perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

lolitalover

liberty gal
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी-१७५

[Please view other pages to see the rest of the postings. Total posts: 336]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 198624 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 02-01-10 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७५ ~






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७५औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?

सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सोसधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens

, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 175 edition

Last edited: 01-Feb-10 09:58 AM

 
Posted on 02-01-10 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la ma first. 
 
Posted on 02-01-10 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बोर फस!


तक्मा पाम!


 
Posted on 02-01-10 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो बिर्खे बुढा ...... यहाँ फर्स्ट को भएको देखिनौ ? 
 
Posted on 02-01-10 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामि उमेरको यस घडिमा आईपुगेर समेत बोरफस हुन सफल भएकोमा आफैँलाई बधाई तथा शुभकामना दिन चाहन्छौँ र साथसाथै ठूल्दाईलाई सान्त्वना दिन चाहन्छौँ। सिक्न, जान्न, र सफल भएर प्रथम आऊन उमेरले कुनै छेकबार नलगाऊने कुराको उदाहरण हामिले दिन सकेकोमा हामि आफैँलाई गौरवान्वित महशुस गर्दछौँ। श्री पशुपतीनाथले हाम्रो कल्याण गरुन।


धन्यवाद्!


 
Posted on 02-01-10 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो घोर अन्याय भयो नयाँ चौउतारी बनेको खबर नपाई , रामे लाई बोर फस बनाएर हाम्रो घोर अपमान गरेको छ पुरन्ताला ले । लौ समिती बोलाउनु पर्‍यो , अबिश्वाश को प्रस्ताब अगाडी बढाउनु पर्‍यो
 
Posted on 02-01-10 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल लगातार दुई चोटि फर्स्ट भयियो गाँठे ...... खुशी ले खप्न खानु छैन ....... 


यसरि आफ्नै लगनसिल्ताले हासिल गरेको बोर्ड फर्स्टले र एस चौतारी रुपी महान स्थल मा यो नेपाल ले लगातर फर्स्ट भएकोले हामीले गौरबान्नित महशुश गरेका छौ । एस पवन घडीमा सबै चौतारी बासिलाई मेरो खुशीमा सामेल हुनलाई आभवना गर्दछु । फुल माला लिएर आउनु भएका सबैलाई हुलमुल नगरि लाइनमा बसी आउन हुन पनि अनुरोध गर्दछु । 

जये होश । 

 
Posted on 02-01-10 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल तक्मा, जिम्मालबा लगायत रामेलाई, बधाई हो!

दुबै  ९:५४ मा संगै आइपुग्या हुनाले हाम्रो एक सदस्यिय छान-बिन समितिले दुबैलै सुनको तक्मा प्रदान गर्नी निधो गरी, सोही बमोजिम ५२ क्यारेटको तक्मा प्रदान गरिन्छ।

जिम्मालबाले यस्तो उमेरमा पनि आफ्नो जिउ-ज्यानको पर्वाह् नगरि बोर फस चट्काउन सफल भाकोमा वहाँलाई दोसल्ला ओढाइ सम्मान गर्न भनी रिट्ठे रायमाझी सम्मिलित "बजार गएर किनेर ल्याउने अनी दिनी" समिती गठन गरिएको पनि एही बिग्यप्ती मार्फत जान्कारी गराउँदछौँ 

--
चौतारी १७५ मुल समिती

Last edited: 01-Feb-10 10:29 AM

 
Posted on 02-01-10 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एस बोर्ड फर्स्ट भएको पवन घडीमा म दुई शब्द बोल्न चाहन्छु ...... तर अहिले होइन ...... अली बिजी छु ........ केही समय पछी ..... त्येतिन्जेल सबै चौतारी बासिलाई मेरो खुशीमा रमाउन र एकले अर्कालाई छेड छाड गर्दै बस्न अनुरोध गर्दछु । 

सुनको तक्माको लागि फेरी पनि पुरे र सम्पूर्ण चौतारी बासिलाई धन्यवाद । 

 
Posted on 02-01-10 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-01-10 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा सेकेन्ड एम्पायरको खाँचो:


हालै बोरफस बन्नल सफल बिर्ख बहादुर बोगटीभन्दा केहि सेकेन्ड पछाडि पोस्ट गरेर रामे भन्ने राम्पुरे रायमाझीले छलकपट तथा उमेरको धाक देखाई, आफैँ बोरफस भएको घोषणा गरेपश्चात सेकेन्ड हेर्न नमिल्ने चौतारीमा सेकेन्ड एम्पायरको आबश्यकता भएको कुरा महशुस गरिएको छ। सेकेन्ड एम्पायर चौतारी धागो बनाऊने व्यक्ति हुने र निजको निर्णय  नै अन्तिम निर्णय हुने हुँदा, यसपालीको बोरफसको हकमा चौतारी बनाऊने पुरेप्यारा प्याकुर्यालको निर्णय नै अन्तिम हुने व्यहोरा उल्लेख गरिन्छ।


धन्यवाद्!


 
Posted on 02-01-10 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ चौतारीमा नयाँ तारेमाम।
तारेमाम पुरे, बिर्खे, रामपुरे , बैरे ।


बोर्ड फस को भन्ने बारे बिबाद देखिएकोले सम्पूर्ण बोर्ड लाई नै खारेज गरी नयाँ बोर्ड फस राहुलभाइ भएको घोषणा गरिएको छ । यसरी बिबादमा फस्यो भने बर्बाद हुन्छ भन्ने कुराको समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ ।


नयाँ बोर्डफस हुने


राहुलभाइ


 
Posted on 02-01-10 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन गान्ठे ......... के के गर्न सकेका हुन भन्या .......... ओये जिम्मे बुढो ...... कसरी त्यो पोस्ट तल सारेको हँ ? 

पुरे ल क्लेअर गराउन पर्‍यो ..... अघी सम्म म फर्स्ट भएको थिए र त्यो ढेखेर मलाई पुरेले तक्मा पनि दिसकेको थियो अहिले फेरी यि बिर्खे बुढाले के के गरे ....... के भन्नु बुढो मान्छे .....

 
Posted on 02-01-10 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै मैले पनि बुझिन, यो साझा मै केइ खराबी हुन पर्छ, तर यत्ती चाइँ पक्का हो, मैले नि रामे देख्या थेँ अघी सम्म, ऐले रेफ्रेश गरी हेर्दा जिम्मालबा माथि देख्छु। जे भे पनि दुबैलाई तक्मा द्या छु केरे, मलाई चाइँ यस्मा मुछ्न पायिन्न, भन्द्या छु
 
Posted on 02-01-10 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे को माग :

सेकेन्ड एम्पायर चौतारी धागो बनाऊने व्यक्ति हुने र निजको निर्णय  नै अन्तिम निर्णय हुने हुँदा, यसपालीको बोरफसको हकमा चौतारी बनाऊने पुरेप्यारा प्याकुर्यालको निर्णय नै अन्तिम हुने व्यहोरा उल्लेख गरिन्छ।


पुरेको स्पष्टिकरण : 
खै मैले पनि बुझिन, यो साझा मै केइ खराबी हुन पर्छ, तर यत्ती चाइँ पक्का हो, मैले नि रामे देख्या थेँ अघी सम्म, ऐले रेफ्रेश गरी हेर्दा जिम्मालबा माथि देख्छु।

चोरि कस्ले गर्‍यो त ....... येस्को लागि ठुल्दाइको नेत्रीतो मा १ सदसिये आगोग गठन गरी सत्य तथ्य सर्बजनिक गरिन पर्‍यो र बिर्खे जस्ता ब्येक्ति बाट सबै होसियार हुनु पर्‍यो .....

 
Posted on 02-01-10 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हे अबुझ प्राणी हो, एउटै समयमा (सेकेन्ड पनि देखिने भए त म मात्र हुन्थेँ) दुईवटा पोस्टो आएको हुनाले, एक पटक खोल्दा एकजना र अर्को पटक खोल्दा अर्को बोरफस देखिन्छ।


साथै, पुरे केटोले ल्याएको दुईवटा तक्मा मध्ये, एउटा २४ क्यारेट सुनको र अर्को खिया लाग्ने फलाममा सुनको जलप लाएको तक्मा परेको र गाई कि त्रिसुल (टाउको कि पुच्छर)  गर्दा बिर्ख बहादुर बोगटीलाई परेको तक्मा चाहिँ २४ क्यारेटको भएकोले राम्पुरेको होश ठेगानमा नरहेको कारणले निजको कुनै पनि कुरालाई नर्मल रुपमा नलिनुहुन अनुरोध गरिन्छ। साथै बिश्वस्त सुत्रका अनुसार, राम्पुरेको लागि,  चौतारी - राँचि - चौतारीको राउन्ड टिकट एक्सपेडियामा हेरिँदै गरेको कुरा पनि खुल्न आएको छ।

Last edited: 01-Feb-10 11:16 AM

 
Posted on 02-01-10 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घोर आपत्ती ।


एउटा म्यान मा दुइटा तलवार हुन सक्दैन । त्यसैले सबै बोर्ड धांधलिपूर्ण। कपटपूर्ण देखिएकोले खारेज गरी राहुलभाइ लाई बोर्डफस ससम्मान घोषणा गर्न जोरदार माग गर्दछ । अन्यथा चौतारी बन्द देखी अनेकन बिरोध कार्यक्रम गरिने छ । यसबाट हुने क्षति , असुबिधा , हानी नोक्सानी को जिम्मेवार पुरे प्यारे लाई हुने छ ।


 
Posted on 02-01-10 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।


सब गावँले लोगन झग्रा किएके देईखके हमरो दिल डुबेछ। यहि अजिब घडिपे हमि गावँले लोगनको कान्फुजन और टैन्शनवा हटावनेको खातिर कुछ करनेको जुरुरि समईझके, ऊ बोरफस वाला बात सब गावँले लोगनको छारिदिन अन्ररोध कर्छ। ऊ सुसरा बोरफसको लागि काहेको बहस करने, ऊ हमि मदनवा लिहाल्छु सब टैन्शनवा खलास!


जे राम जि कि।


 
Posted on 02-01-10 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<रिट्ठेले ल्याएको दुईवटा तक्मा????>>>










 
Posted on 02-01-10 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए पुरे केटा किन ठुस्स? माथि हेर त!
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters