[ posted by
vivasg @
10:13 PM ] | Viewed: 2639 times
[
Feedback]
|
|
: |
हल्कराले खबर ल्यायो मैले पठा'को माल तिमीले पायौ भनेर, मलाई चाँही पीर लाग्छ त्यो माल तिमीले खाएनौ कि खायौ भनेर । सपनिमा निदरिले बताएको थियो माल अरुलाई दीइ फर्की तिमी आयौ भनेर, मलाई पनि विश्वाश लागि आयो मालको लागि तिमीले निर्वस्त्र के-के लायौ भनेर । । बजारको हल्लाले हल्लाउदै थियो सबैको मनमा तिमी माल भै छायौ भनेर, मैले पनि तिमीसँग भोग्दा भनेकै हो हुने नहुने ठाउमा कुन मालको लागि धायौ भनेर । । । हल्कराले खबर ल्यायो मैले पठा'को माल तिमीले पायौ भनेर,
[ posted by
vivasg @
01:01 PM ] | Viewed: 3451 times
[
Feedback] (1 Comment)
|
|
: |
तिम्रो लागि सु-योग्य बर त हुन सकिन तरै पनि मनको त्यो डोलिमा अन्मिन आ-उछौ'की ? यो जुनिको तिम्रो प्रखर शत्रु म भए पनि अर्को जुनिमा मेरै अर्धाङिनि हुन जन्मिन पाउछौ'कि ? सपनाको ताना बुना त तेस्तै भै गयो हगि नानु, तेहि "शत्रु" पाउ भनि पुकारि शिव मन्दिर धाउछौ'कि ? छोप्न त के बाकि होला र पबित्र त्यो शरिरमा नाङ्गिसकेको त्यो अङ्ग ढाक्न कुनै बस्त्र फेरि लाउछौ'कि ? कुनै सन्सारमा नसुनिएको पिरतिको तिम्रो बिरानो भाखा सबैले सुन्ने बेइज्जत्तिको यो देशमा "बिरहि"को गीत गाउछौ'कि ??? तिम्रो लागि !!!
[ posted by
vivasg @
07:57 PM ] | Viewed: 2976 times
[
Feedback] (1 Comment)
|
|
: |
गल्ती मैले मात्रै गरेको हो भन्ने लाग्छ भने, मलाई फासी देउ होइन, ठिकै गरेको रहेछु भन्ने लागे, भेट्दा कतै हासी देउ ! मरी सक्यो त्यो भन्ने लाग्छ भने, मेरो चित्र चौबाटोमा टासी देउ बेकार रहेछ मिलन भने, तिमी सँग भएको मेरो बीउ पनि मासी देउ !! टुट्यो मात्रै, छैन छिनेको त्यो मन भने, बिन्ती एक चोटिलाई गासी देउ गल्यो मन, फाटेको हो धाजा भने, निस्ठुरी बन, दिल अझ भासी देउ !!! गल्ती मैले मात्रै ,,,,!!!!
[ posted by
vivasg @
07:47 PM ] | Viewed: 3092 times
[
Feedback]
|
|
: |
|