gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४२ --

[Please view other pages to see the rest of the postings. Total posts: 552]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT PAGE
[VIEWED 147280 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 28 pages, View Last 20 replies.
Posted on 01-16-07 11:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
           
--चौतारी -- भाग ४२ --


हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४२ औं संस्करणमा आइपुगेकोठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

अन्तमा,
  • मैले चित्रकुमारलाई सोधेको प्रश्नको सही जवाफ नआएकोले सार्वजनिक रुपमा यहाँ राख्दैछु। "2+2=5" कहिले हुन्छ ?
  • गोताएँको "गजलको भाइ, गीतको दाइ, कविताको भतिज, मुक्तकको काका"
    मैले धेरै लेखें खाममा तिम्रो ठेगाना
    आज बल्ल देखें खाममा तिम्रो ठेगाना

    थाहा छ बजारमै खोसाखोस भएको
    दाग थोरै भेटें खाममा तिम्रो ठेगाना

    थाहा छैन के छ भित्र, तर ढुक्क छु
    मैले आगत टेकें खाममा तिम्रो ठेगाना
  • त्यसमा राहुल दाइ र म स्वयंले खोक्स् दिएका केही हरफहरु
    प्रेम को नयाँ घर हो सालौं देखि सजाएको सपनाको
    आज हिम्मत नहारी लेखे मेरो नाम मा तिम्रो ठेगाना

    अभरैमा दोधारैमा खोली हेर्न मन लाग्छ
    च्यातिन्छ कि डर लाग्छ, खाममा तिम्रो ठेगाना
  • अनि कुम्लेको इ-प्रेमिकाको ठेगाना खोज्ने अभियान सम्बन्धी
    धेरै लेखेँ इमेलमा मैले मेरो ठेगाना
    आएन कहिले इमेलमा मेरो तिम्रो ठेगाना

    आत्तिदै हेर्छु स्क्रोल गरि इमेलको पुछारमा
    आउँछ कि भन्ने आशा छ अझै तिम्रो ठेगाना


यस चोटि चाहिं पार्कमा बसेर घाम तापौं।

 
Posted on 01-16-07 11:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ चौतारीमा यो राहुलेको तारेमाम है सबैलाई । फस्टै भैयो क्यारे । । । । या~~~~~~~~ हू~~~~~~~~~~ । बोर्ड फस्ट हुने रहर बल्ल पूरा भयो।
 
Posted on 01-16-07 11:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालेको जय होस्! पारक् पनि क्या गज्जब र'छ गाँठे! हामी जस्ता खस्रा गाम्ले बसे त दागै लाग्ला जस्तो पो छ!

निकै ठूलो चौतारी र'छ यसपाला! यसपालाचैं कुम्ले र चित्रेको जन्तीबाख्रो यै चउरमा खानी हो!
 
Posted on 01-16-07 11:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले एउटा सानो परिचय अंश अंग्रेजीमा पनि राख्ने सल्लाह दिन सोच्दैथिएँ, ढिलो भईयो । अब त्यो अर्को संस्करणको लागि ।

जे होस्, हाम्रा चौतारीका मेगास्टार गालउबाट यति सुन्दर उदघाटन देख्न पाउँदा मन प्रसन्न भो ।

मैले सोचिरहेको अंश चाहि यस्तो थियो । (अनेपालीभाषीले पनि कम्तिमा हाम्रो याँ के भईरा'छ चाल पाउन् भन्ने आसय हो मेरो)
________________________________________________________

Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running for 496 days (as of 1-16-07) since 7 Sept 2005 with more than 14,000 messages in a total of 41 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

_____________________________________________________

(बाँकी उदघाटकको स्वाद र ईच्छाअनुसार)
 
Posted on 01-17-07 12:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे दाइलाई धन्यवाद छ। आशा छ आगामी संस्करणमा छपनी हाल्नेले तपाईंको सुझावलाई अवश्य पनि स्थान दिनेछ!

mischievous senior citizens चैं को परेछ नि त्यस्तो? :)
 
Posted on 01-17-07 12:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे दाजीको बडा अच्छा सुझावलाई अर्को पल्ट चौतारी चिन्नेले बिर्सनु भएन!

सान बूडालाई भनेर यसैपाला पनि गर्न सकिन्न र भन्या?

बरु आवश्यकै पर्छ भने, सोस्तानी बर्तको सांगेलाई राखेको १०८ लड्डू, १०८ बदामको कोसा, १०८ सुन्तला----------आदि-इत्यादि सान बूडालाईनै चढाएर आरती उतार्न पर्छ कि कसो? के विचार छ गाम्ले हो?
 
Posted on 01-17-07 12:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mischievous senior citizens भनेकोचैं १ लम्बरमा पुण्टे बूडा र २ लम्बरमा जिम्माल हुनुपर्छ। यी भन्दा पात्तेका अरु बूडा को छन् हाम्रो गाममा?

सिरे पात्तेको छ, तर बूडो परेन, राहू बूडा बूडा छन, तर पात्तेका परेनन्! त्यसैले यो पदवीको हकदार पुण्टे बूडा र जिम्माल बूडानै हुन्।
 
Posted on 01-17-07 1:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाले धन्यवाद छ
पारक् पनि क्या गज्जब ! पार्कमा बसेर घाम , सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो|
Aba dherai lamo ganthan nagari, Kumle kai swar ma swar...

आत्तिदै हेर्छु स्क्रोल गरि इमेलको पुछारमा
आउँछ कि भन्ने आशा छ अझै तिम्रो ठेगाना ra photo

ठेगाना le matrai pugdaina!
 
Posted on 01-17-07 5:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ !!
लौ यसपाला पनि चाँडै झुल्किन पाइयो चौतारीमा ।
आजकाल अलिकती चटारो छ ।
चौतारी मेगामास्टर गालाउ कुमार लाइ फेरि पनि धन्यबात नयाँ चौतारो को लागी ।(यसपाली ता चउर जस्तो छ, खोइ कसको हो जन्ती बाख्रो खाने रे यहि चउरमा बसेर । जेहोस् जाडोमा चउरमा बसेर घाम ताप्दै त्रिशुलीको कान्छि बदाम खानु पर्छ । )
राहुले बुडा चिलिमको भरमा कुदेर होला यसपाला फस्टनै भचन् । जे भए नि बुढेसकालमा रहर पुर्याएजस्तो छ फस्ट हुने ।
हाम्रो चौतारी पाठशालाका सदाबहार १ लम्बर का बिध्यार्थी नेपे दाजि ले भन्या कुरो सारै मनासिब लाउच । त्यो इन्टरनेट आँसु नाट्यमन्च भन्दा कस्तो कस्तो लाम्दो रच । आँशु कवी भन्या जस्तै ता होला नी ?

कोइ गाम्ले मस्त निन्द्रामै होलान् क्या रे लौ उठेपछि आउनेलाइ नमस्कार ।
 
Posted on 01-17-07 5:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

गालेलाइ धन्यवाद नयाँ राम्रो चौतारीको लागि.

नेपे दाजीको कुरा मज्जाको लाग्यो.

राहुलदाइ, गोतामे ज्यू, भट्टे, यामे सबैलाइ जदौ. पछि आउनेहरूलाइ पनि.
 
Posted on 01-17-07 6:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब, धेरै राम्रो चौतारी बनायौ, धन्यवाद, यस्पाली त चौतारी मात्रै हैन्, गज्जप्को चौर नै राख्दे छौ, गोताएँ दाइले भन्या जस्तै हामी जस्ता खस्रा गाम्ले बसे त दागै लाग्ला जस्तो पो छ ।
गालब, तेस्ता तिमी मेगास्टारको म के प्रसंसा गर्न सकुँला र, तिम्लाइ मेरो तर्फबाट कोटि कोटि नमस्कार !

नेपे दाइको सुझाव मनासिब छ, अर्को पल्टदेखि चौतरीको हरेक संस्करणमा औरेजीमा नि परिचय राख्ने नै छन् छपनि हाल्नि अभियन्ता महानुभावहरुले !
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च): चित्त बुझ्यो !

गालव, राहुल दाइ, गोताएँ जी, नेपे दाइ, भट्टे, यामे, चित्रे सबैलाइ कोटी कोटी नमस्कार ! ऐले चौतारीमा नभएका तर एक छिन्मा आउने सप्पै गाम्लेहरुलाइ नि एड्भान्समा कोटी कोटी नमस्कार!
 
Posted on 01-17-07 7:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो कस्तो राम्रो चौतारी बनाइछ यो गालब ले ।साह्रै राम्रो लाग्यो ल म नि घाम ताप्छु ।

ल सबैलाइ मेरो सधै झै नमस्कार् च ताआआआआआआआआअ
 
Posted on 01-17-07 7:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ग्वाँचे,
अचेल व्यस्त जस्तो देखिन्छौ नि, फाट्टफुट्ट मात्र देख्छु तिमीलाइ चौतारीमा। मलाइ आजदेखि अलि फुर्सद भो, अब चौतारीमा थकाइ मार्नु पर्ला।

ठूली,
के छ तिम्रो हालखबर? गालेले मलाइ सोधेको प्रश्न '२+२=५ कहिले हुन्छ?' को सही उत्तर सिकाइदेउ न, पिलिज।मलाइ त आउँदै आएन भन्या।:)

गाले,
मेरो नाम चित्रकुमार होइन, चित्र बहादुर मुखिया हो। :P

रोल नं ८ चित्रे़ऽऽऽऽऽ
हजूऽऽऽऽऽर मास्टर्नी दिदीऽऽऽऽ :D
 
Posted on 01-17-07 7:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रु तेस्को मेरो हालखबर ठीक छ तिम्रो नि ।
रोल्#६ थुलि
हजुर् मिस्स्स्स्स्स्स्स्स्स्स्स्
 
Posted on 01-17-07 7:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!

चित्रे - तिम्रो नाम मैले सँच्याइलिएँ। त्यो प्रश्नको उत्तर ठुलीलाई भन्दा पनि नमेदाइ, पुन्टेदाइ, राते, जिम्माल र हरिलाई थाहा होला। ट्राइ मार!
 
Posted on 01-17-07 8:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूलू,
मेरो नि ठीकै छ। अघि पानी पर्दै थियो, अहिले त मज्जाले घाम लाग्यो, ल अब चउरमा बसेर घाम ताप्दै गफ गर्दै बदाम, तितौरा खाउँ हामी। अनि अमिलो भोगटे पनि खाउँ, ओहो! भोगटे सम्झेर त मेरो मुखमै पानी आयो। :)

गाले, स्वस्थानी भट्ट्याउने बेला भएन र भन्या? प्रसाद चैं अहिले नै खाइदिन्छौं है ठूली र म मिलेर? ;)
 
Posted on 01-17-07 8:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी पण्डित श्री गालब कुमार लाई मेरो पनि कोटि कोटि, अनि अशर्फी घोटी घोटी, १०८ धन्यबाद छ, नयाँ चौतारी र सँगैको बोनस चौरको लागी --

नेपे दाइको सुझाव मनासिब छ, अर्को पल्टदेखि चौतरीको हरेक संस्करणमा औरेजीमा नि परिचय राख्ने नै छन् छपनि हाल्नि अभियन्ता महानुभावहरुले !
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च): चित्त बुझ्यो !

त्यो हिसाब त क्या हो क्या हो, हेरुम, नभए मीस आएसी सोधम्ला। बरु स्वस्थानी बेला भएन?

गालव, राहुल दाइ, गोताएँ जी, नेपे दाइ, भट्टे, यामे, चित्रे, ग्वाँचे सबैलाइ कोटी कोटी नमस्कार ! ऐले चौतारीमा नभएका तर एक छिन्मा आउने सप्पै गाम्लेहरुलाइ नि एड्भान्समा कोटी कोटी नमस्कार!
 
Posted on 01-17-07 8:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है सप्पैलै!!
लु स्वस्थानी सुन्न बसे !

गालब कुनबेला आउने हुन कुन्नि ?
 
Posted on 01-17-07 8:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ !!

चौतारी जमघट सुरु भएछ ।
ल ल गाम्ले हो गफ मच्चाम । म त मिलिक्क आउने आनि जाने हो आज येस्तै छ ।

गालव, राहुल दाइ, गोताएँ जी, नेपे दाइ, भट्टे, यामे, चित्रे, ग्वाँचे, , हरी सबैलाइ नमस्कार !!
 
Posted on 01-17-07 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मिस पनि आहिपुग्नु भएछ ।
मिसलाइ पनि नमस्ते है !!
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters