Your very own sajha blog!  

Other Blogs by SurNaTal
पोखरा: मेरो सुन्दर यात्रामा - अन्तिम भाग
पोखरा: मेरो सुन्दर यात्रामा - ५
पोखरा: मेरो सुन्दर यात्रामा - ४
पोखरा: मेरो सुन्दर यात्रामा - ३
पोखरा: मेरो सुन्दर यात्रामा - २
पोखरा: मेरो सुन्दर यात्रामा १
भाग्य र म
मेरो कथा मेरो गीत: अन्तिम भाग
मेरो कथा मेरो गीत २
मेरो कथा मेरो गीत
Reposting: "कलेज्" र प्रेम प्रसंगहरु
बिछोडका मनोभवनाहरु
यत्रामा तिमि ५
यात्रामा तिमि ४
यात्रामा तिमि ३
यात्रामा तिमि २...
यात्रामा तिमि १
मन र माटो
विदाईको त्यो पल
मन विग्रिएको दिन
विवाह र Criteria:
मलाई तिमी चाहिन्छ



Guild by Type
Articles
Poems
Stories
Essays
Humor
Movie/Book Reviews
     यात्रामा तिमि ४
Blogger: SurNaTal, October 06, 2007
    

यात्रामा तिमि ४

सानोतिनो बजार। चतारा नहरको पस्चिम किनरामा। धेरै पाहाडेहरुका चिया नास्ता पसलहरु। मेथि र बेसार झानेर तारेको आलु चाना। ठ्याक्क भोजपुर् बजारका सुवालहरुको सम्झना दिलाउने। बिध्यालय पढ्दा २ रुपैयाको आलु चाना को खाजा कति उत्क्रिठ बन्थ्यो। तेहि सम्झनाहरु दिलाउने चिया र आलु को नास्ता गरेर हामी नहरको पुलमा उभिएथ्यौं। एकैछिनलाई। तेहि पुल त थियो, जहाँ एक tractor जन्तिहरु नहरको पानीमा समाहित भएथे। अस्तिनै। मान्छेले के के म्रित्यु लेखेर ल्याउने। निधारमा।

चतारा नहरको किनारै किनार सानो local bus उत्तर तर्फ हुंइकिएथ्यो। अतिनै कस्ठप्रद मध्यको एउटा यात्रा। सानो बस। मान्छे गुन्द्रुक झै खादिएका। सडकको धुलो उडेर पुरै बस् भित्र छिर्ने। अझ अर्को दिशा बाट कुनै गाडि आयो वा आफ्नै गाडि रोकियो भने त धुलो को कुहिरोमा पुरै डुबिने। संसार् अध्यारो। तिमि कराउदा कराउदा अव थाकिसकेउ-
"यस्तो बाटोबाट हिडाउने। हजुर संग अव म कहिले हिडेभने त के र।"
"म के गरुँ त। यात्रामा कहिले दुख पनि हुन्छ नि। अनुभव भयो नि। यस्तो पनि हुन्छ भन्ने।"
३ घन्टा पछि चतारा पुग्दा टाउको, अनुहार र कपाडाभरि १ इन्च बाक्लो तह परेको हुंदो हो। धुलोको।

बिसेस गरि भोजपुरेहरुको बेसाहा खरिद गरिने बजार्। भरियाहरुको भिड। भरियाहरु नुन, तेल, चिनि, चामल, लत्तकपडा देखि लिएर घर छाउने जस्ता पाता र पक्कि घरका लागि सिमेन्ट र डन्डि सम्म बोकेर भिरै भिरको बाटो तेर्सिनछन्, उत्तर पस्चिम दिसा तर्फ। बराह क्षत्र, त्रिबेणि, खोर्साने टार, गुठिखेत, लामिबगर, कावा, फेदि हुदै भोजपुर सदरमुकाम पुग्दा ५ दिन् जति लगाउछन। तमोर र अरुण मा त झोलुङे पुलहरु छन्। तर लामिबगर देखि कावा सम्म २५ जँघारहरु तर्नु छ। घाटि घाटि सम्म को उर्लिदो पिखुवा खोलामा ज्यानको जोखिम मोलेर उनिहरु ७५ देखि १००/१२० KG सम्मका ढाकरहरु ओसारीरहन्छन्। जिन्दगि भर। र तेसैमा हामि बचेका छौं। माथि भिरालाहरुमा।

एउटा सानो होटलमा खाना खाएर बराह क्षत्र तर्फ लाग्दा १२ बजेथ्यो। त्यो पाहाड काटेर बनाएको १०-१२ KM बाटो। गाडि जान सक्ने गरि बनाउन खोजेको फराकिलो छ, तर पैदल हिड्नु पर्छ। तल निलि सप्तकोशी साँगुरा गल्छिहरु बाट हुत्तिएर घुला फाँट तर्फ लम्किएकि। घना जँगल- वारि पारि। सुन्दर झरनाहरु। माथि पाहडका टुप्पा बाट तल खाँदमा कोशिको अथाह जलरासि सम्म छ्चल्किरहेका। २-३ घन्टा कम्तिमा लम्कनु छ। तिमि आधा घन्टा नहिड्दै फर्कन्छु भन्न थालिसकेथ्यौ।
"भोजपुरमा जन्मिएको भन्न पनि लाज होला है - २ घन्टा हिड्न पनि नसकेको भन्दा।" मैले छेड हानेथें।
"म काठमान्डु कै सहि - तर म अरु हिड्न सक्दिन।" तिमि फन्किरहेथ्यौ।
"नसके यहिं बास बसौं। बिच सडकमा। अरु के नै उपाए छ र।" म सायद रिसाएं।
"ल ल भो, नरिसाउनुस्।" तिमि सकिनसकि लम्कन थालेथ्यौ।

कोकाया खोला र सप्तकोशी नदिको दोभानमा अवस्थित त्यो सानो तर प्रख्यात धर्मस्थल्। बराहक्षत्र। सुन्दर र मनमोहक बातावरण। र त्यत्रो बिशाल नदिको किनारामा। भिरको तल। कहालि लाग्दो पनि। पाप धर्म छुट्याउने चिल्लो ढुंगो उचाल्ने प्रयास फेरि पनि गेरेथें। यो सातौं पटक होला। फेरि पनि उचालिएन। हेर्दा सानो छ। तेत्रो ढुंगो पनि के नउचाल्नु भनेझैं। तर खंदिलो र चिल्लो पनि छ। करेच परे मात्रै उचालिंदो हो। वा संसारमा केहि दैबि सक्तिको उपस्थिति छ भने तेस्ले साच्चिकै पापि र धर्मात्मा छुट्याउदो पनि हो। म सम्पुर्ण नास्तिक पनि कसरि बन्न सक्छु र। यसरि म संधै अधर्मी। पापि नै त कसरि भनौ, आफैंले आफैंलाई। अधर्मी भनेको चाहिं त्यो होला जस्ले धर्म गरेको छैन। अर्थ यस्तो नलागोस्, धर्म नगर्दैमा पापै गरेको हुन्छ। यस्ता पनि त कर्म हुदा हुन् - जो पाप पनि हैनन्, धर्म पनि हैनन्। हो तेहि गर्दो हुँ म। न पाप न धर्म। मेरो सुर न ताल को ब्याख्या को के अर्थ तिमिलाइ। तिमि हाँसेउ - "पापी मान्छे।"

"ल तिमि हेरौं त!" - मैले कर गरेथें। तर तिमि मान्दै मानिनौ। केटाकेटीमा म खुव जिध्दि मान्छे। तर म भन्दा मेरि राम पियारी जिध्दि बनिदिएउ। गर्दिन त गर्दिन गर्दिन। तिमिले पाप धर्म को छिनोफानो गरिनौ। सायद प्रयास गरेर अधर्मि बन्नु भन्दा प्रयास नगरेर अनिर्नित बस्नु नै श्रेयस्कर ठानेउ तिमिले। राम्रो बिचार। हामी कोकाया पारि पस्चिम पट्टि जान भनेर झोलुंगे पुलमा पुग्यौं। मैले देखेका धेरै लामा मध्यको एउटा झोलुंगो - उस्तैलाई त्यो आसानि छैन। पार गर्न। तिमि पनि खुव डराएथ्यौ। दुबैतिर बारलाई समाएर बिस्तारै हिडिरहेकि। मानौं ति काठका फल्याकहरु तिमिलाई थेग्न लायक छैनन्। बिचमा पुगेपछि मैले पुल हल्लाइ दिएथें।
"आमाsss" -- तिमि कहाल्लियौ।
"आमा त काफ्लेमा - सुन्नुहुन्न। सासुआमा भंगेरिमा - वाँ पनि सुन्नुहुन्न। यहिं भाको आफ्नै पतिदेवलाई पुकारे भै गो नि - 'ए हजुर' भनेर।"
"यहाँ आर्काको सातो पुत्लो उड्यो। उस्लाइ जोक छ। उता जाउ। तिमि संग म बोल्दिन।"
"उता जा भनन, के जाउ नि!"
"भन्छु के।"
"के गरौं त म।"
"छिट्टो हिड्नुस् पारि।"
"हस् प्रभु, जो आज्ञा।"

पारि पुगेर दहि चिउरा खाँदै गर्दा साँझ पर्न लागिसकेथ्यो।
"कस्तो मिठो दहि, घरकै जस्तो।"-तिमिले प्राक्रितिक प्रतिक्रिया दिएथ्यौ। दहिको।
"यो पनि घरै त हो नि, कसैको।" - मेरो प्रतिक्रिया टेडो थियो, सदैव जस्तै।
"जे मा पनि बाँगा कुरा। नबोल्नुस हजुर।"
"मुख सिलाईदेउन please!"
"सियो खै?"
"पाहाडिकाँ छ। टुँडिखेल मुनि।"
"उसो भए भोजपुर पुग्नासाथ सिलाइदिन्छु।"
"चुप लाग। बरु तिम्रो सिलाउनु पर्ला।"
"तपाइकै सिलाउने हो।"
"दुबै सिलाउने। अनि ढुक्क।" - म हाँसे र तिमि पनि।

फेरि कोकाया तरेथ्यौं र अलिक् राम्रो चाहिं होटल छानेर वास बसेथ्यौं। एउटा रातोमाटो ले पोतेको कोठा। सानो खाट। भुइंमा गुन्द्रि। सानो झ्यालबाट बाहिर हेर्दै म मेरा पुराना सस्मरणहरु सुनाइरहेथें -"म धेरै पटक दशैं मनाएर फर्कंदा तिनै अगाडिका छाप्राहरुमा बास बसेको छु। टाँड माथि गुन्द्रि ओछ्याइदिन्छन्, उनिहरुको मा खाना खाइदिएपछि। पुरै टाँडभरि मान्छेहरु हुन्छन्। हेर त आजपनि कत्ति धेरै मान्छे हरु - ऊ त्यो टाँडमा।" हामीले सिधै अगाडिको सानो मतानमा हेरेथ्यौं। १०-१२ जना मान्छेहरु निस्फिक्रि सुतिरहेका।
"म त्यहां धेरै पटक सुतेको छु, तेसै गरि।"
"डर लाग्दैन?"
"के को डर। साथिहरु पनि हुन्छन्। एउटा लाइट पनि बोकिन्छ।"
"केटिहरु पनि छन् त?"
"केहि हुदैन। परदेश हो। यात्रिहरु। भय पनि दुबैको इच्छले हुने हो। के पिर।"
"फटाहा मान्छे हजुर्।"
"के फटाहा नि। आफु त सोझो मान्छे। यसो संसारमा देखे सुनेको कुरा गरेको।"
"कुन्नि के थाहा?"
"मेरो निधारमै लेखेको छ नि। किन थाहा नहुनु"।

भोलिपल्ट पुन: ३ घन्टा हिडेर चतारा र पछि ३ घन्टा बस मा झुम्का हुदै इनरुवा पुगियो। आज हिजो जस्तो गारो भएन। मान्छे कम भएर। गाडि पनि अलिक हेर्न हुने परेछ। ठुलो बा आमा बेस्सरी खुसि हुनुभो, अकस्मात सोच्दै नसोचेका छोरा बुहारी दैलोमा देखेर। हाम्रो सरप्राइज दिने योजना हो। यस्तै छ। ठुलो बा आमाको न्यानो मायाँ र आतिथ्यता मा त्यो एउटा स्मरणिय साँझ बितेथ्यो इनरुवामा। इनरुवा - मेरो अर्थमा हेला मा परेको रमाइलो बजार।

क्रमश ...

सुर् न ताल्


Viewed: 2898 times.
COMMENTS:
Date: October 11, 2007
Name: somewhereondearth
Comments: 3 र ४ भाग एकै पटक पढन पाए । प्रिन्ट गरेर डेरामा पनि ५, ७ चोटि पढे । विहे भएका साथीहरुलाई बैबाहिक सम्बन्ध अझ गाढा बनाउन भन्ने उधेश्यका साथ पढ भनेर भने । बिहे नभएका लाई यति मीठो हुन्छ जिबन यात्रा, जीवनसंगीका साथमा भन्ने message दिन पढ भनेर link दिए । म आफु चाहि कता कता रुमलिएको छु । तपाईले लेख्नु भयो । यात्रा का धेरै बाटा हरु मा म पहि हिडेकै हुं । उनि साथ भए यस्तो हुदो हो उस्तो हुदो हो भनेर बेला बेला कल्पेको पनि सांचो नै हो । ( अझ पनि कल्पिन त छोडिएको छैन ) तर भावना लाई, समबन्धलाई यति जिबन्त प्रस्तुति दिन ठुलो कला चाहिन्छ । जुन तपाईले बढो माझिएको ढंगमा गर्नु भएको छ । कुनै बिषेश घटना नै नउठाई, ठुला ठुला शब्द नै नराखि माया को डोरो को रेशा रेशा बुन्नु भएको छ । no doubt, you are a great lover . i don't know whether you are married or not. tara euta kura sure ho, tapain jasta manchhe lai paune lady pakkai pani dherai dherai vagyamani hunuparchha. राम्रो लेख्नु भयो भनेर भनेको होईन, लेख्न लाई तपाईको जुन सपना ले प्रेरित गर्यो तो भावना ले गर्दा भनेको हो। मेरो लागि तपाई को यो post ले 'मदन पुरस्कार' जितेको छ' । पुल्चोक कै हुनु हुदो रहेछ । 'जि' भन्न अफ्ठयारो लाग्यो । लेख्न नछोडनुहोला !!!!! धन्यबाद

Date: October 07, 2007
Name: मी
Location: :)
Comments: पढदै खेरि मनरोमान्चित हुने वार्तालाप अनि कुनै ठाँउ विशेषको वर्णण पनि चाखलाग्दो ..सुर्नताल हजुरको यात्रालाइ अभिनय गर्यो भने त महिनौ चल्छ होला है। यो माथिका बार्तालापहरुले यात्रालाइ निकै जिवन्त बनाएको रहेछ ।।सपना हो त ? सबै त सपना हैन होला :) "उता जा भनन, के जाउ नि!" ---- 'त' भन्दाको कुरो पनि छिट्टै जाओस है :)

 

 

Leave Comments on this blog (Needs to be Approved by blog owner)
Your Name:
Email: [will not be published]
Location:
Comments:
Please log into sajha to be able to comment!
+++++ A Presentation of Sajha.com - Bringing Together Nepali Communities +++++