:: Blog Home       :: SurNaTal ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: December 2023
:: November 2023
:: October 2023
:: September 2023
:: August 2023
:: July 2023
:: June 2023
:: May 2023
:: April 2023
:: March 2023
:: February 2023
:: January 2023
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Diary
Saturday, February 16, 2008 | [fix unicode]
 

पोखरा: मेरो सुन्दर यात्रामा - अन्तिम भाग

जीवन यस्तै हो, क्षणभरमा कोही जानी नजानी रंगिन सपनाहरु भरिदिन्छ र अनायसै सपना जस्तै बिलाएर जान्छ, पुन: कहिल्यै नझुल्किने गरी।

होटल फर्किएपछि एकैछिन महेन्द्रपुलबाट तल भास्सिएकी सेतीलाई हेर्न गएथ्यौं। कसरी भास्सिएकी छिन सेती? तेती गहिराइमा। हेर्न पनि कहाली लागेर आउने। २-४ थप तस्बिरहरु खिचिए। यि यात्राहरुमा निक्कै समय यिनै तस्बिरहरु खिच्नमा पनि बित्छन। जीवन कहिलेई बर्तमान सम्पूर्णत: जिउन सक्दैन र भबिस्य तिर फर्कन्छ। किन तत्काल भन्दा तस्बिरमा उतारिएको अवास्तबिक भुत बढी रसिलो बन्ने होला?

त्यो रात खाना खानु अगाडि साथीहरुले २-४ बोतल सान्मिगेल र २-४ क्वाटर ब्याक पाइपर सकाए। दर्पण र म चिसो पेय पदार्थमा अल्मल्लिरह्यौं। खाना खानेबेला सम्ममा धेरैहरु लर्बराइसकेका थिए। बोली पनि र खुट्टा पनि। नसाले बातावरण पनि नसिलो बनाइदिदै गयो। होटलका सेविकाहरु जिस्काइए - कामुक पारामा। उनिहरु शायद विवस छन, जीवन गोरेटोलाई यिनै पिडादायक सांझहरुसंग साटिरहन। हाम्रो समुह पनि उहिहरुका लागि आप्ठ्यारा ग्राहक मध्यको एक भयो होला। तथापी हामी १-२ नशामा नभएकाहरु पनि भएकोले स्थिती अनियन्त्रित हुन पाएन। म घोत्लिन्छु, हाम्रा चेलीहरु कसरी पिल्सिरहेछन। देशमा र बिदेशमा पनि। आफ्नो अस्मिता, इच्छा र चाहनाहरुलाई बन्धी बनाएर। २ मुठ्ठी सासका लागि। आफ्नो मात्र पनि हैन, धेरै पारीवेसहरुमा, आफ्नो परिवारको लागि पनि। अझ बेचिएका र बिवसतावस कोठी पुगेका नारीहरुका पिडाहरु त संझदा पनि मन अमिलो भएर आउंछ।

भोलिपल्ट बिहानै पुन: पि एन क्याम्पस पुगियो। पश्चिमाञ्चल क्यम्पसका बहिनिहरुको पनि खेल रहेछ। राइ, म र दर्पण केटाहरुको खेल हेर्न तिर लाग्यौं। अरुहरु सबै केटीहरुको तिर लागे। हिजो राती प्रेरित उपाध्याय र अरु २-३ जना पनि आइपुगेथे। प्रेरित एउटा हौवा character. उसको दिनचर्या नै केटीहरु जिस्क्याउनु हो भन्न मलाई कुनै अप्ठेरो पर्दैन। उनिहरु निर्देसित आँखाहरु लिएर केटीहरुका भिडभाडामा बिलाए। बहिनिहरुको खेल कस्तो रहेछ त भन्ने उत्सुकताले हामीलाई पनि त्यता डोर्यायो, एकैछिन। मिनभवन क्याम्पससंग परेको रहेछ। हिजो हाम्रो जस्तै नाजुक स्थितिमा थिए उहिहरु। म हिजोको हिरो जर्सी नम्बर ९ को खेल हेर्न बहुतै लालायित थिएं। तर बहिनिहरुको खेल ९ बजेनै सकियो र साथीहरुले अर्को एक डेड घण्टा कुर्ने कुनै जाँगर देखाएनन। अनी हामी इन्जिनियरिङ्ग अध्ययन संस्थान, पश्चिमाञ्चल क्यम्पस घुम्न भनेर भाई बहिनिहरुका पछि लाग्यौं।

पोखरा उपत्याकाको उत्तर पश्चिम कुनामा हुनुपर्छ, बगरबाट २-३ KM हो कि, पहाडको फेदमा हल्का भिरालो। दुरुस्त दर्जनौं छात्रबासहरु, आकर्शक बस्तुकलामा सजिएका प्रशासनिक र सैक्षिक भवनहरु, भर्खर जवानी फक्रिरहेका तरुना तन्नेरी अनुहारहरु, यत्र तत्र रुखका छहारिहरु, सितल तापिरहेका विद्यार्थीहरु, रमाइला चिनजान र भलाकुसरिहरु, overseer पढिरहेका भाई बहिनिहरुका सद्भाव र सत्कारहरु; २ घण्टाको त्यो अती सुक्ष्म समय अती सुन्दर स्‍मृतिहरु उझेल्न सफल थियो। यधप्पी मन अझै कता कता हिजोको सफेद कुर्ता सलवारको खोजिमा छ। संका छ - मैले उन्लाई भेटेर पनि नचिनेको हुन सक्छु, कुनै अर्को पहिरनमा भेटिएकि भए। मैले कदाचित त्यस्तो सोचेको होइन, दिमागले। तथापी मन शायद त्यो उनको कुर्ता सलवारमा बढी आकर्शित थियो, र नै मुहार तुरुन्तै भुलिदिएं। जे होस्, जसरी होस, उनी मेरो सामु झुल्किनन त्यो दिन, र शायद जीवन पर्यन्त झुल्किने छैनन। वा झुल्किए पनि म उन्लाई चिन्ने छैन वा चिने पनि जुना भावनाको गहिराइमा त्यो दिन म थिएं, उप्रान्त पुगुंला - नपुगुंला।

खाना पछि हामी महेन्द्रगुफा पुग्यौं। उपत्यकाको उत्तर पश्चिम भित्तो हुनुपर्छ। बशौं देखी बयान सुनिएको ढाँड। बाटोको दाँयाँ बायाँ सुन्दर बगैचा। प्रेमालापमा मग्न जोडीहरु। उत्तिस घारिहरु, स-साना खोल्सा खाल्सी, चिस्यानहरु। र दाँयाँतिर ह्वात्त मुख उखारेको अजंघको सर्प जस्तो। महेन्द्रगुफा। मानिषले आधुनिकता पोतिदिएको, प्राकृतिकता कम। कन्क्रिटका सिँडिहरु, बिजुली को उज्वालो। ढाँडको माथि भित्ताहरुबाट रसाएका पानीका थोपाहरु तुप्प तुप्प झरिरहेका र भिराला सिँडिहरुलाई चिप्लो बनाइदिएका। १०-१५ मिटरजती तल झरे पछि गुफा को प्रमुख भाग पुगिने। मानौं त्यो बढेमानको अजिंगरको मुखबाट ओरालो झरेर अब हामी पेटसम्म पुगेका छौं। अफसोस। अलिकता मात्रै अगाडि पुगे पछि बाटो भत्किएको रहेछ। अगाडि न-बढ्ने सल्लाह दिइयो। कस्तो नमज्जा। आफुलाई अलिक परैसम्म पुग्न मन थियो, धर्तिमुनीको त्यो मनमोहकतामा म अघाउन पाइन। झन्डै तेती त म मेरो गाउंको चितुवा ढाँडमा पनि छिरेको हुँला। कुनै बिजुली बेगर, कुनै फलामे बार बेगर, राँको बालेर। मन अलिकता अत्रिप्त नै लिएर फर्किएं म र लागेँ नाइकेहरुको पछि-पछि।

फर्कंदा के आइ सिंह पुलबाट पुन सेतीलाई निहालेँ। उस्तै गरी बिकराल। सातो जाने गरी भास्सिएकी छिन्, महेन्द्र पुलमा जस्तै। पोखरा साच्चिकै प्राकृतिक छटाहरुकि धनी छिन। यिनी सेती नदी, त्यो महेन्द्र गुफा, त्यो चमेरे गुफा। तेहिँ तल शहर संगै जोडीएको फेवाताल र उसको आँगनमा उत्रिएको माछापुच्छ्रेको छायाँ। अलि तल पातले छांगो। पश्चिमतिरको त्यो सारांगकोट डाँडो र त्यहाँ बाट देखिने मनमोहक द्रिस्यहरु। पुर्वतिर थोरै पर बेगनास ताल। बिन्देवासिनी र ताल बाराहीका आशिर्वादहरु। र नै पोखरा पोखार बनेकि छिन्।

हामी आज रातिको बसबाट फर्कने सुरमा छौं। मलाई कम्तिमा फेवामा डुंगा खियाउन र डेभिस फलमा पुगेर उनी डेभिस प्रती श्रद्धान्जली दर्साउने मन छ। अर्को ट्याक्सी लिएर हामी शहरको दक्षिण पश्चिम किनरातर्फ हुइकियौं। फेवाको किनारै किनार। सुन्दर, सफा, हरियो। Lake Side रमाइलो थियो। पर्यटकहरुको आकर्शण। दुई समुहमा बाडियौं हामी। अनुभविहरुले डुंगा मात्रै भाडामा लिए र बाटो लागे। म आला काँचाको समुहमा परें। हामीले डुंगा र माझिदाइ पनि संगै लियौं। यधप्पी, हाम्रा रहरहरुले हामीलाई पेलिरहे र माझिदाइ सिर्फ गुरु बने हाम्रा। दाबिलो कता जसरी राख्ने र कसरी पानी फाल्ने जस्ता बिधिहरु सिकाइरहे। कुनै बेला नाउ असन्तुलित हुन्थ्यो र पानीको सतह सम्म पुग्दथ्यो। मन झसंग पर्दै गर्दा म धिकार्थें - मेरो पौडी नजान्नुको वास्तविकतालाइ। किन सबै ऐरे गैरे ले सिकिरहदा म लम्फु हाडी र मसाने दहहरुमा दुबुल्की मार्न सकिन? शायद म अलिक सानो थिएं होला र अलिक ठुलाहरुले बस्तु धान चोर्न पुग्लान कि भनेर मलाई कुरुवा राखिराखे हुन, आफुहरु बाकटे हानिरहंदा। किन म कहिल्यै अगुवा बनिन, वा बन्न सकिन वा चाहिन? केटा केटीमा पछुवा बन्नुको पिडा आज फेवाको बिचमा भोगिरहेछु। तैपनी म किन अझै नाइके बन्ने प्रयास वा चाहना गर्न सक्दिन? यही भ्रमणमा पनि त माउतेहरुको रहरमा मैले आफ्ना रहरहरु बिर्सनु परिरहेछ। किन म आँफैँ माउते बन्न सक्दिन? शायद म मा त्यो खुबी वा त्यो भगवानले नै दिएर पठाउने सामर्थ्या छैन कि म समुहहरुमा नाइके बन्न सकुं, बक्ता बन्न सकुं। म सदैब पछुवा र स्रोता रहें र रहिरेछु।

माझिदाइ थिए र एउटा आँट थियो। अरु छेउछाउका डुँगाहरुलाई हेर्छु। केटाकेटिहरु, बुढाबुढीहरु, सबै थरी मानिषहरु निस्फिक्री रमाइ रहेछन। म निर्भिक बन्दै गएं। किन डराउनु, आखिर दुर्घटनामै मर्न लेखेको भए त्यो जहाँ पनि पर्न सक्छ-गाडीमा, रेलमा, प्लेनमा, घरमा, आँगनमा। जहिंतहिं। मेरै मामा भर्यांगबाट लढेर ठहरै भएथे। मेरै फुपुकी सासु भात अड्केर बितिथिन। मेरो मिल्ने साथी तेही जडिबुटिको ओरालोमा साइकलबाट लडेर बितेथ्यो। म उड्न सक्दिन, त के म हवाइ जहाज नचड्ने। अनी सबै डरहरुलाई पाइताला मुनी घुसारेर म दाबिलो चलाइरहें। पहिले पहिले घुमाउन अलिक अप्ठेरो हुन्थ्यो। बिस्तारै जता चाह्यो उतै लान सक्ने भयौँ हामी। ताल बाराही पुगेर आशिर्वाद लियौं र पुन डुंगा खियाउने खेलमा फर्कियौं। कहिले पारी किनरा छुने रहर, कहिले युगल जोडीहरुको पिछा, कहिले साथीहरुको नाउमा ठोक्याउने खेल। आदी-इत्यादी।

माझी दाई पोखरा फेवातालको
लाउँ माया साचैको नलाउँ हो ख्याल ख्यालैको।

मन त भरेको थिएन, पानी संग खेल्ने। तर समयले नेटो कट्नै लागिसक्यो। फेवा संगको २-३ घण्टाको सुमधुर पिरती पछि हामी ५०० रुपैयाँ माझिदाइ लाई बुझाएर बाटो लाग्यौं। माझिदाइ, हामी तपाईंको सद्भाव र अतिथी सत्कार प्रती सदैव ऋणी हुनेछौं।

र पोखरा बिमानस्थल हुँदै हामी थोरै बेरलाई डेभिस फल र गुप्तेस्वर फुफा पुगथ्यौं। शहरको सुदुर दक्षिण किनरा होला त्यो। फेवाको पानी त्यो डेभिस फल हुंदै बहिर निस्केको हुनुपर्छ। सेतो छंग छंग छहरो। तल अनकन्टारतर्फ हुर्रिएको। अफसोस हामीलाई त्यो अतुलनिय प्राकृतिक छटा प्रती मितेरी गांस्न धेरै समय उपलब्ध भएन। पारी गुम्बा माथिको डाँडाबाट सुर्य ओझेल पेरिसकेथे। तेसैले हामी सिधा पोखरा बसपार्क तर्फ बताससियौं, मनमा अमिट याद र संझना बोकेर। अर्को एउटा मिनीबस हामीलाई बोकेरा सेती किनार तर्फ हुइकियो र मेरो सुन्दर पोखरा यात्रा सानो नोट बुकमा कैदी भयो। यो एउटा त्यस्तो यात्रा थियो, जहाँ म जीवनमा पहिलो र शायद अन्तिम पटका खेलाडीको रुपमा सम्मनित थिएं। अभुतपुर्व र अबिस्मराणिय अनुभुतीहरु जीवन पर्यन्त रही रहनेछन।

अस्तु।

   [ posted by SurNaTal @ 09:14 PM ] | Viewed: 2966 times [ Feedback]


:

   
Blog Type:: Blog
Friday, February 08, 2008 | [fix unicode]
 


पोखरा: मेरो सुन्दर यात्रामा - ५

---------------------------

भोलिपल्ट सखारै PN क्याम्पस तिर लागियो। १०:३० मा पहिलो खेल थियो, ताहाचल क्याम्पस संग। एक्छिन practice गरियो। हामी राम्ररी finguring गर्न पनि नजान्नेहारु राष्ट्रिय स्तरका खेलाडिले भरिएको ससक्त प्रतिद्वन्दी संग पौंठेजोरी खेलिरहेछौं। लाजमर्दो छ हाम्रो स्थिती। तर चित्त बुझाहुने एउटा बाटो छ। वा आँफै संग माफि माग्ने एउटा संकिर्ण सोचाइ छ; हामी इन्जिनियरिंगका विद्यार्थी, पढ्न जान्दछौं, खेल्न जान्दैनौं। उफ्; कसैले तपाईं भनोस नभनोस आँफै मपाइं। कुरै न हो - हामीलाई खेलिरहन फुर्सद हुँदैन। अरुहरुले पनि IOE को भनेपछि शाहनुभुती दिन्छन, सम्मान त कुन्नी के लाई दिने हो र। शायद तेसैले पनि मलाई कुनै फिक्री छैन, हाम्रो प्रस्तुती कस्तो होला भनेर।

हामीहरु सबै underhand भल्थ्यौं। अरु कुनै पनि टोलिमा त्यस्तो खेलाडी देखिन्नथे जो underhand service गरुन्। केटीहरु पनि उफ्री उफ्री overhand rolling service गर्थे। second court बाटै पनि कस्सेर सट हान्ने केटीहरु देख्दा लाग्थ्यो हामी त उनिहरु संग पनि भिड्न सक्दैनौं। पहिलो खेल सुरु भयो। खेलको स्तरको कुनै कुरा गर्नु लज्जास्पद थियो, उनिहरुका धेरै त service पनि उठाउन सकेनौँ हामीले। मैले नै २-४ receive हरु बिगारें। कस्तो नमज्जा लाग्यो। चित्त बुझाउने प्रयास गरें - कहिलेइ practice छैन। फन फनि घुम्दै आउंछ भकुन्डो, कसरी उठोस् ठीक ठाउंमा? राइले पनि कुनै राम्रा प्रहार गर्न सकेन। अरु सबैको पनि ताल उस्तै थियो। दर्पण ले अलिकता इज्जत राख्यो। बस। तथापी TT को जस्तो गणना प्रणालिले सहयोग गर्‍यो र ११ नम्बर ल्याउन सफल भयौं। जित्ने त कुनै संभावना नै थिएन।

अर्को बिजोग को स्थिती थियो एउटा मात्रै अतिरिक्त खेलाडी र एउटा मात्रै सहयोगी। सम्पूर्ण पर हाम्रा लुगा कुरेर बस्थ्यो र प्रेरित हाम्रो पक्षमा हुटिंग गर्थे, बस। २-४ तस्बिरहरु खिचिए र हाम्रो पोखरा भ्रमणको उदेश्य पुरा हुँदै गयो। पहिलो खेल सकेर महेन्द्र पुल पुगियो। होटेल कैलाशमा २ वटा कोठाहरु निर्धारण गरिए। हिजोको भन्दा राम्रो थियो यो होटल। उसरिनै खाटहरु जोडीए र आ-आफ्ना स्थान रोजिए। भोकले पेलिरहेथ्यो। खाना अधिक मिठो लाग्यो। भोक र भोजन दुबै मिलेपछी यस्तै हुन्छ। युद्ध जित्ने आशा छैन, तै पनि भाग्नु भएन। पुन: रणभुमि फर्कीइयो। २-४ अरु हरुका खेलहरु हेरियो। मन कहिल्यै नभर्ने थिए प्रदर्शनहरु। सबै भन्दा उत्क्रिस्ठ प्रदर्सन एक्जना तराइतिरको खेलाडिको थियो; जर्सी नम्बर ९; रारा क्याम्पस; बिरगन्ज। मैले हेरुन्जेल उस्का कुनै पनि सटहरु खेर गएनन। एउटा देब्रे सट त प्रतिद्वन्दीको छातीमा ढल्नेगरी लागेथ्यो। यती चुस्त, तेज र स्पस्ठ प्रहार गर्त्यो उ कि हेर्दा हेर्दै सबै भिड उस्को फ्यान बन्यो। र पोखराको यो खेलकुद महोत्सब यसर्थ पनि महत्वपूर्ण लाग्यो कि सबै कोर्टहरुमा दर्सकहरु खचाखच थिए। यसरी हाजारौं दर्सक हरुले भलिबल हेरेको मैले कहिल्यै देखेको थिन।

३ बजेतिर हाम्रो अर्को खेल सुरु भयो। प्रतिद्वन्दी इन्जिनियरिङ्ग अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस। आफ्नै भाई कलेज जस्तो; आफ्नै मान्छेहरु संग खेलिरहेझैं। अफसोस, खेलको स्थिति हामीले सोचे भन्दा बिल्कुल भिन्न रह्यो। उनिहरु त ताहाचल क्याम्पसका भन्दा कडा निस्किए। खचाखच भरिएका भाई बहिनिहरुले हामीलाई जिस्क्याइ रहे। संगै सहानुभुती पनि पस्किरहे। हामीले हाम्रा जर्सीहरुमा नाम पनि लेखेका थियौं। उनिहरुलाई सजिलो भएछ जिस्क्याउन। "'सुर न ताल' दाई पछाडि फर्केर सर्भिस गर्नुस्न", झटारो हान्दै थिन एउटी नारी स्वर। धेरै तेस्ता नारी स्वरहरुले हाम्रो समर्थन पनि गरिरहे - खेलभरी; शायद सहानुभुतीको समर्थन। र अर्को कुरा के पनि अनुभभ भयो कि उनिहरु हाम्लाई आदर-सत्कार गर्छन्, उनिहरुका दाइहरु जस्तै। इन्जिनियरिङ्ग पढ्दाको यो दाजु भाईको साईनो र संगै आउने आत्मियता साच्चै अतुलनिय थियो, जीवनभर। म भन्दा अगाडिकाहरुलाई म जहिले पनि दाई वा दिदीको रुपमा सम्मान गरिरहन्छु, र म पछीकाहरुले तेही सत्कार दिइरहेको पांउछु, सदैब। PN क्याम्पस बाट बहिर गेटमा आइपुग्दा धेरै उनै भाई बहिनीहरु हामी संगै थिए। मेरो ब्यक्तिगत चिनजानको कोही थिएन त्यो क्याम्पसमा। उसै २-४ सामान्य चिनजानहरु भए। उनिहरुको बस न-आउन्जेल हामी पनि तेहीं भुलिरह्यौं। रमाइला कुराकानी संगै।

र यो दिनभरको PN क्याम्पस प्रांगणले एउटा पातलो आकृतिलाई नजिक्याइरह्यो। मनभरि। सबै रंगिचंगी पहिरनहरुको बिचमा यता उता गरिरहेको त्यो सेफद कुर्ता सलवार र गोरो गोलो अनुहारले दिनभर नै मेरा अंखा तानिरह्यो। म उन्कै पछि पछि त लागिन, तर जब जब उनी मेरो नजरको पारीधी भित्र हुन्थिन, अंखाहरु उन्को चेहरामा डुबुल्कि मारिरहन्थे। उनी भिन्न थिइन, पहिरनमा र नै मेरा नजरहरु अड्किएका हुनुपर्छ, उनिमा। तर जब नजर अड्किदै जान थाल्यो - तब त्यो साधा सेतो कुर्ता सलवारमा उनी खुलिरहेकी चन्द्रमा जस्तै उज्जेल्लिदै गइन। उनी तिनै भाई बहिनिहरुको भिड्मै थिइन। तर अरु धेरै जस्तो uniform मा थिए। उनी भिन्न। उनिहरु बस कुरिरहे। म नजर घुमाइरहें, उनी र उन्को ४ जनाको समुहतर्फ। हामी पनि उनिहरुको क्याम्पस घुम्न जान हिंडेका थियौं। उनी संग परिचय को कुनै मौका पर्ला कि भन्ने अर्को सुन्दर सपना पनि बुनिदै थियो। बिचैमा नाइकेहरुले भोलिमात्रै भाईबहिनीहरुको क्याम्पस जाने भनेर ट्याक्सी पक्डिए। सपना बुनिदा बुनिदै टुट्यो। उन्को हसिलो मुहार र त्यो सेफद कुर्ता सलवरको आकृतिलाई तेही छाडेर आफ्नो बाटो समाउन बिबस भए। ट्याक्सी हिड्दा धेरै केटा केटीहरुले हात हल्लाएर हामीलाई बिदा गरे। तर उन्का हातहरु उसै झुन्डिरहे। हाम्रो ट्याक्सी घुमेर उनीहरु छेउ हुँदै हुइकियो, उनी आफ्नै धुनमा लिन थिएन, हाम्रो प्रस्थानले उनमा कुनै अनुभुती छाडेन। म के नै गर्न सक्थेंर, सम्झनाको सानो फिलिङो ईतिहासतर्फ धकेल्न बाहेक। जीवन यस्तै हो, क्षणभरमा कोही जानी नजानी रंगिन सपनाहरु भरिदिन्छ र अनायसै सपना जस्तै बिलाएर जान्छ, पुन: कहिल्यै नझुल्किने गरी।

   [ posted by SurNaTal @ 02:20 PM ] | Viewed: 2637 times [ Feedback]


:

   
Blog Type:: Blog
Friday, January 18, 2008 | [fix unicode]
 


टाउकोले बसको सिलिंग ठोकेपछि झल्यास्स भएं। बस दौडिरा हो कि भ्यागुतो जस्तो उफ्रिरा हो भन्नै गारो। ७:२५ भएछ। लेखनाथ न. पा.। बाटो भत्किएर लथालिंग रहेछ। यात्राको त्यो एटम अचाक्लि कठिन थियो। तर धेरैबेर त्यो टिकिरहेन र हाम्रो मिनिबस पोखरा बस पार्कमा रोकियो।

------------------------------------
भन्छन् कोहि जिन्दगि यो कर्कलाको पानि जस्तै हो
कोहि भन्छन् जिन्दगी यो डुबि जाने घाम जस्तै हो
म त भन्छु स्रिस्ठिकै अमुल्य उपहार
मानिसको जुनि झै के छ र बराबर
बाचुन्जेल गरौं रमाइलो
हास्तै खेल्दै गरौं रमाइलो

आएका थ्यौं खालि हात जान्छौं नि खाली
बाचुन्जेल आउ न नाचौं रिस राग फालि
दुइ वचन मिठो बोलिदेउ
मिठो बोलि बोल्दैमा के नै हाम्रो जान्छ र
मै हुं भन्ने मान्छेले पनि खै के लान्छ र
बाचुन्जेल गरौं रमाइलो
हास्तै खेल्दै गरौं रमाइलो।

प्रिस्ठभुमिमा कुन्ति मोक्तानका यि सुमधुर भाकाहरु गुन्जिरहेछन्, रेडियो सगरमाथामा। कति गहकिला सब्दहरु! म यि पानाहरुमा अलमलिएको छु।

हो म पनि नाच्न चाहन्छु, गाउन चाहन्छु, मादल घन्काएर वातावरण उमंगित बनाउन चाहन्छु; मेरो यो पोखरा यात्रामा। तर मेरा यि चाहनाहरु पुरा हुने संभवना क्षिण छ। म त्यस्तो माहोलमा आफुलाइ पाइरहेको छु जो नाचगान भन्दा अरु नै केहि रुचाउंछ।

बसबाट ओर्लेकै थिएनौं हामी। बिभिन्न होटलका एजेन्टहरु यता र उता भन्दै तान्न आइपुगे - मेरो होटल र तेरो होटल। मलाइ यस्ता पलहरु बहुत तिता लाग्छन्। कस्को पछि लाग्ने? र मलाइ यस्तो पेशा सबै भन्दा घ्रिणित लाग्छ जहाँ कसैको सामुन्य नै उस्को वा उन्को बिरोध गर्नु परोस्। प्रतिद्वन्दिको घटिया पनको बनावटि बिरोध।

बाँच्नु छ, तेसैले केहि गर्नु पर्छ। सायद तेसैले सबै मान्छे केहि न केहि गर्छन्; कोहि चोरि गर्छन्, कोहि दान; तथाकथित पाप वा धर्महरु। धेरै पटक मरेर जिउन बाध्य छ यो जिन्दगी। कति सपनाहरु मरिरहन्छन्। कति इच्छा - आकंक्षाहरु मरिरहन्छन्। कति रहर अनि चाहानाहरु मरिरहन्छन्। कति आशा र अभिलाशाहरु मरिरहन्छन्। कति लक्ष तथा उदेश्यहरु मरिरहन्छन्। कति भवनाहरु, मनहरु र मुटुहरु मरिरहन्छन्। तै पनि तन प्रतिको लालशा बांच्न खोजिरहन्छ। सयौं आत्मसम्मानहरु, इमानहरु, नैतिकताहरु, अपनत्वहरु र आत्मिय साथहरुको मृत्‍यु सहंदै पनि यो शरिर बाँच्न चाहन्छ। बिवस। खै के को लोभ हो यो; जहाँ सम्पुर्णत प्राक्रितिक अहं र गर्भहरुलाई सेलाएर एउटा मुढो जिन्दगीको मृत्‍युसंग सदैव डराइरहन्छु म, तिमि, उनि र संसार। तेसैले त ति होटलका एजेन्टहरु हाम्लाई पाखुरामा समाएर भनिरहेछन् - "मेरोमा आउनुस हजुर्। उस्को होटल भन्दा मेरो धेरै उत्क्रिठ छ।" र तेहिं अर्को पाखुरामा झुन्डिएको अर्को एजेन्ट भनिरहेछ, "तेस्को कुरा नपत्यानुस् सर। आउनुस् एकपटक कोठा त हेर्नुस्। आफै थाहा पाइहाल्नु हुन्छ नि।"

हाम्रो टोलिका अगुवाहरुले प्रजातन्त्र प्रयोग गर्ने भए। सबैका होटलहरु अवलोकन गरिने भए। भाउ र तेस्मा आउने सुभिधाहरु तुलना गरिने भए र मात्रै निर्णय लिइने भयो। पछुवाहरु तेहिं उभिनु पर्ने भयो: पोखर प्रिथ्भि चोक। के गरौं के गरौं भै राथ्यो। आफुलाइ डाएरि लेख्नु पर्ने, सम्झें डाएरि हाल्न भुलेको छु। नजिकै को खुद्रा पसल पुगें र एउटा सानो कापि किनें; रु. ५। र एउटा कालो लेख्ने मोनामी डटपेन पनि; रु. ४। किन किन मलाइ सधै कालो मसि मन पर्यो; बिध्यालय महाबिध्यालयहरुमा। सायद म कालोपनमा घुल्न चाहन्छु, ताकि जिवन गोरेटोका अन्धकारहरु आत्मिय मित्र बन्न सकुन्।

टोलिका माउतेहरु फर्किए। राम्रो ठहरिएको होटल छानिएछ। दरवार होटल, या नि Hotel Palace. कसरि कस्तो अवलोक गरियो, थाहा छैन। तुलनाको कस्तो जोड घटाउ भयो, त्यो पनि बुझ्या छैन। बुझ्नु जरुरि पनि थिएन। होटल प्रिथ्भि चोकैमा थियो। हिड्नु परेन, थाकेझैं भैराथ्यो, तेहि राम्रो भो। २ वटा कोठाहरु; ८ जना तोरि लाहुरेहरु। पछाडि भिरेका झोलाहरु फ्यालिए, एउटा कुना तिर, र खाटहरु जोडिए। थप सिरक र सिरानिहरु मगाइए। र सामुहिक ओछ्यान् तयार भयो। कस्को कुन स्थान हो भनेर छिनिफानो चाहि भएकै थिएन। आफुले आफ्नो पैसे थैलो सबै भन्दा छेउको सिरानि मुनि घुसारेर त्यो स्थान मेरो हो भन्ने सो-घोसणा गरें। हेरौँ कोहि बिरोधि आउने हुन् कि हैनन!

होटल एउटा लामो कटेरो जस्तो आकारको थियो। दुइतले कटेरो। माथिल्लो तल्लामा पुर्व फर्किएको एउटा लामो वार्दलि थियो र तेसैमा लहरै जोडिएका थिए हाम्रा र अरुहरुका कोठाहरु। वार्दलिमा अरु कोठाकाहरु पनि हुलाम् हुल देखिए। परिचय हुदै गयो। तेहि अन्तर क्याम्पस भलिवल खेल्न आएकाहरु पनि रहेछन् तेहाँ। दांगको महेन्द्र बहुमुखि क्याम्पसका केटाहरु र महेन्द्र मोरंगका केटा-केटिहरु। उनिहरु सबैले आजै भिडिसके रे, १-१ गेम। तालिका हेरियो। हाम्रा भोलि बिहानै रहेछन्, २ वटै गेमहरु। हामि हास्यौं - टोलिका बाँकि सदस्यहरु न-आइपुग्दै हामि हारिसकेका हुने भयौं। जित्ने त कुनै अभिलाशा पनि थिएन, सामर्थ्य पनि। हामि जित्नलाई पोखरा गएका पनि हैनौं, खालि सहभागिता जनाउनलाई। Motivations अरु पनि थिए। सरकारि पैसामा प्रतियोगिता हेर्ने र सहर घुम्ने। तैपनि अलिक कम्जोर प्रतिद्वन्दि परे सम्मानजनक हार को आशा पनि थियो। अफसोस्, पहिलो खेल नै ससक्त ताहाचल क्याम्पस संग परेछ। उफ्। धोबि चुटाइ खाइने भो। दोस्रो खेल भने हाम्रै इन्जिनियरिङ अध्ययन संसथानको पस्चिमान्चल क्याम्पससंग परेछ। अलिकता आस लाग्दो। पहिलो त दाजु भाइ जस्तै लाग्ने, दोस्रो धेरै overseer हरु मात्रै पढ्ने र अरु साधारण क्याम्पसमा जस्तो खेलाडि किन्न नमिल्ने भएकोले उनिहरुको टोलि संग अलेलि पौंठेजोरि खेल्न सकिएला कि झैं। एउटा अनुमान् मात्र।

पोखरा सोचे भन्दा न्यानो थियो, माघको दिनमा पनि। Hotel Palace संगको त्यो रात स्मरणिय थियो। बेलुकि आँखा जुधेका पुर्बेली अनुहारहरु र बिहान झिस्मिसेमै सुनिएका सुरिला स्वरहरु।

"त्यो रातो माटो
जौं अव घर नि लै लै घिर्लिङ को बाटो"

"हा हा वारि जमुनापारि जमुना
जमुनाको फेदैमा मनकामना"

मलाइ रहर थियो - उनिहरुका यि सुमधुर भाकाहरुसंगौ आफ्नो स्वर पनि मिसाउने। तर म असमर्थ रहें। उसै त लोक भाका भनेपछि हुरुक्क हुने मान्छे, त्यसमाथि पश्चिम पुगेर सुनिएका गाउंघरतिरकै स्वर तथा भाकाहरु - म रोमान्चित थिएं। तथापि नौलो परिवेस र नौलो ठाउं, आफुलाइ त्यति सहज बनाउन सकिनं। मलाई सोधौं सोधौं पनि लागिरहेथ्यो - कोहि भोजपुरे स्वर पनि सामेल थियो कि ति भाकाहरुमा भनेर। कुनै मौकै परेन। वा मैले मौका कुरिरहनु नै अनुपर्युक्त थियो। सायद मेरा आफ्नै मर्यादाहरुले मेरो रोमान्चकताप्रति प्रहार गरिरहे। र म सिर्फ सुनिरहें। उठेर वार्दलिमा ओर्लन सकिनं। सोचेथेँ अर्को सांझ पक्कै कुनै उपर्युक्त वातवरण तयार होला, जहाँ यि जम्काभेटमा परेका पुर्बेलिहरुसंग सानोतिनो भलाकुसरि गर्न सकियोस् र २-४ लोक भाकाहरुमा रम्न सकियोस्। अफसोस् - माउतेहरुले तेहि बिहान होटेल छाडिदिए र म उनिहरुकै पछि लाग्न बिवस थिएं।

   [ posted by SurNaTal @ 03:41 PM ] | Viewed: 2405 times [ Feedback]


:

   
Blog Type:: Blog
Sunday, January 13, 2008 | [fix unicode]
 

पोखरा: मेरो सुन्दर यात्रामा - ३
----------------------------

दायाँ बायाँ पसलहरु देखिए। मुग्लिङ् आइसकेछ। पाइन्टको खल्तिमा राखेको घडि निकालेँ। त्यो संधै पाइन्टमै हुन्थ्यो। किन चेन फेर्नलाइ खर्च गर्नु? समय हेर्न मिलि हाल्छ। ५ बजेको रहेछ। सांझको।

यो बिचमा तेस्रो बर्षको दर्पण कार्की संग नजिकको घुलमेल भयो। उ अनुहारमा अलेली कालो देखिन्छ, तर दिलको बहुत सफेद; शान्त, सौभ्र, गम्भिर तर सरल पनि, र एकदम सहयोगी। अरु त प्राय नजिकैबाट चिनेकाहरु नै थिए।

मेरो लंगडो घडीको सुइ घुमी नै रह्यो र हामीलाई पेटमा राखेर हाम्रो मिनिवस पनि उसरिनै दौडिरह्यो। नारायणी तरेर आँवु खैरेनी तिर हुंकिदै गर्दाको यो भु-बनावट तुलनात्मक हिसाबले नौलो छ। जम्मामा दुइपटक नापेको हुंला मुंग्लिङ पोखरा खन्ड। पहिलो रात्री बस थियो; कास्की नौडडा तिर लागेको, तरुनो र उत्साहित एउटा नयाँ overseer बोकेर। अर्को दिवा बस थियो, उत्साह जती उतै बेचेर फर्किरहेको बुढो Overseer लाई राजधानी धकेलिरहेको। गोर्खा तर्फ छुट्टिने दोवाटो नगिचै पुगेपछी बस रोकियो। चौकी जांच छरे। संकटकालको। वसवाट ओरालियो। बस हामीलाई छोडेर डेड दुई सय मिटर पर पुगेर रोकियो। अगाडिकाहरु हिंड्न थाले। म उनिहरुको पछि पछि लागें। जांच होला भन्यो - भएन। अव त होला भन्यो - भएन। आखिर बस सम्म पुगियो र चढियो। कसैले १ शब्द केही सोधेन। मैले कौतुहलता राखें "खै चेक?" अनि पो थाहा लाग्यो तेही पैदल यात्रा नै checking रहेछ। सैनिकहरुले ब्यक्तिको हिडाइवाट पत्ता लगाउंछन रे; कोही Military training लिएको सैनिक वा छापामार हो कि होइन भनेर। वाउ, रमाईलै भो। कोही भुस्तिग्रे ब्याराके आएर यो गर र उ गर यता फर्कि र उता फर्कि भन्दै लछार पछार नगरिकनै पनि सैनिक जाँच हुने रहेछ; त भैगो।

र पुन: हुंइकियो हाम्रो मिनिबस - गाउँनै गाउँ तर्फ। मलाइ यस्तै यात्राहरु सबैभन्दा रमाइला लाग्छन्। दायाँ बायाँ हल्का भिरालाहरुमा सुन्दर गाउँहरु, खेत र मकैवारिहरु, हरिया चौरहरु र बिचै बिचै चिप्लिएको चिल्लो सडक। कति सुन्दर थियो तनहुको त्यो पाटो। बस दमौलितर्फ दौडिरहेथ्यो र हाम्रा साथिहरु बसमा चुट्किलाहरु दौड्याइरहेथे। धेरैजसो so called non-veg joke हरु। मलाइ गारो यसर्थ हुन्छ यि यात्राहरुमा कि अधिकांस केटाहरु जो संग मेरो सहयात्रा रह्यो - उ drinks गर्छ र अस्लिलता जोडिएका joke हरु भन्छ। यस अर्थमा म जहिले पनि एक्लै पर्छु।

यहांनिर पनि केटाहरु अस्लिल जोकहरु सुरु गरिरहेछन्। सबैलाइ स्वतन्त्रता छ: आ-आफ्नो तवरको रमाइलो गर्न। मलाइ केहि आपत्ति हैन, कस्ले कस्तो जोकहरु भनिरहेछ संग। म प्रायस स्रोता हुं, सुनिदिन्छु। भैगो। तर आपत्ति यस मानेमा भै रहन्छ कि आफ्नो स्वतन्त्रताको प्रयोग सदैव नै अरुको स्वतन्त्रतामाथि दख्खल पुग्ने गरि उपयोग गर्छन्, यि मेरा सहयात्रिहरु। किन कहिल्यै यि तरुनाहरुको भिड यो ख्याल गर्दैन कि आफ्नो क्रियाकलापले अरुहरु कसरि पिल्सिरहेछन्। तेहि बसमा धेरै छोरिमान्छेहरु पनि यात्रा गरिरहेछन्; जहाँ यि मेरा उरन्ठेउले सहयात्रिहरु ठुलो ठुलो स्वरमा अस्लिल संवाद र चुट्किलाहरु गरिरहेछन्। कोहि दिदिबहिनिहरु दाजुभाइ संग होलान्, कोहि बा-आमा संग; उहिहरुलाइ कति उकुस्मुकुस बनिरहेको होला यो यात्रा, यो फोहोरि वातावरण। अफसोस, म मौन छु। किन केहि भन्न सकिरहेको छैन कसैलाई? सायद बहुमत उहिहरुकै थियो र मैले एक्लो ब्रिहस्पति बन्ने प्रयास गरिन।

र मेरा यि निरिहपनहरु सदैव बिझाइ रहन्छन्, यस्ता यात्रहरुमा। तर यो र यस्तै एक्लोपनाहरुलाई, यो पटक भने जहां जहां आवस्यकता पर्थ्यो; दर्पणले कार्कीले हटाइदिन्थ्यो। उ drinks गर्दैन - म संगै; उ चुरोट पिउदैन - म संगै; उ अस्लिल जोकहरु गर्दैन - म संगै; उ तरुनिहरुलाई छेड्छाड् गर्दैन - म संगै। सायद अरुहरुको नजरमा हामि असामयिक थियौं। वा हामिले समय र उमेर बिचको तालमेल बिर्सेका थियौं। तर हाम्रा आफ्नै सिद्धान्तहरु थिए, जिवन र जगत प्रतिका। र कम्तिमा म (किनकि दर्पण को बारेमा त म केहि भन्न सक्दिन) खुसि थिएं र छु, मेरा आफ्नै तौर तरिकाहरुमा। अफसोस्, मैले उस्लाइ सधै साथ दिन सकिन। म मेरिजतिर लाग्थें - प्रत्यक सांझहरुमा र उ बिछ्यौनातर्फ मोडिन्थ्यो मेरिजका खालहरु छाडेर।

"कता हराइ रहनु भएको सुर् न ताल् जि" दलबिरले आफ्नो मौलिकपन कायमै राख्यो। उ सुतिरहेकै मानेथें, कतिबेला ब्युझिएछ। य हो त म त हराएछु, स्म्रितिपटलमा। "हैन तेहि मोरो कठमान्डु घुमिरहन्छ नि, जता गएपनि।" सायद सत्य नै बोलेको हुंला। उस्ले पत्याएन र मैले आफैंले नसुनेको, नदेखेको र नसोचेको आक्रितितिर इंकित गर्यो, "हो कि झ्याल कुमारी तिर हराएको हो?"। के उत्तर दिने सोच्दैथें; उ पुन: तन्द्रा तिर फर्किसकेछ। कस्तो २८६ (Predecessor of Pentium Processors) जस्तो गिदि मेरो, जहिले पनि ढिला चल्ने? अनायस कुनै रोमान्चकताको बर्षा भएझैं। हैन को होलि त्यो झ्याल कुमारि? कोहि त पक्कै होलि, कहिं कतै। तर किन झ्याल कुमारिनै। के उस्को घरमा झ्याल नहुन सक्दैन? उफ्फ्। My stupidity।

राति ७ बजिसकेको रहेछ। डुम्रे पुगेको हुनुपर्छ। मलाइ पहिलो पोखरा भ्रमणबाट फर्किँदाको दिवा बस यात्रा संझना भैरहेछ। पोखराबाट निस्किने बेलामा देखिएको सेतिको गल्छि, नागबेलि सडकको वारि पारि पोक्चा पोक्चि थुम्काहरु, हरिया झाडिहरु; कति रमाइलो द्रिश्य थियो, लेखनाथ नगरपालिका र डुम्रे बिचको। आज त संसार पुरै अंध्यारो छ। क्षितिजका पहाडहरु पनि देखिन छाडिसके। मलाइ त्यो मनमोहकता मिस् भइरहेछ। म सांघुरिएको छु, सानो टुक्रो संसारमा, यहि मिनिबस। कता कता आँखा लोलाएझै भएका रहेछन्। एक्कसि चर्को स्वर गुन्जिएको छ, बहिर। "धोकेवाजहरुलाइ मर्न पनि पर्दैन कि कसो। यिनिहरुले त नर्कमा पनि ठाउ नपाउलान्। ...." के भेछ कुन्नि? कस्ले कस्लाइ कसरि धोका दियो त? कराउने मान्छे अधबैसे अधबैसे सुनिन्छ। हाम्रो पनि बस रोकिएको छ। झ्याल खोलें। एउटा ३५-४० को मान्छे, एउटि ७०-७५ कि बुढि आमै, एउटि ३०-३२ कि अधबैंसे आइमाइ, एउटि २०-२२ कि युवति, २ जना स-साना बालिकाहरु। तुरुन्त दिमागमा एउटा चित्र तयार भयो। धार्दिङ तिरका किसानहरुको एउटा परिवार पोखरातिर कोहि आफन्तलाइ भेट्न निस्केको हुंदोहो। बुढा बाउ खसिसकेका हुंदा हुन। जेठि बहिनिलाइ कोहि ट्रक ड्राइभरले उडाएको हुंदो हो। माइलो भाइ पोखरा तिर हवल्दार हुंदोहो। कान्छो भाइ घरमा बस्तु भाउ गर्न बसेको होला। बुढि आमा, धर्म पत्नि, कान्छि बहिनि र २ वटि छोरिहरु संगै माइलो भाइलाइ पनि भेट्ने र सहर पनि घुम्ने अभिलाशामा निस्केको हुंदोहो, त्यो अधबैंसे मान्छे। अफसोस्, मुंग्लिङमा चडेको उनिहरुको त्यो सरल परिवारलाई पोखरा पुर्याउन दौडिएको बसले डुम्रेमै अलपत्र छाडिदिएछ। सायद उनिहरुको बसमा त्यो परिवार बाहेक अरु कोहि बांकि भएनन् होला त्यहा आइपुग्दा र सोझा देखेर ड्राइभरले बस यहा बाट अगाडि जांदैन भन्दै ओरालेर थकाल्नीको भट्टि पसलतिर मोडियो होला।

हो यस्तै धोकाहरुबिच चिप्लन बाध्य छ यात्रा। बिस्वास नगरेपनि यात्रा चल्दैन। गरेपनि जहांतहिं आफ्ना स्वर्थका लागि सोच्नै नसकिने धोकाहरुले पिरोलिरहन्छ। म चाहन्छु कसैको बिस्वास नगरूँ, अबिस्वास पनि। तिमि जो हौ, तिमिलाइ पनि म बिस्वास नगर्न चाहन्छु। तर के यो संभभ होला? के आधा भन्दा भढि जिन्दगिको प्रस्तावित सहयात्रा बिस्वास बेगर संभव होला? जे होस्, म तिमि जो हौ, तिमिलाइ अविस्वास चाहिं पक्कै गर्न सक्दिन। विस्वासका बारेमा चाहिं उमेरले कुनै पाठ सिकाउदै जाला भन्ढानेको छु।

.............................

   [ posted by SurNaTal @ 01:59 AM ] | Viewed: 2804 times [ Feedback]


:

   
Blog Type:: Diary
Monday, January 07, 2008 | [fix unicode]
 

पोखरा: मेरो सुन्दर यात्रामा - २
...............................................
जिवन यात्रा हो। कुनै अतिसयोक्ति छैन। अतिसयोक्ति यस मानेमा छ कि चाहेको गोरेटो सधै भेटिदैन। चाहेको रफ्तार सधै मिल्दैन। चाहेको साथ सधै मिल्दैन। चाहेको जिवन सबैलाइ मिल्दैन। अझ यसो होला; चाहेको जिवन कसैलाइ मिल्दैन। त्यहि वास्तबिकताले पोलिरहेको छ। गएका सुनौला ३ दिनहरु अव म संग छैनन्। गएका ३ दिनहरुका चलायमानताहरु म संग अव बाकि छैनन्। पुन: त्यस्तै अवसरहरु आउलान् न-आउलान्, तर यो एउटा याद बनेर जिवन इतिहास कोरिएको छ। म मेरो तेहि यात्रा बिवरण उतार्ने जमर्को गरिरहेको छु। आफ्नो इतिहास लेखिरहेछु। अरुहरुका लागि। सायद हामी जे लेख्छौं, आफ्नो अनुभव् अरुको भन्दा श्रेयस्कर छ भनेर प्रमाणित गर्ने जमर्को हो। तेसैले म जे लेख्ने प्रयास् गरिरहेछु, सायद् भन्न खोजिरहेछु कि मेरो पोखरा भ्रमण अरुको भन्दा अलग थियो। सुन्दर थियो। रोमान्चक थियो। उल्लास र खुसिले भरिएको; एउटा उत्क्रिस्ठ यात्रा थियो। वास्तवमा यि हरफहरु पढिरहने जो कोहि पोखरा यात्रामा गएको छ। र त्यो जो कोहि को अनुभव मेरो भन्दा कम्सल कदाचित होओइन। तर पनि म किन चाहिरहेछु, यो लेखौं? थाहा छ मेरो अनुभव अरु कोहि तथकथित अनुभव भन्दा कुनै अर्थमा श्रेयस्कर छैन। तै पनि किन म सुर् न तालका सब्दहरु जोडेरा काहानिहरु बुनिरहेछु? किन म जिउनु को सट्टा समयको यो सानो टुक्रालाइ इतिहास लेख्नमा खर्चि रहेछु? यत्राको त्यो समय म मेरो अर्थको सुन्दरता जिए। सकियो। याद मनमा हुने हो, छदै छ। मलाइ किन अक्षरहरु संग यो मोह? के छ यि सब्दहरुमा जो सदैब घोचिरहन्छन। यो लेखौं। उ लेखौं। आफुमा जे छ त्यो देखाउन लाएक हैन भन्ने जान्दा जान्दै पनि किन मन आफ्नो हठ छाड्दैन र यो unicode खुलि रहन्छ? यि यावद प्रष्नहरुको तगारो तेर्सिरहेकै भए पनि म थामिन सक्दिन र आफ्ना वाइयत दिन चर्या हरु ओकलि रहन्छु।

छेवै को अर्को सिटमा दल बिर राइ छ, मस्त निद्रामा। म आफ्नो मन मिटर घुमाइरहेछु, तेति पुराना नभैसकेका बिगतहरु तर्फ। करिब् २ महिना अगाडि होला, संगम बस्यालले सुनाएथ्यो - "दाई, बिदाको लगत्तै पछि पोखरामा अन्तर क्याम्पस भलिवल प्रतियोगिता छ। खेल्न जानु पर्छ है।" मलाइ थाहा छैन रगत कसरि बिकसित हुन्छ। मेरा बाबा एउटा कनिस्ठ सरकारि जागिरे थिए। खेलको नाममा तास को "साइटिङ वा फुट्टिकट" बाहेक केहि मन पर्थेन। मेरि आमा जिवन भरकि ग्रिहिणि, उनले खेल के हो कहिल्यै बुझ्ने मोउका पाइनन। मेरो रगत कसरि बिकसित भयो कुन्नि। खेलको नाम सुन्ना साथ कण कण उर्लेर आउँछ। भलिवल होस्, कि ब्याडमिन्टन्, वा फुटवल वा क्यारिम् बोर्ड वा डन्डि बियो वा कवर्दि वा जो कोहि खेल मेरो सम्मुख भएर गुज्रिये, तिनिहरुले मेरो रगत प्रदुसित गराइरहे। कोहि नचिनेको मान्छे उफ्रिरहेको होस् र एउटा खेलाडिको नपुग होस्; म लुत्त छिरिहाल्ने। म असिम असांस्क्रितिक् बिकास भएँ, खेलको मामलामा। अझ यो त जिवनमा पहिलो अवसर थियो, त्यो इस्तरको प्रतियोगितामा भाग लिन पाउने। सहर्स स्विकारे - "भै हाल्छ नि, तिमिले भनेपछि।"

मलाइ थाहा छ, म कुनै उच्च क्षमताको खेलाडि हैन - खेल जुन सुकै होस्। सिक्यो, अलेलि आउँछ, तेसैमा फुर्कियो। बस। सायद लाटो देशको गाँडो तन्नेरि बनिरहें, सधै भरि। खेल्न उत्पाद इच्छा हुनु मात्रै खेलमा उत्क्रिस्ठ दक्षता हुनु हैन। उत्क्रिस्ठ खेलाडि हुन जन्मदै केहि लिएर आउनु पर्छ। मैले जति लिएर आएको छु, त्यो मेरै कलेज भित्रका प्रतियोगिताहरुको लागि मात्र ठिक हो। यो अन्तर क्याम्पस प्रतियोगिताको लागि हैन। अफसोस, हामीमा अलिकता फरियावाद जहापनि चलि हाल्छ। तेसैले म जत्तिकै; वा हुन सक्छ म भन्दा उच्च गुणस्तरका; कति अरु खेलाडिहरु छाडेर संगमले मेरो नाम लियो होला। तर म अझै यो मानेमा इस्पस्ट छैन कि कुन प्रक्रितिको फरियावादमा संगमले मलाई नातेदार ठानिरहेछ। म साधारण Voter बाहेक केहि हैन, उस्को खेमाको। के तेहि पर्याप्त थियो? जसरि सुकै होस्, कसैले मलाइ नातेदार संझेर गुण लगाउछ भने केलाई त्यो कस्तो नाता हो भनेर खोतल्ने जरुरि? म कुनै अलौकिक प्रणि हैन। मानविव स्वार्थलाई म किन अंगिकार नगरौं? हो तेसैले, अरु राम्रा खेलाडि छुटेका हुन् कि नहुन, म बोलाइएँ। तेहि महत्वपुर्ण हो। तेहि सम्पुर्ण हो।

दिनहरु बित्दै थिए। निर्धारित मितिको एक साता जति अघि दल बिर राइले पुन: अन्तिम निधो गर्न खोज्यो - "पोखरा जाने हैन त?" दल बिर टोलिको प्रमुख खेलाडि। मेरुदन्ड भनौ न। पहिलो सर्टर, हाम्रो भलिबल टिमको। तर मेरो परिस्थिति अलिकता प्रतिकुल बन्दै थियो। सहरभरि बिरामिको ताति लागिरहेको थियो। बुबा, दिदि, भाउजु सबै बिरामि। भ्याइ नभ्याइ थियो हामी भचेका दाजु भाइलाई। तैपनि मेरो खेल र त्यो प्रायोजित यात्रा दुबै प्रतिको आकर्षणले घच्घच्याइ रह्यो र लोभि आकांक्षाहरुलाइ मिच्न सकिन। हुन्छ भनिदिएं। टोलि बन्यो - "दल बिर राइ, सुर् न ताल्, दर्पण कार्की, प्रेरित उपध्याय, संगम बस्याल्, लवण सिलवाल, सुमन राम घिमिरे, सम्पुर्ण क्षेत्रि र अरु १-२"। मेरो फोटो लगियो। मेरो नामको जर्सी बन्यो। र म त्यो अन्तिम बिन्दुमा पुगें - जहाँवाट मलाइ यो भ्रमण परित्याग गर्न अधिक असहज थियो।

माघ २२-२५ को प्रतियोगिता कार्यक्रम हुनुपर्छ। प्रेरित उपध्यायको assessment पर्यो रे, २२ मा। हाम्रो खेलहरु २३ देखि मात्रै राख्न आग्रह गरियो। २२ को सांझतिर बाटो लाग्ने सहमति भयो। म तेहि मनस्थितिमा २१ गते बुबालाइ भेट्न तिन्कुने गएं। बुबालाइ कफले अझ च्यापेको रहेछ। होस्टेल फर्कने कुरा भएन त्यो दिन। मन अझै अन्योलमा पर्यो, "बुबालाइ कस्तो हुने हो, पोखरा जानेकि नजाने!" बिहान सम्ममा बुबालाइ अलिक् बिसेक् भयो। होस्टेलमा के पुगेको थियें - "काहा हराएको, हामि त दिउसै जान लागेको" भन्छ दल बिर। Assessment हुने भोलि आउछन् रे, अरु आजै। Assessment त मेरो नि थियो, तर हाप्ने बाहाना मिलिराछ। यस्तो मौका थोरै आउछ, उपयोग गर्नै पर्यो। त्यो उपयोग सदुपयोग हो कि दुरुपयोग त पछि नै थहा होला, अहिले जाँच छल्न पाए पुगि गो नि। सायद वर्तमान सबैभन्दा प्यारो हुने रहेछ। परिक्षा फारम पनि भर्नु थियो, यता उति गरेर ३१०० भेला पारें र गोर्कि भनिने गोबिन्द कार्किलाइ जिम्मा लगाएर १२ बजे क्यम्पस गेट पुगें। हो यहाँ बाट सुरु भयो मेरो प्रायोजित पोखरा यात्रा। खेलाडिको पदवि सहितको; सम्पन्न र संभ्रान्त यात्रा।

हामी ८ जना, त्यो group मा। २ वटा Taxi हरु जावलाखेल हुदै चक्रपथ निस्किए र कलंकितिर हुइकिए। मलाइ अव पैसा कति पर्ला वा यो सस्तो त्यो महंगो संग सरोकार छैन। भ्रमणका नाइकेहरु पनि अरुनै छन्, आफु त ठ्याक्क Taxi आइपुगे पछि चडे पुग्यो। मलाइ चिसो चाहियो वा तातो भन्दे पुग्यो, त्यो तुरुन्त आइपुग्ने। उफ्। मोज् नै होला यो। सायद् अर्काको बाउको श्राध्य हो कि। २ बजेतिर एउटा मिनि बसले हामिलाई सर्लक्क निल्यो - कलंकिमा; र चिप्लन थाल्यो - त्यो पस्चिमतिरका ससाना थुम्काहरु तर्फ। मुग्लिङ सम्मको वाटो उहि हो - धेरै पटक नापिएको। यो ११० KM सडक अर्को एकपटक नापिउन्जेल हामी रमाइला कुराहरुसंगै हाँसिरह्यौं। नौबिसेका पुरि तरकारिहरु, मलेखुका माछाहरु, र गोर्खाबाट झारिएका रसिला सुन्तलाहरुले मुख ब्यस्त बनिरह्यो। यो सडकमा म सायद् २० भन्दा बढि पटक ओहोरदोहोर गरिसकें हुंला। दिवा बस, रात्रि बस, बिहानिमा, सांझमा; सबै संभावित समयहरु। ढल्किंदो मध्यान्नको यो समय त्यो ओरालो झर्न उत्क्रिठ थियो। दक्षिण पस्चिम मुख फर्काएका पहाडहरुम घामको न्यानो पोतिएको छ। थानकोट तलका घुम्तिहरु, बेंसिका फाँटहरु, त्रिसुलिका बगरहरु र किनारै किनार लमतन्न सडकहरु - द्रिश्य मनमोहक छ, आकर्षक छ। कति सुलुत्त चिप्लिएछ समय। दायाँ बायाँ पसलहरु देखिए। मुग्लिङ् आइसकेछ। पाइन्टको खल्तिमा राखेको घडि निकालेँ। त्यो संधै पाइन्टमै हुन्थ्यो। किन चेन फेर्नलाइ खर्च गर्नु? समय हेर्न मिलि हाल्छ। ५ बजेको रहेछ। सांझको।

   [ posted by SurNaTal @ 11:48 PM ] | Viewed: 3014 times [ Feedback]


:

   
Blog Type:: Diary
Friday, January 04, 2008 | [fix unicode]
 

पोखरा: मेरो सुन्दर यात्रामा १

त्यो मिनिबस चिप्लिरह्यो; सुलुलु सुलुलु। साँझको ६ बज्यो। बन्दिपुर जाने दोबाटो काटियो। ब्यास गुफा जाने दोबाटो पनि। बिस्तारै अंध्यारोले ढाक्न थाले पनि सगरमा अलेली उज्यालोपन बाँकि नै थियो। मैले एकैछिन पर्दा लगाएँ। झ्यालको। भित्र गण्डकि भेकका लोक भाकाहरु गुन्जायमान छन्। म असिम आभारि छु, ति गुरुजि संग कि उनले हाम्रो यो यात्रलाइ लोक भाकाहरुसंग भिजाइदिए। जवकि धेरै यस्ता बस यात्राहरु हिन्दि गितहरुले भरिएका हुन्छन्। म कदाचित् भन्दिन मलाई "य लाल रंग कब मुझे छोडेगा" मन् परोइन भनेर। तर यस्ता यात्राहरुमा मलाइ लोक भाकाहरुसंग जुन आत्मियता, रोमन्चकता र सामिप्यता गासिएको छ, त्यो अरु केहिमा थिएन, छैन र हुन सक्दैन।

बजिरहेको चक्का सकिएछ क्यारे, लोक भाका रोकियो। खै किन किन वातावरण अचाक्लि उकुसमुकुस लागिरहेछ। फेरि पर्दा खोलें, सायद मुक्ति को खोजि। पर पहाडहरु अलेलि देखिदै थिए, तर ति हरियाबाट अंधेरा काला बनिरहेछन्। पहेँला सगरहरु आफैँ मात्र हो संसार भनेझैं पहेंल्लिरहेछन्। म एकाग्र झ्याल बहिर भुलिरहेछु। हेर्दा हेर्दै मेरो संसार निष्पठ्ठ अंधेरो बनिरहेछ। मानौ अव कहिल्यै घामका किरणहरु फर्किने छैनन्। तर त्यो सानो संसार - यात्रको एउटा फिलिंगो - एक टुक्रा जिन्दगि - त्यो मिनिबस भित्रको संसार; सायद अझै उज्यालो छ। यस्तो लाग्छ, पर्दा बाहिरको निपठ्ठतासंग यसको कुनै साइनो छैन। तर मलाइ किन किन त्यो पर्दा बहिरको अंध्यारोले खेदि रहेछ। यो भित्रको लर्खराउंदो प्रकाशको कुनै मतलव देख्दिन म। पर्दा बाहिरको एक बित्ता संसारलाइ पनि आफ्नो बनाउन नसक्ने यो सिमित प्रकाशको के अर्थ। यो बनावटि प्रकाश को के भर, जुनै बेला पनि झ्याप्प निख्रिदिन सक्छ। मलाइ सुर्यको प्राक्रितिक प्रकाश चाहिन्छ, घामको न्यानोपन सहितको; निस्कपट, निस्छल्, धोका को कुनै गन्ध रहित। मैले कहिल्यै रात ढलेर मिर्मिरे उशाले समपुर्ण संसार नढाकेकि देखेको छैन र मलाइ तेहि सदियौं को निस्छलता चाहिन्छ। यधप्पि, घाम हाललाइ बिलाएकि छिन, र म वर्तमानमा बिलाएको घामलाइ अंगालेर वास्तबिकताबाट भाग्न सक्दिन।

त्यो अँधकार संसारमा एउटा छुट्टै सानो समाज छ। २०-२५ यात्रुहरुको। जहां झलमल्ल बत्तिहरु बालिएका छन्, संगितहरु गुन्जिएका छन्। अफसोस, यो समाज हो झै पनि लाग्दैन फेरि। सबै आ-आफ्नो तालमा आ-आफ्नै जिन्दगिमा गुज्रिरहेका। कोहि गफगाफमा। कोहि अर्को सिटकि किसोरीका चेहराहरुमा। कोहि जिवन साथिका न्याना अंगालाहरुमा। कोहि नवप्रेमि का ढाडसहरुमा। कोहि प्यारि निद्रा देबिसंग। म सर्सरति सबै वातावरण नियाल्छु - मेरो त्यो तत्कालिन सिमित दुनियाको। गुरुजि steering कहिले यता कहिले उता घुमाइरहेछन्, एकोहोरो। लाग्छ उन्को जिवन पनि तेहि steering हो, कहिले यता र कहिले उता घुमिरहेको। तर त्यो मिनिबस र उन्को जिवनमा अतुलनिय फरक महसुस भैरहेछ। उनि चाहुन त सक्छन, झ्याप्प ब्रेक दबाउन - त्यो मिनिबसको। तर उनको आफ्नै जिन्दगि त चलिनै रहन्छ - मेरो जस्तै। यि जिन्दगिका steering र ब्रेकहरु अरु कसैको हातमा छ, हामि त सिर्फ एउटा मिनिबस हौं। कुनै काठ्मन्डु पोखरा चालिरहेका, कोहि पोखरा काठ्मन्डु। आउदा जादा भेट हुने; मुंग्लिन् र आंबु खैरेनिहरुमा।

हैन, यस्तो पनि त हो, यो सानो यात्राका सबै जिन्दगिहरुको steering र ब्रेक त उहि गुरुजि संगै छ। के भर, कतै अरुहरुको यो जमात सहित उनि बिलाउन्, सेतिका गहिराइहरुमा। जिवनको ब्रेक कुनै अद्रिस्य सक्ति (हुन सक्छ त्यो भगवान होस्) संग छ भन्दा एक् किसिमको ढुक्क हुने रहेछ, तर तेहि ब्रेक कुनै अर्को जिवात्मा संग छ भन्दा त जिवन कहालि लाग्दो बन्दो रहेछ। निमेश् भर्को यो उद्बेग पनि कति बिकराल। आखिर जिवन के हो र, फगत अनुभुतिहरु बाहेक। कहिले बोझिला, बफिला। कहिले रमाइला, उन्मक्त। र जिवन फगत एउटा सिंगो यात्रा न हो - हजारौं टुक्रा टुक्रि यात्राहरु जोडिएको। बिचमा सयौं मसिना यात्राहरु आउँछन्। र ति यात्राहरुमा कोहि आफ्नाहरु आउँछन् र पराइ भएर बिलाउँछन्, कोहि पराइहरु आउँछन् र आफ्ना भएर जान्छन्। हजारौं हजार अरु तथाकथित सामुहिक यात्राहरु पनि आउँछन् - जहाँ आफु एक्लै हिडिन्छ तर देख्नेले अरुसंग देखिदिन्छ। ति गुरुजि जिवन भर एक्लै यात्रामा होलान्- आफुमा। तर म देख्छु - उन्को अधिकांस यात्राका टुक्राहरु अरु जिन्दगीहरुसंग गासिएका छन्।

क्रमस ...

   [ posted by SurNaTal @ 05:02 PM ] | Viewed: 2910 times [ Feedback] (2 Comments)


:

   
Blog Type:: Diary
Thursday, December 27, 2007 | [fix unicode]
 


म मेरो भाग्य बेचिरहेछु, आलुको भाउमा
भाग्यले आज आलु सस्तो रहेछ
मानौ मेरो सरोकार भाउ हो, आलु हैन
आलु जस्तो होस्, मलाइ सस्तो चाहिन्छ।

मेरो भाग्य द्रुत गतिमा अवमुल्यन भइरहेछ
मानौ यो नब्बे दशकको रुवल हो
र बजार भाउ पाउण्ड स्टर्लिङ
एक छाक जाउलोले सम्पुर्ण भाग्य किनिदिन सक्छ।

चाहन्छु कम्तिमा सापोनाफो वरावर होस्
तर मेरो भाग्यको फसल संधै घाटामा रोपिन्छ
घाटामै उम्रन्छ, बढ्छ र पाक्छ
मेरा जोडघटाउहरुमा हातलागि सधै सुन्य भैदिन्छ।

मेरो भाग्य सधै निर्धो बनिरहेछ
संधै पिंधमा, आवस्यकताहरुको, अभिलाशाहरुको
पर भिरालोमा लौरो टेक्दै उक्लन खोजिरहेछ
लाग्छ यो एउटा भरिया हो, उमेरमै चाउरि परेको।

नमस्कारहरुमा टाउको ननिहुर्याएपछि
भाग्य पुरिंदो रहेछ, रासमा प्रमाणपत्रहरुको
त्यसैले म मात्र नियाल्न सक्छु, काँध हाल्न सक्दिन
मानौ यो सिन्दुरे गोरु हो, पारि भिरवाट झरिरहेको।

सबै चाहन्छन् भाग्य बदलियोस
म अपवाद बन्न सक्दिन
तर भाग्य वदल्न खोज्नु
केटाकेटि छंदा खेलेको चोर-पुलिस रहेछ
भाग्यका कठोर सांग्लाहरुले बांधिएको
म एउटा निर्दोस् कैदि रहेछु।

   [ posted by SurNaTal @ 04:32 PM ] | Viewed: 3092 times [ Feedback]


:

   
Blog Type:: Blog
Monday, December 03, 2007 | [fix unicode]
 

मेरो कथा मेरो गीत: Hits FM
२०५३-९-२५
पुल्चोक पुरानो छात्रवास

अन्तिम भाग

उनिसंगको त्यो भेटमा मन् भाबुक बनिरहेछ, उल्लासित पनि। आज एउटा आफन्त भेटेझैं लागिरहेछ, मेरा एकाँकिहरु अव कतै निख्रिदै गएझैं। एउटा नया साइनो जोडिए झैं। तर कुन साइनो हो यो, उनि तार साथि थिइन, अहिले के हुन? साथि वा अरु केहि? वा केटि साथि? के फरक् छ साथि र केटि साथिमा? किन म जहिले पनि हराउँछु? के यो प्रेम हो? प्रेम के हो? के त्यो यस्तै हुन्छ? कस्तो यस्तो?

म मेरा मनका खालिपनहरु र सहरमा एक्लो हुनुको तिक्तताहरु सम्पुर्ण पोखिरहेँ, उनि सामु। मनौं उनि मेरि आफ्नै हुन, साथि, सहयात्रि, अभिभावक, सबथोक। किन यति धेरै बिस्वास, यति छिट्टै? किन यति धेरै अत्मियता, यति रफ्तारमा। प्रत्यक गति संग दुर्घटना पनि संभवित भएर बहन्छ। मन अनयासै कता कता brake लगाउँ भन्छ। जिवन मार्ग सधै महेन्द्र राजमार्ग जस्तो सिधा कहाँ हुन्छ र। उनको मुहार पढ्छु, धेरै उल्लासहरु देख्छु, खुसिहरु छचल्किरहेका। किन उनि यति धेरै हर्सित् छिन। म मा के पाएकि छिन उनले? के भेटेकि छिन् वा के देखेकि छिन् म मा? वा के छ हामि बिचको यो अपरिचित भेटमा, जो उल्लास छरिरन्छ, उनमा पनि, ममा पनि। कोहि नयाँ मान्छे संगको पहिलो भेट सधै यस्तै हुने हो? कि यो भेट केहि बिशेस् छ? किन म सोचिरहन्छु, चाहिने नचाहिने। उनि म सामु छिन्। तेहि एउटा उत्सव हो। मनाएत भैगो। सोच्नलाई त पुरा जिन्दगि छदैछ।

मेरा कुराहरुले उनलाइ पनि भाबुक् बनाइरहेछन्। किन म जहिले पनि यि pessimistic कुराहरु मात्रै गरिरहन्छु। किन म आफु मात्र हैन अरुलाइ पनि खुसि हुनवाट रोकि रहन्छु। उनि खुसि छिन्, खुसि हुन देउ, किन आफ्ना भाबुकताहरु उनि सामु लादि रहन्छु? उनि सम्झाउन तिर लागिरहेछिन्। अवत उनि भै गइन नि रे, मेरो एक्लोपन दुर गर्न। सायद। हुन सक्छ तिमि ठिक। तिम्रो कुरा ठिक। हुन सक्छ बेठिक। वा तिमि हावाको एक् झोका हौ, आयौ, मलाइ छोयौ र निमेश् भरमै बिलाएर जान्छौ। वा तिमि बिजुलिको एक् झिल्को हौ, चट्याँग संगै आउने। हत्तेरिका, किन उहि मेरो भाबुकता मेरो पहिलो पहिलो प्रेमको अंकुरणमा बाधा दिरहेछ।

प्रेम? हुन सक्छ। नहुन पनि सक्छ। प्रेम एउटा लाहुरेले बर्मा कि तरुनिलाइ गरे जस्तो पनि हुन्छ। प्रेम मुना ले मदनलाइ गरे जस्तो पनि हुन्छ। वा प्रेम भनेको कुनै मुर्त कुरा हैन र म अमुर्त कुराको पछाडि कसरि लाग्न सक्छु? उनि मेरा भबुकताहरुको किताब बन्द गरेर उमंगको नया अध्याय पढ्न चाहन्छिन्। हामि अहिले ति बाघ र सिंहका बिसाल खोरहरु, हात्ति र गैंडाका गोठहरु, चितुवका खोरहरु सबै हेरेर त्यो बिचको तलाउ किनारमा उभिएका छौं। निर्भिक प्रेम जोडिहरु कोहि तलाउ किनारमा अलिक पर रुखको फेदमा आड राखेर संसार भुलिरहेछन्। पारि पट्टिको उध्यानमा सयपत्रिको सुनौलो द्रिस्य मनमोहक् तलाउमा छायाँ बनाइरहेछ। सुन्दर र साना परिवारहरु स-साना डुंगाहरुमा यता उता गरिरहेछन्, त्यो तलाउ ओरिपरि। हांसका बथानहरु उन्मक्त आफ्ना दिनचर्याहरु खर्चिरहेछन्, ति किनाराका दर्सकहरु संग जिस्कियर, उनिहरुले दिएका बिस्कुट, बदाम र सुन्तलाका टुक्राहरु संग रमाएर।

केहि छ्यणको मौनतालाई चिर्दै मैले भनें

"तिमिले किन चिडिया खना नै रोजेकि?"
"नजिकै भएकोले। फेरि यो तलाउ र ओरिपरिको वातावरण त अतिनै सुन्दर लाग्छ मलाइ।"
"मलाइ त ति बिभिन्न किसिमका जनावरहरु खुब मन पर्यो। मैले कहिलौ यतिथरि जनावर देखेको थिन गाउंमा।"

कुरै कुरामा हामि त्यो मयुरको खोर र अरु अनगिन्ति चराहरुका पिजडाहरु तिर पुगिसकेथ्यौं।

"तर मलाइ किन किन यिनिहरुको बन्धि जिवन मन पर्दैन। हेर्नुस त जंगलमा स्वतन्त्र रमाउने ति सुन्दर चराहरुलाइ यो सानो पिजडामा कति बिरक्त जिवन जिउनु परेको छ।"

कुरा त हो। तर फेरि किन उनि उमंग को अध्याय नसकिदै भाबुकता उमारिरहेकि। म कुरा मोडिरहेछु र हामि त्यो चौरमा बसेर बदाम वालालाइ बोलाइरहेछौं, केहि वेर अरु जिवन् साट्नु छ, घाम उ त्यो चम्पादेवि डाँडोमा नडुबुन्जेल्। हाम्रा अन्तरंगहरु चौर सुनसान नहुन्जेल् मौलाइ रहे। उनि पाटन क्याम्पसमा I Sc पढिरहेकि। म पुल्चोकमा overseer। उनि बनस्थली पढेकि, अंग्रेजिमा निक्कै पोख्त। नेपाली पनि उत्तिकै राम्रो लाग्यो। म सरकारि बिध्यालयवाट आएको, अंगेजि पास् गर्नलाइ पनि निकै धौ धौ पर्या। अलेलि लेखन र गायनमा रुचि राख्ने। उनि साहित्य पढ्न सौखिन। मैले पनि नेपाली त निकै पढेको हुं तर उन्ले जस्तो बिदेशि सहित्य पढेको छैन। उनि स्कुलमा badminton खेल्थिन्। म Volleyball। तर खेल दुबैको रगतमा पोतिएको बिशय। थाहा छैन हामिले किन एक अपसमा भेटने अभिलाशा राख्यौं, तर हाम्रा interest हरु निकै नजिक् थिए। यो जम्काभेट एउटा सुन्दर आस्चर्य थियो।

सगर पहेँलिन थलिसक्यो। समय त उहि हो, उडिरहन्छ, पंछि जस्तै। हाम्रा अन्तरंगहरु सकिएका छैनन भन्दैमा अंधेरि कुरिरहन सकिनन। हामि चिडियाखानबाट निस्कियौं र लगन्खेल रत्नपार्क को मिनि बस पक्डियौं। हरिहर भवन मेरो गन्तब्य, ओर्लनै पर्यो। उन्लाइ हतार भैसकेको छ, रात हतार गरिरहेछिन्, आफ्नो अस्थित्व उझेल्न। मैले 'बाइ' भने, उन्ले हात हल्लाइन। होस्टेल तर्फ लागेँ, तिनै बाँसघारि हरु हुदै, क्रिश्न गल्लिका। रुप्पिहरु आफ्नो गुँड खोज्दै किरिङ मिरिङ कराइ रहेथे। मलाइ आज तिनिहरुको कुनै वस्ता लागेन। मनमा कुराको कुहिरो मडारिरहेथ्यो। सपनाहरु बुनिदै थिए। जिवनमा कसैको साथ अनिवार्य छ। उनि मेरो जिवन भरको साथि। उनि मेरि बेहुलि।

मायाँ के होला
सोचेको तिमिनै हो मेरो बेहुलि
मायाँ के होला

सपनाभरि पनि उनि छाइरहिन्। त्यो अर्को बिहानि कति सुन्दर भएर जन्मिएको। तेहि कोठा, #३१२, तेहि होस्टल्, तेहि प्रांगण, तेहि Volleyball Court, सबथोक तेहि हो। तर किन सबथोक भिन्न, नौलो जस्तो, रमाइलो, सुन्दर, रोमांचक?

घट्टस्थापना आउन २-४ दिन बाँकिनै थियो। घर जानु छ, दशैँमा। उल्लासित छु। आजै गडिको टिकट काटि रहनु पर्यो भनेर नयाँ बस पार्क सम्म पुगेको त वर्वाद् भैसकेछ। कहिँ टिकट छैन। कति छिटै काट्ने रहेछन्, जानबुझहरुले। आफुलाई त सुइंको नाइ। 'कोशि यातायत', 'मकालु यातायात', 'Royal Tiger', 'चितवन् कोच' सबै चाहरेँ, सबैतिर बाट निरासा मात्रै। 'लाहुरे भिडियो कोच' कि के भन्ने मा पुगेथें, आजै जाने भए एउटा सिट छ भन्छ। के गर्ने गर्ने। class हरु त लगभग बन्द भैसकेका, तर रस्मिलाइ केहि भनेको छैन। दोधार। घर त जानै छ। उन्लाइ फोन गरेर गएं भन्नु पर्ला। दशै पछि त भेट भै हाल्छ। आफैँलाई सन्त्वना दिएँ र लास्ट् सिट को एउटा टिकट लिएर होस्टल फर्किएँ। २-४ लुगाको पोको पारेँ, पाटनढोकामा अलेलि चक्लेट किने, २-४ कितावहरु हालेँ र मेरो क्याम्पस बोक्ने झोला भरियो, तयारि सकियो। एउटा बिध्यार्थिको यात्रा, के नै हुन्छ र।

१ बज्न लागेछ। फोनमा पुगेँ। सनिवार, केटाहरुको ताँति रहेछ, फोनमा। पालो कहिले पो हो आउने। १:३० तिर होला, पालो आयो। खोइ को फुच्चेले उठायो,
"मैसाप त घरमा होइसिन्न" भन्छ। कहाँ गइन भन्न पनि तिमि को भन्यो भने के भन्ने। आफु पछाडि अरु ५-७ केटाहरु फोनको लाइनमा छन्। उफ्। घर जाने उमँगमा तुसारापात भैरहेछ। पुन: लाइनमा पछाडि बसें। २ बजे तिर होला पालो आयो। पुन उहि उत्तर,

"बहिर गैस्या छ, ४-५ बजे मत्रै आइसिन्छ।"

यो के को स्या र सु हो, सुर् न ताल्। आफुलाइ उसै कन्सिरि तातेको बेला त्यो फुच्चेको गैस्यो र आइस्यो पटक्क मन परेन। हैन कुन दर्जाको सत्कार हो यो। मैले जानेको त उहि तं, तिमि, तपाइँ, हदै भए हजुर्, राजालाइ भए बक्सेको छ, तेहि हो। यो स्या र सु चाहिं कता फिट हुने हो कुन्नि।

अव के गर्ने। ३ बजे नै नयाँ बस पार्क पुग्नु छ। अव नहिडे बस छुट्छु। यो बस छुट्यो भने न टिकट पाइने हो, न टिकट किन्ने पैसो नै। फसाद्। मन गर्हौं बनाउदै बाटो लागें।

बस थानकोट काटेरा ओरालो लाग्यो। पहिलो पटक रात्रि बसको यात्रा। त्यो नौबिसे सम्मको जुलेबि घुमाउरोले पेट हल्लिएर अव वान्ता होला जस्तो। रस्मिको झल्को, उन्लाइ जान्छु सम्म भन्न नपाउनुको बिवसता, अनि बसको झंग झंग, अन्तिम सिटको यात्रा। भौतिक र मानसिक तनावको एउटा पराकस्ट थियो त्यो रात्रि बस। भोलि पल्ट चटारा हुंदै आफ्नो जन्मथलो तर्फ लागेँ। दुइ दिनको बोझिलो एकल पैदल यात्रा पछि म मेरो प्यारो गाउँमा पुन एक्पटक टेकिरहेथेँ, गर्भिला पाइलाहरु। सम्पुर्ण थकानहरु मेटिए, सायद उनका यादहरु पनि पातलिए, अरु १०-१५ दिनहरु।

रस्मिको झल्को र बाँकि रहेका निक्कै report हरुले मिलेर मलाइ तानिरहे र धेरै दिन म मेरि आमाको हातको मिठो खाना खाइरहन सकिन। सायद म बिग्रिदै गएं, मेरि आमाको लागि बिरानिदै गएं। कता कता आफैले आफैलाइ 'धिक्कार छ तलाइ' भनेझै पनि लाग्यो। कोजाग्रत पुर्णिमाको भोलिपल्ट म पुन: काठमण्डु आइपुगें। होस्टेल छिर्ना साथ पाले दाइले एउटा पत्र दिनु भयो र म जाने साथ धेरै वटा फोन आएको थियो पनि भन्नु भयो। मन झनै भरि भो, म आखिर किन कसै प्रति पनि उत्तरदायि हुन सकिरहेको छैन।

कोठामा गएं र पत्र खोलें।

---------------------------------------------------------------------------------
हेलो ब्लफर,

मलाई थाहा छ, तपाईलाई ब्लफर् भनेको मन् परोइन, तर म संग अरु के नै साइनो पनि छ र। 'तपाई' पनि केलाई भन्ने हो र, कुनै respect बाकि भएको भए पो। आखिर् तिमि पनि उहि ड्यांगको मुला त निस्कियौ। ब्लफर्। कति सकेको होला जाबो एक् कल फोन पनि नगरि सुटुक्क बाटो लाग्न। म पनि उस्तै, के को भरमा चिन्नु न जान्नुसंग पछि लागेकि, खुब इमन्दार् साथि भनि रहेकि? के को इमन्दार्, सब् भन्दा बेइमान् परेछ, निश्ठुरि। आफु यता फोन गरेको गरेइ, उ उता कता हो गाउंतिर रे।

अव त्यो गाउँ कहा हो र मैले कसरि फोन गर्ने। उफ्, म stupid किन पछि लागिरा होला, एउटा ब्लफर् को, I need to get lost from here without any further delay.

जे भए पनि म तिमि जस्तो बेवारिस् हैन। तेसैले जादा जादै भन्दि हालुम्, म मामा घर जादै छु, तिहारलाई। दशैं पछि फर्किएउ र कुनै सद्-भावना बाँकि नै लिएर आएउ भने मेरो घर को फोन अझै काटिएको छैन।

उफ्, किन अझै यस्तो निस्ठुरिको पिछा गरिरहेकि, उल्लु म। थाहा छैन फेरि तिमिलाइ म भेट्छु, भेट्दिन वा भेट्न चाहन्छु, चाहदिन।

All the best.

रस्मि।
---------------------------------------------------------------------------------------

Please रस्मि, म ब्लफर् हैन। Please please म बेइमान हैन। म धोकेवाज वा निश्ठुरि हैन। यो मेरो सानो अब्यवस्थित् पन मात्रै हो कि जस्ले मेरो इमानदारितालाई छोपिदिएको। म बेइमान हैन। तर मैले इमान्दारि पनि त देखाउन सकिन। म सायद बेवारिस्, कुनै पनि साइनो प्रति कुनै उत्तरदायित्व बहन गर्न नसक्ने/नजान्ने, नालायक।

आफैँलाइ गालि गरे पनि मन हलुका हुन सकेन। हतार हतार फोनमा पुगें। उहि फुच्चे को स्वर,

"मैसाप त हिजो नै बैतडि गैस्यो, मामाघर।"
"कहिले फर्किने?" आँट गरेर सोधें।
"तिहार उहिँ मनाउने हो रे, आमा पनि जानु भा छ।"

कोठा पुगेँ र तेत्तिकै ढल्किएं। आखिर मैले confess गर्न पनि किन नपाउने। किन तिमि म संग लुकामारि खेल्छौ? म कसरि भनु म स्वार्थि हैन। Please तिमि छिट्टै आउ। सायाद यात्राको थकानले होला, सोच्दा सोच्दै भुसुक्क निदाएछु। ब्युंझदा त एकैचोटि भोलि बिहान भएछ। एक्लै छु। साथि घरवाट फर्केको छैन। उस्ले रेडियो लगेनछ। यत्तिकै खोलेँ, सुन्न मन लागेर हैन, हुनसक्छ मन बहलाउन।

"यो रेडियो नेपाल हो, ........यस्तै अर्को दुघटनामा बैतडि तर्फ गैरहेको से. अ. ख. ......"। म निदाएँ। म ब्युझिएँ। अझ सपना देखें। अनि वस्तविकतामा फर्किएँ। किन यस्तो अशुभ सोचेको होला मैले। तैपनि मनले मानेन र कुलेश्वर् फोन गरें।

उहि फुच्चे,
"आमा र मैसाप एक्सिडेन्टमा ......"।

जिवन एउटा मैन बत्ति नै त रहेछ। हावाको सानो झोकाले झ्याप्प हुने, अकस्मात्।

के सोचे मैले
के भयो ऐले
कसम हाम्रो
बिलयो काहाँ
नलैजाउ टाढामा।

अस्तु।
सुर् न ताल्

   [ posted by SurNaTal @ 04:56 PM ] | Viewed: 3172 times [ Feedback]


:

   
Blog Type:: Diary
Thursday, November 29, 2007 | [fix unicode]
 

मेरो कथा मेरो गीत: Hits FM
२०५३-९-२५
पुल्चोक पुरानो छात्रवास

भाग : २

भदौ २१ गते, शाल त उहि हो, कक्षा सुरु भयो। कलेज जिवनको पहिलो दिन, अलिकति उल्लास बटुलेको हुनुपर्छ। एक दुइ साथिहरु बटुलिए। केहि दिन पछि होस्टेल बस्न थालियो। बिस्तारै वातावरण संग आफुलाइ मिलाउदै गएँ। होस्टेलमा एउटा गज्जबको टेलिफोन सेट थियो। मैले हालसम्म फोन हुन्छ भन्ने सुनेको मात्रै हो, अहिले देखेको छु, प्रत्यक्ष। अझै प्रयोग् गरेको छैन। गरौं कस्लाइ, को नै छ र मेरो फोन ले माने राख्ने, यो सहरमा। सायद तेहि एक्लोपन् थियो, जस्ले एउटा नयाँ शोख वा भनौ रुचिको जन्म दियो म भित्र: नयाँ नयाँ फोन नम्बरहरु खोज्ने र नचिनेकै ठाउँमा फोन गरेर साथिहरु बनाउने प्रयास गर्दै जाने।

साथिहरु यसलाइ 'ब्लफ कल' भन्ने गर्दा रहेछन्। तर मलाइ 'ब्लफ' न सब्द र न अर्थ नै थाहा थियो। मैले २-४ केटा साथिहरु बनाए। सायद अचम्म। तेस्तो कदाचित् नहुने रहेछ, सायद म पाखे थिएं। जव फोन केटिको हुन्थ्यो, मलाइ अप्ठेरो पर्थ्यो। पहिलो कुरा, स्कुल हुंदा कोहि केटि म तिर आइराखेकि भए म दोबाटोबाट अर्को गोरेटो पक्डिन्थेँ, सारै खै के के। हुन सक्छ सारै conservative वा फेरिपनि सारै पाखे थिएं। बानि अझै तेति हटिसकेको थिएन, सहरमै पनि। दोस्रो कुरा, 'ब्लफ कल' को आतंकै फैलेको हुने रहेछ, उरन्ठ्यौला केटाहरुले फोन गरेर जथा भाबि कुरा गरेर वाक्क लगाउने रहेछन्, केटिहरुलाई। सम्भवत आफु पनि तेहि समुहमा परियो, उरन्ठ्यौले केटो। के थहा फोन उठाउनेवालिलाई कि म केटि देखे भाग्ने सम्भु राम थिएं भनेर। जे होस्, क्रम जारि नै राखें, सायद पाखे उपाधि वाट ओर्लनु पनि थियो आफुलाई। एक दुइ केटिहरु पनि साथि भए भनौं, फोन गर्दा सामान्य कुराकानि हुन्थ्यो। उहिले पत्र मित्र हुन्थे, बिध्यालयमा, अहिले तार मित्र, कलेजमा। आखिर् कुरो उस्तै उस्तै हो; सब्दहरु संगको साइनो। कोहि केटिको भौतिक उपस्थिति त अझै भुइचालो नै थियो मेरा लागि: कस्ले चाहन्छ र पुन: नब्बेसालको जस्तै महाभुकम्प आयोस र आफ्नो घर् भत्काएर जावस्, आफ्नो धर्ति चर्काएर जावस्।

यस्ता नयाँ फोन नम्बरहरु कसरि संकलन गरिए, सबै यहाँ प्रस्तुत गरिराख्न सकिन्न। तर एउटा फोनको यहाँ कुरा गर्छु। किनकि त्यो मेरो बिशेस फोन हो, बिश बन्यो त्यो फोन। म पाटनढोकाको बस चडेर सहिद् गेट तर्फ गैरहेको थिएं। तिनै थोत्रे बसहरु मध्यको एक्, जस्मा अझै २६ नम्बर चडाइ सकिएको थियन। अगाडिको सिटमा बसेका दुइ जना युवतिहरु आफ्नै गफमा मस्त थिए। म तिनिहरुको गफमा मग्न थिएं। बस सिंहदरवार काटेर भद्रकाली तर्फ दौडिरहेथ्यो, तेहि ५०-६० मिटर सडक त जो थियो काठ्माण्डुमा, जहाँ सवारि हरु कस्सेर हुइंकिन पाउँथे। मैले सुनें,

"एइ रस्मि, चिन्जान भाको नि यत्तिका दिन भै सक्यो, तैंले त आफ्नो फोन नम्बर नि देकि छैनस् त!"
"दिउँ भन्छु, सधै भुलि हाल्छु। टिप् त, २२ ५ ....."

त्यो फोन र जोडिएको नाम मेरो दिमागमा टाइप भयो। सहिद् गेट आयो। आफु तेहिँ जान भनेर गाको, ओर्लनै पर्यो। उनिहरु ओर्लेनन, नत्र एक्छिन् पछ्याउन नि हुन्थ्यो। भिड यस्तो बसमा कि ओर्लदै गर्दा पनि उनिहरुको मुखडा नजर पर्न सकेन। कुनै अफसोस् पनि भएन, किनकि मेरो लागि खजाना तेहि फोन नम्बर नै काफि छ। सायद धरहराको मुनि बसेर राणाहरु किन यति सौखिन् भन्दै माथि हेर्दै केहि समय अनायास काटम्ला भनेर निस्केको हुदो हुँ, तेति मन बसेन होला तेस्मा र छिट्टै होस्टेल फर्किएं। सांझ पर्दा नपर्दै दिउंसोको नम्बर घुमाएँ। सच्चिकै त्यो ऐतिहासिक फोन सेटमा अंकहरु घुमाउनै पर्थ्यो। कहिले काहिँ पुरै घुमेन भने ८ घुमाएँ भन्यो, ७ बन्थ्यो र रामबहादुरलाइ गरेको फोने बलरामको मा पुग्थ्यो। यो पटक् तेस्तो भएन। भनेकै ठाउंमा पुग्यो।

"हेलो, यो कुलेश्वोर हैन्?"
"हो, कस्लाइ खोज्नु भएको?"

म निक्कै सजिलो परिवेशमा थिएं, यो पटक। नाम थाहा थियो। स्वर पनि सुनेको। पछाडि बाटै भए पनि केटिको आँकडा अनुमान् थियो। कम्तिमा उस्को कपाल् चाउचाउ जस्तो गुडुल्किएको र रंगाएर रातो रातो पारेको थियो भन्ने थाहा छ। सायद मलाइ त्यो तेति मन् परिरहेको पनि थेन होला, किन छँदाखाँदाको कालो सलक्क परेको केसलाइ गुजुल्ट्याएर चाउचाउ झै बनाउनु पर्ने होला। सयाद त्यो बिचार कतै मन् मन् मा आएर उतै बिलाएको हुनु पर्छ, किनकि कसैले कपाल कस्तो बनायो भनेर रेख देख गर्ने जिम्मा मलाइ कसैले मलाई दिएको त हैन।

"तपाइँ रस्मि हैन?"
"हो, तर तपाइँ को नि?"

म को? को को?
निमेशभरलाइ अलमल्ल मा परेँ। पहिले जस्तै। र पहिले जस्तै मेरो सोझो हिसाब निकालेँ। म फलानो। यसरि सहर छिरेको। यति भो। अहिले यसो गर्दै छु। फोनमा साथि बनाउने रहर छ। अन्याथा नमाने तिमि पनि साथि बन्छौ कि? आदि इत्यादि। तर म आफैमा बिस्वस्त थिइन कि यो phone friend बनाउने hobby त्यो ticket collection गर्ने hobby जस्तै हो कि अलिक् बढता पनि हो?

उनको स्वोर मिठो थियो, कोइलिकै झैं, मधुर थियो, तेति धेरै रोश वा प्रतिरोध वा इन्कार पनि थिएन, कोहि अजनवि संग कुरा गरिरहनु पर्दा। त्यो सामान्य केटिहरुको भन्दा फरक् प्रतिक्रिया हो, कम्तिमा मेरो फोन बर्तालाप को अनुभवमा। के त तेसो भए उनि असामान्य हुन। असामान्य बनेको abnormal. तर मैले उन्लाइ पछाडिबाट मात्रै भएनि देखेको छु, उनि बोलिरहेको सुनेको छु, खासै असामान्य त लागेको थेन। जे सुकै होस्, आफुलाइ फोन फ्रेन्ड चाहिएको, कुरा गर्न रमाइलो थियो, भैगो। धेरै दिमाग् घुमाउनु जरुरि केलाइ?

कुरै कुरामा मैले कसरि उन्को नाम् र फोन नम्बर् भेटेको भनेर पनि सुनाँए। पक्कै त्यो अलिक् अनौठोपन् थियो मेरो, र त्यो पक्कै अनौठो तरिका थियो, फोन collect गर्ने। उनि असमन्जस् हाँसिन्।

"तिमिलाइ फेरि फोन गरें भने केहि आपात्ति हुन्छ कि?"
"हुदैन, गर्नुस् न"
"मेरो फोन नम्बर नि लिन्छौ कि?"
"OK"
"५१४ ....."
"Thanks"
"Bye bye"
"Bye"
"Take Care"

हैन अनायास यो take care कहा बाट मुखमा आयो? किन उनका हाँसोहरु मन परे, सब्दहरु मन परे? किन मन कस्तो कस्तो नौलो अनुभूति गरिरेछ? के उनि कुनै एउटा हुलाक टिकट भन्दा बढिनै हुन त? म खुसि छु। किन? के को लागि? आफैसंग आफैं अनुत्तरित छु। कता कता अन्तर कुन्तरमा यस्तो पनि लाग्यो, सायद एउटै अपरिचित् नजर र दुइ चार अद्रिष्य शब्दहरुमा पनि मायाँ बस्दो रहेछ।

एकै नजरमा माया बस्यो है
लुकि छिपि हेरि दिनाले
त्यो नजरले जिउदै मार्यो
है.................

पुल्चोक क्याम्पसमा वर्षका २ वटा सेमिस्टर हुने रहेछन्। त्यसमा पनि एसिस्मन्ट र फाइनल गरेर दुइवटा परिक्षा। फेरि प्रबिधिक पढाइ: प्राक्टिकल् रे, फिल्ड वोर्क रे, ति सबैका रिपोर्ट रे, के रे, कु रे। म निक्कै ब्यस्त हुन थालि सकेको थिएँ। चाहेर पनि सबै फोन सखिहरुसंग कुरा गर्न पाइरहेको थिन। २-३ दिन् पछि एउटा फोन आयो। सायद जिवनमा मेरो नाममा आएको पहिलो 'कल' होला। म माथि तेस्रो तल्लामा बस्थें, छात्रवासको। तल भुइ तलामा थियो त्यो ऐतिहासिक फोन। पुरै छात्रवासको एउटै फोन हो, पाले दाइ ले फोन उठाउने र बाहिर निस्केर कराउने,

"फलाना को फोन आएको छ, तुरुन्त आउनु पर्यो।"
"फलाना को फोन आएको छ, तुरुन्त आउनु पर्यो।"
"फलाना"
"फलाना"
.......................................................................

धेरै पटक् पुन: प्रसरण गर्नै पर्यो त्यो उर्दि, नत्र माथिल्ल तल्लाहरुमा र पछाडि कोठा भएकाले नसुन्ने। तर नजिकै कोठा भएकाहरुलाइ टाउको दुखाइ।

लु यो पटक मेरो नाम्।

"सुर न ताल् को फोन आएको छ, तुरुन्त तल आउनु पर्यो।"
"सुर न ताल्"
"सुर न ताल् को फोन आएको छ, तुरुन्त तल आउनु होला"

मलाइ बिस्वास नै छैन, कसैले मलाइ पनि फोन गर्ला। एक्छिन सोचे, कोहि फोन मित्र मध्यकै एउटा होला वा होलि। तर को? तेत्तिकै दौडिएँ। एकै सासमा भुइ तला पुगेछु। दुइ वटा भर्‍याङ्हरु कसरि दौडेहुँला, सास न वास। धन्न एकै चोटि मुन्टिएर तल पुगिन। अहो भाग्य।

स्वाँ स्वाँ गर्दै फोन उठाएँ।

रस्मि। हँ? रस्मि। साच्चि। हो। रस्मि।

उनलाइ किन किन मेरो बारे सोच्न मन् लाग्यो रे, अस्ति को फोन बर्तालाप पछि। कस्तो झंकार हो यो, के दुबै पंछिहरु एकै दिसा तर्फ उड्दै छन् त? किन तेति धेरै अरु पंछिहरुलाइ मेरो बारे सोच्नु परेन, र उन्लाइ पर्यो? किन मलाइ यि 'सुर् न ताल्' का सैकडौं प्रष्नहरु बिझिरहेका? किन फेरि अर्को प्रष्न? उत्तर कहाँ हुन्छ? कसरि खोज्ने?

म एक्दम् सोझो, मिजासिलो, निस्कपट, निस्वार्थी फोन कलर रे। आजसम्मक कोहि पनि ब्लफ कलरहरु तेति सम्यम, सरल र इमन्दार थिएनन रे। मलाइ रोस् पनि छ। म ब्लफ कलर हैन। तर म को त? नचिनेकालाइ किन फोन गर्नु पर्ने? जे सुकै होस्, देश् अनुसार को भेष। म ब्लफर नै हो।

कसैले प्रसंसा गेरेको साच्चि रमाइलो लाग्ने रहेछ। त्यो माथि कोहि युवति मेरो बयान् गरिरहेछिन्, तारको अर्को टुप्पोबाट। त्यो पनि चिन्नु न जान्नु, देख्नु न सुन्नु। हैन। सुन्न त सुनेकै हुन। तर २-४ शब्द सुनेकै भरमा उनि कसरि convinced भइन? भगवान तिम्रो लिला अपरम्पार छ। म हर्सित छु। काउकुति लागिरहेछ, मनभरि, तनभरि।

कुरा हुदै गयो। कस्को रहर हो भन्न गरो छ। यदि पंछिहरु एउटै दिशा तर्फ उडिरहेका भए दुबैको एउटै रहर् पनि त हुन सक्छ। कुरा भेटघाटको हुदैछ।

"zoo जानु भएको छ?"
"छैन, किन र?"
"त्यतिकै"
"तिमिले घुमाउन लाने हो?"

खै यो मेरो रहर हो कि उन्को, कि दुबैको, हामि zoo घुम्न जाने भयौ। मानौँ हामि बर्सौँ देखि का सखि हौँ, मानौ लगौटिया। तर मैले उन्लाइ पछाडिबाट मात्रै देखेको, उन्ले मलाइ देखेकै छैन। कस्तो रफ्तार हो यो, २ वटा फोन कल अनि तुरन्त चिडियाखानाको बोटिङ्। कहिले सदियौँ स्थिर लाग्ने जिवन कहिले किन यति रफ्तारमा चल्छ? मैले मेरो हुलिया बताए। उनले उनको। अलेलि हुलिया त थाहै पनि थियो। बताएँ।
"तिमि कुर्लिंग कपाल वालि हैन।"
"किन कुर्लिंग कपाल मन पर्दैन?"

कुन्नि, मलाइ थाहा छैन, त्यो कपाल् मलाइ मन् परेको हो कि हैन, वा किन मन नपरेको, वा किन चासो तेस्को। जे होस्, समय र मिति पनि तोकियो। चिडियाखानाको मेन गेटमा भेट्ने। कोठा फर्किए। पहिलो पटक रूम मेटलाइ सबै कुरा भने। उ त सम्झाउन तिर लाग्यो।

"तिमिले किन हुलिया देको, यहाँ त केटिहरुले तेसरि बोलाएर हुलिया परिवर्तन हुनेगरि भकुर्याउँछन् नि, गुन्डा लगाएर।"

लौन, त्यो त मैले कहिलेइ सोचिन। सुनेको वा देखेको कुरा पो दिमागमा आउँछ। आफुलाई के ज्ञान तेस्तो। तर फेरि सोचेँ, उन्को कुरामा कहिँ छल छ झैँ त लागेन। फेरि मैले के नै पो गल्ति गरेको छु र, सबै स्पस्ट भन्दिएकै हो। फेरि फोन दोहोर्याएको उनैले हो, चिडियाखाना को कुरा पनि उनैले निकालेकि हुन, भलै मैले थपेको हुँ। जे सुकै होस्, कुटाइ खानै त नपर्ला हो। आफैले आफैलाइ बिस्वास् दिलाएँ। साच्चिमा उन्लाइ बिस्वास गरेँ र भेट्न जाने भएँ।

यसरि मेरो फोन मित्रता को सोख आज आएर वस्तविक मित्रतामा परिवर्तन हुदैछ। चिडियाखानाको मेन गेटमा म भन्दा पहिले उनि नै पुगेकि। मैले परैवाट चिनेँ। उन्ले पनि गेस गरि हालिन्। हाम्रो पहिलो भेट। सायद कहिँ इन्द्रेणि लागेको होला, पारि मेरो रानि वनमा। सात डाँडाँ पारि मेरो गाउँमा। म अझै लजालु नै छु, सायद केटि जस्तो। उनि अलिक स्पस्ट छिन, खुलस्त छिन। म भन्दा। धेरै कुरा उनि नै झिक्छिन्। म प्राय: छोटा छोटा उत्तरहरु दिदैछु। चिडियाखाना छिरेर हामि देब्रे पट्टि लागेका छौँ, तिनै हरिनहरुको गोठ हुदै, तिनै थरि थरिका बिराला र बाँदरहरुका खोरहरु हुंदै। मेरो थोरै बोल्ने बानि मन् पर्यो रे उन्लाइ। कुन्नि, एउटा सौहार्दता हो या सच्चिकै हो, भन्न गरो छ। किनकि मेरो थोरै बोल्ने बानि धेरैलाइ मन नपर्ने गर्थ्यो। तर मलाइ किन किन संसार नै मन पर्न थालेझैँ छ। कतै एउटा नयाँ गोरेटो खनिदै त छैन, जहाँ उनि र म - म र उनि हिड्न थालिरहेछौं, आफ्नो संसार तर्फ, पिरतिको गाउँ तर्फ।

यो वाटो काहाँ जाने काहाँ पुग्ने हो
पिरति को फुल फुल्ने गाउँ जाने हो
जाउँ म पनि जान्छु
जाउँ म पनि जान्छु

ल ल ल ल ल ल ल ल ल ल ल ल
ल ल ल ल ल ल ल ल ल ल ल ल

क्रमस:

   [ posted by SurNaTal @ 03:22 PM ] | Viewed: 3155 times [ Feedback]


:

   
Blog Type:: Diary
Monday, November 26, 2007 | [fix unicode]
 

मेरो कथा मेरो गीत: Hits FM २०५३-९-२५

पुल्चोक पुरानो छात्रवास

भाग १:

जिवनमा, यात्रामा; घटनाहरु हुन्छन, दुर्घटनाहरु पर्छन्, प्रेम र सहानुभूतिका तरंगहरु छचल्किएका हुन्छन। एस् एल् सि को रिजल्ट भयो। म खुसि ले उफ्रिए। बुवा आमा र दाजु दिदि पनि खुसि हुनु भयो। निक्कै राम्रो अंकमा पास् भएछु, सोचे भन्दा पनि राम्रो।

बधाइ र सुभकामनाका सयकडौं कोशेलीहरु बोकेर म आफ्नो परिवार्, प्यारि आमा र रमाइलो गाउँघरलाई पछाडि छाड्दै २०५१ शाल आषाड २४ गतेको शुभ-प्रभात् संगै बाटो लागेको थिएं, सहर तर्फ। मन् गरौं थियो। मुटु बोझिलो थियो। बाटामा धेरैले सोधेथे। म "काठ्माण्डु पढ्न" भन्ने जवाफ् संगै शुभकामना बटुलिरहेथें। करिव ९ बजेतिर भोजपुर् टक्सार को सानो धुले धावनमार्गमा उतिबेलाको RNAC को एउटा टुइनटर उत्रियो। यन्त्रवत् आफ्ना भारि पाइतालाहरुलाइ प्लेन को भर्र्याङ् मा ठेलिरहंदा मन् एकतमास् उत्तर तिरका धान खेतहरुमा रुमल्लिएको थियो। फर्किएर एकपटक गाउँघरतिर बिदाइरुपि आँखाहरु फिजाएं। निमेषभरमै प्लेन धावनमार्गमा घस्रिन थलिसकेथ्यो। झ्यालबाट मलाइ पुर्याउन आउनु भएको दाजुलाइ हात हल्लएर बिदा गरें। जिवन् पहिलो पटक हवाइजहाजमा छ, तैपनि किन कुनै उल्लास छैन, कुनै उत्सुकता छैन। सायद मन् अरुनै धेरै मिस् गरिरहेछ, जो त्यो टुइनटरको cockpit भन्दा अत्याधिक् मुल्यवान् छ।

केहि बेरमै म मेरो आकासमा थिएं। ट्याम्के डांडो काट्ने बेलामा पुन: मेरो गाउँघरलाइ एकपटक अँगालें, भवनाभरि, मनभरि, त्यो पारि भिरालोमा, मेरो 'भंगेरि' गाउँ। जिवनको रफ्तार प्लेन ले काठमाण्डौ त्रिभुवन अन्तरस्ट्रिय विमानस्थलमा छाडिदियो। र अनि शहरि परिवेशमा एउटा गाउँले उत्पादनको नौलो यात्रा सुरु भयो, भविस्य निर्माणको नाममा।

"म नौलो यात्र थाल्दैछु ......"

यसरि मेरो कथा सुरु हुन्छ, नयाँ कथा। सत्य हो, सुरु संगै अन्त्य जोडिएको हुन्छ। तर मैले कहिल्यै सोचिन, मेरा कथाहरु यसरि सपना जस्तै अधुरै बिलाएर जान्छन।

त्यस्पछि म एउटा टाढाको आफन्तले खोजिदिएको डेरामा बस्न थालें, एक्लै। जिवन् सुन्सान वगरको एक्लो यात्रि जस्तै लाग्यो। यथार्थ त यहि हो, धर्तिमा जो जन्मन्छ, एक्लै, र जो मर्छ, उ पनि एक्लै। तैपनि किन मलाइ आफ्नो वस्तबिकता बोझिलो लगिरहेछ? उमंगहिन दिनहरु। निरस अनुभव। खल्लो मन। लक्ष्य र उदेश्यहरु ओझेलमा पर्लान् झैं। नौलो वातावरणमा मैले मेरो सहजका, मेरो मनोरंजनका र शौखका कुराहरु पनि सबै गुमाएको थिएं। म एउटा सफल कालिगढको भावना बिहिन् मुर्ति भएको थिएं सायद्। तै पनि भाग्ने कुरा भएन, जिवन संग, एकान्त संग। भागेर पनि कहां पो पुगिने हो र। आखिर् प्रिथ्वी गोलो छ। जति भागे पनि कोहि कहिं पुग्ने होइन।

पुल्चोक क्यम्पसमा overseer पढ्ने पुर्व योजना सहित नेपाल छिरेको हुं। प्रवेश् परिक्ष्या दिएं। साधारण स्कुलको सामान्य प्रतिस्पर्धामा हुर्किएको बिध्यार्थी हुं। त्यो देश् ब्यापि प्रतिस्पर्धा अजंग कै थियो कि झैं। नाम पहिलो पंतिमै थियो, merit list को। खुसि लाग्यो, अलिकता जिवनमा उमंग थपियो। अफसोश, खुसि बांढ्न पनि कोहि छैन, छेउछाउ। आफ्नाहरु जो छन्, टाढा गाउँमा। म त यो लाखौंको भिडमा एक्लै न हो। जहां जाउं कसैले चिन्ने हैन, कसैले सोध्ने हैन, कसैले वस्ता गर्ने हैन। सहर् किन यति यन्त्रवत, दिनै पिछे आँखा जुधे पनि किन कोहि म संग बोल्दैन? वा कि म नै एकांकी हुं? मेरो मेसो हराएको छ, या मेसो मिलेको छैन, यो सहरमा। गाउँमै कतै मेसो छाडेर आएंकि? र खुसिलाइ एउटा पत्रमा उतार्ने प्रयास गरें, बाबु-आमा र दाइ-दिदिका लागि। म कान्छो छोरो, घर छाड्ने दिन कति बिचलित् हुनुभएको थियो, वाहांहरु। मैले आफ्ना उकुस् मुकुस् हरुलाइ एउटा लामो पत्रमा भरसक् खांद्ने प्रयास गरें।

यहां मैले भालेको डाँको कहिल्यै सुनिन। एकैचोटि झिस्मिसे भयो। सुर्य उदाए। सुकुमार् यौवनी फुल् फुल्यो। घामको न्यानो मलिन हुदै गयो। फुल ओइल्यायर झर्यो। सुर्य अस्ताए। चिर अध्यारोमा मुटु धकक्क फुल्यो। राम्रा-नराम्रा खै कस्ता कस्ता सपनाहरु आए। फेरि झिस्मिसे भयो। तर भालेको कुखुरि काँ फेरि सुनिएन। किनकि म मेरा १६ बशन्तहरु बितेका रमाइला डाँडा-पाखा र झरना-चौतारीहरुमा थिइनँ। म त एउटा मान्छे मान्छे को गन्जागोल्, शहर, काठमाण्डुमा थिएं। यसरि दुखमा होस् व सुखमा, समय त चिप्लिनै रह्यो। सुलुलु-सुलुलु। मैले आफुलाइ घटिरहेको पाएं। जिवन मैनवत्ति न हो, पग्लिरहन्छ, अनवरत्। र एक्दिन बिलाउंछ, जमिनमा, हावमा, झ्याप्प। सुस्तरि हावा बहंदा मन् हल्लिन्छ, मैनको ज्वति जस्तै। जिन्दगि दुइ दिनको भरोसा हिन यात्रा न हो। त्यसैले यस्लाइ हांसेर बिताउनु पर्छ, एउटा जमर्को गर्छु। गाउने सोख थियो, सानैमा। अत: गुन्गुनाउने प्रयास गर्छु।

"चलेछ वतास सुस्तरि मनै सररभरोसा छैन जिवनको बिताउं हाँसेर ......"

क्रमश..

   [ posted by SurNaTal @ 02:52 PM ] | Viewed: 2947 times [ Feedback]


:

   
Blog Type:: Diary
Monday, October 29, 2007 | [fix unicode]
 

This is the article already posted in different thread. Sorry for multiple/repeated posting. Just wanted to collect in the Sajha Blog.

"कलेज्" र प्रेम प्रसंगहरु

"कलेज" पढ्दा मेरा धेरै त्यस्ता प्रेमदाश साथीहरु पनि थिए जो प्रत्यक साँझ खाना पछि २-४ घन्टा आफ्नो नयाँ पिरतिको मिथ्या ओकलिरहन्थे - मानौँ म उनिहरुको जन्मसिध्ह स्रोता हुँ। र प्रत्यक भोलिपल्ट आफ्नो ठानिएकि प्रेयसि कोहि अर्को जवानसँग कुम जोडेर हिडिरहेकोमा गुनासो वा भनौँ दुखेसो पोखिरहेका हुन्थे। अझ धेरै यस्ताहरु पनि थिए - जो प्रत्यक बिहानी पुरानी प्रेयशीसँग सुरु गर्थे (कल्पनामा मात्रै) र प्रत्यक साँझ नयाँ प्रेयशीसम्म पुगिसकेका हुन्थे जो फिल्म् हलमा आफुभन्दा अगाडिको "रो" मा बसेकी होस वा "लोकल्" बसको दायाँ "सिट" मा।

यो क्रममा यदि कसैले २ सब्द अलिक मीठो बोलिदिएको चाहिँ भए त उनिहरु घायल नै भैदिन्थे र रातभर उनैको कल्पनामा जागा बसिदिन सक्थे। र भोलि फेरि कुनै लोकल् बस को "रुट" परिनै हाल्थ्यो जसमा कोहि अर्को अनुहार उपस्थित भइ नै हाल्थ्यो।

म "क्याटागोराइज्" गर्न रुचाउँछु(चाहन्छु) - ती तथाकथित प्रेमीहरुलाई, जो तिनताका मेरो सम्पर्कमा थिए - "कलेजमा"।

मानौँ भर्खरै बखान गरिएकाहरु पहिलो दर्जाका हुन। किनभने अरु पछिल्ला दर्जाहरुमा राख्न मिल्ने तथाकथितथाहरु पनि म भेट्टाइरहेको छु।

एकथरि जो छन् - उनिहरु मानौँ दोश्रो दर्जामा पर्छन्। यो यसर्थकि
उनिहरुको एक्तर्फी र एकोहोरो प्रेम पुगनपुग १ बर्स (१ शैछिक बर्स)
जिवित रहन्छ। र जव नयाँ "सेसन" सुरु हुन्छ, पैयुँले नयाँ
पात फेरेजस्तै उनिहरुका मानसपटलले पनि नयाँ प्रेमिका फेरिसकेक
हुन्छन्।

मानौँ यस्तो हो - नयाँ "सेसन" बशन्त जस्तै भएर आउँछ, अनगिन्ति सुकोमल फुलहरुलाई फुलाएर, अनि एउटा स्वतन्त्र भमरा आफ्नो अन्तरले रोजेको जुनसुकै फुलमा पनि निस्फिक्रि बसिदिन सक्छ, सुवास लिन सक्छ, पुस्परस पान गर्न सक्छ - कसैको कुनै प्रतिरोध बिना। म यसो भन्न रुचाउँछु - ती उल्लु सथीहरु आफ्नो वास्तविक धरातललाई पातलो नाइलनको कपडाले छोपेर (जसबाट जे लुकाउन खोजिएको हो, त्यहि अझ प्रखर, स्पस्ट र उन्मक्त भएर प्रस्तुत हुन्छ वा भनौँ उजेलिन्छ) आफ्नो अन्तरमुखि ब्यक्तित्वलाई प्रेम नाम दिइएको हल्का र शुसुप्त मनोभावनाको कमिजमा उजागर परिरहेछन्। कोहि कोहि यो बर्गकाहरु पनि आफुलाई अलिक बहिरमुखि बनाउन उत्प्रेरित देखिन्थे - प्रेमको प्रस्ताब सम्बन्धितसम्म पुर्याएर।

सम्बन्धित - यहाँनिर मलाई यो शब्द "म्याच" गरेझैँ लागिरहेको छैन। यो सम्बन्धित शब्दले ती आफैँभित्र र सिर्फ आफैँमा प्रेमित्व जन्माइ, हुर्काइ, ब्रिद्ध बनाएर बिसर्जनमुखि बनिरहेका बेसहाराहरुलाई "80's" मा चलेको लामो लामो कलार भएको सर्ट र तिन बित्ता लामो मोहडा भएको पाइन्ट लगाएर आफुले आफैँलाई "हिरो" सम्झिरहेको एउटा "बिचरा" जस्तै बनएझैँ लाग्छ। मतलब यो कि एक्लै कोहि जुनसुकै "इफोर्ट" मा पनि कोहि अरुको सम्बन्धित हुन सक्दैन। यसो भन्नु व सोच्नु त 'आलु खाएर पेडाको धाक' लगाउनु मात्रै हो। भलै समएले आलुलाई पेडा भन्दा गहकिलो बनाएको किन नहोस्।

यी दोश्रो दर्जाबाट माथि उक्लन खोज्ने मेरा हितैशिहरुलाई चाहिँ म डेडऔँ दर्जामा सम्म राख्न सक्छु। किनकि यिनिहरु त्यति सामर्थ्य चहिँ राख्दैनथे जस्तो कि पहिलो दर्जाकाहरु प्रत्यक दिननै नयाँ प्रेम काहानी सुनाउन समर्थ थिए।

हामी "नयाँ होस्टेल" मा कहिलेकाहिँ त मध्यरात र भोलिपल्टसम्म पनि फलानो र फलानि, फलानोले फलानिबाट धोका, फलानोले फलानिलाई छाडेर तिलानि, तिलानिको "ट्र्याजिडी" आदि इत्यादिमा बिताइदिन्थ्यौँ। र प्रायस: म श्रोता नै हुँ। आज चाहिँ बक्ता बन्न नसके पनि लेखक बन्ने जमर्को गरिरहेको छु ताकि उनिहरु हुनसक्छ "रिडर" बनुन - पाठक उनिहरुकै काहानिको। यस्ता "लेट नाइट" कचहरिहरुले के निचोडपनि निकाल्थे भनेकि फलानिको "लाइन" मा त बाउन्नजना पुगिसकेरे नि! त्यस मध्यको ५१ औँ र ५२ औँ पनि त्यहिं हुन्थे। उनिहरुमा द्वन्द वा इर्स्या वा प्रतिसोधको भवना पटक्क देखिदैनथ्यो। ५२ औँ वाला ५१ औँ वालालाई रवाफका साथ भन्थ्यो - "म त ५२ औँ भएछु नि काले।" मानौँ ५२ औँ वाला अलिक गोरो छ र उसलाई त्यो फलानिले बढि मन पराउनेवालि छ। तर मलाई लाग्छ यो यसर्थ कि त्यो तिलानिले न ५१ औँ वालालाई कुनै "हिन्टस्" दिएकि छ न ५२ औँ वालालाई नै दिने वालि छ। अरु ५० जवानहरु पनि सबै उस्तै हुन - कोहि "इन्नोसेन्ट् फेस" देखेर पछि लागेका, कोहि "क्याफे" मा आमने सामने पर्दा एक नजर लागेकाले पछि लागेका, कोहि आकर्सक "फिजिक्स्" देखेर पछि लागेका, कोहि २ मिनेट बटोमा संगै पर्दा बोलिदिएकाले पछि लागेका र अरु कोहि सबै उनैको पछि लागेको देखेर लहै लहैमा पछि लागेका। अनि यसो पनि हुन सक्छ - कोहि एउटै जिल्लाकि भएकिले पछि लागेका, कोहि संगै "प्राक्टिकल्स्" परेकाले पछि लागेका, कोहि सिकाउन पाएकाले पछि लागेक, कोहि जांचमा आफ्नो नजिक परेर "एन्सर" सारिदिएकाले पछि लागेका, कोहि अनुहार र उस्तै सुन्दर लागेको न्रित्यको पछि लागेका।

तर कसैलेपनि फेरि अर्को कुनै त्यस्तै मौक पाएको वा उनलाई त्यस्तै अबसरमा सरिक् हुन अनुबन्ध गरेको जस्तो मलाई लाग्थेन। सायद यसो होला - उनी ती ५२ जना भन्दा बाहिरको अर्को कोहि राजकुमारको पछि परेकि हुन् जो बिदेशमा उच्चशिछ्याका लागि उडेको होस। भगवानले भलो गरुन्, यति धेरै "demand" मा पनि आफुलाई स्थिर् राख्न सकेकी उनको आफ्नो भन्नेले कोहि कुइरेनी अँगालेर नफर्कियोस।

हो यीनैहरुको र यस्तैहरुको ड्याङ् मा नै मैलेपनि मेरो जीवनका आवस्यकताहरु बटुल्ने प्रयास गरेथेँ। सबैले मान्नै पर्छ, ड्याङ् एउटै रहेसम्म सबै मुला ४०० ग्राम नै फल्दैनन्। म पक्कै पनि कमै थिएँ हुँला। हुनसक्छ ३९९ ग्राम। र जाति एउटै रहेसम्म कुनैपनि मुला कालो हुन सक्दैन (मेरो गिदिले भ्याएसम्म)। म पनि गोरोनै थिएँ - अरु मुलाहरु जस्तै। तर फरक कति चाहिँ पक्कै थियो भने अरु गहुँगोरो भए म सेतो थिएँ। अबस्यै, धेरै समानताहरु त भइनै हाल्छन् - एउटै ड्याङ्का मुलाहरुको। अनुमान गर्न सकिन्छ - म पनि कुनै "catagory" मा त पक्कै पर्छु। सबै मुलाहरुलाई विभाजन गरेपछि एउटैमात्र मुला फाल्टो बन्न सक्दैन। तर म आफैँमा "confirm" छुइन - म कुन् "catagory" मा थिएँ। यसो पनि त सम्भव छ - एउटै मुलाको "catagory"। यो पनि त अनिवार्य होइनकि विभाजन गर्दैमा प्रत्यक समुहमा एक भन्दा बढिनै सदस्य हुन्।

हुनसक्छ "catagory" खालि होस, Empty Set, NULL. तर म NULL पक्कै होओइन्। NULL भनेको सुन्य हो - नहुनु हो। म बिलाएको पक्कापनि छैन। म पारदर्शी पनि कदाचित् थिइन, छैन र हुन पनि सक्दिन ताकि विभाजन गरिरहेको मेरो कलमले मलाई नदेखोस। हो त्यसैले, म Unity Set - A catagory with single element. फेरि भन्नुहोला, एक्लो को अस्थित्व कसरि "exist" गर्न सक्छ? मलाई पनि त्यस्तै लाग्न खोजिरहेछ। तर बुझ्नुस - खोजिरहेछ मात्र, लागेको छैन।

Actually, सम्पुर्ण लाग्न खोज्नुहरुलाई नलाग्नुमा परिवर्तन गर्ने "Methodology" को खोजिमा छु - म। एउटा "Algorithm" को बिकाश गर्नु छ मलाई, जस्ले सम्पुर्ण लाग्नुहरुलाई नलाग्नु बनाइदेओस। कारण यो छ कि - यो 'लाग्नु' भनेको वास्तविक हो र जो तपाईँलाई यस्तो लागिरहेछ - त्यो अवास्तविक हो। लाग्नुले जहिले पनि "Reality" बोध गराउनै पर्छ - "वासु शशी" ले भनेजस्तै "सन्सारमा सबैभन्दा एक्लो जिव" मा। त्यसैले मलाई यस्तो लाग्छ र उस्तो लाग्छको अमुर्ततालाई म मुर्त बनाउन चाहन्छु। मेरो सोंच र खोज यो हो कि म त्यस्तो "Theory" पत्ता लगाउँ, त्यस्ता formulae derive गरौं जस्ले यो "यस्तो लाग्छ" लाई लाग्दैनमा परिणत गरोस् - सदैब। एउटा "Transformation" - वास्तविक हुनुपर्ने अवास्तविकताबाट सुन्य तर्फ। किनकि नहुनु भनेको सुन्य हुनु हो। फेरि पनि "सुन्य, NULL"। सायद जिवनको रहस्य नै यहि भएर होल - "हामी सबै अन्तत: सुन्यमा परिणत हुनेछौं।"

जति सुकै वादविवाद गरेपनि म समाधानमा पुगेझैं अझै लाग्दैन। म पहिलो वा डेड् औँ दर्जाको प्रेमी हैन - यो पक्का छ। सायद् मैले प्रेम नै गरेको छैन, तेसैले दर्जा पनि मिलिरहेको छैन। र अन्योलमा नपरौं, संसारमा जो सुकै claim गरोस्, ऊ वा उनी बेहद् प्रेमी हो वा हुन् भनेर, म ठोकेर भन्न सक्छु, म कम छैन। Contradiction. विरोधाभास भयो यहाँनिर - प्रेम् नगर्नु अनि फेरि प्रेम गर्नु। म त्यो प्रेमी हुँ जो बिशेषत: आफन्तहरुलाई बेहद् प्रेम् गर्छ। मेरो अस्थित्व यदि कायम् छ भने त्यो मेरो परिवारका लगि। जो सुकैलाई अधिकार् छ, मलाई गाली गर्ने। भन्न सक्नु हुन्छ, कस्ले गर्दैन आफन्तहरुलाई मायाँ। होला, सबैले गर्लान्। तर म नि गर्छु भन्न मलाई नि अधिकार् छ नि। फेरि भन्न सक्नु हुन्छ तँ स्वार्थी होस्, परिवारको मात्रै मायाँ गर्ने। बुझ्नुस् मैले "मात्रै" भनेर कहिं प्रयोग् गरेको छैन। तर मैले त्यो प्रेम् गरेको छु/छुइन वा गर्छु/गर्दिन मा चाहिँ confusion हो - जुन् कोहि परायालाई गरिन्छ, आफ्नो सँझेर। हो, सँझने मात्रै। किनकि जवसम्म त्यो आफ्नो हुदैन, त पराई - पराईनै हो। फेरि विवाद् - पराई कसरी आफ्नो बन्न सक्छ? Fortunately, पुरा ब्रम्हाण्ड तयार छ यो मान्न कि संसारमा सबैभन्दा आफन्त कोहि पराया नै बनिरहेछ र प्रचलन् युगान्तर चलिरहला झैँ देखिन्छ। यहाँनिर के मनन् योग्य छ भने - कोहि एकजना मात्र पराई आफन्तमा परिणत हुन सक्छ जो irriversible परिवर्तन हो - काठ बलेर खरानी बन्नु जस्तै। को सक्छ खरानीलाई काठ बनाउन? किनकी, आफ्नोलाई पराई बनाउन सक्ने कुनै technology, method, process, theory, formula, idea, algorithm, surgery, medication, तन्त्र, मन्त्र आदि केहि पनि विकास् हुन सकेको छैन्। र म मेरो भगवानलाई सर्वदा पुकारिरहन्छु - यस्तो कदाचित् नहोस्। जव कोहि आफन्त हुन्छ/बन्छ, त्यो कायमै रहिरहन्छ। अनि एक भन्दा बढि पराईहरु आफन्त बन्न सक्दैनन्। म त भन्छु त्यो असंभव हो। मन कागज को CANVAS हैन कि चाहे पुरानो चित्रलाई छोपेर नयाँ रंग भर्न सकियोस्। कागजैमा पनि त नयाँ चित्र कोर्दा कहिं कतै पुरानोको छनक्/सँझना आइरहन्छ। मनलाई विज्ञापन प्रस्तुत गर्ने holdig board कदाचित् ठान्न सकिंदैन जहाँ चाहेको वेलामा "Tuborg, where ever you are!" र नचाहेको वेलामा "सानो परिवार सुखि परिवार" उतार्न सकियोस्।

यो अघिल्लो अनुच्छेदको सुरुतिर मैले बिशेषत: शब्द किन प्रयोग गरेको भने कि म प्रेमी अरु धेरै थरिले पनि हुन सक्छु। गाऊँघरसंग को पिरती, आफु पढेका बिध्यालय- महाबिध्यालयहरुसंग को पिरती, आफ्नो राष्ट्र - आफ्नो माटोसंग को पिरती। कस्लाई पोल्दैन र आफ्नो माटो दुख्दा? कस्को आँखा रसाउँदैन र आफ्नो धर्ती रोइरहँदा?

अब यसो गरौँ - कतै मेरो आफ्नो catagory बाँकी रहेका अरु कुनै दर्जासंग पनि त मिल्न सक्छ - तिनिहरुलाई खोतल्ने प्रयास गरौं।

म तेस्रो दर्जाका प्रेमीहरु तिनीहरुलाई मान्छु - जो समयको कुनै एउटा बिन्दुदेखि सुरु भएको आफ्नो एकोहोरो र एकतर्फी उद्वेगलाई प्रेम ठानेर सदैव वचाइराख्थे। त्यस्ता प्रेमदासहरु पनि प्रसस्तै थिए उसवेला, मेरो circle मा। मलाई लाग्छ तिनीहरुले त्यो उद्वेगलाई तवसम्म कायम राखे हुन् जवसम्म उनीहरु अविवाहित रहे। हुनसक्छ, कोहि कसैले सुहागरात पछि पनि आफ्नो पुरानो मनोभावना/मनोकांक्षालाई कायमै राखेका हुन् - वहुत जतनसंग छिपाएर - आफ्नी नयाँ सहयात्रीसंग। तर धेरैली उप्रान्त संझिरहन सकेनन् नै होला - memory is to delete, अगाडि/पछाडि, ढिलो/चाडो। संझना विर्सनकै लागि त हो - सकुन्जेल्।

र तिनिहरु-जस्लाई धेरैली सफल प्रेमि/प्रेमिका (प्रेमजोडी) भने, भन्ने गर्छन् - समयले पनि त्यस्तै गरिरहोस्, गरिदेवस्। तर दुइ-चार दिनका रंगिबिरंगि कुराहरु र तान् तुन् पारेका रंगिन सपनाहरु मात्रैले प्रेम जिवन सफल नवन्न सक्छ। यस्ता प्रेमीहरु पनि उल्लेख्य नै थिए - हाम्रो कलेजमा। सुरुवात् जसरि भएको होस् - हामी एक आपस्तमा संपर्कहीन् नहुन्जेलसम्म त्यस्ता जोडीहरु रमाइरहेकै देखिन्थे। साथिहरु सुनाउथे - कसैको all India tour जाँदा वसेको पिरती, कसैको welcome program मा, कसैको कक्षा कोठामा। सुरुमा rejected धेरै मेरा सहपाठीहरुले पनि पछि सफलता पाएका थिए भनौं। मानौँ प्रेम् एउटा जाल हो, उनिहरु माझी - धेरैपटक हालिरहे - एकपटक फुत्क्यो, फेरि फुत्क्यो - एउटा स्थिर् तालको माछा - अन्तत: परिनै हाल्छ जालमा। हुनसक्छ, अझ चतुर् माझीहरुले त दुवाली छेकेरै वल्छि हाने हुन - उम्कने जुनै छिद्र नै बाँकि नराखेर।

हिजो मात्रै ३५- रुपैयाँमा किनेको मेरो कलम (अफसोस्, तपाईंसम्म आइपुग्दा यो कलमको मसी पक्कै नपोतिएको होला - यी शब्दहरुसंग), जो चाहि रहेछ यो पछिल्लो वर्गका संभवित सफल प्रेमीहरुलाई मात्र प्रेमी भनौं - कुनै दर्जा नदिएरै। यसो गर्दा उनीहरु दर्जाहीन् प्रेमी भए। कति नमज्जाको छ हाम्रो संसार्। म चाहिरहेछ् - कुनै दर्जा नदिउँ। तर मैले दर्जा दिन नचाहेको catagory ले पनि automatically दर्जा पाइहाल्यो - दर्जा बिहिन् प्रेमी। क्षमा चाहन्छु यो अनायासता प्रति।

यो दर्जा दिने मेरो कलम्को strategy ले धेरैलाई आफु अन्यायमा परेको आभास मिल्न सक्छ। तेसैले यसरि बुझ्दा वेस् - यि दर्जाहरु नाम हुन् - नकि विशेषण। मात्र नाम - एक आपस्तमा छुट्याउन प्रयोग् भएका संज्ञाहरु। यसो भनेर/लेखेर मैले ब्याकरणको अस्थित्व माथि प्रष्न उठाउन चाहेको चाहिँ अवस्यै होवोइन्, यो त एउटा गल्तीलाई लुकाउन खोज्दा ह्वांग खुलेको अर्को गल्ती मात्रै हो। यो गल्ती पनि कस्तो, एक्काइसौं सताब्दी जस्तो, modern - तल छोप्यो - माथि उदाँग, माथि छोप्यो तल।

मैले आफु सजिलरी अटाउँलाकी भनेर दर्जाहिन वर्ग पनि उभ्याएँ। तर मेरो अन्तरले मानिरहेको छैन कि म यो तेस्रो वा दर्जा बिहिन दर्जाको प्रेमीहरुमा पनि पर्न सक्छु।

सुन्य हुनु असम्भब छ। एउटा मात्र सदस्यले समुह बनाउँदैन। किनकि समुह भनेको समुह हो। यो Mathematics होइन - जिवन हो, तेसैले Empty वा Unity Set सम्भब छैन। र जति समुहहरु छन्, म कहिं fit भइरहेको छुइन। यो म के भइरहेछु - हुँदा हुँदै नभए जस्तो, देखिंदा देखिंदै बिलाए जस्तो। मानौँ म कुनै मुखबाट गोल बनेर ओकलिएको चुरोटको धुवाँ हुँ - जुन् देख्दा देख्दै तुरुन्तै बिलाइदिन्छ। हो तेस्तै हुँ म - किनकि, न चुरोटको धुवाँ साच्चिकै बिलाएको हो, न म। बिलाउन बिज्ञानले दिदैन। म स्वयम् बिज्ञानको विध्यार्थी, बिज्ञानले असम्भव मानेको प्रक्रियालाई आत्मसात गर्न सक्दिन। तर यदि प्रक्रियानै हो भने त्यस्मा केहि न केहि क्रियाकलाप अवस्यै हुनु पर्छ। बिलाउनु पनि एउटा प्रक्रिया हो भने किन तेस्मा चाहिं केहि पनि नहुनु? मलाई आफ्नो मिल्दो गर्नु छ। बिज्ञानकै सहायताले म भन्न सक्छु - "Energy can neither be created nor distroyed. But it can be transformed from one form to another."

के त उसो भए मैले आफ्नो रुप परिवर्तन गरेको हुँ? के मेरो भेस बदली भएको छ त? ताकि म नचिनिउँ। यो पनि बेठिक कुरा हो। किनकि प्रत्यक वर्ष दशैंमा गाउँ जाँदा मेरो घर हँसिलो भएर मलाई नियालिरहन्छ, मेरो आँगन हर्सबिभोर भएर मेरो स्वागत गरिरहछ। मानौँ यो एउटा रहस्य हो। मानौँ अचम्म भयो - म छु तर छुइनँ। बिध्यालयमा पढेको "Unsolved Mystery" जस्तै - पानीजहाजको।

तर पक्का के चाहिं हो भने म तेहि ड्याङ्को हुँ। यो script लेखिरहँद म उपत्यका को एउटा लामो मध्यको local bus route मा छु, अन्तिम् सिटमा। Route को अन्ततिर एउटा सुन्दर आक्रिति अगाडितिरको सिटमा आएर बसेको छ। मेरा आँखाहरु diary को पानाबाट हटेर त्यो सुकोमल आक्रितिको उपस्थितिमा अल्मलिरहेका छन र वेला वेलामा अगाडिको सिट मथिबाट देखिएको सर्लक्क केसरासीले मेरो लेखाईप्रतिको एकाग्रतालाई धमिल्याइरहेछ। हो, तेसैले मेरो नि ड्याङ् उहि हो। र म "भिर् को चिन्डो उँधो न उँभो" हुँ सायद, किचल्टिएको केरा जस्तै - काँचाहरु काँचै रहे, पाकेका पाकिहाले, म खै के ......।

SurNaTal, २०५९-७-७, Kathmandu

   [ posted by SurNaTal @ 12:03 PM ] | Viewed: 3162 times [ Feedback]


:

   
Blog Type:: Blog
Wednesday, October 24, 2007 | [fix unicode]
 

जिवन अजंगका पहाडहरु उक्लने प्रयास् गरिरहेछ - तिम्रो उपस्थिति बिना, तिम्रा मधुर मुस्कानहरु बिना, तिम्रा अनमोल अनुरागहरु बिना, तिम्रा सुकोमल अंगालाहरु बिना। र जिवनचर्याका यि प्रत्यक बिन्दुहरुमा लागिरहन्छ - तिमि भएको भए यस्तो हुन्थ्यो; तिमि भएको भए उस्तो हुन्थ्यो।

गोरेटोहरु उजाड उजाड झैं लाग्छ, बाटोहरु अभाव नै अभावले भरिएझै लाग्छ। म भावनाहरु कोरिरह्छु - पढिदिने तिमि छैनौ, म गाइरहन्छु - सुनिदिने तिमि छैनौ, म देउसि र भैलोहरुमा भट्याइरहन्छु - उत्साह थपिदिने तिमि छैनौ, म पढिरहन्छु - साथ दिने तिमि छैनौ। म auditoriam हरुमा बोलिरहन्छु - तिम्रो उन्मक्त हांसो बिना, म प्रदर्शनहरु अवलोकन गरिरहन्छु - तिम्रो शितल साथहरु बिना। म विवश चलिरहेछु, एक्लै - तिम्रा सुनौला हत्केलाहरु बिना, तिम्रा गर्विला पाइलाहरु बिना, तिम्रा न्याना स्पन्दनहरु बिना - एक्लै, फगत एक्लै।

कति सकुँला म मेरा अन्तरंगहरुलाई यसरि उसिनिरहन। कति सकुँला म मेरा आत्मियताहरुलाई यसरी वन्दि बनाइराख्न। कति सकुँला म मेरा अपनत्वहरुलाई यसरि सिरानि मुनि खुसारिरहन। कति सकुँला म एक्लै एक्लै यो रुखो chinese भात खाइरहन। कति सकुँला म एक्लै एक्लै यो मिठो सपना बुनिरहन। मलाई सपना हैन विपना चाहिन्छ। मलाई कल्पना हैन यथार्थ चाहिन्छ। मलाई भविस्य हैन वर्तमान चाहिन्छ। मलाई एकलास यो एक्लोपना हैन तिमि चाहिन्छ।

प्रत्यक रातहरुमा तिमि छाउँछ्यौ र मेरा निदहरु चुँडेर लान्छ्यौ। प्रत्यक बिहानिहरुमा तिमि छाउँछ्यौ र मेरा जाँगरहरु चुँडेर लान्छ्यौ। प्रत्यक दिनहरुमा तिमि छाउँछ्यौ र मेरा भोकहरु चुँडेर लान्छ्यौ। प्रत्यक साँझहरुमा तिमि छाउँछ्यौ र कसरि सकुँला म तिम्रा अभावहरुमा मीठो सुसेली हालिरहन।

धेरै सपनाहरुमा तिमि थियौ - New Road का गल्लिहरुमा; revolving restaurant हरुमा; पशुपति, नरायणथान र दक्षिणकालीहरुमा; गोरखा र बुद्ध एयरका आकासहरुमा; बेगनास, फेवा र सेति किनारहरुमा; महेन्द्र गुफा, चमेरे कुफा र डेभिस फल्सहरुमा; सारांगकोटको चिसो सिरेटो र माछपुच्छ्रेका सामिप्यताहरुमा; बिन्देवासिनि र तालवाराहीका आशिर्वादहरुमा; साहरुख र काजल का रोमान्स् हरुमा।

धेरै अभिलासाहरुमा तिमि थियौ - थानकोटका ओरालाहरुमा, मलेखुका माछाहरुमा, आरुघाटका सुसाइहरुमा, लुम्ले र नौडांडाका मनमोहकताहरुमा, इलामका चियवगानहरुमा, झपा र मोरंगका फाँटहरुमा, दर्जिलिंगका छुक् छुक् छुक् छुक् रेलहरुमा।

धेरै आकांक्षाहरुमा तिमि थियौ - बराहक्षेत्रका भिरहरुमा, पख्रिवासका ओरालहरुमा, ट्याम्के माथिका हवाइजहाजहरुमा, गैरिगाउँ र डांडागाउँका ओहोरदोहोरहरुमा, वारिपुछारका अर्थुंगेहरुमा, पारिवारीका ऐंसेलुघारिहरुमा, बिध्योदयका प्रांगणहरुमा, सुन्तलेका सुन्दर खर्कहरुमा।

धेरै कल्पनाहरुमा तिमि थियौ - Qatar र Contenental का boeing हरुमा, बिस्वबिध्यालयका उध्यान र रंगसालाहरुमा, university village का हरिया चौरहरुमा, racquetball, badminton ra volleyball court हरुमा, football ground हरुमा। metro र mall हरुमा, चिडियाखाना र गगनचुम्बि tower हरुमा, planetariam र aquarium हरुमा; downtown र समुद्रकिनार हरुमा।

म दोहोर्याइरहन चाहन्छु, तिनकुने-सिनामंगल, सिनामंगल-तिनकुने। म मनभरि भोक मार्न चाहन्छु, तिम्रो हातको मीठो परिकार संग। म अनमोल निदाउन चाहन्छु, तिम्रा पाखुरिका सिरनिहरुमा। म अविरल हराउन चाहन्छु- तिम्रा नयनहरुमा। म लामो सुस्केरा हालेर थकान मेटाउन चाहन्छु - तिम्रा न्याना सपन्दनहरुसंग। म चाहन्छु - यो हामी बिचको पर्खाल गर्ल्यामगुर्लुम ढलोस् र हाम्रा समिप्यताहरुलाई, हाम्रा निकटताहरुलाई र हाम्रा सह-अनुरागहरुलाई उद्वेलित गर्नबाट केहि कसैले रोक्न नसकोस्।

Sur Na Tal

   [ posted by SurNaTal @ 03:05 PM ] | Viewed: 2660 times [ Feedback]


:

   
Blog Type:: Blog
Thursday, October 11, 2007 | [fix unicode]
 

यत्रामा तिमि ५
..... ठुलो बा आमाको न्यानो मायाँ र आतिथ्यता मा त्यो एउटा स्मरणिय साँझ बितेथ्यो इनरुवामा। इनरुवा - मेरो अर्थमा हेला मा परेको रमाइलो बजार।

बिहानै हामी धरानको बस चडेथ्यौं। इटहरीमा एक्छिन् ओर्लन पाइयो। ओर्लेर पानी पुरी किनेथ्यौं। खासै खान मन लागेर हैन। तिम्रो रहरले। पीरो चटपटे पनि खाइयो। आखिर कति पिरो भनेकि खप्न नसकेर तिमि भन्दै थियौ
-"कोक किन्नुस् न, कत्ति पिरो भयो।"
-"खाने बेलामा पिरो खानु पर्ने, अब के को कोक। भ्रिकुटी मन्डपमा पो तिमि सोल्टिनि थियौ र कोक पायौ। अहिले त उहि हो।"
-"के भ्रिकुटी मन्डप, के कोक, के सोल्टीनि? म तपाइँको केहि कुरा बुझ्दिन। कहिले कहिले को के के कुरा संझिने हो कुन्नी।"
मैले २ वटा pepsi खोलेथेँ। तिमिले सासै नफेरि पिएथ्यौ।

आधा घन्टामा बस इन्जिनियरिङ क्याम्पस हुदै धरान बस पार्क पुगेथ्यो। घोपा क्याम्प जान भनेर रिक्सामा चडेथ्यौं। पानी पर्न थाल्यो। रिक्साको छानोले थोरै मात्र छेक्ने। धेरै आफ्नै जिउमा। रिक्सावालाले कुरा निकाल्यो-
"घर कहाँ दाइहरुको?"
"दाइको पहाडतिर, बहिनिको यतै कता हो।" कुरा बंग्याएं।
"अनि ....!" उ दोस्रो प्रश्न गर्न अक्मकियो।
"मेरो घर भोजपुर। गाउँमा २ वटा छोराहरु छन्। यिनको घर यतै धरानमै हो। एउटी छोरिकि आमा। हामी बिहे गर्न लागेको। यो दोस्रो बिहे। दुबैको।"
त्यो रिक्सा चालक अलमल्ल पर्यो। नहुने ठाउँमा हात हालेछु कि झै मान्यो होला। तिमि आँखा तरिरहेथ्यौ। कस्तो सुर न तालको मान्छे होला। जे मुखमा आयो तेहि बोल्यो। लाज सरम केहि छैन। किन बिचरालाइ उल्याउनुपर्ने होला। आदि इत्यदि। म तिर्मो मनको भाव पड्न सक्थें। तर के गरौं। म यस्तै छु, सुर् न ताल्।

पुरानो घोपा क्याम्प अहिले बि पि मेमोरियल हस्पिटल बनिसकेको छ। रिक्सा गेटमा पुग्यो। हामी ओर्लियौं। ४० रुपैयाँ तिर्यौं र होटलतिर लागेथ्यौं। क्याम्प भित्र सितल छहारिहरुमा घुमिरहंदा १-२ चिनजानकाहरु पनि भेटिएथे र हामिलाई संगै देखेर अलमल्ल परेथे - सायद निमेसभरलाई। आखिर सबै कुरा त छर्लंगै थियो। तिमि रातो टीका र रातो सिन्दुरमा सजिएकि।

हातिसार क्याम्पस हुंदै बिजयपुर पुगेर बुढा सुब्बाको दर्सन गरियो। तिमि थाकि सकेकि छौ। तर मन रमाइलो छ। यिनि तिनै बुढा सुब्बा थिए जस्को मट्याँग्राको कथा हामिले इस्कुलमा पढेथ्यौं। मैले मनमनै "मेरि प्रिया सदियौं सम्म खुसि रहुन" भनेर प्रार्थन गरें। तिमि पनि गुनगुनाउंदै थियौ। थाहा छैन के माग्यौ। चौतारीमा एकैछिन् बसेर हामि पुन: ओरालो लागेथ्यौं - होटल तर्फ।

एउटा अर्को दिन यात्राको। बस धरानलाई तल सतहमा छाडेर उकालो लागेथ्यो। सुन्दर डाँडा-काँडा र जंगलहरु हुदै। सुन्दर चिल्लो सडक। सुर्यबहादुर ले बनाएको। बेलायती पैसामा। झ्याल बहिर हेर्दाको संसार्। स्वर्हिय आनन्द। मलाई रहर लाग्यो-
"हामी पछि आफ्नै कारमा आउनुपर्छ यो बाटो। कस्तो रमाइलो हुदोहो।"
"तपाईंको कार होला र आउँला भन्दै बस्यो भने त जिवन बित्ला नि।" तिमिले वास्तै गरिनौ।
"नत्र अर्कै जुनिमा आउँला नि त।"
"किन अर्को जुनि पनि तपाईंकै भएर थन्किन्छे भन्ठान्नु भा कि कसो?"
"ल ल अर्को जुनिमा हामि साथि साथि मात्र, घुम्न त मिलि हाल्छ नि, तेसरि पनि।"
"यहि जुनि को जिवन बोर भै सक्यो, म त लिन्न अर्को जुनि।"

बसले उकालो काटेर भेडेटार चुमिसकेथ्यो। ओर्लिएर मान्छेहरु नित्य कर्म तर्फ लागेथे। तिमि केटीहरुको हुलमा, म केटाहरुको। खुल्ला शौचालय। आकासको छानोमा। जंगलतिर फर्किएर। म चुइगम किन्दै थिएं। तिमि बस चडिसकेकि। बस गुड्न थालिसकेछ। हतार हतार दौडदै बस पक्डिएथें। अव ओरालो थियो। आँखा लोलायछन्। धेरै दिनको यात्राले होला। तिमि पनि निन्याउरि देखियौ। कतिवेला हो वस त धनकुटा काटेर हिले पुगिसकेछ। कस्तो नमज्जा। धनकुटा हेर्नै पाइएन।

म पाख्रिवास जाउँ भन्दै थिएं। तिमि मानिनौ। गलियो। साफ्फि। आजा हिले मै बस्ने रे। होटल खोजियो। औसत। पिरो आलु तामा र भात खाएर तुरुन्तै ढलियो। एकैछिनमा भुस। थकानले। राति कता कता केले टोकेझैं लागेथ्यो। साच्चिनै लाम्खुट्टेले टोके हुन्, AIT का र म पुन: कोल्टे फिरें हुँला, SV12A1 मा।

क्रमश...

सुर् न ताल्

   [ posted by SurNaTal @ 01:44 PM ] | Viewed: 2567 times [ Feedback] (1 Comment)


:

   
Blog Type:: Diary
Saturday, October 06, 2007 | [fix unicode]
 

यात्रामा तिमि ४

सानोतिनो बजार। चतारा नहरको पस्चिम किनरामा। धेरै पाहाडेहरुका चिया नास्ता पसलहरु। मेथि र बेसार झानेर तारेको आलु चाना। ठ्याक्क भोजपुर् बजारका सुवालहरुको सम्झना दिलाउने। बिध्यालय पढ्दा २ रुपैयाको आलु चाना को खाजा कति उत्क्रिठ बन्थ्यो। तेहि सम्झनाहरु दिलाउने चिया र आलु को नास्ता गरेर हामी नहरको पुलमा उभिएथ्यौं। एकैछिनलाई। तेहि पुल त थियो, जहाँ एक tractor जन्तिहरु नहरको पानीमा समाहित भएथे। अस्तिनै। मान्छेले के के म्रित्यु लेखेर ल्याउने। निधारमा।

चतारा नहरको किनारै किनार सानो local bus उत्तर तर्फ हुंइकिएथ्यो। अतिनै कस्ठप्रद मध्यको एउटा यात्रा। सानो बस। मान्छे गुन्द्रुक झै खादिएका। सडकको धुलो उडेर पुरै बस् भित्र छिर्ने। अझ अर्को दिशा बाट कुनै गाडि आयो वा आफ्नै गाडि रोकियो भने त धुलो को कुहिरोमा पुरै डुबिने। संसार् अध्यारो। तिमि कराउदा कराउदा अव थाकिसकेउ-
"यस्तो बाटोबाट हिडाउने। हजुर संग अव म कहिले हिडेभने त के र।"
"म के गरुँ त। यात्रामा कहिले दुख पनि हुन्छ नि। अनुभव भयो नि। यस्तो पनि हुन्छ भन्ने।"
३ घन्टा पछि चतारा पुग्दा टाउको, अनुहार र कपाडाभरि १ इन्च बाक्लो तह परेको हुंदो हो। धुलोको।

बिसेस गरि भोजपुरेहरुको बेसाहा खरिद गरिने बजार्। भरियाहरुको भिड। भरियाहरु नुन, तेल, चिनि, चामल, लत्तकपडा देखि लिएर घर छाउने जस्ता पाता र पक्कि घरका लागि सिमेन्ट र डन्डि सम्म बोकेर भिरै भिरको बाटो तेर्सिनछन्, उत्तर पस्चिम दिसा तर्फ। बराह क्षत्र, त्रिबेणि, खोर्साने टार, गुठिखेत, लामिबगर, कावा, फेदि हुदै भोजपुर सदरमुकाम पुग्दा ५ दिन् जति लगाउछन। तमोर र अरुण मा त झोलुङे पुलहरु छन्। तर लामिबगर देखि कावा सम्म २५ जँघारहरु तर्नु छ। घाटि घाटि सम्म को उर्लिदो पिखुवा खोलामा ज्यानको जोखिम मोलेर उनिहरु ७५ देखि १००/१२० KG सम्मका ढाकरहरु ओसारीरहन्छन्। जिन्दगि भर। र तेसैमा हामि बचेका छौं। माथि भिरालाहरुमा।

एउटा सानो होटलमा खाना खाएर बराह क्षत्र तर्फ लाग्दा १२ बजेथ्यो। त्यो पाहाड काटेर बनाएको १०-१२ KM बाटो। गाडि जान सक्ने गरि बनाउन खोजेको फराकिलो छ, तर पैदल हिड्नु पर्छ। तल निलि सप्तकोशी साँगुरा गल्छिहरु बाट हुत्तिएर घुला फाँट तर्फ लम्किएकि। घना जँगल- वारि पारि। सुन्दर झरनाहरु। माथि पाहडका टुप्पा बाट तल खाँदमा कोशिको अथाह जलरासि सम्म छ्चल्किरहेका। २-३ घन्टा कम्तिमा लम्कनु छ। तिमि आधा घन्टा नहिड्दै फर्कन्छु भन्न थालिसकेथ्यौ।
"भोजपुरमा जन्मिएको भन्न पनि लाज होला है - २ घन्टा हिड्न पनि नसकेको भन्दा।" मैले छेड हानेथें।
"म काठमान्डु कै सहि - तर म अरु हिड्न सक्दिन।" तिमि फन्किरहेथ्यौ।
"नसके यहिं बास बसौं। बिच सडकमा। अरु के नै उपाए छ र।" म सायद रिसाएं।
"ल ल भो, नरिसाउनुस्।" तिमि सकिनसकि लम्कन थालेथ्यौ।

कोकाया खोला र सप्तकोशी नदिको दोभानमा अवस्थित त्यो सानो तर प्रख्यात धर्मस्थल्। बराहक्षत्र। सुन्दर र मनमोहक बातावरण। र त्यत्रो बिशाल नदिको किनारामा। भिरको तल। कहालि लाग्दो पनि। पाप धर्म छुट्याउने चिल्लो ढुंगो उचाल्ने प्रयास फेरि पनि गेरेथें। यो सातौं पटक होला। फेरि पनि उचालिएन। हेर्दा सानो छ। तेत्रो ढुंगो पनि के नउचाल्नु भनेझैं। तर खंदिलो र चिल्लो पनि छ। करेच परे मात्रै उचालिंदो हो। वा संसारमा केहि दैबि सक्तिको उपस्थिति छ भने तेस्ले साच्चिकै पापि र धर्मात्मा छुट्याउदो पनि हो। म सम्पुर्ण नास्तिक पनि कसरि बन्न सक्छु र। यसरि म संधै अधर्मी। पापि नै त कसरि भनौ, आफैंले आफैंलाई। अधर्मी भनेको चाहिं त्यो होला जस्ले धर्म गरेको छैन। अर्थ यस्तो नलागोस्, धर्म नगर्दैमा पापै गरेको हुन्छ। यस्ता पनि त कर्म हुदा हुन् - जो पाप पनि हैनन्, धर्म पनि हैनन्। हो तेहि गर्दो हुँ म। न पाप न धर्म। मेरो सुर न ताल को ब्याख्या को के अर्थ तिमिलाइ। तिमि हाँसेउ - "पापी मान्छे।"

"ल तिमि हेरौं त!" - मैले कर गरेथें। तर तिमि मान्दै मानिनौ। केटाकेटीमा म खुव जिध्दि मान्छे। तर म भन्दा मेरि राम पियारी जिध्दि बनिदिएउ। गर्दिन त गर्दिन गर्दिन। तिमिले पाप धर्म को छिनोफानो गरिनौ। सायद प्रयास गरेर अधर्मि बन्नु भन्दा प्रयास नगरेर अनिर्नित बस्नु नै श्रेयस्कर ठानेउ तिमिले। राम्रो बिचार। हामी कोकाया पारि पस्चिम पट्टि जान भनेर झोलुंगे पुलमा पुग्यौं। मैले देखेका धेरै लामा मध्यको एउटा झोलुंगो - उस्तैलाई त्यो आसानि छैन। पार गर्न। तिमि पनि खुव डराएथ्यौ। दुबैतिर बारलाई समाएर बिस्तारै हिडिरहेकि। मानौं ति काठका फल्याकहरु तिमिलाई थेग्न लायक छैनन्। बिचमा पुगेपछि मैले पुल हल्लाइ दिएथें।
"आमाsss" -- तिमि कहाल्लियौ।
"आमा त काफ्लेमा - सुन्नुहुन्न। सासुआमा भंगेरिमा - वाँ पनि सुन्नुहुन्न। यहिं भाको आफ्नै पतिदेवलाई पुकारे भै गो नि - 'ए हजुर' भनेर।"
"यहाँ आर्काको सातो पुत्लो उड्यो। उस्लाइ जोक छ। उता जाउ। तिमि संग म बोल्दिन।"
"उता जा भनन, के जाउ नि!"
"भन्छु के।"
"के गरौं त म।"
"छिट्टो हिड्नुस् पारि।"
"हस् प्रभु, जो आज्ञा।"

पारि पुगेर दहि चिउरा खाँदै गर्दा साँझ पर्न लागिसकेथ्यो।
"कस्तो मिठो दहि, घरकै जस्तो।"-तिमिले प्राक्रितिक प्रतिक्रिया दिएथ्यौ। दहिको।
"यो पनि घरै त हो नि, कसैको।" - मेरो प्रतिक्रिया टेडो थियो, सदैव जस्तै।
"जे मा पनि बाँगा कुरा। नबोल्नुस हजुर।"
"मुख सिलाईदेउन please!"
"सियो खै?"
"पाहाडिकाँ छ। टुँडिखेल मुनि।"
"उसो भए भोजपुर पुग्नासाथ सिलाइदिन्छु।"
"चुप लाग। बरु तिम्रो सिलाउनु पर्ला।"
"तपाइकै सिलाउने हो।"
"दुबै सिलाउने। अनि ढुक्क।" - म हाँसे र तिमि पनि।

फेरि कोकाया तरेथ्यौं र अलिक् राम्रो चाहिं होटल छानेर वास बसेथ्यौं। एउटा रातोमाटो ले पोतेको कोठा। सानो खाट। भुइंमा गुन्द्रि। सानो झ्यालबाट बाहिर हेर्दै म मेरा पुराना सस्मरणहरु सुनाइरहेथें -"म धेरै पटक दशैं मनाएर फर्कंदा तिनै अगाडिका छाप्राहरुमा बास बसेको छु। टाँड माथि गुन्द्रि ओछ्याइदिन्छन्, उनिहरुको मा खाना खाइदिएपछि। पुरै टाँडभरि मान्छेहरु हुन्छन्। हेर त आजपनि कत्ति धेरै मान्छे हरु - ऊ त्यो टाँडमा।" हामीले सिधै अगाडिको सानो मतानमा हेरेथ्यौं। १०-१२ जना मान्छेहरु निस्फिक्रि सुतिरहेका।
"म त्यहां धेरै पटक सुतेको छु, तेसै गरि।"
"डर लाग्दैन?"
"के को डर। साथिहरु पनि हुन्छन्। एउटा लाइट पनि बोकिन्छ।"
"केटिहरु पनि छन् त?"
"केहि हुदैन। परदेश हो। यात्रिहरु। भय पनि दुबैको इच्छले हुने हो। के पिर।"
"फटाहा मान्छे हजुर्।"
"के फटाहा नि। आफु त सोझो मान्छे। यसो संसारमा देखे सुनेको कुरा गरेको।"
"कुन्नि के थाहा?"
"मेरो निधारमै लेखेको छ नि। किन थाहा नहुनु"।

भोलिपल्ट पुन: ३ घन्टा हिडेर चतारा र पछि ३ घन्टा बस मा झुम्का हुदै इनरुवा पुगियो। आज हिजो जस्तो गारो भएन। मान्छे कम भएर। गाडि पनि अलिक हेर्न हुने परेछ। ठुलो बा आमा बेस्सरी खुसि हुनुभो, अकस्मात सोच्दै नसोचेका छोरा बुहारी दैलोमा देखेर। हाम्रो सरप्राइज दिने योजना हो। यस्तै छ। ठुलो बा आमाको न्यानो मायाँ र आतिथ्यता मा त्यो एउटा स्मरणिय साँझ बितेथ्यो इनरुवामा। इनरुवा - मेरो अर्थमा हेला मा परेको रमाइलो बजार।

क्रमश ...

सुर् न ताल्

   [ posted by SurNaTal @ 05:14 PM ] | Viewed: 2898 times [ Feedback] (2 Comments)


:

   
Blog Type:: Diary
Thursday, October 04, 2007 | [fix unicode]
 

यात्रामा तिमि ३

बुटवल पुग्दा १२ मात्रै बज्यो। बस पार्कमा एक एक सोली चटपटे खाएर होटल खोज्न तिर लागियो। दिनभरको घुमाइ अनि ७-८ घन्टाको बस, थकान ले सिमा नाघिसकेझैं छ। तिमि भुसुक्क निदाइ सकेकी, म के के सोच्दै ढल्किरहेथें।

"ए हजुर् नौ बजिसक्यो! छिट्टो उठ्नुस्!", म झल्यास्स बिउझिए। घाम घरमाथी पुगिसकेछन्। आज पनि दौडा दौड होला जस्तो छ।

बुटवल तानसेन को त्यो ४०-५० KM होला, तीखा घुम्तिहरु- डरलाग्दो। प्रत्यक मोडमा तिमि मेरो हात पक्डन्थ्यौ। लाग्थ्यो गाडी बाटो भन्दा बहिरा गैसक्यो। तल सिधै तिनाउ छिन्। कलकल बगेकि। आँग सिरिंग हुने। कौयौं दुर्घटना सुनेको छु/देखेको छु। यो बाटोको। एउटा Motercycle को कथा सुनाएँ मैले।
"यहि सडकमा काम गर्ने एउटा इन्जिनियर ऊ तेहि घुम्तीमा मोटरसाइकल घुमाउन नसकेर सौयौं मिटर तलको तिनाउ तर्फ उडेको थियो। अचम्मको भाग्य उस्को, ऊ त्यो बुट्टामा अल्झेर बाँच्यो। उसको Bike का टुक्राहरु पर पर छरिएका थिए।"
तिमि अझै डारायौ। म अझ मेरो आफ्नै काहानी सुनाइरहेथेँ।
"तेतिबेला म राम्रो सँग सजिलो बाटोमा पनि मोटरसाइकल चलाउन जान्दिनथेँ। ठेकेदारले दिएको त्यो खटारा Bike। Brake पनि राम्रो संग लाग्दैन्थ्यो। उरन्ठेउले उमेर। म तेहि Bike मा पछाडि बलरामलाई राखेर बुटवल तानसेन, तानसेन बुटवल गरिरहन्थें। यहि घुम्तिहरुमा। अहिले त आफैंलाइ कस्तो डर लाग्छ।"
तिम्रो धडकन अझै भढ्यो - "हजुर त वेवारिसे टाइप को मान्छे। यस्तो डरलाग्दो बाटोमा। कस्तो आँटपनि आएको? केहि भएको भए।" म हाँस्दै थिएं - "अरु त ठिकै हो, तर केहि भएकै भए पनि तिमिलाइ त के फरक पर्थ्यो र। म हुन्नथेँ। म यो सन्सारमा जन्मेको छ कि छैन नै थाहा थिएन त्यो बेला तिमिलाइ। बराबर। बरु कोहि अर्कै तोरि लाहुरे संग बिहे गरेर यत्रो घोर्ले छोरो पाइसकेकि हुन्थ्यौं। झन मज्जा।" तिमि मेरो तिघ्रामा चिमोटी रहेथ्यौ - "यत्रा मान्छेले सुनिराछन् बसमा। के के बोलिराको यो मान्छे।"

तानसेनको टाउकोमा कति सुन्दर बगैंचा। हामीले लामो सुशेली तानेथ्यौं र रमाइला कुराहरु गरेथ्यौं - हाम्रो संसारका।
"अव भिमसेनगोलामा घर बनाउने, अनि मात्रै छोरा पाउने।" तिम्रो योजना थियो।
"घर बनाउन नसके सधै वाउ नबन्ने त?" फेरि कुरा मिलेन।
"हजुर् जे सुकै गर्नुस्, म त नाइ!"
"घुर्कि हो कि धम्कि हो यो?"
"जो सोच्नुस्, कुरा तेहि हो।"
"भगवान् रक्षा गर!"

मैले एउटा ढाका टोपी किने। तिम्रो रोजाइको। तिमिले एउटा ढाकाकै वर्को किनेउ। मेरो रोजाइको। किन किन अरुको रोजाइ मन पर्ने। कस्तो सँबन्ध यो तिमिसंगको।

पाल्पाली ढाका टोपी सिरैमा थियो, हामी भरतपुर पुगिसकेका थियौं। साँझको खाना खाने रे। बाटो छेउको होटल। गुरुजि को मिलेमतो। उहि फुस्रो भात। झोल हालेको टर्रो बोइलर। नाला वाला इनारको तरलाग्ने पानी। कसरि खाने? तिमि मुख बिगारिरहेथ्यौ।
"कस्ति राम्रि रहिछिन् तिनि।" एउटी तरुनि केटी तर्फ औंल्याइरहेथें, तिम्रो मुड परिवर्तन गर्नु थियो।
"बोलाइदिमत कुरा गर्न?"
"यो ढाकाटोपीवाला पाखे संग के कुरा गर्लिन र?"
"ओर सर्नुस्। म टोपी हटाएर कपाल कोरिदिम्ला।"
"भैगो। तिमि जत्ती राम्री त छैनन्।"
अनि फेरि तिमि रिसाएझैं गरिथ्यौ।
"म राम्रि भए नि नराम्री भएनि तपाईंलाई के? तपाईँ को हो र मेरो?"
"पोइ भन्छन् मलाई मेरि प्रिया को, बुझेउ राम प्यारी।"
"मेरो कोहि पोइ सोइ छैन।" तिमि उता फर्किएथ्यौ।
"OK, तिमि र म नचिनेको मान्छे। जाउँ बसमा।"

बस पुर्व तर्फ लाग्यो। समथर संसारमा। अँधकारलाई तिखा head light हरुले छेड्दै। तिमि पर आकाशका ताराहरु देखाउदै "ध्रुव तार तेहि होला" भनिरहेथ्यौ। मैले भनेथें - "ध्रुवतारा त विहानी पख पो झुल्कन्छ त, तेति वेला त हामी ढल्केवर तिर पुगिसकेका हुन्छौं"

म कत्तिवेला झकाएछु पत्तै भएन। ब्युँझदा तिमि अझै मस्त निदाइरहेकै थियौ। एकैछिनमा अ-मलेखगंज आयो। त्यहाँ मैले कुनै दिन ३ घन्टा लाइनमा घडा भएर बिताएथें। सैनीक को जाँच कुरेर। तिमि निदाइरहेकै छौ। बस अनकन्टार जँगलमा अनकन्टार अँध्यारोलाई छिचोल्दै अझ पुर्व तिर हुँइकिरहेछ। पथलैया पनि गैसक्यो। तिमि निदाएकि निदायै छौ। मलाइ उठाउन मान लाग्यो। कुरा गर्ने कोहि छैन। फेरि के दिस्टर्ब गर्नु। मस्त निदाइरहेकि मान्छेलाइ। मैले एउटा स्याउ र Frooti निकालें। भोक लागेर हैन, अलमल्लिन।

"हेर मलाई नउठाइ एक्लै खान लागेको।"
"हँ अ अ अ अ!" म झस्किएँ। तिमि आफ्नो अनुहारलाइ मेरै छातिमा म तिरै घुमाएर मुख बंग्याइरहेथ्यौ।
"हैन तिमि निदाएकि निदायै भयौ भनेर साथि निकालेको।"
"म एक्छिन् नहुना साथ अर्को साथी खोज्ने हजुर् नराम्रो मान्छे।"
"ल ल। राम्रो भएनि नराम्रो भएनि फेर्न मिल्दैन। उठ। Frooti खाऊ। "

तिमिले Frooti लिंदा नलिंदै बस ढल्केवर पुग्यो। ३ बजेको रहेछ।
"ए ढल्केवर। खै त ध्रुवतार।"
"ध्रुव त भरतपुरमै छुट्यो। तारा पछाडि सिटतिर होलिन्। तर तिमि पनि छौ। क्या बोर।" मैले कुरा बङ्याएँ।
"म केहि भन्दिन। जो सँग जान मन छ गए हुन्छ।"
"ल हेर तापक्रम बढेको। भमरा चाहिं पक्कै दुइटा होलान् - टाउकोमा"
"हेर्नुस् न छ कि छैन, थाहा भै हाल्छ नि।"
मैले यसो कपाल पल्टाएर हेरेझैं गरेथेँ।
"छाड्नुस्। अर्कालाइ छुनु पर्दैन।" तिमि पर सेरेथ्यौ। रमाइलो। जति सरेनि सिट तेहि थियो। एउटै। जोडिएकै। म हांसिरहेथें।
"किन हाँसेको। अहिले पिटिदिन्छु अनि।" तिमि अझ पर सर्न खोजेथ्यौ।
"लौ त हेरौं पिटेको।" मैले तानेर म संगै ल्याएथें।

बिहान् झिसमिसे भएको रहेछ। "ए हजुर् हेर्नुस् त कोसि ब्यारेज आएछ"। म आँखा मिच्दै झ्यालतिर फर्किएथें। त्यो १ KM लामो बाँध। जसले नेपालको नगन्य तर भारतको महत्वपुर्ण भुभागलाई डुबान बाट बचाउंछ। र तेहि एउटा पुल छ, जसबात देशको सबै भन्दा ठुलो नदि वारपार गर्न सकिन्छ। तिमि मन्त्रमुग्ध अथाह लाग्ने समुद्र जस्तै पानीको संसारमा रमाइरहेथ्यौ। भारदहका जहाजी केराहरु हाम्रो बसको झ्यालबाट भित्रै सम्म आइरहेथे। तिमिले ठुलै काइँयो किनेथ्यौ। सस्तो थियो। १० रुपैयाँ को २०-२२ वटा। केरा खादै गर्दा बस अगाडि बढिरहेथ्यो। सुनसरीका धान फाँटहरु हुंदै झुम्का पुग्दा जम्मा ७ बजेथ्यो।

क्रमस..
सुर् न ताल्।

पुनस्च: अव कता जाने सोचिराछु। सायद् चतारा नहर् हुदै चतारा-वराहछेत्र सम्म पुग्छुकि।

   [ posted by SurNaTal @ 03:43 PM ] | Viewed: 3310 times [ Feedback]


:

   
Blog Type:: Diary
Sunday, September 30, 2007 | [fix unicode]
 

यात्रामा तिमि...
खन्ड २...

म बुल्बुले तालको पानी अन्जुलिभरि लिएर तिम्रो अनुहार देखाइरहेथें। तिमि कलकल धाराहरुमा पानी खेलिरहेकि, ८-१० बर्षकि सुकोमल बच्चि बनेर। म बोलाइरहेथें-"छोरिले खेल्छे अब पानीमा, आमाले अल्मलिएको स्वाहेन - आउ छिट्टो, गाडी छुट्ने बेला भैसक्यो।"

सुर्खेत् कोहालपुरको ८६ KM धुले बाटोले बहुत कस्टप्रद बनाएथ्यो - हाम्रो यात्रा। मानिसको खांदाखांदले सास् फेर्न पनि गर्हो होला झै। तिमि गुनासो गरिरहेथ्यौ- "प्लेन मा गएको भएनि हुने नि।" म आफ्नो निरिहता पोखिरहेथें-"पछि पैसा कमाएपछि चडौंला - प्लेन मात्र के, हेलिकोप्टर नै लिएर घुमौंला नि!"

कोहलपुरबाट लक्षमणा सम्मको २२ KM चाहिं आरामदायी थियो। राम्रो पिच बाटो। मेरि घरपेटी आमै हामीलाई देखेर यति खुशी भइन् कि तिमिलाइ अंघालो हालेर आँशु खसाइरहेकि - मानौँ बर्षौं पछि उनका आफ्नै छोरा बुहारी घर आएका हुन। उनले त्यो दिन तेहिं बस्न खुब् कर गरिन्। जुन कोठामा ७ बर्ष अगाडि म बस्तथें त्यो खाली नै छ रे। तिमि गालि गरिरहेथ्यौ - "हजुर त कस्तो मान्छे, जस्ले जे भन्यो तेहि मान्ने। जां पायो तेहि म त बस्तिन।" म बुझाउन खोजिरहेथें - "यो कँ जाँ पायो तेहिं हो र। उहांहरु मलाई छोरा जस्तै मान्नु हुन्छ। डेरावला नै भएपनि आफ्नै घरजस्तो गेरेर म ८ महिना बसेथें - यहि कोठामा - मलाई एकदम माया लाग्छ उहांहरुको।" त्यो, त्यो घर थियो, जहां मैले जिवनको पहिलो जागिर गर्न पस्चिम तराइ जादा एउटा सुन्दर आतिथ्यता र अपनत्व पाएको थिए, डेरा गरेरै बसेको भएपनि। बर्दिया, तिम्रो देउडाकला, त्यो health post construction site र त्यो लक्षमणा गाउँ, मेरो पहिलो overseer जिवन, आहा......

भोलिपल्ट बिहानै हामी चिसापानीको चिसो पानीमा नुहाइरहेथ्यौं। कर्णाली नदि हिमालका हिउँहरु बोकेर त्यो चिसापानी हुंदै तराइतिर झरेकि छिन्।
-"राम प्यारी, कस्तो जाडो भयो।"
-"कस्ले नुहाउनु भनेको थियो त? अव म कसरी न्यानो बनाइदिउँ?"
यताउति हेरेथें। नजिकै कोहि थिएन। तिमिलाई म संगै तानेथें र त्यो चिसोपना लाई भुलेर हामि धेरै वेर पानीमा खेलिरहेथ्यौं।

कर्णाली आडको एउटा होटलमा खाना खाएर हामी पुलमा गएथ्यौं। त्यो विशेष पुल जो एउटा मात्रै पिलरमा उभिएको छ - विशाल पिलर। हामीले धेरै फोटोहरु खिचेथ्यौं।

धनगढि नेपलगन्ज को bus पक्डेर फर्किरहंदा बबइ सिंचाइ परियोजना छेउछाउ बर्दिया रास्ट्रिय निकुन्जाका हरिणहरुले तिमिलाइ देरै रमाइलो दिएका थिए। खुबै प्रफुल्ल मुद्रामा तिमि झ्याल बाहिर हेरिरहेथ्यौ।
-"कहिं त्यति रमाईलो नलाग्ने मान्छेलाई यो हरिण ले चाहि मोहनी लाएछ।"
-"चुप लाग्नुस् हजुर्। बेकारमा दिस्टर्ब गरेर आर्कालाइ। कस्ले भन्यो म अन्त बेखुसि थिए?"
-"हे हे, तेसो भए false assumption मा परिएछ।"


कर्णाली नदि बाटा नेपलगन्ज को कर्णाली होटल सम्म को यात्रा अहिले समाप्त भयो। तिमि थकित देखियौ। एक्छिन् थकाइ मारियो। तिमि फ्रेश् हुन र अरु तयारी मा लाग्यौ। ढिला भैसक्यो, कति time लगाउने होला यि आइमाइमान्छेहरु, अलिकता प्रेसर बढेछ कि कसो आफ्नो नि।-"हैन सकिएन? छिट्टो गर छिट्टो। जहिले नि तिमि ढिला गर्छौ।"

साँझखेर हामी टाँगा चडेर रुपेडिया गएथ्यौं। होटल बाट ४-५ KM मात्रै होल, सिमानाको सानो Indian बजार, रुपेडिया। बनियान हरु खुब सस्ता। "हजुर् एक्छिन् यतै बस्नुस् है" - तिमि खै कता हरायौ। एक्लै कहा लाग्या होला, यो अर्काको देशमा। कता कता रास्ट्रियता खड्किहाल्ने, सिमाना काट्न साथ। आखिर के होला यो सिमारेखा। एकैछिन् train station हेरेर फर्किदा अंध्यारो भैसकेको थियो, अर्काको देशमा, रात ब्याल। कता कता डर हो कि के हो मनमा। हतार हतार लम्किरहेथ्यौ हामी। सिमाना वारि तिर।

भोलि बिहानै बागेश्वरी भगवतीलाई दर्शन गरेर हामी रंगशाला तिर घुम्न निस्केथ्यौं। मलाइ खुल्दुली लाग्यो
- "के माग्यौ?"
- "किन भन्नु हजुरलाइ!"
- "मैले के मागे थाहा छ?"
- "के?"
- "छोरी - सुन्दर, तिमि जस्तै!"
- "मैले छोरा मागे, तर हजुर जस्तो हैन, अलिक smart।"
मौले तिम्रो टाउकोमा प्याट्ट पड्काएं
- "अनि न smart मान्छे संग किन हिडेकि त?"
- "म जो सुकै संग हिडौ, हजुरलाइ के मतलव!" मानौं तिमि कोहि अरु संग मेरो कुरा गरिरहेछौ।

रात्रि बस ५ बजे छुट्यो - नेपलगन्जबाट। लमहिमा बेलुकाको खना खादा मैले सुनाएथें - "पोहोर शाल यहिं हो माओबादीले आक्रमण गर्दा रात्रि बसका पनि दर्जनौं यात्री मारिएका।" तिमि त्रसित बनेउ। हतार गर्न खोजिरहेकि। छिट्टो त्यो ठाउं छाड्न पाए। तर तिमि driver होइन। उ त कहाँ हो 'खोया बिर्के' तान्दै होला।

बुटवल पुग्दा १२ मात्रै बज्यो। बस पार्कमा एक एक सोली चटपटे खाएर होटल खोज्न तिर लागियो। दिनभरको घुमाइ अनि ७-८ घन्टाको बस, थकान ले सिमा नाघिसकेझैं छ। तिमि भुसुक्क निदाइ सकेकी, म के के सोच्दै ढल्किरहेथें।

   [ posted by SurNaTal @ 03:33 PM ] | Viewed: 2965 times [ Feedback] (5 Comments)


:

   
Blog Type:: Diary
Thursday, September 27, 2007 | [fix unicode]
 

मंसिरको महिना थियो - मिठो घामले मन चन्चल बनिरहने। म सेतो घोडामा थिएँ, तिमि कालो मा। रातो सारी र सबैथोक रातो - अथाह सुन्दर र मनमोहक, घुम्टो भित्रै सुँक्क सुँक्क गरिरहेकि। धेरै मानिसहरु (जन्ति) अगाडि पछाडि लागेका, सिद्धकाली डाँडाबाट तल झरिरहेको।
पुष लाग्यो। दिनहरु छोटा भैसके र चिसो काफि बढिसकेको छ। विहान बाहिर कठांग्रिने जाडो छ। न्यानो अँगालोलाई छाडेर तिमि उठ्न विवस् थियौ।
"मलाई पंधेरो सम्म साथि गैदिनुस् न - अंधेरो छ, डर लाग्छ।"
म पनि उठेँ। घर पछाडिको पंधेरोमा मुख धुइरहदा औँलाहरु जम्लान झैं थिए। फर्किएर तिमिले आगो जोरेउ र दैलानो पोत्न लाग्यौ। म खोले पकाइरहेथे। दाजुले दुध दुएर ल्यउनु भयो। मैले चिया पकाइसक्दा तिमि भन्दै थियौ-"खाँदै गर्नुस् है, मैले भ्याएको छैन"
म भन्दै थिए - "तिमि त्याहा जाडोमा काम गरिर'छौ, म चाहिं खाइरहनु?"

फेरि माघ लाग्यो। विहानै कोदाको ढिंडो र दुध खाएर हामी दाउरा खोज्न निस्कियौं। पटुकामा मकै भटमास् र सुठुनी राखेर - खाजालाई। सेरा खोला पारी दामाको भिरमा पुग्दा नौ बजिसकेथ्यो। दाजु भिरका रुखहरुमा चडेर सुकेका हाँगा झारिरहनु भएथ्यो। म बटुली रहेथें। तिमि काउसो छल्दै काँडाघारीबाट स-साना सुकेका मुडाहरु तानिरहेथ्यौ। तर ध्यान मतिरै थियो तिम्रो - "धेरै भिर तिर नजानुस् है।" एक बज्न लाग्दा टुप्पीको चौतारोमा मैले कुर्सिंग भारि बिसाएथें - तिम्रो डोको संगै र एकैछिनलाई सुसेली हाल्दै थकाई मारेथ्यौं -

आलुदम चाना
लाई राखौं मायाँ नि लै लै
लामो सम्झना।

फागुनमा एकझर पानी पर्यो। दाजुले तल्लो टाहारमा बाझो फुटाइसक्नु भयो। डल्ला फुटाउंदा फुटाउंदै तिमि एक्कासी चिच्यायौ। कोदालोको पासोले खुट्टाको बुढी औँठो फोरिछौ। म बनमारा माडेर लगाइदिरहेथें।
"कत्तिवेर लगाएको भन्या, कस्तो दुखिसक्यो।"
"दुख पाइस मंगले, आफ्नै ढंगले। अलिक आँखा हेरेर पो काम गर्नु पर्छ"

मकै छर्ने वेला हुन लाग्यो। चैतको नि १० गते भैसकेछ। "ए बुढा, मल नबोक्ने कि कसो यसपाली।" तिमि छेडछडमा थियौ। "विहे गरेपछि पनि सबथोक आफैंले गर्नु पर्ने?"
अनि भैसी गोठको १५-१५ भारी मल बोक्दा डवली गरो भरिन लागेथ्यो।
"अलिक पातलो हालान राम पियारी, पछि पुग्दैन फेरि।"
"मलाई के थाहा पुग्छ कि पुग्दैन - हजुरको वारी।"
"कस्को वारी रे?" मैले तिम्रो दुबै कानमा समाएर सुस्तरी निधारमा चुमिदिदा रातो गाला पारिरहेथ्यौ -
"कस्तो छिल्लिएको होला - मान्छेले देखे भने।"

बैशाख जेठ पनि गयो। असार लाग्यो। मकै लह लह भैसके। पानी पनि परिरहेछ। आज रोपाईं। म वाउसे - तिमि रोपाहार। अरु पनि धेरै छन्। हिलो छ्यापा छ्याप - खुब रमाइलो छ। कामचोर बाहुसेहरु देखेर तिम्रो कन्सिरि तातेछ -
"गफ मात्रै गर्ने - वाउसे गरेको गति चाहिं सप्पै खाल्डै खाल्डा।"
"रोपाहार धेरै भएछन् - सप्पै छोपिसके - के गर्ने त" - म बाहाना बनाइरहेथें।

भदौको अन्तिमतिर होला - गैरी खेतमा धान गोडीरहेथ्यौं - सिम सिम सिम सिम पानिसंगै - घुम ओडेर। धानको पातले कस्तो नमाज्जा संग मेरो देब्रे आँखा पाछ्यो।
"मलाई मात्रै भन्नु हुन्छ - आफैं बेहोसी हुनुहुन्छ। छिट्टो घर हिड्नुस् - सेक्नु पर्छ।"
अनि फटाफट घर गएर सेतो टालोमा तातो भातको डल्लो राखेर मेरो देब्रे आँखा सेकिदिरहेथ्यौ।

असोज लाग्यो। आज दशैंको टीका। तिम्रो विहानै देखि फुर्ति नै बेग्लै छ - वर्षीको पोथ्रो नाघ्ने दिन। बुवाले सबैलाई टीका र जमरा लगाइदिनु भयो। मैले पनि तिमिलाई टीका लगाइदिएँ-
"आयु द्रोण सुते श्रीयम् च दशरथे सत्रु क्षय राघवेऐश्वोर्य लहुसे गतिस्च पवने मानम् च दुर्योधनेसुर्यो शान्ती वलम् च हलधरे शक्ति च कुन्ती सुतेसज्ञानी विदुरे भव ती भवतम् कृतिस् च नरायणे
जयन्ती मङलकाली भद्रकाली कपालिनिनवदुर्गाक्ष नमो नम।"

कति हतारो तिमिलाइ उकालो लाग्न! म भन्दा अगाडि अगाडि पिपलडाँडा पुगेर गाइरहेथ्यौ -
"मैले के गरौंतिमि आऊँछौ किअर्कै बे गरौं।"
"गर्ने लाई कस्ले छेकेको छ र - तर मेरै अगाडि रुएको चाहिं यो आँखाले देख्न नपरोस्।"
म आइपुग्नासाथ तिमि उठिहालेउ। मैले दाहिने हात समाएर तानें र सल्लघारीको चिसो सुसाइमा एक्छिन् थाकाइ मार्दै म देखाइरहेथें-"उ तेहिं हैन पुग्नु पर्ने। भन्ज्यांग भएर कि सोझै जाने हो - आधा घन्टा मा त पुगिहालिन्छ नि - के को हतार!"

कार्तिक महिना हो। धान पाक्न लागिसक्यो। पहिला खर नै काट्नु छ। विहानै मेलाम पस्यौं।"कुरै कुरो छ यता त" - तिमि दिक्क मन्दै थियौ।मैले मेरो मेलो तिमिलाई दिएर तिम्रो मैले लिएँ।"यता पनि कुरो र'छ" - तिमिलाइ मेरो मेलो पनि अप्ठ्यारै लाग्यो।"काफ्ले जाउ - कुरो छैन" - म रिसाएझैं गरें। काफ्ले तिम्रो माइति गाउँ, तिम्रो पारो तात्ने नै भो - "काफ्ले ले हजुरको के नै बिगारेको छ र?"
"जिस्काएको नि नबुझ्ने मेरी लाटी बुढि!", फकाउन कति गारो हुन्थ्यो तिमिलाई।

पुन: मंसिर लाग्यो। जाडो खुव रमाइलो हुन्छ। सबै खेतहरुमा कुन्यु बनिसके। आजा डुंड खेतमा दाईँ गर्ने दिन। बिहान निद्रामै हुंदा मधुर आवाज आयो -
"ए कान्छा, उड बाबु। पुगेर कुखुरो भुत्ल्याउनु पर्छ। पराल छिरोल्ने मान्छे नि कम छन्।"
मेरि प्यारी आमाको कोमल स्वरले कता कता निद्रा पातलिएछ क्यारे। सायद कोल्टे फेरें हुंला - AIT Student Village 12 A 1 मा।

क्रमस्...

सुर् न ताल्।

   [ posted by SurNaTal @ 02:00 PM ] | Viewed: 2743 times [ Feedback] (1 Comment)


:

   
Blog Type:: Diary
Wednesday, September 19, 2007 | [fix unicode]
 

मन र माटो
Sep, 4, 2003.
C 21, Asian Institute of Technology, Bangkok.

सायद् जिवन गोरेटोहरुमा लमतन्न तेर्सिरहेका अनगिन्ति दिनहरुका केहि टुक्राहरु आजभोलि म खर्चिरहेछु, AIT का dormitory हरुमा, पुस्तकालय, स्कुल्, क्याफे र grocery store हरुमा, AIT Center र Korea House हरुमा।

Mathematically, जतिसुकै मसिनो टुक्रा तयार गर्नुस् जिन्दगीको, there exists a point in the open interval of that segment. तेसैले जिवन अविछिन्न यात्रा हो, continuous. नत्र त म यो AIT का लागि भनेर लेखिएको टुक्रालाई वाइपास गरेर २ वर्ष पछिको जीवन सुरु गरिदिन्थें हुँला - त्यहिं, जहाँ मेरो पन छ; मेरि आमा, मेरो गाउँघर्, पाखा पखेरा, उकाली ओराली, मेरो माटो, मेरो देश।

हो तेहि अविछिन्नतालाई भोगिरहेछु, म। Physically, देख्नमा माटो उस्तै हो; घरहरु उस्तै हुन् - भलै अलि बढि आधुनिक होलान्; मानिसहरु पनि उस्तै हुन् - सबै खान्छन्, खेल्छन्, कुरा गर्छन् - भलै भाषा भिन्न होला; वर्षा भइरहेछ, उस्तै - जसरि मेरो आँगनमा वर्षन्थ्यो; घाम उस्तै लागिरहेछ - भलै चर्को किन नहोस्; घांसहरु हरियै छन्; पानी ओरालो तिरै बगिरहेछ; चराहरु उडिरहेका छन्, तेसरी नै - जसरी मेरो रानी वनमा उड्ने गर्थे; विरालाहरु छन्, प्रसस्त, उस्तै, उसरिनै 'म्याउँ' गर्छन्।

फरक के त? फरक? सबैथोक् फरक्। जव मन फरक् छ भने यि सबै अभयवहरु कसरी एकै हुन सक्छन्? यो मन एउटा जे छ - तेसैमा जिवनको वास्तविकता चिप्लन्छ। म यि सबै उस्तै पनाहरुलाई दुरुस्ततामा मिलाउन सक्थिद। समग्रमा यि म जे उस्तै भनिरहेछु, त्यहिंनिर फरकपनको अभाश उजेल्लिन्छ। यदि केहि कुरा उस्तै वा उहि हो भने किन त्यस्लाई त्यसो भनिरहनु पर्यो र? यो उस्तै हो भन्नु त फरक कुरालाई नाइलनको पारदर्शी कपडाले ढाक्न खोज्नु मात्रै हो।

म सम्पुर्ण फरकपनाहरुबाट आफ्ना नयाँ दिनहरु ब्यतिथ् गरिरहेछु। कहिले देखि लाग्ला कि म अव फरकपनहरुबाट समानतामा उक्लिसकें? अवस्यै यि भिन्नताहरुलाइ समयले फिक्का वनाउँदै लैजाला। तर यो पक्का छ - कहिल्यै पनि यि भिन्नताहरु पुर्णत: निख्रिने छैनन्।

कहिल्यै पनि थाईल्यान्डको माटो मेरो हुन सक्दैन। कहिल्यै पनि मेरि आमा अरु कोहि हुन सक्दिनन्। कहिलै पनि मेरि सोल्टीनी कुनै चिम्रा आँखा गरेकि भियतनामी तरुनी हुन सक्दिनन्।

फेरिपनि, जिवन् अविछिन्न छ। तेसैले .....

सरर सुइटर् बुनेर, सुइटर् बुनेर,
बसौं साथि हो गाउँघरको मायाँ भुलेर।

सुर् न ताल्।

   [ posted by SurNaTal @ 08:58 PM ] | Viewed: 3056 times [ Feedback] (2 Comments)


:

   
Blog Type:: Diary
Monday, September 17, 2007 | [fix unicode]
 

२०५९-५-११,
पुल्चोक क्याम्पस।

...................................
समय पंक्षि हो खुल्ला यसको बन्धन
बाधेर बाधिदैन उड्छ हरपहर;
दिन रातको पंख सेतो कालो
चालेर आकाशैमा उड्छ निरन्तर।
......................................

साच्चिकै समयका क्रुर चक्रहरु घुमि नै रहे र म वाध्य बनिरहेछु।

भावना भरि भरि स्‍मृतिका सुमनहरु सँगालेर, मन भरि भरि सितलताक उद्वेगहरु भरेर, मुटु भरि भरि संब्रिद्धिका सगुनहरु लुकाएर, आँखा भरि भरि प्रफुल्लताका करिस्माहरु अनुबन्धित गरेर, अन्जुलि भरि भरि शुभकामनाका कोसेलीहरु बोकेर, दिल भरि भरि टलपल् टलपल् बिक्षिप्तताहरु कुम्लो कसरे,
म विवस छु - मेरो मुटुको आधा टुक्रा कतै वाटोमै छाडेर आफुलाई असह्य चोट र व्याथाको परिधि हुँदै एकान्त तर्फ, अनकन्टार् तर्फ, आँधिवेहेरी तर्फ, छालहरु तर्फ धकेल्न।

म बाँधिएको छु, समयका जन्जिरहरु भित्र।

आज एउटा अन्तिम मौका हामीहरु सामु निमेश भरका लागि उपस्थित् छ - सहयात्रका लागि।
म चाहन्छु - आजको यो पल, हामी छाती भरि भरि कुराहरु साटौं, मनहरु साटौँ, अन्तरंगहरु साटौँ, मुटुहरु साटौँ - के भर आज उप्रान्त फेरि यस्तो अवसर् हामी पाउँला/नपाउँला; नाचौं, गाऔं, रमाइको गरौं।

आफ्ना आफ्ना कर्मका कचौराहरु लिएर भोलि त हामी आ-आफ्ना भाग्यका वारीहरुतर्फ फसल खोज्न लम्कनु नै छ - के भर पुन: वाटोमा भेटिउँला - नभेटिउँला, या भेटेनै पनि चिनौंला - नचिनौंला या चिनेरै पनि चिनेझैं गरौंला नगरौँला।त्यसैले आजै साटौँ साइनोहरु - स्‍मृति भरि भरि, आँचल भरि भरि, हत्केला भरि भरि।

...................................
आधि वाटो हिंडे पछि तिमि संग भेट भयो
जिन्दगीको हाम्रो यात्रा तेहिंबाट सुरु भयो
सानो मोडैमा।

थोरै अरु हिंडेपछि दोवाटो पो फेला पर्यो
जिन्दगीको हाम्रो यात्र तेहिंबाट टुटिगयो
सानो मोडैमा।
...................................

हामी बिच वाटोमा भेटियौं। हामीले हाम्रा उत्सर्गहरु संगसंगै उद्वेलित गर्यौं, हाम्रा आकाँक्षाहरु संगसंगै खुसी मनायौं, हाम्रो यात्राका धेरै मोडहरु/घुम्तीहरु संगसंगै पार गर्यौं।

र सत्य त यहि हो - कोहि कसैको जीवन पर्यन्त साथ रहन सक्दैन। चाहेर पनि हामी हाम्रा गोरेटोहरुलाई एउटै दिशातर्फ, एउटै विन्दुतर्फ निर्धारित् गर्न सक्दैनौं।

जीवनको वक्ररेखा - म चाहन्थें - मात्र विन्दु - टक्क अडिएको - तर संभव थिएन। तेसैले भोलित हामी आ-आफ्ना वक्ररेखा तर्फ लम्कनै छ। आजै मात्र हो हामीसंग - हाम्रा मनोभावनाहरु सापट लिन, दिन र चुक्ता गर्न। हामी अघाउन्जेल आजा हाम्रा दिलहरु साटौं; धेरै अरु रातहरु जस्तै आजको रात पनि हामी विताउँ - हाम्रो पारामा, फेरि भोलि कहाँ पाउँला र हामी यसरि संगसंगै न्याना पलहरु साट्न। मानौं आज घडीको सुइ रोकिएको छ, समय ठिंग उभिएको छ - किनकि हामी उभिएका छौं - हाम्रा भवनाहरु साट्न।

.............................
केहि मिठो वात गर
रात तेसै ढल्किदै छ,
भरे फेरि एकान्तमा
रुनु त छंदैछ।
.............................

सुर् न ताल्

   [ posted by SurNaTal @ 10:07 PM ] | Viewed: 3149 times [ Feedback]


:

   
Blog Type:: Diary
Sunday, September 02, 2007 | [fix unicode]
 

२०५४-३-१९, पुल्चोक होस्टेल।

मन नहुनु हो, भइदिन्छ; नसोच्नु हो दिमाग, सोचिदिन्छ; नरुनु हो दील, रोइदिन्छ; नसम्झनु हो याद, सम्झिइन्छ; नदुख्नु हो मुटु, दुखिदिन्छ; नफुट्नुहो भवनाको बाँध, भत्किदिन्छ। नबगे हुन्थ्यो त्यो खोला, त्यो समय, यो जिन्दगी; बगिदिन्छ। अविरल, अनिस्चित यात्रामा। सागर असिमित छ, मन असिमित छ, भवाना असिमित छ, भुगोल बिकराल छ, इतिहासको गहिरो महासागर अटल छ, अडिक छ। भाँडो खाली बन्दैछ। के गर्नु मेरो देशको त्यो चाँद, म तेहाँ छु भने, जहाँ आमाको सुवास छैन, मात्रित्व विलाएको छ।

एउटा दिन थियो, एउटा समए थियो, एउटा जिन्दगी थियो। यादहरु ताजै छन: उमँग थियो, जोस थियो, जाँगर थियो; खुशी, सुख, सन्तोश, लगभग पुर्णता थियो। तर जिवन रित्तिदै जानु रहेछ, सिध्धिदै जानु रहेछ। गाग्रोको पानी कसैको प्यास मेटाएर सकिएको हो। तर जिन्दगी अनायासै सुक्दै गएको छ। अहिले सुख्खा छ, मरुभुमी छ, म्रिगत्रिष्णा नमेटिन सक्छ। जन्मनु, बढ्नु, हुर्कनु, जवान अनि बुढो हुनु; पढ्नु, ज्ञान हासिल गर्नु, प्रबुद्ध हुनु; बाँच्नु, मर्नु। क्रमैसँग समए बुढो हुदै जान्छ। सायद समएलाई बुढो बनाएर म आफु त्यहाँ रहन चाहन्थेँ, सँधै, जहाँ उमँग थियो, तरँग थियो, जिवनमा रंग थियो। तर कहाँ सकिनु? करोडौं बर्ष बिते हुन्, अरबौं पुर्खाहरु विलाए हुन्। म कसरी यत्रो ठुलो बिषमता सिर्जन सक्थेँ र?

क्रमै सँग मितिहरु थपिदै गए जिवन इतिहासमा। सोचेको थिएँ होला, त्यो दिन, यो दिन, २००५४ - ३ - १९ गते, धेरै टाढा छ। त्यो कहिल्यै आउँदैन। म त्यहाँ पुगें भने त्यो चन्द्रमा भित्र पुग्नु हो। सुर्यको उज्यालो म भित्र जगमगाउने छ। तर सोचाइ, कल्पना, सपना सायद सपनै हो। सपना वालुवाको पुल हो; बनाउन धेरै सजिलो। तर कसैले पनि सहारामा तर्न नसक्ने। मेरो पुल पनि सायद भत्कियो, आज आएर। अनायासै फेरि जिन्दगीको वाटो हरायो। त्यहाँ, कहाँ कहाँ घना जंगलमा, भयानक जनावरहरुको दर्दनाक् आतंकहरुमा। अन्धकार औंसीको रात, सायद दियोमा तेल सकियो। फेरि कसैले भरिदिने हो कि होइन? अरुले भरिदिएको तेल असुध्द पनि हुन सक्छ। अनकन्टारमै बत्ती झ्याप्प हुन सक्छ। तथापी आफैँ तेल भर्न गाह्रो रहेछ। प्रयासरत छु। मात्रै प्रयास् - अनिस्चित्, असमर्थ पनि हुन सक्छु। सोचेको थिएँ, त्यहाँ पुग्नु कुवेत हो, तेलै तेल, बत्तीहरु जतततै वाल्न सकिने। सधै सबैतिर उज्यालै उज्यालो। तर आज तेहाँ पुग्दा, पानीको प्यास पनि विकराल् - नमेटिने। कहाँको उज्यालो होस्।

अरुको उज्यालोमा भर् पर्नु विलाउनु हो। उज्यालो पाउन त आफैँमा उज्यालोपना हुनुपर्छ। तर कसरी आफैँमा उज्यालो समेट्ने? खाडल अझै बढ्न थालेछ। ठानेको थिएँ - त्यहाँ प्रसस्तै माटो पाइन्छ। उर्वरा, रसिलो। जिवन हरियो बन्नेछ। रमाइलो बन्नेछ। लहलह जिवन फुल्नेछ। मानिसहरु रमाउनेछन् - ममा। म आफैँ रमाउनेछु - ममा। तर कल्पनाको संसार एउटा लाम्खुट्टेको टोकाइमा गर्ल्याम् गुर्लुम्म भत्किएछ। म आफैँमा भएको उर्वरत्व रित्तिदै गएछ। हरियाली हराउँदै गएछ। आज एक्कासी ब्यूँझदैछु। समएले परको नेटो काट्नै लागिसकेछ। कसरी रोक्ने, कसरी पक्डने? मन कुँडिएर आयो। मुटु चिरिदै आयो। अनि दुई शब्द यी पानाहरुमा पिल्सिए। बस्, २०५४ शालको आषाढ १९ गतेको साँझ बित्यो। Diploma in Engineering को अन्तिम दिन वित्यो। मैले पाइन, सायद गुमाएँ। सुत्नु छ, किनकि उठेर कहिँ पुगिएन, ब्युँझिएर केहि गरिएन। तथापि भोलि विहान ६-७ वजे आँखा खुलिदिन्छन्। खै किन? थाहा छैन। सायद तेसैले, पर्सि विहान एउटा परीक्ष्या छ, परीक्ष्यै परीक्ष्या को स्रिँखलामा अर्को एउटा ईँटा। तर घर पुरा हुन नपाउँदै धस्किने हो, भत्कने हो, खै के हो? भविस्यलाई तेहिं छाडौँ।

भविष्यको कल्पनामा वर्तमान् जतिसुकै गुन्जिएपनि, भुतका, इतिहासका कटु कथाहरु सदा ताजै रहनेछन्। मन सधै कुँडिएरै कुँदिनु पर्ने हो। बित्त्दै जाने छ जीन्दगी, जसै तसै।

बस्।

   [ posted by SurNaTal @ 05:06 PM ] | Viewed: 3200 times [ Feedback]


: