Gautam B.
Replies to this thread:

More by Gautam B.
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 KAVITAKO DESH-II

[Please view other pages to see the rest of the postings. Total posts: 315]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 117963 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 02-28-06 1:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझामा टाँसिने नेपाली कविताहरु एकै ठाऊँमा पढ्न र प्रतिक्रयाहरु एकापसमा आदानप्रदान गर्न पाईयोस् भनेर यो कविताको देश खडा गरिएको थियो। यो देशले सबैबाट अत्यन्तै धेरै माया र सदभाव पायो, त्यै माया र सदभावका कारण यसको यात्रा अगाडि बढ्यो र बढिरहेछ। यहाँ सक्रिय सहभागिता जनाउनुहुने कवि-कवियत्रीहरु, सुझाव र प्रतिक्रियाले हामीलाई आफ्नो लेखनी सुधार्न प्रेरित गर्नुभएका सबै साथीहरु र कविताको देशका सम्पूर्ण पाठकहरुलाई धेरै धेरै धन्यवाद। हाम्रो यो भावनाको यात्रा निरन्तर चलिरहनेछ।

साझामा ३०० पोष्टिङको सीमा हटेजस्तो छ अब। त्यसैले कविताको देशको नया भाग शुरु नगरी पुरानैमा निरन्तरता दिने हो कि जस्तो पनि लागेको थियो, तर पोष्टिङ ज्यादै धेरै भयो भने अलिकति अलमल थपिदो रहेछ पढ्ने बेलामा, विशेष गरी नया पाठकका लागि। नया
भाग शुरु गरेर पुरानो तिर जाने साँघु राखेपछि पुरानोलाई पनि हुने नयालाई पनि हुने भनेर नया भाग शुरु गर्दैछु। सकृय सहभगिताका लागि फेरि पनि सबैलाई स्वागत र अनुरोध।

कविताको देशको अघिल्लो भागतिर जानको लागि साँघु यो हो;

- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=25557

आजको लागि यो कविता। नया हो, काँटछाँट बाँकीनै छ, अहिलेलाई राखिहालौँ।

"मैले नेपाल छोडेको छैन"

हरेक पल मनको आँखामा
पाखाको गोरटोसंगै हल्का हल्का तेर्सिएर
सञ्चो-विसञ्चो सोध्दै उकालो लागेको छु,
देवीथानको चौतारीबाट
शिखरहरुसंग आँखा जुधाएर
भञ्ज्याङहरुको नाम भनेको छु
नटुंगिने नागबेली बाटाका
हरेक मोड औँलाले गनेको छु,
आमा रोएको बेला
अत्तालिएर रोएको छु
आमा अलिकति हाँसेको बेला
खुशी बाँड्न मैले-
एकछिन बतासै रोकेको छु
डढेलो सल्केको छ मेरो समयमा-
आगो निलेको छु श्वाशमा
र आगै बाहिर फ्याँकेको छु;

हरेक पल यस्तै यात्रा गरेको छु
यस्तै यस्तै यात्रा गरेको छु
हेर नपत्याए-
पैतालाभरि नेपालकै धूलो बोकेको छु
नक्शाको देश छाडे हुँला एकैछिनलाई
तर हरबखत मुटुमा देश बोकेको छु।
 
Posted on 08-29-06 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hey cutetree , your r cute , your name is cute , thats way you see everyone' s cute hehe m i right ? hehe .
 
Posted on 08-29-06 5:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CaMoFLaGeD Ji, धन्यवाद् कविताहरु मनपराइदिनुभएकोमा!
दोश्रो कवितामा मैले जस्तो भएपनि जीवन घस्रने यथार्थ राख्न खोजेको थिएँ बुझ्नुभएछ खुसि लाग्यो। सपनाको महल प्राय भत्कन्छ, अरु कसैलाई आरोप लगाइन्छ र बाँकि भएका थोरै सपना संगालेर फेरि ठूलो महल बनाइन्छ। शायद यहि जीवन होला :)

धन्यवाद् Pretty Ji :):)

Tyra Ji, काठमाण्डौमा यथार्थ देखेकोमा धन्यवाद् :)
 
Posted on 08-29-06 5:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-29-06 8:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाओस् जिम्माल जाओस्!!!कविताको देश तपाईँकै कारणले जीवन्त छ अचेल।

प्रीतिजी, कवितालाई मिठो भन्दिनुभएकोमा धन्यवाद। फोटो पहिला टाँसेको थिएँ चौतारीमा एक दुइटा। प्रसंग मिल्दा फेरि पनि टाँसौँला।

अनि मिसको कविता खै त अचेल?
We want मिसको कविता!
 
Posted on 08-29-06 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i thought it supposed to be Nepalese kho desh.
what is KAVITAKO kho desh doing here?

curious
 
Posted on 08-29-06 8:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bornfree, I think you . This thread is for sharing Nepalese poems among us. Those of us, who like Nepalese poetry are heartly welcome here.

By the way, कविताको देश means "Country of Poems", if you don't know. It is just a literary expression for the essence of this thread.
 
Posted on 08-29-06 8:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Please read "bornfree, I think you" as "bornfree, I think you are mistaken about this thread."
 
Posted on 08-29-06 8:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

cool. keep up the good work. it brings out creativity while keeping and more importantly promoting our nepali culture.
i wish i could contribute too........but tooo bad i am zero% in nepali k.

take care
 
Posted on 08-29-06 8:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank you bornfree. Please keep on visiting this thread and give us your comments.
 
Posted on 08-29-06 9:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gautam dude are you serious? how am i supposed to give you comments when i myself cannot read the nepali font.
you kidding rite
 
Posted on 08-29-06 9:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sorry then bro.
 
Posted on 08-29-06 9:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

??

are u sure born free?? you should know nepali font too ... nothing is impossibe
 
Posted on 08-29-06 9:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

... nothing is impossible
 
Posted on 08-29-06 10:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

born free here you go ..... this poem for you
**********************
Life

Fickle life surrounded by fears,
Swollen eyes soaked with tears,
Vanished bliss and gay from life,
Slashed heart with sharp bloody knife,

Rattling pain but unheard cries,
Grueling race but unwanted prize,
Fretful days and watchful nights,
Tipsy legs and blurry sights,

Cursed by luck and punished by destiny,
Banged with grief and accompanied by agony,
A happy story that ended sadly,
A perfect dream that crumbled badly,

Wishes and hopes, already eroded
Happiness and delight, already flooded
Smiles and bliss, already gone
In utter darkness, leaving me alone..
Leaving me alone..


Rabin Bhattarai
 
Posted on 08-30-06 4:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

miss_me thanks. this one for you.

Twinkle twinkle little star, how I wonder what you are?
Up above the world so high , like a diamond in the sky
When the blazing sun is gone, when he nothing shines upon,
Then you show your little light, twinkle, twinkle all the night.
Then the traveller in the dark, thanks you for your tiny spark,
He could not see which way to go, if you did not twinkle so.
In the dark blue sky you keep, and often through my curtains peep,
For you never shut your eye, 'till the sun is in the sky.
As your bright and tiny spark lights the traveller in the dark,
Though I know not what you are - twinkle, twinkle little star.
 
Posted on 08-30-06 11:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bornfree ,This one for you ...from my side :D
*********************
गौतमजी कस्तो नारावाजि नि फेरि:)
......."We want मिसको कविता!"
ल यँहा छ मेरो गन्थन 'शिर्षक' चै हजूर हरुले राखीदिनु है त
****
रुनुपनि जिन्दगी हो हाँसी हाँसी रोइदिन्छु
हास्नु पनि जिन्दगी हो रुदा रुदै हाँसी दिन्छु
कोलाहलले भरिएको शुन्यताको सफर् भरि
रमाउनु छ र् त झनै रमाएरै बाचिदिन्छु।

कहिले छातिफुटाएर रोइदिउँ जस्तो लाग्छ
कहिले दिलै खोलेर हाँसीदिउँ जस्तो लाग्छ
हाँसो अनि रोदनको दो-साँधमा उभिएको जिवन
नबुझेको जस्तै गरी जिइदिऊ जस्तो लाग्छ।

भर्न खोज्छु जिवनलाई झनै रित्तो जस्तो लाग्छ
रित्याउने कोशिस गर्छु भरिएको आभास हुन्छ
भरिनु अनि रित्तिनुको चक्र भित्र घुम्दै घुम्दै
चिप्लिएका पाइलाहरु सम्हालि रहूँ जस्तो लाग्छ।

छोप्न खोजी क्षितिज नजिक आइदिने कहाँ होर?
पाउन खोजी गन्तब्य भेटिइ हाल्न कहाँ हो र?
तरपनि समयको अधिन भीत्र बस्नु भन्दा
कतै छुट्टै भावनामा तैरि रहुँ जस्तो लाग्छ।

इति॥॥
 
Posted on 08-31-06 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

miss_me missy firstly i got no idea what you trying to say. I don't understand the word coming out of your mouth.
anyway miss_me did you miss me.
anyway i got a poem for you too.
here you go:

Night Thoughts

I wake and moonbeams play around my bed

Glittering like hoarfroast to my wondering eyes

Upwards the glorious moon I raise my head

Then lay me down and thoughts of home arise
 
Posted on 08-31-06 9:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो भावमय कविता छ मिस! जिन्दगीको रहस्यालाई केलाउन खोजेको हुनाले मिल्दो शिर्षक त 'जिन्दगी' नै होला।
 
Posted on 08-31-06 11:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै राम्रो माष्टरनी नानी! :)

"छोप्न खोजी क्षितिज नजिक आइदिने कहाँ होर?
पाउन खोजी गन्तब्य भेटिइ हाल्ने कहाँ हो र? "

 
Posted on 09-01-06 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजब गैरहेकोरहेछ कविताको देशमा। यो धागो पढेपछि केहि न केहि त लेख्न मन लागिहाल्ने , ल म पनि एउटा ईंटा थपिदिउँ।
सबैलाई जदौ। अनि सारंगी रेटौला, मौका मिले फेरी भेटौंला :)

कन्फेसन‌‌‌ - शब्दहरु
-न्युयुजर

मै‍ले शब्दहरुको बरदान पाएकोछु
मस्तिष्कका डालाभरी शब्दका बिऊहरु छन्
र बाह्रै मास उजाड खेतभरी शब्दहरु छरेर
शब्दै शब्दहरुको खेती गर्छु

म शब्दहरुको बाली काट्छु
म शब्दहरुको खसी पाल्छु
अनि शब्द-भोज बोलाएर
शब्दैशब्दको मासु-भात पकाएर
आफ्नो भोक मेट्छु र
शब्दभोगीहरुलाई तृप्त पार्छु

मैले लेखेका शब्दहरु
शेक्सपिएरका सबै नाटकमा भन्दा बढि होलान
मैले बोलेका शब्दहरु
मण्डेलाका सबै भाषणमा भन्दा बढि होलान
शब्दहरुमा म बुद्धभन्दा शान्तिप्रिय छु
चे ग्वेभारा भन्दा क्रान्तिप्रिय छु
शब्द चढेका बेला म जो’नी बन्दिन्छु
शब्द लागेका बेला म जे’नी गर्दिन्छु

शब्दहरुले मैले प‍माणपत्र पाएँ
प्रसंशक/आलोचक र प्रेमिका पनि पाएँ
शब्द मेरो बाँसुरी हो र यसैलाई बजाएर
मैले आफ्नो भजन गाएँ र जगलाई सुनाएँ

***********************************

फर्केर हेर्छु - आफूले तय गरेको शब्दको दूरी
धेरै दूर छ, अनि आँफैलाई हेर्छु
म जहाँको तहिं छु
स्थिर छु र अहिले एक्लो छु

मेरा शब्दले होमरको ‘ओडिसी’ लेखिएन
मेरा शब्दले लिंकनको ‘डिमक्रेसी’ देखिएन
मेरा शब्दले श्रीमतीको आकांक्षा मेटिएन
मेरा शब्दले जिन्दगीको भाका भेटिएन
न त कसैको आलो घाउमा मल्हम दल्यो
न त कसैको चिसो चुल्होमा आगो बल्यो
न रुन्चे ओंठमा हाँसो छर्न सक्यो शब्दले
न फुस्रे कोटमा बिटो भर्न सक्यो शब्दले

मसंग कर्मको खेती गर्ने जाँगर थिएन
खुशी बाँड्ने र हाँसो साट्ने अवसर थिएन
त्यसैले शब्दहरुसंग रौसिंदै र रत्तिंदै गर्दा
सिर्जनशिल वयले कोल्टे फेर्नै लागेछ
फगत रित्ता शब्दहरुको यही पोको छाडेर

01.09.2006

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
कल्लाई मुर्ख भन्या ?
जाडो, बा र म……
Changing job after i-140 approval
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Trasiting through Istanbul, Turkey
lost $3500 on penny stocks !!!
Is this a progressive step?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters