perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

lolitalover

liberty gal
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी-१७४

[Please view other pages to see the rest of the postings. Total posts: 349]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-sleep.gif
[VIEWED 198466 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 01-22-10 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


~ चौतारी १७४ ~






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७४औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?

सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सोसधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal - रामे, रामेचा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens

, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 174 editions

Last edited: 22-Jan-10 02:37 PM

 
Posted on 01-29-10 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ जिम्ज सुड्डा! तल बाइस्कोप हलमा तिमीलाई निशान्तेले धुइँ धुइँती खोजी राको पो थियोन्त! चोँचेको खान पुग्यो रे कि, अन्त जिम्ज सुड्डाको खुट्टीको अचार खान्छु भन्दै सारो रन्केको पो थियोन्त! कतै बुढो बेलामा नि उस्को सब्बु माथि तिरी मिरी देखिने आँखा त गाढेनोउ? अरु कुरा तेस्तेइ हो कि, बरु तिमरो त्यो खुट्टामा चैँ प्रिएम्प्तिव दिफेन्स लगाउ ल? मदने भईयाko म्आ गएर प्लास्टर हाल्दी हाल। तेस्पछी त आँँंच सुड्डाको खुट्टा त सारो दाम्मी पो हुन्छ। होक्की इस्टिक भाँचिएला कि, तर खुट्टा त शाही सलामअत नि हो! अन्त, अर्को चान्समा चैँ बच्चीहरुलाई आँखा लाउँदा गोग्ज लगाउ ल? कम्सेकम अरुले त थाहा पाउँदैन नि!

हर्के सोम्ले मदनेको विडियो चैँ दम्मी रखेछ कि!

अन्त, अरु सोम्हरुलाई नि मेरो हाइ एन्द हाउ डु यु डु छ ल? सोम्निहरुलाई चै हग्ज पनि! खुशी बुइनी त ड्याङ बिजी होला भनेको त अ यता पो पतर पतर रइछन्त! आँच !
Last edited: 29-Jan-10 01:31 PM

 
Posted on 01-29-10 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

??? जैसन सुसरा सरसे बाल गायब छ वैसन पोस्टसे लैटरवा गायब छ! यि हमि हो कि हमरो कम्पुटरवा हो?
 
Posted on 01-29-10 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जैसन सला मदनेको लर्की मिल्नेको किस्मत टुटेछ, वैसन सलाको आँखा भि फुटेछ!

लैटरवा देखेन रे? फेरी हेर भईया! कि गान्धिको चिहान देखी चस्मा ल्याइदिम? 
 
Posted on 01-29-10 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै के हो के हो।। रेफ्रेश गर्दा गर्दा आफै पोस्ट आउने जानी हुन्थाल्यो बै
 
Posted on 01-29-10 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादुsssssssssssssss व्हेर ह्याभ यू बिन? वास्ता छैन बुइनिको?

<<<<आफै पोस्ट आउने जानी हुन्थाल्यो>>>>

के भन्छ?

 
Posted on 01-29-10 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वास्ता त कोल्ले पो नगरया हो कुन्नी? बिरानी भा भे माफ पाम के रे।
 
Posted on 01-29-10 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.....टुँssssss!......


यो रेडियो चौतारी हो, यतिबेला दिनको ठिक २ बजेको छ। अप प्रस्तुत छ 'चौतारी क्लोजअप तारारम्पम' कार्यक्रम!


.....टुँssssss!......


 
Posted on 01-29-10 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम
बिग्र्या रेड्वा पर्‍यो कि क्या हो, टुँssssssssssssssssssss बजे बजेइ छ । 
 
Posted on 01-29-10 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

baaje le shankha [Disallowed String for - Bad word 'fuk']era dhaarmik kaaryakram ko prastuti ta garna laa hoina? LOL

 
Posted on 01-29-10 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"fookera" ni lekhna nadine thuikka Sajha! 
 
Posted on 01-29-10 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के तिमी क्लोजअप गर्दछौ


दुनियासंग डर्दछौ


क्लोज अप किन गर्दछौँ



 


टिम्बा सिरक! टिम्बा सिरक!


यो टिम्बा सिरक भनेको के हो?


कपासलाई जालि बुनेको कपास नसर्ने सिरक हो


अनि कहाँ पाइन्छ नि?


पर्दर्शनीमार्गको पद्ध्मोदय हाइस्कुल संगै मात्र पाइन्छ



 


दोश्रो बच्चा कहिले पहिलो गाँजा तान्छ जहिले


पीवार नियोजनको अस्थायि साधन छाल


समुन्द्र समुन्द्रमा पाइन्छ 



 -----------------------------------------------------------------------------------------------------


  नमस्कार! क्लोज अप टुथब्रस, क्लोज अप तुथपेस्ट, क्लोज अप माउथवास, क्लोज अप नक्कलि दाँत, क्लोज अप नक्कलि गिजा, क्लोज अप फलानो तथा क्लोज अप ढिस्कानो द्वारा संचालीत चौतारी क्लोजअप तारारम्पम अन्तरवार्ता कार्यक्रममा यहाँहरुलाई यो संवाददाताको न्यानो अभिवादन्। श्रोताहरु सधैँ झैँ आज पनि हामि तपाइँ समक्ष प्रस्तुत भएका छौँ हाम्रा पहुनाहरुका साथ। हजुर! हामिले हिजो बिचमै छाड्न बाध्य भएको अन्तरवार्ताको बाँकि भाग लिएर हामि प्रस्तुत भएका छौँ, आउनुहोस कार्यक्रम शुरु गरौँ!


 


संवाददाता- हैन के भन्दै हुनुहुन्छ मदनवाजी, तपाइँको कास्टिङ काउच भयो रे? कसरि?


रिठाराम- यो हुँदै नभएको मनगढन्त कुरा हो! मदनवाले मलाई बदनाम गर्न खोज्दै छ!


मदनवा- कथि बात करनुहुन्छ रिठे दाजु? हँ? सला हमरो भएथियो त भएथियो हमि भन्छ कि कैसन भएथियो, सला योमा बदनामीको बाइत किधरसे आयो?


निशान्त- खित् खित् खित् म्याड सोमले लास्टै हँसायो हौ, आबो उसैलाई बदनामिको कुरा छैन भन्छन्त खित् खित् खित्! सोम ठिक त छ होइन तिमि? कतै?.....”


खुसि- उफ् छ्या कस्तो कस्तो कुरा गर्छन!


रिठाराम- हे भगवान्!


संवाददाता- ट्वाँSSS परिङ


मदनवा- अरे निशान्त भैया कइबसे सुसरा बाइत करनेको खोज्दे छ हमि। हँ? सला अपने आप बाइत बुईझके कानकलुजन निकाल्छ तपाइँ? हँ? हमरो कैरक्टरको बाइत निकाल्छ? हँ? सला हमि भि सुध् गायको दूध पि पिके गबरु जवान भएछ, सला चरस गंजाको बदनिया छेन हम्रो, हमरो कैरक्टरको बाइत कर्छ त सला पुरे बदन निचोडके निम्बु जैसन करदिन्छ हमि! हँ? थोडै सुसरा जउन बाइत पे भि सहेर बस्छ हमि? हँ? सला सइबके सइबके हड्डि पस्लि एक करिदिन्छ हमि, एक शब्द जो छ हमरो कैरक्टरियाको या खुसिया सुन्द्रिको कैरक्टरियाको बात आवँछ त!


निशान्त- (अलि डराउँदै)चिल्याक्स सोम! मोइले क्यारेक्टरको कुरा गरेको हैन हौ रेला पो गरेकोन्त। आबो कसरि भयो भनन त कास्टिङ काउच!


रिठाराम- मदनवा खुसिको कुरा बिचमा कसरि आयो?


संवाददाता- फेरि ट्वाँ (मनमनै) यता त नयाँ नयाँ रहस्य खुल्छ जस्तो छ!


खुसि मदनवा चुप लाग न भन्या!


मदनवा- हमि चुप बस्देन खुसिया सुन्द्री, सला डाइरेक्टर छ त जो ऊ सुसरा चाहन्छ वहि होनेको छ? हँ? संवाददाता दाजु, यो रिठे दाजु जो छ, सला अफ्नो मुनाफाके लागि हमि सइबको युज किएछ, सुसरा खुसिया जैसन सिधा लरकिको भन्यो कि सला ऐटिच्युड दिखाईके बाइत करनेको। ऊ बेचारि ऐटिच्युड दिखाईके बाइत कियो। कभि हाथको उंगलि दिखावनेको भि शरम मानने वालि लरकिके फेस गनापे दिखायो और दुर से बदनिया दुसर लरकिके दिखायो। हमि फिर भि चुप बस्यो। हँ? फिर भि खुसिया को बोल्छ कि इन्टरभु जो छ ऊ मा ऐटिच्युड दिखावने। सइब सला अफ्नो नाफाके लागि करेछ। जइब खुसिया ऐटिच्युड दिखावँछ त पब्लिकलोग सोच्छ कि गनापे जो बदनिया छ ऊ खुसियाके छ। और फिलमके मुनाफा जो छ रिठे दाजु खान्छ। हमि बोलनेवाला थिएन पर सुसरा हियाँ हमलाई बदनाम करनेको आरोप लगायो।


संवाददाता- रिठारामजी, मदनवाको कुरा ठिक हो? लाखौँ श्रोताले सुन्दैछन् ध्यान दिएर बोल्नुहोस है?


रिठाराम- कुरा नाफाको हैन, अब कथाको माग अनुसार गर्या हो खुसि रेडि भइन गर्न त पर्यो नि!


खुसि-(अलि हिम्मतिलो बन्दै) अनि संसारलाई त्यो नाच्ने केटि मै हो भन्ने किन पार्न पर्यो नि! थ्याङ्क्यु मदनवा!


निशान्त- मोइले त पहिले नै भन्न खोजेको थियो खुसि, आबो भन्छु भनेको मदनवाले थाहा पाएर भन्यो!


मदनवा- चुप् रे निशान्त चुप्! कुछ करनेको सक्तेन लरकिको लागि त सुसरा बडे बडे गप मारनेको पर्देन। तपाइँ भि मिले छ रिठे दाजुके संग! तपाइँ भि भन्दे थियो कि सनिमामा जो देख्छ बिलकुल खुसियाके बदनिया जैसन लगनेको पर्छ!


निशान्त-


रिठाराम-"उफ्!"


संवाददाता- ओहो! यो त धोका भएन र रिठाराम ज्यू? अनि साँच्चै कुरा मदनवाजिको कास्टिङ काउचको हुँदेथ्यो, के भएको थियो हाम्रा श्रोताहरुलाई भनिदिनु पर्यो?


रिठाराम- (झण्डै रुँदै) रामोराम केहि भएको थिएन, मैले त्यस्तो कास्टिङ काउच साउच केहि गर्या छैन यसपालि, धरोधर्म!


संवाददाता- श्रोताहरु! सुन्नुभयो? कुनै कुरा नोट गर्नुभयो? भर्खरै डाइरेक्टरज्यूले भन्नुभयो कि यसपाली, भनेपछि पहिले पनि पटक पटक कास्टिंकाउच गर्दै आऊनुभएको रहेछ!


रिठाराम- थुक्क!


खुसि- आबुईsss! हे भगवान्!..थ्याङ्क्यू मदनवा!


मदनवा- युर् वेलकम खुसिया सुन्द्री! त संवाददाता दाजु, हमि सुसरा रिठारामले हमिलाई किएको युज देखनेको सकेन, खुसिया सुन्द्रीलाई किएको अपमान देखनेको सकेन त्यसैले हमि कास्टिङ काऊचको बात लियायो। पर हमि झुठ भि बोलेछेन, हमरो संग भए थियो!


रिठाराम- हे प्रभु! हुँदै नभाको कुरा ल्याएर भएको कुरा पानि बिगारिदियो, पहिलेको कुरा पनि फुस्काईदियो, यसपाली केहि नगर्दा मदनवा तिमिले किन फँसायौ मलाई झुठ बोलेर?


संवाददाता- (मदनवा तिर हेर्छन)


मदनवा- बोलेँ त हमि झुठ भि बोलेछेन, हमि बतावँछ कि कैसन सुसरा हमरो कास्टिकाआउच भयो। हमि जिन्दगीके पहले सुटिङपे गियो कास्टिङपे। खुसिया सुन्द्री थियो बगलमा, रिठे दाजु डायरैक्टर थियो और निशान्त भैया विलनवा थियो। हमि कास्टिङ सिन कर्दे थियो निशान्त भैयाको लात घुँसा मार्दे पछारि हटदे थियो कि अचानक हमरो कोहनि जो छ ऊ खुसिया सुन्द्रीको लग्यो और खुसिया सुन्द्री आउच कियो। सुसरा हम्रो कास्टिङ थियो और खुसिया आउच कियो, ऊ हमरो कास्टिङ का आऊच थियो खेँ खेँ खेँयो सब बाइत त यो रिठे दाजु और निशान्त भैयाके शैतानी रुप दिखावनेको खातिर कियो हमि खेँ खेँ खै!


रिठाराम-


निशान्त-


खुसि- ईँखि ईखि मदनवा!


संवाददाता- हाहा हा हा हा जे होस तपाइँले केहि नराम्रा व्यक्तिहरुको सहि अनुहार देखाईदिनुभयो हाम्रा श्रोताहरुलाई! धन्यवाद् छ स्टुडियोमा पाल्नुभएकोमा!


मदनवा- खेँ खेँ खेँ धन्वाद्


खुसि- थैङ्क्यू


रिठाराम-


निशान्त-


खुसि- (रिठाराम तिर फर्कँदै) ल रिठ्ठे डाइरेक्टरसाप, तपाइँको कारमा तपाइँनै जानुहोस म त्यो कारमा जान्न!


मदनवा- खुसिया सुन्द्री, हमि हमरो हिरो साइकिलवापे एकस्ट्रा सिट लगाएछु, घइर तक छारिदिउँ?


खुसि- हुन्छ मदनवा जाउँ! बाई अल!


मदनवा- (गुन्गुनाउँदै निस्कन्छ) हे चलत मुसाफिर आइदियो ले मुहल्ले वारि रसिया!”


संवाददाता- श्रोताहरु, भनिन्छ कुनै कुरो खोज्दा हिँड्दा अर्को कुरा भेटिन्छ रे, यस्तै भयो आजको कार्यक्रममा पनि। आजलाई  यहिँ बिट मार्दै छौँ फेरि अर्को पटक अर्को अतिथीहरुसंग आउँला, तब सम्मको लागि बिदा दिनुहोस। नमस्ते! हे हे हे चलत मुसाफि…..”


 


के तिमी क्लोजअप गर्दछौ


दुनियासंग डर्दछौ


क्लोज अप किन गर्दछौँ


 


 
Posted on 01-29-10 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bichara ritthe dai

madanawako BMW (Bicycle Madan Wala) dami raicha
 
Posted on 01-29-10 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खत्तम बनायो इनार्ले !


इज्जत मिट्टि मा मिलाइदियो !


ब्राभो, जिम्माल !



हेल्लो खुशी


 
Posted on 01-29-10 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुशी सुन्द्री देखेर मदनवा ट्विस्ट् करेछ,
काहानी मे सला, ट्विस्ट् आएछ ।


लोल बिर्खे बा 



 रिट्ठे बिजी भए बखत र्‍याग हानेछ ,
निस्कंदै गर्दा संबादाताको ब्याग खोसेछ ।

Last edited: 29-Jan-10 02:46 PM

 
Posted on 01-29-10 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



रिट्ठे एस्पाली पो सुध्रेको, पुत्ला जलाउन पर्नी। लोल जिम्मालबा फेरी अर्को उत्कृष्ट प्रस्तुती, ब्राभो (कृपया अन्यथा नसोची दिनु होला!)


 
Posted on 01-29-10 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्लोज-अप को झलक त दामी रे छ -- अब तै तै क्लोज -अप र क्लोज-डाउन दुईटै मिलाएर झिल्का छरीने गरी लेख्दिम त जिम्माल।


मदनवा को सला, क्रैक्टर फर्याकचर गर्दिनु भएन। दिउँसो शर्मिला टैगोर, रेखा जस्ता अनि साँझ पर्न थाले पछी बिन्दु, हेलेन जस्ता सुन्द्री को पाला देखि जवानीमा साँध लाउन थालेको अब अहिले आएर हेर्दा जिन्दगी गुन्द्री जस्तो भै सक्दा पनि धारीलो हुनु त कता हो कता उल्टो खिया लाग्न थालेको देखे पछी मन बेला बेला बिचलित त भै हाल्छ नी --


हैन, अब नाम त नतोकम तर यै साझामा उता मैतीदेबीमा चढाको जस्तो एउटा छ नी एउटा-- हो त्यो कता गएछ हँ अचेल?


अनि पून्टे ब्रो त क्या लक्की है? अरुको उमेर र जवानी सी स [see saw] जस्तै छ, उमेर पैरोमा अनि जवानी गैरोमा -- उमेरले धेरै देख्दै छ अनि "सी" भो --जवानी त बिगत भै गो "स" भो --- तर पून्टे प्रभो को चै उमेर र जवानीको सम्बन्ध ट्वाँट र ट्वाँटे को जस्तो छ गाँठे! जति ट्वाँट बढ्यो, ट्वाँटे झन झन् जोस्सेको छ।


मलाई पून्टे प्रभोले पैला पनि प्रेरणा देको हो -- पबित्र वर्कशप नेर की -- अहिले पनि देकै छ। गुन त देख्दै छु म अझै तर बैगुनी भन्छन रे भनेको सुन्दा ठिकै हो जस्तो पनि लाग्छ।


********


 


स्वस्ती गरें है सबैलाई।


 
Posted on 01-29-10 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kasto guff ho Deep ko 3 choti padhda ni nabujhya jasto bho
 
Posted on 01-29-10 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर पुगी फर्की फर्की एसो हेरे मैले
यस्तो लाग्यो जिन्दगीमा
यस्तो लाग्यो जिन्दगीमा भेट हुन्छ कहिले ......


लोल जिम्माल लोल
बल्ल फुर्सद भयो

ल आएका हरु, आउन खोजेका हरु, आउन्दै गरेका हरु, जान लागेका हरु, जान खोज्दै गरेका हरु, जांदै गरेका हरु, अनी म जस्तै कान्छीको तिर जान लागेका हरु सबैलाई मेरो करीब करीब यो शुक्रबारको अन्तिम अन्तिम नमस्कार छ है ।  मज्जाले पिऔँ, केही सम्झिन लाई पिऔँ, केही बिर्सनलाई पिऔँ,....



पिने वालो सुनो
नछुपाके पियो
कभी इस्क और सराबको मिलाके तो पियो

मखुला ठुल्दाइ


दीपलाई मेरो स्वस्ति





ल प्यालो टाउको जती  सबै पुरेले लगेछ त्येतै  बाट तानेर जोदेर पढ्नुहोला ..

जये शुक्रबार ।

 
Posted on 01-29-10 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! दीप र राम्पुरे!


दीप प्रभो! प्रभोको आगमनको कमि थ्यो पुरा भो। त्यो मैतिदेविमा चढाको जस्तोलाई कुनै ड्रेसवाला भैरेले डोर्यार खोरमा राखिराहोला। कतिबेला फुस्कन्छ र फेरि फर्कन्छ। फ्र्याक्चर गर्न खोज्या त हैन बिचराको चिरा परिसक्या रेछ सपना सपनामै अलिअलि जम्मा भा धुलो झर्द्या मात्रै हो।


हाहाहाह! पुन्टे बुडा ऊँधो बढ्ने बोट हुन कौशिमा गमलामा रोप्या जस्तो तिनको के कुरा गराई भो र। पवीत्र वर्शप अझै उस्तै होला नि बरु त्यताटि तल मन्दीरतिर जर्ने बाटो कस्तो बना'छन कुन्नि दशैँमा टिका लाऊन ओरालो झरिन्तो उइलेई!


खुसिनानी दीपको गफ बुझिएन रे? क्यार्छौ त नि, एक हरपाँ दुई पाना लेख्छन् यिनी त!


 


 
Posted on 01-29-10 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो बेलाँ कामले पेलेर ल्यायो भन्या, दीप आ बेलाईँ काम आउन पर्नी, मुर्दार

दीप प्रभो प्रणाम टक्राको केरे, रामेलाई पछी जवाफ फर्काउँछु

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
जाडो, बा र म……
Changing job after i-140 approval
lost $3500 on penny stocks !!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters