gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४२ --

[Please view other pages to see the rest of the postings. Total posts: 552]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT PAGE
[VIEWED 147216 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 28 pages, View Last 20 replies.
Posted on 01-16-07 11:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
           
--चौतारी -- भाग ४२ --


हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४२ औं संस्करणमा आइपुगेकोठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

अन्तमा,
  • मैले चित्रकुमारलाई सोधेको प्रश्नको सही जवाफ नआएकोले सार्वजनिक रुपमा यहाँ राख्दैछु। "2+2=5" कहिले हुन्छ ?
  • गोताएँको "गजलको भाइ, गीतको दाइ, कविताको भतिज, मुक्तकको काका"
    मैले धेरै लेखें खाममा तिम्रो ठेगाना
    आज बल्ल देखें खाममा तिम्रो ठेगाना

    थाहा छ बजारमै खोसाखोस भएको
    दाग थोरै भेटें खाममा तिम्रो ठेगाना

    थाहा छैन के छ भित्र, तर ढुक्क छु
    मैले आगत टेकें खाममा तिम्रो ठेगाना
  • त्यसमा राहुल दाइ र म स्वयंले खोक्स् दिएका केही हरफहरु
    प्रेम को नयाँ घर हो सालौं देखि सजाएको सपनाको
    आज हिम्मत नहारी लेखे मेरो नाम मा तिम्रो ठेगाना

    अभरैमा दोधारैमा खोली हेर्न मन लाग्छ
    च्यातिन्छ कि डर लाग्छ, खाममा तिम्रो ठेगाना
  • अनि कुम्लेको इ-प्रेमिकाको ठेगाना खोज्ने अभियान सम्बन्धी
    धेरै लेखेँ इमेलमा मैले मेरो ठेगाना
    आएन कहिले इमेलमा मेरो तिम्रो ठेगाना

    आत्तिदै हेर्छु स्क्रोल गरि इमेलको पुछारमा
    आउँछ कि भन्ने आशा छ अझै तिम्रो ठेगाना


यस चोटि चाहिं पार्कमा बसेर घाम तापौं।

 
Posted on 01-19-07 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा दामी गयो यार!!!!
 
Posted on 01-19-07 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! गाले, तिमीले सोचेकै कुरामा मैले कथा बनाइदएछु, संयोगवश। यो प्लट चैं आज बिहान मात्र मेरो दिमागमा आएको हो। आफूलाई चैं भूगोलको कुरा समावेश गर्न मन लाग्ने फेरी! :) ल तिम्रो नि लेख न स्वस्थानी।

ठूली,
षोडशी ‍= 16 year old girl
रत्नहरू = precious stones
सोमरसपान = drinking

सबैलाइ धनियाँवाद प्रतिकृयाको लागि! :)
 
Posted on 01-19-07 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा चित्रे, गज्जब यार! ल गालब पानि राख न, दुईटै पढम्ला नि।

जदौ सप्पैलाई
 
Posted on 01-19-07 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा हसाउने रैछ चित्रे नि सारै।

गालबको खै त?

दादा, नमे नमस्ते
लाखु टोपी दादा भनेको के हो?

ठुली के छ?
 
Posted on 01-19-07 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानानु, कुम्लु मेरो सबै ठीक छ तिमीहरु को नि ?
 
Posted on 01-19-07 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रेले १५ औं भाग पनि लेखेको हुनाले आज यो स्थगन गर्ने बिचार गरेको थिएँ। तैपनि पस्केको छु।

चौतारी स्वस्थानी व्रतकथा - १६
वाचक - गालब

यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्।

कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्यमूनि! अब भउते मरुभूमिमा अस्ट्रिचद्वारा लखेटिएपछि के भयो सुनाउँछु। एक चित्त भई सुन। तहाँ उप्रान्त भाग्न लाग्दा बालुवामा खुट्टा अघि सार्न गाह्रो भई के गरुँ कसो गरुँ भयो। अब यस्तै चाल हो भने २-४ कदममा नै अस्ट्रिचको फेला पर्ने देखी अनायासै "हे भगवान, मेरो रक्षा गर्नुहोस्" भनी पुकार्दा भए। त्यस स्तूतिका प्रभावले एकैछिनमा ठुलो आँधीहुरी आउन लाग्यो र मरुभूमिको बालुवा आकासभरि उँडेर जताततै छिरलिन थाल्यो। आँधी आएको देखेर अस्ट्रिच पनि त्यसै फर्कियो। यता बालुवाको हुरीमा पुरिएको भउतेलाई बालुवाबाट कसैले साहरा दिई तान्यो। को रहेछ भनी हेर्दा लामो दाह्री भएका, टाउकोमा सेतो गोलो टोपी लगाएका, सेतो पाईजामा लगाएका व्यक्तिलाई देखी "हे साधु! तिमी को हो? कहाँबाट आयौ? र यस्तो आपतको घडीमा मेरो जीवनरक्षा गर्यौ। यस्ता तिमीलाई म कसरी धन्यवाद दिऊँ" सोध्न लागे। यस्तो सुनी उक्त व्यक्तिले "हे मानव! म यस भेगको देउता अल्लाह हुँ। सँधै आफ्नो भक्तजनहरुलाई खोजी हिंड्दछु। तिमीले भगवानलाई प्रार्थना गरेकोले सहयोग गर्न आइपुगें।" भनी सम्झाए। अल्लाहको यस्तो वचन सुनी भउतेले आफ्नो आरध्यदेव महादेवको बारेमा बताई कन्नेनडाँडाबाट मरुभूमिसम्म आउनुको प्रयोजन सबिस्तार गरे। सो सुनी अल्लाह क्रद्ध भई, आँखा राता बनाई, दाह्रा किटी सोध्न लागे "हे केटा! तँ हाम्रो अनुमति बेगर हाम्रो मरुभूमिमा कसरी आउने हिम्मत गरिस्?" यस्तो सुनेर भउतेले पनि देशभक्ति देखाउँदै भन्न लागे "हे साधु! हाम्रो देशमा पैसा नभएकोलाई 'ढ्यावा मरु', जीएफ नभएकोलाई 'ल्यास्सी मरु' भन्ने चलन छ। त्यसरीनै 'मरुभूमि' नाम सुनेर 'भूमि नै नभएको ठाउँ' कस्तो होला भन्ने उत्सुकताले पनि आएको हुँ। म कसरी यहाँबाट उम्किन सक्छु? बताऊ। मलाई यस ठाउँमा एक सेकेन्ड पनि मन छैन।" यस्तो सुनेर ती अल्लाहले पनि तुरुन्त भउतेको कागजातमा 'डिपोर्टेड' छाप लगाइदिई सिधै महादेव भएको कैलास पर्वतको टिकट कटाई पठाइदिए। र, आफू चाहिं बाँधी राखेको उँट चढ्न लागे।

यता कैलासमा आइपुगेको भउतेलाई देखी महादेवलाई पनि अत्यन्त दया जागेर आयो। त्यो जुरेली भन्ने कस्ती कन्या रहिछ। यस्तो गरी पागल भएर भउते हिंड्दा पनि कठोर भई गौशलामा म:म प्याक गरेर बसेको देखेर महादेवलाई पनि उदेक लाग्न थाल्यो। तहाँ उप्रान्त, महादेवले ध्यानदृष्टिले बिचार गरी, जुरेलीसँग मनमनै दूरसंचारले गफ गरी भउतेसँग मिल्ने सहमति गराई भन्न लाग्नुभयो "हे भक्त! तिम्रो जुरेलीप्रतिको अपार पियार देखेर म शिव पनि प्रशन्न भएँ। यदि चाहन्छौ भने जुरेलीसँग गफ गरेर उसलाई मनाएर लैजाऊ। तर एक शर्त छ, त्यो के भने तिमीले तीन पटक भन्दा बचन राख्न पाउने छैनौ।" महादेवको यस्तो वचन सुनी भउते पनि स्तूति गर्न लागे "हे महादेव! हे नीलकण्ठ! यस्ता दयालु तपाईंलाई कोटी कोटी नमस्कार छ। तीन वटा बिचार मात्रै राख्न पाउने भए पनि म धन्य भएँ।"

जुरेलीलाई भेट्दा हर्षले आँसु निकाली "हे जुरेली! तँ त केही दिनमै कस्तो दुब्लाइछस्। म:म प्याक गर्ने काम गर्दा पनि केही पनि खान पाउँदिनस् कि? हेर म सँधै अरुको षडयन्त्र जालमा मुछिई सधैं शहिद हुँदै आएको छु।" भन्दै केनेन्डाँडादेखि अफ्रिकासम्मको यात्रा बिबरण सुनाई भावुक मुद्रामा भन्न लागे "हेर! जुरेली मेरा यी दुई आँखाले मेरो पुरै कथा भन्छ।" यस्तो सुनेर जुरेली पनि चुपचाप भूईंतिर मात्रै हेरेर बसिरही। केहीबेर दुबैजना शान्त भएपछि दोश्रो तरीकाले जुरेलीलाई आकर्षित गर्ने उद्देश्यले अलि रोमान्टिक हुँदै भन्न लागे "हेर जुरेली! मेरो आँखा नजीकबाट नियालेर हेर! तैंले जति नै नियाले पनि तेरो लागि जन्मेदेखि साँचेर राखेको माया सँगालेको छु। मैले कसरी तँलाई छली ढाँटी गर्ने सकुँला र? भन् तँ मेरा आँखामा के देख्छेस्? देखिस् माया र पियार?" यस्तो सुन्दा जुरेली पनि भउतेसँग आँखा जुधाएर "अँह! देखिन" भन्ने भावले मुन्टो हल्लाई। यस्तो उत्तरप्रति अलि सशंकित हुँदै अलि झर्किएर अन्तिम बोली राखे "माया नदेखे के देखिस् त मेरा आँखामा?" भउतेको यस्तो प्रश्न सुनेर जुरेली अलि निन्याउरो बनी भन्न लागि "भउते!---- भउते, तिम्रो आँखामा त म चिप्रा बाहेक केही पनि देख्दिन।"

कबुल अनुसार तेस्रो बोलीले पनि जुरेली नफकिएकीले जुरेली पनि बिलिन भई गौशाला पुगी।

इति श्रीस्कन्धपुराणे केदारखण्य --- सम्बादे षष्ठदशोध्याय॥१६॥

उपनयतु मंगल -- ततो जयमुदिरयेत्।
 
Posted on 01-19-07 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! गाले गज्जब रमाइलो छ! दामी गयो!!!

>>>>>यस्तो सुनेर भउतेले पनि देशभक्ति देखाउँदै भन्न लागे "हे साधु! हाम्रो देशमा पैसा नभएकोलाई 'ढ्यावा मरु', जीएफ नभएकोलाई 'ल्यास्सी मरु' भन्ने चलन छ। त्यसरीनै 'मरुभूमि' नाम सुनेर 'भूमि नै नभएको ठाउँ' कस्तो होला भन्ने उत्सुकताले पनि आएको हुँ।<<<<<<

हा हा हा!!! आन्द्रमा काउकुती लाग्योओओओओओओ! :D :D
 
Posted on 01-19-07 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा दामी दामी स्वस्थानी गएछ आजपनि। सार्‍है रमाइला। दुबै फरक फरक बिषय बस्तुमा लेखिएको।

चित्रे तिमी यस्तो राम्रो लेख्न सक्ने रहेछौ। लेख्ने कामलाई कन्टिनिउटी दिइ राख। यु आर द म्यान!! :-)

गालब, तिम्रो त कत्ति प्रशंषा गरुम? जत्ति गरे नि नसकिने।

सबै गाम्लेहरुलाई फेरि पनि जदौ!!
 
Posted on 01-19-07 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-19-07 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D :D नहाँसु भन्दा पनि हाँसो रोक्नै सकिएन -----"भउते!---- भउते, तिम्रो आँखामा त म चिप्रा बाहेक केही पनि देख्दिन।"
 
Posted on 01-19-07 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह् वाह् दुबै स्वस्थानि अति उत्तम् !
हास्दा हास्दा ROTFL भैयो :D
स्वस्थानि बाचनशिरोमणि चमत्कारि बालक गालब,
र स्वस्थानि बाचनशिरोमणि नम्बर-२ चित्रु लाइ कोटि कोटि धन्यबाद छ !
:)
 
Posted on 01-19-07 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा!!! आन्द्रमा काउकुती लाग्योओओओओओओ! :D :D
 
Posted on 01-19-07 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा... हँसाएर मार्ने भए बजियाहरुले!
गाले त गाले नै थियो हुँदा हुँदा यो चित्रे पनि गजपको कथा फलाक्ने भएछ गाँठे!!
लु भाउते-जुरेलिको कथा लेख्ने गालउ ले मज्जाकि जुरेलि पाएस!
म बुडोलाई नि जग्गेको सपना देखाम्ने चित्रेले ठुलि ठुलो मन भएको षोडसी पाएस! आच्या ठुलो ठुलो लेख्न खोजेओ के पो लेखेछु गाँठे!!:)
 
Posted on 01-19-07 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अस्ति देखुन तर्सिएर के जाति " अउल्ठोले हानेओ कुकुर बिजुलि चम्कँदा तर्सिन्छ" भनेओ अस्तो
जदौ अर्न नै बिर्सिरा!

जदौ! यो बिर्खे माईलाको!
 
Posted on 01-19-07 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो धागोमा बल्ल नेपाली पन देखिन्छ ।
जता तिर घुमे पनि तेस्तै ।
ल सम्पुर्ण नयाँ नेपाल निर्माणमा लागेका हामीनेपाली हरु एकजुट हुनु आजको आबश्यकता छ ।
हुन त मैले स्वस्थानी पढ्न छोडेको धेरै भयो तर यहाँ २ जना सज्जन महानुभाबहरुले पस्किनु भएको स्वस्थानी पढ्दा त स्वस्थानी यस्तै छ कि भन्ने पो भान हुन लाग्यो त ।

तपाइहरुको कल्पनशिल क्षमता सारै गजबको रहेछ ।

धन्यबात !!
 
Posted on 01-19-07 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बाउ तिमी माउबादी पचन्ड हौ कि नमाउबादी ? जे भए नी बन्दुक देखाउने काम नअरे के रे, सारै डर लाउच क्या मलाइ त ।
 
Posted on 01-19-07 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालियन जी,
तपाइको सङ्का पनि हालसालै भएका घटनाक्रमहरुले निबारण भैसक्यो जस्तो लाग्या छ मलाइ । तपाइको नाम लेख्दा नेपोलियन को याद आयो ।
जे होस हामीले बन्दुक अब बिसाइ सकेका छौ । ब्यक्तिगत रुपमा भन्नु पर्दा म पनि खुशि छैन यसमा । यो गर्न को लागी बिगत को सरकारले हामीलाइ उत्प्रेरित गराएको हो ।

तपाइ लगाएत सबैनेपालीलाइ अब म निश्चित हुन अनुरोध गर्दछु कि अब देशमा बन्दुकको राजनिती हुने छैन ।
नेपाली जनताले बिगतबाट पाढ सिकिसकेका छन ।
 
Posted on 01-19-07 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमे, पचन्ड तिमीहरु यो बन्दुक को कुरा नगर क्या मलाई नि सारो दर् लाग्च :(
 
Posted on 01-19-07 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D :D नहाँसु भन्दा पनि हाँसो रोक्नै सकिएन -----"भउते!---- भउते, तिम्रो आँखामा त म चिप्रा बाहेक केही पनि देख्दिन।"
 
Posted on 01-19-07 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे सन्साराँ यहि एउटा ठाम् थ्यो शान्ति ले हास्न पाउने त्यहा नि हुदा हुदा प्रन्चन्ड र बन्दुक् !!!!!
। प्रचन्ड सर अब आइहाल्नु भयो यहा लाइ स्वागत छ है तर हाम्रो चौतारि को एउटा अघोसित् नियम् छ क्या यहा आउदा तपाइ को नाम् र काम सबै चेन्ज गर्ने र चौतारिफाइङ् गर्ने आफुलाइ।
सान्साना केट्केटि हामि सरै डराउछौ तपाइ को नाम देखि आमा हरुले हाम्लाइ कथा सुनाउनु हुन्थ्यो के सानो हुदा रुदा खेरुन् "चुप् लाग् नत्र प्रचन्ड आउछ " त्यहि भ'र ।
नाम् चाइ जिम्माल् बा ले "प्रचन्ड" बाट प्रसादे राख्दिनु हुन्छ होला क्यारे केट्केटि लाइ'नि सुन्दा मिठो लाग्छ के प्रसाद् अनि त्यो बन्दुक!... बन्दुक् !..राउनिति!...पाठ्!...सर्कार्!... ...उत्प्रेरित्!....uffff... के हो केहि कुरो बुझे मार्दिनु बन्दुक बाहेक :( ....थुल्नानि ले भन्या जस्तो मलाइ नि सारै दर् लाग्च के बन्दुक् भन्या सुन्दा लौ भाग्नु पर्यो म पनि एssss ठुलि मलाइ नि पर्ख न बाबै एकलै भागिछे :(
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS Work Permit/How long your took?
Travelling to Nepal - TPS AP- PASSPORT
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
TPS Renewal Reregistration
Are you ready to know the truth?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
lost $3500 on penny stocks !!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters