gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४२ --

[Please view other pages to see the rest of the postings. Total posts: 552]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT PAGE
[VIEWED 147295 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 28 pages, View Last 20 replies.
Posted on 01-16-07 11:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
           
--चौतारी -- भाग ४२ --


हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४२ औं संस्करणमा आइपुगेकोठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

अन्तमा,
  • मैले चित्रकुमारलाई सोधेको प्रश्नको सही जवाफ नआएकोले सार्वजनिक रुपमा यहाँ राख्दैछु। "2+2=5" कहिले हुन्छ ?
  • गोताएँको "गजलको भाइ, गीतको दाइ, कविताको भतिज, मुक्तकको काका"
    मैले धेरै लेखें खाममा तिम्रो ठेगाना
    आज बल्ल देखें खाममा तिम्रो ठेगाना

    थाहा छ बजारमै खोसाखोस भएको
    दाग थोरै भेटें खाममा तिम्रो ठेगाना

    थाहा छैन के छ भित्र, तर ढुक्क छु
    मैले आगत टेकें खाममा तिम्रो ठेगाना
  • त्यसमा राहुल दाइ र म स्वयंले खोक्स् दिएका केही हरफहरु
    प्रेम को नयाँ घर हो सालौं देखि सजाएको सपनाको
    आज हिम्मत नहारी लेखे मेरो नाम मा तिम्रो ठेगाना

    अभरैमा दोधारैमा खोली हेर्न मन लाग्छ
    च्यातिन्छ कि डर लाग्छ, खाममा तिम्रो ठेगाना
  • अनि कुम्लेको इ-प्रेमिकाको ठेगाना खोज्ने अभियान सम्बन्धी
    धेरै लेखेँ इमेलमा मैले मेरो ठेगाना
    आएन कहिले इमेलमा मेरो तिम्रो ठेगाना

    आत्तिदै हेर्छु स्क्रोल गरि इमेलको पुछारमा
    आउँछ कि भन्ने आशा छ अझै तिम्रो ठेगाना


यस चोटि चाहिं पार्कमा बसेर घाम तापौं।

 
Posted on 01-22-07 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानानी तिमीलाइ र तिरु लाइ १ १ वटा मेरो लागि चै २ वटा क्या ।
 
Posted on 01-22-07 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन साँच्चीकै बिहेको रमझम लाग्या जस्तो छ नि त चौतारीमा, साडीको झिलिमिली पारेका छन त।

लु नमस्ते गरें है, भउते, चित्रे, ठूली, सान्नानी, मास्टर्नी दिदी, नेपे दाजि, मामा बुढा जम्मैलाई!
 
Posted on 01-22-07 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्मै! हन क्यार्न नदेख्ताहुम तिमीलाई सान्नानि!
यो ठुलिले पछि ला'को आकाशे निलो सारिको तिरिमिरिले आँखो अलि तिर्मिरा'र मात्तै हो बा, देख्या छु नि तिमीलाई!
अनि क्यार्दै छौ? सपै बेशै होला के रे नि?
सिँगारि बाख्रि नि ब्याओ भन्ने सुन्तेँ! कतिवटा पाठा कतिवटा पाठि पाओ?
तिम्रो घरको फलैँचामा राखेओ गलैँचा नि फाटो भनेर भन्ते तिम्रो हजूरबाले, बुडालाई तमाखु खाने बेलाँ बस्न नयाँ गलैँचा किनेओ हो त?
अस्ति पारेको मस्यौरा सपै खाइसक्यौ कि हाम्लाई नि राखिदिएकि छौ?
:)
 
Posted on 01-22-07 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलीको गुलाबी सारी कस्तो सुहाएको? राहुलेको दिमागमा नि बिना चिलिम् एक् टुक्रा सबिता फुर्यो? अर्ज हे---


गाजलु आँखा गुलबी अधर
बाँच्नै गाह्रो भो यी दुई बेगर
बान्की परेकि मुहार तिम्रो
हिस्सि परेको पहिरन
यसै मा दिल बस्यो
अनि अल्झिरह्यो जीवन
 
Posted on 01-22-07 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे बालक् ,तिम्रो कथा ले रोट्फल नै गरायो आज पनि कति हास्नु। :D:D:D
त्यो खयरछाप् चिया भनेको के हो?

हे सान्नानि र ठुल्नानि तिमारु मेरो साथि भएर मलाइ मद्द्त् गर्ने ढुङा, झाडु बेल्ना,पन्यु, डाडु गुलेलि मट्याङ्रा लिएर फ्ल्याइङ् किक पनि प्राक्टिश् गर्दै गर्नु पर्ने मा ...त्यो अस्तिनै सिकेको कराटे युज् गर्ने बेला यहि हो केटि हो.... तिमि हरु चाइ के भा'हो साडि लाइएर रेडि हुन्चौ :( :( तिमिहरु २टि मध्धे एउटि लाइ चाइ पठाइदिनु पर्ला क्यारे।.....

मिस ,जिम्माल्बा, पुन्टेदा अनि पर्सादे ले कसतो माया गर्या मलाइ हेर तिमाअरु चाइ गर्दैनौ?
ग्वाआआआआआआँ :'O ग्वाआआआआआआअँ .......(सिगान् आयो भौतेदाइ कता गए कोट् को बाहुलाँ पुछ्छन् सजिलो हुन्थो,अर्को पल्ट चाइ आधि बाहुलै काटेर राख्नु पर्ला)

बरु भौतेदा लाइ पठाइदेउ न बे गरेर ग्वाआआआआआआँ...........आsssमाsss !!
 
Posted on 01-22-07 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-22-07 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रहुलु कस्तो राम्रो सबिता लेख्नु भाको धन्यवाद ।
यो तिरु मोरी नि कस्तो नबुझे झै जस्तो गरेको । तीनैहरु लाइ जनताइ ल्याउन देउन हामीनी फ्लाईइङ किक्क सिक्दै चम । जनताइ क दिन् सरि फारि बेर् बार् परि हन्नु पर्च क्या मोरि।


मिस्ते धरै दिन पछी देखा पर्नु भो नि । तेस्तारी माया मर्नु भएन नि हूऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊओ
 
Posted on 01-22-07 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त सारी लाउन पा'र मख्ख पर्या मात्र हो तिरु, तिम्रो ब्यालाई भनी ठुलीले, एक न एक दिन त ब्या भैहाला नि पहिले सारी त लिम् ठुली सँ भनेर मात्र हो के, ल ल ठुलीले भन्या जस्तै गर्नु पर्छ, जन्ती आउन दिनी अनि भक्कु भकुर्नि के ल म पनि कराते, कुम्फु सप्पै प्र्याउटिस् गर्छु अब।

लोल् .... सपै बेशै छ जिम्माल बा। जिम्माल्नी आमालाई आराम?
सिँगारि बाख्रि ले त दुटा दिछ पाठि, पल्लाघरे शिकारीले लिने अरे एउटो त।
काँ किन्नु, आगु साल किन्ने भन्याछ गलैँचा त। बरु हउरकाँ छ कि एक्स्ट्रा?

मिस्ते धरै दिन पछी देखा पर्नु भो नि । तेस्तारी माया मर्नु भएन नि हूऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊओ
 
Posted on 01-22-07 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D:D
सान्नानि खबरीलाल् हो क्या हो जिम्माल् बा को हेहेहे... जैले कति धेरै खबर् सोध्या - म चाइ नसोदे नि भन्दिम् है त बा लाइ खबर् - सिँगारि बाख्रि ले त दुटा दिछ पाठि, पल्लाघरे शिकारीले लिने अरे एउटो त ..ani ...तल्ल घारे माएला ला अर्को लाने अरे मैले त दिन्न भने र बाख्रा को कान् मा तानेर भकारि भित्र लुकेको कसैले नि देखेनन् बाबै।त्यस्तो राम्रो सेतो पाठो के दिन्थे र अरुलाइ मोरे नि दिन्न म त :D:D
 
Posted on 01-22-07 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौली, नलोऊ नानु नलोऊ! कल्ले मेलो बाबा लाई? तेल्लाई म पाई गलिदिन्छु! :फ

मिस्टे कता थियौ?

ठुल्ननि हुऊऊउउउऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊ भनेको के हो?

सान्नानि, ओहो भनेसि तेस्तो रेछ कुरो! खै बा हाम्राँ एउडो गलैँचा त थो, तो पनि एउदिन भउते बजिया आएर घराँ के जाति तासको म्यारिच खेल्न बस्ने कुरो भ'न जिम्माल बा भनो दे'र पठाओ हो, अब तेल्ले लएसि फिर्ता त के ल्याउँथो र!
अनि खै त मसेउरा खाइदेलान जिम्माल बा ले भुनेर हो कि के हो सोधेओ कुरो भनिनौ बाँकि छ कि छैन? छ भने चाइन्जो हाम्रा बारिमा फलेओ पिँडालु हालेर पका'र खान देऊ के रे! मसेउरा मुखाँ नपर्या नि जुगे भओ गाँठे!
 
Posted on 01-22-07 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ बा तितौरी, तो सेतो पाठि सँअ खेलेर बस्लिऊ तिमी!
तर हेर हेर अइ भर्खर रोएर मुख भरि सिँगान र आँखाको गाजल आँशुले बगार गाला साला
सबै कालो भा' ठाममा फेरि भकारिको छारो लाएर कस्ति देखिएको तिमी?
ल मुख धोएर सफा भएर :D:D गर्नेले पुस्टकारि पाउँछ है!
ल ल ल ल को फस्ट? खै खै को फस्ट हुन्छ हेरौँ पुस्टकारि खान! :):)
 
Posted on 01-22-07 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(मस्यौरा औधी मिठो लाग्छ के मलाई तेइ भ'र लुकार राखेको कताटी जिम्माल् बाले थाहा पाम्नु भछ।) :)

जिम्माल् बा अँ मसौरा त अँ खै छ कि छैन् अँ आमालाई सोधेर भन्छु है त हउरलाई खान मन लाओ रे भनेर। पिँडालु चाहीँ पठैइदिनु न त, कालो दाला पिँडालु हालेर बना नि कस्तो मिठो हुन्छ के।

:D:D:D मलाइ पुस्टकारी।
 
Posted on 01-22-07 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु हेर, पोहोर सालाँ दशैंको टीको लाउन मावल जाँदा, गुन्द्री माथी एत्तिकै बस्नु परेको भनेर झन तेती राम्रो गलैँचा लग्देको, भउते लाई दे'र पठाएचन। अब तेल्ले के फिर्ता गर्थ्यो र। यसपालीको दशैं नि तेही पुरानु जम्मै सुनरी देखिने गुन्द्रीमा राखेर टीको लाईदिने भए।
हरिशरणम! :D:D
 
Posted on 01-22-07 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरी नि पुस्टकारी खान :D :D गर्या हो? :)
 
Posted on 01-22-07 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले चाही मावलीमा मजाओ गलैचामा बसेर टिको लाम्न पाम्नी भएँ। :D:D
 
Posted on 01-22-07 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D:D:D:D:D:D:D:D..maile dherai gare malai dherai -पुस्टकारी !
 
Posted on 01-22-07 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त भन्या भान्जो, अब यसपालि दशैँमा तिम्रो दख्खिना घटा'र नयाभ गलैँचा ओछ्छयाम्ला नि त! हे हे हे सान्नानि तो गलैँचा तिउँरो मावलिमा भा भयै हो अब त! उइलेई भाउतेले तो जुरेलोओ पछि ला'र धोबिनिको भट्टिमा पुर्याइसो गलैँचा! अइले त तिनपाने लाउने हरु तेई गलैँचाँ बसेर सुङ्गुरको टुक्रो त तिनपाने झिरिप्प पार्छन रे!
*************

हे हे हे ल सान्नानिलाई र हरिलाई नि पुसट्कारि!

तितौली.. ल तिम्लाई धेलै पुस्टकाली, कति धेलै :D:D गलेको :)
आम्मै नानुको नानामा कति धेलै पकेट! सपै पकेटमा पुस्टकालि लाख्ने हो? कस्तो लाम्लो नाना!
(तितौरी झन मस्किँदै- " एत्ता पनि पक्केट छ हिहिहि....यो अल्को पक्केट हिहिहि)
ल सपै ठाममा पुट्कारि राख! :):)
 
Posted on 01-22-07 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन के सार्‍हो हल्ला गरेको हौ अन्त!! आम्मामामामामा!! आबो चौतारीमा चाँहि ठुsssलो NO HORN PLEASE को साइनबोर्ड लगाइदिनै पर्ला जस्तो छ। मेरोमा अस्ति न हामीले झ्यापको सुरमा उखेलेको बिर हस्पिटल अगाडीको No Horn Please को साइनबोर्ड छ, आबो त्यहि ल्याएर गाड्नुपर्ला यता छेउमा।

सबैलाई दुई हात जोडेर नमस्ते गरे ल!!

ए हरितालिके! हिजो फुटबल हेर्यौ? हा हा हा!! दामी थियो नि, हैन त? होन्त!!! :P

:-)
 
Posted on 01-22-07 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा कुम्ले कस्तो बोर भो नि, अहिले सम्म मुडअफ

उडा़ऽऽऽऽऽयो सपना सबै हुऽऽऽऽरीले
 
Posted on 01-22-07 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुँदैछ यहाँ?

ए जिम्माल बूढा, आफ्नो दाँत चैं पुस्टकारी खाँदा खाँदा सबै झरिसके, अब केटाकेटीलाई बाँडेर उनीहरूको पनि दाँत बिर्गाने हो कि के हो? :P सोह्र वर्षकी जिम्मालनी बूढी खै नि? :P

ए कुम्ले र हरी, कुन फुटबलको कुरा गरेको? अम्रिकाने फूटबल भए ठीकै छ, म जान्दिनँ, वर्ल्ड कप फुटबल भए हामीसँग नि गफ गरम्। :)

तितौरीले कति धेरै पुस्टकारी बजाउन लागेकी! :O
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters