Your very own sajha blog!  

Other Blogs by SurNaTal
पोखरा: मेरो सुन्दर यात्रामा - अन्तिम भाग
पोखरा: मेरो सुन्दर यात्रामा - ५
पोखरा: मेरो सुन्दर यात्रामा - ४
पोखरा: मेरो सुन्दर यात्रामा - ३
पोखरा: मेरो सुन्दर यात्रामा - २
पोखरा: मेरो सुन्दर यात्रामा १
भाग्य र म
मेरो कथा मेरो गीत: अन्तिम भाग
मेरो कथा मेरो गीत २
मेरो कथा मेरो गीत
Reposting: "कलेज्" र प्रेम प्रसंगहरु
बिछोडका मनोभवनाहरु
यत्रामा तिमि ५
यात्रामा तिमि ४
यात्रामा तिमि ३
यात्रामा तिमि २...
यात्रामा तिमि १
मन र माटो
विदाईको त्यो पल
मन विग्रिएको दिन
विवाह र Criteria:
मलाई तिमी चाहिन्छ



Guild by Type
Articles
Poems
Stories
Essays
Humor
Movie/Book Reviews
     विवाह र Criteria:
Blogger: SurNaTal, August 17, 2007
    

6th June, 2004.

आफैँले आफैँ सँग लिएको घर जाने अनुमतिले दिनभर उल्लासित् भइरहेँ। बिहान छिट्टै उठें, कपाल् काटें, नुहाई धुवाई गरें, जनै फेरें - फेरें त के भनौं - लाएँ - पहिलाको फ्यालेको त कहिले हो कहिले यादै छैन। १ बजे नेपाली समाजको meeting थियो, त्यस्पछि एकछिन् Lab बसें। ४ बजे Vietnamee हरु सङ फुट्बल् थियो। ३ गोल खाएपछि निस्किएर Airport तिर लागें। मलाई १० जना जती नेपालीको training team लाई receive गरेर Institute को होटेल सम्म पुर्याउनु थियो।

पछि हतार हतार Lab पुगें। चुच्ची आएकी छैनन्। गाली गर्दै स्नाक्स् वार् गएँ। सधैको जस्तै दाल्, भात् र रामतोरियाँ को लेदो तरकारी खानलाई ५ मिनेट पनि लागेन। पुन: Lab तिर दौडिएँ। ९ बजीसक्यो, उनी अझै आएकि हैनन्। अब आउन्नन् कि झैँ लागिरहेथ्यो, उनि झुल्किइन् र अर्को २ घन्टा रमाइलो कुराकनी मा हामी हरायौं। मैले उनलाई Hints दिएँ - म आउँदै छु भनेर। उनले भुझिनन्। म Surprise दिन चाहन्छु - बस्।

---------------------------------------------------------------------
मेरो College को एकदम् मिल्ने साथी पनि छ, CHAT ROOM मा। मैले उस्लाई सधै जस्तो जिस्क्याएँ, प्रिया को एउटा साथी को नाम् लिएर। उसले अन्तत: सुइकार् गर्यो, CHAT गर्नको लागी र भन्यो- "Do not take it as a step towards affair and marriage".

मैले भनें - You must have dozens of girls in your contact list, are you gonna marry all of them?

अनी हामी हस्यौं - Virtual सन्सारमा।

-----------------------------------------------------

धेरै कुरा भयो। मैले उस्लाई भने - "बिहे गर्ने केटी को बारेमा केहि न्युनतम खाका तयार गरन!"

उस्ले भयो- "मान्छे को पनि मालसामानको जस्तो Specification कसरी बनाउनु?"

मैले ठिकै छ नि त भनेर कुरा मोडें। बिस्तारै उस्ले कस्तो खालको केटी संग उ विबाह गर्न चाहन्छ भनेर बतायो।

मैले अन्तत: एउटा List उस्लाई पठएँ।

"Even if you do not agree, we prepared a minimal criteria for selection:

One with college degree, not at least SLCs

Preferably with some technical skills

No mention about profession

With similar financial status

With similar cultural background

Of course good looking, even if you have not quoted."


उ जिल्ल पर्यो।

मैले भने - "उनी मेरो बिचार् मा यो criteria मज्जाले pass गर्छिन्।"

-------------------------------------------------------------------------

Love Marriage को त मलाई तेत्ती Idea भएन। तर जवसम्म Arranged Marriage को सवाल् छ आखीर् विवाह:

- हुनु अघिको एउटा मोल्-मोलाई वा नाप-जोख नै हो -

तर तेस्तो मोल्-मोलाई जसमा सिन्दुरको एक् धर्सो पछि कुनै नाफा घाटा को एउटा कण पनि बाँकी हुन्न।

अस्तु!


Viewed: 3274 times.

 

Leave Comments on this blog (Needs to be Approved by blog owner)
Your Name:
Email: [will not be published]
Location:
Comments:
Please log into sajha to be able to comment!
+++++ A Presentation of Sajha.com - Bringing Together Nepali Communities +++++