Ok
Replies to this thread:

More by Ok
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

binokary
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Manju, Malai Maaf Gara Hai !--II

[Please view other pages to see the rest of the postings. Total posts: 316]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 125751 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-22-05 2:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिलो धागो:

http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=21060

साथीहरु,

सुरुसुरुका दिनहरुमा लहैलहैमा लागेर सुरु गरेको मेरो कथा "मञ्जु, मलाई माफ गर है!" ले आजसम्मको दौरानमा मेरा ८,५०० भन्दा बढि पाठक (भ्रमणार्थी) हरुको न्यानो माया र सद्भाव पाएको छ। सानदाईको ३०० पोष्टको सिलिङलाई छुन सकेको छ। कयौँ साथीहरुबाट अमुल्य सुझाबहरु, प्रतिकृयाहरु र हौसलाका शब्दहरुले सुसज्जित भएको छ, मेरो यो पहिलो प्रयास। मेरो ब्यक्तिगत ठेगानामा आएका ईमेलका बर्षाहरु त झन् कति भावनात्मक र कति मित्रतापूर्ण छन् भन्ने कुरा यहाँ लेख्ने शब्दहरु नै पाउन सकेको छैन मैले। केहि साथीहरुले मलाई छपाई र गोपनियता लगायत अन्य महत्वपूर्ण बिषयहरुमा अमुल्य सल्लाहरु पनि दिनु भएको छ। यहाँहरुका सुझाबहरुलाई मनन् गर्दै यहाँहरु सबैमा हार्दिक कृतज्ञता टक्राउन चाहन्छु।

प्यारा पाठकहरु,

बिशेषत: पछिल्लो समयमा आएर आशुदाईको अर्कै धागोमा यो धागो संम्बन्धि अ-प्रासांगिक चर्चाले हामी केहि साथीहरु बिचमा केहिसमय सानोतिनो खटपट पनि भयो। सायद मैले उहाँको लेखाई बुझ्न सकिन होला अथवा उहाँले पनि आवेशमा आएर लेख्नु भयो होला। मैले पनि आवेशमै उहाँलाई बिजाउने केहि कुरा गरेँ होला। नठाँटिकन भन्नु पर्दा उहाँबाट मैले सिक्ने कुराहरु निकै छन्। उहाँले पनि सिक्ने कुरा होलान्, पक्कै पनि महसुस गर्नु भएकै होला। अहिले त यी सबकुराहरु बिगत भैसकेका छन। मेरो बिचारमा त यस्तै खटपटहरुबाट त छिटो सिकिन्छ नि, अनि हामी बिचको घनिष्ठता पनि मजबुत हुँदै जान्छ। सबै राम्रैराम्रो कुरा मात्र गरेर त हामी अर्धज्ञानी भैहाल्छौँ नि! भनिन्छ, लोग्नेस्बास्नीबिच झगडा नभएको घर मसानघाट हो। सायद साथीसाथीमा पनि त यो नियम लागू होला नि। यसपाली दशैँताका म काठमाण्डौ जाने कुरा मिलाउँदै छु। यदि सबै कुराले साथ दियो भने र आशुदाईले समय दिन सक्नु भो भने प्रत्येक्ष भेटघाट गरेर नै हाम्रो मित्रतालाई अझ बलियो बनाउने आस पनि छ कताकता। हेरौँ के कस्तो हुँदै जान्छ?

धागोको अन्तिम पोष्टमा जिओगुरुजीले मेरो तर्फबाट सबैलाई दिनु भएको धन्यबाद र मलाई दिनु भएको हौसलालाई म धेरै धेरै धन्यबाद दिन चाहन्छु। पिसेसजीले नयाँ धागो खोलेर मलाई अझै लेख्न घच्घच्यानु भएकोमा पनि धन्यबाद। हुन त पिसेसजी कै धागोमा सुरु गरे पनि हुने हो, तर पनि मेरो आफ्नै नामबाट सुरु गर्दा सानदाईको कन्टेनरमा छिरिसके पछि पनि खोजेर पढ्न सजिलो होस् भनेर मेरै नाम बाट नयाँधागो शुरु गर्दैछु, यसै कथालाई निरन्तरता दिन। समयको क्रमसँगै कथा त निकै नै लामो भयो। अझै पनि लामै लेख्ने बिचार गरेको छु। नेपालमा रहँदासम्मका कुराहरु समेट्ने प्रयास छ मेरो। केहि फूर्सदको समय कटाउन लामै भए पनि मेरो कथाले केहि काम गर्नेछ भन्ने आसा लिएको छु। पहिलेको कथा नपढ्नु भएका नयाँ साथीहरुले फुर्सदको समय कटाउन शुरुमा दिएको लिंक्कमा क्लिक गर्नुहोला।
------
ओके
 
Posted on 07-25-05 9:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घनश्यामसर हिँडेपछि मैले उनीहरुसँग "के पढ्न खोजेको, बिजगणीत, अंकगणीत वा ज्यामीति" भनेर सोधेँ। "हामीलाई त केहि पनि आउँदैन। सबै कक्षा ९ देखिको नै पढ्ने" भने सवैले एक स्बरले। मैले पनि तेतिबेला ९ कक्षा सक्नै लागेको थिएँ। आफूलाई त गणित अति सजिलो लाग्ने। 'खै के नजानेका होलान् है यति सजिलो पनि' मनमनै सोचेँ। तर पनि सबैको अनुहारले साँच्चै पीर परेको कुरा झल्काईरहेको थियो। "कक्षा ९ को गणित त सजिलो छ नि" मैले उनिहरुलाई आफूलाई मनमा लागेको कुरा सान्तोना दिने हिसाबले बताएँ। उनिहरुले चाहिँ मलाई चिन्दा रहेछन्। "सिकाईदेऊ न त ओम, हामीलाई" भनेर सबैले एकस्वरमा भने। "ल त्यसो भए, ९ कक्षाको गणित चाहिँ म सिकाईदिन्छु, मैले जानेको जति। सबै त जान्दिन होला, तर पनि मैले जानेको चाहीँ सिकाईदिउँला" भनेर उनिहरुको मन राखिदिएँ। ति केटाहरुको पनि घर स्कुलबाट अलिक टाढा रहेछ, तर पनि घरबाट नै स्कुल धाउन सक्ने। एस.एल.सी. को तयारीका लागि तेहिँ नजीकै कोठा भाडामा लिएर बसेका रहेछन्, मञ्जुको घरबाट त्यस्तै १० मिनेट जति लाग्ने तर स्कुलबाट त ५ मिनेटमै पुग्ने। "ल त्यसो भए भोलिदेखि स्कुल छुटेर आए पछि दिनको १ घन्टा पढाईदेउ है त! हामी पैसा पनि दिन्छौँ के!" एक जनाले बोल्यो। यस्तो कुरा सुनेर बिचाराहरुलाई साँच्चै नै आपत परेको रहेछ जस्तो लाग्यो। मैले "पहिला मैले सिकाको कस्तो लाग्छ तिमीहरुलाई, हेर, अनि जति पैसा दिन मन लाग्छ दिनु, दिन मन नलागे नदिए पनि हुन्छ। मैले सिकाको राम्रो नलागे, सरहरु नै खोजेर पढ्नु, शाह सरले पनि बिज्ञान बिषय पढ्नु भाको रे ईञ्डियाबाट, गणित पनि त पढाउनु हुन्छ होला" भनेर उनिहरुलाई बैकल्पिक बाटोले पनि ढुक्क बनाईदिएँ। उनिहरु पनि खुशि हुँदै आफ्ना कोठा तिर लागे।
साझाल्यान्ड,
१० श्रावण, २०६२
 
Posted on 07-25-05 9:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है, अब राम्रो उपाए निक्लला जस्तो छ।
 
Posted on 07-25-05 10:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
घरमा गएसी पढ्छु।
 
Posted on 07-26-05 2:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kasto ramro katha !! Kasto ramro lekhan saili...Ok jyu....sarrai maan paryo yo manju ko katha....aba ta ma pani niyamit pathak banne bhayeee :)
 
Posted on 07-26-05 4:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

OKji,

I have been regular reader of your story since the very first day you have posted and awaited eagerly for every new link and continuity.

Being a silent reader of this site, I never used to comment. However I can not stop praising your way of wrtiting and depicting those struggling past life which represents at least 20 % of Neplese students way back in Nepal even at present context.

Please keep writing and try publishing book in near future. It will be really inspirational story for all those struggling Neplese student in Nepal. My story is not different than yours as well however there was no freinds like manju in my life who made your journy bit comfortable and could make deep, respectable mark in your heart.(no offecnce please)

Okji, we are here in USA with the best of carreer. Could we do something for the student like us back in Nepal who are undergoing similar situation we have gone through. I have proposal in my mind going for long time which I am going to formulate and implement very soon .

1> We can stablish a exclusive scholarship program with yearly fund $100,000.
($20,000 I personely guarantee from my professional circle )

2> Make group(org) of at least 1000 of like minded people who can donate at least $100/year for this noble cause.

3>It will be direct program without any mediator or NGO.

4> It will be completely transparent,non political and non profitable org monitored by group of professional from USA and Nepal.


Best wishes
 
Posted on 07-26-05 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ोके जि

"मान न मान मै तेरा महेमान" म ाब पाहुना लागि सके। यहा पसकेको कथा यति मिठो छ कि भात नै नखाये हुने।
चाडै ाको पाुने आशमा।
 
Posted on 07-26-05 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ok ji,
katha ramailo 6, tara kya, yo shrinkhalabaddha bhaekole teleserial here jasto apuro bhayo, baru singo film ekai patak ma sake kaso hola. malai ta audaha po hun6 apuro lekhai le ...1din kurna pani gahro bho.
 
Posted on 07-26-05 5:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ooi manju darling,,sarai garyo ho yo lekhak le,,,
please yauta article lekhera maaf garideu,,,ma ganesh bhagwan lai laddu chadauna janchu yo lekhak ko naam ma
 
Posted on 08-02-05 5:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:(

म पाहुना लाग्नु र ोकेजी हराुनु सबै एकै दीन भएछ्। कुन दीनमा पढन थालेछु
 
Posted on 08-02-05 9:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

manju darlin please forgive this psycho lekhak,,i will lick yur ---- all night if yu do it
 
Posted on 08-02-05 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

OK Ji Dherai Dherai Danyabad Pafilo Dhago ko link rakhidinubhayeko ma.. I am crawling through your story, I liked it so much.. If you have typed somewhere in word document, would you mind to forward it to me? I would like to include yours among my master piece collections..

Tapai ko katha ko review chai padera sikiye paachi diula..


 
Posted on 08-03-05 8:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घरमा बसेर पढें ।
 
Posted on 08-04-05 9:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतेजी,
उपाय त निक्लनै प-र्यो नि हैन र? अनि ए साँच्ची, फिल्डक्याम्प र मनोरञ्जनात्मक भ्रमण कस्तो रह्यो त? सरलेको याद कतिको आयो?

दादा,
जापानीज घर त साना पो हुन्छन् रे त, भान्सामा पनि अर्कोतिर फर्कनै नमिल्ने। तपाईँको कम्प्युटर र ईन्टरनेटका ताराहरु राख्ने ठाँउ छ त? हो हुन त, घरमा पढ्दा बेग्लै मजा आँउछ। लिखेको जन्तेबाख्रो खान पाए झन् मज्जै अर्कै!

स्रिष्टी,
मेरी बहिनी, पुनर्रागमनको लागि स्बागत छ। बहिनी आउने र दाई हराउने त एकैपटक परेछ नि। अब चाहीँ यो "ओके" हराउदैन होला।

Superuser,

I was out of US for about a week to attend a small academic conference in Istanbul. So, I was unable to respond promptly. Thank you for your kind words for my story. I will continue it as far as my personal schedule gives permission to do so.

I am very happy to get some ideas from you about what we can do for our fellow friends back in our rural villages who are really in need for some assistances. I also read just few hours ago about your personal interest to help a student in another thread. I am really impressed from your dedication to do something for those who really need help and if we can make an organization, the contribution will be more fruitful.

Your idea of establishing some funds to help them sounds very interesting and, I also want to be a part of such activities. However, for the time being, I am not in a good position (economically) to contribute in such activities because I have just completed my degree. I am now in the process of searching job. Once I get an opportunity, I will surely contribute in my full capacity. Please inform me if you have any such programs in future.

ईश्बरजी,

लौ तपाईँले त मलाई गाह्रो पार्ने कुरा ल्याउनु भो। एकैपटकमा सबै कथा चाहिँ मेरो तर्फबाट Completely Impossible है। सरी, के गर्नु, भात खाने मेलोमेसो पनि त गर्नु प-र्यो नि! कथाले मात्र त खान नदिने रेछ। टेलीसिरियल हेर्ने बानी गर्नु भा देखि मलाई सजिलो हुन्थो!

बिजयज्जी,

तपाईँको कमेन्टहरु हेरेर म "Enjoy" गरिराछु। लेख्दैजानु होला।

पाउनाजी,
तपाईँ मेरो कथामा आउनु र म हराउनु एउटा संयोगमात्र हो। तपाईको आगमन मेरो बहिर्गमनसँग सुकोधरी साईनो छैन। यो त केबल मेरो ब्यक्तिगत कमजोरी र समस्या हो। यस्लाई यहाँले यस्तै रुपमा लिईदिनु होला।

पिसेसजी,

स्बागत छ है मेरो कथामा। मैले सबै कथालाई मिलार राख्न भ्याको छैन। पछि Compile गरेपछि म ईमेलबाट पठाईदिन्छु नि। अहिले त फेरि कथा नै सकिएको छैन, अधकल्चो कथा के पठाम भनेर नि !

पण्डितजी,
दादा जस्तै तपाईँलाई पनि घर नै मन पर्दो रहेछ, पढ्नलाई। मलाई चाहिँ क्याम्पस नै मन पर्छ, खै किन हो?
------
ओके
 
Posted on 08-04-05 10:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मञ्जु, मलाई माफ गर है !
आत्मकथा - ओके
खण्ड २२

"ओम दाई, म एउटा कुरा भनौँ?" मञ्जुले लेख्दै गरेको कलमलाई कपिमाथी राखेर मतिर हेर्दै भनिन्। "भन न के कुरा?" सदा झै उनको कुरामा ध्यान दिने मेरो बानी यसपटक पनि कायमै रह्यो। "अब तपाईँ साँच्चै ट्युसन पढाउनुस्। ९ कक्षा सम्म त तपाईँले जुन बिषय पनि पढाउन सकि हाल्नु हुन्छ नि! एउटा कोठा खोजौँ, त्यहिँ ट्युशन पनि पढाउन मिल्ने, तपाईँका भाईबैनी पनि बसेर पढ्न मिल्ने"। मञ्जुको कुराले मेरो मनमा पनि आसाको त्यान्द्रो पलायो। 'ट्युशन पढाएर यसो मासिक २००/३०० रुपिँया भयो भने त भाईबैनीले पनि पढ्न पाउँछन्' मनमनै अलिअलि खुशि पनि भएँ। "ट्युशन पढ्ने केटाकेटी पाईएला र?" मैले मञ्जुको राय लिन खोजेँ। "पाईन्छन् होला। बाबालाई ट्युसन पढाईदिनु भनेर कति कर गर्छन्? फेरी तपाईँ राम्रो बिद्यार्थी हो भन्ने कुरा सबैलाई थाहा छ। म बुझ्छु है त, एताउता?" उनले मलाई झन् भरोसा दिईन्। "ल त्यसो भए कोषिश गरौँ। मिलेछ भने अर्को शैक्षिकसत्रदेखि नै भाईबैनिलाई स्कुल भर्ना गर्ने अनि ट्युशन पनि त्यतिखेरैबाट पढाउन थाल्ने। अहिलेलाई चाहिँ त्यहि दिँउसो आएका केटाहरुलाई ९ कक्षाको गणित सिकाईदिन्छु।" हामीले आगामी दिनको योजना बनायौँ। न त हामीले घनश्याम सरलाई नै सोध्यौँ, न त मञ्जुको ममीलाई नै सोध्ने कुरा हेक्का राख्यौँ। निर्णय पनि अब त मञ्जु र म मात्रले गर्न थालिसकिउँ।

निकै नै मिहिनेत गरेर ९ कक्षाका केटाहरुलाई हिसाब सिकाउन थालेँ म पनि। पाँच जना मध्ये २ जना त जति नै सिकाए पनि भुत्लोभाङ नबुझ्ने रहेछन्। ३ जना चाहिँ अलिक मिहिनेत गरे केहि हुन्छ कि जस्तो लाग्यो। १ हप्ता पछि मैले उनिहरुलाई "मैले सिकाको कस्तो लाग्यो? अब पनि मसँगै सिक्ने कि सरहरु खोज्ने?" भनेर सोधेँ। "अब घनश्यामसरले मान्नु भएन। शाहसरले त मासिक १५० रुपियाँ नभै नपाढाउने रे। बरु तपाईँ नै सिकाईदिनुस्। हामी मासिक ५० रुपियाँ दरले दिन्छौँ" भने । मनमनै जोडेँ "मासिक ५० को दरले नै भए पनि ५ जनाको त एक महिनाको २५० रुपियाँ हुन्छ। त्यो पैसाले त भाई र बहिनीलाई पढाउन पुगिहाल्छ नि!"। "ल त्यसो भए अब देखि खुब मिहिनेत गरेर पढ्ने। ९ कक्षाको सबै हिसाब जान्यो भने त एस.एल.सी. पास हुन सकिन्छ। फेरी तिमिहरु आफैँले पनि कक्षा १० को १/२ बटा हिसाब मिलाउन सके त पास त सजिलै" भनेर उनिहरुलाई पनि आस देखाई दिएँ। केटाहरु पनि सिरियस हुँदै पढ्न थाले।
क्रमश:
 
Posted on 08-04-05 10:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

२०४६ साल कार्तिक २२ गते तत्कालिन रानी ऐश्बर्यको जन्म जयन्तिको लागि जिल्ला स्तरीय निबन्ध प्रतियोगितामा भाग लिन हाम्रो स्कुलबाट पनि १ जना केटा र १ जना केटी ओखल्ढुंगा जिल्ला शिक्षा कार्यालय जानु पर्ने भयो। कक्षा १० को फष्ट केटा नेपाली विषयमा त्यतिसारो तिक्ष्ण नभएकोले कक्षा ९ बाट मलाई छनौट गरियो। केटीको कोटामा त मञ्जु १ मात्र उमेदवार थिईन्। कक्षा ९ र कक्षा १० मा त बल्ल तल्ल पास मात्र गर्ने ३/४ जना मात्र केटीहरु थिए। तिनिहरु भन्दा त ८ कक्षैकी भए पनि मञ्जु निकै तगडा। कार्तिक २० गते आईतबार र २१ गते सोमबार नेपाली बिषयको सरले स्कुलमा सँम्भावित निबन्धका शिर्षकहरु, निबन्ध लेख्ने तरिकाको बारेमा मञ्जु र मलाई सँगै राखेर सिकाउनु भो। "नारी विकासमा श्री ५ ऐश्बर्यको देन" भन्ने शिर्षकलाई नै हामीले मुख्य केन्द्रबिन्दु बनाएर सरलाई निबन्धको खेस्रा गर्न लगायौँ। पहिले पहिलेका अनुभबबाट ब्यक्तिपूजालाई सर्बोपरी ठान्ने पञ्चायती ब्यबस्थाका समयमा यस्तै किसिमका शिर्षक हुन्छन् भन्ने अनुमान गर्न पनि हामीलाई खासै गाह्रो भएन। सरले लेखिदिएको खेस्रालाई नै घोकेर कन्ठ पारेऊँ दुबैले। सहिदहरुको जिल्ला भनेर चिनिने ओखल्ढुंगामा २०४६ सालको जनआन्दोलन सुरु गर्ने कुराको गाईँगुईँ सुनिन थालेको थियो, भूमिगत रुपमै भएपनि। हाम्रो स्कुल भाको गाँउ त झन् सहिदको गाउँको स्कुल भएर तत्कालिन शाषकहरुको त आँखाको तारो नै भएको थियो। हाम्रो स्कुलमा अखिल-नेबिसंका गोप्य अधिबेशनहरु हुन्थे, समय समयमा। राष्ट्रबादी बिद्यार्थी मञ्डल गठन गर्न १ हप्ता अघिमात्र फर्केका जिल्लाका शाषक भनाउदाहरुले हामी बिद्यार्थीहरुलाई पनि निकै अर्कै दृष्टिले हेर्थे।

अरु बर्षहरुमा चाहिँ नेपाली विषयको सरले लिएर जानु हुन्थ्यो ओखल्ढुंगा, बिद्यार्थीहरुलाई यस्ता प्रतियोगिताहरुमा। तर यसपटक चाहिँ उहाँ जान नपाउने हुनु भो। "तिमीहरु २ जना मात्र गएर आउन सक्छौ त ओम?" भनेर हेडसरले सोध्दा "सकिहाल्छौँ नि सर" भनेर हामी मात्र जाने निर्णय गरियो। हाम्रो स्कुलबाट ओखल्ढुंगा पुग्न छिटोछिटो हिड्दा २ घन्टा ३० मिनेट, आईमाई केटाकेटीको सारमा हिड्दा ३ घन्टा लाग्थ्यो। "निबन्ध प्रतियोगिता १ बजेबाट २ बजेसम्म हुने हुँदा २ बजे हिड्दा त ५ बजे जसरी पनि घर आई पुगिहाल्छन्" नि भनेर घनश्यामसरले पनि हामीलाई मात्रै जान दिने हुनु भो। मञ्जुको ममीले ठिक्क पारिदिएको खाजाको झोला बोकेँ मैले। घनश्यामसरले "बाटो हिड्दा के पर्छ के पर्छ? लौ यो २०० रुपिया बोकी राख मञ्जु, भरे फिर्ता ल्याएर दिनु!" भनेर दिनुभो। मञ्जु र म बिहान ८ बजेतिर नै ओखल्ढुंगा तिर लागिउँ, निबन्ध प्रतियोगितामा भाग लिन।
साझाल्यान्ड,
२० श्रावण, २०६२
 
Posted on 08-04-05 11:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घरमा बसेर पढें ।

अँ सागुरै हुन्छ जापानी घरहरु। नुहाउँदाखेरि कुहिना ठोकिन्छ, बाथरुम साँगुरो भेऽर के।
यस्तै हो घन्च मञ्च सञ्च। जे कुरा पनि सानो मुन पर्छ के यिनीहरुलाई त। किन हो कुन्नि।

Istanbul तिरको फोटु नि टाँसुम् न कतै।

 
Posted on 08-05-05 12:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ए दादा, जुन फोटु हेरे पनि मेरो यो नराम्रो अनुहार नै देखिन्छ। के सबजनालाई अगति पारम् भनेर मेरो अनुहार नदिखिने फोटो हेरेको भट्नै सकिन । तर पनि १/२ बटा त भेटेँ।

१. यो ठूलो नदिले युरोप र यसिया छुट्टाको रछ।


 
Posted on 08-05-05 12:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेरी, यसियाबाट युरोप यस्तो देखिँदो रछ ।


 
Posted on 08-05-05 12:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब १ एकपटक युरोपबाट यसिया हेरौँ है।


 
Posted on 08-05-05 12:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चाहिँ ईष्टान्बुल सहरको हिल्टन होटल छेउकै रोड। पुतलीसडक कहिले यस्तो हुने होला?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
TPS Re-registration case still pending ..
Breathe in. Breathe out.
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Sajha has turned into MAGATs nest
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters