[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १३८ *~

[Please view other pages to see the rest of the postings. Total posts: 901]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 507939 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 01-22-09 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १३८ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 138 editions.
Last edited: 22-Jan-09 10:07 AM

 
Posted on 02-03-09 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भो बिर्खे माइला? मेरो नाम पछाडि त (?) पो देख्छु त।। म यहाँ अली नयाँ नयाँ छु, सिक्दैछु त के भन्नु, केइ मेस्सो नै पाउन्दिन म त, तर पनि टेम टेम म हाजिरी जनाउन्छु चौतारी म। anywaz तारेमाम है

 
Posted on 02-03-09 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे- "निरु, ए! निरु!, यता हेरन!"


निरन्जना- " छ्या हेर्दिन यस्तो छ्याके मान्छेलाई!"


लहरे- "हेरन मोरी गाला पो छ्याके त मन त चिल्लो छ नि!"


निरन्जना- "उस् मन चिल्लो भएर के गर्नु सुल्लपिच्चा खेल्नु?"


लहरे-"हे हे हे, खेले हुन्छ नि मोरी मेरो मनमा सुल्लपिच्चा!"


निरन्जना-" अब त्यहि बाँकि छ,.....भन न तिम्रो यो गालामा कसले टोकेर छ्याके भाको?"


लहरे-" कसैले टोकेर हैन मोरी, यो त तिमीलाई भेट्न भनेर डन्डिफोर निचोर्दा छ्याके भाको!"


निरन्जना-"छ्या तिमी त डन्डिफोरे पनि रहेछौ!"


लहरे- "डन्डिफोरे भएर के भयो त यो त जवानीमा सबैलाई आउँछ नि!"


निरन्जना- "उस् सबैलाई आउँछ रे फेरि, ....मलाई खै आएको?


लहरे-" हे हे हे गाला दलेर सारिदिउँ?"


निरन्जना- " छ्याssss उता जा काले!"


लहरे- " ल के भयो, माया लागेपछि डन्डिफोर भएको गाला पनि चिल्लो लाग्छ क्या मोरि!"


निरन्जना- " मलाई त पहिले नै चिल्लो अनुहार भएकोसंग माया लाग्छ!"


लहरे-"त्यसोभए तिमी मलाई माया गर्दैनौ?"


निरन्जना-" गर्दिन म त ऊ त्यो पर उभिएको चिल्लो केटालाई माया गर्छु!"


लहरे- (पर उभिएर मुसुमुसु हाँस्दै गरेको रिट्ठेलाई देख्दै) हँ?


निरन्जना- "अँ"


jpt


 
Posted on 02-03-09 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो नेत्रेलाई देख्दै नदेखिरा, नमस्ते बोलेँछु नारटान दाजू!


लहरे माइलिबुडि पँधेरामा फरिया पछार्दै छे!


परे, 'परे' नाम ठिक भयो कि भएन भनेर प्रश्नवाचन चिन्ह राखेको थिएँ ठिकै परेछ क्यारे!


ल फेरि सबैलाई जदौ!


 
Posted on 02-03-09 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्बाल लोल


 


रिट्ठे को टाउको फोर्न मुन लाग्यो - के गर्ने होला


 
Posted on 02-03-09 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गृहमन्त्री पीडित संघर्ष समिती गठन गरिएको बारे।


देश देशाबरमा धेरै शुभचिन्तकहरु आ-फ्नो देशको र घर को गृह मन्त्रिहरुबाट पीडित भएको र पीडितहरुको सुनुवाई कतै नभएको सत्य तथ्यलाई मध्ये नजर राख्दै गृह मन्त्री पीडित हरुको हालाई भएको ब्रिहत भेलाले अती पीडित श्री बिर्ख बहादुर बोगटिको अध्यक्षतामा श्री बिस्टे काजी बिष्ट,श्री हर्क बहादुर हमाल को एक तीन सद्स्यिय संघर्ष समिती गठन गरिएको छ। साथै नवबिबाहित भगुत भाई भण्डारी र गृह मन्त्रिको खोजी मा गोजिमा तस्बीर बोक्दै हिंड्ने लहरेकान्त लाकौललाई बैकल्पिक सद्स्यमा मनोनित गरी भावी आन्दोलनको स्वरुप तयार गर्न्ने जिम्मेवारि दिएको छ।



आशा छ, सम्पूर्ण गृहमन्त्री पीडित बिचराहरु यस समितिमा आबद्ध भै आफ्नो हक अधिकार प्राप्ती र मुक्तिको  यस् महान क्रान्तिमा साथ दिनु हुने नै छ।


 
Posted on 02-03-09 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गन्नुभाइले गर्दा काठमाडौंमा मंगलवार त मोजै हुन्थ्यो नि।। जहाँ गयेनी भो ,,चन्द्र बिनायक अगाडि बसेर चीया पिउदै,लड्डु खाँदै मैयाहरुलाई हाइ भनेनी भो,,कमलादी गणेशथान गएर माल्पुवा र चिया खाएर टिसी गएर टिटी खेल्दै ठिटीहरु हेरेनी भो,,बिहान बिहान घुम्न मन लागे सिदै बुङ्म्ती गएर कार्य बिनायकलाई जदौ भनेनी भो,,नत्र अरनिको हाइबेमा टन्न धुलो,धुवा,बालुवा आदी इत्यादी खाएर सुर्य गणेशकाहा गये नि भो,,अनी कहिले काही नेवार जिग्रीहरुकाहा आउने गणेशजात्रामा वाइल्द भएर खट तान्दै डान्स गरेनी भो ,,गन्नु भाईलाई तेइ भएर हामी मन देखी प्रनाम गर्छ के ।। जिम्माल बा नमस्ते है,,हाइबर्नेशनमा हो कि के हो ,,बिस्टेदाजु म नयाँ मान्छे नै हो ,,दुई बर्ष अगाडि चौतारी आको थिए एक हफ्ताको लागि ,तेस्पची त चौतारी पुराण हेरेरै,सुनेरै,हासेरै बसियो ,,ट्याम ट्यामको बात छ!!
 
Posted on 02-03-09 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठेको टाउको फोर्ने तरीका DIY :


बिषेशज्ञहरुको शुल्क महंगो हुँदै गएको यस वर्तमानमा धेरैकुराहरु DIY अर्थात डु इट योरसेल्फ धारणा अनुसार पुरा गर्न सकिन्छ। आउनुहोस आज रिट्ठेको टाउको फोर्ने तरिकामाथि केहि बेर चर्चा गरौँ।


१) रिट्ठेलाई कुनै सुन्दरीले भेट्न बोलाएकि छ भनेर लहरेले सुटुक्क झुक्क्याएर बोलाऊने।


२) बियर र सेकुवा खुवाउने र ऊ भए भन्दा पनि धेरै ह्यान्डसम भएको कुरा खोक्ने।


३) रिट्ठे मख्ख परेर मुख च्यातेर खुसि भएको हेर्ने र आँखा मुख हुँदै टाउको सम्म पुर्याएर केहिबेरमा यो टाउको फुट्ने छ भनेर खुसि हुने।


४) रिट्ठेलाई अझ धेरै बियर खुवाउने।


५) आफुले पनि टन्न बियर खाने र बियरको नशामा आफूले ताकेका तरुनिहरु कुन कुन (हुन त सबै हुन्) रिट्ठेको पछि लागेका थिए सम्झेर गन्ने र प्रतिशोधको भावनाले आँखा रातो पार्ने।


६) पुरानो हिन्दि फिल्मलाई मध्यनजर राख्दै रिट्ठेको एउटा रौँ भाँचेर DIY सुरु गर्ने।


७) पहिला केहि रौँहरु भाँच्दा "यो कमलाको लागि", " यो निरन्जनाको लागि", " यो सुन्तलीको लागि आदि ईत्यादि भन्दै भाँच्दै जाने र रौँहरु सकिएपछि हात खुट्टा तिर अगाडि बढ्ने।


८) यसैगरि टाउको सम्म पुगेपछि प्वाक्क टाउको फोर्ने।


९) गणना गर्दा यदि टाउकोमा नपुग्दै तरुनि सकिए भने रिट्ठेलाई फेरि लभ गर्न दिने र गन्ती याद राख्ने, जब टाउको सम्म गन्न्ति पुरा हुन्छ तब स्टेप १ देखि ८ पुरा गर्ने।


नोट- यो बिधी पुरा गर्न सबै भन्दा पहिला रिट्ठेको शरीरमा भएका रौँहरु गनेर सकाऊनु पर्ने


 


 


 
Posted on 02-03-09 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोट्टा हानेर नफुट्ने रैछ त - एसो गरे कसो होला


बाल नभएको मान्छे को बाल कसरी झार्ने - त्यो तरिका पनि भन्ने हो कि जिम्बाल (जस्तै रिट्ठे)


अनी ठुल्दाइ त्यो समिती मा दुई जना को नाम छुट्यो नि


चिप्ले स्वाँठ


ठुल्दाइ ल्वाँठ


सबै भन्दा बिचल्ली मा परेन यि दुई हुन के रे -


 
Posted on 02-03-09 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लोल सम्धी ज्यु लोल,लहरे र निरन्जना को छोटो वार्तालाप रमाइलो छ्
रिट्ठेको टाउको फोर्ने तरीका झनै रोचक
ठुल्दै को ग्री पि समिती गठन हे हे
हासियो एक्चिन लन्च सँगै
खै कता मरे सप लट्ठक हरु।
आफु चै एक सर्को पिउन  पाए हुन्थ्यो,चुरोत हैन लहरे चिया चिया ।

 
Posted on 02-03-09 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हैन का मरेचन सप्का सप स्वाठ स्वाठ्नी हरु ।

 
Posted on 02-03-09 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ मर्नु बिस्टेदाजु जिम्दै हो ,जिम्दै,,भर्खर भर्खर त जिम्ने रहर लाग्दै छ,,मरेत बोर हुन्छ नि ।।अनी खाना हसुरेको हो कि कुर्दै हो ,,सब काममा होकी जाममा हो ,,लौ त दिन बब्बाल होस् के रे ,,पदे जस्तो गर्नु परो ,तेल नि बेच्न जानु छ के रे।। गीत सुन्न औंला भरे राती ,मोज गर्दै गरुम!!!
 
Posted on 02-03-09 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्दै छौ है बिस्टे काजी।
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


 
Posted on 02-03-09 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोही नभएकै हो त


के भा हो किन भा हो कसरी भा हो


स्वाँठ हरु कता गए - स्वाँठनी हरु पनि छैन त -


के हन्नु कसलाई हन्नु 


 
Posted on 02-03-09 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ई एस्सरी नचीच्याए सुन्या नसुनै गर्छन्।
ठुलदाइ, हन कती दौड हान्यो त मित्ररास्ट्र ले,रावण्य देशका लाई पिट्नु पिट्यो कि कसो।
सुर्जे भए नि रईछौ नि त,उहिले आरछौ,खै किन किन बोली चाली ढाचा ले चिनी रा जस्तो लाएर भन्या।
सेरियल भाई कस्लाई हाने कुरा अर्छौ ए।

 
Posted on 02-03-09 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कल्लाई हुनु भिजिटर दाई - जो लाई पायो त्यस्लाई नै हो


अरु कता गायब


 
Posted on 02-03-09 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु आज त बिर्खे बुढा निक्कै जुर्मुराए, नलि खुट्टाँ ज्यान भरेर आ'का र'छन क्या हो? हँसाउन नि कति सक्या हुन, के जाति अलक-निरन्जना'ट निरन्जनाको बिग्गेपन भयो, अब अलका लाइ डाहा लागेर छुट्टी होला, सपै जना निरन्जना निरन्जना मात्रै भन्ने, अलकालाइ वास्तै नगर्ने ? ।

लु हाउँरो नि ढ्याऊऊऊऊऊऊ तारेमाम,
बिर्खे, राहुले, लहरे, रिठ्टे, बिस्टे, सुर्जे, नेत्रे, पुरे , केरे केरे केरे अनि मइला गनका केलि गेलि चेलि सेलि ठेलि, हन, नाम मिल्दैछ के ? यत्तिकै बर्बराएछु कि जस्तो लायो ।

लु जय गन्नु भाइ, रक्षे गर ।
 
Posted on 02-03-09 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कती कलाएल मल्थ यो लहले? ताकाँ तुल्ना पल्या थ कि के हो?
 
Posted on 02-03-09 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर देश कि ते शरहद होती है
बच्चे कि भि एक जिद्द होती है
और कित्ना इन्तजार करु तेरे एस यम एस का
कन्जुसी कि भि कोही हद होती है
 
Posted on 02-03-09 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थोते बढी कलाएर मल्यो


तेलो टाउको फोल्नु पर्‍यो हो


खुलुक्क घल मा नबसी कन


हैन यो थोते बुला पनि कती कलाउनु पल्ने


अनुहाल हेल न झ्याम्म दिउँ जस्तो 


 
Posted on 02-03-09 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म घल्मा नै हो लहले। थाउले काम थैन घल दा भन्यो। लहले काम भएको थ्वाँथ त दती बेला पनि ताउतालीमा हुन्थ, म काम नभएको दवान लक्का थितो ताउतालीमा किन न आउने?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Best Consultancy for H1 sponsorship in USA.
Trump admin revokes 18 months TPS extension for Venezuelans
Who is hottest nepali female?
NEPAL TPS
Documents instead of Birth Certificate
Now, more than ever, is it a good idea to apply for advance parole?
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters