Gautam B.
Replies to this thread:

More by Gautam B.
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 KAVITAKO DESH-II

[Please view other pages to see the rest of the postings. Total posts: 315]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 117909 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 02-28-06 1:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझामा टाँसिने नेपाली कविताहरु एकै ठाऊँमा पढ्न र प्रतिक्रयाहरु एकापसमा आदानप्रदान गर्न पाईयोस् भनेर यो कविताको देश खडा गरिएको थियो। यो देशले सबैबाट अत्यन्तै धेरै माया र सदभाव पायो, त्यै माया र सदभावका कारण यसको यात्रा अगाडि बढ्यो र बढिरहेछ। यहाँ सक्रिय सहभागिता जनाउनुहुने कवि-कवियत्रीहरु, सुझाव र प्रतिक्रियाले हामीलाई आफ्नो लेखनी सुधार्न प्रेरित गर्नुभएका सबै साथीहरु र कविताको देशका सम्पूर्ण पाठकहरुलाई धेरै धेरै धन्यवाद। हाम्रो यो भावनाको यात्रा निरन्तर चलिरहनेछ।

साझामा ३०० पोष्टिङको सीमा हटेजस्तो छ अब। त्यसैले कविताको देशको नया भाग शुरु नगरी पुरानैमा निरन्तरता दिने हो कि जस्तो पनि लागेको थियो, तर पोष्टिङ ज्यादै धेरै भयो भने अलिकति अलमल थपिदो रहेछ पढ्ने बेलामा, विशेष गरी नया पाठकका लागि। नया
भाग शुरु गरेर पुरानो तिर जाने साँघु राखेपछि पुरानोलाई पनि हुने नयालाई पनि हुने भनेर नया भाग शुरु गर्दैछु। सकृय सहभगिताका लागि फेरि पनि सबैलाई स्वागत र अनुरोध।

कविताको देशको अघिल्लो भागतिर जानको लागि साँघु यो हो;

- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=25557

आजको लागि यो कविता। नया हो, काँटछाँट बाँकीनै छ, अहिलेलाई राखिहालौँ।

"मैले नेपाल छोडेको छैन"

हरेक पल मनको आँखामा
पाखाको गोरटोसंगै हल्का हल्का तेर्सिएर
सञ्चो-विसञ्चो सोध्दै उकालो लागेको छु,
देवीथानको चौतारीबाट
शिखरहरुसंग आँखा जुधाएर
भञ्ज्याङहरुको नाम भनेको छु
नटुंगिने नागबेली बाटाका
हरेक मोड औँलाले गनेको छु,
आमा रोएको बेला
अत्तालिएर रोएको छु
आमा अलिकति हाँसेको बेला
खुशी बाँड्न मैले-
एकछिन बतासै रोकेको छु
डढेलो सल्केको छ मेरो समयमा-
आगो निलेको छु श्वाशमा
र आगै बाहिर फ्याँकेको छु;

हरेक पल यस्तै यात्रा गरेको छु
यस्तै यस्तै यात्रा गरेको छु
हेर नपत्याए-
पैतालाभरि नेपालकै धूलो बोकेको छु
नक्शाको देश छाडे हुँला एकैछिनलाई
तर हरबखत मुटुमा देश बोकेको छु।
 
Posted on 05-22-06 5:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माथि एक ठाऊँमा "दाह्रा" हुनुपर्ने, "दारा" भएछ।
 
Posted on 05-23-06 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साचै गौतम गुरु एकदम मन छोयो ।
अति मार्मिक मुक्त्तक छ । यस्तै प्रकारले अरुपनी जाओस गुरुजी ।
 
Posted on 06-02-06 10:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देशको स्थितिको बारेमा यो एउटा कविता आज। कविता भन्दा पनि आक्रोश र निराशाको अभिब्यक्ति हो भन्दा हुन्छ, कलापक्ष कम भएमा माफी चाहन्छु।

 
Posted on 06-03-06 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो लागो सबै कबितहरु! धन्यवाद ।
 
Posted on 07-20-06 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै पहिला, उदासीले घेरेको कुनै क्षणमा लेखेको यो टुक्रो। आज पनि अलिक उदास छु, यो उदासीका कारणहरु धेरै हुन सक्छन्, कति मेरो वशमा होलान्, कति नहोलान्; यो अलग कुरो हो। तर यथार्थ यै हो कि म उदास छु।

"फिका जिन्दगी"

प्रत्येक दिन‍-
अघिल्लो भन्दा उदास लाग्छ,
यस्तो लाग्छ जिन्दगी
गिलासमा एक पोका चिया छ
म हिजो देखि पानी थप्दै पिईरहेछु
स्वाभाविक हो-
प्रत्येक घुट्की
अघिल्लो भन्दा फिका लाग्छ ।
 
Posted on 07-20-06 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Shabdaharu ko kheti gari kabita umarne prabidhi thah chhaina/aaudaina. tara padhda aananda aauchha yatharthsanga parak rachana haru... dherai aghi ek jana kabi...sayad amar shah huna kyare... ko kabita sandarbhik lagyo hamro deshko paristhiti sanga tyasaile...

Amar ji katai tapai pani sajha frequenter ho bhane jaun pheri tapai ka kabita haru...

बाबुहरु खुसी खुसी वीरय दान गर्छन
आमाहरु खुशी खुशी गरभ धारण गर्छन्,
तर जन्मन्छन फगत नपुंसक हरु
 
Posted on 07-20-06 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो कबिता गोतामे जी,

तर अलि पेसिमिस्टिक भयो। अर्को नि जाओस् न अलि अप्टिमिस्टिक please.
 
Posted on 07-20-06 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्लेजीको फर्माईसमा:

प्रत्येक दिन‍-
अघिल्लो भन्दा उदास लाग्छ,
यस्तो लाग्छ जिन्दगी
गिलासमा एक पोका चिया छ
म हिजो देखि पानी थप्दै पिईरहेछु
स्वाभाविक हो-
प्रत्येक घुट्की
अघिल्लो भन्दा फिका लाग्छ ।

*** *** ***

म दिउरीबाट
छोरीको लिटो
एक चिम्टी
फू: फूक्दै
एउटा गुच्चा बनाएर
मुखमा राख्छु
अनायास म गुनगुनाउँछु-
आह ! जीवनको गुलियो-नुनिलो स्वाद !

 
Posted on 07-20-06 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपेदाइ यो झन् अप्टिमिस्टिक् भयो र ? :)
 
Posted on 07-20-06 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपेदाइ राम्रो!

यिनै साना साना खुशीका क्षणहरुले नै जीवनलाइ सम्पन्न बनाउछ। गिलास आधा भरिएको देख्ने ले नै पुरा भर्ने आँट गर्न सक्छ। हैन र??
 
Posted on 07-20-06 5:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह! वाह! क्यामोफ्लाज्ड.
 
Posted on 07-20-06 5:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

okay here is an impromptu one hahahaha
mero pahilo prastuti :P

हिजो मेरो जिन्दगीसँग झगडा पर्‍यो
म उसलाई माया गर्थें, उ मलाई औधि माया गर्थी
त्यसैले होला हिजो मेरो जिन्दगी संगै झगडा पर्‍यो

टु बी कोन्टिनुएड्
हाहाहाहा
लुते
 
Posted on 07-20-06 6:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह् वाह् लूते माइ फ्रेन्ड्
धेरै राम्रो, यो सुनेर् मलाइ मेरो एउटा साथिले भनेको कबिता याद् आयो सुनाम् है त-
आकाश् मा सुर्य्
त सधै लाग्थ्यो
तर आज सुर्य माथि
घाम् लागेछ ।
heheheh ....
 
Posted on 07-20-06 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इश्न(।?)जी, नेपे गुरु, कुम्लेजी, तीराजी, लुतेजी; धन्यवाद!
निराशावादी भएर भनेको लेखेको हैन है! उदासी र निराशामा फरक छ नि हैन र? सबै थोक पुगेर पनि जिन्दगीको एकरसताले कहिलेकाहीँ त्यस्सै उदास बनाऊँछ, त्यहि उदासीलाई एउटा बिम्ब दिने कोशिश मात्रै हो मेरो।

नेपे गुरु, मेरो जिन्दगीको एउटा उज्यालो पाटो त वास्तवमै त्यहि हो।

र अन्तमा यो धागोलाई माथी ल्याउनै पर्ने जस्तो लागेर त्यो टुक्रोको सहारा लिएको हुँ, शीतनिद्रामा गएका कवि-कवयित्रीहरु फर्किहाल्छन् कि भनेर।
 
Posted on 07-20-06 9:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थ्यांक यु टायरा साथी :पी
यो अर्को इम्प्रोम्प्टु प्रयास
===============

जिन्दगीको रङ
==========

जिन्दगीको रङ खै कस्तो कस्तो

कहिले दुध नहालेको चिया जस्तो
त कहिले फलाममा लाग्ने खिया जस्तो

कहिले धुंधा धुंधा खुइलिएको लुगा जस्तो
त कहिले पालिश लगाएको बुढो जुङ्गा जस्तो

कहिले सुवासीलो फुलको डाली जस्तो
त कहिले प्रीयसिको गालको लाली जस्तो

यो जिन्दगीको रङ खै कस्तो कस्तो


hahahaha

Loote :P
 
Posted on 07-26-06 11:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो धागो कता हरायो जस्तो लाग्यो। एउटा सानो टुक्रे गाऊँ थप्न छिरेको।

नवयौवना-

सङगालेर राखेको टुक्रा,
लज्जाले कतै लुकाऊँछ
अनौठो संगीतको हठ्ले,
सीतारलाई कतै फुकाऊँछ
दुबिधामा पल पल जेलिँदै,
अटाइ नअटाई भरिएको गाग्री
पँधेरा मै कतै छचल्किँदा,
गाग्रीको आत्मा कराऊँछ



बिधवा-

लुकाएर लुकेको पिडा,
कतै बिस्तारै बल्झिन्छ
सुकाएर सुकेको आँशु,
कतै सुटुक्क रसाउँछ
यौवन बृद्ध हुँदै जाँदा
सल्काएर राखेको धुप,
आफ्नै धुवाँमा हराऊँछ!

 
Posted on 07-29-06 11:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा अर्को।
त्यति एबस्ट्र्याक्ट त छैन होला।


बिदेश, धुलो, डार्विन र म -


म कहिलेकाहिँ आफैँलाई
भारहिन अनुभव गर्छु
र झिनो हावामा उड्न खोज्छु,
फूलका केशर सँगै।
साना, मसिना धुलोका कणहरु,
मलाई च्वास्स च्वास्स घोचेर
संग संगै उडिदिन्छन्
र मेरो कानमा कानेखुसि गर्छन्,
आफ्नो साम्राज्यको बारेमा।

हो, धुलोको अस्तित्वसंग
म आफूलाई तुलना गर्न सक्दिन।
सदियौँ देखि यहिँ छ धुलो
यहिँ उड्छ, यहिँ भिज्छ,
र यहिँ खस्छ
र कयौँ मजस्तालाई
धुलाम्य पार्छ।
(परेलीबाट धेरै पटक धुलो झारिसकेको छु)

त्यसैले हरेक पटक म गह्रुङ्गो हुँदा,
अघिका भारहिनतामा मलाई हाँसो उठ्छ।
पुन: जमीनमा आउँछु।
लौ! यो के भयो?
म त धुलाम्य भएछु फेरी!
जताततै धुलो छ!
मेरो टाउकोमा, जिऊमा,
हात खुट्टामा,
आँखा खोल्न नै नमिल्ने
परेलीभरि धुलो टाँसिएको छ।
दाँतमा किरिकिरि लाग्दै छ।
अनायासै म उड्न थाल्छु!
अहो!,
म जति जति धुलो हुन्छु,
त्यति त्यति उड्न सक्छु।
र जति जति ‘म’ हुन्छु
त्यति त्यति तल झर्छु!

 
Posted on 07-29-06 11:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D

birkhe jeee
 
Posted on 07-30-06 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिठो हाँसोको लागि धन्यवाद् मिस :)
 
Posted on 08-05-06 11:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा सानो टुक्रा-

तरंग-

कुनै सात्विक, सेतो,
सुतीको सफा, नरम वस्त्र,
झिनो हावाले
फिर फिर हल्लाए झैँ;
कुनै शान्त,
तलाउको कन्चन पानीमा,
भर्खरै झरेको पातले,
साना मिठा लहरहरु जन्माए झैँ;
कुनै डाँडाको टाकुराबाट
तल बेँशि नियाल्दा,
चिसो हावाले
सम्पूर्ण शरीर झनझनाए झैँ;
लामो निँद्रापछि
बिहान सखारै,
पर कतै रुखमा,
कुनै पंक्षिको मिठो स्वरले
निंद्रा बिथोले झैँ;
मेरो अस्तित्वमा,
एक मिठो कम्पन हुन्छ;
जब अलिक झुकेर,
नहेरेको जस्तो गरि
एक पटक पुलुक्क हेरेर,
तिमिले तिम्रा केशरासी,
मुहार बाट पन्छाउँछौ!!

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
कल्लाई मुर्ख भन्या ?
मन भित्र को पत्रै पत्र!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
lost $3500 on penny stocks !!!
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Is this a progressive step?
Trasiting through Istanbul, Turkey
Changing job after i-140 approval
TPS Reregistration and EAD Approval Timeline.......
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters