Your very own sajha blog!  

Other Blogs by SurNaTal
पोखरा: मेरो सुन्दर यात्रामा - अन्तिम भाग
पोखरा: मेरो सुन्दर यात्रामा - ५
पोखरा: मेरो सुन्दर यात्रामा - ४
पोखरा: मेरो सुन्दर यात्रामा - ३
पोखरा: मेरो सुन्दर यात्रामा - २
पोखरा: मेरो सुन्दर यात्रामा १
भाग्य र म
मेरो कथा मेरो गीत: अन्तिम भाग
मेरो कथा मेरो गीत २
मेरो कथा मेरो गीत
Reposting: "कलेज्" र प्रेम प्रसंगहरु
बिछोडका मनोभवनाहरु
यत्रामा तिमि ५
यात्रामा तिमि ४
यात्रामा तिमि ३
यात्रामा तिमि २...
यात्रामा तिमि १
मन र माटो
विदाईको त्यो पल
मन विग्रिएको दिन
विवाह र Criteria:
मलाई तिमी चाहिन्छ



Guild by Type
Articles
Poems
Stories
Essays
Humor
Movie/Book Reviews
     यात्रामा तिमि २...
Blogger: SurNaTal, September 30, 2007
    

यात्रामा तिमि...
खन्ड २...

म बुल्बुले तालको पानी अन्जुलिभरि लिएर तिम्रो अनुहार देखाइरहेथें। तिमि कलकल धाराहरुमा पानी खेलिरहेकि, ८-१० बर्षकि सुकोमल बच्चि बनेर। म बोलाइरहेथें-"छोरिले खेल्छे अब पानीमा, आमाले अल्मलिएको स्वाहेन - आउ छिट्टो, गाडी छुट्ने बेला भैसक्यो।"

सुर्खेत् कोहालपुरको ८६ KM धुले बाटोले बहुत कस्टप्रद बनाएथ्यो - हाम्रो यात्रा। मानिसको खांदाखांदले सास् फेर्न पनि गर्हो होला झै। तिमि गुनासो गरिरहेथ्यौ- "प्लेन मा गएको भएनि हुने नि।" म आफ्नो निरिहता पोखिरहेथें-"पछि पैसा कमाएपछि चडौंला - प्लेन मात्र के, हेलिकोप्टर नै लिएर घुमौंला नि!"

कोहलपुरबाट लक्षमणा सम्मको २२ KM चाहिं आरामदायी थियो। राम्रो पिच बाटो। मेरि घरपेटी आमै हामीलाई देखेर यति खुशी भइन् कि तिमिलाइ अंघालो हालेर आँशु खसाइरहेकि - मानौँ बर्षौं पछि उनका आफ्नै छोरा बुहारी घर आएका हुन। उनले त्यो दिन तेहिं बस्न खुब् कर गरिन्। जुन कोठामा ७ बर्ष अगाडि म बस्तथें त्यो खाली नै छ रे। तिमि गालि गरिरहेथ्यौ - "हजुर त कस्तो मान्छे, जस्ले जे भन्यो तेहि मान्ने। जां पायो तेहि म त बस्तिन।" म बुझाउन खोजिरहेथें - "यो कँ जाँ पायो तेहिं हो र। उहांहरु मलाई छोरा जस्तै मान्नु हुन्छ। डेरावला नै भएपनि आफ्नै घरजस्तो गेरेर म ८ महिना बसेथें - यहि कोठामा - मलाई एकदम माया लाग्छ उहांहरुको।" त्यो, त्यो घर थियो, जहां मैले जिवनको पहिलो जागिर गर्न पस्चिम तराइ जादा एउटा सुन्दर आतिथ्यता र अपनत्व पाएको थिए, डेरा गरेरै बसेको भएपनि। बर्दिया, तिम्रो देउडाकला, त्यो health post construction site र त्यो लक्षमणा गाउँ, मेरो पहिलो overseer जिवन, आहा......

भोलिपल्ट बिहानै हामी चिसापानीको चिसो पानीमा नुहाइरहेथ्यौं। कर्णाली नदि हिमालका हिउँहरु बोकेर त्यो चिसापानी हुंदै तराइतिर झरेकि छिन्।
-"राम प्यारी, कस्तो जाडो भयो।"
-"कस्ले नुहाउनु भनेको थियो त? अव म कसरी न्यानो बनाइदिउँ?"
यताउति हेरेथें। नजिकै कोहि थिएन। तिमिलाई म संगै तानेथें र त्यो चिसोपना लाई भुलेर हामि धेरै वेर पानीमा खेलिरहेथ्यौं।

कर्णाली आडको एउटा होटलमा खाना खाएर हामी पुलमा गएथ्यौं। त्यो विशेष पुल जो एउटा मात्रै पिलरमा उभिएको छ - विशाल पिलर। हामीले धेरै फोटोहरु खिचेथ्यौं।

धनगढि नेपलगन्ज को bus पक्डेर फर्किरहंदा बबइ सिंचाइ परियोजना छेउछाउ बर्दिया रास्ट्रिय निकुन्जाका हरिणहरुले तिमिलाइ देरै रमाइलो दिएका थिए। खुबै प्रफुल्ल मुद्रामा तिमि झ्याल बाहिर हेरिरहेथ्यौ।
-"कहिं त्यति रमाईलो नलाग्ने मान्छेलाई यो हरिण ले चाहि मोहनी लाएछ।"
-"चुप लाग्नुस् हजुर्। बेकारमा दिस्टर्ब गरेर आर्कालाइ। कस्ले भन्यो म अन्त बेखुसि थिए?"
-"हे हे, तेसो भए false assumption मा परिएछ।"


कर्णाली नदि बाटा नेपलगन्ज को कर्णाली होटल सम्म को यात्रा अहिले समाप्त भयो। तिमि थकित देखियौ। एक्छिन् थकाइ मारियो। तिमि फ्रेश् हुन र अरु तयारी मा लाग्यौ। ढिला भैसक्यो, कति time लगाउने होला यि आइमाइमान्छेहरु, अलिकता प्रेसर बढेछ कि कसो आफ्नो नि।-"हैन सकिएन? छिट्टो गर छिट्टो। जहिले नि तिमि ढिला गर्छौ।"

साँझखेर हामी टाँगा चडेर रुपेडिया गएथ्यौं। होटल बाट ४-५ KM मात्रै होल, सिमानाको सानो Indian बजार, रुपेडिया। बनियान हरु खुब सस्ता। "हजुर् एक्छिन् यतै बस्नुस् है" - तिमि खै कता हरायौ। एक्लै कहा लाग्या होला, यो अर्काको देशमा। कता कता रास्ट्रियता खड्किहाल्ने, सिमाना काट्न साथ। आखिर के होला यो सिमारेखा। एकैछिन् train station हेरेर फर्किदा अंध्यारो भैसकेको थियो, अर्काको देशमा, रात ब्याल। कता कता डर हो कि के हो मनमा। हतार हतार लम्किरहेथ्यौ हामी। सिमाना वारि तिर।

भोलि बिहानै बागेश्वरी भगवतीलाई दर्शन गरेर हामी रंगशाला तिर घुम्न निस्केथ्यौं। मलाइ खुल्दुली लाग्यो
- "के माग्यौ?"
- "किन भन्नु हजुरलाइ!"
- "मैले के मागे थाहा छ?"
- "के?"
- "छोरी - सुन्दर, तिमि जस्तै!"
- "मैले छोरा मागे, तर हजुर जस्तो हैन, अलिक smart।"
मौले तिम्रो टाउकोमा प्याट्ट पड्काएं
- "अनि न smart मान्छे संग किन हिडेकि त?"
- "म जो सुकै संग हिडौ, हजुरलाइ के मतलव!" मानौं तिमि कोहि अरु संग मेरो कुरा गरिरहेछौ।

रात्रि बस ५ बजे छुट्यो - नेपलगन्जबाट। लमहिमा बेलुकाको खना खादा मैले सुनाएथें - "पोहोर शाल यहिं हो माओबादीले आक्रमण गर्दा रात्रि बसका पनि दर्जनौं यात्री मारिएका।" तिमि त्रसित बनेउ। हतार गर्न खोजिरहेकि। छिट्टो त्यो ठाउं छाड्न पाए। तर तिमि driver होइन। उ त कहाँ हो 'खोया बिर्के' तान्दै होला।

बुटवल पुग्दा १२ मात्रै बज्यो। बस पार्कमा एक एक सोली चटपटे खाएर होटल खोज्न तिर लागियो। दिनभरको घुमाइ अनि ७-८ घन्टाको बस, थकान ले सिमा नाघिसकेझैं छ। तिमि भुसुक्क निदाइ सकेकी, म के के सोच्दै ढल्किरहेथें।


Viewed: 2965 times.
COMMENTS:
Date: October 01, 2007
Name: SurNaTal
Comments: ग्वाचे दाइ, मी जि र somewhereondearth सबैलाइ मेरो सस्मरण मनपराइदिएर comment समेत टासिदिनुभएकोमा धेरै धेरै धन्यबाद्। भुल चुक लिने दिने, गल्तिहरु सच्याउने प्रयास् गर्ने छु। somewhereondearth, गर्नुस् गर्नुस् बिहे, कति एक्लै एक्लै तान्नुहुन्छ जिवनको रथ।

Date: October 01, 2007
Name: somewhereondearth
Comments: म पुर्व को मान्छे, परिवेश पश्चिमको छ । तर पनि, कथाले च्यापै समायो । भोगेका धेरै कुराहरु कथामा भेट्टांए । नढांटि भन्दा, मैले कल्पेको बैबाहिक न्यानोपना कथामा हुबहु पांए । न्यानो अनुभव गरे । कता कता बिहे गरम कि क्या हो जस्तो लाग्यो । आज धेरै सपना देखिन्छहोला । हे हे हे । feelings एकदमै राम्रो लाग्यो । सम्बन्धको कण कण केलाउनु भएको छ । भावनालाई कलात्मक तरिकाले उतारेर पस्कनु भएकोमा धन्यबाद छ , सुर न ताल जी !!

Date: September 30, 2007
Name: मी
Location: चौतारी
Comments: :) <<<<''नेपलगन्जबाट। लमहिमा बेलुकाको खना खादा मैले सुनाएथें - "पोहोर शाल यहिं हो माओबादीले आक्रमण गर्दा रात्रि बसका पनि दर्जनौं यात्री मारिएका।">>> ' लमहि' भन्दा 'कुशुम' राखेको भए झन सत्यताको नजदिक हुनेथियो होला :) सुर्नताल, नेपालगञ्ज कोहलपुर, लमहि हुदै हुदा कहा सम्म पुग्नेहोला? घरको संझना झन झन ताजा गरायो यो पटक। मेरै घर नजिकै बाट गएछ के रात्री बस :) अर्को खण्डको प्रतिक्षामा ...

Date: September 30, 2007
Name: मी
Location: चौतारी
Comments: :) <<<<''नेपलगन्जबाट। लमहिमा बेलुकाको खना खादा मैले सुनाएथें - "पोहोर शाल यहिं हो माओबादीले आक्रमण गर्दा रात्रि बसका पनि दर्जनौं यात्री मारिएका।">>> ' लमहि' भन्दा 'कुश्मा' राखेको भए झन सत्यताको नजदिक हुनेथियो होला :) सुर्नताल, नेपालगञ्ज कोहलपुर, लमहि हुदै हुदा कहा सम्म पुग्नेहोला? घरको संझना झन झन ताजा गरायो यो पटक। मेरै घर नजिकै बाट गएछ के रात्री बस :) अर्को खण्डको प्रतिक्षामा ...

Date: September 30, 2007
Name: gwanche
Location: chautari
Comments: वाउssss..... सुर न ताल जी, तपाईंले बर्णन गर्नुभएको बाटोमा धेरै चोटि गुडियो, रुपैडिहा मै हो पहिलो पल्ट रेल चढेको पनि, रुपैडिहाबाट नानपारा सम्म, त्यो सानो मिटर गेज (छोटि लाइन)। तर तपाईंले बर्णन गर्नुभएको जस्तो यात्राको 'अर्को' पक्षको बारेमा सोच्दै सोचिएन। पहिलो भाग पनि असाध्यै राम्रो छ, सुर र ताल ठ्याक्क मिलेको प्रणय गीत जस्तो! कमेन्ट लेखुंला भन्दा भन्दै दोस्रो भाग पनि टाँसी सक्नु भएछ, तेस्रो नि छिट्टै जाओस है!

 

 

Leave Comments on this blog (Needs to be Approved by blog owner)
Your Name:
Email: [will not be published]
Location:
Comments:
Please log into sajha to be able to comment!
+++++ A Presentation of Sajha.com - Bringing Together Nepali Communities +++++