|
|
झण्डै ७ वर्षभन्दा पहिला लेखेका यी हरफहरुले भूतकाल बन्ने अवसर अझै पाएका छैनन्। जहिले हे-यो, नेपालको वर्तमान झन-झन कुरुपनै देखिन्छ। ("कविताको देश" भन्ने धागोमा टाँसिसकेको हो है!) "कुरुप वर्तमान"-१ जताततै हनुमानहरु दौडिरहेछन् पूच्छरमा आगोको लप्का बोकेर चाकडीको विनाकारण जलाउँदै सुनका लंकाहरु, स्वचालित वेहोश हातमा बजिरहेछ डमरु मस्त धङ्धङेमा रमाएर हेर्दैछन प्रभुहरु र अनियन्त्रित नाचिरहेछन् बाँदर टुकडीहरु ; रंगीचंगी नाराका खोल ओढेर अवसरको खेती गरिरहेछन् आत्माहीन दासहरु, र एक बाली भित्र्याई डकारेर नयाँ फसलको तयारीमा रंग फेरिरहरछन् छेपाराहरु । "कुरुप वर्तमान"-२ रगतको आहालमा डुबेका छन् हिमालहरु डढेको जंगलबाट षडयन्त्रको गन्ध आईरहेछ र ठाऊँ ठाऊँमा उम्रन थालेका छन् तावेदारीका नयाँ झारहरु ; भित्र बैठकमा, हिसाब नमिलेर होला भागबण्डाको- लूटेराहरु एक आपसमा औँला ठड्याईरहेछन् र बाहिर, 'जिन्दाबाद', 'मूर्दाबाद' उचालीरहेका सडकहरुमा भविष्यको पदचाप सुनिदैन
Viewed: 3051 times.
|