ashu
Replies to this thread:

More by ashu
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Nepali typing in 1 hour

[Please view other pages to see the rest of the postings. Total posts: 262]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 NEXT PAGE
[VIEWED 124794 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 14 pages, View Last 20 replies.
Posted on 11-20-04 9:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yes, thanks to writer Kedar Sharma's encouragement, I too learnt to type in Nepali
this past week-end in about an hour.

Yes, that's true -- in about an hour.
Was amazed by the experience.
Did not know that Nepali typing in Unicode was/is so easy.

I would recommend this to you all, if you don't know this nice little secret
already.

As they say, a good thing like this is to be shared widely.

oohi
ashu

 
Posted on 06-30-05 7:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Arule j b bhane pani,

Ashu le jaha pani Economics ko rule ghushayeko chai suhayena.
nepali times, Maoist le chitwan ma 38 nirmam hatya gareko ma
pani economics ra politics mix garda ta dudh ra dahi mix gareko
lassi jasto po lagyo. Tyo article chai ashu le ahile samma lekhera
maile padheko ma sabhai bhan AGGATTA KO lagyo.

Maile satya kura bhanya ho. Sajha ma San ko baheko aruko paisa
napaya karana le free thau bhani padhda Ashu ko writing superb
nai hun, tara Nepali Times ka pathak le nepal ma paisa tiri ashu
article (recent one) padhda chai ki Ashu ko standard giryo, ki
Nepali times editorial board ko standard giryo ki dubai ko giryo.

Huna ta Ashu ko redership ma Modern Lahure ko lagi hoina hola,
taipani time kharcha gari padheko le time kharcha gari afno
tarfa ko mulyanka gare ko matra.

Nepe sir ko article Web Blog bhayeko le quite entertaining and
other side ko perspective padhna payekole ekdam thik chha.
Surusuru ma Yo Nepe Mukundo dhari Mabadi jasto lagtyo,
tara aba chai Kattar Communist khema ko Ganatantra badi
ho bhanne lageko chha. KGB ko agent German ko mathillo
padsamma pugda pani manchele American khema ko bhanne
thaneko thiye ... kaiyou barsha agadi ko kura, tyasai gari
Nepe ji ko Reeeaaaal political standing k ho chai thaha chhaina
guarantee ka saath, tara pani lekh ko adhara ma he is very nice
Ganatantra badi ho, maoist killing philosophy ko birodhi.

Lojja

For
Nepali CyberCongress Party.
 
Posted on 07-01-05 1:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जा। अब मजा आउने भो। क्या फाइट परेहो हगि
 
Posted on 07-01-05 4:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो सब बढि अंक ल्याउनको लागि प्रतिस्पर्धा गर्नेहरुको काम हो।
तर शिक्षाको गुणसित मतलब हुनेले यसलाई समर्थन गर्न सक्दैन।

नेपालीमा झ्वाम्म १०० मा १२० अंक आउने गरी प्रश्नपत्र हेरफेर गर्नुपर्छ।
अनि कसैले पनि यी १२, २७ का कुरै गर्दैन।

नमुना प्रश्न:

सहि उत्तर छान।
१. नेपे र आशू जस्ता विद्वानहरुको बुद्दि कैले फिर्ला?

क. १, २ वर्षपछि फिर्ला नि
ख. १२ वर्षमा त खोला पनि फर्किन्छ भन्छन् कसो नफर्केला र
ग. यस्तो चालले त कहिलैपनि फिर्दैन।

सहि उत्तर "ग"।

त्रि वि वि र बाहिरको विश्वविद्यालयको अंक पनि आकाश पातालको फरक हुन्छ।
यस्ता सजिला सजिला प्रश्न निकालेर मजाले अंक दिन छोडेर। कन्जुस्याईँ गरेपछि काँ हुन्छ?
 
Posted on 07-01-05 7:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो नेपालीलाई ११ औ श्रेणीमा अनिबार्य बाट ऐच्छिक बनाउने कुरामा असहमत हुने
महानुभावहरु सँग चौतारोमा म पनि छु ऐक्यबद्धताको लागि।

"गर्ने गर्ने हो भने कि सबै बिषयहरुलाई ऐच्छिक गर्दिम्। जसलाई जहिले जे मन लाग्छ त्यही
पढछ।" यस्तो भनम कि भन्ने झोंक पनि चल्या छ मनमा अहिले।

एक बदल जाँड, दुई पिलेस मो मो, र एक बट्टा चुरोसको बन्दोबस्त गर्नु छ, झट्टै।
बिश्वरुपमा बसेर शिब बन्दना गर्ने दिन छुटी हाले त! हरे जिन्दगी!

भष्म दलेर शंभु तिमीले......

(खत्तमै गर्यौ नी, तेती राम्रो बाघको छाला)


********
तिमी घाम म छायाँ
तिमी प्रेम म मायाँ
पानी म तिमी माछी
तिमी गड्यौला म बल्छी

साभार:
 
Posted on 07-01-05 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Newuser and Dada,

Your intimidation tactics is not going to work with me on this matter. म त अलि चाम्रै छु है यस मामलामा ।

प्राज्ञिक हिसाबले हेर्नी हो भनी, द-दश वर्ष पढेसी नि नपुग्ने हुन्छ रातोदिन सुनिने (सबैले) र बोलिने (अधिकांशले) भाषा ? द-दश वर्ष पढेरनि दक्षता हासिल गर्न नसक्या विद्यार्थीको कुरा गर्ने हो भने त्यस्ता विद्यार्थीले एघार किलासमा पढेर त्यस्तो दक्षता हासिल गर्ने होईन, बरु फयल भएर वा कम लम्बर लेरार पैसा, समय र भविष्यको बर्बादी मात्तै हुने हो । बाँकी विद्यार्थीलाई एघारको नेपाली नभएर खास्सै फरक पर्दैन ।

उदार प्रजातन्त्रिक हिसाबले हेर्नी हो भनी, एघार किलासमा नेपाली विषयलाई अनिवार्य बनाउन नपाएर भुतुक्क हुनी भन्या नेपाली मातृभाषी खस-बाहुन मात्रै हुन् । यही धागोमै हेरुम् न, सबै खस-बाहुन छन् समर्थकमा । गैर-नेपाली मातृभाषीहरुले significant संख्यामा समर्थन नगरेसम्म एघार किलासमा नेपाली विषयलाई अनिवार्यको साटो ईच्छाधिन गर्ने शुद्ध प्राज्ञिक प्रस्तावलाई खस-बाहुनहरुले घोर विरोध गर्ने पाउने नैतिक आधार छैन । लज्जा त ।

राष्ट्रियताको हिसाबले हेर्नी हो भने, एघार किलासमा नेपाली विषयलाई अनिवार्यको साटो ईच्छाधिन गर्दा विद्यार्थी र मुलुकलाई पेशागत लाभ हुने शुद्ध प्राज्ञिक निर्णयद्वारा क्षती हुने राष्ट्रियता भनेको आत्मविश्वासविहिन, कमजोर र खराब राष्ट्रियता हो । बलियो, आत्मविश्वासी र अस्सल राष्ट्रियताको निर्माण भनेको नेपालको भाषिक बहुलताप्रति खेद हैन गर्व गरेर गर्न सकिन्छ । एघार किलासमा नेपाली विषयलाई अनिवार्यको साटो ईच्छाधिन गर्दा विद्यार्थी र मुलुकलाई पेशागत लाभ हुने जस्तो शुद्ध प्राज्ञिक निर्णयको घोर विरोध राष्ट्रवादको दुहाई दिएर गर्दा नेपालको भाषिक बहुलताप्रति गर्व नगरिएको स्पष्टै हुन्छ । गैर-नेपाली मातृभाषीहरुले द-दश वर्ष अनिवार्य नेपाली पढिदिए पछि पनि नपुग्ने राष्ट्रियता भुत्राको राष्ट्रियता ?

अब, एउटा सम्बन्धित तर अलिक फरक सबाल । त्यो हो नेपाली भाषाको विकास गर्ने कुरो, सारमा भन्ने हो भने नेपालीलाई संस्कृतिकरण गर्ने अभियान । यसमा पनि म अति उत्साहित छुईन । यस विषयमा गोडा दुई-तीनेक बाजी Biswo संग विमती राखेर बहस ग-या छु साझामा मैले । उहिलेको धागो खुईले भन्या जस्तो छ साझामा (San is not maintaining Sajha archive anymore. Pretty Sad ). तर ताजा बहसको लागि पनि तयारै छु म । आशुसंगको सिङौरी सकिए यता मेरा सिङहरु त्यत्तिकै जम्जमाएर बस्या छन् ।

नेपे
 
Posted on 07-01-05 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Just FYI from Kantipur below. I am just gathering details on the whole situation...Prof. Thakur Parajuli is in contact..
-ViV
==
११ कक्षामा नेपाली विषय राख्न माग


कास

काठमाडौं, असार १६ - उच्च माध्यमिक शिक्षा परिषद्ले ११ कक्षाको नेपाली विषय पुुनःस्थापना गनर्ुुपर्ने माग प्राध्यापक तथा विद्यार्थीले गरेका छन् । माग पूरा नभए अधिराज्यव्यापी आन्दोलन गर्ने धम्कीसमेत दिएका छन् ।
यो विषय लिएर विद्यार्थीको समूह बुुधबार सानोठिमीस्थित परिषद्को कार्यालयमा पुुग्दा भीड नियन्त्रण गर्न प्रहरीले रोक्न खोजेका थिए । प्रवेश नपाएपछि विद्यार्थी जबर्जस्ती मूलढोका तोडेर पसेका थिए ।

त्रिविमा अध्ययनरत विद्यार्थीले 'नेपाली भाषा बचाऊ मूल संघर्ष समिति' गठन गरी यसरी विरोध प्रदर्शन गरेका हुुन् ।

परिषद् हातामा करिब दुुई सय विद्यार्थीको जुुलुुसले 'नेपाली भाषा बहाली गर, राष्ट्रभाषा हाम्रो हो, प्रशासनिक निर्णय चाहिँदैन' जस्ता नाराबाजी गरेका थिए । कार्यकक्षभित्रै नाराबाजी तथा विद्यार्थी र कर्मचारीबीच भनाभन भएपछि स्थिति नियन्त्रणमा ल्याउन प्रहरीले बल प्रयोग गनर्ुुपरेको थियो ।

परिषद् प्रवक्ता नारायणप्रसाद कोइरालाले उच्च माध्यमिकबाट नेपाली विषय हटाएको नभएर कक्षा स्थानान्तरण मात्रै गरिएको प्रतिक्रिया कान्तिपुुरलाई दिनुुभयो । ११ कक्षाबाट नेपाली हटाउन डा. पार्थिवेश्वर तिमिल्सिनासहितको कार्यदललेे एक महिनाअघि बुुझाएको प्रतिवेदनअनुुसार यो शैक्षिक सत्रदेखि कार्यान्वयन गरिएको छ ।
 
Posted on 07-01-05 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I heard that Nepali in 12 class is required course. Is this true?
 
Posted on 07-01-05 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर नेपेजीको तार्किक शक्तिमा विचलन आएको। खस वाहुनहरुले विरोध गरेको रे , अव भयो ? सिफारिस गर्ने वज्ज्याहरु देख्नुभएन सवै खस वाहुन ? फोक्कटमा राष्ट्रियता र जातीयताको कुरा मिसाइदिने - शुद्ध यथार्थपूर्ण र विवेकशिल विचारहरु माथी। तपाईंले पनि जातपातको कुरा उठाएको चाहिं अलि सुहाएन है नेपेजी। म पनि कस्सिए अव तपाईंसग वहश गर्न यो धागोमा लौ त।

नेपाली भाषा शिक्षणको स्तर यतिवेला नराम्ररी खस्केको छ। हुन त कुन विषयको नै उँभो लागेको हो र तर सवभन्दा हेलचेक्र्याइ सम्भवत नेपालीमै भइरहेको छ। नम्बर थोरै आउनेभएकोले पहिलो कुरा विद्यार्थीले पढ्दैन। राम्रो पेशा नवन्ने भएकोले दोश्रो कुरा गतिलो विद्यार्थीले मूल विषय नेपाली लिएर विश्वविद्यालय पढ्दैन। यसले गर्दा न त पढाउने शिक्षक राम्रो पर्छ, न त सिक्ने विद्यार्थीले मन लगाएर पढ्छ। अव त कलेजमा पढाउन पनि नपाएपछि नेपालीमा कसले एमए पढ्न चासो देखाउला झन ? विस्तारै नेपाली भाषामा विशेषज्ञता हुने मान्छेहरु पनि हराउँदै जान्छन। मौलिक नेपाली भाषालाई हिन्दी र अंग्रेजीले निल्दिएपछि अनि धोतिहरुले झन मज्जाले 'अरे नेपाल भि तो इन्डियामे है' भन्छ अनि नेपालीले चैं ' नहिं यार हमारा देश अलग है, Mt. Everest हैं न हमारे नेपालमे' भन्दा उनिहरु भन्नेछन ' वस करो यार तुम् हिन्दि डायलग मारते हो और वोल्ते हो हम इन्डियन नहिं है' भन्छ अनि लाजको मर्नु।

हेर्नुस तपाई त्यति राम्रो नेपाली लेख्न जान्ने मान्छे। तर यसो सोंच्नुस त तपाईंले लेखेका झर्रो नेपाली शव्दहरु साझामा कति जनाले वुझे हुनन। कहिले काहिं त म आफैले वृहत नेपाली शव्दकोष पल्टाउनु पर्छ तपाईंका संस्कृत आगन्तुक शव्दका अर्थहरु वुझ्न। अहिलेका विद्यार्थी करले नेपाली पढ्छन। म आफै पनि विज्ञानको विद्यार्थी हुँ। ISc मा तीन रात सररर किताब सिध्याएर र सरले कक्षामा भनेका कुरा सम्झेर धन्न पास भैयो। त्यति हुनाले नेपेजीले लेखेका गजल र कविताको ठाडो अर्थ सम्म वुझ्ने भैयो। त्यै पनि नपढेको भा के हुन्थ्यो होला हालत ? नेपाली भाषा हाम्रो सवभन्दा ठूलो पहिचान हो, यो रसिलो या फलदायी विषय होइन, यसको स्तर निरन्तर ओरालो लागिरहेको छ। र यसलाई जवर्जस्ति नकोचाइकन लोप हुनबाट वँचाउन सकिंदैन। ठिकै छ, अरु विषयमा बढि जोड दिनुपर्छ। अंग्रेजी र विज्ञानमा ध्यान केन्द्रित गर्नुपर्छ तर नेपालीलाई एक विषय एघार कक्षामा अनिवार्य गर्दैमा कसैलाई डाक्टर, इन्जिनियर र वैज्ञानिक हुनबाट रोकावट आउँदैन। पढ्ने जेहेनदार विद्यार्थीले नेपालीमा पनि राम्रै गर्छ, नपढ्ने अल्छि सवै विषयमा गुल्टिन्छ। त्यसकारण एउटा नेपाली विषयलाई दोष दिएर समग्र नेपाली जातिको सवभन्दा ठूलो पहिचान नेपाली भाषालाई मलछाप्रोमा फाल्ने काम हुनु हुँदैन। अव यसलाई तपाईंले राष्ट्रियता र जातीयताको विल्ला लगाए (भुत्रै) सिती।
 
Posted on 07-01-05 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर नेपेजीको तार्किक शक्तिमा विचलन आएको। खस वाहुनहरुले विरोध गरेको रे , अव भयो ? सिफारिस गर्ने वज्ज्याहरु देख्नुभएन सवै खस वाहुन ?

झेला नगरम न यार । रड्डी हुन्छ नि हो । सिफारिश गर्ने मात्र होईन, विरोधको विरोध गर्ने पनि देख्नुभएन खस-बाहुन, यी यो नेपे र आशु को हुन् त ? मैले सिफारिस गर्ने र समर्थन गर्ने खस-बाहुनको कुरै ग-या छैन । गर्नु पर्ने कारण नै छैन, किनभने सिफारिस गर्ने र समर्थन गर्ने हरुले जातियता-राष्ट्रियता को भावनाले गरेकै होईनन् ।

मेरो दावी त के भने विरोध गर्नेहरुले जातियता वा संकुचित हिसाबले परिभाषित राष्ट्रियताको भावनाले गरेका हुन् । तपाईहरुको गुरुपमा गैर-नेपाली मातृभाषीहरु को उल्लेख्य उपस्थिति नभएसम्म मेरो दावी र अडान कायम रहनेछ ।

अरु पछि ।
 
Posted on 07-01-05 6:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो संविधान कुन भाषामा छ ? अमेरिकामा पनि Undergrad मा English (2 course) पढ्नै पर्छ । वकिलले बहस गर्दा कुन भाषामा गर्छ त ? अनि नेपाली भाषा किन चाहिदैन ?
 
Posted on 07-01-05 7:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

More update:


k/LIf0f?;Dk/LIf0f alxisf/n] cK7of/f]

g]kfn ;dfrf/kq, sf7df8f}+

pRr dFWolds lzIff kl/ifb\n] sIff !! af6 clgjfo{ g]kfnL ljifo x6fPsf] lj/f]wdf cfGbf]ng/t g]kfnL ljifosf k|fWofksx?n] laxLaf/b]lv sIff !@ sf] ;Dk/LIf0f / sIff !! sf] pQ/k'l:tsf k/LIf0f alxisf/ u/]sf 5g\. k|fWofksx?n] sIff !! df clgjfo{ g]kfnLnfO{ oyfjt\ /fVg'kg]{ dfu ub}{ cfPsf 5g\. g]kfnL ljifo ;dGjo ;ldltsf ;x;+of]hs 8f= s]bf/ zdf{n] cfKM\gf dfu k"/f ug{ kl/ifb\nfO{ bafa lbg] p2]Zon] o:tf] sbd cl3 ;fl/Psf] atfpg'eof].

b]z tyf ljb]zsf d]l8sn sn]hn] PdaLaLP;sf nflu b/vf:t cfXjfg ul/;s]sfn] lj1fg ;+sfosf] l/hN6df xtf/ eO/x]sf] cj:yfdf k|fWofksx?sf] of] sbdn] l/hN6 k|sfzgdf cem l9nfO x'g]5. k|fWofksx?n] laxLaf/ g} pRr dflj ;+3sL cWoIf dgf]/df /f0ffnfO{ e]6]/ cfKM\gf ;d:ofaf/] hfgsf/L u/fPsf lyP. cWoIf /f0ffn] klg sIff !! df @ ;o k"0ff+{ss} g]kfnL x'g'kbf]{ /x]5 eGg] egfO JoQm u/]sf] ;x;+of]hs 8f= zdf{n] atfpg'eof].

otf pRr dfWolds lzIff kl/ifb\sf ;x;lrj gf/fo0f sf]O/fnfn] kl/ifb\sf] ljifo ;ldlt / cfGbf]ng/t k|fWofksx? a;]/ 5nkmn u/L lgsf; lgsfNg] atfpg'eof]. ?dGqLn] ;do lbg]]lalQs} xfdL k|fWofksx?nfO{ 5nkmnsf nflu af]nfp+5f}+? ?sf]O/fnfn] eGg'eof]. o;}aLr g]kfnL ljifo ;dGjo ;ldltsf] laxLaf/} a;]sf] a}7sn] cfh z'qmaf/ kl/ifb\ pkfWoIfnfO{ :d/0fkq lbg] lg0f{o u/]sf] 5.

?g]kfnL efiff ;+:s[ltnfO{ k|xf/ ul/Psf] o; lg0f{onfO{ xfdLn] uDeL/ ?kdf lnPsf 5f}+?, ;dGjo ;ldltsf ;+of]hs 8f= j|t/fh cfrfo{n] eGg'eof]? ?pkfWoIfsf] e]6af6 ;d]t ;'g'jfO gePdf cem s8f sfo{qmd NofOg]5.?

 
Posted on 07-02-05 1:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

....................................
......................
................
.........................
आज देशमा एउटा यस्तो वर्ग उदाएको छ जसको सपना आफ्ना सन्तानलाई अंग्रेजीको माध्यम चढाएर अर्कै नागरिक बनाउनु रहेको छ । यही सपनालाई साकार रूप दिने उद्देश्यले प्रेरित भएको एउटा सीमित वर्ग देशभित्र उत्पन्न भएको छ । यसको लक्ष्य हो? अंग्रेजी स्कुल, अंग्रेजी माध्यम, अंग्रेजी संस्कृति, अंग्रेजी सोचको निरन्तर विकास गरी अरू सत्यलाई ओझेल पार्नु । यो उद्देश्य प्राप्तिको मार्गमा नेपाली विषय काँडा भएको छ । नेपाली माध्यम अपहेलित हुन थालेको छ । औपनिवेशिक मानसिकता बोकेको यो वर्गले नेपाली माध्यमबाट चलेका दुःखी नेपाली पढ्ने दूरदराजका विद्यालयलाई हतोत्साहित गरी गतिहीन बनाउन खोजिरहेछ ।

............................
........................
...................
...........
Full version at:
http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=44545
 
Posted on 07-03-05 2:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यसरी बहिरो र सकुंचित भनेर सागुरो छलपळतिर नधकाल्नुस् न नेपेजी।
राष्ट्रभाषालाई गलहत्ताएर फालेपछि क्षेत्रीय र जातीय भाषा भाषीहरुको उद्दार हुन्छ भनेर पुष्टि गर्न सक्नु हुन्छ्?
त्यसरी पुष्टी गर्ने साथिहरु भए लिएर आउनुस् न हामी पनि सुन्छौ, हामी पनि बहिरा छैनौँ।
अहिलेको निर्णयले त अरु भाषाभाषीहरुको पनि झन दुर्गती हुन्छ।
एउटा भाषालाई गलहत्ताएर फालेपछि मात्र अर्को भाषाको विकाश हुन्छ, जगेडा हुन्छ भन्ने छैन।
चाइनिज पढ्न जान्नेले रसियन पढ्न सक्दैन भनेजस्तो कुरा नगर्नुस् न।
अरु तर्क र यथार्थसहित पछि।
 
Posted on 07-03-05 3:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली हटाउने निर्णय फिर्ता लिन अपिल

"उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ का सबै संकायबाट अनिवार्य नेपाली विषय हटाउने निर्णय सम्बन्धी समाचारप्रति सबै सचेत नेपालीहरुको ध्यानाकर्षण गर्न चाहान्छौँ।
यो निर्णय गहन अध्ययन बेगर नै हतारमा आएर गरिएको छ। आज बिष्वका सबै देशहरुमा आफ्नै भाषामा अध्ययन गराउन पहल भइरहेको सन्दर्भमा 'आफ्नै मुलुकको पाठ्यक्रममा आफ्नै निर्णयबाट आफ्नै राष्ट्रभाषा ओझेलमा परेको मुद्दा दीर्घकालीन अर्थमा जटिल र संवेदनशील बन्नेछ।"आज यसरी राष्ट्र भाषालाई गलहत्तयाएर आफ्नै खुट्टामा बन्चरो हान्नु बिडम्बनाको कुरा हो। र अनेसास जापान च्याप्टर "उच्च माध्यमिक शिक्षा परिषदसित यो निर्णय तुरुन्त फीर्ता लिन बिनम्र अनूरोध गर्दछ।

अनेसास
जापान, च्याप्टर
 
Posted on 07-03-05 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाज्यू,

क्षमा चाहुँला, किन्तु तपाईले मेरो बहस अझै बुझिदिनु भएन ।

मेरो बहस हो- दश वर्षे अनिवार्य नेपालीको स्कूले पाठ्यक्रम पर्याप्त छ विद्यार्थीहरुलाई नेपाली भाषाको व्यावहारिक प्रविणता दिलाउन । एघारौं वर्ष र त्यस उँभो त पेशागत विषय र त्यसलाई उपयोगी हुने विषयमा सम्पूर्ण समय लगाउनु नै विद्यार्थीको तत्कालिन र मुलुकको दीर्घकालिन हितमा छ ।

अब तपाईले हाल्नु भएको केही inaccurate कुराहरु:

राष्ट्रभाषालाई गलहत्ताएर फालेपछि क्षेत्रीय र जातीय भाषा भाषीहरुको उद्दार हुन्छ भनेर पुष्टि गर्न सक्नु हुन्छ्?

मैले क्षेत्रीय र जातीय भाषाहरुको उद्दार गर्ने कुरो गरेकै छैन । त्यो विषय अलक्क छ । मैले भाषाको होईन मान्छेहरुको कुरा ग-या हो । गैर-नेपाली भाषी मान्छेहरुले दश कक्षासम्म खुरुखुरु नेपाली पढिदिएर राष्ट्रभाषाको जगेर्नामा मद्दत पु-याएको कुरालाई कम नआकौं, भन्या तेत्ती हो ।

आज बिष्वका सबै देशहरुमा आफ्नै भाषामा अध्ययन गराउन पहल भइरहेको सन्दर्भमा. .

पहिलो त, "सबै देशहरुमा" र "पहल भईरहेको" कुरा सोह्रै आना सही होईनन् । दोश्रो, माध्यमको लागि भाषा र भाषाको लागि भाषा छुट्टाछुट्टै बहस हुन् । यहाँ भईरहेको बहस पछिल्लो बहस हो ।

अघिल्लो बहस अर्थात् उच्च शिक्षाको माध्यम नेपाली बनाउने कुरो कता हो कताको कुरो । त्यस्तो कलेजमा दादाले आफ्नो छोच्छोरीलाई भर्ना गरेछ रे भने कान काटेर फाल्दिन्छु ।

अब अन्त्यमा, अ.ने.सा.स. जस्ता नेपाली भाषा र साहित्यप्रति समर्पित संस्थाहरुको भाषाप्रेम र साहित्यिक-भाषिक क्रियाकलापहरुको जति तारीफ गरेपनि पुग्दैन । अहिलेको चालु बहसमा यसको सहभागिता वान्छनिय छ र यसले प्रस्तावित परिवर्तनलाई विरोध गर्न सुहाउँछ, सुहाउँछ के, गर्नैपर्छ । यसको उद्देश्यसंग मेल खाने कुरो हो त्यो । परन्तु, छलफल सकिए पछि, दिनको अन्त्यमा, शिक्षा विशेषज्ञहरुले निकालेको विशुद्ध प्राज्ञिक निचोडलाई सहानुभूतिपूर्वक लिनुपर्छ भन्ने मेरो आग्रह छ । मेरो यो सन्देश अ.ने.सा.स. संग चासो राख्ने ViV, Dada लगायत सबै साझावासीहरुलाई ।

नेपे
भाषा मेरो प्रेमिका
पेशा मेरो श्रीमति

 
Posted on 07-03-05 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए नेपेजीको प्रेमिकाको नाम भाषा , अनि नेपे भाउजुको नाम चैं पेशा ? ल ल राम्रा छन, दुवै नामहरु । तर श्रीमति हुँदाहुँदै प्रेमिका नराखेको भा'नी हुने नेपेजीले। अहिलेलाई चैं भाषा र पेशा दुवैलाई मेरो नमस्कार सुनाइदिनु। पेशालाई प्रेम गरेनी भाषालाई माया नमार्नुहोला।
 
Posted on 07-03-05 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Why do these people have to take so much English classes while in America?

Core curriculum of Undergrad students at Auburn University, Alabama, USA
- http://www.auburn.edu/academic/provost/undergrad_studies/core.html

Curriculum of Undergrad students at University of Georgia, Athens, Georgia, USA (Click on Core Curriculum on the left)
- http://bulletin.uga.edu/bulletin/ind/degrees.html


 
Posted on 07-04-05 1:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले पनी सिके टाइप गर्न नेपाली मा असम
 
Posted on 07-06-05 9:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kKantipur Editorial:


उच्च माध्यमिक शिक्षा परिषद्ले यही शैक्षिक सत्रबाट लागू हुनेगरी ११ कक्षाबाट नेपाली विषय हटाएर १२ मा राखेको छ । यसलाई परिषद्ले विषय र तह मिलानका लागि ११ कक्षाबाट नेपाली विषय स्थानान्तरण गरेको भने पनि यो मुद्दा ँनेपाली हटाऊ अभियान?का रूपमा चिनिएको छ । अभियानको विरोधमा विद्यार्थी, प्राध्यापक र सम्बद्ध वर्ग आन्दोलनमा उत्रेकाले यो सामान्य चासोमा मात्रै सीमित कुरा होइन भन्ने स्पष्ट हुन्छ ।
पाठ्यक्रम समितिको सिफारिसमा नयाँ संरचना तय गरेको भनिए पनि समितिका सदस्यहरू नेपाली विषयका विज्ञ र सम्बद्ध नभएकाले पनि यस्तो अपरिपक्व निर्णय आएको हुनसक्छ । शिक्षाजस्तो संवेदनशील र गम्भीर मुद्दामा असारमा निर्णय ल्याएर साउनदेखि नयाँ संरचना लागू गर्न खोजेको हतार व्यावहारिक र नियमसंगत देखिन्न । विज्ञान समूहमा कक्षा १२ मै नेपाली पढाइ हुँदै आएकाले मानविकी, शिक्षा र व्यवस्थापन समूहबाट पनि तहगत स्तरण गर्न कक्षा ११ बाट नेपाली हटाइएको तर्क परिषद्सँग छ । तर कति यस्ता व्यावहारिक पक्ष हुन्छन्, जहाँ कागजी तर्कभन्दा धरातल महत्त्वपूर्ण हुन्छ । नेपाली एउटा विषयमात्रै नभएर माध्यम भाषासमेत भएको यथार्थ भुल्न मिल्दैन ।

राष्ट्र, राष्ट्रियता र राष्ट्रवादी शिक्षाका चर्का नारा उर्लिरहेका बेला आफ्नै भाषालाई भुलेर गरिएको यो निर्णय परिषद्ले तुरुन्त फिर्ता लिनुपर्छ । परिषद् अन्तर्गतका सहरकेन्दि्रत विद्यालयबाहेक अधिकांशमा अरू विषय लेख्न-पढ्न पनि नेपाली नै एकमात्र ँमाध्यम भाषा? हो । माध्यम भाषामा कमजोर हुने अवस्था सिर्जना भएपछि र सामान्यबाट विशिष्टतातर्फ उन्मुख हुने शिक्षाको सर्वमान्य सिद्धान्तबाट विमुख भएपछिको परिणाम के हुनसक्छ, सहजै अनुमान गर्न सकिन्छ । कक्षा १० सम्म पढिरहेको विषय ११ मा हट्नासाथ विषयप्रतिको अभिरुचि घट्ने र कक्षा १२ मा अतिरिक्त बोझजस्तो बोध हुने अवस्था पनि यथावत् रहनेछ । विषयगत विशिष्टीकरण सीप घटाउनमा पनि यो निर्णयले मद्दत गरेको छ । अर्कातिर मानविकी र शिक्षा समूहमा ऐच्छिक नेपालीलाई भाषा समूहमा नराखी अर्थशास्त्र, इतिहास आदि विषयका साथ भिन्न समूहमा राखिनु पनि अर्को विवेकहीन निर्णय हो । राष्ट्रियस्तरमा विभिन्न तह र क्षेत्रमा भएको परामर्श बैठकपछि यो निर्णय आएको भनिए पनि यसमा असहमति जनाउनेको संख्या पनि सानो छैन । आम सहमति र छलफलविनै कोठे बैठकबाट भाषा र पाठ्यक्रमजस्तो संवेदनशील विषयमा रातारात नयाँ निर्णय आउँछ भने पक्कै पनि यसले संवेदनहीनताको झल्को दिन्छ ।

दस वर्षअघि सुरु भएको दस जोड दुई प्रणाली आफैंमा शैक्षिक, प्रशासनिक तहमा ँप्रतिबद्ध र विश्वस्त? बन्न नसकिरहेका बेला निहित घेरामा उभिएर पाठ्यक्रम हेरफेर लगायतका निर्णय हुनुहुन्न । हरेक जात, वर्ग र समुदायलाई जोड्ने एउटै मूलमन्त्रजस्तो नेपाली हटाउने निर्णय सबैका लागि स्वीकार्य कुरा होइन । शिक्षामन्त्री स्वयम्ले ँआठ बजेको खाने भात नौ बजे खाए के फरक पर्छ ?? भनेर तुकहीन कुरा गर्नुका पछाडि पनि त्यही अबुझपनाको झल्को मिल्छ । किनभने यो एकता र संरचनाको एकमात्र सेतु भाषा हो । एउटा तहमा पछि पर्नेबित्तिकै हामी कति पछि धकेलिन्छौं भन्ने सोच्नु जरुरी छ । नेपाली विषय समन्वय समिति र नेपाली भाषा बचाऊ समितिले नेपाली विषयको पाठ्यक्रम पूर्वावस्थामा कायम राख्न उठाएको आवाजलाई बेलैमा सम्बोधन हुनैपर्छ ।


 
Posted on 07-08-05 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

FYI. I guess you guys made enough noise :-)
ViV
==
HSEB decision to remove Nepali reversed

Following protests from students, teachers and intellectuals, the Higher Secondary Education Board (HSEB) has withdrawn its decision to remove Nepali as a compulsory subject from grade 11.

According to reports, the joint meeting of the HSEB and the curriculum development committee Thursday withdrew its earlier decision to remove compulsory Nepali from grade 11.

Earlier, authorities had decided to remove compulsory Nepali from grade 11 and introduce the subject in grade 12 from this academic year. Demanding that HSEB revert its decision, the student organizations had strongly opposed the HSEB?s decision to remove Nepali from grade 11. nepalnews.com pd July 08 05

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters