Gautam B.
Replies to this thread:

More by Gautam B.
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 KAVITAKO DESH-II

[Please view other pages to see the rest of the postings. Total posts: 315]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 117911 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 02-28-06 1:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझामा टाँसिने नेपाली कविताहरु एकै ठाऊँमा पढ्न र प्रतिक्रयाहरु एकापसमा आदानप्रदान गर्न पाईयोस् भनेर यो कविताको देश खडा गरिएको थियो। यो देशले सबैबाट अत्यन्तै धेरै माया र सदभाव पायो, त्यै माया र सदभावका कारण यसको यात्रा अगाडि बढ्यो र बढिरहेछ। यहाँ सक्रिय सहभागिता जनाउनुहुने कवि-कवियत्रीहरु, सुझाव र प्रतिक्रियाले हामीलाई आफ्नो लेखनी सुधार्न प्रेरित गर्नुभएका सबै साथीहरु र कविताको देशका सम्पूर्ण पाठकहरुलाई धेरै धेरै धन्यवाद। हाम्रो यो भावनाको यात्रा निरन्तर चलिरहनेछ।

साझामा ३०० पोष्टिङको सीमा हटेजस्तो छ अब। त्यसैले कविताको देशको नया भाग शुरु नगरी पुरानैमा निरन्तरता दिने हो कि जस्तो पनि लागेको थियो, तर पोष्टिङ ज्यादै धेरै भयो भने अलिकति अलमल थपिदो रहेछ पढ्ने बेलामा, विशेष गरी नया पाठकका लागि। नया
भाग शुरु गरेर पुरानो तिर जाने साँघु राखेपछि पुरानोलाई पनि हुने नयालाई पनि हुने भनेर नया भाग शुरु गर्दैछु। सकृय सहभगिताका लागि फेरि पनि सबैलाई स्वागत र अनुरोध।

कविताको देशको अघिल्लो भागतिर जानको लागि साँघु यो हो;

- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=25557

आजको लागि यो कविता। नया हो, काँटछाँट बाँकीनै छ, अहिलेलाई राखिहालौँ।

"मैले नेपाल छोडेको छैन"

हरेक पल मनको आँखामा
पाखाको गोरटोसंगै हल्का हल्का तेर्सिएर
सञ्चो-विसञ्चो सोध्दै उकालो लागेको छु,
देवीथानको चौतारीबाट
शिखरहरुसंग आँखा जुधाएर
भञ्ज्याङहरुको नाम भनेको छु
नटुंगिने नागबेली बाटाका
हरेक मोड औँलाले गनेको छु,
आमा रोएको बेला
अत्तालिएर रोएको छु
आमा अलिकति हाँसेको बेला
खुशी बाँड्न मैले-
एकछिन बतासै रोकेको छु
डढेलो सल्केको छ मेरो समयमा-
आगो निलेको छु श्वाशमा
र आगै बाहिर फ्याँकेको छु;

हरेक पल यस्तै यात्रा गरेको छु
यस्तै यस्तै यात्रा गरेको छु
हेर नपत्याए-
पैतालाभरि नेपालकै धूलो बोकेको छु
नक्शाको देश छाडे हुँला एकैछिनलाई
तर हरबखत मुटुमा देश बोकेको छु।
 
Posted on 08-06-06 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सार्है रामो कबिता सुनाउनु भयो बिर्खेजि ले ।

**जब अलिक झुकेर,
नहेरेको जस्तो गरि
एक पटक पुलुक्क हेरेर,
तिमिले तिम्रा केशरासी,
मुहार बाट पन्छाउँछौ!! **** :-)
 
Posted on 08-06-06 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद् टाइराजी, कविता मन पराईदिनु भएकोमा!:)

***************

यसो लहडै लहडमा दुई पाटाहरु पस्कँदै छु।



एकातिर-

कसैको बर्षौँ पुरानो सपनाको,
म कथित् साकार रुप।
कसैको हिसाबी लखमा,
म एउटा उपयुक्त कुमार।
कसैको मगन्ते परीधीमा,
म केवल एक सुनखानि।
कसैको गरीव अनुमानमा,
म एउटा समृद्ध व्यक्ती।
कसैको फिरन्ते दिलमा,
म, मात्र एक मोडे सहयात्री।
मलाई अचम्म लाग्छ
मेरा यति धेरै परिचयहरु देखेर,
मलाई चिनाऊने यति धेरै
अवयवहरु देखेर।



अर्कोतिर-

यी संसार हाँक्छु भन्नेहरु,
यी आफैँलाई महान छौँ भन्नेहरु,
यी आफ्नोलागि संसार पोल्नेहरु,
यी दम्भको लागि आफैँलाई पनि छल्नेहरु,
म सङ्ग मेरो परिचय माग्ने नाममा,
मलाई नै मेरो परिचय दिइरहेका हुन्छन ।
म त केवल एकादेशको यात्रि रहेछु,
जसको देश भैकन पनि देश छैन!
म त परदेशि रहेछु, अचम्मको भेषको
जस्को आफ्नो भेष भैकन पनि भेष छैन!

 
Posted on 08-06-06 6:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो jpt कबिता
Grammer बिग्रेको भये माफ पाउँ



एक्लो भएर के भो त?
खुशी थिए म जिन्दगीसँग
अध्याँरोमानै थिए त के भो त?
उज्यालो थियो मन, हृदय थियो दंग

फूल नभयेनी, कांढा त थिएन
हासो नहासेनि, मन कहिले घोचेन
अ्मृत नपियँनी, बिश कहिले पियिन
आन्नदित नभयेनी, पीडित म थिइन

दु:खीलाई दु:खको के अनुभब
जब सुखसँग दाजिदैन भने
आन्खै बन्द गरेनी उज्यालै देखिन्छ
जब श्रीस्ठीनै आन्धकार छ भने

अनि तिम्रो आगमन पछी

अ्मृत सँग मिलाएर बिष यसरी पिलायैं
एक्छिन सुख दिएर दु:खि बनायेउ
बल्ल थाहा भो पिडा के हो भनेर
किन सुर्य उदाउँछ अधेरै बनेर

लाग्छ जिन्दगि हाँसिरहेछ
खुसिले हैन, मेरो मुर्खताको अट्टहाँस गरेर
तिमि त गै गयेउ अरुकै प्रीय बनेर
मचाँहि अब गाजाँ पिउछु "जय शम्भु" भनेर
 
Posted on 08-07-06 2:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मालको लगनलाई सलाम!

अनि क्या हो जिम्माल, छोरी दिन आउनेहरुको भीड बढ्दैछ कि क्या हो?!

गँजेडी ब्रो,
यति निराश त हुनु भएन नी! उनीलाई भगवानले तपाईँको लागि बनाएकै हैन, त्यसैले त गईन् नी। तपाईँकै लागि जन्मिएकी पनि त पक्कै होलिन्, खोजी अलि दह्रो चाहियो!
 
Posted on 08-07-06 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gautam bro,
Nirash bhayeko bhaye ta Gaja nai piudina thiye ni. Ali ali khusi byakta garna gaja piuna lageko.
 
Posted on 08-07-06 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजेडिजी, साँच्चिकै पिडा परेर गाँजा तान्नुभएको हो त? :)
अर्को आउँछे, त्यो पनि कुरा मिलेन भने अर्को आउँछे...कि कसो?

खै गौतमजी, त्यो एकातिरको अनुमान गरेको मात्रै हो यता अर्कोतिर सिरेले भनेको जस्तो " ....पुच्छर, भनेको कल्ले बुझ्छ र" भनेको जस्तो भैराको छ।
 
Posted on 08-07-06 10:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि मिसिँदैछु यो यात्रामा।


"आर्या"


कुहिरो भित्रको सानो बस्ती-
बिहानीको कलिलो घाममा
खुल्दै खुल्दै आएजस्तो,
सफा दिनको निलो आकाशमा-
हिमाल नाघेर एक हूल डाँफेहरु
उड्दै उड्दै आएजस्तो,
मैले पर्खेर बसेका सपनाहरु-
विस्मृतिको एक युग पछि
डुल्दै डुल्दै आएजस्तो,
यस्तो लाग्छ तिमीसंगको हरेक दिन-
कुनै मीराको नाचले
मेरो आँगन भरेर,
कुनै आदिम-अनवरत खुशी
मेरो मनको कोठा-कोठामा छरेर,
एक जोडी निर्मल निश्चल आँखाहरु मेरो काखमा
झुल्दै झुल्दै निदाएजस्तो ।
 
Posted on 08-07-06 11:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्य छिन आर्या!
बुबालाई अनुभव भएको हरेक क्षण, हरेक पल, प्रत्येक निभेष कवितामा छर्लङ्ग छन् र जुन ईतिहास सम्म रहने छन्!

...एक जोडी निर्मल निश्चल आँखाहरु मेरो काखमा
झुल्दै झुल्दै निदाएजस्तो ।


गजब छ!
शायद यो अनुभव अद्वितिय हुन्छ होला!
 
Posted on 08-16-06 1:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"शहरकी बत्ती"

हिजो गोधूलीमा
हतार हतार आफूलाई पूछपाछ पारेर
भाका गुज्रेको पाउडर
लतपत गालाभरि पोतेर
र हतार हतार
विना ऐना
ठूटे लिपस्टिकले ओठ रंगाएर
ताराहरु चम्किनुभन्दा पहिल्यै
सडक किनारमा आफूलाई उभ्याएकी थिई
पिलपिल शहरकी बत्ती,

आफ्नै गह्रौँ छायासंग बेखवर भएर
त्यै छायाँमा जोडिदैँ टुट्दै गरेका
जोडीका जोडी मायासंग बेखवर भएर
पर्दाभित्रका छायाहरुलाई
ताराहरुले जस्तै निर्विचार हेरेर
र पुलमुनि रात बलात्कृत हुँदा
एक थोपा आँशु समेत नझारेर
रातभरि ठडिएपछि
थाकेर बिहानीपख
सडकमै निदाईछे
टिलपिल शहरकी बत्ती।
 
Posted on 08-16-06 10:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो बयान गर्न सकेको!
वास्तविक कविता!
गजब छ गौतमजी :)
 
Posted on 08-16-06 11:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा सानो टुक्रा-

म आज सोचमग्न छु-

म आज सोचमग्न छु!
अनन्त झाडिहरुको बिचमा,
कुनै ठिङ्ग उभिएको
बुढो सिमलको रुख जस्तै,
कुनै बेलाको जङ्गल सम्झेर
आफ्नै वरिपरीको तुवाँलो नियाल्दै छु!
आफैँले उडाएका अनगिन्ती
कोमल र हलुका भुवाहरुको
निरर्थक गएको उडानहरुमा,
शायद अलिकता खिन्न छु!
कयौँ बैशाख आयो गयो।
तर यसपालीको चैते हुरि देखि
शायद अलिकता त्रसित छु!
त्यसैले,
म आज सोचमग्न छु!!

 
Posted on 08-17-06 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद बिर्खेजी।

यो बूढो सिमललाई चैते हुरीले उडाउनै आँटिसकेको थियो, कसरी जोगियो यो नै अनौठो छ। अर्को चैतमा अर्को हुरी उठाउनै पर्ला जस्तो छ!
 
Posted on 08-17-06 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-17-06 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद् गौतमजी र माष्टरनी नानी :)
 
Posted on 08-25-06 11:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै यो धागोलाई माथि ल्याउन मन लागेको। नयाँ केहि छैन।
एउटा पुरानो कविता (पहिला नै साझामा टाँसिसकेको हो) लाई अलिकता परिमार्जन गरेर पुन: टाँस्दैछु।



काठमाण्डौको बिहानी –

राजधानी हुनुको खोक्रो गर्व गर्दै
फोहोर अनि
दुर्गन्धको घुम्टो ओढ्दै,
सधैँ झैँ,
काठमाण्डौ, बिहानी बोलाउँछ!

ईतिहास देखि नै सम्पन्न
काला महलहरु,
यत्र तत्र मौलाएका
खस्रा ईँटका थुप्राहरु,
थाम्नै नसक्ने भार बोकेका
विवस सडकहरु,
जर्जर, फुस्रा, खण्डित
र कथित सात्विक मंदीरहरु,
बिस्तारै ब्युँझन्छन्!

भोकै सुतेको ‘सन्ते’
पाउरोटी भुँडिमा हाल्छ,
पानी पिउँछ
र रिक्सा निकाल्छ।
टन्न खाएर सुतेको ‘राममान’
चिया पिउँछ, सटर खोल्छ,
र पसलमा धुप सल्काउँछ!

सडकको पेटीबाट
एउटा खाते बिउँझन्छ!
चुरोटको तलतलले
यता उता नियाल्छ,
जिउ कन्याउँछ,
बोरा पट्ट्याउँछ
र नजिकैको चियापसल बाहिर फालिएका,
चुरोटका ठुटा सङगाल्छ!

अटाइ नअटाई भुँडि भर्ने मन्त्री,
बल्ल जाँडले छोडेपछि,
‘एट्याच्ड’ बाथरुममा छिर्छ,
बमन गर्छ, कुल्ला गर्छ
र मर्निङ वाकमा निस्कन्छ।
सचिवले ‘ट्रयाकसुट’ लगाउँछ,
पाल्तु कुकुर डोर्र्याउँछ
र हिजोको मिटिङले भरिएको
खल्ति सुमसुम्याउँछ!

भुस्याहा कुकुरहरुले,
सडकमा रासलिला मच्चाउँदा,
अघिसम्म मिचिएकी सुन्तली
छिटो छिटो लुगा लगाउँदै,
ओइलाएको अनुहार लिएर
बाहिर निस्कन्छे,
र आफ्नो अस्मितालाई सम्झन्छे!

रातभरी आत्तिएको विरामी,
ठिक भएको अनुभव गर्छ,
‘बेड’लाई नै बाथरुम बनाउँछ,
कुरुवालाई थप दुख दिन्छ
र ‘टिचिङ्’ को क्याबिनमा बल्ल निदाउँछ!


‘भिडियो गेम’ सम्झँदै सुतेको फुच्चे,
हिजो रातीको ‘ड्याडी’को आश्वासनमा दंग पर्छ
‘कर्न फ्लेक्स’ दूध संग निल्छ,
‘टिफिन’ ‘वाटर बोतल’
र आफू भन्दा ठुलो झोला बोकेर
स्कुल बस चढ्छ।

डेरामा बस्ने किस्ने,
दाँत माझ्दै घरबेटीको छोरी सम्झन्छ,
स्टोभमा दम दिन्छ, चिया पकाउँछ,
कपालमा ‘केवो कार्पेन’ लगाउँछ,
र खैनि च्याप्दै क्याम्पस जान्छ।

‘डायबिटिज’ ले पिडित पंडित,
खाली खुट्टा पशुपती जान्छ,
थोरै मन्त्र फलाक्छ,
धेरै छिमेकिलाई सराप्छ,
‘जेरि स्वारी’ हसुर्छ
र जेठो छोरोले मम खाएकोमा।
बागमती नुहाउँछ!

राजधानी हुनुको खोक्रो गर्व गर्दै
फोहोर अनि
दुर्गन्धको घुम्टो ओढ्दै
सधैँ झैँ,
काठमाण्डौ, बिहानी बोलाउँछ!

 
Posted on 08-29-06 1:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल अर्को एउटा!

डँढेलो-

मनमा डँढेलो लाग्दा,
सानातिना, झ्यासमिसे,
हिजो सम्म हरिया भएका
ईच्छाका झारहरु ‍बिस्तारै सल्केर,
एकछिन मै खरानी बन्छन।
लक्ष र योजनाका रुखहरु
अघिनै अंगार बनिसकेका हुन्छन।
डाँडाको तुवाँलो हट्ने प्रतिक्षामा
आँखा लोलाउदै जाँदा,
तुवाँलोमा झन डँढेलोको धुवाँ मिसिन्छ!
सबै कालो, सबै खारिलो!
कतै केहि देखिन्न!
एकपटक नराम्रो गालि निस्कन्छ मुखबाट।
कुन चाहिँ पातकीले चुरोटको ठुटो बनमा फालेछ?!
अझै कतै केहि हरियालि छ कि?
ओहो! आशाको झार जलेको रहेनछ!
उकुसमुकुसताको वातावरणमा,
म बँचेखुचेका पात र झार बटुल्न खोज्छु।
खोकि लाग्दैछ, आँशु आउँदैछ,
र्र्याल र सिंगान बग्दैछ!
केहि झारपातहरु अझै बाँकि रहेछन!
म त्यसलाई ह्याकुलामा लुकाएर दौडँदै छु!!

 
Posted on 08-29-06 7:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Oh ho!! Birkhe Maila ji,

Kasto raamro kabita. Duitai ek se ek.

Kathmandu ko kabita daami chha yaar!!

Dadhelo:
ओहो! आशाको झार जलेको रहेनछ!
उकुसमुकुसताको वातावरणमा,
म बँचेखुचेका पात र झार बटुल्न खोज्छु।
खोकि लाग्दैछ, आँशु आउँदैछ,
र्र्याल र सिंगान बग्दैछ!
केहि झारपातहरु अझै बाँकि रहेछन!
म त्यसलाई ह्याकुलामा लुकाएर दौडँदै छु!!

Nice and positive ending!!

Great!!
 
Posted on 08-29-06 8:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Arya ko kabita kati mitho GautamJi, chautarima photo halnus na Aryako.
Birkhe_Maila dherai ramro chha kabita haru. :)
 
Posted on 08-29-06 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खेजि , काठ्मान्डौ को बिहानि सारै मन् पर्यो । it reflects the reality. :D
 
Posted on 08-29-06 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tyra girl u are so cute hehe
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Travelling to Nepal - TPS AP- PASSPORT
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters