|
|
|
जब लुकीलुकी चियाउँछ रंगीन शरद
|
|
|
लाग्छ हरपल तिमीले- काँध कोट्याएर बोलाइरहेजस्तो पछाडिबाट सुटुक्क- आँखा छोपेर झुक्याएजस्तो जब लुकीलुकी चियाउँछ रंगीन शरद दोबाटोमा अलिक छेलिएर- तिमी मलाई कुरिरहेजस्तो र हरेक घुम्तीमा म मोडिँदा- तिमी मेरो छातीमा ठोक्किएजस्तो जब लुकीलुकी चियाउँछ रंगीन शरद हेर, मभित्र बगेको तिम्रो याद झन् झन् गाढा भईरहेको जब लुकीलुकी चियाउँछ रंगीन शरद ए मेरो देश! हेर, तिम्रो मिहिन स्पर्शले मात्तिएको म तिमीसंगको मेरो प्रेमकथा निष्फिक्री, वेपर्बाह यी घुम्ती-घुम्तीलाई सुनाइरहेको घुम्ती कुरेर बसेका यी बस्ती-बस्तीलाई सुनाइरहेको । -सेप्टेम्बर २००८ नागोया, जापान (Also posted in http://www.basantagautam.com )
Viewed: 3042 times.
|
COMMENTS: |
Date: |
October 02, 2008 |
Name: |
Birkhe_Maila |
Comments: |
ओहो गौतमजी!
आरà¥à¤¯à¤¾ कसà¥à¤¤à¤¿ à¤à¤‡à¤¨? अब त ठूली à¤à¥ˆ होलिनà¥!
धेरै मिठो अनà¥à¤°à¤¾à¤— र वातà¥à¤¸à¤²à¥à¤¯à¤¤à¤¾ पोखà¥à¤¨à¥à¤à¤¯à¥‹!
|
|
Date: |
October 01, 2008 |
Name: |
uptowngal |
Comments: |
Gotame daa ke ho hamilai bhetna chai fursad chaina re tara kabita lekhna chai fursad cha re nai nai nai. daa hajurlai dashainko dharai dharai subha kamanaa ani bhauju ra chorilai ni. love u daa |
|
|