gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४४ --

[Please view other pages to see the rest of the postings. Total posts: 590]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 175892 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-28-07 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
           
--चौतारी -- भाग ४४ --


हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४४ औं संस्करणमा आइपुगेकोठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running for 496 days (as of 1-16-07) since 7 Sept 2005 with more than 16,000 messages in a total of 43 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

फोटो कपिराइट : नमे

 
Posted on 01-31-07 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजको कथा पनि कतिले त सुनिसकेको हुनुपर्छ। नरिसाम् है! :)

चौतारी स्वस्थानी व्रतकथा - २७
वाचक - गालब

यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्।

कुमारजी आज्ञा गर्नुहुन्छ -- हे अगस्त्यमूनि, तहाँ उप्रान्त जलदेवताले घन र बन्चरो आफैंले राखेपछि ग्वाँचेलाई पनि पर्नु पीर पर्यो। "त्यो बन्चरो मेरो हो" भनुम् भने जलदेवताले त्यहीं बाबुको बिहे देखाइदेलान् भन्ने पीर। बन्चरो नलिई गए ऋण माथि ऋण। यस्तो दुखमा परेपछि कही नलागेर जीउमा खरानी धसेर जोगी जस्तो बनेर गरी कान्तिपुर तिर लागे।

कान्तिपुरमा सडक सडकै डुल्दा एउटा कालो चस्मा लगाएको, कालो सुट लगाएको मान्छेले निकै बेर पिछा गर्न लाग्यो। भाग्ने प्रयास गर्दा पनि केही शीप नलागे पछि त्यस मानिससँग रिसाएर सोध्न लागे "हे मनुष्य! तिमी को हौ? र किन मेरो पिछा गरिरहेका छौ?" ग्वाँचेको यस्तो कुरा सुनेर उक्त मानिसले उनलाई एकान्तमा लगेर सोधपुछ गरेपछि भन्न लाग्यो "हेर, म एक व्यापारी हूँ। दुई चार दिनको लागि तिमीलाई मिल्ने काम छ। पैसा पनि मालामाल हुन्छ। हामी साथीहरु मिलेर पुरातत्व बिभागले हाल नियन्त्रणमा लिएको एउटा मन्दिर र मूर्तिहरु फेला परेको ठाउँ छ। आज राति हामीहरु त्यो मूर्ति अस्ट्रिया र बेल्जियम नाम गरेका मुलुकहरुमा लगेर बेच्ने तर्खरमा छौं। तर एउटा समस्या छ; त्यो के भने भोलि बिहानसम्ममा मूर्ति हराएको कुरा प्रहरीलाई जसरी पनि थाहा भइहाल्छ। तिम्रो अनुहार र शरीरको बनोट शिबजीको मूर्तिसँग दुरुस्त मिल्दो रहेछ। झन यो खरानी धसेपछि त कसैले चिन्ने सम्भावना पनि छैन। त्यसैले केही दिनका लागि शिबजीको मूर्तिको सट्टामा तिमी नचलेर बसिरहनु पर्यो। हाम्रो माल ग्राहकको हातमा परेर कुरा साम्य भएपछि कुनै दिन राति म आफैं तिमीलाई लिन आउनेछु। पैसाको चिन्ता नगर, पाँच लाख रुपियाँ अहिले दिउँला र काम फत्ते भएपछि प्रत्येक दिनको एक लाख पाउनेछौ।" यस्तो सुनेर ग्वाँचे पनि "ऋण तिर्ने उपाय पनि मिल्यो। बसी-बसी लखपति पनि हुने भइयो। कहाँ अरबको घाम, कहाँ नेपालको शीतल!" भन्ने सोची तत्कालै सहमति जनाए।

तहाँ उप्रान्त त्यस मानिसले उनलाई गुह्येश्वरीको जंगलमा लग्यो। जंगलको बिचमा उत्खननको अवस्थामा रहेको मन्दिरभित्र पसेपछि उक्त मानिसले उनलाई नक्कली जटा, नक्कली सरप, नक्कली बाघको छाला लगाइदियो र घाँटी, जटा र कुममा रुद्राक्षको माला पहिराइदियो। अनि भन्न लाग्यो "हे ग्वाँचे, तिमी यो मूर्तिजस्तै देखिन्छौ। यो ज्याकेट रातभरि लगाए हुन्छ। तिमी बस्नेठाउँको तलतिर एउटा ठुलो प्वाल खोपेर राखेको छु। राति कोही आयो भने चाहिं ज्याकेट तत्काल त्यहीं लुकाऊ। नत्र भने भोलिबिहान भएपछि त्यहीं लुकाएर दिनभर अचल अवस्थामा बस।" भन्दै लाख-लाखका बिटा पाँच ओटा थमाइदियो र शिवजीको सक्कली मूर्ति बोकेर फर्कियो।

रात परेपछि ग्वाँचेलाई वनको एकान्तमा डर लाग्न थाल्यो। कहिले उल्लु कराउँथ्यो भने कहिले जंगलको बिचबाट बाघ कराए जस्तो लाग्न थाल्यो। कहिले मान्छे बात मारेको जस्तो भान हुन्थ्यो। यो पूराना कुराहरु फेला परेको ठाउँमा भूत-प्रेतले तर्साउन पनि के बेर? झन भूत, प्रेत, पिशाच त महादेवको गणमा पर्छन् केरे भन्दै ज्यानको पीर गर्न लागे र भोलिपल्ट बिहान हुने बित्तिकै भागेर गाउँ फर्कने प्रण गर्न थाले।

यस्तैमा मन्दिर वाहिर कोही हिंडेको आवाज आएकोले ग्वाँचेले तत्काल ज्याकेटलाई आफू बसेको ठाउँको तल्तिर लुकाए भने पैसा चाहिं बाघको छालाभित्र घुसारे। जुनेली रातमा ढोका बाहिर चारखुट्टे जनावरको छायाँ देखेपछि त झन सातो नै गयो। एक मनले "यो गुह्येश्वरीमा केको बाघ होला र? वानर होला" भन्ने सोच्यो। अर्को मनले "बाघ भनेको त देवीको वाहन पो हो केरे! गुह्येश्वरी भगवतीको वनमा बाघ नभए कहाँ हुन्छ त?" भनी ठम्याएपछि त मुटुमा ढ्याँङ्ग्रो ठोक्न थाल्यो। आङ् पुरै सिरिंग भयो, अनि घुटुघुटु थुक निल्न थाले। नभन्दै ढोकाबाट राजुको पपीजस्ता कुकुरजस्तालाई एकै गाँसमा चारवटा खाइदेला जस्तो ठुलो, ज्याङ्गो, चार खुट्टे पशु लमक लमक गर्दै कोठाभित्र छिर्यो। आफैंले बेरेको जस्तो टाटेपाङ्ग्रे छाला र पिर्लिक्क पारेको आँखा देख्ने बित्तिकै ग्वाँचेलाई के हो भनेर ठम्याउन गहारो परेन; बाघ सामुन्ने खडा थियो।

बाघ भने वरिपरि राखिएका सबै मूर्तिहरु एक-एक गर्दै सुङ्दै आफूतिर आउन लाग्यो। आफ्नो पालो आएपछि होस बेहोस होला जस्तो भए पनि सहने साहस गरे र सास रोक्न लागे। तर, माघ महिनाको जाडोले ज्यान लुगलुग काँप्न थाल्यो भने त्यही जाडोको बाबजुद निधारमा चिटचिट पसिना आउन थाल्यो। अन्त्यमा अनायसै घुटुक्क थुक निल्न पुगे। त्यो थाहा पाएर आफूबाट हट्न लागेको बाघ आफूतिर फर्कियो। ग्वाँचे "ल जिन्दगी खत्तम भो" भन्दै मनमनले रामको नाम जप्दै लामो सास तानन लागे। बाघ उनीतिर आएर एकछिन घोरियो र, अचम्मको कुरा, भन्न लाग्यो "ब्रो नयाँ हो? यसो गाँजा छ भने एक स्टिक पास गर न यार। यो जाडो रात के गरेर कटाउने? मेरो पनि तिम्रै जस्तो हाल भ'को ४-५ दिन भयो। आफूले त झन ढाड सिधा बनाएर पनि हिंड्न पा'छैन।"


इति श्रीस्कन्धपुराणे केदारखण्य --- सम्बादे सप्तर्विंशोध्याय॥२७॥
उपनयतु मंगल -- ततो जयमुदिरयेत्।
 
Posted on 01-31-07 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-31-07 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा! हँसाएर मार्ने भो गालेले, एक नंबरको जोक्कर रैछ यो त! :D :D

कस्तो मिलाउन सक्या हो कथामा पात्रहरू पनि!

त्यो बाघ बन्ने चैं को रैछ नि? निशे पो हो कि? गाँजा, स्टिकको कुरा गर्दैछ त। :P

ग्वाँचे ब्रो, के छ?
 
Posted on 01-31-07 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा! हँसाएर मार्ने भो गालेले, एक नंबरको जोक्कर रैछ यो त! :D :D
 
Posted on 01-31-07 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaste gaamle haru!
Oi Thuli,
Hamro hijo ko fighting baaki nai chha.
k chha bichar?
 
Posted on 01-31-07 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा! हँसाएर मार्ने भो गालेले, एक नंबरको जोक्कर रैछ यो त! :D :D

कस्तो मिलाउन सक्या हो कथामा पात्रहरू पनि!

त्यो बाघ बन्ने चैं को रैछ नि? निशे पो हो कि? गाँजा, स्टिकको कुरा गर्दैछ त। :P
 
Posted on 01-31-07 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा! हँसाएर मार्ने भो गालेले, एक नंबरको जोक्कर रैछ यो त! :D :D
 
Posted on 01-31-07 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अल्छीहरु!
आफू चाहिं कति लाइनको कथा लेख्छु, यिनीहरु चैं अरुको कमेन्ट कपी पेस्ट गर्छन्।
एक दुई शब्द आफैंले टाइप गर्दा हातको औंलाको छालै खिइएला जस्तो गर्छन् !!!

:-)
 
Posted on 01-31-07 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ohhho gaale,
hehehe
kt jasto risako!
la hera hera...
risauda katti ramri dekheki lolz
hahahahah.
 
Posted on 01-31-07 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
बज्रस्वाँठहरु!!
बिहान बिहानै हसाँएर दिनको शुरुवात नै हसिन बनाएदेकोमा धन्यवाद भन्नु छैन अझ जोक्कर रे । जस्ले जस्ले गालब लै जोक्कर देख्छ त्यो नै जोक्कर :P लौ जा ( मनमनै अब म भागे भयो कत्तिले गालि गर्ने हुन)
 
Posted on 01-31-07 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस तारेमाम , नमस्ते । गालब गुरु सरी है । यस्तो चिसो यस्तो चिसो यहाँ भनी साध्य छैन । water टायप गर्दा ice भनेर छापिने ठाउं पर्यो, हात् जमेको जमेइ भनेर भर्खर् micro wave २ मिनेट् तताएर् टायप् हान आएको। त्यसरि रिसाउनु भएन नि। Copy paste त आफ्नो सफल्ता को राज् नै हो ( भन्दि हालें फेरि)। अहिले सम्म त्यहि गरेर यहा सम्म आइ पुगियो।
 
Posted on 01-31-07 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे मिस्ते म फ्लाईइङ किक्क प्राकतिस् गर्दै छु ।
गालु कस्तो राम्रो श्वासतनी लेखेको । साह्रै राम्रो लाग्यो । as usual u r so chweet.
मिस्, रहुल्, चित्रु, हरि सबै के छ हूऊऊऊ ताआआआआआअ
 
Posted on 01-31-07 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा, राम्रो, अति राम्रो! गालब, त्यो सप्पै गोप्य कुरा तिम्लाइ कसरी था हुन्छ हँ?

मिस, तेइ त सप्पइ जना (इन्क्लुडिङ मी), अल्छिहरु कपेर पेस्ट मात्रै गर्ने, सुगा रोग लागेकाहरु !
मिस्टे के छ हालखबर? तिम्रो बुढीको समाचार नि राम्रै होला भुन्ने मानिछु!

ठुल्दाइ तारेमाम, के छ आज, खोकी कस्तो भो?

हरि, तिमी नि कस्तो जोकर रैछौ यार, हँसाएरै मार्ने!

चित्रे ब्रो तिमी नि चार्लिभन्दा कम छैनौ यार, मेरो सब ठीक छ, तिम्रो नि?

ठुलि...... ठुलि ............!!!!! तितेपति............. तितेपति ........... झ्याप.......... झ्याप........ झ्याप........!!!!! के छ हालखबर; आज नि म तिम्रो cheer leader बनेको !
 
Posted on 01-31-07 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मनै बराल्ने न्याहुलको बोली
यहि बेला मैच्याङ के गर्दै होली
पिँढिमा बसेर के के कुरा गर्दि हो
कहिले रुँदि हो कहिले हाँस्दि हो
मलाई नै सम्झेर.....


जदौ! यो बिर्खे माईलाको!!

गालउ तो सोस्तानीलाई चाइन्जो उपन्यासको अस्तो एउडै कथा लामो बनाम्दै पात्रहरु थप्दै लग्दा कस्तो होला अब?
 
Posted on 01-31-07 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्बचेँ नाइस् तु सि यु अगेन । हुन्च तिमि मेरो सपोर्त् मा cheer leader बन। तर तितेपति............. तितेपति ........... झ्याप.......... झ्याप........ झ्याप........!!!!! भनेको के हो भने ताआआआआआआ?
 
Posted on 01-31-07 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज मलाई नि पुरानो प्रीत याद आयो, पुरानो गीत याद आयो । बिर्खे जी अनि गाम्ले हरु, पल्ला घरे जीतेन्द्र ले गाएको एक रात थियो, भर्खर को थ्यो, उ सँग मेरो।।।।। गीत छ भने चौतारीमा सुनाइ दिनु होला । न भए कपेर पेस्ट गरी डिणु होला ।
 
Posted on 01-31-07 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै ठुल्दाई, मलाई तेति सउँजना आएन हउरले भनेओ गित सपै, तेई लेखेओ दुई लइन मात्तै आम्छ!
अरु भुराभुरिलाई त झन के आउला र, बरु गोताएँ, दादा र पुन्टे बुडा कोईलाई थाहा होला!
 
Posted on 01-31-07 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! यो बिर्खे माईलाको!!
 
Posted on 01-31-07 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को त्यो जिम्मालबा बनेर आएको, जिम्मालबा त पैलेइ चौतारीमा गिद गाउँदै बसिरा छन !

ए....ए..... नमे पो रैछ, जदौ नमे!, के छ तिम्रो हाल समाचार ?
 
Posted on 01-31-07 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहेहे!!! मिस्टे, म रिसा'को त कहाँ हुने नि? यसो थर्का' जस्तो गर्या पो त! :)

ग्वाँचे -- म त अन्तर्यामी पो परें नि त!!!

थुली, कोसँग फाइट खेल्नी हो?

राहुलदाइबाट अब नयाँ केही फुर्ला जस्तो छ। म अँझै केही समय जाग्राम बसुँ कि त?

जिम्माल बुढा -- कहाँ उपन्यास बनाउनु नि??? कहिले सांगे गर्न पाइएला भनेर कुरेर बसिया छ। तपाईंहरु लेख्दै जाने भए लख्नुस् है!!! तपाईंबाट केही सुन्न नपा' नि थुप्रो भो।
बाइ द वे, आइ वाज नट अनलाइन ह्वेन यु सेन्ट मि द अफलाइन मेसेज! सोओओरी!!!

:)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Informatica consultancy share
Are you ready to know the truth?
Travelling on TPS advance travel document to different country...
Thank you for the sajha policy
Nepali doctors future black or white usa ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Does the 180 day auto extension apply for TPS?
Guess how many vaccines a one year old baby is given
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters