Ok
Replies to this thread:

More by Ok
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

binokary
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Manju, Malai Maaf Gara Hai !--II

[Please view other pages to see the rest of the postings. Total posts: 316]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 125726 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-22-05 2:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिलो धागो:

http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=21060

साथीहरु,

सुरुसुरुका दिनहरुमा लहैलहैमा लागेर सुरु गरेको मेरो कथा "मञ्जु, मलाई माफ गर है!" ले आजसम्मको दौरानमा मेरा ८,५०० भन्दा बढि पाठक (भ्रमणार्थी) हरुको न्यानो माया र सद्भाव पाएको छ। सानदाईको ३०० पोष्टको सिलिङलाई छुन सकेको छ। कयौँ साथीहरुबाट अमुल्य सुझाबहरु, प्रतिकृयाहरु र हौसलाका शब्दहरुले सुसज्जित भएको छ, मेरो यो पहिलो प्रयास। मेरो ब्यक्तिगत ठेगानामा आएका ईमेलका बर्षाहरु त झन् कति भावनात्मक र कति मित्रतापूर्ण छन् भन्ने कुरा यहाँ लेख्ने शब्दहरु नै पाउन सकेको छैन मैले। केहि साथीहरुले मलाई छपाई र गोपनियता लगायत अन्य महत्वपूर्ण बिषयहरुमा अमुल्य सल्लाहरु पनि दिनु भएको छ। यहाँहरुका सुझाबहरुलाई मनन् गर्दै यहाँहरु सबैमा हार्दिक कृतज्ञता टक्राउन चाहन्छु।

प्यारा पाठकहरु,

बिशेषत: पछिल्लो समयमा आएर आशुदाईको अर्कै धागोमा यो धागो संम्बन्धि अ-प्रासांगिक चर्चाले हामी केहि साथीहरु बिचमा केहिसमय सानोतिनो खटपट पनि भयो। सायद मैले उहाँको लेखाई बुझ्न सकिन होला अथवा उहाँले पनि आवेशमा आएर लेख्नु भयो होला। मैले पनि आवेशमै उहाँलाई बिजाउने केहि कुरा गरेँ होला। नठाँटिकन भन्नु पर्दा उहाँबाट मैले सिक्ने कुराहरु निकै छन्। उहाँले पनि सिक्ने कुरा होलान्, पक्कै पनि महसुस गर्नु भएकै होला। अहिले त यी सबकुराहरु बिगत भैसकेका छन। मेरो बिचारमा त यस्तै खटपटहरुबाट त छिटो सिकिन्छ नि, अनि हामी बिचको घनिष्ठता पनि मजबुत हुँदै जान्छ। सबै राम्रैराम्रो कुरा मात्र गरेर त हामी अर्धज्ञानी भैहाल्छौँ नि! भनिन्छ, लोग्नेस्बास्नीबिच झगडा नभएको घर मसानघाट हो। सायद साथीसाथीमा पनि त यो नियम लागू होला नि। यसपाली दशैँताका म काठमाण्डौ जाने कुरा मिलाउँदै छु। यदि सबै कुराले साथ दियो भने र आशुदाईले समय दिन सक्नु भो भने प्रत्येक्ष भेटघाट गरेर नै हाम्रो मित्रतालाई अझ बलियो बनाउने आस पनि छ कताकता। हेरौँ के कस्तो हुँदै जान्छ?

धागोको अन्तिम पोष्टमा जिओगुरुजीले मेरो तर्फबाट सबैलाई दिनु भएको धन्यबाद र मलाई दिनु भएको हौसलालाई म धेरै धेरै धन्यबाद दिन चाहन्छु। पिसेसजीले नयाँ धागो खोलेर मलाई अझै लेख्न घच्घच्यानु भएकोमा पनि धन्यबाद। हुन त पिसेसजी कै धागोमा सुरु गरे पनि हुने हो, तर पनि मेरो आफ्नै नामबाट सुरु गर्दा सानदाईको कन्टेनरमा छिरिसके पछि पनि खोजेर पढ्न सजिलो होस् भनेर मेरै नाम बाट नयाँधागो शुरु गर्दैछु, यसै कथालाई निरन्तरता दिन। समयको क्रमसँगै कथा त निकै नै लामो भयो। अझै पनि लामै लेख्ने बिचार गरेको छु। नेपालमा रहँदासम्मका कुराहरु समेट्ने प्रयास छ मेरो। केहि फूर्सदको समय कटाउन लामै भए पनि मेरो कथाले केहि काम गर्नेछ भन्ने आसा लिएको छु। पहिलेको कथा नपढ्नु भएका नयाँ साथीहरुले फुर्सदको समय कटाउन शुरुमा दिएको लिंक्कमा क्लिक गर्नुहोला।
------
ओके
 
Posted on 02-24-06 11:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ॐम दाई को स्टोरी पढ्न कति wait garya thiyo ..finally पढ्न पाइयो । धेरै दिन पछी पढ्न पाउदा साह्रै खुशी लाग्यो
 
Posted on 02-25-06 2:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Well I completed the whole story in one go.........

It was not an easy task to go through every posting...

Any way it was worth doing.

Thanks OK jee.
 
Posted on 02-25-06 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

OK दाई, म अर्को साल गर्मी को बिदा म नेपाल जनी पिलान छ । मिल्छ भ्ने त of course तपाईं सँग जौला, ओखल्ढुङ्गा बजार पनि तपाईं सँगै घुमौला, अनि फेरी तपै को गाउँ त अवस्य जनु पर्च। अफ्नो जिन्दगिमा नेपल को गाउ हरु हेर्ने थुलो रहर् थियो, के गर्ने अफु नेपल हुदा अत्ति नै शोखिन्दार् पर्यो, कतै गाउँ घुम्न नै पाईयेन।

तर येस्पलि नेपल जादा, पुर्व देखि पश्चिम् घुम्ने पिलान् छ आफ्नो त। हजुर् पनि मिल्छ भने आउनुस्, दुइ दजु भै सङै motorcycle diaries रमैलो हुन्छ।

फेरि पनि , पहिले जस्तै , हजुर् को अर्को खन्द को बिनम्र पर्खाइ मा।

दि.सि. भाइरस्
 
Posted on 02-25-06 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओम जी,
तपाईँको कथामा फेरि आँखा पर्‍यो। म फेरि पनि यसलाई पुस्तकाकारमा छाप्नु पर्छ भन्नेमा नै जोड दिन्छु। तर कृपया यसलाई छाप्नु अघि राम्रोसँग छलफल र सम्पादन गर्नु गराउनु होला। किशोर किशोरीहरूको सम्बन्ध र मध्यपहाडी क्षेत्रको आर्थिक सामाजिक अवस्थाको यस्तो सजीव चित्रणका कारण यस पुस्तकले तहलका मच्चाउनेछ।
केदार
 
Posted on 02-25-06 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

OM dai,

I came across your thread this morning and was not able to stop myself for reading the whole story. It took ard 3 hours for me to read from the very beginning.
I really appreciate your simple, detailed and heart-touching story. It's really worth reading your story.

I am desperately waiting for waiting for next episode.

And, if you happen to publish this story in book form (i suggest you to publish both in nepali and english as I found your writing more worth-reading than those of Samrat Upadhyay), I am booking 10 copies of first edition to myself.
 
Posted on 02-25-06 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओके जी,
तपाईका कथाहरू अत्यन्त आकर्षक र यथार्थवादी छन्, यसलाई पुस्तकाकार रूप अवश्य दिनुहोला। तपाईको संघर्ष गाथाले निश्चय पनि आउदा पिंढीहरूलाइ परिस्थितिसँग जुध्न प्रेरित गरिरहनेछ। अरू खण्डहरूको प्रतिक्षामा।
 
Posted on 02-26-06 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

OK- i want to read your story too ke but i can't cause i can't read nepali ke:( :( and now i really need to read it cause everybody seems to love it and i want to read it and love it too:)

Do you have it translated in english?;) Or if you don't have that and you just wanted to read your story from the beginning to the end over again could you call me and read it out aloud because i do understand nepali ke i just can't read it:( That would be great! :) Thanks!! :P
 
Posted on 02-26-06 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>ओम जी,
>तपाईँको कथामा फेरि आँखा पर्‍यो। म फेरि पनि यसलाई पुस्तकाकारमा छाप्नु पर्छ
>भन्नेमा नै जोड दिन्छु। तर कृपया यसलाई छाप्नु अघि राम्रोसँग छलफल र सम्पादन
>गर्नु गराउनु होला। किशोर किशोरीहरूको सम्बन्ध र मध्यपहाडी क्षेत्रको आर्थिक सामाजिक
>अवस्थाको यस्तो सजीव चित्रणका कारण यस पुस्तकले तहलका मच्चाउनेछ।
>केदार

ठ्याक्कै मेरो विचार । यसले पाठकवर्गमा तहल्का मच्चाउने मात्र होईन, यसबाट एउटा त्यस्तो चलचित्र बन्ने कल्पना गर्छु म, जसले पोल्टाभरि अन्तर्राष्ट्रिय कदर र पुस्कारहरु बटुल्नेछ ।

प्रकाशन पूर्व गर्नुपर्ने परिमार्जनकोबारे चाहि म अझ बढी जोड दिन चाहन्छु । यो विषय यस कथाको लागि मात्रै लागु हुने होईन । प्रथम लेखन र प्रकाशन बिचमा हुनुपर्ने व्यापक सम्पादन/परिमार्जनको अभाव नै नेपाली पुस्तकहरुको कमजोरी भनेर व्यावसायिक रुपले सफल लेखक सम्राट उपाध्याय तोकेरै भन्छन् । उनले आफ्ना पुस्तक प्रकाशन पूर्व सम्पादकको राय अनुसार कैयौं चोटी परिमार्जन गर्ने गरेको कुरा खोलेका छन् ।

त्यसैले ओकेजी, यो कथा पूर्ण भएर तपाईले आफ्नो तर्फबाट गर्नुपर्ने परिमार्जन गरिसके पछि एउटा योग्य प्रकाशक/सम्पादकसंग मिलेर राम्रो सम्पादन गराउनु होला । तर समस्या एउटै के भने नेपालमा पुस्तक सम्पादकको काम सामान्य भाषिक सम्पादन मात्र हो भन्ने ठानिन्छ । मैले त्यस्तो सम्पादकको कुरा ग-या होईन । मैले त सम्राट उपाध्यायलाई उनको पाण्डुलिपि पाँच पाँच पटक परिमार्जन गर्न लगाउने खालको सम्पादकको कुरा ग-या हुँ । केदार शर्माज्यूले पक्कै सहयोग या कुनै राम्रो नाम सुझाउन सक्नु हुनेछ ।

यो जो सम्पादन/परिमार्जनको कुरा भयो, यसबाट के चाहि भ्रम नपरोस् भने तपाईको कथा र शैलीलाई कुनै ढर्रादार ढाँचामा ढालिनुपर्ने आवश्यकता छ । वास्तवमा तपाईको कथाको यथार्थ र यथार्थवादी बयान यसका प्राण हुन् । त्यसमा तलमाथि प-यो भने ता यो निर्जीव भईहाल्छ ।

त्यसैले तपाईको कथाको सम्पादन एउटा ठूलै चुनौतीपूर्ण कामको रुपमा देख्छु म । भारेभुरेले सक्ने काम होईन यो । यो कुरोलाई याद राख्नुहोला ।
 
Posted on 02-28-06 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे जी, मेरो नाम लिइदिनु भइकोमा धेरै धन्यवाद। हुन त यस्ता कुरामा सार्वजनिक रूपमा बाठो हुँदै हिँड्नु राम्रो त होइन । तर पनि म लाजै पचाएर भन्छु, म यस पुस्तकको सम्पादक (साँच्चिको सम्पादक) हुने इच्छा त गर्छु नै, त्यसका लागि चाहिने व्यावसायिक सीप र क्षमता पनि मसँग छ। थपमा यसलाई छाप्नका लागि राम्रो प्रकाशक पनि खोज्नुपर्छ है। नेपालमा सामान्यतया "पुस्तक छाप्नु" र "प्रकाशन गर्नु"को भेद बुझ्ने प्रयास गरिँदैन। बल्ल केही प्रकाशकहरूले यो काम थालेका छन्। ओके जीले यतातर्फ पनि ध्यान दिनु नै हुनेछ।

केदार
 
Posted on 02-28-06 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I spend almost whole day to read this story and it is very good, heart touching.

I agree, it will make a good book.
 
Posted on 02-28-06 4:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है अब बल्ल मेसो आउँदैछ। गाउँले कष्टप्रद जीवनको यति सजीव प्रस्तुती शायदै कुनै एक नेपाली कृतिमा होला। ओकेजीको यो कथा शृंखला पुस्तक र चलचित्र दुवै विधामा सशक्त हुने निश्चित छ। अब पुस्तक प्रकाशनको प्रारम्भिक काम थाल्नुप-यो। यो कुरामा केदारजीले बढि नै योगदान दिनसक्नुहुने देख्छु म पनि। ल ओकेजी तपाईं पनि जुर्मुराउनु प-यो हौ। योर वर्क नट वान्ली डिजर्भस् टु वि पव्लिस्ड बट वल्सो टु वि रिवार्डेड। मेरो अग्रिम शुमकामना छ यो प्रोजेक्टको लागी।

-न्युयुजर
 
Posted on 03-01-06 1:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I wish OK were free these days...............

:D
 
Posted on 03-01-06 1:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I have been to Rampur Hat. Bought some "chura" in there (not for manju ofcourse and that was really a story. I wish I were narrator like OK)

I lived in Katunje / Harkapur. Walked along Molung Khola, Solung Khola and Pokting Khola... in 1999. .......

Although I think only 20% of this Manju story is true I love the narration and I am waiting for more of it.
 
Posted on 03-01-06 6:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am waiting to buy this book through Amazon or Sajha Publication..........
Fan of OK's sajha story............
 
Posted on 03-01-06 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This story made my day. Can't wait for next one.
 
Posted on 03-01-06 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ के जी कति कुराएको होला? waiting for next episode
 
Posted on 03-01-06 4:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-04-06 1:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथीहरु,
नढाँटिकन भन्नु पर्दा म साँच्चिकै दोधारमा छु । यो साझाका धेरै साथीहरुको सुझावहरुलाई हेर्दा यो कथालाई छपाउँदा पनि हुने हो कि जस्तो लाग्छ। केदारजी जस्तो नेपाली भाषा‍-साहित्यको पारंगत मान्छे र दिपकजी जस्तो कुशल लेखकले छपाउने सल्लाह दिंदा मलाई निकै नै गौरव लागेको छ। केदारजीले सम्पादनको काम गर्न तयार हुनु नै मेरो लागि सबभन्दा ठूलो उपलब्धिको रुपमा लिएको छु मैले। अंग्रेजीमा उल्था गर्ने देखि लिएर चलचित्रको निर्माण गर्ने लगायतका कुराहरु पनि गर्नु भएको छ साथीहरुले। सुझाबको लागि धन्यबाद। तर पनि यी सब कुराहरु भनेका निकै पछिका कुराहरु हुन्, हुन पनि सक्छन् र नहुन पनि। सम्पूर्ण साथीहरुको सहयोग पाएमा अहिले गर्न सक्ने भनेको नेपाली भाषामा सम्पादन र प्रकाशनको कुरा नै हो।

जबदेखि साझामा छपाई सम्बन्धि कुराहरु आए, तबदेखि नै त्यस्तो किताबको सामान्य खाका चाहिँ बनाएको छु। तर पनि यस्तो खाका अहिले सम्म सोचाईमा मात्र सिमित छ। सुरुदेखि नै निकै काम गर्नु पर्ने छ, यसको न्वारनदेखि नै। "मञ्जु मलाई माफ गर है!" शिर्षक वियोगान्त प्रेमकथा जस्तो लाग्छ। तर उपन्यासको कथा भने पूर्णरुपले सामाजिक छ। सामाजिक कथालाई एक निश्चल तर ब्यक्त गर्न नसकी आफैँभित्र लुकाएर राखिएको गहिरो प्रेमकथाले साथ दिएको छ। न त प्रेम प्रसंग बिनाको सामाजिक कथा नै पूर्ण छ, न त सामाजिक कथा बिनाको प्रेम प्रसंग नै। कस्तो किसिमको शिर्षक ठीक हुने हो, त्यो पनि निकै विचार गर्नु पर्नेछ। पुस्तकाकार नै दिने भएपछि यस्को पाठक क्षेत्र पनि बढाउनु पर्ने हुन्छ। मेरो अहिले सम्मको सोचाई चाहिँ दुई भागमा कितावीरुप दिने भन्ने छ। पहिलो भागमा (जसमा १० देखि १५ खण्डहरु हुनेछन्) अहिले सम्म लेखिएको मध्य-पहाडी सामाजिक जनजीवन समेटेर र दोस्रो भागमा (जसमा पनि १० देखि १५ भाग हुनेछन्) तिनै ग्रामिण पात्रहरु उच्च शिक्षाको खातिर काठमाण्डौ आउँदा गर्नु पर्ने संघर्षलाई समेटेर जम्माजम्मि ३०० पेज जतिको किताब बनाउन सक्यो भने यस्ले अलिक ठूलो क्षेत्रलाई कभर गर्न सक्छ। पुस्तक छाप्ने नै भए पछि यो दोस्रो भाग पनि आवश्यक देख्छु म त। केदारजी लगायतका साथीहरुसंग सल्लाह गरेर यस्को प्रारुप तयार पार्नेछु।

फेरी कहिलेकाँहि चाहिँ अर्कै किसिमका कुराहरु पनि खेल्छन् दिमागमा। म पूर्णरुपेण असाहित्यकार/अलेखक हुँ। मैले यो बाहेक कहिल्यै केहि लेखेको छैन। मैले यसो भनेको न त कुनै घमण्ड गरेर हो न त कुनै भाउ खोजेर। यो सत्य कुरा गर्न मलाई कुनै अप्ठ्यारो लागेको छैन, किनभने मैले साझाका केहि साथीहरु बाहेक पाठकको धारणा जाँच्न कहिल्यै पाएको छैन। म चाहन्न कि यो किताव प्रकाशन गरेर नेपाली भाषा-साहित्यको स्तर गिरोस् या एउटा कमजोर किताबको रुपमा कतै थन्कियोस्। बरु नछपाउँदा नै मलाई केहि फरक पर्दैन किनभने मैले अहिले लेखिरहेको न त कुनै ब्यवसायिक रुपले हो न त कुनै बाध्यताले नै। केवल एउटा सोख र आत्मसन्तुष्टिको लागि लेखिरहेको छु। साथीहरुबाट सिरियस किसिमका सुझाबको आसामा छु। मलाई लाग्छ अहिलेसम्म साझामा कथा मन पराउने साथीहरुले मात्र कमेन्ट गर्नु भाछ, मन नपराउने साथीहरुको कमेन्ट मैले हेर्न पाएको छैन।

छपाउने नै हो भने चाहिँ मलाई यो छपाउन कुनै कठीनाई छैन। केदारजी लगायतका साथीहरुको सहयोगमा यो छपाउन केही गाह्रो छैन। तर समय चाहिँ अझै लाग्छ। दोस्रो भाग लेख्नै बाँकि छ। दिपकजीले भने जस्तै म सकेसम्म पहिलो ड्राफ्ट असार मसान्तसम्म तयार पारेर केदारजी र अन्य केहि साथीहरुलाई पहिलो कमेन्टको लागि दिनेछु, प्रकाशन योग्य-अयोग्य छुट्याउनको लागि। त्यसपछि पोजिटिभ कमेन्ट आएमा २०६३ सालको दशैँ अगाडि प्रकाशित गर्ने गरी परिमार्जन तथा सम्पादनको काम अघि बढाउनु पर्ला।

सबै साथीहरुलाई कमेन्ट र सुझाबको लागि धन्यबाद।
---
ओके
पूनश्च: यदि यो कथालाई पुस्तकाकार नै दिने हो भने सो साझामा सबै भागहरु खुला गर्दा कतै पछि किताब पढ्नेलाई खल्लो त लाग्दैन? अनुभवी साथीहरुबाट उचित सल्लाहको आसामा छु।
 
Posted on 03-04-06 1:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-04-06 1:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

WOW माहिला नानी
मन्जु पात्र सशक्त रुपमा रहेकोले छेउ मा कतै नारी आकृती पनि राखे कस्तो हुन्थ्यो कुन्नि?
यसो मनमा लागेको कुरा भनेको मात्र ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
TPS Work Permit/How long your took?
emergency donation needed
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters