:: Blog Home       :: crazy_love ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: VIEW crazy_love's BLOGS
:: त्यही हो!
:: सम्झौता
:: शीर्षक जे पनि हुन सक्छ।-3
:: शीर्षक जे पनि हुन सक्छ।-2
:: शीर्षक जे पनि हुन सक्छ। - 1
:: परिचय?
:: "अपरेसन ००३" part - 4
:: "अपरेसन ००३" part -3
:: "अपरेसन ००३" part - 2
:: अपरेसन "००३" - part 1
:: सपना, उकालो र आस्था।
:: खाली पानाबाट......Part-2
:: खाली पानाबाट..................। Part-1
:: म भित्रको लेखकसङको अन्तरद्वन्द।
:: संयोग
:: केटीहरुलाइ मैले कहिले बुझ्न सकिन।(भाग-2)
:: केटीहरुलाइ मैले कहिले बुझ्न सकिन। (Part -1)
:: "रातो गुलाफ"
:: लौ म नसक्ने भए स्वीटी सङ....
:: उत्तर नभेटिएको प्रश्न
:: जलपरीको लुगा
:: मैले नभेटेको प्रेमी।
:: बिर्सन नसकिने पल
:: Apartment No. 6
:: 'हातमा लाग्यो शून्य'
:: झेल्ली झ्यालकुमार !
:: काउन्ट डाउनको नम्बर वान
:: My first love letter
:: सल्लुको कारण उसको हार्ट ब्रेक!
:: उसको खास नाम "अङुर" होइन.......
:: मलाइ पनि याद आयो त्यो आकाशे हिरोको,
:: शायद तिम्रो गाउँमा अझै हुरी चलेन...
:: ARCHIVES
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: December 2023
:: November 2023
:: October 2023
:: September 2023
:: August 2023
:: July 2023
:: June 2023
:: May 2023
:: April 2023
:: March 2023
:: February 2023
:: January 2023
:: December 2022
:: November 2022
:: October 2022
:: September 2022
:: August 2022
:: July 2022
:: June 2022
:: May 2022
:: April 2022
:: March 2022
:: February 2022
:: January 2022
:: powered by

Sajha.com

:: designed by
:

   
त्यही हो! [crazy_love's blog]
Blog Type:: Story
Friday, March 19, 2010 | [fix unicode]
 

   [ posted by crazy_love @ 10:08 AM ] | Viewed: 2304 times [ Feedback]


:

   
सम्झौता [crazy_love's blog]
Blog Type:: Story
Friday, August 21, 2009 | [fix unicode]
 

   [ posted by crazy_love @ 08:11 AM ] | Viewed: 3003 times [ Feedback]


:

   
शीर्षक जे पनि हुन सक्छ।-3 [crazy_love's blog]
Blog Type:: Blog
Monday, December 22, 2008 | [fix unicode]
 

"कि उषालाइ नैं भेटेर कुरा गर्ने हो?" सानी आमाले सजिलो उपाय बताउनु भयो।

"को उषा?" उसले सोध्यो।

"त्यही फोटोमा भएकी। म सोधुँ उषालाइ ? मेरी मिल्ने साथी की भान्जी हो उषा। " सानी आमाले कुरा धेरै अगाडी बढाउन खोज्नु भए जस्तो लाग्यो उसलाइ।

"अहिले पर्दैन, म पछि हजुरहरुलाइ खबर गरुँला।" भन्दै उ त्यहाँबाट निस्क्यो।


ढोका बाहिर के पुगेकोथ्यो, पछाडीबाट सानी आमा "ए बाबु! पर्ख पर्ख।" भन्दै आउनु भयो।

"झन्डै फोटो लान बिर्सेछौ।" उसलाइ अघिको खाम हातमा दिनु भयो सानी आमाले, उसले कति खेर सोफामा खसालेछ उसलाइ होशै भएन।

"एउटा कुरा थाहा पायौ?" उहाँले कसैले सुन्ला जस्तो गरी सानो स्वरमा भन्नु भयो।

"के कुरा?" उसले पनि सानै स्वरमा सोध्यो।

"गाइनेले मरुन्जेल पिट्छ रे नि नखरमाउलीलाइ। ठिक्क पर्यो त्यो नकचरीलाइ। कुकुरलाइ घिउ नपचेको। राम जस्तो लोग्ने छोडेर गुन्डासङ पोइला गएकी थी।" सानी आमा खुशी देखिनु हुन्थ्यो।

उसलाइ त्यो कुरा बिस्वास लागेन। साक्षी र सानीआमाको माइत एकै ठाँउमा थियो। साक्षी पोइला गएपछि त हरेक कुराहरु यसरी नैं आइपुग्थ्यो उ सम्म।

"ह्या, हल्ला नैं बढी हुन्छ हजुरहरुको माइती गाँउमा। लोग्ने स्वास्नीको घर झगडा जस्तो कुरा पनि काँ बाट थाहा पाउनु भयो नि हजुरले चाहि??" अरु कुरा फुस्काउन खोज्यो उसले।

" मिनु, क्या त मिनु ! मेरी भदैनी, हो उसैको टोलमा डेराँमा बस्छन् रे आजकाल गाइने र साक्षी। दिनहुँ झगडा गर्छन् रे, घरबेटी नैं छुटाउन जानु पर्ने गरि।“ त्यो भन्दा बढी उसलाइ केहि सुन्न मन लागेन।

"ढिलो भयो मलाइ" भनेर निस्क्यो उ त्यहाँबाट।

क्रमश:


भाग- १२
त्यो दिन बिबेकले फोन गरेको थ्यो उसलाइ, कबिता भैरहवा नै जाने भै रे, उतै राम्रो काम पाइ रे। जानु अघि उ सङ भेट्छु भन्दै थी रे। अब कहिले फुर्सद हुन्छ भनेर सोध्दैथ्यो बिबेकले उसलाइ, उसले दुइ हप्ता कामको ओइरो छ भनेर टार्यो। बिबेकले शंका गर्दै भन्यो।
"के हो तेरो लव सब त पर्न थालेन? म सङ लुकाउनु पर्ने जस्तो त लाग्दैन।"
"होइन, होइन। घरमा पनि बुबालाइ सघाइराको छु अहिले।" उसले पनि झुठ बोल्यो, प्रेममा हर कुरा जायज हुन्छ।
"कि बिहेमा मात्र जन्ती बोलाउने हो? म त त्यस्तो गरिस् भने तेरो बिहेमा आँउदिन नि।" बिबेकले कुरा निस्किन्छ कि भनेर जिस्कियो।
"यदि मैले बिहेको कुरा नैं तंलाइ थाहा दिन भने नि।" उसले पनि ठट्टा गर्यो।
"के रे ? के भन्छ यो ? कि फेरि ...................?" बिबेकले अँध्यारोमा गोली हान्यो।
"बिबेक! म साक्षीलाइ अझै माया गर्छु। उ सुखी छैन।"
"हुतिहारा ! नामर्द ! तं आफै आफ्नो जिन्दगी बर्बाद गर्दैछस्। त्यसलाइ फेरि ल्याउने हो भने म मरें भनेर सम्झिनु।" बिबेकले उताबाट लाइन काटिदियो। सबै भन्दा मिल्ने साथी पनि रिसायो साक्षीको कारण। भोलिपर्सि घरपरिवार पनि पर होलान्, के त उ अझै साक्षीलाइ चाहन्छ? सबैसङ बैरी भएर साक्षीलाइ फेरि अपनाउन चाहन्छ? यो नाम नभएको सम्बन्ध अब कहाँ पुगेर टुगिन्छ त? उ दिनभरि त्यही प्रश्नहरुसङ लुकामारी गरेर बस्यो।
साँझ मांहाकालथान पुग्दा साक्षी उसैलाइ कुरेर बसेकी थी।
"तिम्रो र मेरो मन्दिर दर्शन गर्ने समय पनि एउटै हुँदो रैछ है साक्षी?" हिजो बेलुकीको साक्षीको रिस सम्झेर भन्यो।
"आज तपाइसङ मेरो एउटा कुरा छ।" साक्षी उदाश देखिन्थी हिजो अस्ति भन्दा।
"भन न। के कुरा हो त्यस्तो?" मन्दिर दर्शन गरेर बाहिर निस्किदाँ उसले सोध्यो।
"कुनै ठाँउमा बसेर कुरा गरौं।" साक्षीको अनुरोधले उसलाइ एकछिन आश्चर्यमा पार्यो। हिजो राति कहिले नभेट्नी भनेको मान्छे आज आफै कुरा गर्ने त्यो पनि कतै बसेर भन्दैथी। उसको कानलाइ भ्रम भाको जस्तो भयो। उनिहरु हिंड्दै त्यही इन्द्रचोकको होटेलमा पुगे जहाँ उसले साक्षीलाइ २ महिना अघि अचानक देखेको थ्यो।
"म बाबाको घर फर्किन चाहन्छु।" चिया अर्डर गर्नासाथ साक्षीले भनी।
"अनि ?" उसले प्रश्न गर्यो।
"बाबा र मुमा फोनमा पनि कुरा गर्नु हुन्न मसित। म उहाँहरु सङ माफी माग्न चाहन्छु। मैले गर्दा उहाँहरुको ठुलो बेइजत्ती भयो। मेरो आफ्नै जीबन पनि अस्तब्यस्त छ। मैले ठुलो गल्ती गरें, आफ्नो गल्तीको सजाँय पनि भोगें, अझै कति भोग्नु पर्छ त्यो थाहा छैन। अबदेखि म उहाँहरुले जे भन्नु हुन्छ त्यही गर्छु। म बाबाको घरमा जान चाहन्छु सधैको लागि।" साक्षी पीडा छचल्किएर पोखिन लागेका आँखाका डिलहरु पुछ्दैथी।
"मैले के गर्नु पर्यो त?"
"तंपाइले उहांहरुलाइ साक्षी फर्किन चाहन्छे, आफ्नो गल्तीको पस्चाताप गर्न चाहन्छे भनिदिनु भयो भने उहाँहरुले मलाइ घरमा आश्रय दिनु हुन्छ। तंपाइको कुरा सुन्नुहुन्छ।"
"त्यो भन्दा पहिले मेरो कुरा सुन साक्षी!"
" भन्नुस्!" उ आज्ञाकारी बालक झैं निहुरिएकी थी।
"मैले तिमीलाइ पहिलो दिन पनि सोधेको थे। तिमी खुशी छौ भने मेरो भन्नु केहि छैन। तर तिमीले केहि भनेनौ।"
"म जस्तो केटीको सुख र दुखको के कुरा? एउटा हुरीले उडाएको फुल जस्तो न बोटमा हाँसेकी थी न पत्कर भएर रमाउन सकी।"
"तिमी सुखी छैनौ म सुखी छैन भने, हामी दुबै फेरि किन प्रयाश नगर्ने एकचोटि।"
"असंभब! यो संभव छैन।" साक्षी एकै सासमा बोली।
"किन ? कसरी ?" उसले केहि बुझेन।
"म आफ्नै आँखाबाट झरिसकेकी छु। त्यो कहालीलाग्दो बिगत भुत जस्तो लखेटी रहनेछ तंपाइलाइ अनि मलाइ अबिस्वास, शंका र त्रासदी बनेर।" साक्षी "हुनै सक्दैन" भनेर टाउको हल्लाइ रहेकी थी।
"बुबाले मलाइ २ हप्ताभित्र अर्को बिहेको निर्णय गर्ने म्याद दिनु भएको छ। शायद यो हाम्रो अन्तिम भेट हुन सक्छ। अबदेखि म तिमीलाइ घरिघरि पछ्याइ रहने छैन। तिम्रो सम्झनाले मात्र मेरो जिबन बित्दैन नि, हैन त?" उसले साक्षीलाइ हेर्यो।
"हो त ! तँपाइले अर्को बिहे गर्नु पर्छ। सबै म जस्तो बिस्वास्घाती हुदैनन्। मैले तँपाइसङ सात जुनी क्षमा मागे पनि मेरो पाप माफी हुँदैन"। साक्षी अझै पस्चातापको भुमरीमा घुमिरहेकी थी।
"मलाइ अर्को बिहेको चिन्ता छैन। तिमी र म नैं एक अर्काको सहायक बनेर जिबन बिताउन सक्छौं भने यो अर्को बिहेको नाटक फेरि किन गर्नु पर्यो?" उ एकछिनलाइ चुप भयो। साक्षी केहि बोल्छे कि भनेर कुर्यो। साक्षी धेरै बेरसम्म नबोलेपछि फेरि उसले भन्यो।
"म यो जटिल सम्बन्ध, मेरो एकोहोरो पागलपन र तिम्रो समस्या सबैको उपचार चाहन्छु।"
"मतलब?" साक्षी अन्योलमा थी।
"तिमीसङको यो घिट्घिटिएको सम्बन्धलाइ नयाँ दिशा दिन चाहन्छु। मेरो घर तिम्रो प्रतिक्षामा छ। म तिम्रो लागि अल्झिएको जिबन सम्हालेर बसेको छु। अझै पनि म तिम्रो भाबनाको कदर गर्छु। तर तिमीले मैले चाहे जस्तो गर्नु जरुरी छैन। यदि तिम्रो म प्रति अलिकति पनि भाबना छैन भने र मेरो घर फर्किनै मन लाग्दैन भने हामी अर्को चोटिदेखि देखे पनि नदेखेको जस्तो गरौं। मानौं हाम्रो कहिले बिहे भएकै थिएन, म तिमीलाइ चिन्दिन र तिमी मलाइ चिन्दिनौ।"
साक्षी सुंक्क सुंक्क गर्दै थी।
"म तिमीलाइ एक हप्ताको समय दिन्छु।" उसको कुरा सुनेर साक्षी झस्की।
"एक हप्ता? के को लागि?"
"तिमी मेरो जिबनमा आउन चाहन्छौ वा.................. " उसले बाक्य पुरा गरेन।
"म यो अबस्थामा केहि भन्न सक्दिन।" साक्षी थाकेकी थी।
"ठिक छ। तिमी सङ भोली देखि सात दिन बाँकी छ, मेरो मोबाइल नम्बर चेन्ज भएको छैन। म तिम्रो उत्तरको प्रतिक्षामा छु।"
उनिहरु त्यो साँझ बाटोभरि नबोलेरै बिदा भए।
क्रमश:
भाग-१३

एकहप्ता सकिएर त्यसको दुइ दिन पछि उ पोखरा बसपार्कमा साक्षीको प्रतिक्षामा थ्यो। साँझ ८ बजे आइपुग्ने भनेको बस बन्दमा परेर लगभग ९ बजे आइपुग्यो। उसले साक्षीलाइ सङै प्लेनमा जाने भनेकोथ्यो, तर साक्षीले अरुले थाहा नपाउन् भनेर बसबाट आउने निर्णय गरेकी थी। बसबाट झर्दा साक्षी धेरै थाकिएकी जस्तो देखिन्थी। बसपार्कबाट होटेलसम्म पुग्न २० मिनेट लाग्यो। कोठामा पुग्दा उसको शरीरमा रुमानी तरङहरु बग्न थालेका थे। बन्द कोठा, एकान्त परिबेश र अब्यक्त चाहनाहरु गतिशिल हुन खोजीरहेका थिए। साक्षी सम्पुर्ण रुपमा उसकी थी, केबल उसकी मात्र। उनिहरुको संसार रङिबिरङी फुलहरुको मिठो सुबासले मगमगाउन थालेको थ्यो। साक्षी ब्यागबाट सफा लुगा झिकेर नुहाउन जान लागेकी थी। उसले आफ्नो मनमा उर्लिरहेको रहरहरुलाइ अरु नियन्त्रण गर्न सकेन। बाथरुम पस्न लागेकी साक्षीको हात समातेर आफु नजिक तान्यो उसले। साक्षीले थकाइ लागेको छ, नुहाएर आँउछु भनेर हलुका तरिकाले उसको हात छुटाइ।

साक्षी नुहाएर आँउदा उ बेलुकीको खानाको लागि "रुम अर्डर" गरिरहेकोथ्यो। साक्षी खाना खान मन छैन "चिकेन सुप" मात्र खाएर आराम गर्छु भन्न थाली। उसले सोच्यो साक्षी थाकेकी छ, एकछिन आराम गर्छे भनेर उ तल रेस्टुरेन्टमा खाना खान गयो र साक्षीको लागि चिकेन सुप कोठामा पठाइदियो। साक्षी अब सधैं उसैको हो, उसलाइ लाग्यो मायाको लागि प्रशस्तै समय छ।

खाना सकिएपछि उ केहि समय तल बंगैचामा टहल्यो, एकछिन भएपनि साक्षी आराम गरोस् भन्ने सोचिरहेको थ्यो। भित्रभित्र पुनरमिलनको चाहनाले खुशी भैरहेको थियो। बिहेको पहिलो रात जस्तो लागिरहेको थ्यो उसलाइ त्यो रात। साक्षी कसरी खुम्चिएकी थीइ पहिलो रात, उसको दिमागमा दुलही बनेर खाटको एउटा छेउमा लजाइरहेकी साक्षीको तस्बीर नाच्न थाल्यो। त्यो मधुर सम्झनाले मात्र पनि उसको शरीर झनझनाउन थाल्यो। पहिलो स्पर्श, नयाँ अनुभुति र भयले काँपीरहेकी साक्षीको मुटुको ढुकढुकी सम्झिदाँ उसको शरीरमा उन्माद छाउन लाग्यो। उ तुरुन्तै कोठामा फर्क्यो, साक्षी अर्धनिद्रामा थी। आकासी नाइट गाउनमा साक्षीको शरीरबाट मादकता छचल्किरहेकोथ्यो। खाटमा पल्टिन लागेकी साक्षीलाइ उसले बिस्तारै जिस्काउन थाल्यो। शुरुमा साक्षी निद्रा लाग्यो भन्दैथी, तर पछि चुप लागी। साक्षीको कोमल शरीरमा उसका हातहरु अनायासै दौडिन थाले। साक्षी बिस्तारै लट्ठिन थाली। उ साक्षीको अधरमा प्रेमका फुलहरु बर्साउन थाल्यो, साक्षी मदहोश हुन थाली। उसको ओठंहरु साक्षीको कोमल घाँटितिर सलबलाइ रहेको थ्यो, साक्षी आफ्नो थकित शरीरलाइ बिस्तारै समर्पित गरिरहेकी थी।।

"उफ्फ् ! कस्तो गार्हो भयो।"
अकस्मात उ निस्सासियो, साक्षी जुरुक्क उठी, उ उठ्न सकेन, ओछ्यानमा दुइ हातले टाउको समाएर पल्टिरह्यो।

"के भयो तपाइलाइ ?" साक्षी डराएकी थी।

"रिङटा लाग्न थाल्यो।" उ आँखा बन्द गरेर बसेको थ्यो।

"चिसो पानी पिउनु हुन्छ?"

"म हल्चल गर्नै सक्दिन। फन्फनी घुमाइरहेको छ।"

"कोठा गुम्म भएर होला।" साक्षीले झ्याल खोली सरर चिसो बतास कोठा भित्र पस्यो। साक्षी बिस्तारै उसको छातीमा मालिश गर्न थाली।

"यो के को गन्ध आयो?" उसले साक्षीको हातलाइ झट्कार्दै भन्यो।

"मेरो हातमा त केहि छैन।" साक्षी आफ्नै हात सुँघ्न थाली।

"तिम्रो हात मात्र होइन, कोठैभरि स्वाश फेर्न नसकिने दुर्गन्ध छ साक्षी। तिमी पर गएर बस।"

"खोइ ! मलाइ त त्यस्तो महसुस भएको छैन।" भनेर साक्षी "रुम स्प्रे" गर्न थाली।

"साक्षी ! प्लिज केहि स्प्रे नगर। म सहनै सक्दिन यो दुर्गन्ध।" उ बिस्तारै सिरानी उठाएर बस्यो।

साक्षीले बाथरुममा चेक गरी, कोठाको कुना कुना हेरी, त्यस्तो केहि भेट्टाइन जसको दुर्गन्ध उ महसुस गरिरहेको थ्यो।

"शायद तिम्रो शरीरबाट आएको दुर्गन्ध हो यो।" उसले नाक खुम्च्याँउदै भन्यो।

"म अघि भर्खर नुहाएकी।" त्यसपछि आफ्नो अस्तब्यस्त नाइट गाउनलाइ मिलाउन थाली। साक्षी आफ्नो कपाल सुंघ्न थाली। “श्याम्पु पनि उहि हो, गन्ध छैन त।“

"तिम्रो शरीरमा असहनीय दुर्गन्ध छ साक्षी!"

साक्षी उसलाइ टुलुटुलु हेरीरही।

"तिम्रो शरीरमा "गाइने"को गन्ध छ।" उसले बास्तबिकता पोख्यो।

"यो शरीर मात्र हो। यो नाशवान शरीरमा कसैको सुगन्ध वा दुर्गन्ध रहदैंन।" अलि अलि कुरा बुझी साक्षीले।

"साक्षी ! तिम्रो शरीर सिनो जस्तो दुर्गन्ध फैलाइरहेको छ।। म तिमीलाइ माया गर्न सक्दिन।" उसले साक्षीको छातीमाथि ठुलो ढुङा खसाल्यो। साक्षी मर्माहत भइ।

"हे भगवान !" आकाशतिर हेर्दै साक्षी पुकार्न थाली।

"मलाइ माफ गर साक्षी ! तिम्रो उपस्थितिले यो कोठा पुरै दुर्गन्धित भएको छ। मलाइ गार्हो भएको छ।"

"तपाइ मलाइ मात्र होइन, आफुलाइ पनि माया गर्न सक्नु हुन्न।" साक्षी आँखाबाट आफ्नो गालामा बग्न थालेको आँसु पुछ्न थाली।

"के हो माया?" उसले सोध्यो।

"माया आफै महसुस गरिने भावना हो। तर तपाइमा त्यो बुझ्न सक्ने क्षमता छैन। तपाइ पहिले पनि रित्तो हुनु हुन्थ्यो। यी भित्ताहरु जस्तै चिसो हुनुहुन्थ्यो। अहिले पनि त्यस्तै हुनु हुन्छ। तपाइ मानबिय संबेदना नभएको खाली मान्छे। हे भगवान ! मैले फेरि किन गल्ती गरे?" त्यतिबेला साक्षीले आफ्नो रुवाइलाइ अरु रोक्न सकिन, कोठामा साक्षीको हिक्काहरु निर्बाध छुट्न थाले।

"माया खोक्रो “शब्द” मात्र हो साक्षी, साँच्चैको भाव होइन। यदि माया भन्ने चिज भएको भए किन जन्म दिने आमा मलाइ सानैमा छाडेर अरुसङ किन जानु हुन्थ्यो?” उ भाबबिहिन देखिन्थ्यो।

"तपाइंले कारण होइन, परिणाम मात्र देख्नु भएको छ। कुनै कारण नभै घटना घट्दैन।" साक्षी बेला बेलामा हिक्क हिक्क गर्दैथी।

"के हो कारण ? एउटा नवजात शिशुलाइ टुहुरो बनाएर अर्को सङ जानु कस्तो बिडम्बना हो?" उ जवाफ माग्दैथ्यो।

"उहाँमाथि अत्याचार भएको थ्यो। ठुल्दि भन्नु हुन्थ्यो, नन्द, आमाजु, सासु ससुराहरु सबै मिलेर तपाइकी आमामाथि अन्याय गर्थे, तपाइको बुबालाइ कुरा लाँउथे, अनि बुबा उहाँलाइ पिट्नु हुन्थ्यो। उहाँलाइ नोकर भन्दा बढी काम लगाउथें, कहिलेकहिं त सानो सानो काम बिगार्दा सजाँय पनि पाउनु हुन्थ्यो। कति दिनसम्म खान पाउनु हुन्थेन। त्यो बेला उहाँको दुख सुन्ने कोहि थिएन। त्यसैले उहाँ बाध्यताले गर्दा घर छोड्नु पर्यो। तपाइलाइ उहाँबाट खोसिएर ल्याइएको हो। उहाँले तपाइलाइ छोड्नु भएको होइन।" साक्षी रोक्किदैं, बिच बिचमा रुँदै , बोल्दै गर्दैथी।

क्रमश:


भाग-१३
"के हो कारण ? एउटा नवजात शिशुलाइ टुहुरो बनाएर अर्को सङ जानु कस्तो बिडम्बना हो?" उ जवाफ माग्दैथ्यो।

"उहाँमाथि अत्याचार भएको थ्यो। ठुल्दि भन्नु हुन्थ्यो, नन्द, आमाजु, सासु ससुराहरु सबै मिलेर तपाइकी आमामाथि अन्याय गर्थे, तपाइको बुबालाइ कुरा लाँउथे, अनि बुबा उहाँलाइ पिट्नु हुन्थ्यो। उहाँलाइ नोकर भन्दा बढी काम लगाउथें, कहिलेकहिं त सानो सानो काम बिगार्दा सजाँय पनि पाउनु हुन्थ्यो। कति दिनसम्म खान पाउनु हुन्थेन। त्यो बेला उहाँको दुख सुन्ने कोहि थिएन। त्यसैले उहाँ बाध्यताले गर्दा घर छोड्नु पर्यो। तपाइलाइ उहाँबाट खोसिएर ल्याइएको हो। उहाँले तपाइलाइ छोड्नु भएको होइन।" साक्षी रोक्किदैं, बिच बिचमा रुँदै , बोल्दै गर्दैथी।

उ एकछिन घोत्लियो, फेरि बोल्यो।

"अनि तिमी ? तिमीलाइ कसले अन्याय गरेको थ्यो साक्षी?" उ एक्टक साक्षीलाइ हेरिरहेकोथ्यो।

"तपाइ मेरो भाबनाहरुलाइ पिट्नु हुन्थ्यो,कुल्चिनु हुन्थ्यो र मिलनको त्यो अन्तरङ क्षणमा पनि तपाइ मलाइ पीडा दिनुहुन्थ्यो, सट्टामा आफु मात्र सन्तुस्ट भएर सुत्नु हुन्थ्यो। लोग्नेसङको मायाले मलाइ कहाली लाग्दो दुखको रात फर्काँउथ्यो।"

“" बन्द गर यी रङ न ढङका कुराहरु। म केहि पनि सुन्न चाहदिन। तिमीलाइ नयाँ लोग्ने चाहिएकोथ्यो, त्यसैले तिमीले आफुलाइ निर्दोष साबित गर्ने राम्रो बहाना बनाएकोछौ।" उ रिसले आँखा नदेख्ने भैसकेकोथ्यो।

" तपाइ र ढुङामा केहि फरक थिएन। यी मेरो यही शरीरलाइ निचोर्न, चिथोर्न र तहसनहस गर्न चाहनु हुन्थ्यो तर मनलाइ छुने प्रयाश गर्नु हुन्थेन। मेरो रहर तपाइसङ मायामा चुर्लुम्म डुब्न चाहन्थ्यो, तपाइ मलाइ डुबुल्कि मार्नु अघि सतहमा फालिदिनुहुन्थ्यो। मेरो मन तपाइंसङ आत्मियता खोज्थ्यो। शरीर तपाइं अङाल्नु हुन्थ्यो तर तपाइको मनसम्म पुग्न नसक्ने गरी पर्खाल बनाउनु हुन्थ्यो। म तपाइसङ जिबन बाँच्न चाहन्थे तर तपाइ हरेक चोटि मलाइ "निषेधित क्षेत्र" भित्र प्रबेश रोक गर्नु हुन्थ्यो। हामी एकै छतमुनि अपरिचित भएर बाँचेका थ्यौं। तपांइ आफ्नी आमालाइ जस्तै मलाइ पनि हेला गर्नुहुन्छ। तपाइ पहिले पनि असुरक्षित हुनु हुन्थ्यो, अहिले पनि हुनुहुन्छ।“

" चरित्रहिन आइमाइ ! मलाइ तिम्रो अरु कुरा सुन्ने रहर छैन। यो कोठामा तिमी रहुन्जेल म स्वास फेर्न सक्दिन। प्लिज! तिमी बाहिर जाउ।"

"बाहिर अध्याँरो छ।" भन्दै साक्षी रुन थाली।

"के तिमी मलाइ अझै यातना दिन चाहन्छौ? प्लिज ! साक्षी ,तिमी जाउ। अध्याँरोले तिमीलाइ खाँदैन।“

"यो ठाँउ मेरो लागि नौलो छ। म भोलि बिहान सबेरै जान्छु। अहिले रातको १२ बज्न लाग्यो।" साक्षी बिन्ती गर्न थाली।

"अहँ, हुँदै हुदैन। भोली बिहान सम्म दुर्गन्धको कारण गर्दा म मरिसकेको हुनेछु। तिमी अहिले नैं जाउ।“

साक्षी झोलामा लुगा मिलाउन थाली।

"साक्षी ! किन अटेर गरेर बसेकी? तिमी निस्किहाल।" उसले उठेर साक्षीलाइ घिसारेर बाहिर निकाल्यो र भित्रबाट चुकुल लगायो।

रात गहिरिदैंथ्यो, एक्दम शान्त र स्थिर।




समाप्त!

   [ posted by crazy_love @ 01:51 PM ] | Viewed: 2707 times [ Feedback]


:

   
शीर्षक जे पनि हुन सक्छ।-2 [crazy_love's blog]
Blog Type:: Blog
Monday, December 22, 2008 | [fix unicode]
 

"ठिकै छ तेरो आफ्नो खुशी। के त "ब्लाइन्ड डेट" को लागि तयार छस् त?"
"मलाइ केहि समय दे। म तँलाइ त्यसपछि खबर गर्छु।" उ जिबनमा अगाडी बढ्न तयार भयो।
साक्षीको सम्झनालाइ छोपेर उ नयाँ गन्तब्यको लागि बढ्दैथ्यो। बागबजार र इन्द्रचोकको होटेलले उसलाइ बारम्बार तान्ने गर्थ्यो, उ अरु केहि बहाना गरेर ती बाटोहरुलाइ छल्दै हिड्थ्यो।
एक हप्ता पछि ठमेलको क्याफेमा उ कसैलाइ कुरि रहेकोथ्यो। बिबेकले उनिहरुको लागि बिशेष टेबल तयार गरेको थ्यो। कौसी नजिकैको त्यो टेबलबाट तल ठमेलमा हिँडीरहेका मायालु जोडीहरु देखिन्थे, पर्यटकहरु पसलहरु चाहार्दै गरेको देखिन्थ्यो, साना बच्चाहरु पोस्टकार्ड बेचिरहेका हुन्थे। साँझमा ठमेल कुनै "रात्रि बजार" जस्तो ब्यस्त देखिन्थ्यो। क्याफेको ढोका खोलेर निलो जिन्स् र कालो टी- शर्ट लगाएकी, छोटो कपाल भएकी एक युबती उनिहरु तर्फ आइ, बिबेक अघि बढ्यो र हात मिलायो। उसको मुटु तेज हुन थाल्यो, बिबेकले त्यो युबतीलाइ उसकै नजिक ल्याइसकेको थ्यो।
"उसको नाम................" बिबेकले युबतीको नाम भन्न लागेको थ्यो।
"कबिता" युबती आफैले हाँस्दै भनी।
क्रमश:
भाग-७
"उसको नाम................" बिबेकले युबतीको नाम भन्न लागेको थ्यो।
"कबिता" युबती आफैले हाँस्दै भनी।
नेपाली शब्दकोषमा खडेरी पर्न थालेछ, मान्छेको नाम पनि कबिता। मनमनै सोच्न थाल्यो उ। सुनिता, बिनिता, लता नभएर किन कबिता राख्नु पर्या होला नाम पनि। त्यसो भए कसैले लेखेको कबितालाइ चाहि के भन्ने नि? "अनिता"? आफ्नै बिचारमा जेलिन थाल्यो उ त्यहाँ।
बिबेकले कबिता बस्ने मेच पछाडी तानेर कबितालाइ बस्न सजिलो बनाइद्यो र एकचोटि उसलाइ घुरेर हेर्यो। उसले बिबेकको घुराइ बुझेन।
"तर मलाइ कबिता लेख्न आँउदैन।" कबिता आफैले उसको सोचाइमा अर्धबिराम लगाइदी।
"म पनि बुझ्दिन कबिता।" उसले कबितालाइ सजिलो बनाइदियो।
"कबिता लेख्न, बुझ्न र त्यसको गहिराइमा डुब्न अलिकति पागलपन चाहिन्छ रे।" बिबेक अझै उठिरहेको थ्यो।
"अलिकति होइन होला, पुरै पागल हुनु पर्छ होला।" कबिताले आफ्नो बिचार राखी।
"कसरी?" उसले कबितालाइ सोध्यो।
"किन भने म आधा पागल नैं छु नि, खोइ त अझै पनि मलाइ कबिता लेख्न आँउदैन।" कबिताको कुरा सुनेर सबैजना हाँसे एकछिनलाइ।
"त्यसो भये आज अर्ध पागलहरुको भेला हुने दिन रहेछ।" बिबेकले उसलाइ छड्के हेर्दै भन्यो।
"चिया, कफी के लिने?" बिबेकले दुबैलाइ सोध्यो। उसले कफी मगायो, कबिताले पनि "त्यही" भन्दै टाउको हल्लाइ। उ के कुरा गर्ने भनेर सोच्न थाल्यो। बिबेक गएपछि कबिता उसलाइ हेर्दै बाहिर हेर्दैथी।
" तिमी के गर्छौ?" उसले कबिताको काँधसम्म खसेका एकआपसमा अल्झेका कपाल हेर्दै भन्यो।
"मतलब?" कबिताले राम्ररी बुझिन क्यारे।
"काम गर्छौ कि पढ्दैछौ भनेर सोधेको। भन्न मिल्दैन भने भै हाल्यो।" उसलाइ अलिकति अप्ठ्यारो प्रश्न सोधेको हो कि जस्तो लाग्यो।
"म गफ गर्छु।" कबिता हाँसी।
"त्यो त सबैले गर्छन्।" उसले पनि तुरुन्तै जवाफ दियो।
"म गफ गर्ने काम गर्छु। भनेको मतलब "परामर्शदाता"(counsellor)।" कबिताले छर्लङ पारी।
"कसलाइ दिने परामर्श? के बिषयमा?" उसलाइ कबिताको काम अनौठो लाग्यो।
"जो परामर्श लिन आँउछन्, प्राय बैबाहिक सम्बन्धको बारेमा हुन्छ। हुन त म युबाहरुलाइ पनि जीबन उपयोगी सीपहरुबारे परामर्श दिन्छु। तर धेरै जसो बैबाहिक समस्या लिएर लोग्ने स्वास्नीहरु आउने क्रम बढेको छ आजकल।" आफ्नो पेशाबारे कुरा गर्दा कबिताको आँखामा सन्तुस्टी झल्किएको देखिन्थ्यो।
उ एकछिन चुप लाग्यो। कतै बिबेकले जानी जानी कबितासङ भेट गराइदेको त होइन? के कबितालाइ उसको र साक्षीको सम्बन्धको बारेमा पनि थाहा छ?
"बिबेकले तिमीलाइ मेरो बारेमा केहि भनेको त छैन?" उसले शंका लुकाउन सकेन।
"बिबेकलाइ मेरो कामको बारे केहि थाहा छैन। हामी एउटा साथीको पार्टीमा भेटेकाथ्यौं। त्यतिकै कुरै कुरामा म काठमान्डुमा एक्लो भएको छु भन्दा उसले तिमीसङ भेट भनेर मात्र सुझाब दिएको हो। खासै मेरो बारेमा पनि उसलाइ केहि थाहा छैन र तिम्रो बारेमा पनि मैले केहि सोधिन। कुनै दोस्रो ब्यक्तिसङ सोध्नु भन्दा हामी एक अर्कासङ कुरा गर्दै जाँदा सबै कुरा थाहा भैहाल्छ नि। तिमीलाइ केहि सोध्नु छ भने सोध मेरो ब्यक्तिगत जीबनबारे।" कबिताको कुरा सुने पछि उ ढुक्क भयो।
"जटिल सम्बन्ध लिएर आउने मान्छेहरुलाइ तिमी कसरी मद्दत गर्छौ त?" उसलाइ कबिताको काम नै मन पर्यो, अरुलाइ सहयोग गर्ने त्यो पनि सम्बन्ध जस्तो गम्भिर मामिलामा।
"समस्या र समाधान उनिहरुसङै हुन्छ। मैले त उपायहरु पहिल्याउन मद्दत गर्ने हो, बाटोहरु कोर्न सघाउने मात्र हो। निर्णय उनिहरुकै हुन्छ।
"के उनिहरुको सम्बन्ध सुध्रिन्छ त तिम्रो परामर्शपछि?" उ झन उहि बिषयमा जोड दिन थाल्यो।
"सुध्रिने र बिग्रिने भन्दा पनि उनिहरु स्पष्ट हुन्छन् सम्बन्धबारे। कुनै सकिन्छन्, कुनै फेरि बन्छन्, कुनै नबनि निसास्सिरहन्छन्। त्यसमा मेरो परामर्श भन्दा पनि उनिहरुको उत्प्रेरणाको भुमिका रहन्छ। बाताबरण र सम्बन्धको बनावटमा पनि भर पर्छ। यही हुनु पर्छ भन्ने हुँदैन।"
"लोग्नेमान्छे र स्वास्नीमान्छे दुबैको दाँजोमा को भट्किन्छन् धेरै जस्तो सम्बन्धमा?" उसको प्रश्नले कबिता एकछिन टोलाइ।
"म लोग्नेमान्छे वा स्वानीमान्छे भन्दा पनि मान्छे भन्न रुचाँउछु। कुनै मान्छेलाइ खराब वा असल भनेर मेरो पेशाले छुट्याउन दिदैंन। मान्छेहरु मन र मस्तिष्क को सहकार्यमा जिन्दगीलाइ परिभाषित गर्छन्। त्यस्मा कहिले मनले आधिपत्य गर्छ कहिले बिचार। परिस्थिति, आबश्यकता, भावना, असन्तुस्टी र अभाब जस्ता अन्य कारणहरुले गर्दा कोहि पनि कुनै बेला चिप्लिने संभाबना हुँदैन भन्न सकिदैन। तर ती सबै कुराहरुलाइ अबलोकन गर्ने क्षमता कमैमा हुन सक्छ। कोहि चिप्लेर सम्हालिन्छन् भने कोहि उठ्दै लड्दै गर्छन्। यी सबै कुरा समाजले तोकिएको नियमभित्र स्वीकार्य हुँदैन। त्यसैले सम्बन्ध झन जटिल हुँदै जान्छ।" कबिताको कुराहरु झन् रमाइला लाग्न थाले उसलाइ। उसले साक्षीलाइ "मान्छे" मात्र सम्झ्यो एकछिनलाइ, खराब वा असल भन्दा पनि सामान्य मान्छे।
बिबेकले कफी पठायो। कबिता कफी पिउन थाली। उसले सोचे जस्तो कबिताले उसको बारेमा केहि सोधिन। शायद कबिता उसलाइ मन पराउदिन। हुन सक्छ उसको प्रश्नहरु केलाँउदै उसको अनुहारको भाब पढिरहेकी छे। कबितालाइ केहि नभने पनि सबै कुरा बुझ्छे, उ मान्छेको मन र मस्तिष्कको जालोलाइ हरेक दिन नजिकैबाट नियाल्छे। शायद उ कसैले मुख खोल्नु अघि नैं अभिप्राय बुझ्छे होला।
सन्दर्भलाइ मोड्न उसले फेरि कुरा शुरु गर्यो।
"तिमी मलाइ केहि सोध्न चाहदैनौं?"
"आज त मेरो मात्र अन्तर्बार्ता होला भनेर।" कबिताको ठट्टा गर्ने बानी पनि मन पर्यो उसलाइ।
"तैपनि होला नि तिम्रो पनि प्रश्न हरु।" उ कफी पिउँदा गार्हो भए जस्तै गरी बोल्यो।
"अर्को चोटि सोधुँला नि, हुँदैन?" कबिताले जिस्किदैं "अर्को चोटि" लाइ अलि ठुलो स्वरमा भनी। उ हाँस्यो र बिश्वस्त भयो, कबितालाइ दिक्क पारेको रहेनछ भनेर। कुरै कुरामा कबिताको घर, परिबारको कुराहरु निस्क्यो। घरले खोजेको केटाहरुले कबितालाइ मन पराउदैनन् र उसले मन पराएको केटाहरुले उसलाइ मन पराँउदैनन् रे। उसको बुबा आमा र दुइ भाइहरु भैरहवामा रहेछन्। उ केबल साथी मात्र चाहन्छे अहिलेलाइ। काठ्मान्डुको ब्यस्ततामा कहिले काहिँ कुरा मिल्ने साथी मात्र। केहि बेर उसले आफु के गर्छ? कहाँ बस्छ? भन्ने कुरा बतायो। तर उसको बिगत र साक्षीको कुरा बताउन उपयुक्त ठानेन। पहिलो भेटमा नैं सबै भन्न जरुरी ठानेन उसले। केहि छिन पछि बिबेक पनि आयो उनिहरुसङ कुरा गर्न। कबिता साँझ पर्न लागे पछि उसको घरमा एउटा जरुरी फोन गर्नुछ भनेर त्यहाँबाट हिँडी।
बिबेकले उसको आँखामा नियालेर हेर्यो, अलिकति खुशी जस्तो देख्यो। उसले कबिता भन्दा कबिताको कुराहरु मन पर्यो भनेर टार्यो। दुबैजना साँझको रमाइलो हेर्दै थे क्याफेबाट। एक हुल भर्खरका युबतीहरुको हल्लाले तल बाटोमा हिंडीरहेका बटुवाहरु पनि ठिङ उभिएर हेर्न थाले। बिबेक र उ त्यही बाटोतिर हेर्न थाले। एउटा सानो युबतीहरुको हुल ले एक जना युबकलाइ घेरिरहेको थ्यो। त्यो युबक हाँस्दै केहि लेख्दै युबतिहरुसङ कुरा गरिरहेको थ्यो। बिस्तारै युबतीहरु छाँटिन थाले, युबकको अनुहार प्रस्ट देखिन थाल्यो। बिबेकले ध्यानपुर्बक त्यो युबकलाइ हेर्यो र उसलाइ। उ अझै छक्क परेर बिबेकलाइ प्रश्नबाचक द्रिस्टीले हेरिरहेको थ्यो।
"गाइने देखिस् तल बाटोमा ? केटिहरु पनि कहिल्यै देख्न नपाको जस्तै गरेर त्यै सङ अटोग्राफ माग्नु पर्ने।" बिबेकले फेरि तलतिर हेर्यो। बिबेक सङै उसको नजर गाइने भएतिर दगुर्यो। गाइने एक्लै थिएन, शायद गाइनेको हात समातेर हिंड्ने साक्षी हुनु पर्छ। अलि पर पुगेर गाइने र उसङै हिंडेकी केटी फरक्क फर्के र त्यही बाटोतिरबाट आँउदै गरेका फ्यानहरुलाइ कुरे। गाइने सङकी केटी साक्षी थिन, उ अरु कोहि थी। बिबेक र उ एक अर्कालाइ हेर्न थाले।
"अरुलाइ रुवाउनेहरु धेरै दिन हाँस्न सक्दैनन्।" बिबेकले उसलाइ हेर्दै भन्यो।
उ पर पर आकाशमा भर्खरै देखिएका केहि ताराहरुलाइ हेर्दै थ्यो।
क्रमश:
भाग - ८
त्यो रात घर पुगेर उ धेरै बेर सोचिरहेको थ्यो। कसले कसलाइ रुवायो अनि कसले कसलाइ हसाँयो? यो आँसु र हाँसोको हिसाब कसरी आफै मिल्न जान्छ? साक्षीको रोदनमा उ मन फुकाएर हाँस्न सक्ला र? जे भए पनि साक्षी गाइनेसङ खुशी होला जस्तो भने उसलाइ पटक्कै लागेन। शायद उसको मनले उसलाइ सान्त्वना दिंदैथ्यो, हुन सक्छ भित्र कुनै अबचेतन मनमा उ साक्षीलाइ अझै चाहन्छ।
त्यो रातको सपनामा साक्षी उसको घरभित्र आइ, उसले रोक्नै सकेन। यसरी आइ मानौं उ माइतीबाट फर्केकी छे, अथवा कतै बाहिर गएर आफ्नो घर फर्केकी छे। उसले ढोकामा बसेर साक्षीलाइ गाली गर्यो, भन्न नसकेको कुराहरु सबै भन्यो। तैपनि साक्षी त्यही घरभित्र पसी। कोठामा आएर उ सङै नजिकै पल्टी। अझ उसको सिरक तानेर कुनातिर फर्केर सुती। लाज नभएकि केटी! चरित्रहिन आइमाइ! बेइज्जती! उसले ठुलो स्वरले सुनायो साक्षीलाइ। आफ्नै इक्ष्याले उसलाइ छोडेर जाने अनि फेरि आफ्नै इक्ष्याले फर्किने। त्यो घरमा उसको केहि भुमिका छैन र, यसरी मनपरी गरेर हिंड्न। साक्षी केहि नबोली निदाइ। उसलाइ झनै रिस उठ्यो, उ सपनाभरी साक्षीलाइ तथानाम गाली गरि रह्यो।
बिहान बिंउझिदाँ उसलाइ साक्षी सङै सुतिरहेकी जस्तो लाग्यो। खाटमा उ एक्लै थ्यो, कोठामा अरु कोहि थिएनन्, र पनि उसलाइ साक्षी उ सङै छे जस्तो लागि रह्यो। कहिलेकाहिँ सपनाले पनि क्षणिक मिठो अनुभुति दिएर पीडा दिन्छ उसलाइ। दिनभरी उसले साक्षी फर्केको सपना सम्झिरह्यो र साँझमा सधैं झैं बिबेकको क्याफेमा गयो। कबितालाइ फोन गर्यो, कबिताले दुइ चार दिन आफु ब्यस्त हुन परेको कारण माफी मागी। ठमेल त्यस्तै थ्यो, जस्तो हिजो अस्ति हुन्थ्यो, गाइने जस्तै धेरै मान्छेहरु हिंडीरहेका हुन्थे, उनिहरुको फ्यानहरु हुन्थे, केहि नबुझेर टोलाउने बटुवाहरु हुन्थे। र आफुबाट भाग्ने प्रयासमा त्यो सडकलाइ नियमित नियालिरहने उ। बेला बेलामा गाइने र उसका नयाँ नयाँ सम्बन्धको बारेमा उसलाइ बिबेकले सुनाइ रहन्थ्यो, बिबेककी बहिनी पत्रिका मार्फत गाइनेको को सङ के भइ रहेछ भनेर थाहा पाँउदी रहेछ।
जीबन दौडिन थाल्यो, उसले कबितालाइ दुइ हप्ता पछि आधा घन्टा भेट्ने मौका पायो त्यही क्याफेमा। उ एउटा तालिमको लागी ब्यस्त थी। त्यसैले धेरै जस्तो कुरा औपचारिक नैं भए। कबिता पहिलो भेट भन्दा अरु फरासिली भएकी थी। उ कुरा गर्न भन्दा सुन्न मन पराउथ्यो। त्यस अर्थमा दोस्रो भेटमा पनि उ कबितासङ धेरै खुल्न सकेन। उसलाइ बिबेक उसको केटा साथी भए जस्तै कबिता केटी साथी भएको जस्तो मात्र लाग्यो। उसले कबितालाइ प्रेमिका वा भावी श्रीमतीको रुपमा हेर्नै सकेन। कबिताको ब्यक्तित्व नैं साथी मात्र हुन सक्ने जस्तो लाग्यो उसलाइ। तर उसलाइ कबितासङ बिताएका क्षण भने सामान्य लागे, न कुनै उत्साह न त कुनै तरङ।
कबितालाइ भेटेको दुइ हप्ता पछि उ आर्मी अस्पतालको अगाडी रहेको "साझा मेडिकल हल"मा ठुल्दीको लागि केहि औषधीहरु किनेर बाहिर निस्कदैंथ्यो, उसको आँखा ठ्याक्कै त्यहि अगाडी रहेको माहांकाल्स्थानको अघि उभिएर नमस्ते गरिरहेकी साक्षीमा पुगेर अड्यो। साक्षी आँखा बन्द गरेर मन्दिरको ढोका अगाडी उभिएकी थी। उ हतार हतार बाटो काट्न खोज्यो, लगातार आइरहेका गाडीहरुले उसलाइ बाटो काट्न दिएन। साक्षी एकछिनपछि भरेङबाट तल झरी र "नेपाल बायुसेवा निगम" भएतिर बाटो काटेर नयाँसडक जाने बाटोतिर लागी। उ साक्षीलाइ भेट्टाउन पछि पछि छिटो हिंड्यो। साक्षी एक्लै थी, उसको हिंडाइको रफ्तार त्यसैले पनि बढिरहेको थ्यो। मान्छेहरुको हुलले उसलाइ अगाडी जान नदिएपछि उसले बोलायो।
"साक्षीss!" साक्षीले सुनिन वा सुने पनि नसुने झैं गरी।
त्यसपछि उ मान्छेहरुलाइ आफ्नो बाटोबाट पन्छाउदैं दौड्यो र फेरि ठुलो स्वरले बोलायो।
"साक्षीssss!"
साक्षी फरक्क पछाडी फर्केर उसलाइ हेरी। फुङ उडेको साक्षीको अनुहारमा हर्ष, बिस्मात, कौतुहुलता र पस्चाताप केहि पाएन उसले। शुन्य आँखाहरु मौन थिए। भावहिन अधरमा हेर्दै उसले अनुरोध गर्यो।
"साक्षी! म तिमी सङ कुरा गर्न चाहन्छु।"
क्रमश:
भाग-९
"साक्षीssss!"
साक्षी फरक्क पछाडी फर्केर उसलाइ हेरी। फुङ उडेको साक्षीको अनुहारमा हर्ष, बिस्मात, कौतुहुलता र पस्चाताप केहि पाएन उसले। शुन्य आँखाहरु मौन थिए। भावहिन अधरमा हेर्दै उसले अनुरोध गर्यो।
"साक्षी! म तिमी सङ कुरा गर्न चाहन्छु।"
साक्षीलाइ पेटिमा हिडिरहेका मानिसहरुले धकेल्दै अघि पुर्याइरहेकोथ्यो, उ फलामको बार समात्न पुगी र सकेसम्म छेउमा उभिएर उसले भनेको कुरा सुनिरही, केहि बोलिन। साक्षी थकित थी, धेरै दिन देखि पानी नपाएकी बिरुवा जस्ती, पहेंली र रुखा त्वचाले उसलाइ झन बिरामी जस्तो बनाएकोथ्यो। ओंठ् सुख्खा देखिन्थ्यो भने उसको लुगाको रङले पनि उसलाइ उराठ उराठ बनाएकोथ्यो। हलुका खरानी रङको कुर्तामा सेतो सल ओढेकी थी। एक महिना अघी त्यो इन्द्रचोकको होटेलमा भेटिएकी साक्षी नैं अहिले त्यो फलामको बारमा अढेस लगाएकी उभिएकी साक्षी हो भन्न उसलाइ गार्हो भयो। कतै भुल त भएन फेरि भनेर उसले आफुलाइ सोध्यो। होइन, उसको अगाडी उभिएकी केटि साक्षी नैं थी, उसलाइ एक्लै छोडेर जाने साक्षी।
"साक्षी, म तिमी सङ कुरा गर्न चाहन्छु।" उसले फेरि दोहोर्यायो।
"म सङ केहि कुरा छैन।" साक्षीले भुँइमा हेर्दै भनी।
"त्यस्तो कुरा गरेको होइन मैले।" उसलाइ के कुरा भन्ने भनेर पनि भन्न आएन।
"मैले गल्ती गरेँ।" साक्षीको रुन्चे स्वरमा नदेखिएको पीडा थ्यो।
"भैगो, त्यो कुरा नगर।" उसलाइ कस्तो कस्तो भयो, छातीमा कसैले फेरि घाउ कोट्याए जस्तो, अलिकति पीडा अलिकति छटपटी। बटुवाहरु बरोबर उसलाइ धक्का दिंदै हिंड्थे। हुन पनि त्यहाँ कुरा गर्ने ठाँउ थिएन, कोही कोही चाहीँ साक्षीलाइ र उसलाइ अनौठो तरिकाले हेर्थे। अरुहरुले साक्षीको मुहारलाइ हेरेको तरिका मन परेन उसलाइ।
"साक्षी, यहाँ भिंड छ, उतातिर गएर एक्छिन कुरा गरौं।" उ साक्षी सङ एकान्त चाहन्थ्यो।
"के कुरा गर्नु छ र?" साक्षीले उसको आँखामा हेर्न अझै सकेकी थीइन।
"यहाँ मान्छेहरु हिंड्छन्, राम्ररी कुरा गर्न मिल्दैन, कतै बसौं न।" भन्दै उसले साक्षीको दाँया हात बिस्तारै समात्यो। साक्षी ले हत्त न पत्त उसको हातबाट आफ्नो हात छुटाइ।
"के भयो र?" उसलाइ अचम्म लाग्यो, त्यो हात उसले कति चोटि स्पर्श गरेको थ्यो।
साक्षी चुप रही। उसले साक्षीलाइ अलि भित्रको बाटोमा एउटा चिया र मिठाइ भएको पसलमा लग्यो। साक्षी उ सङ हिंड्न हिच्किचाउथी र घरि अघि घरि पछि गर्दै हिंड्थी। पहिले त साक्षी कुरा गर्न मानेकी थिन। तर उसले अति कर गरेपछि सरासर उ सङ हिंड्न थाली। होटेलमा गएर उसले दुइटा कोक मगायो। तिर्खा कसलाइ लागेको थ्यो र? एउटा बहाना थ्यो, परिस्थिती मिलाउनु थ्यो। अब्यक्त कुराहरु ब्यक्त गर्नु थ्यो, भित्र भित्र चट्टान भन्न नसकेका लाभाहरुलाइ बगाउनु थ्यो। धेरै थ्यो त्यहाँ हुनु पर्ने कुराहरु। तर उ र साक्षी केहिबेरसम्म केहि बोल्न सकेनन्। न त एक अर्कालाइ हेर्न सके, साक्षी टेबुलमा औंलाले कोतरी रहेकी थी भने उ कसरी कुरा शुरु गर्ने भनेर सोची रहेको थ्यो।
"मलाइ माफ गर्नुस्।" साक्षीले आफै मौनता तोडी।
उ स्तब्ध भयो। अब त झन् बोल्ने कुरै सकिए उसका। लामो स्वास फेरेर बाटोतिर हेर्न थाल्यो उ।
"मैले जिन्दगीमा ठुलो गल्ती गरें र त्यसको परिणाम भोगिरहेकी छु।" साक्षीको गला अबरुद्ध भैसकेका थिए।
उ साक्षीको अनुहारमा एकोहोरो हेर्न थाल्यो। साक्षीको मुहारमा पश्चातापका भावहरु बगिर्हेका थिए, आँखाहरु सजल भइ सकेका थिए। साक्षी तल्लो ओंठलाइ जबर्जस्ती टोकीरहेकी थी। मानौं धेरै कुराहरु निस्कन खोज्दैथे त्यहाँबाट र निस्कन पाइरहेका थिएनन्। उसले साक्षीको यस्तो रुप पहिले कहिले देखेको थिएन, देख्ने अपेक्षा पनि गरेको थिएन। जे भए भए पनि साक्षी नरोइदिए हुन्थ्यो भन्ने चाहन्थ्यो उ। उसलाइ साक्षी रोइभनी कसरी फकाउने भन्ने पनि थाहा थिएन।
"अरु केहि पनि ल्याउने की ?" उनिहरुलाइ निक्कै बेरसम्म काउन्टरबाट हेरिरहेको साहुजीले सोध्यो।
"साक्षी, केहि खाने हो?" उसलाइ थाहा थ्यो तै पनि सोध्यो, साक्षीले टाउको हल्लाएर "नाँइ" भनी।
"तिमी खुशी छौ भने मेरो भन्नु केहि छैन।" उसले आफ्नो मनलाइ जबर्जस्ती लुकाएर बोल्यो।
साक्षीको आँखाबाट बरर आँसुको ढिक्काहरु टेबुलमा खसे। उ हतार हतार सलले आँखा पुछ्न थाली।
उसले छुदैं नछोएको कोकको पैसा तिर्यो। साक्षी सङ सहिदगेट सम्म हिंडेर गयो, बाटोमा दुबै बोलेनन्। नबोले पनि सङै हिंड्दा आनन्द लाग्यो उसलाइ। उ सङै छेउमा हिंड्ने साक्षी छ, उ एक्लै छैन। यति मात्र कुराले पनि उ खुशी भयो। सहिदगेटपुगेपछि साक्षीले ट्याक्सी रोकी र कालिमाटी जाने भनी। ट्याक्सीमा बस्नु अघि उ सङ साक्षीले आँखैले जाने अनुमति मागी।
"भोली पनि आँउछौ? म तिमीलाइ त्यही मन्दिर अगाडी कुरिरहन्छु नि यही समयमा।" उसले साक्षीको सललाइ आफ्नो मुठ्ठीमा कसेर भन्यो।
"थाहा छैन।" मात्र भनेर साक्षीले उ सङ बिदा मागी। ट्याक्सी हिंड्नु अघि साक्षीले अलिकति हाँस्ने प्रयास गरी, तर त्यो निरर्थक भयो।
उ फेरि हिंड्न थाल्यो, कता जाने भनेर अलमल्ल पर्यो एकछिन। बाइक उसले बिर अस्पतालनिर पार्क गरेकोथ्यो। फेरि फर्कियो उ साक्षीसङ हिंडेको बाटो।
भोली के होला ?? उ त्यही सोचिरहेको थ्यो बाटोभरि।
क्रमश:
भाग - १०
त्यो रातभरी उ फेरि साक्षी बिहे गरेर ल्याएपछिका ती बिर्स्नै नसकिने क्षणहरु सम्झिन थाल्यो। प्रत्येक अनुभव नौलो र बर्णन गर्न नसकिने खालको। लोग्ने हुँदाको अनुभुति, साक्षीको लज्जालु स्वभाव, शारिरिक तथा मानसिक निकटता सबै उसको दिमागमा फेरि घुम्न थाल्यो। रमाइलो रहस्य जस्तो प्राकितिक सम्बन्ध, जति डुब्यो उति गहिरन मन लाग्ने चाहनाहरु। साक्षीलाइ देख्नासाथ हुने बिजुलीको झट्का जस्तो आकर्षण। एकचोटि उसको पुरै शरीर ज्वरोले पोलेको जस्तो हुन थाल्यो। उ निदाउनको लागि भन्दा पनि बिहान कहिले हुन्छ भन्दै सुत्यो त्यो रात।
भोली पल्ट उसले आफुलाइ सुहाउने कमिज खोजेर लायो, साक्षीले उपहारमा दिएको "पर्फ्युम" लगायो। कपाल मिलायो, ऐना २/३ चोटि हेर्यो। बिहान देखि एकप्रकारको रमाइलो लाग्न थाल्यो उसलाइ। बर्सौं पहिले कसैलाइ भेट्न जाँदा भएजस्तो। दिनभरी कति खेर साँझ होला भन्दै छटपटियो। साँझ हुनासाथ गयो उ हिजोकै ठाँउमा, जहाँ साक्षी आएकी थी। केहि बेर बाहिर कुरेपछि अधैर्य भयो उ, त्यसपछि मन्दिरभित्रै गर्यो। देउता दर्शन गरे जस्तो गर्यो, आँखाहरु साक्षीलाइ खोज्दै थे। एक घन्टा मन्दिर भित्र बाहिर गर्दा पनि साक्षी आइन, त्यसपछि एक राउन्ड टुँडिखेल घुम्यो, तैपनि साक्षी देखा परिन। निराश हुँदै घर फर्क्यो उ त्यो साँझ। हिजोको जस्तो रमाइलो भएन त्यो रात उस्को लागि। थरि थरिको शंका उपशंकाले उसको मनलाइ घेर्यो।
पाँच साँझ उसले त्यसरी नैँ साक्षीको प्रतिक्ष्यामा बितायो, मनले हार मान्न अझै तयार थिएन। इस्कुल पढ्दा सेन्ट मेरिज इस्कुल छुट्टी हुनु अघि कसैलाइ कुरेको जस्तो लाग्यो उसलाइ। जसलाइ हेर्न उ एक घन्टा अघिदेखि पुल्चोकको एउटा पसलमा हुन्थ्यो, उसले त्यो पसलमा एकचोटि पनि हेर्थिन। उ आँट नैं गर्न सक्दैनथ्यो आफुले मन पराएको केटीको अगाडी गएर केहि भन्ने। अनि कसरी केटीले उसको मनमा आफुप्रति न्यानो भावना छ भनेर बुझोस्। तै पनि उसले एक बर्स त्यसरी नैं कुर्यो त्यो केटीको लागि, त्यसपछि त्यो केटी हराइ। कहाँ गइ, के गरी उसले आजसम्म थाहा पाउन सकेन। किशोराबस्थाको पागलपन जस्तो उ फेरि त्यही कुरा दोहोर्याँउदै छ। साक्षी अहिले के गर्छे, कहाँ बस्छे उसलाइ थाहा छैन, र पनि उ साक्षीलाइ कुरिरहेको छ, कहिल्यै नआउने भये पनि कुरिरहेको छ।
छैंठौ दिनमा अप्रत्यासित रुपमा साक्षी मन्दिरमा देखा परी। उसको हर्षको सीमाना रहेन। पहिला साक्षी हतार गर्दैथी, पछि उसको अनुरोधमा केहि छिन कुरा गर्न सहमत भइ।
"भगवानले पनि यति धेरै कुराँउदैन दर्शनको लागि। तिमी चाहिं...." उसले प्रेम-परीक्षा दिए जस्तै गरी भन्यो।
"के भन्या त्यस्तो ?" साक्षी छक्क परी।
"यत्रो दिन किन नआएकी?" उसले सोध्यो।
"काम थ्यो त्यसैले।" साक्षी चुप लागी। त्यसपछि उनिहरु बिर अस्पतालको पछाडीको सानो गल्ली हुँदै असनतिर गए, असनबाट इन्द्रचोक हुँदै फेरि महाबौद्धको गल्ली हुँदै असन तिर लागे। बाटोमा दुबै मौन थिए, कहाँ जाने पनि थाहा थिएन, के भन्ने पनि थाहा थिएन। दोस्रो चोटि असन जाने गल्लीको बिचमा पुग्दा साक्षी अतालिएर बोली।
"बिन्नी! बिन्नी आँउदैछे यतैतिर।" बिबेककी बैनी आफ्नो साथीसङ उनिहरु भएतिर आएको देख्यो उसले। उसले केहि भन्नु अघि नैं साक्षी नजिकैको चुरा पसलभित्र पसी। बिन्नीले साक्षीलाइ देख्यो देखेन उसलाइ थाहा भएन तर उसले साधारण तरिकाले कुरा गरेर औपचारिकता सकायो। बिन्नीहरु गएपछि उ साक्षीलाइ चुरा पसल बाहिर बसेर कुर्यो। धेरै बेरसम्म साक्षी ननिस्किएपछि उ पसलमा गयो। साक्षी केहि सामानहरु किनिरहेकी थी, उसलाइ भित्र आएको देख्नासाथ साहुनीले भनी।
"वहाँ सङ होलानि चानचुन।"
"होइन यही हजारको नोटमा कटाउनुस्न!" हजारको नोट साहुनीको हातमा दिंदै साक्षी अनुरोध गरेरहेकी थी।
"खुद्रा भए त दिहाल्थे नि बहिनी। अघि भर्खरै दुइटा हजारको नोट साटेँ। तपाइको श्रीमान सङ होला नि। एकचोटि सोध्नुस् न।" साहुनीको अन्तिम बाक्यले उसलाइ कस्तो कस्तो बनायो। साक्षीको अनुहारमा संकोच थियो।
"कति दिनु पर्ने?" उसले साहुनीलाइ सोध्यो।
"साठी रुपैयाँ मात्र!" साहुनी दङ पर्दै भनी।
साक्षीले "पर्दैन" भन्दा भन्दै उसले पैसा तिर्यो। दुबै जना पसलबाट अनौठो अनुभब संगालेर निस्के। बाहिर साँझ छिपिन लागिसकेकोथ्यो। साक्षी फर्किने जिद्दि गर्न थाली। उनिहरु फेरि इन्द्रचोकको बाटो हुँदै फर्किन थाले।
"यसरी नहिंडौ।" साक्षीले बाटोमा भनी।
"कसरी हिंड्ने त?" उसलाइ पनि अचम्म लाग्यो।
"अरुले देखे के भन्ला?" साक्षीले उसलाइ हेरी।
"जे सुकै भनोस्। हामीले के गरेका छौं र बाटोमा हिंड्न पनि नपाइने।" केहि नबुझ्या जस्तै गरी उसले भन्यो।
"तपाइं बिहे गर्नुस्!" साक्षीले उसको छातीमा प्रहार गरी एकचोटि।
"हुन्छ ! तिमी गर्ने हो बिहे म सङ?" उसले साक्षीलाइ जिस्काउन थाल्यो।
"कस्तो मान्छे तपाइँ त!" साक्षी बोलीन केहि बेर उनिहरु धरहरा पुग्नै आँटेका थिए। ट्याक्सीहरु देखिएन सहिदगेटमा साक्षी आत्तिन थाली। माइक्रोबसहरु पनि पहिले नैं भरिएर आएका हुन्थे। उसले एक दुइ वटा सडकमा फर्किन लागेको ट्याक्सी रोक्ने कोशिस गर्यो तर सकेन। साक्षी हिंडेर भने पनि जाने जिद्दि गर्न लागी। त्यति अध्याँरोमा उसले साक्षीलाइ एक्लै पठाउन चाहेन। केहि बेर पछि बल्लतल्ल साक्षीले टेकुसम्म मात्र उसको बाइकमा जान मानी। उनिहरु दुबै फेरि बाइक लिनको लागि मन्दिर निर पुगे। साक्षी बाइकमा बस्न एकछिन अनकनाइ। उसले बस भन्यो, त्यसपछि साक्षी उ सङ नछोइकन अप्ठ्यारो गरेर बसी।
"साक्षी, यो बस होइन, धेरै पछाडी सर्यौ भने खस्छौ। म तिमीलाइ घाइते बनाउन चाहन्न। राम्ररी बस!" उसले साक्षीलाइ सम्झायो। त्यसपछि अलिकति नजिक सरी साक्षी। उसले बाइक अति द्रुत गतिमा चलायो। साक्षी डरले उसलाइ समाउन पुगी, मुटुको ढुकढुकी बढ्न थाल्यो। साक्षीको स्पर्शले उ र बाइक झन तिब्र गतिमा दौड्न थाल्यो। साक्षी भयले कतै हेर्न सकिन। मन मनमा भगवान पुकार्न थाली, टेकु पुग्नु भन्दा अगाडी नैं साक्षी "यहीँ रोक्नुस्" भनेर कराइ। उसले बाइक रोक्न करै लाग्यो। सडक पारी दुइटा ट्याक्सी भएतिर साक्षी जान थाली।
"जाने बेला पनि केहि नभनी जाने साक्षी।" उसले बाटो काट्न लागेकी साक्षीलाइ बोलायो।
"किन त्यत्रो स्पीडमा चलाएको?" साक्षी रिसाएको बल्ल थाहा पायो उसले।
"तिमीलाइ पहिला त्यस्तै मन पर्थ्यो होइन?" उसले झनै सम्झाउन खोज्यो।
"पहिला र अहिलेमा फरक छ। पहिला जस्तो केहि पनि अहिले हुन सक्दैन।" साक्षी अलि नरम भइ।
"पहिला पनि तिमी र म बाइकमा यसरी नैं हिंड्थियौं, अहिले पनि त्यही छ। म त त्यस्तो फरक केहि देख्दिन पहिले र अहिलेमा।" उसले फेरि भाबुक भएर भन्यो।
"अब देखि हामी नभेट्ने।" साक्षीले बाटो काटीसकेपछि भनी।
"के रे? के भन्यौ तिमीले?" उसले साक्षीले भनेको कुरा राम्ररी सुन्न सकेन, एउटा ट्याक्सीले हरन बजायो त्यति बेला नै।
"अब देखि तपाइँ मलाइ नकुर्नुस्! अबदेखि हामी नभेटौं" उताबाट साक्षीले अलि ठुलो स्वरमा भनी। बाटो हिंडीरहेका बटुवाहरु उनिहरुलाइ हेरेर हाँसे।
"किन नि?" उसले फेरि सोध्यो साक्षीलाइ।
साक्षी ट्याक्सीमा बसी सकेकी थी। ट्याक्सी कालीमाटीतिर लाग्यो। साक्षी उसलाइ हेर्दै नहेरी गइ।
क्रमश:
भाग-११

साक्षीको ब्यबहार देखेर उसलाइ हाँस उठ्यो, कस्तो बच्चा जस्तो कुरा गर्छे साक्षी कहिलेकाँही। अबदेखि नकुर्नुस् रे, भेट्दै नभेट्ने हो भने साक्षी नैं मन्दिर नआए भइ हाल्यो नि। किन उसले नकुर्नु पर्यो? साक्षी त्यसरी कहिले रिसाउदिन थी, शायद गाइनेको संगतले साक्षी नराम्रो कुराहरु सिक्दैछे। नत्रभने कहिल्यै ठुलो स्वरले नबोल्ने साक्षी त्यसरी बाटोमा कराउनु नपर्ने। उ मनमा आफै सङ कुरा गर्दै घर पुग्यो। साक्षीले जे भने पनि उ पीर मान्दैन अब, किनभने मन्दिर भनेको साक्षीको मात्र अधिकारको कुरा होइन, उ जानेछ त्यहाँ जहिले मन लाग्छ तहिले। साक्षीलाइ कुर्ने नकुर्ने कुरा समयले बताँउछ।

उसले साक्षीलाइ बिर्सन नखोजेको होइन। बास्तबमा भन्ने हो भने साक्षीले छोडेर गएको दुइ महिनापछि फेरि साक्षीलाइ नदेखेको भए यी सबै कुराहरु हुने थिएनन् उसको जीबनमा।

नरमाइला कुराहरु नौ दिनमा नौलो, र बीस दिनमा बिर्सिन्छ भन्थे पुराना मानिसहरु। उसको जीबनमा त्यो नियम लागु भएन। सबै कुरा ताजा हुँदैछ अहिले, साक्षीसङको भेट, उ सङका सम्झना सबै जिबन्त हुँदैछन्। उसले चाहेर ब्युँताएको होइन ती भावनाहरु, आफै भइरहेछ सबै कुरा आफ्नै गतिमा। अब त झन् साक्षी उसकी स्वास्नी नभएर प्रेमिका हुन पुगेकी छे, जसलाइ उ आफ्नो भन्न सक्दैन न त पराइ भन्न सक्छ।

ठुल्दिले अर्को दिन पुरानो घरमा बुबा भेट्न जानु रे भन्ने खबर दिनु भयो। साँच्चै बुबालाइ अफिस र कामको सिलसिला बाहेक घरमा नभेटेको पनि धेरै भइसकेको थ्यो उसले। बुबा सानी आमासङ पुरानो घरमा बस्नु हुन्थ्यो, उ साक्षीलाइ बिहे गरे पछि नयाँ घरमा सरेको थ्यो। बुबाको घर र उ बसेको घरबाट पाँच मिनेटको मात्र दुरि थियो। सानी आमाको सन्तान थिएनन्। त्यही कारण हो कि के हो सौतेनी आमा भए पनि सानी आमा दन्त्यकथामा जस्तो नराम्रो ब्यबहार गर्नु हुन्नथ्यो, उसलाइ माया देखाउनु हुन्थ्यो। उ पनि बुबासङ भन्दा सानी आमासङ खुलेर कुरा गर्न सजिलो मान्थ्यो। बुबासङको सम्बन्ध अलि चिसो थ्यो उसको, आफ्नै मान्छे भए पनि को को पराइ जस्तो लाग्थ्यो उसलाइ।

अर्को दिन बिहानै पुरानो घरमा गयो उ। बुबा र सानी आमा उसैलाइ कुरेर बस्नु भएको थ्यो। सामान्य भलाकुसारी पछि खाना पनि त्यहीँ भयो त्यो दिन। जे कुरा नखोतले हुन्थ्यो भनेर उ त्यहाँबाट उम्किन खोज्दैथ्यो, खाना पछि बुबाले त्यही कुरा शुरु गर्नु भयो।

"अब कहिले सम्म यसरी बस्ने त?" बुबाको स्वरमा चिन्ता झल्किन्थ्यो, प्रश्न भन्दा पनि पीर लागे जस्तो।

उ चुप भयो, उसलाइ के थाहा कहिलेसम्म? बल्ल त साक्षी भेट्दैछ उसले। बुबालाइ जे पायो त्यही जवाफ दिनु भएन। त्यसै त हजार प्रश्न गर्नु हुन्छ, बोल्दै नबोलेर बसे आनन्दै हुन्छ। उसले यता उति गर्दै सानी आमा भएतिर हेर्यो।

"हामीलाइ त्यही चिन्ता छ बाबु। कहिले सम्म तिमी यसरी एक्लै बस्ने?" सानी आमाले उसको बुबाको कुरा फेरि दोहोर्याउनु भयो।

"एउटा कुरा आको छ। परिवार पनि राम्रो छ, केटी पनि सुशिक्षित छे, राम्रो संस्कारमा हुर्केकी छे। तँ भन्दा ७ बर्ष सानी छे। बिहे को कुरा चलाउ हामी?" बुबाले बोलाउनुको कारण खुलाउनु भयो।

"बिहे को कुरा" भन्नासाथ उसले साक्षीसङ गरेको बिहे सम्झ्यो, पाँच महिनापछिको घटना र अहिलेको अबस्था। उसले हुन्छ वा हुँदैन भन्न उपयुक्त ठानेन।

"तिमीलाइ कोहि मन पर्छ भने पनि हामी "हुँदैन" भन्दैनौं। यदि होइन भने यो केटी पनि नराम्री छैन।" सानी आमाले सेतो खामभित्र बन्द गरेको फोटो उसलाइ दिंदै भन्नु भयो। उसलाइ खाम खोलेर फोटो हेर्न मन लाग्यो तर बुबाको अगाडी त्यसो गर्न मन लागेन। उसको सानी आमाले कुरा बुझ्नु भयो क्यारे, फोटो हेरे पछि कस्तो लाग्छ, मन पर्यो कि परेन, एकचोटि खबर गर्नु भन्नु भयो।

उ मौका पाउनासाथ "काम धेरै छ" भनेर उठ्यो।

"अनि कहिले खबर दिन्छस् त?" बुबाले फेरि सोध्नु भयो, जुन कुराको उत्तर उ आफैलाइ पनि थाहा थिएन।

"एक दुइ दिन ब्यस्त छु।" भनेर टार्न खोज्यो उसले।

"उनिहरु धेरै कुर्न सक्दैनन्, दुइ हप्ताभित्र खबर गर्नु।" भन्नु भयो बुबाले।

"कि उषालाइ नैं भेटेर कुरा गर्ने हो?" सानी आमाले सजिलो उपाय बताउनु भयो।

"को उषा?" उसले सोध्यो।

"त्यही फोटोमा भएकी। म सोधुँ उषालाइ ? मेरी मिल्ने साथी की भान्जी हो उषा। " सानी आमाले कुरा धेरै अगाडी बढाउन खोज्नु भए जस्तो लाग्यो उसलाइ।

"अहिले पर्दैन, म पछि हजुरहरुलाइ खबर गरुँला।" भन्दै उ त्यहाँबाट निस्क्यो।


ढोका बाहिर के पुगेकोथ्यो, पछाडीबाट सानी आमा "ए बाबु! पर्ख पर्ख।" भन्दै आउनु भयो।

"झन्डै फोटो लान बिर्सेछौ।" उसलाइ अघिको खाम हातमा दिनु भयो सानी आमाले, उसले कति खेर सोफामा खसालेछ उसलाइ होशै भएन।

"एउटा कुरा थाहा पायौ?" उहाँले कसैले सुन्ला जस्तो गरी सानो स्वरमा भन्नु भयो।

"के कुरा?" उसले पनि सानै स्वरमा सोध्यो।

"गाइनेले मरुन्जेल पिट्छ रे नि नखरमाउलीलाइ। ठिक्क पर्यो त्यो नकचरीलाइ। कुकुरलाइ घिउ नपचेको। राम जस्तो लोग्ने छोडेर गुन्डासङ पोइल�

   [ posted by crazy_love @ 01:47 PM ] | Viewed: 2522 times [ Feedback]


:

   
शीर्षक जे पनि हुन सक्छ। - 1 [crazy_love's blog]
Blog Type:: Blog
Monday, December 22, 2008 | [fix unicode]
 

भाग-१
( यो कथा पुरै कल्पनामा आधारित भएकोले कसैको जीवन सङ मिल्न गएमा संयोग मात्र हुनेछ। केहि साथीहरुले सबै भागहरुलाइ एकै ठाँउमा राखेर पढ्दा सजिलो हुने भन्नु भएकोले ब्लगमा पनि राखिदिएको छु।)

असनबाट सुरज आर्केड निस्किने गल्ली हुँदै उसले बाइकलाइ बल्लबल्ल त्यो भिंडबाट घिसार्दै मुख्य सडक भन्दा अलि वर आइपुग्यो। आकाशमा कालो बादल भए पनि पानी पर्ने संकेत थिएन, गर्मीले उ लखतरान भैसकेको थ्यो। धुवाँ, धुलो र दिनभरीको ब्यस्तताले उ एकैछिन भये पनि चिसो पिउन भनेर मुख्य सडकलाइ जोड्ने बाँयातिरको एउटा होटेल भित्र छिर्यो। मिठाइ सङै अन्य परिकार भएको त्यो पसल उसले पहिला त्यो बाटो हिडे पनि कहिले याद गरेको थिएन। भित्र पस्नासाथै उसले शीतल महसुस गर्यो। हेर्दाखेरि होटेल सफा देखिन्थ्यो, खुला र उज्यालो पनि थ्यो। उ सरासर कुनापट्टिको मेचमा गएर बस्यो। उ एकछिनको लागि भएपनि एकान्त चाहन्थ्यो, ब्यापार, नाफा, घाटा, मिटिङ र शेयर बजार झेल्दा झेल्दै उस्को जीबन एउटा तनाबको गोला भैसकेको थ्यो। बस्नासाथै उसले चिसो कोक अर्डर गर्यो र सङैको टेबुलमा कसैले छोडेको "कान्तिपुर" हेर्न थाल्यो, समाचार भन्दा पनि "हेडलाइन" हरु पढ्न थाल्यो।
उसलाइ कसो कसो त्यहाको बाताबरण एकदम आरामदायी लाग्न थाल्यो, एउटा मिठो सुवास जुन उस्ले पहिले पनि महसुस गरेको छ, त्यही बासना फैलिए जस्तो लाग्यो वरिपरि। मानौं उ त्यहाँको प्रत्यक सुक्ष्मतासङ राम्ररी परिचित छ। कतैबाट मसिनो गुनगुनको आवाजले उसले टाउको उठाएर हेर्यो, उसको ठ्याक्कै २ टेबुलभन्दा पर दुइ युबती उ पट्टि ढाड फर्काएर बसेका थे। बेला बेलामा मसिनो हाँसो सुनिन्थ्यो। उनिहरु शायद कुनै पत्रिका हेर्दै कुरा गरि रहेका थे। पछाडीबाट हेर्दा उसले उनिहरुको उमेर अड्कल गर्न सकेन तर उ दाँया पट्टी बसेकी केटिको सेतो कुर्ता हेरिरह्यो। त्यो सेरो कुर्ता उस्ले कतै देखेको जस्तो लाग्यो, कुर्ता मात्र होइन उस्को गलाभन्दा केहि तल झरेका केशराशी पनि आत्मिय लाग्यो। होइन होइन, कुर्ता बाहिर को उसको शारिरक बनोट यस्तो लाग्यो, उस्ले त्यो शरीरलाइ चिनेको छ। गोरो ढाडमुनिको पातलो कम्मर र त्यसमुनिको घुमाउरो फुकेको गोलाइ उसले देखेको मात्र होइन अनुभुत गरेको छ। उसले "कान्तिपुर"मा ध्यान दिन सकेन, उसलाइ सेतो कुर्ता बाहिर देखिने आकर्षक शरिरले तानिरह्यो, उसलाइ त्यो शरीर प्यारो लाग्न थाल्यो, माया गरि रहुँ जस्तो। त्यस्तो अदभुत कुरा के छ र त्यो सेतो कुर्ता लाउने सङ? उसले आफैलाइ प्रश्न गर्यो र सेतो कुर्तासङै बसेकि हरियो कुर्तालाइ हेर्यो। पछाडी बाट त हरियो कुर्ता पनि उस्तै सुन्दर देखिन्थी, अझै राम्रो शरीर, लामो ढाड, चिटिक्क छिनिएको कम्मर र मन लोभ्याउने "सिल्की" लामो कपाल। तर हरियो कुर्ताले उसलाइ आकर्षण गरे पनि मनमा आफ्नै जस्तो भाव जन्माउन सकेन।

अब उसले एक्दम चनाखो भएर उनिहरुको स्वर सुन्ने प्रयाश गर्यो। दुबै स्वरहरु उस्तै उस्तै सुनिन्थे पछाडिबाट। हरियो र सेतो कुन चाहिको स्वर मधुर भन्नै गार्हो पर्यो। अगाडी गएर प्रतक्ष्य हेर्न पनि अलि अप्ठ्यारो हुने। पछाडीबाट झन धेरै कौतुहुलता जाग्ने। उस्लाइ सेतो कुर्ता लाउने को अनुहार हेर्न मन लाग्यो। शायद उसले देखेको हुनु पर्छ त्यो अनुहारलाइ। उसलाइ लाग्यो, सेतो कुर्ता लाउनेको शरीरको प्रत्येक अङसङ उ नजिकिएको हुनु पर्छ, प्रेम गरेको हुनु पर्छ। त्यो स्पर्श कल्पिएर उ एक्छिन आनन्दित भयो। एकैचोटि पछाडी फर्के पनि हुने नि सेतो कुर्ता, उसको मनमा उठिरहेको आँधी त केहि शान्त हुन्थ्यो कि। बेला न कुबेला मोबाइल बज्न थाल्यो उसको, उसले मोबाइल अफ गर्यो। उपाय सोच्यो कसरी सेतो कुर्ताको अनुहार हेर्ने भनेर। त्यतिकैमा ठुलो खित्का छुट्यो त्यो सेतो कुर्ताको टेबुलबाट, उ मात्रै होइन होटेलमा भएका सबैले उनिहरुतिर हेरे। उनिहरु फेरि खासखुस मात्र गर्न थाले। उसले राम्रो बहाना पायो, कोकको सिसी लिन आउने केटोलाइ सेतो कुर्ताहरुलाइ गएर त्यसरी हाँस्दा अरुहरुलाइ "डिस्टर्ब" हुन्छ भन्ने कुरा पठायो। त्यो केटो गएर उनिहरुलाइ केहि भन्यो। उसले सतर्क भएर प्रतिक्रिया कुरि रह्यो। उनिहरुले पनि केटोलाइ सोधे क्यारे, केटोले उ बसेको कुनामा त्यहीबाट चोर औँलाले देखायो।

"सरी" सेतो कुर्ता लाउने केटीले पछाडी फर्केर उसलाइ भनी। दुबैको नजर जुध्यो, समय केहि बेरलाइ रोकियो र फेरि पछि भाग्न थाल्यो। उसले केहि भन्नु वा सेतो कुर्ताले अरु केहि बोल्नु अगाडी उकुसमुकुस, भय र पग्लिएर नबगेको बिगतले उसको सबै उमङहरुमा प्रहार गर्यो। नसोचेको कुरा घट्यो त्यहाँ। हेर्दाहेर्दै सेतो कुर्ताको अनुहारमा संकोच र ग्लानिका रेखाहरु एक पछि अर्को गर्दै आउन थाले, सेतो कुर्ताले उसको आँखामा हेर्न सकिन। उ त्यहाँबाट हरियो कुर्तालाइ लिएर तुरुन्त निस्की हाली। उ जड भयो। आजै किन उस्लाइ यहाँ आउनु पर्यो? के काठमान्डु यति सानो छ जहाँ उसले आफुले कहिले हेर्न नचाहेको अनुहारलाइ देखि रहनु पर्छ? के जिन्दगीले फेरि उ सङ अर्को कुनै खेल खेल्न लागेको हो? यत्रो सहरमा उ नै किन भेटिनु पर्ने?

उसले आफ्नो मिल्ने साथी बिबेकलाइ त्यहीँ बाट फोन गर्यो।
"बिबेक, तँ मलाइ अहिले भेट्न सक्छस्?"
"अहिले त मि बिजि छु, किन?" बिबेकले सोध्यो।
"आज सारै नराम्रो दिन रैछ यार।" उसको स्वर सानो भयो।
"भुमिका नबाँधी भन त। मेरो यहाँ फुर्सद छैन। के भयो?"
"मैले साक्षीलाइ देखेँ।" सेतो कुर्ता बसेको रित्तो ठाँउलाइ हेर्दै भन्यो उसले।
"को? को रे?" बिबेकले फेरि सोध्यो।
"उहि, क्या त! साक्षी.... मेरो...... ।कस्तो कुरा नबुझ्या?" उसले कुरा बुझाउने प्रयाश गर्यो।
"ए ! साक्षी! बल्ल बुझे। अर्का सङ पोइला गएकी स्वास्नीको नि के कुरा गरीराको होला यसले?" बिबेकले उसले कसैलाइ नदेखाएको पुरानो घाउमा नुन छर्कियो। तीब्र पीडाले उ छटपटियो र भित्तामा अडेश लाएर बस्यो।
क्रमश:...

भाग-२
"हेल्लो.............हेल्लो। कहाँ छस् तँ अहिले?" उता बिबेकले बोलाउन थाल्यो उस्लाइ।

"सुरज आर्केडनिर।" उसले बिस्तारै भन्यो।

"लोकेसन त भन।" बिबेक आउने जस्तै कुरा गर्न थाल्यो।

"भैगो अहिले लाइ। भरै बेलुकी घरमै आइज।" उसले केहि छिन एक्लै बस्ने बिचार गर्यो।

"हुन्छ! ल भरै भेटुला।" बिबेकले फोन राखिदियो।
उ त्यहाँबाट घरतिर लाग्यो। घरमा पस्ने बितिकै रिमोट कन्ट्रोल हातमा लिएर टि।वि। हेर्ने कोशिस गर्यो। च्यानलहरु चेन्ज गर्न थाल्यो तर उसलाइ केहि हेर्न मन लागेन। उ छिट्टै घर आको देखेर ठुल्दि अलिकति आस्चर्य हुनु भयो। कोठामा नपसी ढोकाबाटै सोध्नु भयो।
"आज सन्चो भएन कि के हो बाबु?" घरको सदस्य भन्दा नजिक लाग्ने उस्को ठुल्दिको स्वरमा चिन्ता थियो। उहाँ सानै देखि उसको घरमा सबै घर धन्दा सघाउने गर्नु हुन्थ्यो। उहाँको उमेर यही घरको काम गर्दा गर्दै ढलेको थ्यो। करिब ५५ बर्स हुनु भएकि ठुल्दिको आफन्त हरु कहिले कहिं मात्र उहाँलाइ भेट्न आँउथे। ठुल्दि उस्को दुखसुख बाँड्ने साथी हुनु भएको थ्यो।
"अँ त्यस्तै भन्नु पर्यो, अलिकति टाउको मात्र दुख्या जस्तो छ। खासै बिरामी चाही होइन ठुल्दि।" उस्ले ठुल्दिसङ भन्यो।
"त्येसो भये चिया बनाउ?" ठुल्दिले सोध्नु भयो।
"चिया होइन ठुल्दि, बरु कागती पानी खान मन लाग्यो।" उसलाइ शीतल हुन मन लाग्यो। साक्षीको यादले उस्लाइ फेरि भत्भति पोल्न थाल्यो, कोठाको हरेक बस्तुमा साक्षीको आभाश छ। दराज, ड्रेस्सिङ टेबुल, खाट, झ्याल, ढोका, भुइँ सबैमा उसको स्पर्श छ। सबैमा अझै साक्षी बास बसेकी छे जस्तो लाग्यो उस्लाइ। फेरि उस्लाइ साक्षी उस्को कोठामा आएकी जस्तो लाग्यो। साक्षीको सुगन्धले कोठा मगमगाउन थाल्यो।
"धेरै नै दुख्यो भने डक्टर कहाँ जाउ न त।" ठुल्दिले पानीको गिलास खाट नजिकैको सानो टेबुलमा राख्दै भन्नु भयो।
"रुघा लाग्न लाग्या जस्तो छ। डक्टरका जानु पर्दैन अहिले।" उ फेरि सोच्न थाल्यो साक्षीको बारेमा।
ठुल्दि चुप लागेर ढोकामा मात्र के पुग्न लाग्नु भाको थ्यो। उसले ठुल्दीलाइ भन्यो।
"ठुल्दी, आज मैले साक्षीलाइ देखें।"
"कहाँ?" ठुल्दीको स्वर अरु उत्सुकता जाग्यो।
"एउटा मिठाइ पसलमा। उ जस्ताको त्यस्तै थी। मलाइ छोडेर जानु अघि जस्ती थी, अझै पनि त्यस्तै छे।" कुरालाइ सहज बनाउन कोशिश गर्यो उस्ले।
"के गर्नु ? सोझी देखिन्थी, हँसीली थी, मिजासिली थी। त्यस्तो पोइला जाने जस्तो त कहिले लाग्दैनथ्यो। लगायो होला टुनामुना पापीले, बिचरी त्यतिकै हिंडी। सानो उमेरमा कुरै कुरामा बहकी होली। मान्छेको अनेक नियत हुन्छ, अरुको घर बिगार्ने।" ठुल्दी आँखाभरी आँसु पार्न थाल्नु भयो।
"जाने मान्छे गइसकी ठुल्दी। अब रोएर, उसलाइ सम्झेर के फाइदा? आज बिबेक आँउदैछ, उसलाइ मनपर्ने तरकारी पकाउनु है ठुल्दी।" उसको कुरा सुनेर ठुल्दी माथी भान्छातिर लाग्नु भयो।
साक्षी सङ उसको झगडा कहिले परेन। बिहेको ५ महिनासम्म पनि उहिहरुको भनाभन पनि भएन। साक्षी कम बोल्थी, धेरै जस्तो आफ्नै संसारमा हुन्थी गित रच्थी, मेटाउथी र फेरि लेख्थी। उसको गितको एउटा नोटबुक नैं थ्यो। उस्को २ वटा गित त त्यही गाइनेले गाको भनेको उसले सुनेको हो, साक्षीको माइतीमा। कहिले कहि आकाशको तारा हेरेर रमाँउथी साक्षी, उसलाइ चाहीं तारामा रमाउनु पर्ने केहि कुरा छ जस्तो लाग्दैन थ्यो। अलि भाबुक खालकी साक्षी तर त्यति कठोर होली भन्ने उसले सपनामा पनि सोचेको थिएन। उ त के? ठुल्दीलाइ पनि साक्षीले प्रभाव पारेकी थी।
"के अब तपाँइ पनि बिछोडको गीत रच्न थाल्नु भाको हो?" बिबेक आयो।
"नकरा धेरै। आज मुड अफ छ यहाँ।" झर्केर भन्यो उसले।
"त्यस्तो माया लाग्छ भने जा न त! साक्षीलाइ लिएर आइज ! अँ, गाइनेलाइ चाहिँ गायब पार्ने जिम्मा मेरो। हुन्छ?" झन जिस्काउन थाल्यो बिबेकले उसलाइ।
"साला! त्यत्रो कन्या केटीहरु हुदाँहुदै मेरै स्वास्नी उडाउनु पर्ने त्यो गाइनेलाइ। साँच्चै सक्छस् भने त्यसको लाश बेपत्ता पार्दे न! म जति पनि पैसा खर्च गर्न सक्छु त्यसको लागि।" उसलाइ पनि रिस उठ्यो उसको जार, गाइने प्रति।
"त्यस्तो मुर्ख बुद्धिले केहि हुने वाला छैन। दिमाग ठन्डा गरेर सोच। तेरो आफ्नै स्वास्नी भागे पछि गाइनेलाइ मात्र के को दोश? बरु मैले पहिले नैं भन्याथें तलाइँ। आफु भन्दा धेरै कलिलि केटिसङ बिहे गर्नु हुँदैन भनेर। त्यो बेला तैले केहि सोचिनस्। अहिले पछुताएर के काम?" बिबेक बाठो हुन थाल्यो।
"साक्षी नाबालिग केटि होइन, उ २० बर्स पुगिसकेकी थी। उ अनभिग्य थिन बिहे बारे, उसको परिवारले सबै सोचेर र उसले पनि मलाइ मन पराएर बिहे गरेकी हो। लोग्ने स्वास्नीको उमेरमा १५ बर्सको फरक त ठुलो कुरा होइन नि हाम्रो समाजमा। तेरो फुपु र फुपाजुको २२ बर्सको फरक छ भन्या होइन उमेरमा? खोइ त उनिहरु अझै मुना मदन जस्ता छन्।" उसलाइ बिबेकको तर्क मन परेन।
"भैगो छोडिदे गैसकेको कुरालाइ। बरु मैले कतै सुनेको थें, स्वास्नीले छोड्नु को प्रमुख कारणहरु २ वटा हुन्छन्, नम्बर १, आर्थिक अबस्था, त्यो तिमीहरुको सम्बन्धको मुल अबरोध हुनै सक्दैन। उ पनि हुनेखानेकी छोरी हो र तेरो पनि प्रशस्तै सम्पती छ। नम्बर २, चाहि............ "बिबेकले उसलाइ गहिरेर हेर्यो।
"के...?" उसले पनि सोध्यो।
"तिमिहरुको सम्बन्ध लोग्ने स्वास्नीको जस्तो त थियो? भनाइको मतलब बुझिस् हैन तैंले ?" घुमाएर भन्यो बिबेकले।
"एउटै घरमा, एउटै कोठामा बिहे गरेर बसेका दम्पती लोग्ने स्वास्नी नभएर कतै साथी हुन्छन् त?" उसलाइ झनक्क रिस उठ्यो।
"तेसो भये के कारणले छोडी त तंलाइ साक्षीले?" बिबेकले फेरि त्यही प्रश्न गर्यो, जसको उत्तर उसलाइ पनि थाहा थिएन।
"त्यस्तो कारण थाहा पाको भए त साक्षी अहिले म सङै हुन्थी नि। छोड यी कुराहरु।" उ एकछिन मौन भयो, बिबेक पनि चुप लाग्यो, केहि बोलेन।
"आज मलाइ यस्तो लाग्यो, साक्षी अझै मलाइ माया गर्छे। मैले उसको आँखामा म प्रतिको चाहना देखे। मलाइ लाग्छ उ म कहाँ फर्किन चाहन्छे, त्यो २४ बर्सको गाइनेले शायद उसको मनलाइ त्यति बुझ्न सक्दैन, जति म उसको अनुहार पढेर उसको हालत बताउन सक्छु। अहिले गाइनेमा मायाको ज्वरो छ, त्यो केहि दिन पछि नै ओर्लिन्छ। शायद साक्षीले त्यो कुरा महसुस गर्न थालेकी छे। उ अझै मलाइ चाहन्छे।" उसको कुराले बिबेक अलमल्ल भन्यो।
" ल ठिक छ ! उ तँलाइ चाहन्छे रे, तँ पनि के उसलाइ चाहन्छेस्?" बिबेकले उसको आँखामा गहिरो सङ पढ्न खोज्यो।
"मलाइ थाहा छैन।" उसले लामो स्वास फेर्यो।
"त्यही भएर त स्वास्नीले छाडेर गइ नि।" बिबेकले फेरि प्रहार गर्यो उसलाइ शब्द बाणले।
उ बोल्दै बोलेन, बिबेकलाइ हेरि रह्यो।
"ल यो फोन नम्बरमा कन्ट्याक्ट गरेर अपोइंट्मेन्ट लिनु। एक्दम राम्रो साइकियाट्रिस्ट छ मानसिक अस्पतालको। भोली नैं गएर आफुलाइ जचाँउनु।" बिबेकले नरम भएर एउटा फोन नम्बर कागजको टुक्रामा उसलाइ दियो। उसले कागजको टुक्रा हेर्दै नहेरी च्यातेर फालिदियो।
"म साक्षीलाइ भेट्न चाहन्छु।" उसले बिबेकलाइ नहेरी गम्भिर भएर भन्यो।
"तेसो भये गाइनेलाइ गएर भेट पहिला। गाइनेको फोन नम्बर खोजुँ? मेरो बहिनी पनि फ्यान हो त्यसको। सबै नयाँ जेनेरेसनको उ "मुटुको ढुकढुकी" रे। प्रख्यात पप गायकलाइ भेटेर अटोग्राफ लिन चाहि नबिर्सिनु नि।" भन्दै बिबेकले बैनी सङ गाइनेको नम्बर सोध्न फोन गर्यो।
क्रमश:...
भाग-३
"प्लिज ! बिबेक तँ मेरो साथी होस् भने मेरो ठाँउमा आफैलाइ राखेर हेर। गाइनेलाइ बिचमा ल्याउनै पर्दैन। यो मामलामा त्यसको कुनै भुमिका छैन।" भन्दै उसले बिबेकको हातको फोन खोसेर नजिकैको टेबलमा राखिदियो।
"हेर! तँ मेरो साथी होस्, यदि अरु कोही नचिनेको मान्छे हुँदो हो त म उहिले "नमस्ते" गरेर हिंड्थे। तर आज साक्षी गएको २ महिना हुँदा पनि तँ किन यस्ता नचाहिने कुरा गर्छस्? उ तँलाइ माया गर्दिन, उ गाइनेलाइ माया गर्छे। शायद २ महिनामा उसले तँलाइ २ चोटि पनि सम्झिन होला, जबकी तँ उसलाइ हरेक दिन सम्झिन्छस्, हरेक पल। जिन्दगी एकजनाको मायाले बित्दैन, यो मुटु धेरै ठुलो छ। तँ अझै माया गर्न सक्छस् अरु कोहिलाइ, साक्षी तेरो जिबनको अन्त्य होइन।" बिबेक अहिले केही साम्य हुन थाल्यो।
"त्यो अरु कोहिले पनि मलाइ मझधारमा छोडेर साक्षी जस्तै गइ भने?" उसले अब कसैलाइ पनि सजिलै बिस्वास गर्न सक्दैन।
"हरेक मान्छे फरक हुन्छ। हरेक केटि साक्षी जस्तो हुँदैन, हरेक सम्बन्धमा धोखा हुन्छ भन्ने छैन। तर घटना घट्दैमा जिन्दगी रोकिदैंन। एउटा स्वास्नीले छोडी त के भो? तँ अर्को बिहे गर्न सक्छस् अनि जिन्दगीलाइ गति दिन सक्छस्। यदि बिहे गरि हाल्न जरुरी छैन भने, कोहि साथी त बनाउन सक्छस्, जसले साक्षीको भुतलाइ तेरो दिमागबाट बिस्तारै हटाउन मद्दत हुन्छ।" बिबेकले उसलाइ सम्झाउन थाल्यो।
"मैले त्यो पनि कोशिस नगरेको हैन। शायद अहिले ठिक समय होइन" उसले बिबेकलाइ सबै भन्न आबश्यक ठानेन।
"ठिकै छ नि। अहिले नभए भोली, भोली नभए पर्सी। आखिर यति लामो जिन्दगी एक्लै त बित्दै बित्दैन, तैंले कसैसङ जिन्दगी बिताउनै पर्छ।" बिबेकले त्यसपछि कुरालाइ मोड्न थाल्यो।
उनिहरु केहि बेर राजनितिको कुरा गरे, त्यसपछि शेयर मार्केटको, अनि बिबेकले शुरु गर्न लागेको नयाँ प्रोजेक्टको। उ बिस्तारै बिबेकले निकालेको सन्दर्भमा सहभागी हुन थाल्यो। ठुल्दिले खाना खान बोलाउनु भयो र त्यसपछि बिबेक उ सङ बिदा भएर गयो।
रातको ११ बज्दा पनि उसलाइ निद्रा लागेन, भोली बिहानै एउटा बिजनेस पार्ट्नर सङ भेट्नु थियो। एकछिन टि वि हेर्दै निदाउने प्रयासमा उसले फेरि रिमोट कन्ट्रोल बटार्न थाल्यो। समाचार हेर्यो, स्पोर्ट्स् हेर्यो, च्यानल चेन्ज गर्दैं जाँदा एउटा गीतमा उसको आँखा अड्क्यो, रचना साक्षीको थ्यो। उसले गीतको बोललाइ ध्यान दिएन, गायकलाइ नियालेर हेर्यो र नाम पढ्यो बिशेस "आकाश"। उ झसङ भयो, त्यो गाइनेको नाम पनि त्यस्तै बि बाट आँउछ भनेर उसले कसैबाट सुनेको थ्यो। उसले त्यसको नाममा त्यस्तो बिधि चाख देखाएको थिएन। नाम जे भये पनि त्यो गाइने उसको लागि धुलो बराबर थ्यो। गाइनेको अनुहार भन्दा पनि शरीर चाहिं कसरत गरेको जस्तो सुगठित लाग्यो उस्लाइ। पाखुराहरु बलियो, चौडा जिम् गरेको जस्तो फुकेको छाती, हाइट पनि गीतको मोडेल केटी भन्दा धेरै अग्लो थ्यो। जिउ मात्र हेर्दा चाहिं ५ जनालाइ आरामले बजाउन सक्ने जस्तो। त्यसको बिपरित अनुहार चाहि चकलेटी थ्यो। उसको अगाडी त बच्चा जस्तो। बच्चा भनेर के गर्नु? साक्षीले गाइनेलाइ नैं चुनी त आफ्नो जिबनसाथी उसलाइ दोबाटोमा छोडेर।
के साक्षीलाइ उसको रुप मन पर्दैन थ्यो? उ जुरुक्क उठेर बाथरुमको ठुलो ऐना अघि उभिएर आफैलाइ नियाल्न थाल्यो। उ पनि अग्लो छ, गाइने जति नभये पनि होचो भन्न मिल्दैन। अनुहार पनि नराम्रो होइन, स्कुल र कलेजका दिनहरुमा केटिहरु पछि नलागेका होइनन्। ९ कक्षामैं "लब लेटर" पठाएकि थी एउटीले। बरु जिम नगरेको चाहि थुप्रै भयो उसले, आफ्नो पुटुक्क निस्केको भुँडीलाइ हेर्दै मनमनै सोच्यो उसले। आजकाल फुर्सदै हुँदैन जिम जाने। राती अबेरसम्म कम्प्युटरमा बस्यो, बिहानै झिसमिसेमा उठ्यो, उसको आफ्नै छापाखानामा हेर्न गयो, त्यसपछि फाइन्यान्स कम्पनीमा गएर सबै कुरा हेर्नै पर्यो, एक बर्स अघि शुरु गरेको "रिसोर्ट" पनि घाटामा गइरहेको थ्यो, त्यहाँ पनि दिनको एकपल्ट भ्याउनै पर्यो। अरु सानातिना पार्टनरशिपमा चलाएका उध्योगहरु पनि बेला बेलामा हेर्नै पर्यो। यस्तो चालाले भयेन, आफ्नो शरीर पनि त फिट राख्नु पर्यो नि। जे गरेर भये पनि दिनको हप्ताको ३ घन्टा जिम जानै पर्ने ठान्यो उसले।
कोठामा आएर तुरुन्टै फोन गर्यो उसले।
"यतिखेर किन फेरि?" बिबेकले निद्राको सुरमा उठायो।
"तँ जाने जिम सेन्टरको नाम के रे?"
"हार्दिक फिटनेस सेन्टर। किन चाहियो?" बिबेकले सोध्यो।
"म पनि जानु पर्यो भनेर। भोली जान्छस्?"
"भोली होइन, पर्सी जान्छु। बिहान ६ बजे तंलाइ लिन आँउला।"
त्यसपछि उ ढुक्क भएर सुत्यो।
भोलीपल्ट बिहानै उठेर सधैं जस्तो पुतलीसडकको छापाखाना गयो, एकछिन स्टाफहरुलाइ कामको बारेमा ब्रिफिङ् गरेर त्यहाँबाट निस्क्यो। बागबजार आइपुग्दा पद्मकन्या क्याम्पसका धोती लगाएका केटीहरु देख्यो र सम्झ्यो साक्षीलाइ। साक्षी पनि बिहानको सेसनमा संगीत पढ्छे। शायद साक्षीको पनि छुट्ने बेला भयो होला अहिले। त्यही आशामा उसले बाइकलाइ एउटा कुनामा पार्क गर्यो र नजिकैको होटेलमा गएर चिया मगायो। उसको आँखा पद्मकन्या क्याम्पसको ढोकाबाट निस्किने प्रत्येक अनुहारमा साक्षी खोजी रहन्थ्यो। उसले ३ कप चिया सकायो, मोबाइल बजिराकोथ्यो, उसले उठाउदैं उठाएन, त्रिपुरेस्वरमा उसको बिजनेस पार्टनर कुरिरहेको थ्यो भन्ने कुरा उसलाइ महत्वपुर्ण लागेन। उ साक्षी भेट्न चाहन्थ्यो, नभन्दै साक्षी बाहिर केहि साथीहरुसङ हांस्दै निस्की। उसको अनुहारमा खुशीको लहर आयो।
क्रमश:
भाग-४
साक्षी र उसको साथीहरु बिस्तारै हिंडेर शायद रत्नपार्क तिर जान लागेका थिए। उ पनि चियाको गिलास टेबलमा राखेर जुरुक्क उठ्यो र साक्षीहरु गएतर्फ ध्यान दिएर हेर्दै निस्क्यो।
"चियाको पैसा दिनु पर्दैन?" साहुको रुखो स्वरले उ रोक्कियो। उता साक्षी जाली भन्ने डर यता पैसा नतिरी पनि नहुने।
"म अहिले आएर पैसा दिन्छु" उसले उतैतिर हेर्दै भन्यो।
"सबै त्यसै भन्छन्। हुँदैन, हुँदैन। पहिला पैसा तिर्ने अनि भरै जतिखेर आए पनि हुन्छ।" साहुजीले छोडेन। उसले पर्सबाट २० रुपियाँ झिकेर दियो। साहुजीले फिर्ता पैसा दिनु अघि उ छिटो छिटो साक्षी गएतिर लम्क्यो। हतारमा जाँदा अघि पछि, दाँया बाँया कोहि देखेन उसले। मान्छेहरु उसलाइ अचम्म मानेर हेरिरहेका हुन्थे, उ कसैलाइ वास्ता नगरी अघि बढ्दैथ्यो।
"ऐया ! कस्तरी खुट्टा कुल्चिदियो ! बिहान बिहानै धोकेर आको हो कि क्याहो।" पछाडीबाट कोहि करायो, उ केहि नसुने झैँ गरी साक्षी भेट्टाउन दौड्यो।
"साक्षी!" नजिकै पुगेर उसले बोलायो।
एकैचोटी तिन जना केटिहरु पछाडी फर्के, जसलाइ उसले साक्षी देखेकोथ्यो, उ साक्षी नभएर अरु कोहि थी। साक्षी जस्तै उचाइ र गोरी भए पनि नजिकबाट हेर्दा अनुहार फरक थियो। कस्तो युनिफर्म हो यो? सबै जना उस्तै उस्तै देखिने? मनमनै सोच्यो उसले र "सरी" भन्यो।
"अनुहार हेर्ने बहाना त राम्रो थियो, नाम चाहियो?" एउटीले भनी।
"फोन नम्बर पनि चाहिएको हो कि?" अर्कीले उडाइ।
"उत्तावली मोरी हरु!" उसले मनमनै गाली गर्यो। बोलेर सक्नु थिएन।
त्यो दिन उ धेरै ब्यस्त भयो, एकैचोटि लखतरान भएर राती घर फर्क्यो। उस्लाइ हिजो साक्षी भेटिएको होटेलमा एकचोटि जान मन लागेकोथ्यो तर फुर्सदै भयेन। के उसलाइ देखेपछि पनि साक्षी त्यो होटेलमा आउली?
उसलाइ चाहि कसरी हुन्छ साक्षी भेट्नु थ्यो, उसको आफ्नो मनलाइ फकाउनुथ्यो। एउटा दुख जो उ सङ छ, त्यसलाइ साक्षीसङ बाँड्न चाहन्थ्यो। धेरै थ्यो उसका सपनाहरु जो साक्षीसङ मात्र पुरा हुन सक्थे।
एउटा डकुमेन्ट खोज्ने क्रममा उसले दराजभित्रका लुगाहरु खोतल्दा खोतल्दै एक टुक्रा कागज भेट्टायो उसले। साक्षीले लेखेको गीत हो या कबिता थियो। यसभन्दा अघि उसले कहिले पनि साक्षीको रचनाहरुमा रुचि देखाएको थिएन। कहिले पढेको पनि थिएन, तर अहिले उसलाइ त्यो कागजमा लेखिएको प्रत्येक मसीका थोपालाइ चुम्न मन लाग्यो। साक्षीको स्पर्शले पुलकित भएका हरेक शब्द उसलाइ मायालु लाग्न थाल्यो। उसले अक्षर अक्षरलाइ छोयो, छातीमा लगायो र साक्षीलाइ सम्झ्यो। यति धेरै जिबन्त अनुभव त उसले साक्षीसङ बिताएका अन्तरङ पलमा पनि महुसुस गरेको थिएन।
"साँझ बिती रात हुदाँ,सम्झनाले मुटु दुख्दा,

म जस्तै तिमी पनि तड्पी तड्पी रोयौ होला।

सारा संसार धमिलिएर, आफै एक्लो एक्लो हुँदा,

मैले जस्तै तिमिले पनि दुखी मनलाइ धोयौ होला।

साँझ बिती ............................................... "
उसले त्यो पंक्तिलाइ दोहोर्याइ तेहर्याइ पढ्यो, साक्षीलाइ देखिरह्यो हरेक लाइनमा, हरेक शब्दमा, हरेक भावमा।
शायद साक्षीलाइ उसले त्यसरी कहिले प्रेम गर्न सकेको थिएन।
क्रमश:

भाग-५
शायद उसले त्यसरी साक्षीलाइ पहिले कहिल्यै प्रेम गरेको थिएन होला।
पस्चाताप हुन थाल्यो उसलाइ, साक्षीको चाहनालाइ किन बुझ्न सकेन उसले? के साक्षी उ सङ सुख खोजीरहन्थी? यत्रो घर र सम्पन्न्ता हुँदा हुँदै उसलाइ अरु के कमी थ्यो? घरको काम छुनै पर्दैनथ्यो, ठुल्दी आफै सबै गर्नु हुन्थ्यो। साक्षीलाइ पैसाको लागि जागीर खानु पर्ने बाध्यता थिएन, तैपनि घर बस्दा बोर हुन्छ भनेर उसकै दीदीको स्कुलमा सघाउन जान्थी। पढाउन त हैन, त्यस्तै नाचगान के के सिकाउने गर्थी रे, साक्षीको दीदीबाट सुनेको उसले। उ कहिल्यै साक्षीलाइ काम, पढाइ र गीतको बारेमा सोध्दैनथ्यो, न त साक्षी उसलाइ केहि सोध्थी। साक्षी बिहानै उठेर कलेज जान्थी, जतिखेर उ निद्रामैं हुन्थ्यो। दिनभरी दुबै आ-आफ्नो काममा ब्यस्त हुन्थे, राति उ फर्किदाँ साक्षी निदाइ सकेकी हुन्थी। शनिबारको दिन उ घरमै हुन्थ्यो, प्राय जसो ससुरालीमा नैं खाना खान जान्थ्यो। साक्षी बिहानै उठेर माइती जान्थी, उ दिँउसो मात्र पुग्थ्यो। उसलाइ धेरै कुरा गर्न मन लाग्दैनथ्यो साक्षीको माइतीमा। त्यसैले खाना पछि औपचारिक कुरा सकेर ब्यस्तताको बहानामा उ बिबेक कहाँ जान्थ्यो। साक्षीको माइती खलक पनि ठुलो थ्यो, कहिले कसको जन्मदिन, पास्नी, भन्दै साक्षी आफ्नै दिदीबहिनी सङ रमाएकी हुन्थी उसको फुर्सद हुँदा पनि। उसले साक्षीलाइ कहिं जान रोकेन, गाइनेको कन्सर्ट होस् वा साथीहरुसङको भेटघाट। उ सम्झन्थ्यो साक्षी खुशी छे, त्यो भन्दा बढी उसलाइ खुशी लाग्थ्यो। साक्षी र उसको दुनियाँको भिन्दा भिन्दै भुगोलमा कुन बेला साक्षी उ सङ टाढीइ, उसले पत्तै पाएन।
बाहिरबाट आएको आवाजले उसको सोचाइलाइ बिथोल्यो, सुनसान रातमा बाहिरको ढोका कसैले ढकढकाए जस्तो सुन्यो उसलाइ। ठुल्दीले शाअयद ढोकामा ताल्चा लाइदिनु भएछ क्यारे भन्दै उ बाहिर गयो। चकमन्न अध्याँरो थ्यो, कतै केहि देखिदैनथ्यो, बाटोको खम्बामा बलेको मधुरो प्रकाशले ढोकामा कोहि उभिरहेको जस्तो देख्यो उसले। ठुल्दी पनि राती किन सबै बत्ती निभाउनु पर्ने होला भन्दै उ ढोकानिर पुग्यो। त्यो अस्पस्ट उज्यालोमा उसले सेतो लुगा लगाएकी एक युबतीको शरीर देख्यो। अनुहार चिन्न सकेन उसले, ढोकाको चाबी पर्खालको एउटा कुनामा छाम्दै उसले सोध्यो।
"कसलाइ खोज्नु भएको?"
"मेरो लोग्नेलाइ।"स्वर चिन्यो उसले सजिलै, साक्षी थी ढोकामा। उसकी साक्षी, उसकी मात्र साक्षी। हतार हतार ढोका खोल्यो उसले।
"भित्र आउ न साक्षी। म तिम्रै अगाडी छु नि। मलाइ चिनेनौ? म तिम्रो लोग्ने हुँ।" उ साक्षीको नजिकै उभिन गयो। साक्षी उ भन्दा अलिकति पछि हटी।
"तपाइको अनुहार नैं बेग्लै छ। म तपाइलाइ चिन्दै चिन्दिन। कसरी तपाइं मेरो लोग्ने हुँ भन्नु हुन्छ?" साक्षीको प्रश्नले उ छक्क पर्यो।
"यहाँ अध्याँरो छ। भित्र जाँउ, बत्तीको उज्यालोमा शायद तिमी मलाइ चिन्छौ होला। हिंड भित्र।" उसले साक्षीलाइ डोर्याउन खोज्यो, साक्षी अडिग भएर बसी।
"यो मेरो लोग्नेको घर होइन जस्तो छ। म भित्र जाँदीन।" साक्षी फर्किन खोजी।
"यती राती कहाँ जान लागेकी साक्षी? यो तिम्रो घर हो, अनि म-- यी हेर म तिम्रो लोग्ने।" उसले आफ्नो अनुहारलाइ बाहिरको बत्तीको मधुरो प्रकाशमा सकेसम्म देखाउन खोज्यो।
"होइन, तपाइ को? मैले तपाइँलाइ कहिल्यै देखेकी छैन। मेरो बिस्वास गर्नुस तपाइ भ्रममा हुनु हुन्छ जस्तो छ।" साक्षीको आवाजमा भय झल्कियो।
"म तिम्रो जीवनभरीको साथी, तिम्रो आफ्नो लोग्ने। नपत्याए सुन। मैले तिम्रो गीत कन्ठै गरेको छु, तिम्रो गीतको हरेक भावमा डुबेको छु, मैले तिम्रो गीतमा तिमीलाइ छोएको छु।" उ सकेसम्म प्रमाणहरु जुटाउन खोज्यो।
"त्यसोभए भए पक्कै पनि तपाइ मेरो लोग्ने हुनु हुन्न। उहाँ मानबीय संबेदनाभन्दा परको संसारमा बाँच्ने मान्छे। उहाँलाइ भावनाले कहिल्यै छुन सक्दैन।"साक्षी ढोकातिर लम्की।
"मलाइ छोडेर कहाँ जान लागेकी साक्षी? प्लिज फर्क--" उ बिन्ती गर्न थाल्यो।
साक्षी उसलाइ हेर्दै नहेरी अघि बढी, सेतो छाँया अध्याँरोमा नहराएसम्म उसले हेरि रह्यो।
क्रमश:

भाग-६
साक्षी आज पनि फर्की, उ त्यो कालो रातमा आफुलाइ खोज्न थाल्यो, उसका खुट्टाहरु भुँइमा गाडिए जस्तो लाग्यो, मानौं उसको जीउ मुर्ति जस्तो भएको छ, कतै हलचल गर्न नसक्ने पत्थरको आक्रिती। चिसो बतासले उसको मुटुसम्म छोयो। उ त्यहाँ धेरै बेर बस्न सक्दैन, त्यो उसैलाइ निल्ने अन्धकारमा। बिस्तारै उसले दाँया खुट्टा चलाउन कोशिस गर्यो, भुँइबाट हलुका उठायो र एक पाइला सार्यो। अर्को खुट्टा उचालेको मात्र के थ्यो, उसको दायाँ खुट्टा बिस्तारै जमिनमुनि भासिदैं गयो। उसको शरीर अनियन्त्रित भयो, उ कहिँ खस्दै छ जस्तो लाग्यो, पिंध नभएको गहिरो खाडलमा उ भास्सिदैँछ। उ "ठुल्दी" भनेर बोलाउदैथ्यो, ठुल्दी कतैबाट पनि आउनु भयेन। उ खस्ने क्रम जारी छ तर खाडल बाहिर निस्कने संभावना कम हुँदैछ। शायद अन्तिम प्रयाश भनेर उसले बिबेकलाइ सम्झ्यो, बिबेक देखा पर्यो र तुरुन्तै उसलाइ निकाल्ने कुनै बलियो डोरी दियो उ त्यही डोरी समात्दै माथी बाँच्ने आशा गर्दैथ्यो। मुटु जोडले धड्किदैंथ्यो र स्वास फेर्न गार्हो भइसकेको थ्यो, डोरी समातेका हातहरु कामीरहेका थे। उ निस्किदैथ्यो त्यो खाडलबाट, साक्षीको कारण खस्न पुगेको त्यो नर्कबाट।
"अझै उठ्ने बेला भएको छैन।" बिबेकले उसलाइ झकझकाँउदै भन्यो। ब्युँझदा उ आफ्नै कोठामा थ्यो, बिहानको झिसमिसे उज्यालो भइसकेकोथ्यो।
"उठ, उठ। जिम जाने भन्या होइन।" बिबेकले आफु आउनुको कारण सम्झायो।
"निद्रै पुग्या छैन आज, भोली गए हुन्न।" उसले अल्छि मानेर लामो हाइ काढ्यो।
"भोली पनि निद्रा नपुग्ने होला नि, फेरि पर्सि गए हुन्न भन्ने होला।"
"तँ सङ एउटा कुरा गर्न मन लाग्यो। आज मलाइ समय दिन सक्छस्, अहिले नैं?" उसले बिबेकलाइ आग्रह गर्यो।
"किन? फेरि भेटिस् कि क्या हो साक्षीलाइ?" बिबेकको अनुहारमा प्रश्नहरु देखिए।
"त्यही त! साक्षी मेरो सपनामा पनि आँउछे, मलाइ तर्साँउछे, मलाइ दुखाँउछे। म अब साक्षीसङको मेरो बिगतलाइ मेटाउन चाहन्छु, मलाइ मद्दत गर।" उ निरिह जस्तो देखियो।
बिबेक सोफामा बस्यो, जिम जाने भनेर बोकेको ब्यागलाइ काँधबाट झिकेर भुँइमा राख्यो। उसलाइ हेर्यो, कोठाको चारैतिर नियाल्यो, एकछिन घोरियो।
"ठुल्दीलाइ चिया पकाउनु भन्न त।" बिबेक गम्भिर देखियो अहिले।
"केहि दिनको लागि पोखरा जाने त?" बिबेकले उसलाइ सोध्यो।
"त्यो आइडिया नराम्रो होइन। तर म यहीँ बसेर सामना गर्नु चाहन्छु मेरो बर्तमानलाइ। पोखरा गएपनि फर्केर त यहीँ आउनु पर्छ, साक्षीसङ सम्बन्धित सम्झनाहरु त यहीँछन् नि।" उसलाइ पोखरा जानी कुरा त्यति मन परेन।
"एकछिन पख! म पहिला चिया लिएर आँउछु।" बिबेक कोठाबाट निस्क्यो।
हिजो राति भेटिएको साक्षीको गीतलाइ हत्त न पत्त उसले सिरानीमुनिबाट झिक्यो र डसनामुनि लुकायो। त्यसपछि मुख धुन गयो र बिबेक चिया लिएर आँउदा सम्म उसले आफ्नो ओछ्यान पनि मिलाइसकेको थ्यो।
"के तँ केहि दिनको लागि कामको जिम्मेबारी अरु कसैलाइ दिन सक्दैनस्?" बिबेकले चियाको चुस्की लिदैं भन्यो।
"म पनि त्यही सोचिरहेको छु। काम काम भन्दै मेरो तनाब झन् बढ्दै छ। आज म त्यो बारे राम्ररी सोच्छु, शायद भरपर्दो स्टाफलाइ अलिकति काम पनि दिन सक्छु।" उ अलिकति हलुका जस्तो भयो, पुरै त अझै होइन।
"मेरो क्याफेमा फुर्सदको बेलामा आउन सक्छस्? साँझमा ठमेल एकदम रमाइलो हुन्छ। हामी कफी खाँदै मनको कुराहरु गर्न सक्छौँ अथवा ठमेल घुम्न सक्छौं।" बिबेकको उपाय उसलाइ नराम्रो लागेन।
"तँलाइ फुर्सद त हुन्छ त्यहाँ?" उसलाइ बिबेकको काममा खासै बाधा पुर्याउन त मन लागेको होइन।
"तेरो लागि म फुर्सद नैं हुन्छु, तैपनि क्याफेमा पुरानै स्टाफहरु छन्, जो मेरो अनुपस्थितिमा पनि राम्ररी क्याफे चलाउन सक्छन्।" बिबेक ढुक्क देखिन्थ्यो।
"अँ, अर्को कुरा पनि भन्न मन लाग्यो तँलाइ। म त तेरो मिल्ने केटा साथी हुँ, तर अर्को केटि साथी पनि भए तेरो मन कतै साक्षीको सम्झनाबाट टाढिन्थ्यो कि?" बिबेक उसको उत्तरको प्रतिक्ष्यामा थ्यो।
"केटी साथी? कस्तो खालको केटी साथी?" उसले उल्टो प्रश्न गर्यो।
"तँलाइ कस्तो साथी चाहिएको त्यस्तै। समय कटाउने अथवा रमाइलो पनि गर्ने। तेरो इक्ष्या अनुसारको।"
"म अहिले नैं गम्भिर सम्बन्धको लागि तयार छैन। म भावनामा बहकिन चाहन्न, न त दोस्रो बिहेको लागि चिन्तित छु। मलाइ खालि समय बिताउने भए पुग्छ। त्यस्तो साथी पनि पाइन्छ?" उसले आफ्नो कुरा राख्यो।
"जस्तो साथी पनि पाइन्छ आजकाल। तर एउटा कुरा चाहि तैंले सिक्नु पर्छ।"
"के?" बिबेकको कुरा सक्किनु अघि उसले सोध्यो।
"केटिहरुलाइ प्रभाबित गर्ने केहि कुराहरु। त्यो त तलाइं थाहा छ होला नि हैन?"
"मलाइ त्यस्ता कुराहरु धेरै औपचारिक लाग्छन्। झुठो तारिफ गर्न आँउदैन मलाइ।" उ त्यस्तै थ्यो।
"ठिकै छ तेरो आफ्नो खुशी। के त "ब्लाइन्ड डेट" को लागि तयार छ�
क्र

   [ posted by crazy_love @ 01:37 PM ] | Viewed: 2481 times [ Feedback]


: