[VIEWED 177358
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 01-28-07 9:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्, --चौतारी -- भाग ४४ -- हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४४ औं संस्करणमा आइपुगेकोठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language) Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) फोटो कपिराइट : नमे
|
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 01-30-07 5:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो सानोकान्छा! कता हरा'को हो???? धेरै दिन पछि पो दर्शन पाइयो त!
|
|
|
sano_kanchha
Please log in to subscribe to sano_kanchha's postings.
Posted on 01-30-07 6:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गालब जी नमस्ते , अल्लि बिरामी पनि भएर , चौपारि मा आउन सकेको थिएन । अब त ठिक भएको छ ।
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 01-30-07 6:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो! के भो त्यस्तो? रुघा लागो कि भनम् भने अहिले त्यता गर्मीको समय होला के रे! हैन? चौतारीका बुढाखाडाहरु त्यसरी लापत्ता हुन भएन नि हो !! :)
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-30-07 7:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबैलाई जदौ! नया-नया दिले (dilute), नेप्ची (अरुले न्याउली, फ्याउली, स्याउली जे सुकै भनुन्, मचैं नेप्चीनै भन्छु ल जा!), यमराज (yomari), चिन्तेलाई अझ धेरै जदौ!
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 01-30-07 7:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 01-30-07 7:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो थुली कति चाँदै उथेको? ब्रेकफास्ट खायौ? अनि ग्वाँचे हिरो, के छ हो?
|
|
|
dilute
Please log in to subscribe to dilute's postings.
Posted on 01-30-07 7:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते सबै गाम्लेहरु!!!शुभ प्रभात्,सबै को जय होस्।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-30-07 7:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो प्यारो गालु हजुर लाइ भेट्न त म आँखा मिच्दै आको । अनि हजुर को श्वासतानी ले त मलाई तपाईंको पंखा नि बनाइ सकियो । के गर्मी सपनामा नि हजुर कै श्वासतानी देखु, सुन्छु । ब्रेकफास्ट खाए ग्बचेँ के छ तिम्रो ।
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 01-30-07 8:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 01-30-07 8:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गालब महाराज, ऐलेसम्म जसोतसो बाँचिराखियाछ, लौ स्वोस्थानि कैले आउने हो, प्रतिक्षामा छु! ठुलि मलाई सँचै छ ! आबुइ........, हिजो जिम्मालबाले हाँरी ठुलि साँच्चिकै ठुली भइ अब त गोडा धुने बेला भयो भन्दा बुढा खुस्केछन भन्ठानेको त हैन रैछ, हिजोसम्म नाकभरि सिंगान लिएर फरक लाएर भाँडाकुटी खेल्न आउने ठुलि त जिम्मालबाले भन्या अस्तै साँच्चिकै ठुलि भइ सकि छिन् गाँठे, सपना र बिपनामा के के देख्न थली सकिछिन्, पक्कै पनि भोक प्यास नि लाग्दैन होला, मनमा के के कुरा खेलेर बस्छ होला ! जिम्मालबाले हिजो कुन्नी को पन्डितको नातिको कुरा अरेको अस्तो मानिचु, घरान त राम्रै हो भन्थे ! पोर साल जिम्मालबा र पन्डित बाजे सँअइ चारधाम नि गरेर आ हुन क्यारे, बुढाले गरेको पुण्य नातिलाइ लाग्ने भो अस्तो छ!
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 01-30-07 8:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबैलाई जदौ! गालब ले फेरि पनि नयाँ चौतारी बनाइ सकेछ । लौ मनले चिताको पुगोस् ।
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 01-30-07 8:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
को को छन् ?? जरामुनी देखि जापान सम्मका सबैलाइ जदौ ।
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 01-30-07 8:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 01-30-07 8:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ यामे, कता हो प्रभु आज्कल ? यस्सो बेला बेलामा दर्शन गर्न पाए धन्य भयिन्थो भन्ने मानीचु !
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 01-30-07 8:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ यो बिर्खे माइलाको! हेहे थुली! ल, नयाँ भाग पढ। :) गामले हो, आजको अध्याय पनि सुनेको सुनेको जस्तो लाग्ला। आज अलि अल्छी लागेकोले भुलचुक र कमी कमजोरी होलान् झैं लाग्छ। दोहोर्याएर हेर्न पनि अल्छी लागो। आफैं मिला'र पढ्नुहोला। अनि बिस्तार बिस्तार माघ सुक्ल पूर्णेमा पनि आउन लाग्यो। स्वस्थानी पढ्न मन लागेका अरुहरुले पनि एक दुई अध्याय हानिहालम् है! चौतारी स्वस्थानी व्रतकथा - २६ वाचक - गालब यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्। कुमारजी आज्ञा गर्नुहुन्छ -- हे अगस्त्यमूनि, तहाँ उप्रान्त जिम्माल बुढाको कथा गोप्य राखेको हुनाले कसैलाई पनि थाहा नभए पनि लालेले फलामको बन्चरोलाई सुनको बनाएर ल्याएको हल्ला गाउँभरि फैलिन लाग्यो। यता घरखेत बेचेर सिरे झैं अरबतिर जाने सुरसार गरेको ग्वाँचेलाई लाग्न थाल्यो "ए रात्तै! काम गरे आफ्नै धर्तीमा सुन फल्छ भन्या त यही पो र'च त। बेकारमा दलालीलाई पैसा सुम्पेर अरबको बालुवामा घाम खानुभन्दा बरु यसरी नै सम्पत्ति जोडे भइहाल्यो नि!" यस्तो बिचार गरी तत्काल नयाँ बन्चरो (axe) र घन (hammer) किनेर ल्याए र केही दिनपछि वनतिर लागे। पोखरीको छेउमा पुगेर वरिपरि कोही पनि नभएको पक्का गरेपछि छेउको रुख ढाल्न लागे र २-४ चोट हानेपछि जानी जानी बन्चरोलाई हातबाट फुस्काएर पोखरीमा फालिदिए। अनि केही समय विलाप गरेजस्तो गरेपछि त्यो रुखलाई घनले हान्दै ढलाउन लागे। फेरि पनि २-४ पटक रुखलाई हानेपछि घन पनि पोखरीमा फालदिए र गोहीले आँसु देखाए झैं गरी नक्कली आँसु निकाल्दै बिलाप गरिटोपले। हे अगस्त्यमूनि! तहाँ उप्रान्त जति बिलाप गरे पनि जलदेवता ननिस्केपछि ग्वाँचेलाई "कतै जलदेवता बसाइँ त सरेनन्?" भनेर शंका लाग्न थाल्यो। हुन पनि श्रीपञ्चमीबाट बसन्त ऋतु सुरु हुन्छ भन्छन्। श्रीपञ्चमी पनि अस्ति भर्खर नै हो। जलदेवता पनि वसन्त ऋतु लागेर देवताहरु बस्ने हिमालयतिर फर्के कि भन्ने पनि लाग्यो। अनि त साँच्चैकै वन थर्किने गरी रुन थाले "हे भगवान! यो के भयो? मैले अस्तिभर्खर मात्रै बनाउन दिएको नयाँ बन्चरो र घन त्यसै स्वाहा भयो। जिम्माल बुढासँग सापटी लिएको पैसा पनि तिर्न भ्याएको छैन। ऋणले गर्दा अरब भासिन पर्नी बेला भा'छ। त्यसमाथि यो ऋण। अब के गरुँ?" उनको रुवाइ सुनेर वनका पशुपंक्षी पनि के भयो भनेर हेर्न थाले। अन्त्यमा जति रोए पनि केही नहुने देखेर, फलामकै भने पनि बन्चरो र घन नलगी भएन भनी नयाँ आइडिया निकाले। वनबाट काठको साटा खोजेर ल्याई त्यसले पोखरीको डिल खोपी पानी तर्काउन लागे। ताल निकै गहिरो भएकोले पानी पुरै तर्काउन्जेलमा साँझ पर्न गयो। हिलै हिलो मात्र बाँकी पोखरीको पिंधमा खोज्दै जाँदा कतै माछा भेटिए, कतै भ्यागुता भेटिए भने कतै गँगटा भेटिन थाले। पोखरीको बीच भागमा मुढो लढे झैं के लढेछ भनी हेर्दा हातमा बन्चरो बोकेका र छातिमाथि घनले च्यापिएर हलचल गर्न नसकेका जलदेवता पो !! होस खुलेपछि जलदेवताले ग्वाँचेलाई भने "यो पोखरीमा आज बन्चरो र घन फाल्ने को हो बाबु? तिमीले चिनेका छौ? म त्यसलाई यही घनले हानेर बेहोस् पारिदिन्छु।" इति श्रीस्कन्धपुराणे केदारखण्य --- सम्बादे षष्ठर्विंशोध्याय॥२६॥ उपनयतु मंगल -- ततो जयमुदिरयेत्।
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 01-30-07 8:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा ग्वाचे, के हुनु नि आजकाल साउको कामको चटारो छ । त्यो पुराण लेख्ने बेला हुन लाओ तेसैले हो । के छ प्रभु खबर ? खोइ अरु ता हराए कि क्या हो ?
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 01-30-07 8:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठीकठाक ग्वाँचे, हिजोको तीनपानेले छोड्यो त? जदौ यामे, के हो यार जरामुनी देखी जापान सम्मका लाई मात्रै किन नि जदौ। हाम्ले तेस्तो त केहि बिगार्देको जस्तो त लाउदैन :P
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 01-30-07 8:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे हे के गर्या ग्वाँचे ले । बिचरा कत्रो सुनको बन्चरो पाउने आशा....................... उडायो सपना सबै हुरीले.............हुरीले............ कथा सुने सुने जस्तो लागे पनि अन्तिमको मोडाइ ले गर्दा नया स्वाद दियो ।
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 01-30-07 8:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेत्तेरी हरी, त्यो जरामुने देखि पश्चिमहुदै जापान सम्म पुग्ने भन्या हो क्या । तेसपछि त बिचका परिहालियो नि हो । अनि जपान बाट घुमेरा आउँदा फेरि जरामुनिसम्म । खै कुरो बुझ्या ?? तेसै त्यो तिनपातेको तालमा कुरा गर्दिने?? [ :) ]
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 01-30-07 8:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>> तेसै त्यो तिनपातेको तालमा कुरा गर्दिने?? तीन पानेको तालमा कि तीन पातेको तालमा? :)
|
|